अमेरिकाले घुँडा टेक्यो नेपालसित

अमेरिका अरु कुरामा विश्वकै शक्ति राष्ट्र भए पनि क्रिकेटमा भने हामी नेपाली नै अब्बल ठहरियौँ। आयरल्यान्डमा आज भएको आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालले अमेरिकालाई ९९ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो।

प्रतियोगिताका छ शीर्ष टिम अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनौट हुने हुँदा नेपाल यसअघि नै छनौट भइसकेको थियो। आजको खेल त अमेरिकाका लागि गर वा मरको स्थितिमा थियो। आजको खेलमा पराजित भएमा ऊ विश्वकपको दौडबाट बाहिरिने निश्चित थियो। नेपालले भने आजको खेल हारे पनि विश्वकपमा खेल्न पाउने भइसकेको थियो।

आयरल्यान्डमा भएका खेलहरुमा नेपाली टोलीको हौसला बढाउन त्यहाँ रहेका नेपालीहरु मैदानमा पुगेका थिए। फोटोः नारायण कँडेल


आजको खेल जितेर पपुवा न्युगिनी र आयरल्यान्डबीचको खेलको नतिजाबाट नेपाल दोस्रो वा तेस्रो हुने निर्धारण हुन्थ्यो। पपुवा न्युगिनीले आयरल्यान्डलाई ५ विकेटले हराएपछि नेपाल प्रतियोगिताको दोस्रो स्थानमा आयो।

यो प्रतियोगिताका खेलमा नेपालले स्कटल्यान्ड र क्यानाडा दुई टिमसँग पराजय भोग्यो। नामिबिया र आयरल्यान्डलाई रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलमा पराजित गर्‍यो।

स्कटल्यान्ड, नेपाल, आयरल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र नामिबिया विश्वकपका लागि छनौट भयो। यी ६ देशले टेस्ट खेल्ने १० देशका युवा टोलीसित अर्को वर्ष अस्ट्रेलियामा हुने युवा विश्वकप खेल्नेछन्।

फुटबलमा युवा विश्वकपमा पुग्ने कुरा अझै टाढा भए पनि क्रिकेटको युवा विश्वकपमा नेपाल पुगेको भने यो पहिलो अवसर हैन। सन् २००० मा नेपालले पहिलो पटक यु १९ विश्वकपमा भाग लिएको थियो। त्यसपछि २००२, २००४, २००६ र २००८ गरी पाँच पटक नेपाल विश्वकपमा पुगिसकेको छ। अझ विश्वकपमा नेपालले प्लेट च्याम्पियनसिप पनि जितिसकेको छ। समूह चरणका खेलमा आउट हुने टिमहरुबीच हुने प्रतियोगितालाई प्लेट च्याम्पियनसिप भनिन्छ।

सन् २००६ को विश्वकपमा नेपाल न्युजिल्यान्डलाई एक विकेटले हराउँदै प्लेट च्याम्पियन भएको थियो भने सन् २००२ मा जिम्बाब्वेसँग र २००८ मा वेस्ट इन्डिजसँग हारेर प्लेट रनर अप भएको थियो।

मादलको तालमा चन्द्रसूर्यको साथ। फोटोः नारायण कँडेल

57 Comments

  1. अमेरिका नेपाललाई राजनैतिक रणभूमिको मैदान बनाउन चाहन्छ, हामी यूवाहरु मिलेर तेस्को प्रतिकार गर्दै देशलाई बचाउनु पर्छ . नेताहरु को केहि भर रहेन .

  2. अझ खोपी नै खेल्ने हो भने त नेपाल ले बिश्व कप नै जित्लानी …अमेरिका ले खेल्दैन.

  3. Good luck Nepal for World Cup. Be a winner and show to whole world. Nepalese are the best.
    Good luck once again.

  4. मलाई क्रिकेट खास त्येस्तो मन पर्दैन र हेर्दैन पनि. तर अ. १९ का भाई हरु ले जुन काम गरेको छ. त्येस को बर्णन गरेर साध्ये छैन. एक दम खुसि लग्यो. यो नेपाल को ठुलो कुरा हो. र आउने वोर्ल्ड कप मा नेपाल को सबै म्याच हरु मैले हेर्ने छु. बधाई छ भाई हरु लाई…..

  5. देशले ५०००० हजार भत्ता त यिनिहरुलाई पो दिने हो जसले देशको नाम र ईज्जत उच्चराखेको छ ! हाम्रा चोर नेताहरु त देशको नाम र ईज्जत दुबै बदनाम गरिराखेको छ यिनिहरुको भत्ता खोसेर हाम्रा माहान युवा खेलाडिहरुलाइ दिनु पर्छ अनि पो खेलाडिहरुको मनोबल उच्च हुन्छ !

  6. एस्तो खुसिको समाचारमा पनि रातोमा चिन्ह लगाउने पक्कै टिममा नपरेका होलान जस्तो लग्यो…डाडले मोरेका

  7. आखिर नेपालइको छोरा छोरि त पर्यौ हामी एकदम गर्व छ क्रिच्केट टोलि माथि….आगामी दिन मा उत्तर उत्तर प्रगति को कामना अवेम शुवाकमाना…

  8. अवसर पायो भने नेपाल ले अमेरिका लाई धेरै कुरा मा घुडा टेकाउन सक्छ/ नेपाल मा के छैन र? हारेका का त नेपाल को राजनीति गर्ने नेता हरु न हुन् /

  9. नमस्त्ते नेपाली टिम र सथिहरुल्लाई आगामी खेलहरुको निमित्त सुबकमाना….

    • यो समाचारले मन अति प्रफुल्लित भएको छ र छाती गर्वले फुलेको छ / सबै खेलाडी भाइहरुलाई हृदयदेखि धन्यवाद र राष्ट्रको शान बढाएकोमा नेपालको निम्ति यी सारा खेलाडीहरु राष्ट्र बिभुतिहरु हुन भन्न चाहन्छु /
      यी खेलाडी हरुलाई उचित व्यवस्था, अनि भविस्य को सुनिस्चितता को ग्यारन्टी तुरुन्त दिनु पर्छ राष्ट्रले ताकी उनीहरुको सम्पूर्ण ध्यान क्रिकेटमा मात्र होस् (गाँस, वास र कपास तिर ध्यान जान नपरोस उनीहरुको) / तव मात्र हामीले आस गर्न सक्छौं कि हाम्रा खेलाडीहरुले बिश्व कप हामीलाई उपहार दिनेछन /
      अमेरिका खेल जगतमा अलि पछी नै छ अरु रास्ट्रहरु भन्दा / हामीले फुटवल र क्रिकेटको तुलना गर्न मिल्दैन / संसारको सबैभन्दा धेरै प्रतिस्पर्धा हुने खेल भनेको नै फुटवल हो किनकि त्यस्तो कुनै रास्ट्र छैन जहाँ फुटवल खेलिन्दैन / क्रिकेट भर्खरै ख्याती कमाऊदै गरेको खेल हो र फुटवलको तुलनामा थोरै राष्ट्रहरुमा मात्र खेलिन्छ त्यसैले प्रतिस्पर्धामा थोरै देशहरु मात्र उत्रिन्छन / जसको फलस्वरूप हामीले पनि राम्रो स्थान ओगट्न सक्ने प्रवल सम्भावना रहन्छ / र अहिले त्यस्तै अवस्था छ र यो मौकाको फाइदा उठाई हाल्नु पर्छ नेपालले /
      आउदा दिनहरुमा हाम्रा रास्ट्रिय क्रिकेट खेलाडीहरुले सफलता पाऊदै जाउन भन्ने कामना गर्दछु र यहाँसम्मको सफलताले राष्ट्रको शान बढेकोमा पुनः सारा खेलाडीहरुलाई धन्यवाद दिन चाहन्छु /

  10. सुन्दा कानै कस्तो आनन्द आयो जे होस् नेपाल पनि कुनै खेलमा वोर्ल्ड कप पुग्नु गौरब को कुरा हो बेस्ट ओफ लक् नेपाली टिम

  11. बेस्ट ओफ,लक् अज
    राम्रो गर्दै जाऊ बढ्दै जाऊ येही सुभकामना
    है त .

  12. के गर्नु खेलाडी भाई हरु तिमि हरु ले अमेरिका लाई हराई दियौ, विश्व कप मा छनोट भयौ त्यो समाचार दैनिक अखबार मा अन्तिम पेज मा स्थान पाको छ तर ‘पर्शुराम’ हरु को कर्तुत ले फ्रन्ट पेज ढाकिएको छ/सरकार र यी बडे-बडे मिडिया मा नभएर के भो तिमीहरु हामी सबै को मन मा छौ, बधाई अनि स्वागत छ घर मा सपुत हरु लाई …………….

  13. धेरै धेरै बधाई नेपाली टीम
    हामि गर्वित भएका छौ / बायाँ हाते राहुल तिमीलाई बिशेष धन्यवाद – बलिंग र ब्याटिंग दुवैमा छाएउ / नेपाललाई बिजयी हुनुमा ठुलो भूमिका निभाएउ /
    HATS OFF NEPALI TEAM.
    गुन्जन

  14. म नेपाली टोलि लाई बधाई दिन्छु! तर टेस्ट खेल्ने automatic selection हुने अनि जम्मा अरु ६ वटा team सेलेक्शन हुने syndicate ले गर्दा cricket हिजो आज खेल नभर यो टेस्ट खेल्ने country को time पास गर्ने साधन भको छ.

    Cricket is not game but syndicate of some test playing countries

  15. नेपाली टिम को बल्लिंग अब्बल दर्जा को छ बिस्व का कुनै राष्ट्र सायदै हाम्रा बल्लर हरु समू टिक्न सक्छन होला . यसै गरि ब्याटिंग पनि यस्तै राम्रो बनौ ने हो भने नेपाल ले u -१९ को वोर्ल्ड cup जित्ने कुरा मा ढुक्क हुन सकिन्छ / यो u -१९ वोर्ल्ड कप छनौट चरण मा जित्नु पर्ने टिम क्यानाडा संग हारेर दोस्रो भयको चि चित्त बुझेको छैन.यो छनौट चरण मा नेपाल पहिलो हुने टिम हो .

  16. शाबास नेपाल शाबास!!!अब २०१२ मा हुने (u -१९) बिस्व कप पनि जितेर देखानु पर्छ.

  17. सारै उत्साहजनक समाचार पढ्न पाइयो अनि बल दाइ र मनोज सोल्टीको फोटो पनि प्रकाशित भएकोले झन् मज्जा लग्यो | धन्यबाद उमेश जी

  18. सारै गर्व लग्यो नेपलिभायेकोमा करादोउ करादोउ धन्यवाद हाम्रा नेपाली क्रिकेटर खेलाडी भैहरुलाई.

  19. खेल जगत बाट नेपाल को नाम कराते र ऊसु मात्र लाग्थ्यो , आब क्रिकेट बाट पनि आस जगाएको छ तेस्को लागि नेपाली टिमलाइ धन्याबाद छ / आगामी खेल बाट नेपाली र नेपालको नाम ऊच्च इस्थानमा राख्ने छ भन्ने आशा राख्दछु ,,,,,,,
    बेस्ट ओफ लक छ नेपाली टिमलाइ ……………..

  20. उमेश जी ले लेख्नु भो
    ”अमेरिका ले घुडा टेक्यो नेपाल सित” | कोइ कोइ लाइ लाग्न सक्छ ,यो त् अति भयो एउटा खेल मा पो हारेको |त्वं सरनम भन्दै घुडा टेकेको त् हैन नि | अब हेरौ नभ भारत टायाम्स ले इन्डिया ले क्रिकेट जित्दा कस्तो लेख्छ

    १) इन्डिया ने पाकिस्थान को मार गिराया
    २) भारत ने श्रीलंका को रौधा
    ३ ) भारत ने माल्दिप्स को बुरी तरह पिटा
    ४) इन्डिया ने इंगलैंड को पानि पिलादिया
    ५) इन्डिया के जवान ने अस्ट्रेलिया को हिला के रख्दिया

  21. यो हामी सबै नेपालीको लागि गौरवको कुरा हो, अग्रिम हाम्रा युवा टोलीलाई सुभकामना अनि बधाई >>>world cup हामीले नै जित्नुपर्छ|

    • राजु जी मैले पनि क्रिकेट मा बलले लौरालाई हान्ने हो कि ? लौराले बललाई हान्ने हो आज सम्म बुझेको छैन । नेपाली सबैले क्रिकेट कहाँ बुझछन र ?ली सबैले क्रिकेट कहाँ बुझछन र ?

  22. ए अमेरिका पनि क्रिकेट खेलेर नेपालसंग हार्नु कुनै नौलो कुरा हैन.किनकि अमेरिका मा cricket भने पछि कसैले भुझादैना, अमेरिकन हारनै पर्थो. नेपाली टीम बधाई छ है.

    • अनि नेपाल मा चै कति ले बुजेको छन् र सोल्टी …. गर्ब गरौ नेपाल ले जितेको मा

  23. बधाई छ, भाईहरू तिमीहरूको मेहनत र परिश्रमवाट प्राप्त यो सफलतालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । नेपालको अन्य क्षेत्रमा जस्तै क्रिकेट खेलमा पनि राजनैतिक कुदृष्टि नपरोस् । कुनै एकक्षेत्रमा संसारभर एकछत्र राजगर्नैहरु सबै काममा अगाडी हुनसक्दैनन् भन्ने प्रमाणित गर्‍यौ अनि हामी नेपालीहरू पनि अवसर पाएमा केहि गर्न सक्छौँ भन्ने देखायौ । अझ मेहनत गर, आत्मबिश्वासी बन आगामी विश्वकपमा विजयको लागी अग्रीम शुभकामना !!!!!!!!

  24. खुसी लाग्यो, बिगत झैँ शुरमा राम्रो र खेलको पुर्बत्दतिर गएर नर्मल खेल देखाउने नेपाली खेलाडीहरुको बानीमा सुधार होस् अनि आयरल्याण्डका नेपालिबसिहरुले नेपाली खेलाडीहरुको साहस बढाउनको लागि गरेको प्रयासलाई म कदर गर्दछु ,

  25. राष्ट्रियता हाम्रो स्वाभिमान. नेपालले विश्वकप जित्नु पर्छ ……

  26. ओहो यति मज आइरछ कि अब क भन्नु? नेताले देश बिगारे नि खेलाडीले नाम चिनायाको छ देश को धेरै धेरै धन्यवाद …. अस्ट्रेलिया मा अर्को वर्ष धमाकेदार शो गर्नुपर्छ राम्रो तयारी गर्नुहोला सथिहो…

  27. गोर्खाली को छोराहरु पनि के कम ???????????????? बधाई छ नेपाली टीमलाई
    जय नेपाल

  28. हर्सले यो मन गद गद छ| आफुलाई नेपाली भएको मा गर्भ छ | अर्को वर्ष नेपाली टोलिको मनोबल बडाउन अस्ट्रेलियाको मैदानमा नेपाली झन्डा लिएर जाने छु र रमाउने छु, नेपाललाई चिनाउने छौ | बिश्वोकप जिताउने छौ|

  29. आउँदो बिस्व कपको लागि शुभ कामना !! प्लेटमात्रै समाएर आउँदा पनि खुसि हुन्थ्यो अब प्लेट माथि कप राखेर आउनु पर्यो | न्यु जिल्यान्डमा हुँदा पनि खुब सपोर्ट थियो नेपालीको | अब अस्ट्रेलियामा झनै बढी हुनेछ | राजनीतिमा बुढाहरु फेल भएपनि नया पुस्ताका जवानहरु पास हुँदैछन विश्वकै खेलकुदमा | धेरै धेरै शुभ कामना !!

  30. एउटा कुरा पक्कै भो..खेल्दै जादा नेपाली ब्याटिंग पक्ष को पनि स्तर उन्नति भयो..एस बाट प्रमाणित हुन्छ धेरै खेल खेलेर नै खेल स्तर मा सुधार औछा.अनि नेपाली राजनीति ले बिगारेको देश को छबी यी खेलाडी हरु ले सुधारे.कम्तिमा ति नेपाल संग क्रिकेट गेम खेल्ने देश ले त नेपाल लाइ मानेहोलान. नत्र नेता ले त जापान एरपोर्ट बाट फर्कनु परेको कुरा बिर्सेको त छैनौ नि..बधाई छ नेपाली टिम लाइ अनि नेपाली लाइ.

  31. अहिलेको नेपाली टिम धेरै राम्रो allrounder टिम छ. येस्तई खेल्दै गयो भने हामीले वोर्ल्ड कपमा पनि राम्रो नतिजा ल्याउन सक्छौ. बधाई छ हाम्रो नेपाली खेलाडी अनि पधकारीहरु लाइ

  32. दक्षिण एसियाको हावा मै क्रिकेटको कणहरू बहन्छ जस्तो लाग्यो ! दक्षिण दक्षिण अमेरिकाको हावामा फूटबल/सकरको भने जस्तो !!
    ल बधाई छ भाइहरू !!

  33. ल ल बधाई छ नेपाली क्रिकेट टिम लाई!!!,२०१२ मा हुने वर्ल्ड कप (U -१९ ) हामी अस्ट्रेलिया वासी नेपाली हरु को तर्फ बाट ,हामी भाग्यमानी रहेछौ नेपाली झन्डा बोकेर आफ्नो टोलि लाई live समर्थन गर्न पाउने भएका छौ ,हुर्रे हुर्रे !!!धन्यबाद छ नेपाली क्रिकेट टिम लाई !!!!!

  34. येस्तई झन्डा लहरएको सधै देख्न पाईयोस .

  35. पहिला त नेपाली टीमलई धेरै धेरै बधाई छ र आउने बिश्वो कपमा पनि हामीले जित्नु पर्छ नेपाललै संसारमा चिनाउनु पर्छा

  36. ठूलो उत्साह को क्षन् हो नेपाल को खेल जगत का लागि अनि राज्य को लागि पनि …..अमेरिका को निराशा पूर्ण हार हो तर उपेक्षा नगरियोस उसले पूर्ण दवाव मा खेल्नु परेको थियो ..दुइ मा हार १ को निश्चित छ, यद्धपि नेपाल को सानदार प्रस्तुति रह्यो …
    अब आउने वर्ल्ड कप जित्नु पर्छ ज्यान दियर लागि पर ट्यालेन्ट हरु हो मेरो धेरै शुभ कामना

  37. सलाम छ नेपाली टीम लाई भोलि क दिन हरु मा नेपाल लाई सधै हेप्ने भारत को टीम लाई हाम्रो टीम ले अबस्य जित्ने छ सुभकामना नेपाली खेलाडी हरु लाई …………………………

  38. अमेरिका लै हराएको खबर सुनेर निकै मज्जा अनि खुसि लाग्यो / नेपाली team लाई बधाई अनि final को लागि शुभकामना!

  39. धेरै धेरै बधाई छ नेपाल अनि सर नेपाली लाइ अनि मुरी मुरी धन्यवाद का साथ आउदो विश्वो कप २०१२ को लागि अग्रीम सुभकामना.

  40. अब YCL , youth force हरु मा लगानी गर्नु भन्दा इनी केटा हरु माथि लगानी गरे हाम्रो देश को नाम संसार मै चिनाउन धेरै बेर लाग्दैन होला

    महेश

    Dallas

    • महेश जी !
      ढुंगा मुढा नेपाल बन्द आदि गर्ने हुन् र रास्ट्रका खेलाडी ? तपाइले ‘यिनी केटाहरु ‘
      भनि सम्बोधन गर्नु भा’को ? खेल खेल्न शारीरिक छेमता देखि लिएर बौद्दिक
      छेमता पनि चाहिन्छ . तर बाई सी यल , युथ फोर्स , बाई यस एन आदि के के
      जाति मार मुग्री गर्नेहरु बन्न बौद्दिक छेमता चाहिदैन — त्यसैले यिनीहरुलाई नेताहरुको ‘केटा’ भने झैँ हाम्रा रास्ट्रीय खेलाडीहरुलाई ‘ केटाहरु ‘ भनेर सम्बोधन
      नगरौ !
      बोल्ने शैलीमा चित्त नबुझ्या कुरा मात्रै भन्या हुँ , तर तपाईको कमेन्टको सारमा
      चै १०० प्रतिशत सहमत छु है .

  41. नेपाली टीम र जनतालाई बधाई र आगामी खेलहरुको निम्ति शुभकामना..

Comments are closed.