हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। अब उल्टो गर्नुपर्यो। विदेशमा बस्ने नेपालीहरुले नेपालको असार १५ पर्व मनाउनु पर्यो। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु पर्यो पुराना असार १५ का अनुभवहरु हामी सबैलाई। अनुभव नसुनाई अल्छी पाराले खाली ह्याप्पी असार १५ मात्र लेख्न पाइन्न।
काठमाडौँको तीनपिप्लेमा मनाइएको असार १५। फोटोः गोपाल चित्रकार/रोयटर्स
[सबै फोटोहरु पुराना हुन् है]
फोटो साभारः प्रकाश माथेमा/गेट्टी इमेजेस
आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गर्छन्।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्षदिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ।
बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ।
रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ।
तलका सबै फोटो सौजन्य गोपाल चित्रकार/रोयटर्स
यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन।
असार सम्बन्धी एउटा गीत हेर्ने भए यहाँ क्लिक गर्नुस्
हामीलाई त हीलो खेलन असार नै आउनु पर्दैअन सधैं हिलो खेल्लिनछ बाटो बाटो म कती कती थौमा ढल फुतेर हीलो हीलो भाईरन्छ
काम कुरो एक तिर कुम्लो बोकी ठिमी तिर.
गोपाल चित्रकार जी धन्यबाद तपाइले राम्रो फोटो राख्नु भएकोमा जसले हामीहरु लाई आफ्नो देस आफ्नो सस्कृतिको रमाइलो सम्झना गरायो
अरु त तेस्तै हो मलाई असार लागे पछी बिसेस गरेर हाम्रो गाउ तिर उर्लेर बग्ने खहरे र कुलो को पानि मा मकै को ढोड भाचेर सानो पानि घट्ट बनाउन अति मन लाग्छ . बुबा आमाले हिलो मा पानि मा नखेल चिसो लाग्छा भनेर खाली कुलो कता भाचिएको छ हेर भन्नु हुन्थ्यो मलाई भने पानि कुलो म लगाउन भन्दा पनि जता वोरालो छ तेती बगैदिना मन लाग्दथ्यो .कुलो मा पनि दगुरेको आवाज सर्र्है रमाइलो पो हुन्छ त . गाउ तिर बर्खा मा पानि झम झम पर्दा र डम्म कुहिरो लाग्ने आफुलाई भने खेताला को लागि तरकारी काटेर बस्नु पर्दा भने सारै अत्यार लाग्थ्यो .
उमेशजी, बिगतका यादहरुलाई सम्झाई दिनु भएकोमा धन्यबाद छ है |
भोजपुरे
पहिले नेपालमा हुँदा कलेजबाट बर्खे बिदामा घर फर्की रोपाहा र हलिसंग नाच्दै डोकोमा धनको बिउ बियाडबाट ओसार्दै धान रोप्न पाउँदा अर्कै मज्जा हुन्थ्यो | त्यसमाथि मोटो रोटि, नुन खुर्सानी संग सबै मिलि खाजा खाँदा क्या आनन्द हुन्थ्यो | अहिले त विदेशमा बास छ सम्झी बस्ने सिबाय अर्को चार रहेन | हाल आफ्नो पढे अनुसारको काम भएर सन्तोष भए पनि यस्तो अबसरमा गाउँ घरको सम्झनाले पिरोल्छ |
गाउको धेरै याद आयो साच्चै असारको धान रोप्ने समय को हामी पनि दाजुभाई र गाउका साथी मिलेर खेतमा जनथौ अनि कम भन्दा बढी त बुढी गण्डकी मा बल्छी थापेर माछा मर्ने गर्थौ हाहा मज्जा हुन्थ्यो अनि काम चाही बाबा आउने बेलामा यक्छिना गर्ने त हो नि अनि रोपाइमा बिउ बोक्यो तरुनीलाई हिलो छ्याप्यो हाहा कस्तो मज्जा तर अहिले क गर्ने त्यो दिन सम्झना मात्र तर केहिबर्सापछी फेरी जानेछु यस्तै गर्न गाउको जीवन मा छुट्टै रमाइलो
माथि को फोटो हेर्दा घरको याद आयो र रोपाई गरेको पनि क गर्ने आफु बिदेशमा छु /
फोटोहरु चै राम्रो रैछन तर गीतको भिडियो अलि सान्दर्भिक नभयको जस्तो लाग्यो गीत चै youtube मा Nepali asare geet type गरेर मज्जा लिदा कसो होला
यहाँ धानको बिउ रोप्दै रहेछन,कति मनमोहक दृश्य!फेदैबाट पलाएको खुशी! तर आफुले त अस्तिनै जमलको चोकैमा असनबाट किनेर ल्याएको पाँच छ थरिका गेडागुडीहरुको डल्लै रोपियो…..फ्लात्त पारेर….! हिलो र पानी पनि अलिअलि थियो र!–यहाँ यी रोपार बाहुसेले त्येस्तो हिलो कहाँ पाउन! फल्न चाहिं घरमा पुगेपछि टाउकामा आलु जत्रो फुनौरो फलेछ!……’समान बीच बाटोमै पोख्यो’ भन्दै घरकी डार्लिंगले खुशीले पागल भै डाडुले बजाको हुनाले……हि… हि… हे…..!
आसरे मासको दबदबे हिलो धान रोप्न तयारी,भुटेको मकै करेली अचार दुना मा नहेरी,,लाठे र रोपार बाउसे र हलि आली को डिल मा ,,,स्वोर मा स्वोर मिलाई गाऊ असरे हिलैमा हो होरी हो हो हो हो हो,,, हलि मा दाई ले हिलो मा छेपे भकारी ग़रोमा रोपार दिदि के कम्ति थियिन र पछारिन दरो साँ,,हो होरी हो हो हो हो हो हो हो हो
अर्को सस्मरण= गाउको जमिन्दारको रोपाइँ असार-२७ गते भने पछी सबै बर्ष त्यो साहुकै रिजर्ब, गाउमा हाल गोरु हुने र परिवार हुने घरबाट रोपाहार अनि बाउसे मिलाएर ३ जना रिजर्ब, रमाइलोका निम्ति फ्रीमा जो कोहि जान पाउने, अरुकोमा भन्दा ३०% छुट प्रास्रामिक दिने, किन भने मान्छे धेरै भएर पनि काम खासै नहुने, दमाइ बाजा गाजा सहित कम्तिमा पनि ६०-६५ हल गोरु २५० रोहापाहार, जाड रक्सीको छेले खेलो जब जाड रक्सि लागे पछी थाकेका गोरुलाइ बजाउदै (समाहा खोप दाती के भन्छन) दौउडाउन सुरु, कुना गोरु फाले दगुरेर पल्लो छेउमा पुगी सक्दा दगुराउने मान्छे खेतको बिचमै हिलो बाट हिलाम्मे मसान झैँ लार्खाराउदै उठ्थे, सबैभन्दा छिटो दगुर्न सक्ने हाल गोरुको त्यो साल भरि गाउमा खुब नाम चल्ने, एक साल हाम्रो गोरुले नि नाम कमाएको थियो, कुनै गोरु बहुलाएर रोपिसाकेको खेतमा हलो जुवा संगै दाइ लगाउन पुग्थे असार भरि जोतेर थाकेको गोरुलाई जाडको तालमा मजा लिन खोजे पछी कहा होस् त, अलिकता नपचेको रिति चाहि बाजा बाजाउने दमैहरुले र अनन्य केहि बुढाहरुले अस्लिल गित गाउथे, एकदमै छाडा उल्टा पुलता, बुढी आइमैमाइहरुले बियाड निकाल्थे भने तरुनीहरुले रोप्ने, हामि ठिटाहरुले बिउ मिलाउने रोपाहारको हात हातमा पुरैदिने, तरुनी रोपाहार्को पछी पछी बाजा र गित अनि ठिटाहरु तेस्तै छाडा गीत… ओहो अरु के चाहियो र…..मेलो सकिए पछी साँझा काचो कटहरको भुटेको तरकारी केराउ र आलुको चट्नी धिउहालेको भात जाड रक्सि फाला फाल बाजाको तालमा धानको बिउ कान मा सिउरेर हातमा लिएर नाच्नेको लाइन. एकै पटक १५ २० जना ग्याल्ग्याल तै नाच्ने, हामि ५ ६ जना जमिन्दारको नातेदारहरुलाइ कुखुराको मासु र झोल लुकेर दिन्थे, बुढोले त्यो दिन पानि अपरोस र मेलोमा अबरोध नहोस भनेर कुल देउतालाई भाकल गरेर भालेलाइ मार हान्ने गर्थ्यो. नभन्दै त्यो दिन खासै झरी पर्दैन, बरु बेलाबेलामा तन्तलापुरे घामले पसिना निकाल्थ्यो करिब ७ ८ पटक नबिराई सहभागी हुने मौका पाको यो रोपाइमा धेरै पटक २ ४ जना रक्सीको तालमा गोरु दगुराउने हलिहरुलाई चोट पटक लागेको थियो, एउटाको त नाक भित्र ४ इन्ची छेस्को गडे छ र रगतै…., एउटाको कान्ला माथि गोरु निस्किएछा र घुडा बाट झन्डै २ थुन्का खुट्टा भाको… , एउटी आइमाईको नाच्ने क्रममा नाकको थोलो तोप्रे फुली हिलोमा खसेर हराई छ बिजोग.. ओहो !! यो रक्सीको रौनक युबा जोस ………पहिला पहिला मलाई भने गोरुको काम सकिए पछी बेलैमा गोरु लिएर घर आउनु पर्ने हुदा नरमाइलो लाग्थ्यो, साथीहरु पाए भने गोरु बाधेर फेरी खेत तिर रमाइलो हेर्न झरिन्थ्यो करीब ३० मिनेटको बाटो … आजकल त बुढा मरेर गएछन, छोरा बुहारीहरु छुट्टीए तेसैले असार २७ को बाजे रोपाइँ हुन्छा भनेर नसुनेको २ साल भो………….
आहा कति रमाइलो असार पन्र्ध मलाई पनि यो देखेर मेरो गाऊ मेरो घरको साहरै याद आयो
सर्ब पर्थम त माई संसारलाई मेरो तर्फबाट असार १५ को मुरी मुरी सुभकामना अनि यी फोटो हरु देखेर आफ्नै ठाउँ आफ्नै गाउको झल् झली याद याद आयो तर के गर्नु मात्त्र यो यादमा सिमित रहयो | विधिको बिधान भनौ या बिडम्बना दैबको खेल भनु या परिस्थितिको जेल आफ्नो गाउघर अनि प्यारो मात्त्री भुमि देखि टाडा रहनु परेकोछ तर पनि बाचा गर्छु तिनै मेरो गाउघर डाडा पाखा अनि बेशी खेत संग नमरे बाचे दैबले साचे यो ज्यानले तातो सास फालेर चिसो सास लिन तब सम्म बाद्य भएमा आउदो सालको आसारे हिलोमा पक्कै खेल्न पुग्नेछु |
आहा कति रमाइलो असार पन्र्ध मलाई पनि यो देखेर मेरो गाऊ मेरो घरको साहरै याद आयो धन्यवाद मेरो संसार लाई
बिदेशमा बस्नेले फोटो हेरेरै चित्त बुझाउने त होनी, फोटोको लागि धन्यबात माई संसार लै
असार श्रावन को सिम सीमे झरीमा
घुम ओडी जौ है साथी बिउ रोप्न गरोमा
हामिले त खेल्न पाईएन, तर अस्ट्रेलियाको एउटा स्कुलमा हिले दिन मनाएको देखेर रमाइलो लाग्यो। हेर्नुस् कसरी मनाइयो पर्थमा हिले दिन, कसरी सुरु भयो international mud day मनाउन:
http://7pmproject.com.au/video.htm?movideo_p=39696&movideo_m=115627
खेतिपातीको समय ब्यस्त हुन्छ तर रमाइलोका साथ् केहि गरेको प्रतीत पनि हुन्छ | जब बाली काटिन्छ अनि प्रफुल्लित हुन्छ मन आफ्नो फसल आफ्नो मेहेनत र प्रकृतिको उपहारको रुपमा पाउँदा | हाम्रो देशमा यस्तो मिहेनत गर्ने किसानको महत्व बढ्नुको सत्ता घट्नु र उनीहरुको स्थितिले उभो लाग्ने गति नलिनु दुखः लाग्दो कुरा हो | मौसम अनुसार तीन, छ महिना कुरेर घाम, पानी, असिना सहदै धैर्यताका साथ फसल कुर्ने प्रवृतिमा परिबर्तन भएर धेरै मानिसमा नेता हुने र रातारात धनि हुने सपना देख्नेको संख्या बढ्दो छ जुन आफैमा बिडम्बना मान्नु पर्छ |
फोटोहरुमा खेतको आली, धानको बिउ, र हीलो माथिको उफ्राइ हेर्दा लाग्छ आफु पनि त्यहि छु तर अंग्रेजी महिना र तारिख हेर्दा हेदै असारको १५ आएको र बितेको पत्तै भएन | अनि सोध्न पनि मन लाग्छ यसपाली धान रोप्ने गरि पानी पर्यो र ?
फोटो हेरेर भएनी चित्त बुझाए
असारै मासको दबदबे हिलो,छि मलाई घिन लायो ।
पातली नानीलाई फरिया किन्दा, छ बिस ऋण लायो ।
।यस्ता खालका असारे भाका गाउँदै असार १५मनाउने प्रचलन रहेको छ ।ेआज राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव भएपनि के गर्ने आफूलेत मनाउनै पाईएन । दहि चिउरा खाई एक आपसमा हिलो खेल्ने रहर हुँदा पनि पाईएन । गत वर्ष रमाईलै तरिकाले मनाएपनि यस वर्ष मनाईन पाईएन ।
यसरि हिलोमा रमाउन सक्ने आम जनताका नेताहरु चै एउटा खोल्सो तर्न पनि जनताको बुइ चढेको सम्झना आयो!! यो पर्वमा रमाउने भएर नै हो कि क्या यो दल र नेताहरु खाली अरुलाई हिलो छ्याप्न माहिर भएका!!!
खेल्न त् मन नलागेको हैन तर के गर्ने बाध्यताले बिदेसिनु परेको छ कसरि खेलौ म असर १५ यहाँ ऋण को पोको ले फुट्नु लग्यो मेरो खप्पर …………………..
सबै जग्गा ploting भै हाले, कता को ashad 15
असारै महिना खेतमा धान रोपेर बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
नसराप्नु प्रिया ! पापिले यस्तो हाल गर्यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन माया चाँही नमार
रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!
==============================
हाम्रो तराई तीर त सरकारी सडक रोप्ने बेला भाको छ , कतै नेता जात को धान को बीउ छ भने रोप्न पछाडी कोही पनी नपरौ, कुनै नेता लाइ पनी नछुटाउ !!!!!!!
एउटा कुहिएको नेता रोपेर अरु लाखौ कुहिएको नेता उमार्ने विचार छ कि कसो? तेस्तो जातको धन नरोपौ, मित्र /
हिलो खेल्ने रहर त थियो,तर यहाँ हिलो नै छैन,धेरै साल भै सक्यो हिलो न खेलोको पनि,ल समयले साथ दिए ६ भने अर्को साल खेल्ने ल,,,,,
२०५३ साल को असार महिना, आफ्नै खेतको रोपाइँ, रोपाइँ भने पछी मा पनि हुरुक्क हुने मान्छे, बिहानै देखि खेतमा काम गर्दै थिए, काम त खासै केहि जान्ने होइन तर पनि खेताला र बाउसे ( खन्ने मानिस) हरुलाई पानी पिलाउने, खेताला हरुले काढेको बिउ जम्मा गर्ने र यता उता दुगुरने…रोप्न लाइ खेत तयार भो, खेताला रोप्न तयार भए तर हाम्रो तिरको चलन पहिलो गुभो लगाउदा खेत धनीले खेताला लाइ केहि दिनु पर्ने वा बाचा गर्नु पर्ने अनि खेताला ले हिलोको टिका लगाई दिने । बुवा ले घरको जेठो येही हो यसै संग बाचा लिनु भनेर मलाइ बलिको बोको बनाउनु भो, खाताला ले ख्याऊ ख्याऊ पार्न थाले । रोपाइँ सकेको दिन पाठो काटेर खेत मै भतेर खाने बाचा गरें । चल्ती अनुसार हिलोको टिका पनि मैले नै लगाउनु पर्ने, के को टिका लगाउनु नि ? जब हिलो खनिन थाल्यो मा चुप चाप उभिएर मनमनै पख तिमीहरुलाई भनि रहे, जब टिकाको कार्यक्रम सकियो मेरो टाउकोमा हिलोको गुम्बा बनेको थियो शरीरमा अब टिका लाउने ठाउँ थिएन । कुलोमा कपडा संगै नुहाएर सोचे अब मैले केहि गरिन भने म लोग्ने मानिस हुनु ब्यर्थ छ । अब मेरो काम भनेको बिउ पुर्याउने र खेताला लाइ टिकाको जवाफ दिने, त्यस पछी सुरु भो असली हिलो खेलाई, खेताला २० जना जति म एक्लो तर म हाफ पेन्ट मा उनीहरु धोतीमा, बस येसैको फाइदा उठाए । सक्ने लाइ त खुट्टा अल्झाएर हिलो मै गाडें नसक्ने लाइ हिलोले छ्यापें । सायद त्यो दिन अब फेरी न आउला तर त्यो असारको त्यो हिलो, त्यो रोपाइँ , त्यो रमाइलो कहिले भुल्न सक्दिन…. Happy aashadh to all Nepali…
,अब त आशार पन्द्रको त्येओ हिलो सम्जना मात्र बाकी छ /
एस्तो लाग्छ आइले नै हम्फालु जस्तो यो फोटोहरु हेर्दा
बिदेस मा बस्ने कति ले त आज आसर पन्द्र भन्ने पनि बिर्सी सके होलान /
कृषि प्रदान देस को प्राय युवाहरु युबुती सबै बिदेस पस्न बाद्ध्ये छन् /
आशारे भाका को गीतहरुपनि लोपहुन लग्हीसको /
आशार पन्द्र खाने दहि चिउरा,सवान पन्द्र खाने kheeeeeeer
देस को अबस्ता देख्दा यो मन मा लाग्छ सारै peeeeeeeer ///
यो फोटोमा ब्लगरको आफन्तहरु छन् जस्तो छ नि | कुनामा बाशी लंका देख्ने…..
आज असार १५ : दही चिउरा खाने र धान रोप्ने दिन / हो हो तारे हो…, हो हो माले हो / जानु भो की? ‘मुठी रोपेर मुरी फलाउने’ दिन भन्छन क्यार बुढापाकाहरु /
गाउ बाट सबै बिदेस र सहर पलायन , समथर जग्गा जमिन घर घडेरीमा सखाप विकास भन्नु समथर, उब्जाउ, सिंचित भुमि अतिक्रमण गरेर बस्ति बसाल्नु मात्र भयको छ . खेति गर्ने मान्छे गाउ घरमै छैन खै अबत हाम्रा सन्ततिले रोपाइको मज्जा तस्बिर हेरेर मात्र गर्ने छन्
असार १५ मा छुपु छुपु धान रोपेको ;बाउसे खेलेको ,धान को बीयु उखेलेको ;खेत जोतेको फोटो देख्दा धेरै राम्रो लागछ / हिलो छपाछप गर्दा कतिको आखा पनि फुट्छा हिलो छाप्ने भन्दा हीलोको टीका लगाउने चलन बसाल्न सके राम्रो हुनेथियोकी…जस्तो लाक्छ/
आज त असार १५ पनि! दही चिउरा त छँदै छ, धान रोपेको फोटोले मनै फुरूङ्ग पार्यो हउ।
धेरै धेरै धन्यबाद मैशंसार लाई;;;; यस्तो मनै छुने असार १५ को ताजा तस्बिर ले मनै रमायो कता कता मनै पर्फुल्ला हुदै आफुपनि हिलो खेल्दै असारे भाखा मा गीत गाई रहे को अनुभब भयो;असारै मास को दबदबे हिलो छुनलाई रहर लाग्यो,मन को धनी नजिकै हुदा जिस्क्युना डर लाग्यो,इ टुक्का हरुल शम्झेरा आफ्नै घाउ घर को याद दिलायो//////
असारको १५ घरमा रोपाई छ आफु अफिसमा छु रोपाइमा जान पाईन यी तस्बिर हेरेर पुरानो दिन सम्झदै छु
म पाल्पा को , अहिले असारको बेला मा जता ततै रोपाइँ सुरु हुन्छ / हल गोरुहरु जता ततै बाटो मा हिदाएको देखिन्छ/ असार १५ मा घिउ भात ( खाजा ) खाने चलन छ / तेसैले मेरो गाउमा सबै का घर मा घिउ भात १५ अससार मा पाक्ने गर्दछ / सबै का अनुहार मा खुसि देखिन्छ तो दिन / १५ असार मा खेत मा गोरु रोपैमा दौड़ाने चलन हुन्छ / कसको हाल गोरु ले भदी हिलो फाल्छ र दौदिंचा तेस्को गोरु र हाली को नाम चल्छ गाउ भरि / क्या मजा को दिन हरु थिए तेती खेर को गाउको , कसैलाई तरकारी किन्न जानु पर्दैनथियो बजार मा / सब का बारी मा फारसी का मनता, बोडी , घिरौला, चिचिंदा , कटहर , आप को सिजन हो , गाउका सबैले बादी चुडी खान्थे / पैसा मा बेच्ने चलन थिएन, एक घरमा फारसी को मुन्टा भएमा तो अरुलाई बादी खाने अनि उसको घर मा बोडी छ भने तो लिएर आउने / घिउ , अदुवा मात्र बजार मा बेच्न लगिन्थियो र बजार बात मट्टीतेल (लालटिन मा बालेर घर उज्यालो बनाउन लाइ ) र नून मात्र ल्याउने चलन थियो / गाव घरमा बेला बेलामा खसी काट्ने चलन हुन्थ्यो / गाव मा न त पुलिस नै हुन्थे नत चोर नै हुन्थे, न कुता कुट , केहि पनि हुदैनै थियो / कसैले केहि बदमासी गरेमा पंचायेत ले मिलाउने गर्दथियो…/ कोहि मर्दा, बिरामी पर्दा गाउका सबै भेला भै सहयोग गर्ने चलन थियो../ अहिले मा आफ्नो गाउ मा नगएको २० वर्ष जति भयो र सुनेको छु कि पहिलाका रिति रिवाज हरु हराई सके / सबै कांग्रेस, माओबादी, एमाले मा मिले ..
४ भाइ बुवाहरुको सामुहिक रोपाई, २ ३ ४ दिन होइन २३ २५ दिन हिलोमा खेल्नु पर्ने हामि ठिटा (१२ २५ उमेरका) हरुले आलिकान्ला खुर्कदै बनाउदै गर्नु पर्ने ठेक्का जस्तै, कमिला र के के किराहरुले कुठाममा तोक्दिएर हैरान, कहिले भारि झरी कहिले टन्टलापुरे घाम, हिलाले खाएको पैताला, खेतमा जमेको तातोपानीले खुट्टाको छालामा माथि माथि सम्म घाउ, कुजिएको खुट्टा, थकित सरीर, बिरामी छु भनेर बस्न सुत्न नपाइने, छ्या अहिले सम्झिदा नि वाक्क लाग्ने, हिलोमा खेल्न रमौना भनेको त पैसै पाए नि कोहि खेल्ने वाला हुदैन थे…………..”….१५ असार- पुठो घिसार” भनेर बाजेले भनेको साचै हो ….
असारै मासको दबदबे हिलो छुन लाई घिन लाग्यो
आहै छुन लाई घिन लाग्यो !!!!
पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो
आहै छ बिस ऋण लाग्यो !!!
यी फोटा देख्दा लौन नि मलाई गाउँ घर याद आयो
आहै गाउँ घर याद आयो !!!
thanks Parangam Kshteri Jee,
You remind everbody to know this song’s lyrics. Today I will eat dahi chiura and celeberate Ashad 15 though I could not go to the feild practically.I wish this parba will go forever and celeberated by different background, different religion and different status of our Nepali citizens whether by going to their field or celeberating in by different ways wherever our nepali friends are based.
Happy Ashad 15!!!!!!
AGAIN SPECIAL THANKS TO MYSANSAR FOR PUBLISHING NEWS AND LOVELY PHOTOS.
म सुनसरीको एक गाउँमा पढ्थें . असार पन्ध्रको दिन स्कुल विदा हुन्थ्यो . तर हामी रोपाई सुरु भए देखि नै राम्रो संग सबै कक्षा पढ़दैना थियौं. कहाँ कसको खेतमा रोपाईं भैरहेको छ त्यहीं पुग्थ्यौं. अनि आजको दिन त जहाँ पुगेर भए पनि एकछिन त रोपी हाल्थ्यों. सारै रमाइलो पो हुन्थ्यो त हौ.
असारे पन्द्रको रोपाइको बेलामा ,मत गए माइत बरै जान्न अब मेलामा //
हिलैमा खेल्न परे खेल्छु हिले जात्रा म,मत गया बजारमा जान्न मेलामा
मानो रोपेर मुरी फलाउने दिन आज असार १५ , प्रविधिको विकास भएको छ तर कृषि प्रधान हाम्रो देशमा यस क्षेत्रमा खासै चासो तथा प्रगति देखिदैन, बजारले छोएका धान खेतहरु त घडेरी मा परिवर्तन भएका छन् । कृषिमा आत्म निर्भर मुलक अब असार १५ मात्र पात्रोमा सिमित भएको छ, जसै नेपालीको बुद्घि आजकै दिन देखि फुरोस , असार १५ को शुभकामना
आहा कति रमाइलो तस्बिरहरु….आफ्नो पुरानो दिनहरु याद आयो….. घरमै बनाएको दहि चिउरा अनि आफ्नै बारीमा फलेको कटहर खाएर मनाउने गरिन्थ्यो असार १५ , असारे गीत गाउदै दिदि बैनी, छरछिमेक, आफन्तहरुले छुपु छुपु धान रोप्दै गाएको असारे गीतले सारा खेतबारीनै गुन्जन्थ्यो, लुकी लुकी एक-अर्कालाई हिलो छ्य्पा-छ्याप गर्न कम्ति रमाइलो हुन्थेन ……….कस्तो रमाइलो हुन्थ्यो, अझ हिलो छ्यापेर रमाइलो गर्ने दिन त रोपाइको अन्तिम दिन (मैझारो) मा हुन्थ्यो, आज पनि घरमा त्यसरी नै मनाउदै होलान सबै जना, आफु यति टाढा विदेशमा परियो के गर्नु….. त्यो हिलो माटोमा खेली हुर्की बढेको आत्मियता अझै त्यतिकै गाढा छ, जब पानी पर्छ माटोबाट एक किसिमको बास्ना आउने गर्छ, त्यो बास्ना मलाई सारै मन पर्छ….
सालोक्य जी लाइ धन्यबाद……. अनि फोटोग्राफरलाइ पनि उत्कृस्ट फोटोहरुको लागि….
धन्यबाद सालोक्यजी ! नेपालीपनलाइ बढावा दिनुभएकोमा / हृदयदेखिने प्रफुल्लित भए ति फोटोहरू हेर्दा र पुराना दिनहरू सम्झदा…प्रकाश माथेमाजीको तस्बिरकारितालाई सलाम !
-मेरो गाउँको कैला गह्राहरू असार पछी हरियो देखिन्थ्ये.. स्कुलमा बर्खे बिदा हुन्थ्यो / आमाले बिहानैदेखि मकै भटमास, भातको जाँड र आलुको तरकारीको तयारी गर्नुहुन्थ्यो / खेतालाहरूसंगै म पनि खेतमा जान्थ्ये, बाउसेहरू चांदे बोकेर आली लगाउन सुरु गर्थ्ये / धानका बिउ बोकेर बिउ काट्नेहरू आइपुग्थ्ये / मलाइ भने हलीले कुनबेला लेड्को/दांदे लगाउला र गोरुको हिले गाडीमा कुद्न पाउला भन्ने नै आश हुन्थ्यो / रोपाहारहरू असारे गीत गाउदै फरिया छोटो पर्दै खेतमा पस्ने बेलामा बाउसेहरूले धानको बिउले जिउमा लाग्ने गरि हानेर ठट्टा सुरु हुन्थ्यो…. अनि असारे गीत : – माया प्रिती लायेउ, हलुवा आफै खायेउ, मलाइ निस्तो कसारमा……………….! धानैको बिउमा, हिलो खेल्ने निउमा, संगै भिजौ असारमा………………….!!