फरार प्रतीक ढकाल अदालतमा आए, १५ लाख धरौटी नदिए थुन्न आदेश

उनी फरार रहेको विषयमा ब्लग लेख्यो भनेर रातभर निद्रा नलागोस् भनी सराप दिने अध्यागमनका हाकिम तथा आफूलाई कीर्तिमानी साहित्यकार भन्न रुचाउने खडानन्द (प्रतीक) ढकाल अन्ततः हिजो विशेष अदालत उपस्थित भएका छन्। अदालतमा उनले म दोषी हैन, सहअभियुक्तले आफू बच्न मलाई पोलेको भन्ने बयान दिए। तर अदालतले भने ‘घटना घट्दाको १६ जनवरी २०११ र १८ जनवरी २०११ मा यी प्रतिवादी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कार्यालय प्रमुख रहेका, उक्त दुवै दिन क्रमशः प्रस्थान र आगमन काउन्टरमा ड्युटीमा रहेका प्रतिवादी भूमिनन्द भण्डारीले आफू कसूरमा सावित रही यी प्रतिवादी खडानन्द ढकालकै सहमती अनुसार आवुधावीबाट फिर्ता भई आएका पृथ्वी छन्त्याल र सीता साहलाई भगाएको भनी यस अदालतमा वयान गरेको समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसूरदार देखिने अवस्था रहेको’ भन्दै १५ लाख धरौटी माग गरेको छ। त्यति धरौटी तिरे उनी रिहा हुनेछन्। नत्र पुर्पक्षका लागि थुनामा रहनेछन्।

प्रेस विज्ञप्ती नं. २४
विशेष अदालत, काठमाडौं

मुद्दाः रकम लेनदेन गरी सरकारी कागजात (कूटनैतिक राहदानी) सच्याई हेरफेर गरी भ्रष्टाचार गरेको।

मुद्दा दायर मिति : २०६८।१।२८

मुद्दा नं. सम्वत् २०६८ सालको स.फौ.न. ९३–०६७–०००८३

आज मिति २०६८।३।१५।४ का दिन थुनछेक आदेश भएको।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत रामकुमार आचार्यको प्रतिवेदनले नेपाल सरकार

विरुद्ध
खडानन्द ढकाल समेत ………………………………………………………………….१

प्रतिवादी खडानन्द ढकाल आज हाजिर हुन आई बयान भएको। रातो पासपोर्ट दुरुपयोग गर्ने पृथ्वी छन्त्याल र सीता साहलाई विदेश पठाउन तथा नेपाल फिर्ता आएकोमा भगाउन आफ्नो संलग्नता नभएको भनी इन्कारी बयान गरेका। सहअभियुक्त रहेका अध्यागमन अधिकृत भूमिनन्द भण्डारीले आफु अपराधबाट बच्न मलाई पोल गरेका भनी कसूरमा इन्कार रहेका।

आदेश

यसमा आज अदालतमा उपस्थित भई बयान गर्ने प्रतिवादी खडानन्द ढकालको बयान कार्य सम्पन्न भई निजले गरेको बयान तथा मिसिल संलग्न कागजातहरुको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत द्वय श्री यदुनाथ शर्मा तथा श्री रेशम आर्चायले र प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय डा.श्री भीमार्जुन आचार्य र श्री सुभाष आचार्यले गर्नु भएको वहस समेत सुनियो।

प्रतिवादी खडानन्द ढकाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कार्यालय प्रमुख रहँदा प्रतिवादीहरु गायत्री साह र विश्वनाथ प्रसाद यादवको कुटनैतिक राहादानीमा टाँसिएको फोटो उप्काई अर्कै व्यक्तिको फोटो टाँसी म्भउबचतगचभ क्तष्अपभच हरु हटाई ख्ष्कब कतष्अपभच समेत उप्काई कुनैमा पुनः सोही पानामा र कुनैमा प्रस्थान छाप छोपिने गरी अर्कै पानामा टाँसी निज सभासदहरुले सन्तोषराज उप्रेतीलाई दिएको कुटनैतिक राहादानीबाट अर्कै व्यक्तिलाई विदेश पठाई आवुधावीबाट गलत राहदानीबाट यात्रा गरेका भनी नेपाल फिर्ता पठाईएका पृथ्वी छन्त्याल र सीता साहलाई कानून बमोजिम कारवाही नगरी कार्यालयबाट भगाई सभासद्हरुको राहादानीमा टाँसिएको पृथ्वी छन्त्याल र सीता साहको फोटो पुनः उप्काई सभासदहरुकै फोटो र फोटो भएका भिसा स्टिकरहरु पुनः टाँस गरी कुटनैतिक राहादानी (रातो पासपोर्ट) सच्याई थपघट, केरमेट र हेरफेर गरी रु १,६२,००,०००। आपसमा बाँडफाँड गरी लिनु खानु गरेको प्रमाणित हुन आएकोले प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(झ) र दफा ११ बमोजिम सजाय हुन माग दावी भएको यस मुद्दामा थुनछेकतर्फ आदेश गर्ने क्रममा विचार गर्दा प्रतिवादीले मैले आरोपित कसूर गरेको होईन भनी यस अदालतमा ईन्कारी वयान गरेको देखिन्छ।

यसरी प्रतिवादी कसूरमा ईन्कारी रहेतापनि प्रस्तुत घटना घट्दाको १६ जनवरी २०११ र १८ जनवरी २०११ मा यी प्रतिवादी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कार्यालय प्रमुख रहेका, उक्त दुवै दिन क्रमशः प्रस्थान र आगमन काउन्टरमा ड्युटीमा रहेका प्रतिवादी भूमिनन्द भण्डारीले आफू कसूरमा सावित रही यी प्रतिवादी खडानन्द ढकालकै सहमती अनुसार आवुधावीबाट फिर्ता भई आएका पृथ्वी छन्त्याल र सीता साहलाई भगाएको भनी यस अदालतमा वयान गरेको समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसूरदार देखिने अवस्था रहेबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीले नगद धरौट रु १५,००,०००। (पन्ध्र लाख रुपैयाँ) दिए वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु र नगद धरौट वा जेथा जमानत वा बैंक ग्यारेन्टी दिन नसके कानून बमोजिम सिधा खान पाउने गरी अ.व.१२१ नं. बमोजिम थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) र मुलुकी ऐन अ.वं १२४ ग नं बमोजिम यो आदेश पर्चा गरी दिएको छ।

सदस्य सदस्य अध्यक्ष

ईति सम्वत् २०६८ साल आषाढ १५ गते रोज ४ शुभम…………………………………..

विशेष अदालत, काठमाडौं
इजलास
अध्यक्ष माननीय न्यायाधीश श्री गौरी बहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
सदस्य माननीय न्यायाधीश श्री केदार प्रसाद चालिसे

37 Comments

  1. यी प्रतीक ढकाल भन्ने मान्छे केही हदसम्मा घमण्डी चाई हुन तर भ्रस्त ता पटक्कै होइनन. एअरपोर्ट ko अध्यागमन कार्यलयमा फोटो परिबर्तन गरेका पासपोर्टमाँ ऑस्ट्रेलिया मान्छे पठाउने एउटा गिरोह नै सक्रिय छ. यो गिरोहका नैकेको नाम निर्माण कुमार पोखरेल हो. एमाले समर्थित कर्मचारी संगठनको केंद्रीय सचिब मोहन कुमार घिमिरे को सम्रक्षनमा अबैध धन्दा गर्दै आएको यो गिरोहको यस्तो कमलाई जब कार्यालय प्रमुख प्रतीक ढकाल ले पटक्कै समर्थन गरेनन ताबा देखि नै यो गिरोह उनी संग रुस्त हुन थाल्यो. गएको चैट /बैसाख महिनामा जब उनले ऑस्ट्रेलिया बात फिर्ता आएका तिन जाना मान्छेलाई कारबहिका लागी पक्राऊ गरे , त्यों दिनदेखी निर्माण कुमार पोखरेल एंड कंपनी हात धोएर धकालका पछाड़ी लाग्यो. बिभिन्न पत्र पत्रिकामा गलत समाचार छापाउने देखि लिएर यी ढकालko सकेसम्मा बदनाम गराउने काम यही गिरोहाले गरी रहेको छ. भुमिनान्दा भंडारी भनेको यही गिरोहको एउटा सदस्य हो. राम्ररी खोज्ने हो भने भुमिनान्दाले गरेका अरु दर्जन भन्दा बढ़ी अपराध हरु भेटिने छन. अहिले चर्चामा रहेका अरु रातो पासपोर्ट म पनी यिनैले departure हानेका हुन . यिनीहरु ४/५ जाना मिलेर यस्तो गलत काम गर्छन र सिसितिविको कैमरा नभएको स्थान जस्तै शौचालय तीर गएर तुरुन्तै पैसा भाग लगाई हल्छान. यिनिहरूले यस्तो काम गरेको र पैसा उठेर खाएको हकिम्हरू ता के, अर्को counter का हामी जस्तै अरु कर्मचारिले समेत थाहा पौदैना. अख्तियार, अदालत सबैतिर दगुर्ने काम अहिले यिनी निर्माण कुमारले गरिरहेका छन. तपाई हरुलाई थाही होला यात्रीलाई लुटेरा खाने ऑफिस माँ त्यसो गर्नु हुन्न भन्ने हाकिम आएपछि जस्तो अप्ठेरो पर्दछा , अहिले अध्यागामंमा भएको पनी त्याही हो. म पनी यही कार्यालयको कर्मचारी हु. यी ढकाल सरको आनी बानी, सरसंगत, रूचि, कमजोरी सबै मलाई जानकारी छ. यी झट्टा हेर्दा घमण्डी जस्ता देखिन्छां तर ईनको पेटमा पाप छ जस्तो मलाई लग्दैना. यिनले देशलाई कति माया गर्छन भन्ने कुरो ईनका किताब हरु पढ़े पछि खुलस्ता हुन्छ. मैले यिनले लेखेका अंग्रेजी बाहेक सबै किताब पढेको छू. यस्तो देश भक्त मान्छे कसरी भ्रस्त हुन्छा? यो सबै भ्रस्तहरुको कुरामा बिस्वास गरेर मिदियाले घुस नखाने मान्छेलाई उडएको हो . हुन ता यो ढकाल सरले मलाई पनी अल्छि कर्मचारी भनेर मन परौदैना, तैपनी यस्तो अन्याय तुलुतुलू हेरी रहनु ता भएन नि… मलाई यो कुरामा पटक्कै बिस्वास छैना…

    • यसो लेखाइ हेर्दा त यो खडानन्दकै कलम बुझ्दछु |

      • आँखामा फुलो परेपछि सत्य देखिदैन . तपैंलाई अहिले यस्तै भएको हुनुपर्छ अलिखित्जी. त्यहि भएर तपाई अहिले सबैतिर प्रतिक लाई देखि रहनु भएको छ. मनमा पाप भएपछी यस्तै हुन्छा. तपाई र म दुवै उसैका मातहत रहेर कम गरेका कर्मचारी . छातीमा हात राखेर भन्नोस् त के प्रतिक ढकाल साच्चिकै भ्रस्ट हो? पाप र धर्मको पनि ख्याल गर्नोस साथी, आखिर हामी सबैले एक दिन मर्ने पर्छा . तपाईं, म र सालोक्य सबै जना एकदिन मर्छौ. छि छि छि यस्तो झुटको खेति पनि गर्ने हो?

  2. एस्ता हजारौ खडानन्द र भूमिनन्द हरु छन् नेपाल मा
    इ सबै लाई ठिक परेर एकदिन शान्त र सम्बृद्ध नेपाल बनाउनु पर्छ

  3. यो कथित साहित्यकार, साहित्यकार हुनै सक्दैन/ येस्ले कतै बाट चोरेर लेखेको हुनुपर्छ / करोडौ करोडौ भ्रस्टाचार गरेको छ , किनेको होला नि कसै संग बाट . हेर्दै चोर जस्तो देखिन्छ! एयरपोर्ट मा बसेर जनतालाई चुसेर नपुगेर नक्कली पासपोर्ट बनाउदै देश को बदनाम गर्नेलाई कोर्रा हानी हानी मार्नुपर्छ/

  4. हाम्रो देशका प्राय:सबै उच्चपदस्थ कर्मचारीहरु खडानन्द ढकाल भन्दा कोही पनि कम छैन / नेपाल देशलाई डुबाउने यी उच्चपदस्थ कर्मचारीहरु र नेताहरु एउटा सिक्काको दुइ वटा पाटा हुन् / धेरैजसो यी भ्रष्टाचारीहरुको एकजनाको तलबले घर-जग्गा, श्रीमतीलाई गरगहनाले धपक्क पारेर राख्न र छोरा छोरीहरुलाई दशौँ लाख खर्च गरेर युरोप अमेरिकामा पढ्न बस्न पठाएका छन् / हामी जस्ता सर्बसाधारणका सन्तानहरुले प्रथम श्रेणीमा उत्तीर्ण गरेर के गर्नु र यत्ता नि उत्ता / सुक्खा तलबले त दाल भात डुकु खानलाई मात्र ठिक्क हुन्छ /

  5. न्याय दिने न्यायधिस हरु ले फैसलागर्दा रस्त्रियाताको नाममा मन वचन कर्मlaई साछी राखेर गर्नुपर्छा नत्र न्यायाधिश को फैसलाले राष्ट्र घतिहरुले मुक्ति पौने अखडा नहोस र तेही फैसलाले न्यायाधिसहरु लाईnai जनताले फैसला दिन नपर्दा हुन्छा कि ??????????????

  6. करोडौ घुस पचाएर अनि जरिवाना १५ लाख धरौटी ???
    लाजै लाग्दो सुन्दा र पढ्दा पनि !
    यत्रो दिन गाएब भएको होइन चानेल मिलौदा समय लागेको हो अनि पो १५ लाख मा धरौटी को कुरो मिल्यो !
    नेपाल हो मिलाउन जाने जे पनि मिल्छ !
    २-३ करोड धरौटी माग्ने अनि १०-१५ वर्ष जेल चलान गरेपो मानिसलाई घुस को नाम सुन्दा पनि डर लाग्छ !
    न्यायपालिका नै घुसमा चुर्लुम्म डुबेको छ अनि एत्राको गतिलो फैसला हुने नेपालमा !!

    • हरेक बर्स जसो कानूनमा जरिवाना इत्यादी रकम सम्बन्धी कुरालाई आवधिक हुनु पर्छ. आज भन्दा १५-२० वर्ष अघि ५००-१००० जरिवाना भनेको ठुलो हुन्थ्यो होला आज केहि पनि होइन…. तसर्थ यस कुरामा पनि महंगाई अनुसारले आवधिक हुनु पर्छ. कुनै कुनै ठुला कसुरमा २०-५० रुपैयाँ जरिवाना गरेको सुन्दा त छक्कै पर्नु हुन्छ.

  7. सुसूचित गराउनु त ठीकै हो तर खाली यही प्रतीक ढकालकै कुरा निकाल्दा झर्को पनि लागि सक्यो । उता एस एल सी पास गरेको मान्छे वायुसेवा निगमको जी एम बनाको कुरा । वर्षमा एकचोटी पानीमा रुझ्दा नेपालका प्रधानमन्त्री बिरामी पर्या र करोडौँको रकम एयरपोर्टको एउटै खाल्डामा पुरिएको तर खाल्डा जस्ताको तस्तै रहेका जस्ता कहीँ नभाको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गर्ने कुराहरु पनि ल्याउनुस् न । अनि पो केही फरक आउँछ । खाली प्रतीक ढकाल । के प्रतीक ढकाल भन्ने व्यक्तिमाथि पीएचडी गर्ने हो र माइसन्सारले? यो व्यक्तिको भविष्यको फैसला त अदालतले गरिहाल्छ नि ।

  8. साहित्यकार का नाम मा कलंक प्रतिक तिम्रा रचना बाट के संदेश लिने

  9. नेपाल को कानुन दैब ले जानुन भन्थे..अब एमाले को राष्ट्रघाती ओली का चम्चा ले हाम्रा ढकाल कमरेड लाइ कसले छुदो रहेछ भनेर अदालत नै घेर्न बेर छैन.अनि ओली चाही ढकाल लाइ बचाउने सच्चा एमाले..भनेर सार्बजनिक बक्तब्य दिने भए ..

  10. होइन कुम्लाएको रकम चाही एक करोड बैसठी हजार अनि धरौटी चाही जम्मा १५ लाख होइन यो कस्तो नियेम हो कि बाकी रकम वकिलहरुले पनि मिलेर खाए येस्ता देशद्रोहिको साहितिक रचनाहरु बहिस्कार गरउ कि सार्बजनिक ठाउमा लगेर जलैदिउ अनि बल्ल ……………ठिक हुन६

  11. आफ्नो रगत को नशा नशा मा साहित्य प्रबाह छ भन्न रुचाउने ढकाल काकाले तातै खाऊ जली हालोउ भन्ने सोच राखेकै कारण अब जेल को चिसो सिढी मा केहि वर्षा आराम लिनु पर्ने जस्तो देखिदै छ. ढकाल काका, साहित्य सर्जक नै हुनुहुन्छ भने नेलसन मण्डेला र महात्मा गान्धी ले जस्तै जेल मा नै बसेर ठुला ठुला कृति हरु लेखेर देखौनू होस्.

  12. यी ढकाल अदालतमा जाँदाचाहिं ढोकैबाट थुतेर भगाउन नाठो-सर्दार खड्गेका लठैतहरु परशुराम र महेश बस्नेत त्यहीं पुग्न भ्याएनछन्?// अर्को कुरा-चोर गोरु आखिर दाम्लोमा फर्केछ-रातमा निद्रा त बिचरालाई पो नआउने भो,अब किताब नबिक्ने भए भनेर!–१५ लाखको त के कुरा भयो र?ट्वाइलेटको सेफ्टी ट्यांकमा लुकाएर राखेका थुप्रै बोराहरुमध्यबाट एउटा फाल्दिए त भैगो नि!

  13. ओ हो माहा पुरुष,,,,दोसल्ला ले स्वागत गर्नु पर्नी काम गरेको रहेछौ नि,,, ओ मिस्टर नालायक, किताब को बिमोचन गर्न रुबेल लै लगाउ ल,,,जस्तो काम उस्तै कृति,,,,,फेरी बधाई छ……यस्तै काम गरि रहनु,,,,माहा पुरुष २०६८ ……

  14. १५ लाख ले मात्त्र पुग्दैन यी पिचासु हरुलाई¡येस्तापिचासु हरु ले गर्दा इन्डियन ऐर अपहरण भए को हो ¡त्यसले गर्दा नेपाल को ठुलो बदनाम भए को छ¡ सोझा नेपाली हरु लाई एरपोर्ट मा दुख दिने गर्छन¡एस्त हरु लाई फाँसी दिनु पर्छा.

  15. उपसचिव खडानन्द भुटानमा जन्मेर नेपालमा आएको हुलाक समूहबाट सामान्य प्रशासन समूहमा परिवर्तन भई अध्यागमन विभागसम्म जानु आखिर यसरी भ्रष्टाचार गर्नलाई त होला । नत्र किन ?

  16. १५ लाख होइन एस्त चोर हरुलाई फाँसी दिनु पर्छा¡ यी पिचासुहरु जस्ता ले गर्दा नेपाल को बेइज्यत भै रहेको छ¡ हामी विदेश मा बस्ने हरुलाई येस्ता पिचासु हरुले नेपाल जादा आउँदा दुख दिदै आए को छ.¡

  17. एस्तो अपराधीलाई १५ लाख के हो र ? १ / २ दिन जेलमा बसेर नि देखाउला पछि धरौटी तिरेर निस्की हाल्छन, येस्तालाई त गोलि हान्ने कानुन राख्नु पर्छ अबको संबिधानमा |

  18. वहा वहा वहा यस्तो पो देश:

    १) जहाँ पत्रकारलाई हत्या गर्ने उद्धेश्यले आक्रमण गर्ने गुण्डाको प्रत्यक्ष संरक्षण सरकार, पुर्व-प्रधानमन्त्री, पुर्व-गृहमन्त्री आदिले गर्छन;

    २) जहाँ अख्तियारले निगरानीमा राख्नु भनेको व्यक्तिलाई दिन-दहाडै विदेश भगैंछ; जुन देशमा हत्याको अभियोग अदालतले प्रमाणित गरिसकेका व्यक्ति सभासद्को रुपमा खुलेयाम हिंडछन्;

    ३) जहाँ सभासद्जस्तो गरिमामय पदमा रहेका हरुले बिजुली चोर्छन र आफ्नो कुटनैतिक राहदानी बेच्छन;

    ४, ५, ..)जहाँ ……….(भनि साध्य छैन)

    व्यंग्य गर्ने कुरा आफ्नो ठाउँमा छ तर हाम्रो देश पूर्ण रुपमा अराजक र असफल हुने मार्गमा द्रुत गतिमा अगाडी बढिराखेको छ| नेताहरुलाई त के छ र, टन्न कमाएर विदेशमा सम्पति जोडेका छंदैछन्, छोरा-छोरी-नाती-नातिनी का नाम त्यस्तै पर्यो भने भाग्छन उतै| तर हामी सोझा सिधा सर्वसाधारण चाहिं कता जाने? के गर्ने? सायद सोच्नु पर्ने बेला आइसक्यो!

  19. “……..टाँस गरी कुटनैतिक राहादानी (रातो पासपोर्ट) सच्याई थपघट, केरमेट र हेरफेर गरी रु १,६२,००,०००। आपसमा बाँडफाँड गरी लिनु खानु गरेको प्रमाणित हुन आएकोले…” खाएको १६२ लाख् , पोलिएका ६-७ जना ,जरिवाना चै जनही १५ लाख के ताल को न्याय प्रणाली हो?

    • के गर्ने हजुर, नेपाल हो नेपाल, पढेर र जानेर हाकिम, वकिल, न्यायाधिस हुने देश भय पो अलिकति दङ्ग पर्नु. सबै सोर्स फोर्स ले चलेको देश, यहाँ कहाको न्यायाधिस हुन पढ्नु पर्छ र? बाउ मन्त्रि भय, छोरो त्यसै हाकिम हुने देश न पर्यो. यो सबै कुरा यो माथिको मुद्दा पढ्दा छर्लंग हुन्छ.
      दिपक अधिकारी
      जर्मनी

      • यो ढकाल सर ले तिर्ने पैसा नपुगेर त् होईन यो एरपोर्ट ट्याक्स पनि बढाएको ? घुस खान नपाईने भएकोले पो हो कि, अब बरु लिगल तरिकाले नै जनता बात पैसा असुल्न लागेको?
        दिपक अधिकारी
        जर्मनी

    • त्यसैले, नेपालको कानुन दैबले जानुन!!!!

  20. लौ साहित्यकार बन्धुको पैला खाएको पैसो ओकल्ने बेला आयो !
    सके पैसो तिर
    नसके खोरमा बसी मच्छर मार
    अनि “एयरपोर्ट देखि कोठरी सम्म” नामको किताब लेख !!
    (डा. ओलीको हात बाट बिमोचन गराऊ परशुरामहरु ले १ दिनमै सबै बेचिदिन्छन )

  21. ढिलै भए पनि ढकाल जि को बुद्धि फिरेछ ल बधाई छ हाललाई सिधा खाएर बस्नु नपरेकोमा /

  22. अरुलाई रातभर निद्रा नलागोस भनेर सराप दिने स्वच्छ सिर्जनाकार हुन् सक्दैन| अब माहौल बन्यो र ओली सर पनि श्रीलंका बाट स्वदेश फिर्नुभो, त्यस्तै लागेर फरार बाट हाजीर हुन् भएको हुनसक्छ|
    ढकाल सर ले माइसंसारका कमेन्टकर्ताहरुको जवाफ दिनुहोला|

    • यी साहित्यकार अब रात भरी लामखुट्टे को गित सुन्दै, उडुस उपिया संग कुस्ती लड्दै होलान, आफैले अरुलाई रात भरी निन्द्रा नलागोस भनेर दिएको सराप आफै लाइ लाग्यो ! एस्ता ले कता बाट माइ संसार को कमेन्टको जवाफ दिनु र ! ऐना हेरेर सरापेछ कि क्या हो बज्जिया ले ?

    • मात्रै रात भर निन्द्रा पो नलागोस भनेर भनेका पो हुन् त ढकाल ले अरु के नै भनेका छन् र.

  23. प्रतिक जी ले सायद भ्रस्टाचार गरेनन होला यो उनि भन्दै छन् हामीले मनिलिउला, तर उनि आफैले प्रमाडीत गरि सकेका छन् आजसम्म फरार रहेर, उनले भ्रस्टाचार गरे कि गरेनन भनेर ! जनता त्यति सारो लाटो छैनन् प्रतिक जी ! केहि भुझने भै सके ! बरु मेरो सुझाब तपाइलाई आफ्नो अपराध स्वीकारेर सत्य तथ्य बाहिर ल्याउन कानुन लाई मद्धत गर्नुहोस नत्र जनताले तपाइको कृती हरु जलाउने छन् सायद तपाइलाई जेलको चिसो छिड़ी भन्दा यो बढी पीडादायक हुनेछ यदि तपाई एउटा साहित्यकार हुनुहुन्छ भने !

  24. चोरले कहिले र कहाँ आफु चोर हु भन्छ र…..अनि लेखक भ्रस्टचारी “ढकाल” ले कसरि भनुन त……यस्तै हो नेपाल प्रमुख हरुलाई केहि थाहा हुदैन….सुडान काण्डमा पनि तेसबेलाका गृह मन्त्रि र सचिब लाई केहि थाहा छैन…..गोजी मात्रै हल्का भरेका हुन्………..ईनी पनि तेस्तै हुन् बिचरा केहि थाहा छैन गोजी चाही बेसरी भरेकै हो…..हैन त साहित्यकार को खोल ओडेका भ्रस्ट………..कर्मचारी…….

  25. “साँचो दब्दैन झुठो टिक्दैन” भनेको हो रहेछ ! आखिर माकुरी जालमा पर्नुनै थियो /
    प्रतिक उर्फ पतित जी ! नाम कमाउँदानै राम्रो थियो नि, बेकारमा दामको पछी लाग्नाले यौटै दाउमा पासा पल्टियो /

    • Yogesh ji,
      Do you think this was his first attempt? I do not think so !! he has been used to of this type of activities there. Probably this was one of his hundreds or even thousands of similar acts.

      • Durgaji ,
        I can’t accuse hypothetically to anybody else. Here is only one cat out of bag, that’s what I’m focusing about. You could be right but fact and evidence is also prominent equally. I never say bureaucrat is phenomenal.

  26. बिशेष अदालतका न्यायधिसलाई पनि सुटुक्क ई-मेल अथवा एसएमएस गैसक्यो होला नी यी साहित्यकारको हातबाट|

Comments are closed.