दौरासुरुवालसम्बन्धी सर्वोच्चको फैसला कस्तो लाग्यो?

कुरा गत वर्षको भदौ ७ गतेको हो। उतिबेलाको सरकारले सरकारी सभा समारोहमा कर्मचारीलाई राष्ट्रिय राष्ट्रिय पोशाक लगाउनू भन्ने एउटा निर्देशन जारी गर्‍यो। राजपत्रमा प्रकाशित सो निर्देशनमा ‘राष्ट्रिय पोशाक भन्नाले दौरा सुरुवाल सम्झनु पर्छ’ लेखिएको थियो। एक सयभन्दा बढी जातजाति भएको देशमा सबैको आफ्नै सांस्कृतिक पहिरन छ अनि दौरा सुरुवाल सबैको पोशाक कसरी हुन्छ भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले सरकारको निर्णय खारेज गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा दर्ता गर्न पुगेका थिए। सर्वोच्चले यही साउन ३२ गते यो मुद्दामा फैसला गर्दै राष्ट्रिय पोशाकमा दौरासुरुवाल र ढाका टोपीलाई नै कायम राख्नू भन्ने आदेश गर्‍यो। फैसलामा समेत न्यायाधीशहरुको मत बाझिएको थियो। तीन सदस्यीय इजलासमा प्रेम शर्मा र भरतबहादुर कार्कीले गरेको फैसलामा गिरिशचन्द्र लालले फरक मत राखेका थिए। फैसलाको पूर्ण प्रतिलिपि आउन बाँकी छ र यही मुद्दालाई लिएर मधेसवादी मोर्चाले विरोधको आवाज घन्काएको छ। यही मुद्दालाई लिएर हिजो आधा घण्टा संसदसमेत अवरुद्ध भयो। मोर्चाले आजै माइतीघर मण्डलामा फैसला जलाएर विरोध गर्‍यो।

पछि सभामुखले नेपालका सबै नागरिकले लगाउने पहिरन नेपालको राष्ट्रिय पोशाक भएको रुलिङ गरेपछि संसदको हंगामा शान्त भयो। तर तराईतिर यो फैसला जलाउने, दौरा सुरुवाल जलाउने जस्ता विरोधका कार्यक्रम भइरहेका छन्।

यसैबीच फैसला विवादित भएपछि सर्वोच्चले पनि आफ्नो धारणा प्रष्ट्याएको छ। सर्वोच्चका सह प्रवक्ता हेमन्त रावलले राष्ट्रिय पोशाक तोक्ने काम सरकारको भएको र अदालतले सरकारले तोकेको राष्ट्रिय पोसाकविरुद्धको रिटलाई खारेज मात्र गरेको जनाएको छ।

तपाईँको विचारमा दौरा सुरुवाल र ढाका टोपीलाई राष्ट्रिय पोशाक घोषणा गर्नु ठीक हो ? आफ्नो विचार संक्षिप्तमा लेख्नुस्।

[polldaddy poll=5454262]

कसरी भएको रहेछ यस्तो निर्णय ?
माधव नेपाल प्रधानमन्त्री छँदैको क्याबिनेटमा गृहमन्त्रीको हैसियतले भीम रावलले एउटा बैठकमा ड्रेसकोडसम्बन्धी प्रस्ताव लगेका थिए । त्यसमा दौरा, सरुवाललाई राष्ट्रिय पोशाकका रुपमा अपनाउने कुरा थियो । अर्का मन्त्री विजय गच्छेदारले आपत्ति जनाए । यसपछि प्रम माधवले ‘ल-ल, ठीक छ, उसोभए अहिलेलाई निर्णय नगर्ने’ भनेपछि कुरा सामसुम भयो ।

तर, बाठा भीम रावलले क्याबिनेटमा ‘पछि गरौंला’ भनिएको त्यो विषयलाई माइन्युटमा घुसाएका रहेछन् । अघिल्लो साता औपचारिक समारोहहरुमा राष्ट्रिय पोशाक लगाउनुपर्ने र राष्ट्रिय पोशाकका रुपमा दौरा-सुरुवाललाई नै मान्यता दिने भन्ने सर्वोच्च अदालतले फैसला पनि गरिसकेको छ । न्यायाधीशहरु प्रेम शर्मा र डा.भरतबहादुर कार्कीको बेञ्चले गरेको उक्त फैसलामा मधेसी मूलका न्यायाधीश गिरिशचन्द्र लालले फरक मत राखेका थिए । सोमबारको एमाले बैठकमा पनि यही कुरा उठ्यो । केन्द्रीय सदस्य श्रीप्रसाद साह र बंशीधर मिश्रले कुरा उठाए, ‘मधेसमा एमालेलाई समाप्त पार्ने ? मधेसीलाई यसरी दौरा-सुरुवाल लगाउन बाध्य पार्ने ? यो विषयमा सर्वोच्चको निर्णय पनि बेठीक छ ।’

श्रीप्रसादले भने, ‘हुन त यहाँ पनि तपाईंहरु सबै पहाडे नेता हुनुहुन्छ ।’ अनि, बंशीले भने, ‘यस्तो निर्णय प्रतिगामी सोचबाट आएको हो ।’ यसपछि भीम रावल बसेको ठाउँबाट उठे र भन्न थाले, ‘मैले नै क्याबिनेटमा प्रस्ताव गरेको हो, बिल्कुल ठीक छ । लुगा जसले जे लगाए पनि कसले रोक्या छ र ?’ भीमको यस्तो कुरा सुनेपछि उफ्रँदै रहेका दुई मधेसी नेता अरु चर्किए भने रावलचाहिँ थचक्कै बसे । स्रोतः जनआस्था

विदेशमा राष्ट्रिय पोशाकसम्बन्धी कस्तो छ व्यवस्था ? हेर्नुस्

113 Comments

  1. भेषभुषा, भाषा र काम भए पनि अर्को नेपालीको आदर गर्ने सिक्न जान्ने हो भने त्यहीनै नेपालीका लागि “राष्ट्रिय” पहिचान बन्न जान्छ
    Roshan kumar jha
    Kathmandu school of Law
    LL.B 4th year

  2. हामि आफ्नो कारण ले हामि आफ्नै घरमा पनि अनौल्मै बाची रहेका छौ,,, मदेशी बाहेक अरु सबै नेपाली जातजाति लाई मन पर्ने दौरा सुरुवालको आज यसको यत्रो अपमान,,, त्यो धोति हृथिक रोशन ले आइ हेत नेपाल भन्दा हामि ज्यानको वास्ता नगरी आन्दोलन गर्ने मान्छे अहिले आयर किन मौन बसिरहेका छौ,, के हामि तेती लाचार भैसक्यौ त ????

  3. Sometime I just wonder seeing these insane madeshi people from Nepal India border side ( no offend ) since Im also from Madesh I dont have any objection wearing Daura Suruwal. I know, not only me but most of the Nepalese from every part of country love n respect it as a National dress because we are true Nepali who love Nepal. We all know their ( madeshi’s ) native country,, whatever they demanding is all for the sake of Indian government n so that they can rule in future dividing we all Nepalese except the dotis.. Hence if they dont want Daura Suruwal then we dont want them as well in our country,, if not then I want every Nepalese to vote what they like as their national dress n lets see the result. After, I guarantee that we able to shut the stinking mouth of Indian Nepali madeshi’s mouth forever.. Jai Nepal!!!!!!!!!!!!!

  4. एउटा सफा कुरा म के भन्न चाहन्छु भने राष्ट्रिय पोशाक को बिषयमा येत्रो हंगामा खडा गर्नेले साच्चिकै नराम्रो कुरा मा हंगामा खडा गरे कति राम्रो हुन्थ्यो होला ! पैसा खाने बेलामा, बिना काम भत्ता खाने बेलामा , कमिसन को खेलमा , रातो passport बेचेर पैसा कमाउने बेलामा , गुन्डा हरु संग कमिसन लिने बेलामा सबै पार्टी को कुरा मिल्छ उनि हरु एक जुट हुन्छन तर राष्ट्रिय पोशाक बाट केहि कमाई हुने बाटो नदेखे पछी एसको बिरोध गरेर इमान्दार बन्न खोज्ने नालायक हरु संग साबधान ! कुनै पार्टीको चोर सभासद ले रातो passport बेचेर सारा नेपालीको नाक काट्दा खोइ त बिरोध गरेको? राष्ट्रिय पोशाक जे सुकै होस्( लुंगी, धोति , दौरा सुरुवाल, बख्खु ) त्यो मेरो सरोकार को बिषय होइन, कुरा त यिनी हरु को नीति को बिषयमा हो !

  5. अंग्रेजी मा एउटा भनाइ छ ” Great mind discuss Ideas, average mind discuss events and small mind discuss people” . आज हाम्रो छिमेकि भारत भ्रस्टाचार को बिरोध र नया नियम ल्याउनु पर्ने आन्दोलन मा लाग्या छ , हामी नेपाली भने अझै लुगा , झन्डा , जनावर मै छौ | संसार कता पुगी सक्यो | नया idea को बारे मा खै त हामीले कुरा गरया | हाम्रो राजनीतिक पार्टी ले कहिले रोजगारी , स्वास्थ्य आदि को लागि कुरा उठाको छ ? भ्रस्टाचार कसरि रोक्ने भनेर प्रस्ट खाका कुनै पार्टी ले देको छ ?

  6. अब यो बहस ले ४-५ महिना खाने भयो, हाम्रो बुद्धि पनी भर्स्ठ भयो | नया संबिधान बनाउने कुरा कता गयो ? राष्ट्रिय पोसाक हुनु जरुरी छ, जनताको चाहना बुजेर, समयको माग अनुसार, जनमत गरेर एउटा राष्ट्रिय पोसाक बनाऊ | कुनै नेता, पार्टीलाई राष्ट्रिय पोसाकको निर्णय गर्ने अधिकार छैन |

  7. जसले जे भने पनि राष्टिय पोसाक भनेको दौरा सुरुवाल थ्यो , छ र हुन्छ ……

  8. नेपाल लै बिबादै विवाद को देस बनाउने रहर छ कि यी भुइँ फुट्टे नेतालै कि के हो ? कि विवाद मा आउ र मेडिया मा छाउ को सिधान्त बाट अभिप्रेरित हुन् कि /

    नेता हरुको यस्तै पारा हो भने, नेताको सब्दिक अर्थ: प्रतेक कुरामा असहमति र बिरोद गर्ने तथा विवाद सिर्जना गर्ने मान्छे लै सासन गर्न खोजने बादरबाट थोरै बिकसित जस्तो जन्तु भनेर बुझ्नुपर्ने दिन चाडै आउने छ /
    _____
    अदालत को काम त प्रचलित कानूनलै टेकेर निर्णय सुनुनौने हो जस्तो लाग्छ मलाई त // बिबादै आय पनि नया सम्बिदानमा राखेपछि विवादमा आउनु पर्ने हैन र ? अहिले त यिनको काम कुन राष्ट्रिय पोसाक लाउने भनेर संबिधानको लागि सल्लाह दिने हो जस्तो लाग्छा ?? कोइ संबिधान सम्भंदी ज्ञान भय का साथीहरुले बताई दिय कृतज्ञ हुने थिया //

  9. पहिचानका लागि पनि राष्ट्रिय पोशाक चाहिन्छ. दौरा-सुरुवालमा बिबाद छ भने सामुहिक छलफल गरेर छनौट गर्न सकिन्छ. एकता र पहिचानका लागि यो अनिबार्य छ. कतारमा बच्चादेखि पाकासम्मकाले राष्ट्रिय पोशाक लगाउन्छन्. कतारको जनसंख्या सात लाख छ तर आप्रबासीहरु बाह्र लाख छन्. यहि पोशाकले कातारिलाई अलग्गै पहिचान गर्न सकिन्छ. धन्यबाद !

  10. रास्ट्रीय लगाउ कि overcoat लगाउ, नछोपिने भैसक्यो.
    देश भरिको janataa le खोजेको पोशाक भनेको गास र निर्भय हो. यो भनेको एस्सेंस हो र जसले नतिओनलिस्म लाइ सोलिड र substantial बनाउछ र symbolic nationalism को एउटा पछय जुन पोशाक Ko रुपमा पनि आउछ, लाइ sthhan banaauchh.
    अर्को कुरा, Kati खेर के गर्ने भन्ने कुरा पनि त हुन्छ. Ekaatira त्यस्तू बिज्ञापन, जसको नमना यहि ब्लग मा राखिएको छ, लाइ खुला छोड्ने, Hindi नहेरिकन भात नपछने, अनि cultural identity लाइ जोगाउन खोज्ने
    त्यो पनि निर्णय बाट. Baimaani पाइला पाइला मा भेटिन्छ

  11. जुनसुकै राष्ट्रमा मा पनि एकताको सन्देश ल्याउने काम राष्ट्रिय भाषा अनि पोशाक नै हो । हामीले जति सुकै नेपाली भाषा र पोशाकको बिरोध गरे पनि यो नै यथार्थ हो कि हाम्रो जस्तो बहुजाती , बहुभाषी , बहुधर्म र बहुसँस्कृती को अनेकता एकता ल्याउने काम चाँही राष्ट्रिय भाषा र पोशाक नै हो । यदि हामी नेपाली हौ , हाम्रो मातृभूमी नेपाल नै हो भने हामीले हाम्रो राष्ट्रियता झल्काउने काम को किन बिरोध गरिरहेका छौ ? जातीय पहिचान हुनुपर्छ , जातियताको उत्थान पनि हुनु पर्छ , आ-आफ्नो भाषा बोल्न लेख्न पनि पाईन्छ , आ-आफ्नो जातीय भेषभुषा र परिहनको कसैले बिरोध गरेका छैन र गर्ने कुरा पनि भएन । तर कुरा हो सिँगो राष्ट्रको नकि कुनै जात र ठाउँ बिशेषको । यति मात्रै होकी सरकारी काम काजको लागि र अन्तरराष्ट्रिय परिबेशमा नेपालको राष्ट्रभाषा नेपाली र राष्ट्रिय पोशाक दौरा सुरुवाल भन्ने एउटा पहिचान न हो । यतिको लागि किन बिरोध गर्ने होला न कसैको भाषा खोस्ने कुरा आएको छ , न पहिरन नै । आखिर हामी नेपाली भएर आफु नेपाली भएको गौरब गर्न सक्दैनौ भने नेपाली हुनुको केही औचित्य देखिदैन ।

  12. राष्ट्रिय पोसाक दौरा सुरुवाल नमान्नु / यो बिपक्छी दलले जे भन्छन तेसलाई नमान्दा ठुलो क्रान्तिकारी पार्टी बनिन्छ भन्ने गलत मानसिकताको उपज हो / यस्ता कुराहरु के ठुला पार्टी के साना पार्टी सबै तिर ब्याप्त छन् यहि कारण हो देसका मुख्य कुराहरुले (सान्ति संबिधान ) जहाको तेही बाट १ इन्च भन्दा माथि उठ्न नसकेको //

  13. मुर्ख देखि विद्वानज्यूहरुको प्रतिक्रिया पढियो,
    समग्रमा
    कसैलाई दौरा-सुरुवाल नै हुनु पर्ने,
    कसैलाई धोति-कुर्ता नभई नहुने,
    कसैलाई बक्खु-दोचा नै चाहिने

    अब गर्ने के त् ?

    धोतीवालाले सुरुवाल च्यातिदेउ,
    सुरुवालवालाले बक्खु च्यातिदेउ
    अनि बक्खुवालाले धोति खुस्काइदेउ ——–अनि ?
    सबै जना ———- नांगै
    आखिर तिमीहरुलाई सुहाउने पनि त्येही ड्रेस कोड नै त् हो नि /

    हिमाली

  14. पोशाक जे लाए पनि हुन्छ – देशलाइ लुट्नेहरु प्राय सबै दौरा सुरवाल लाउने वर्ग कै छन् चाहे त्यो कर्मचारी हुन् वा नेता राजनीतिज्ञ हुन् / देश बिकाशको कुरा गरौ, सबै मिल्ने अटाउने कुरा गराउ, एक जातिलाई मन नपर्ने नसुहाउने पोशाक बिथामा नथापरौ / बरु देश टुक्राउने कुरा गर्छ भने त्यस्तालाइ ठिक पारौ /

  15. धेरै साथीहरुले सबै देशको राष्ट्रिय पोशाक हुन्छ, इन्डियाको पनि राष्ट्रिय पोशाक छ भनेर लेख्नु भएछ/ साथीहरु सबैलाइ एउटा के कुरा जानकारी गरौँ भने, इन्डियाले कुनै पनि पोशाकलाई “राष्ट्रिय” भनेर भनेको छैन/ औपचारिक समारोहमा २-३ थरि पोशाक लाउन छुट छ/ तपाइको बिचारमा नेपाली मुलका पवन चामलिंगले भारतीय रास्ट्रपतिसंग भेट्दा वा मुख्यमन्त्रीको सपथ गर्दा के लगौछ्न? धोति, कुर्ता? हैन, उनले जुनसुकै भारतको राष्ट्रिय समारोहमा उनले टाईसुट लगौछ्न/ भारतका कर्मचारीले कुन ड्रेस लगाउलान? धेरैले पेन्ट शर्त/ अब फेरी इन्डियाले जे गर्यो भनेर तेही गर्नुपर्छ भनेर निउ नाखोज्नुहोला/ मैले भएको कुरा गरेको हो/

    http://beacononline.wordpress.com/2009/05/22/sikkim-hosh-josh-in-new-chamling-cabinet/

    मुख्यमन्त्रीको सपथ लिंदै पवन चामलिंग/ अर्को कुरा भुटानी सरनार्थिको समस्या कसरि सुरु भयो थाहा छ? भोटे सरकारले नेपाली मुलका भुटानीलाइ पनि त्यहाको भोटे ड्रेस लगाउन बाध्य परेपछि नेपालीहरुले बिरोध गरे र भोटेले नेपाली लै भगाउने मौका पायो/ अब मधेसीमुलका नेपालीलाई पनि दौरा सुरुवाल लगुना बाध्य पर्ने, अनि देश फुटाउने साथी हो?! आफु त मदेशमा जन्मेको “पहाडे मुलको” परियो/ सानोमा दौरा सुरुवाल लगाउने मान्छे त सबै सामन्ती जस्तो लाग्थ्यो/ किन भने अन्चालाधिस, पन्चे नेता र जनता लुटेरा खाने हरुले मात्र लगौथे/ अब सप्तरीको एउटा दुर्गम गाउँको सचिबले दौरासुरुवाल लगाएर साइकलमा फरर हिडेको कस्तो देखिएला???!!!

  16. होइन यो राइ , लिम्बु , कुन कुन लाई रिस उठेको दौरा सुरुवाल मा ?
    कुनै पनि जात जति र धर्म को आफ्नो पहिचान हुन्छ | अनि तेहि जति धर्म बाट प्रेरित भएर मान्छेहरु मा राम्रो चीजको चलन चल्ती लोकप्रिय हुन्छ | दौरा सुरवाल नेपाल मा लोकप्रिय छ | दौरा सुरवाल लगाएर के राम्रो हुन्छ ? भन्नु अनि लगाएर अरु जतिको हेला हुने होइन |मगर अथवा लामा हरु ले के के लागौछान, थारु जति ले के लागौछान सबैको आफ्नो आफ्नो टेस्ट छ | तर राष्ट्रिय इस्टरमा दौरा सुरुवालको सान आफ्नै छ | मलाई गर्ब लाग्छ | गुन्यो चोली र दौरा सुरुवाल, मगर र अरु जति मा पनि लोकप्रिय छ |
    तपाई हरुको कुरा बाहुन छेत्री ले मात्र दौरा सुरुवाल लागौचन भनेर खिचा तानी गर्नु मुर्खई हो जस्तो लाग्छ | राष्ट्रिय इस्टर को ड्रेस हुनु पर्छा . अनि त्यो ड्रेस दौरा सुरुवाल , गुन्यो चोली |
    होइन भने के ? नया design गर्नु हुन्छ ? चाहिदैन भन्नु मेरो गरुको बरै टक्का हो | केहि alternative छ ? तपाईहरु संग जो सबै ले गौरब साथ लगाउन सक्छा? दौरा सुरवाल , गुन्यो चोली को design र लोक्प्रियेता ले पनि यसलाई हामी राष्ट्रिय पोसाक भन्न सक्छौ | अरु जतिको जस्तो चाड पर्ब मात्र होइन , २४ घण्टा यसलाई फुर्तिका साथ् लगुना सकिन्छ | यौ मेरो सुझाब |

    जय देश
    नेपाल

    • दाउरा सुरुवान नेपाली पहिचान पक्कै हो जसो गरी नेपाली भाषा नेपाली हो, तर त्यो कसरी नेपाली भयो भन्ने बारे चाँही ईतिहास पल्टाउनु जरुरी हुन जान्छ । राई,लिम्बु, मगर, गुरुङ्, थारु तथा समस्त जनजाति, मधिसे लगायतले यहाँ समान्ता खोजेको मात्र हो । राष्टले पहिला पनि यस्तै एकल काटे निती प्रयोग गरेर देशको आफ्नो मुल भाषा र संस्कृतिहरु लोप गरायो र अहिले पनि यो राष्ट्रीय परिहन को कुरा उठाएकोले आफुलाई आफ्नै देशको दोस्रो दर्जाको नागारिक हुन नामन्जुर गरेको मात्र हो । गणतन्त्र राष्टको सरकारी कर्मचारीले आफु राजी खुशी कुनै पनि सुहाउदो परिहन लगाउन छुट हुन पर्छ । राज्यले यो लगा भनेर निर्देशन दिनु जायज हुने छैन ।

    • होइन हो !छेत्रीजी !राई र लिम्बुसंग किन यति सारो रिसाउनु भाको ?लेखाइ हेर्दा सारै बिधुवान नै हुनुहुन्छ जस्तो लाग्यो! किनकि बीच बीचमा अंग्रेजी सब्द पनि मिसाउनु भाको छ ! यसरी सिधै जात तोकेर लेखनु चै कतिको संदार्बिक हुन्छ ?आज यस्तै लेखाइले देश साम्प्रादायिक भुमरीमा परी रहेको छ !

      • हिमालजी
        संबिधान सभा प्रमुख सुभाष नेम्बांग ले नै दौरा सुरुवाल रास्त्रिये पोसाक बनाउनु उपयुक्त नहुने भनेको छ

  17. हामी नेपालीको जात अनुसार आ-आफ्नो पोसाक हुने भएकोले कुन्चाही पोसाक लाइ मन्नयाता दिने भन्ने गाह्रो छ ; ,तर दौरा-सुरुवाल नै नेपालीको पोसाक चाहि होइन /

  18. यो सब आयातित तथा छिमेकी बाट पोषित मधेसी हरुको करामत हो . हरेक राष्ट्र को आ-आफ्नो पहिचान हुन्छ जसलाई जोगाउन हरेक राष्ट्र सबक हरु लागिपरेका हुन्छन. हाम्रा मधेसी सभासद भनाउदा चाही आफ्नो पहिचान भन्दा पनि कहिले झन्डा मा , कहिले भाषामा त कहिले पोसाकमा निहु खोजेर राष्ट्र को अस्तित्व यिनका छिमेकी लाई सुम्पन होडबाजी गर्दैछन . दौरा सुरुवाल राष्ट्रिय पोसाक हो यो कुनै जति बिसेस को हैन . अन्त मा त यी पनि त नेपाली नै हुन् नि अनि राष्ट्रिय एकरुपता बनाउन दौरा सुरुवाल लगाउदा यिनको जात , मानसम्मान त अझ उचो हुनुपर्ने हो नि हैन र ?

  19. जस्तो राष्ट्रिय भाषा नेपाली खस र संस्क्रितबाट मात्र नभै नेपालमा बोलिने प्राय: सबै भाषाहरुका शब्दहरुको मिश्रण र सयौं बर्षको व्यवहारिक प्रयोगबाट स्थापित भाषा हो त्यस्तै राष्ट्रिय पोशाक दौरा शुरुवाल पनि नेपालमा बिभिन्न जातजातीहरुले लगाउने भेषभुषाको मिश्रण र छाँटकाँटबाट यो रूपमा आइ पुगेको हो, यसमा अङ्रेजी कोटको समेत मिश्रण छ । नियालेर हेर्ने हो भने त्यो कुरा प्रष्टै देखिन्छ र थाहा पाउन सकिन्छ । हाल हेर्ने हो भने यो कुनै बिशेष जातिको पहिरन पनि रहेको छैन । मन तमांग जीले भन्नु भए जस्तै दौरा सुरुवालले विगतका राजतन्त्रकालहरुका चाप्लुसी, चाकडीवाजिलाई सम्झाउँछ र हामीलाई झस्काउँछ पनि । तर त्यसो हुनुमा दौरा शुरुवालको नभएर यसको दुरुपयोगकर्ताहरुको दोष हो । मधेसी सभासदहरुले लाउने पहिरन कुर्ता धोतीमा पनि त लखनउभाक्ति अनि कुर्ता धोतीमा+जवहार कोटमा दिल्लीभक्ति र दिल्लीप्रतिको चाकडी देखिदैन र ?
    त्यसैले बिगतको तितो टर्रोलाई भुलेर आगामी दिनहरुमा हामीले हाम्रो देशका सबै जातिय भाषा, भेषभुषा, संस्क्रिती, रहनसहन हाम्रो सम्पत्ति हुन् भन्ने अन्तर्मनदेखि ठानेर यिनिहरुको संरक्षण, सम्वर्धन र बिकास गर्न हामी सबैले आफ्नो सकुचित मानसिकतालाई त्यागेर खुल्ला हृदयले लाग्नु पर्छ । त्यसो भन्दैमा नेपालको राष्ट्रिय पोशाको माथि दौरा तल धोती या माथि कुर्ता जवहारकोट तल नेपाली सुरुवाल मिलाएर बनाउन त सकिदैन नि, कि सकिन्छ ?

    कि यी सबै विवाद गर्नुभन्दा राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा, राष्ट्रिय झण्डा, राष्ट्रियगान र राष्ट्रिय दिवस बिहिन भएर संसारकै छुट्टै किसिमको मुलुकको पहिचान दिने हो त हामीले हाम्रो नेपाललाई ?

  20. सर्बोच्चले फैसला सरकारले रास्ट्रीय पोशाक को लागि जारि गरेको उर्दीको लागि हो र यो जायज छ किनकि सरकारले आफ्नो कर्मचारीलाई आफ्नो सहभा समाहरोह मा आफ्नो रास्ट्रीय पोशाक लाउन जारि गरेको उर्दी उचित छ!
    जहासम्म सर्बोच्चको फैसला जायज छ तेहिनेर सरकारी उर्दी भने नाजायज छ र यो उर्दी बतासे उर्दी मान्न सकिन्छ किनकि नेपाल बिबिधताको देश हो र निकट समयमा संघियतामा जाने निश्चित छ! यहा यो समस्याको समाधानार्थ रास्ट्रीय पोशाक लाइ बिस्तृत र वर्गीकृत अनि ब्रिहत्तोर गर्न सकिन्छ किनकि नेपाल बिबिधताको देश हो बिबिधता पनि सम्पूर्ण विधामा त्यो चाहे जाति होस् वा भाषा धर्म भौगोलिकता सबैमा बिबिधता छ भने तेहा एउटेई पोशाकलाई रास्ट्रीय पोशाक भनेर उर्दी जारि गर्नु सरकारको कमजोरी र नालायकी पन हो र यसले देशले निर्दिस्ट गरेको भविष्यको दिशालाई पनि तेती ध्यान दिन नसकेको बुझ्न सकिन्छ!
    एकात देश निकट समयमा संघियतामा जाने कुरालाई मनन गर्न सकेको छैन!
    अर्को कुरा दौरा सुरुवाल यो देशको सबै स्थानमा तेत्तिकै उपयुक्त हुने सक्दैन! जस्तोकि हिमालमा दौरा सुरुवाल नितान्त गलत पहिरन हुन्छ भने तराइ मा पनि त्यो उचित हुन सक्दैन!
    तेसैले यो रास्ट्रीय पोशाक लाइ बिस्त्रितिकरण ब्याख्या गरि ब्रिहोत्तर गर्नु सबैको हितमा हुनेछ र समस्याको समाधान पनि!

  21. बहुभासी बहुसंस्कृति बहुजाति भएको देशमा कुनै एउटा जातिको पोषाकलाई राष्ट्रिय पोषाक बनाउनु पर्ने सोच राख्नु भनेको पुरातनबादी सोचलाई अंगाल्नु हो ।सयौ बर्ष पहिलेदेखि चलि आएको दौरा-सुलवाले नेपालको पहिचान हुने भए बिस्वको सबै मान्छेलाई नेपाल र नेपालीको बारेमा थाहा हुन्थ्यो ज्ञात हुन्थ्यो।अहिले पनि बिदेशमा म नेपालबाट आएको हो मेरो देश नेपाल हो भन्दा यो नेपाल भन्ने देश सुनेको छैन भन्नेहरु धेरै छन।त्यसैले उनिहरुलाई नेपालको बारेमा बुझाउदा कित भगवान बुद्द जन्मेको देश भनेर चिनाउनु पर्छ यात सगरमाथाको देश हो भनेर भन्नु पर्छ।एकहप्ता पहिला मात्रै बंगला देशमा हुर्केका साहित्यकार तसलीमा नसरीनले त नेपाल स्वतन्त्र देश हो भन्ने थाहा नपाएको कुरा गरेकि थिईन।

    अहिलेका जति पनि धनि राष्ट्रहरु छन उनिहरु यो राष्ट्रिय पोषाकले बिस्वमा चिनिएका होईनन।त्यसैले पनि दौरा-सुरवाललाई राष्ट्रिय पोषाक बनाउदा नेपाल र नेपालीको पहिचान हुन्छ भन्ने भ्रम दिमाखबाट झिकेर फयाँकि दिए हुन्छ।महासयहरुलाई स्मरण रहोस राष्ट्रको पहिचान राष्ट्रिय पोषाकले या कपडाले गर्दैन।राष्ट्रको असली पहिचान त देशको बिकास र ती देशका जाँगरिला साहसिला अनि नैतिकताले भरिपुर्ण नागरिकहरुबाट मात्रै संभब हुन्छ।

    • ओए आफु नेपाली मात्र भनेर सान न देखाए हुन्छ/ ब्रमिं चेर्र्ती कुन समय मा आको केहि ठ छ/
      अनि राई लिम्बु हरु चैं जंगे खान ले लाखेठेरा आको थाचैना?

    • कुनै पनि जात जति र धर्म को आफ्नो पहिचान हुन्छ | अनि तेहि जति धर्म बाट प्रेरित भएर मान्छेहरु मा राम्रो चीजको चलन चल्ती लोकप्रिय हुन्छ | दौरा सुरवाल नेपाल मा लोकप्रिय छ | दौरा सुरवाल लगाएर के राम्रो हुन्छ ? भन्नु अनि लगाएर अरु जतिको हेला हुने होइन |मगर अथवा लामा हरु ले के के लागौछान, थारु जति ले के लागौछान सबैको आफ्नो आफ्नो टेस्ट छ | तर राष्ट्रिय इस्टरमा दौरा सुरुवालको सान आफ्नै छ | मलाई गर्ब लाग्छ | गुन्यो चोली र दौरा सुरुवाल, मगर र अरु जति मा पनि लोकप्रिय छ |
      तपाई हरुको कुरा बाहुन छेत्री ले मात्र दौरा सुरुवाल लागौचन भनेर खिचा तानी गर्नु मुर्खई हो जस्तो लाग्छ | राष्ट्रिय इस्टर को ड्रेस हुनु पर्छा . अनि त्यो ड्रेस दौरा सुरुवाल , गुन्यो चोली |
      होइन भने के ? नया design गर्नु हुन्छ ? चाहिदैन भन्नु मेरो गरुको बरै टक्का हो | केहि alternative छ ? तपाईहरु संग जो सबै ले गौरब साथ लगाउन सक्छा? दौरा सुरवाल , गुन्यो चोली को design र लोक्प्रियेता ले पनि यसलाई हामी राष्ट्रिय पोसाक भन्न सक्छौ | अरु जतिको जस्तो चाड पर्ब मात्र होइन , २४ घण्टा यसलाई फुर्तिका साथ् लगुना सकिन्छ | यौ मेरो सुझाब |

      जय देश
      नेपाल

  22. here is My suggestions to bahun chhetri friends …Don’t force us to regard your dress as national dress. we are indigenous people of this country who had started human civilization in this country. We are nepali not due to daura suruwal and other fossils of brahaminism . Its alarming to among indigenous and madhesi to be united together taking help from dalit to cease all these regressive and indian agents. Daura suruwal sound like derived from india. Our Tamang, newari,rai ,limbu,magar, gurung, sherpa dresses can indeed represent true nationality . We are Adibasi janajati. we love this country nepal. So let’s make brahmins and chhetris compel to regard our dress as national dress. its urgency to protect our country from the indian influence because daura surwal is derived from india and brahamin-chhetris had come to our country from india. So all the indigenous people come on let’s protect our culture, language, and country

    • लामा जी को जस्तो साघुरो सोचाई हुने हो भने.. तपाई पनि नेता बनाए हुन्छ. तपाई लै दौरा लगाये लगा नत्र नांगै हिड वनेको छैन क्यारे. न बाहुन छेत्री ले तपाई लै तैले लुंगी…धोति.. लगिएस भनेका छन् ?? अब त देस बिगार्ने..नराम्रो कम गर्ने. गाली खाने… प्रतिगामीहरु बाहुन- छेत्री त भय नि.!! नेपाली भयर सोच्नुस../ कुनै जाति बिसेष भयर सोच्नु भो भने तपाई कैले उभो लाग्ने हो ??

    • dear Ramesh ji,
      you are absolutely right, that’s why you got red light, lot of it. The Govt. they are talking is not our government. Have you ever guessed ‘how many janajaties represents in the government’ though they are the majority. Our religion, language, culture and dress is not in national interest. Only the suppressors traditions can prevail in the country. The state consider us second class citizen and it is natural they can regulate laws that makes them masters. We all know that because of their kind who are in power, are the one who pushed the country backward. Whatsoever, in this current critical political situation of the country, discussion in the issue is not important.

    • बाहुन, क्षेत्री र दौरा-सुरुवाल चाँही भारतबाट आएका अनि मधेशी चाँही यहिको भूमी फुटेर भूमिपुत्र भएर निस्केका हुन भन्न खोज्नु भएको हो रमेश लामा जीले ? ‘सौताको रिसले पोइको काख हग्दा’ कसलाई नोक्सानी हुन्छ या त्यसलाई कत्तिको तार्किक र सभ्य काम मानिन्छ ? एक पटक ठन्डा पानीले नुहाएर आफ्नो दाहिने हातलाई छातीको देब्रे पट्टी राखेर बिना पुर्वाग्रह, बिना आबेश, तपाईंको विवेको पूर्ण प्रयोग गर्दै सोच्नुस् र आफ्नो बिचार पुन: एक्पल्ट लेख्नुस् है त यहाँ माइ संसारमा ।

  23. धोतिकुर्ता राष्ट्रिय पोशाक भनाएको भए एक थरिलाई जसरि रिस उठ्छ त्यसरी नै दौरा सुरुवाल राष्ट्रिय पोशाक गर्दा अर्को थरिलाई रिस उठेको मात्रै हो यो !!!!

  24. यो मधेसी पार्टी हरुले देशको इज्जत फालिसके| रातो पस्स्पोर्ट बेच्ने, सी डी ओ लै झापड हान्ने, शिक्षा मन्त्रालयमा लूट मचाउने, कुर्सि टेबल फोड्ने, यस्ता जंगली हरु लै तह लाउने पर्छ | कथित संघीयता र समानता को नारा घन्काएर नेपाली र नेपालीत्व लै hijack गर्न पाइन्न

  25. हैन संसारमा जुन देश मा पनि एउटा राष्ट्रिय पोशाक हुन्छ, जुन बिसेष समयमा लगाऊ छन् जस्तो राष्ट्रिय दिबश.. आदि र संसार मा एस्तो देश छैन कि जहाँ यौटै किसिम क मानिस बसुन ! यो नियम नै हो / धेरै जति छन् भनेर सबै लै पुग्ने पोसाक बनाउने त ? नेपाली को बुद्धि कैले आउने होला ! राष्ट्रिय पोशाक सधै भिरेर हिड कसले भनेको छ र ? तो सबै ले सधै लगाउने नि हैन किन बिरोध ? अदालत को फैसला ठिक छ? नेपाली पोशाक, झन्डा धारणा गर्ने नसक्ने किन नेपाली भन्ने त ?

  26. lets talk abt development, GDP growth, constirution, Law and order, Infrastructure. lets not waste time on dress lanugage religion and other petty issue.

  27. देशलाइ भुटानीकरण गर्ने हो भने फेरी ययूटई भाषा ययूटई भेष भने भयो…नत्र कसैले अर्को भाषा बोल्ने र अर्कै लुगा लगाउने हरु पनि नेपाली नै हुन्..येसरी जबर्जस्ति कथित परिचय थोपर्नु ठिक छैन कसैलाई| सुडान घोटालाका चोर हरुले दौरा सुरुवाल नै लगाए पनि ति रास्त्रबादी हुन् र?

  28. यो दौरा सुरुवाल र ढाका टोपी राजा महाराजहरु, भारदारहरु, राणाहरु हुँदै पन्चे र अहिलेका पुराना नेताहरुले लगाउँदै आएका छन् / अहिले पनि यो पोशाकमा यिनीहरुकै मानसिकता र गन्ध आउँछ / त्यसकारण यो पोशाक लगाएर आएका नेता, मन्त्री र हाकिमहरु देख्यो कि टाठाबाठा, चतुर, धुर्त, रकमी जस्तो लाग्छ / भन्ने नै हो भने अरु भाषीहरुको बिशेष पहिरन भए जस्तै यो पोशाक पनि ब्राम्हण छेत्रीहरुको बिशेष पोशाक हो / जसले २०४० बर्ष भन्दा बढी नेपालमा राज गरी नेपाल आमाको बलत्कार गरी करोडौं करोड कमाइ सकेका छन् / त्यसकारण यो पोशाकको साथ साथै हाम्रो नेपालको राजनीति र प्रशाशनिक छेत्रमा यिनीहरुको अन्त हुनु पर्छ / अनि मात्र नेपालमा शान्ति हुन्छ /

    • साथी सत्य, एकदम सत्य बोल्नु भयो दौरा सुरुवाल लगाउदा राजा महाराजा को गन्ध आउने, कमिज र पाइजामा लगायो भने मित्र राष्ट्र को गन्ध आउने, २ पिस सुट र टाई लगाउदा अंग्रेज को गन्ध आउने बख्खु लगाउने भने फेरी तिब्बतियन को गन्ध आउने, लुंगी लगाउ भने लिगलिग दौड जितेर राजा बन्ने मगरात हरु को गन्ध आउने उनि हरु पनि राजा रजौटा नै थिए कुनै बेला..अब के लगाउने त ? राष्ट्रिय पोशाक केहि त हुन पर्ला नि होइन र ? एउटा बिद्यालय मा पनि औपचारिक पोशाक हुन्छा, तर यो पोशाक को बिषय मा किन हो कुन्नि हाम्रो साथी हरु बेकार को एजेन्डा बनाउदै हुनुहुन्छ. छिमेकी मुलुक कै कुरा गर्ने हो भने पनि औपचारिक समारोह मा राष्ट्रिय पोशाक एउतै छ तर नेपाल मा मात्र नेपाली हरु लाइ एउटा पोशाक तोक्दा समेत महाभारत हुन्छ. अलि ठुलो कुरा सोचौ साथी.. किन पोशाक मा येत्रो बखेडा ? नेपाल को राष्ट्रिय भाषा एउटा मात्र हुन भएन, पोशाक औता मात्र हुन भएन. झन्डा पनि सबै जात जति हरु अनुसार को हुन पर्यो, येही हो नया नेपाल भनेको ? अलि ठुलो कुरा सोचौ हिजो तिनै राजा महाराजा को समय मा देश को के स्थिति थियो आज के छ ? तिनै राजा रजौटा ले गरेको विकास को १ चौथाई पनि प्रगति यो २० वर्षा को बीच मा भएको छ कि भएको छैन ? सम्प्रदियिकता राष्ट्रिय अखण्डता हिजो के थियो आज के छ ? विकास निर्माण को कार्य ले कति गति लिएको छ लगायत का बिषय हरु ले नया नेपाल बन्यो कि बनेन भन्ने निर्धारण गर्ने हो कुनै दौरासुरुवाल को बिरोध गरेर, झन्डा च्यातेर राज मार्ग लेख्दा राजा महाराजा को गन्ध आयो भनेर लोक मार्ग नामकरण गरेर, दुर्घटना मा मृत्यु भएका हरु लाइ पनि सहिद घोषणा गरेर, नया नेपाल हुन्छा भन्ने कसैले सोच्छ भने त्यो गलत हो. हिजो जे व्यवस्था थियो जो सत्ता मा थिए आज त्यो परिवर्तन भएको छ यसको मतलब हिजो को कुरा इतिहास हुन्, इतिहास देश को धरोहर हो एस्त इतिहास निर्मुल गर्ने, साना साना कुरा मा टायर बाल्ने बन्द हड्ताल गर्ने यो सब गरेर कस्तो नया नेपाल को परिकल्पना गरेका छौ हामी युवा हरुले ? सत्ता परिवर्तन हुदै मा वा नाम परिवर्तन हुदै मा देश नया बन्ने भए हाम्रो देश नेपाल को अगाडी “नया” भन्ने शब्द झुन्दाई दिउ न यो सब समस्या नै समाधान हुन्छ. होइन भने यो झिना मसिना कुरा को पछाडी किन लाग्ने..बरु सकिन्छा भने समय मा संबिधान किन बनेन, किन महंगी यसरि बढी रहेको छ..देश मा कति अनुदान भित्रिएको छ त्यो पैसा कुन कस्तो ठाउँ मा खर्च भएको छ..हिजो करंग का हड्डी देखिन रे प्लास्टिक का चप्पल लागेर बस मा चढेर हिड्ने नेता हरु आज्ञा एकाएक चिल्ला गाडी चढ्ने, राता पिरा कसरि बनेका छन् यो सबै मा ध्यान दिउ त अनि थाह हुन्छ नेपाल कुन अवस्था मा पुगेको छ र हिजो कहाँ थियो भन्ने ?

  29. यसभन्दा अघिको ब्लगमा पनि आफ्नो मन्तब्य जाहेर गरेको थिए| फेरी दोहोर्याउदैछु| म जनजाती, आफ्नै पहिरन छ| गर्व छ| नेपाल सबै जात जतिको देश छ| गौरव गरौँ|

    दौरा सुरुवालले विगतका राजतन्त्रकाल चाप्लुसी, चाकडीवाज, जनजाती र अन्य जातिप्रतिको जबर्जस्ती लादेको धर्म, संकृति र थिचोमिचोको स्मरण गराउँछ| दौरा सुरुवालमा लागेको यो कलंक र दुर्गन्ध सबैको मनबाट त्यसै हट्न गाह्रो हुन् स्वाभाविक छ| अब देशबाट राजतन्त्र गईसकेको छ| यो विगतको मानसिकतालाई त्यागेर अघि बढ्नु छ|
    सरकारी कामकाज र औपचारिक कामको निर्वाहमा ड्रेस कोड आवश्यक भएको सबैले महसुस गरेका छन्| आफ्नो दैनिक जीवनमा जनताले जे पहिरन लाउँन चाहना गर्छन त्यो स्वेच्छाको कुरा हो| तर सरकारी व्यक्तिहरु (संबैधानिक पदमा रहेका लगायत) सबैलाई ड्रेस कोड हुन् आवश्यक छ|
    दुर्भाग्यवश माओवादी नेताहरु जताभावी फुरमास कपडा लाएर स्वतन्त्रता भनेको यही हो, गणतन्त्र भनेको यही हो भनेर नचाहिदो रवाफ र कवाज गरेका देखेका छौ| मधेसी र जनजातिका बेग्ला बेग्लै पोशाक र पहिरनहरु छन्| सबैको कदर गरिन पर्छ| दौरा सुरुवाललाई कुनै एक वा दुई जाति अथवा पुर्ब राजतन्त्र संग गाँसेर मात्र हेर्नु भएन|

    विक्रमीय संवत जस्तै बेसक दौरा सुरुवाल भारतबाटै आएका नमुना होलान| पछी ढाचामा अलि छाँटकाँट गरिएको होलान| मौसम अनुसार नमिल्ने भए मधेसमा यसलाई बाउला बेगर वा इस्टकोट मात्र लाएर मिलन सक्ने गरी सुधार ल्याउन सकिएला सरकारी र औपचारिक कार्यमा दौरा सुरुवाल टोपी वा यसलाई सबै मिलेर अलि सुधार गरेर गणतान्त्रिक पोशाक बनाउन सकिन्छ|

    हाम्रा नेताहरु कतिपय समारोहमा यस्ता रुपमा प्रस्तुत भएका छन्, जस्तो उनी फुटबल हेर्दा हेर्दै वा खेल्दा खेल्दै त्यंही बाट समारोहमा वा सभामा आएका हुन्| कोहि चाँही बसको लामो यात्रा पछी सीधै समारोह वा मीटिंगमा पधारेका हुन्| हाम्रा महिलालाई चोली साडी पनि सुहाउँदिलो देखिन्छ| बिदेशमा नेपाली भनेर चिनाउने एउटा पोशाक हुनपर्यो| त्यसका लागि सबै नेपालीले सकारात्मक मानसिकता बनाउनपर्छ| स्मरण रहोस, राजा नरहे पनि नेपाल रहन्छ, यो शास्वत छ र देखिसक्यौ| तर नेपाल नरहे नेपाली रहन्न|

    मधेसी मित्रहरु र जनजातिको भावनाको पनि पूर्ण रुपले कदर गर्नपछ, उनीहरु कुनै नेपाली भन्दा कम होइनन र छैनन् भन्ने विश्वनीयता स्थापना गरिनपर्छ|

    राष्ट्रपति डा. यादव र उपरास्ट्रपति झा ले दौरा सुरुवाल टोपी सरकारी समारोहमा पहिरेर उंहाहरुको साथै देशको गरिमा बढेको छ|
    मेरो पक्ष र मत एउटा ड्रेस कोडमा| दश थरिकामा हैन| संबिधानमा यसको उल्लेख गरिनपर्छ|

  30. अर्को कुरा मधेसी हरु आफै मधेसी नभन भन्दै थिए केहि वर्ष पैले, तर अहिले आफै ले भनेछन तपाई हरु धेरै पहाडी हुनुहुन्छा भनेर……… के बोल्छन यिनीहरु???

  31. ति मधेसी नेता हरु को कुरा सुन्ने हो भने १०० भन्दा बढी भाषा बोल्ने नेपाली हरुलाई राष्ट्र भाषा नेपाली अपाच्य हुने पर्ने हो… तेस मा चाही किन चुप?? दलाल हरु भेडे बुद्दी को पछाडी कुद्छन स्वबिबेक ले केहि गर्न जान्दैनन…… नेपाली पोशाक दौरा सुरुवाल र ढाका टोपी नै हुनु पर्छा भन्ने मेरो धारणा छ |

  32. दौरा सुरुवाल टोपी को विवाद नेपाल को विकृत राजननीति को अर्को नया छिडी मात्र हो .देश लाइ श्रीलंकाको नियति भोगाई दिन्छु भनि चेतावनी दिने समुह को लागि यो अर्को निहु खोज्ने बहाना हो ..संसार को जुन सुकै देश मा पनि केहि औपचारिक बिशेष समारोह मा मर्यादित र एक रुपता देखिने पोशाक को व्यवस्था गरि एको हुन्छ जसले एकता सामुहिक भावना र अनुसासन को परिचय दिन्छ .नेपाल को सन्दर्भ मा यो एउटा प्राचिन राष्ट्र हो यसको केहि अद्दितिय मौलिक बिशेषता छन् यस लाइ बचाई राख्नु प्रत्यक नागरिक को अनिबार्य कर्तब्य हुन्छ ..त्यसैले दौरा सुरुवाल र टोपी लाइ जाति बिशेष वा क्षेत्र बिशेष को पोसाक को रुपमा न् हेरी हाम्रो एकता को प्रतिक स्वरुप मानि केहि सम्मानित र मर्यादित तह मा यो पोशाक लाइ अनिबार्य गर्नै पर्छ .तराइ को रापिलो घाम मा असजिलो हुन्छ भनि तर्क गर्ने हरु ले पन्जाब को पगडी र दक्षिण अफ्रिकी राष्ट्र को मौलिक पोशाक को बारेमा थाहा न् पाएका हुन सक्छन .तराई नेपाल हो र तराइ का आदि बासि ले नेपाल लाइऔधि माया गर्छन .अब व्यवहार मा देखाउनु पर्ने परिक्षा को समय आयो .

  33. संसार कहाँ बाट कहाँ पुगिसक्यो नेपाली हरु कहिले पोशाक को राजनीति कहिले तेल को राजनीति कहिले के को राजनीति गरेर बसिरहेका छन्. राष्ट्रिय पोशाक भनेको को त औपचारिक समारोह मा लगाउने पोशाक हो त त्यो पोशाक पनि २० थरि का हुने भन्ने त कही पनि सुनिएको छैन होइन यो कस्तो लोकतन्त्र आको हो देश मा ? काम कुरा एकातिर कुम्लो बोकी थिमी तिर जस्तो ?

  34. नेपाल मा जे नियम लगाए पनि हुनेवाला केहि पनि छैन. सबैले जुन कुरा लागु गर्नु पर्छ भन्छन तेही कुरा लै मुद्दा बनाएर अर्को समस्या मात्र खडा गरिदिन्छन. अब ढाका टोपी अनि दौरा सुरुवाल मा नेपाली लाई कति आकर्षक देखिन्छ त्यो त सबैलाई थाहा नै भएको कुरा हो नि हैन र?

  35. जसरी कर्मचारी हरु लाई स्वछिक तरिका ले रोज्न पाउने गरि सरकारले ड्रेस code लागो गर्यो | तेस्तै किसिम आ आफ्नो क्षेत्र को भौगोलिक आबस्ता अनुसारको पोसाक लाई राष्ट्रिय पोसाक को रुपमा स्विकर्गर्नु नै बुद्धिमान हुन्छ |
    उराश

  36. राष्ट्रिय पोशाक कुर्ता र धोति हुनु पर्छ /

  37. सबै जनाले यहाँ रास्त्रियता छात्दा मा दङ्ग परे….देश को लागि केहि नगरे पनि नेपाली हरु गुफ्फ़ मा चाही केहि गर्दो रहेछन…..साथि हरु राष्ट्र र रास्त्रियता भनेर गुफ्फ़ चुत्त्दैमा केहि हुदैन….काम गर्न आवस्यक छ….देशलाई ऐले तपैहरुको खाचो छ…विचारमात्र दीने होइन देशलाई काम गरेर केहि बनाउने बेला आको छ…..जसले देशको लागि काम गरि रहेको छ त्यसले यो सन्देशलाई बेवास्ता गर्नु होला….किनकि तपाई हरु पहिले नै महान हुनुहुन्छा….अरु सबैलाई मेरो यहि आग्रह छ….

  38. साउथ एसियन भन्दा पाक. भार. बंगा. र नेपाल भनेर संसारले बुझ छन् तर तेस्मा लंका. मा. भुत . पर्दैनन् किनकि उनीहरुको आफ्नै पहिचहन छ ! अदुर्दाशी नेता का र बिहारी तन्त्र को राजनीतिक बिकाश को स्वोरुप धारनले नेपालले आफ्नो पहिचान गुमाउदै छ ! ठिक छ, रस्त्रिये पोसाक जे सुकै अरु भए पनि बिहरिपोसक हुनु भएन ! रस्त्रिये पोसाक त हुनु पर्छ त कस्तो? नेम्वांग को भनाइ को तुक छैन किनकि भोलि मैले भित्र लगाउने कट्टु र गन्जी मेरो आफ्नो मौलिक पोसाक भनेर उसलाई भेट्न गए भने उसले त्यो रस्त्रिये पोसाक लै मानेर मलाई भेट दिन्छ त?

  39. “फेरी बबाल होला नी त्यहाँ..!” भन्न नी भ्याई सेकेछन हाम्रा भुसतिग्रे सभासदहरुले?

  40. कुरा मात्र दौरा सुर्बल को होइन , कुरा मात्र मदिश र पहाड को होइन , कुरा हो देस को नियम र कानुन को , कुनै पनि औपचारिक कार्यक्रम को लागि पोसाक आनिबर्य हुनु पर्छा नत्र भने यो संसद हो कि पार्टी हल ? बैठक हो कि आम्सवा के फरक भो र , अत यो हुदैन भनेर आर्का को बिरोद गर्नु भन्दा क बनाउन उपुक्त हुन्छ भनेर बहस गर्नु राम्रो हुन्छा होला …… मेरो विचार मा दौरा सुर्बल बहुसंख्यक नेपाली को पोसाक हो , तसर्थ यसै लै बनायको हुनु पर्छा कानुन मा . पैला यस्तो थियन , ज थ्यो सबै नेपाली को thiyo तर आजकल यो तेरो यो मेरो भन्ने बनि बसेको छ हामी नेपाली हरु मा , यो बनि ले नेपाल लै कंगाल बनायर छोड्छ , यो पक्का छ .
    मेरो भनाइ क हो भने , कानुन को दयारा भित्र सबै आउनु पर्छ, किन कि सबै को इच्छा बमोजिम कानुन बनायर सकिन्न , आज सम्म सबै नेता हरु लै तै लगायर हुने , आज केहि लै chai लगुना न हुनी ? किन कि आज नेपाल मा कोहि अरास्त्रिया तात्तो हरु लै झगडा को न्यु चयिअको छ
    डा. राम बरण यादव लै दौरा सुर्बल लगाउदा चिलायाको छैन त !!!!!!, भने अरु लै के को खन्खन????

  41. अदालतले नचाहिने फैसला गर्यो भन्ने लागेको छ/ “राष्ट्रिय पोशाक” भनेको के हो, कुनै पोशाक अराष्ट्रिय हुन्छ? “परम्परागत पोशाक” भन्न खोजेको हो भने ठिकै हो/ मेरो बिचारमा कुनै पोशाकलाई राष्ट्रिय वा अन्यथा भनेर बर्गिकरण गर्नु राम्रो हैन/ नेपालको हकमा परम्परागत पोशाक क्षेत्र बिसेस अनुसार भिन्न भिन्नै छन्/ तेसैले सभामुखले भनेको कुरा एकदम ठिक छ/

    नेपालमा सबैभन्दा बढी लगाइने पोशाक कुन होला? मेरो बिचारमा पेन्ट र शर्ट/ अनि कर्मचारीलाई तेही लगाएर काममा आए भएन र/ लगाउन पनि सजिलो, थोरै कपडा किने भयो/ किन थप खर्च, दौरा सुरुवाल भनेर/ ठीकैको दौरा सुरुवाललाइ १-२ हजार पर्छ/ त्यो पैसा पनि सरकार बाट असुल्ने होला? पेन्ट शर्ट त आफ्नै लगाएर आए भैहाल्यो/ बरु एस्तो रंगको लगाऊ भने कसो होला?

    अब, परम्पराको कुरा गर्ने हो भने, संस्कृतिमा धेरै धनि चीन, जापान इत्यादिका कर्मचारी र मन्त्रीहरुले जहाँ जाँदा पनि सुट लाउछ्न/ आफ्नो देशको पोशाक भनेर किमोनो र अन्य पोशाक लगाएको देख्नु भएको छ/ अब अहिलेको बिस्वब्यपिकरणको जमानामा दौरा सुरुवाल लगाएर चै जसजसलाई मन छ तिनीहरु नै बस/ माथि दौरा सुरुवालको पक्षमा कमेन्ट गर्ने कसकसले दौरा सुरुवाल लगौछ्न?

  42. अरु देस कहाबाट काहा पुगी सक्यो नेपाली हरु भने कपडाको लफडा गर्दै छन् जस लै जस्तो लगाउन मन लाग्छ लगाऊ नांगै नहिड जे चिजमा पनि लफडा

  43. के अब नेपालमा भए जतिका जातजातिहरुको पोशाकलाईनै राष्ट्रिय पोशाक बनाउनु पर्ने हो र ? व्यक्तिगत स्वार्थ त्यागेर देशको हित हुने कार्य गरौ.

    • ठुलो मनहुनेहरुले अरुको कुरा बुझेर दौरा सुरुवालमा जिरह नगरे पनि त भयो नि !

  44. कुनै पनि देश विभिन्न जात जति , समूह मिलेर बने को हुन्छ, तेह विभिन्न जति धर्म भाषा र पोसाक भएका समूह हरु बस्दछन , तिनीहरु लाही एक सुत्रमा बध्हने काम राष्ट्र भाषा, धर्म पोसाक ले बधदछा र राष्ट्र को निर्माण हुन्छा, दौरा सुरुवाल को बिरोध गर्नु को कुनै तुक छैन, नेपाली हरु को मौलिक पोसाक यहि हो , यो नेपाली को आन, मान , सान पनि हो, यसको बिरोध garne हरु नेपाली हुने सक्दैन !!!!!!!!!!!!!!!!

  45. देस रहे जनजाती रहन्छन, देसको यौता इज्जत हुन्छ… हामीले सबै धर्म, सबैजतिको लागि हरेक कुरा मा भागबन्डा लगाउनु राम्रो हो जस्तो लाग्दैन. यदि दौरा सुरवाल राष्ट्रिय पोसाक हुदैन भन्छौ भने देसको राष्ट्रिय पोसाक के त? ….के मगर पोशाक? के धोति? लामा पोशाक त हैन? कसकसको भागमा हाल्नु हुन्छ देसको इज्जत ? कि यूरोपियन को शर्ट र पैन्ट? अनि रास्ट्रीया पन्छी पनि भाग लगाउने कि? राष्ट्रिय झन्डा मा त हामीले आफ्नो जात देखाई सकेम. अब बाकी छ गौतम बुद्ध र सगरमाथा . एनिहरुलाई पनि कुनै वर्ग मा राख्ने हो कि?

  46. संसद मा रास्ट्रीय पोसाक को बारेमा हंगामा गर्ने हरु कुनै देश का रास्ट्रीय नागरिक हुन सक्दैनन बिना रास्ट्रीयता को रास्ट्र कस्तो होला ? तिम्रो बसचले २ बर्ष अगाड़ी नै सिक्किम बनाउने दाऊ मा थिऔ भारतीय दलाल हो! अब हाम्रो रास्ट्रीयता को रक्षा हामी आफै गर्ने हो नेपाली संसद मा बसेर भत्ता खादै हिंदी भाषा र धोती को वकालत गर्ने हरु सुन हामी नेपाली हो हाम्रो रास्ट्रीय भाषा नेपाली हो रास्ट्रीय पोसाक दौरा सुरुवाल र ढाका टोपी हो! यस को बिरोध गर्ने हरु हो यदि तिमी नेपाली हो भने यसलाई अपनाउनु पर्छ होइन भने नेपाल का १६ वटा बोर्डर खुला छन पासपोर्ट चाहिदैन जतिबेला मन लाक्छ भारत जान सकिन्छ ! नेपाल र नेपाली को जय होस !!!!!!!!!!!

    • धेरै राम्रो कमेन्ट, रास्त्रियता मा नअटाउनु भनेको राष्ट्रियमा पनि नअटाउन नसक्नु हों ! सबैलाई थाहा छ कि पानी पनि गाग्रीमा नअटाय पछी पोखिन्छ I

  47. कपडा जे लगाए पनि, एउटा अनुसासन हुनु पर्दछ | जुन कुरा अहिलेको घटनाक्रम ले देखाई रहेको छैन |

  48. दौरा सुरुवाल नेपाली पहिचान कुनै हालतमा हुन सक्दैन| बिगतमा थोपरिएको यस पोशाकलाई कुनै जाति बिशेषको पहिरनमै सिमित राखिनु पर्छ| अफगानी राष्ट्रपति कारजाईले टोपी सहित दौरा सुरुवाल जस्तै लुगा लाउन्छन्, के उनलाई नेपाली भन्ने त ? अब यो पोशाकको मामलामा राष्ट्रिय, प्रादेशिक,क्षेत्रीय र जातीय भनेर छुट्याई रहनु अनावश्यक कुरो हो| विश्वले नै लगाई आएको कोट पेन्ट कमिजतिर खुरुक्क गए भैहाल्यो नि! भारत र चीनले धोति र माओ ड्रेस छोडेर सुट लाउन थालेको जमानामा हो, उनीहरुको राष्ट्रियता नाश भएको पनि छैन र उनीहरु अंग्रेज भएको पनि छैन| हामी मात्र तातो न छारो संग परम्परामा लिसो टांसे झैं लिपिक्क टाँसीरहनुमा केहि अर्थ छ र? यदि अटेर गर्छ भने कुनै दिन यस्तो समय आउँछ जब दौरा सुरुवाल लाउने मानिस आधुनिक गाडीहरुको भिडमा घोडागाडी जस्तो देखिनेछ|

  49. हैन, येसो गरे कसो होला ,, ,,,,,,,

    १. राष्ट्रिय दिबश हरुमा सहभागी हुँदा नेपाली दौरा शुरुवाल अनिबार्य
    २. राष्ट्रिय चाड पर्ब हरुमा जाति अनुसारको भेष भुषा र
    ३. कर्मचारी हरुलाई तोकिए बमोजिमको पोशाक

    ………..तर राष्ट्रिय पोशाक त हुने पर्छा /

  50. “उपत्याको मौसम लाई मात्र उपयुक्त हुने दौरा सुरुवाल नै रस्त्रिये पोसाक हुनु पर्ने बिचार उपयुक्त लागेंन/ बहुभाशिये बहुजातिये नेपालीहरु हिमाली चिसो देखि तराईको गरम प्रदेश हरुमा बस्छ त् दौरा सुरुवाल नै रास्त्रिये पोशाक हुनु पर्न्ने त्यो जिद्दी किन?

    “दौरा-सुरुवाल नै रास्त्रिये पोशाक कसरि मान्न सकिन्छ? यो पोशाक पनि त् नेपालीको मौलिक पोसाक होईन नि/ सुरुवाल सब्द नै मुस्लिम सब्द सलवारलाई नेपालीकरण गरिएको हो/ खुट्टामा मुस्लिम पहिरन सलवार अनि शरीरमा दौरा
    तेसमाथि बेलाईती ईस्ट कोट/कोट यसैलाई नेपालको रास्त्रिये पोशाक ठान्नु र यहि लुगा सबैले लगाउनु पर्छ भन्नुनै जनतालाई हसाउने होईन आपसमा लडाउने छ/

    संघियेतामा जाने लागेको नेपालमा रास्त्रिये पोशाक राज्यको मौसम संस्कार अनुकुल हुनु पर्छ/ रास्त्रिये पोशाक भन्दैमा हिमालको हिउँ मा र तराईको गर्मीमा मा दौरा सुरुवाल लगायर बस्न त् सकिंदैन/

    तर अहिले मधेश बादीहरुले पनि यथार्त कारणको आधारमा दौरा सुरुवालको बिरोध गरेको देखिंदैन/ मधेसी भनाउनेहरुले नेपालको तराईको मौलिक संस्कार दर्साउने लुगा लगाउन्दैन् बिहारी पहिरन लगाउने गर्छ/ मधेसी भनाउनेहरु कुर्ता र जवाहर कोट लह्गाउने गर्छ र यहि लुगा लगायर सदनमा उपस्थित हुँदै आएको छ/ के यो मधेसी समुदायको मौलिक लुगा हो?

    जवाहर लाल हरुले भारतमा अंग्रेजी लुगा बहिस्कार गर्ने क्रममा अंग्रेजको कोटको कलर काटेर जवाहर कोट बनाएको थियो/ यो लुगा नेपालमा बिहारी राजनीति गर्ने हरुको रास्त्रिये पोशाक बनेको छ/ २०४८ सालमा सदनमा कांग्रेसी नेताहरु सदनमा जवाहर्कोट कुर्ता सलवार लगायर उपस्थित हुने गरेकोले पनि गर्थ्यो त् तेतिबेला सद्भावनाले दौरा सुरुवाल को बिरोध गर्न सक्ने भएको थियो/

    लगाउने लुगालाई भन्दा नेपालको राजनीतिलाई रास्त्रिये पोशाक को जरुरि छ/

    • मदनजी ! राष्ट्रिय पोशाक यौटै हुनुपर्दछ / राष्ट्रिय पहिचान र एक्यबद्धता हो यो / १९८९ मा कानून जारी भएपछि भुटानमा भएका भारतीय नेपाली वा अन्य विदेशीले समेत सरकारी/औपचारिक सम्मेलन सभा आदिमा गो र किरा नै लगाउन थाले /
      अमेरिकामा पनि अन्य देशकोले पनि अमेरिकाको पोशाक नै लगाउछन / न्यूयोर्कमा १०० डिग्री फरेन्हाइट हुँदा पनि कोट लगाउछन, हिउ पर्दा पनि स्कटिसहरूले स्कर्ट नै लगाउछन / राष्ट्रिय पोशाक ले मौसम हेर्ने होइन / गर्मि भए पातलो दौरा र सुरुवाल मात्र लगाएर कोट फुकाल्न सकिन्छ, जाडो भए दौरा माथि वा भित्र अर्को कपडा लगाउन सकिन्छ /
      जेठालाइ करेला मन नपर्ने, माइली छोरीलाई काउली नै चाहिने, बा लाइ मासु नै चाहिने, कान्छालाइ भिंडी र भ्यान्टा नहुने आदि / अब आमाले के पकाउने त ?? आमाको काम घरमा भएको नियम बमोजिम समयमा पकाउने हो, मननपर्नेले दाल संग मात्र खान्छन, दाल पनि मननपर्नेले खुर्शानी र अचारसंग मात्र निस्तै भात पनि खानु पर्ने हुन्छ /

      • योगेशजी ! प्रथम कुरा यो राष्ट्रिय पोशाक भन्ने अवधारणा नै गलत छ| ओलांगचुंग गोलादेखी दार्चुला जिल्ला सम्मको हिमाली भेगमा यो दौरा सुरुवाल ठ्याम्मै लाउँदै लाउन्दैन| पहाडी भेगमा कामकाजी मानिसहरुले ठूटटे सुरुवालले काम चलाई आएका छन्| यसो बिहेबारिमा लाइ टोपलछन् | लाहुरे संस्कृति घुसेका बस्तीहरुमा तन्नेरीहरू पेन्ट नै बढी मनपराउन्छ| ठुला शहर बजारमा पुराना पिढी बाहेक अरुले दौरा सुरुवाल लाउन छोडिसके| सबैले तिलान्जली दिंदै आएको दौरा सुरुवालमा लिसो झैं टांसिनुमा केहि तुक छ र ? औपचारिक पोशाक कोट पेन्ट गरे सबै चुप लाग्छन | कोट पेन्ट लाउँदैमा राष्ट्रियता नाश भएर पनि जाँदैन र नेपालीत्व पनि हराएर जाँदैन|

        • हरेक राष्ट्रको एउटा राष्ट्रिय पोशाक त हुन्छ नै र हुनु पनि पर्छ तर यहाँ दौरा सुरुवालको बिरोध गर्ने हरु सबैलाई मेरो प्रश्न … उसो भए राष्ट्रिय पोसाक के त ? लौन, बिरोध मात्र होइन बिकल्प पनि दिउ… होइन भने चिच्याई चिच्याई घाटी सुकाउनु को कुनै तुक छैन ।

    • मदन जी,
      > हजुरले के कुरा बुझ्नु पर्यो भने राष्ट्रिय पोशाक भनेको राष्ट्रलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय अबसरमा लगाउने लुगा हो न की हिमाली, पहाडी वा मधेशी सबैले जस्तो सुकै मौसम होस् जबर्जस्ती दिनदिनै त्यही लुगा लगाउनु पर्ने भनेको होइन|

      • राजजी र योगेसजी
        बिभिन्न संस्कृति र मौषम भएको नेपाल अहिले (जातिय…छि:!!!) संघियेतामा जाँदैछ ( नचाहेर पनि रोक्न त् सकिंदैन) / त् राज्यहरुको संस्कृति, संस्कार मौसम अनुकुल हुने पहिरनलाई नै रास्त्रिये पोशाक मान्नमा के अप्ठ्यारो कुरा छ? पोशाक को कारण ले जातिय छ्यात्रिये कलह किन निम्त्याउने?

        सदनमा आफ्नो राज्यको परिचय दिने संघिय पोशाक लाई रास्त्रिये पोशाक मान्नु पर्ने हुनु पर्छ / सपथ ग्रहण गर्दा नेपाली नै बोल्नु नपर्ने नेपलामा बोलिने कुनै पनि भाषा बोल्नु हुने ब्यबस्था गरि सके पछी दौरा सुरुवालमा मात्रै जवर्जस्ती किन?

        तितै कुरा गर्ने भए सलवार बात सुरुवाल बनेको त्यो खुट्टामा लगाउने लुगा र हाम्रो भोटो को फेर लम्ब्यायर विकृत बनाईएको “दौरा” र तेस माथि लगाईने अंग्रेजी कोट ईस्ट कोटले कुन नेपाल र नेपालीको कस्तो रास्त्रियेताको प्रदर्शन गर्छ?

        अन्तरिम संविधानले देसको सबै भाषाहरुलाई रास्त्रिये भाषा मानिने उल्लेख छ त् पहिरनको संदर्वमा यो कुरा किन लागु हुँदैन? संबिधानमा जसरि नेपाली भाषालाई अहिले सरकारी कारायालाको भाषा हुने भनिएको छ तेसरिनै दौरा सुरुवाललाई पनि कार्यालको को पहिरन बनाउन सकिन्छ/ भुटानको उदाहरण नेपालमा मिल्दैन र भुतान्मै यो कुराको बिरोध भएको हामीले भुल्नु हुँदैन/

        हाम्रो सेना-प्रहरी हाम्रो रास्त्रियेताको रछ्यक हो उनीहरुले आफ्नै कार्यालय पोशाक लगाउन्दछन् दौरा सुरुवाल लगाउन्दैनन् त्!!!

        “रास्त्रिये” सब्दले एउतै भाषा, एउतै पहिरन र एउतै धर्म मात्रै समेटिने कुरालाई हामीले नै रद्दीको टोकरीमा फालेको हो/गन्हाउने जातिय राज्य बनाउने मागमा घुँडा टेकेको मात्रै होईन लम्पसार नै भईसकेकाहरु हामीहरु अब “दौरा” को दम्भ गर्नु को कुनै अर्थ देख्दिन/ बस कलह हुने कुरा नगरु/

      • सबै देशले कोट पेन्ट लगाउन हुने ! हामि चाहिं त्यो दौरा सुरुवालमा लिसो झैं किन टाँसिने ?

    • मदन जी
      हिमालको चिसो अनि तराइको गर्मीमा दौरा सुरुवाल उपुक्त हुदैन
      त्येसैले तराइमा air-condition अनि हिमाली भेगमा heater सर्ब-सुलभ बनाउने तिर पो ध्यान केन्द्रित गर्ने कि ????????????

      जय नेपाल
      हिमाली

  51. राष्ट्रिय जनावर गाई गरे झैँ राष्ट्रिय पोसाक दौरा सुरुवाल गरियो , यी सबै नेपालको rastriyata झल्काउने र अरु देशहरुले चिन्नका लागि प्रयोग हुने सामग्री हुन् , मेरो विचारमा देश भित्रै जे पोसाक लगाए पनि हुने तर विदेश जाँदा चैं नेपाल को अस्तित्वो झल्काउने राष्ट्रिय पोसाक नै लगाउनु पर्ने नियम बनाइनु पर्छ …….. अनि फेरी यो मधेसी नेता हरु लै छैन के भाको नि भारतको नेताहरुले लाउने पोसाक अनि अमेरिकाको सुट लगाउन चैं हुने रे अनि नेपाली दौरा सुरुवाल लगाएर चै के बिग्रिन्छ नि …………..

    लौ मेरो कुरा ठिक हो भए like नत्र diklike गरिदिनु होला 🙂

  52. हाम्रो रास्ट्रिय झन्डा र पोसाक unique छ . त्यसैले कुनै पनि हालत मा / अवस्थामा येही कायम रहनु पर्छ . uk मेरो एउटा english साथीले तिम्रो देश को झन्डा वोर्ल्डमा नै unique छ है भनेको मेरो कानमा गुन्जी राखेको छ . अनि मैले भनेको थिए मेरो देश मा धेरै त्येस्त कुराहरु छन् . त्यसैले नेपाली दाजुभाई दीदीबहीनी हो एकजुट भएर हाम्रो unique संस्कृति को samrakchana गरम . ***** जय नेपाल *****

  53. हेर हेर जे पायो तेही बोलेको! अब एउटा uniformity को लागि पो त पहिले देखि नै चलिआएको हाम्रो ‘दौरा-सुरुवाल’ लाइ राष्ट्रिय पोसाक भनिएको हो त! आखिर हरेक देशको आ-आफ्नै राष्ट्रिय पोसाक हुन्छन, एउटा देश को पृथकता पनि त दर्साउछ नि राष्ट्रिय पोसाकले! चाहिने कुरामा (भ्रस्टाचार, संबिधान, आदि)आवाज उठाउनु छैन!

  54. सर्बोच्चले गरेको फैसला जायज होI पोशाकमा दौरा सुरुवाल ढाका टोपी, भाषामा नेपाली र झन्डामा चन्द्र सुर्य अंकित तिनकुने आकारकोI यी हामी नेपालीको गर्व गर्न लायकका कुरा हुन् र राष्ट्रिय पोशाकमा बिबिधता कदापी हुन सक्दैन र नेपाल र नेपालीलाई बिस्व सामु चिनाउने र एकताको सुत्रम बाध्ने आधार हरु भनेको नै यीनै हुन् जसलाई परिवर्तन गर्नु भनेको देशलाई विखण्डन गर्नु हो भन्ने मेरो बुझाई होI

  55. युवापुस्तालाई पनि समाबेस गरेर एउटा जनमत नै गरु न दौरा सुरुवाल राष्ट्रिय पोशाक हुन्छ कि हुदैन भनेर कि मधेसी बन्धु हरुले जस्तै धोति कुर्तालाई बनाउने
    काम छैन यी मधेसी नेताहरु पोशाकको लागी ससद जाम गर्ने मधेस को चाहिने मुद्धा मा चै अवाज उठाउने हैन देस को सीमा मिचेको इनिहरुलाई मतलब छैन अनि मधेस को जनता हरु पनि केभाको ……???

  56. कुनै एउटा जातिले लाउने पोसाकलाई कथित राष्ट्रिय पोसाक भन्नु अनि सरकारी कर्मचारीलाई जबर्जस्ती लगाउन लगाउनु अन्याय हो र महेंद्रबादी जातीय अह*कारवादी सोच हो . यो घटना सन् १९९० देखि भुटानमा नेपाली भाषीलाई जबर्जस्ती गो र कीरा लगाउन लगाएको घटना जस्तै हो .
    रमेश खनाल

    • राष्ट्र पोशाकको मुद्दा भन्दा पनि राष्ट्र र राष्ट्रियताको मुद्दा गहन छ |पोशाक लगाएर केहि हुने होइन खाँटी कुरो राष्ट्र र राष्ट्रियता प्रति स्वाभिमान हुनु पर्छ|राष्ट्रिय पोशाक लगाएर बिदेशीको दलाल भएर आफ्नै मातृ आमा माथि बलात्कार गर्न पछी नहट्नेहरुको जमातले गर्दा नै देशमा शान्ति सुब्यस्था स्थायी हुन सकी राखेको छैन|बिदेशीको इशारामा नाच्ने दलालहरुको भाषण र कुरा नै सिर्फ देशको नागरिक लाइ झुक्याउने र छक्याउने हुन्छ|बाहिर मिठो कुरा,भित्र धारे छुरा बोकेर हिंड्ने अनि आफुलाई सर्वे सर्व ठान्ने गद्दारहरु बाट सतर्क हुनु जरुरि छ|बिस हजार खाएर राष्टियता बेच्ने नेपालका नेता र कर्मचारीलाइ खै के भनौं,

    • देश भनेको के ? संस्कृति भनेको के ? अनि नागरिक भनेको को ? मैले त यहि नै बुझ्न सकिरहेको छैन ? संविधान सभाको चुनावमा करोडौं रुपैया उडाएर चुनाव गरियो, जनताको करबाट ६०१ जनालाई यति समय सम्म पूर्ण सुख-सुविधा सम्पन्न गरेर पालियो तर अहिले सम्म सिन्को भाँच्ने काम भएन तर यी राजनीतिक दल भनाउदा बाट कुनै बिरोधका आवाज आएनन, कुनै आत्मालोचना गरेर आफ्नो नालायिकी पनलाई सुधार्ने काम भएन तर जब दौरा-सुरवालका सवाल आउँछन् यहाँ संसदमा हंगामा गरिन्छ । फैसला जलाउने, दौरा सुरुवाल जलाउने जस्ता विरोधका कार्यक्रम गरिन्छ। किन ? यो पनि माओवादी जनयुद्द जस्तो हो हिंजो जनयुद्दमा बन्दुक बोकेर ज्यानको बाजी लगाएर लडेर यी नेताहरु आफै टिपेर च्याउ खाने औकात नभएकाहरुलाई तिनै योद्दाहरुले किनेर घ्यू खाने घ्यू नै घस्ने बनाए तर आफु अयोग्य ठहर भएर पलाएन हुन् बाध्य भए ! हरेक देशको एउटा आफ्नो निर्णायक हैसियत,सांस्कृतिक हैसियत हुन् जरुरि छ ! हृदेश त्रिपाठी अनि महन्त ठाकुर हरुलाई यी नियम अपाच्यहुनु कुनै नौलो होइन किनकी जग-जाहेर छ नेपालमा बसेर उनीहरु दिल्लीका लागि काम गर्छन ! बाबुजीको मुख्यमन्त्री भएको सपना हरेक रात देख्नु उनीहरुको दैनिकी हो ! हाम्रो भाषा, हाम्रो पोशाक हाम्रो पहिचान हो र यसलाई कायम गर्दा आखिर यहाँ कसको भाषिक अनि सांस्कृतिक अस्तित्व संकटमा पर्छ र ? यत्ति हो यो पोशाक भारतीय संग हुबहु मिल्ने छैन ! अन्यथा यो निर्णयले ३६५ दिन लगाउन अनिवार्य गर्या छ र ? हिमाल होस् या तराइ देश त नेपाल हो नि अनि देशको एउटा राष्ट्रिय भाषा र पोशाक त हुनु पर्यो नि अन्य हाम्रा मातृ भाषा लाइ यसले प्रतिवन्ध त गर्या छैन नि ! हरेक कुरामा राजनीतिक अनि दलाली अभिष्ठ लाइ नै उच्च नाठान्नोस न हो नेता जी हरु ! कहिले सम्म यो साम्प्रदायिकताको राजनीतिक जुवा खेल्नुहुन्छ ? बाजी कतै हारिएला अस्तित्व नै नरहने गरि ! खेति नै भयो यो बिरोध गर्ने अनि आफ्नो व्यक्तिगत अभिष्ठ पुरा गर्ने त ! निदाएकालाई पो जगाउन सकिन्छ यी निदाएको अभिनय गर्ने स्वाँठ हरुलाई कहाँ जगाउन सकिन्छ र ?

    • त्यसो भए नेपालको राष्ट्रिय पोशाक के बनाउने त ?? यौटै सुत्रमा बाध्ने केहि त पहिचानको माथिल्लो आधार त हुनुपर्यो नि ?
      कि खिचडी जस्तो पोशाक निर्माण गर्ने ?
      अमेरिकामा संसार भरमा मानिस बस्छन तर औपचारिक ओहदामा पुग्दा तोकिएको पोशाक नै लगाउछन /

    • यदि कर्मचारी लाइ पोशाक अनिवार्य गर्नु त अतिवादी वा महेन्द्र वादी नै भयो तर यो सोंच राख्नेले आफ्नो नाङ्गो छोप्न राज्यको अतिरिक्त (बिना मेहनतको ) पोशाक भत्ता लिनु लाई तपाइको भाषामा के भनिन्छ त ? मान्य नहुनेले सुविधा छाड्ने साहस पनि गर्ने हो कि ?? होइन भने संसदमा हुनेहरुले पासपोर्ट, नागरिकता देखि एयरपोर्टमा हुनेहरुले खाडीका लागि मानव तस्करी सम्म स्वयं नक्कली भिसा बनाएर ब्यापारी गर्ने ,घर हुँदा-हुँदै घर बहाल समेत पनि नछाड्ने तर राष्ट्रियताको सधै खेदो खन्ने ????? यो गलत हो भन्न लाइ केहि हिंजोको भन्दा राम्रो गरेर देखाउनु पर्यो नि !

  57. त्यस्तै हो भने त नेपालमा जतिपनि भाषा हरु बोलिन्छन ति सबैलाई राष्ट्रिय भाषा भन्नु, सबैले लाउने पहिरनलाई राष्ट्रिय पोशाक भन्नु, नेपालमा भातुवालागेर बसेका इन्डियन लाई नेपाली नागरिक भन्नु हो भने हाम्रो देश को अस्तित्व खोइ, त्यसो त मधेसी दलाल हरुले बोकेर हिडेको भारतीय झन्डालाई छाटकाँट गरि बनाएको उनीहरुको पार्टीको झन्डालाई नेपाली राष्ट्रिय झन्डा भन्नु होला, वास्तबमा नेपालमा जे गरे पनि हुने खालको परिपाटीले गर्दा नै नेपालको अस्तित्व गुम्दै गइ रहेको छ, मधेसीहरुले सर्बोच्च को फैसला जलाउन त्यसमा कुनै आपति छैन तर यदि दुरा सुरुवाल जलाएको खण्ड मा याद गर भारतीय दलाल अनि नेपालका भडुवा हरु हो तिमीहरुलाई मुला गिड़े जस्तो गिड्ने नेपालमा बीर गोर्खालीका सन्तान र उनीहरुको कम्मरमा खुकुरी अजै पनि छ

  58. म मधेसी, गुरुग, मगर,तामाग, लिम्बुवान आदी होइन म नेपाली हो अनी मेरो घर कुनै जातिय राज्यमा पर्दैन मेरो घर नेपाल राज्यमा पर्छ त्यसैले मलाई नेपालीको पहिचान दिने दौरा सुरवाल नै मन पर्छ ।

  59. दौरा सुरुवाल ठिक छ . धेरै थरि मान्छे को धेरै थरि लुगा छ भन्दैमा सबै राख्ने कुरा आएन. एउटा छानेर राख्नु पर्यो. अरु कुन राख्ने भनेर कि त जनमत बुझ्न पर्यो , जुन अहिले को परिस्थिति मा सम्भव छैन. अहिले यस्ता झिमा मसिना कुरा मा अल्झेर बस्न को साटो देस विकास मा लागेर देस अलि बिकसित भए पछि विचार गर्दा कस्तो होला ? खाली झन्डा कुन , राष्ट्रिय गान कुन अनि मन्त्रि र प्रधान मन्त्रि कुन गर्दै बस्ने हो भने देस विकास भएको भई भयो.

  60. दौरा सुरुवाल र ढाका टोपीलाई राष्ट्रिय पोशाक घोषणा गर्नु ठीक हो ! हामी नेपालीहरुको परिचय दिने पोसक नै दौरा सुरुवाल र ढाका टोपी हो ! के गाइलाई राष्ट्रिय जनाबर नभनेर सूगुरलाई राष्ट्रिय जनाबर भन्ने ?

  61. संसारमा कुनै पनि मुलुकको राष्ट्रिय झण्डा एउटै हुन्छ । राष्ट्रिय गान एकै हुन्छ । राष्ट्रिय पोशाक पनि एकै हुन्छ जसले त्यो देशको पहिचान बोकेको हुन्छ । नेपाल मात्र दुनियाको एक्लो बहुजातिय मुलुक होइन । सबै जातजातीको पोशाकलाई सांस्क्रितिक समारोहहरुमा ससम्मान लगाउन पाईने गर्न सकिन्छ, तर नेपालको पहिचान बनेको दौरा सुरुवालको नाममा राजनीति गर्नुको तुक म देख्दिन ।
    गोविन्द गिरी प्रेरणा
    हाल: वाशिंटन डिसी, अमेरिका ।

    • Daura suruwal can not identify the wearer as Nepali. Afgan president Hamid Karzai always put on similar dress like daura suruwal and topi. The dress dauraa suruwal resembles to the dress of muslim community. It identifies more muslim than Nepali…

      • दौरा सुरुवाल कस्तो हुन्छ कहिले देखिस्या’छ ‘कारजाई लामा’ जी ?

      • So far as I know Hamid Karzai’s dress called “Kamij Slwaar”, which is known as Afgan National dress. Daura never comprises buttons, it has one layer folding up and knot at 4 corners and our Suruwal looks like skinny. Our national uniform stands very fundamental,unique, cheap and all weather compatible. Likewise, our Dhaka Topi is one of the major identification of our nationality.
        We believe in diversity, live in diverse geography, follow the various cultural traits and stratification but still stands under same flag and trust in unification, therefore we need same dress code for the formal national occasions as our national symbolism.

        • i am talking about the similarity of dress. i know very well what is daura and suruwal with inzar.

      • लामा ले दौरा सुरुवाल नदेखेकै हो त भन्या ? थुक्क बेइज्जत !

  62. नेपाली राष्ट्रिय पोशाक मा दौरा सुरुवाल राख्नु त उपयुक्त नै हो किनभने यसो विचार गर्दा जति सुकै जनजाती या संस्कृति भएपनि नेपालीपनका लागि भएपनि पहिरन मा एकरुपता त चाहियो नि, होइन र ? बरु सबै जनजाति का साँस्कृतिक पहिरन त आफ्ना ठाउँ मा छदैछन्, आ आफ्नो सांस्कृतिक समारोह मा ती लुगा लगाउदा हुँदैन र? अहिले राष्ट्र को प्रतिनिधित्व गर्दा त पहिरन को झमेला मा परेर कुन लगाउने मा त नाफसौना हो |

  63. दार्जलिंग,सिक्किम को नेपालि दौरा सुरुवाल ,खुकुरी, भानु भक्त लाई माया गर्छन ,
    नया नेपाल मा चै ठिक उल्टो भैरहेछ |
    हाम्रो देश मा राहु को नजर परेको छ |

    • द्रोणजी ! मेची पारीको मोमो पसलमा बाहुन र दमाइ संगै बसेर गोरुको मोमो खाइरहेको भेट्टाउन्छौ| मेची वारी जस्तो बाहुनले मात्र सत्ता नचलाएर घिसिंग, गुरुङ, चामलिंग र प्रधानहरूले त्यहाँ सत्ता संचालन गर्न पाउँछ|

      • लामा जी
        लगाउने कुरालाई सत्ता संचालन सग किन जोड्नु हुन्छ | बाबुराम ,प्रचण्ड ,झलनाथ लाइ बाहुन भएबापत नेपाल को सत्ता टिका लगाएर दक्षिणा दिएको ठान्नु हुन्छ तेसो भए हैन ??
        कि नेपाल को संबिधान ले लेखेको थियो बा लेख्दै छ लामा ले सत्ता चलाउन न पाउने ?
        अमेरिका को सयेउ युनिभर्सिटी मा बाहुन छेत्री ले पढाइ रहेको पनि त्याहा को संबिधान मा लेखेर त् हो नि |हैन |
        कि अब बाहुन छेत्री ले लामा( म अरु जाति को कुरा उठाउदीन ) लाइ सत्ता छोडेर नेपाल बाट खुरुक्क भागोस भन्ने चाहनु हुन्छ ?
        यो जात को कुरा न उठाएको भए हुने | यो घोच पेच केटाकेटी बेलामा हुन्थ्यो |
        तपाई को मन मा छ मैले हिन्दु धर्म को ,दौरा सुरुवाल को ,राजतन्त्र को,बाहुन छेत्री को सधै बिरोध मात्र गर्न पर्छ हो कि हैन ?तेसैले एस बिषय मा तपाइको पूर्वाग्रह छ भन्ने जान्दा जान्दै पनि जबाफ दिए मैले |

        • द्रोणजी ! मेरा साथीहरुको लिष्टमा ८०% बाहुनहरू छन्| म जाति बिशेषको बिरोध गर्ने त्यस्तो अदना पनि होइन | मैले प्रयोग गरेका शब्दहरुको शाब्दिक अनुवाद नगरी भावानुवादमा ध्यान दिनुहोला साथीहरु हो | मैले बाहुन प्रव्रिती, बाबुसाहेबीपना, अरुलाई हरुवा, चरुवा र मुर्ख ठान्ने प्रवृतिको बिरोध गरेको हुँ| हिजोको अवस्थामा झण्डा र पोशाक लादिएका थिए, हामी मान्न बाध्य थियौं| अहिलेको गणतान्त्रिक माहौलमा हामीलाई चित्त नबुझेको कुरा उठाउँदा हामी जातीय विद्वेष फैलाउने भयौ होइन ? आफ्नो हालीमुहाली गुम्न थालेपछि त्यै प्रवृतिले हामीलाई देश भंडुवाको आक्षेप लगाउन थाले| हामीलाई माओवादीले भडकाएर हामी भडकीएका होइनौ| मेरै हकमा भन्नुहुन्छ भने चेत खुले देखि नै म झण्डा र पोशाकको बिरोधि थिएँ| नागरिकतामा टोपी भएकै फोटो हुनुपर्ने एकताकाको नियमलाई मैले धोती लगाई दिएर नागरिकता लिएको छु | के त्यो नियम सांस्कृतिक थिचोमिचो होइन? त्यो टोपीप्रति मेरो रिस होइन, तर त्यस टोपीले लादन खोजेको दासत्वको म बिरोधि हुँ| यदि दौरा सुरुवाल र ढाका टोपी अन्य जातिले पनि लगाओस भन्ने मनसाय छ भने तिनले पनि हाम्रो लोसार चाडमा बक्खु लगाओस, मुस्लिमको चाडमा बिर्के टोपी र लवेदा सुरुवाल लगाओस | धार्मिक र सांस्कृतिक सहिसुनुश्ता बल्ल पो देखिन्छ|

          • सशांक जी
            यहाको संबेदन सिलता प्रति मेरो पनि समर्थन छ |निश्चय पनि सामन्ती सोच र प्रथाले नै नेपालि समाज लाइ न राम्ररि जेकेडेको थियो |धेरै कुरुती थिए ,समय सगै जादै छन् र जाने छन् | देश हामि सबैको हो ,
            एक ले आर्काको सम्मान र प्रसपर को मैत्री भाब नै आजको आबस्यकता हो |
            म पनि पहिले सोच्थे सबै मदिसे ,भोटे ,दमाइ कामि ,बाहुन छेत्री,नेवार आफ्नो जातको कुरा मात्र गर्छ | तर बुझ्दै जादा मदिसे भित्र पनि असंख्य जाति छ ठुलो जात ,सानो जात ,छुवाछुत ,आपसी घृणा उनीहरुमै पनि छ | तेस्तै बाहुन ,जैसी बाहुन ,कुमाई बाहुन ,छेत्री ,खत्री ,आपस मै पनि धेरै मत भिन्नता र फरक छ | तेस्तै दमाइ ,कामि मै त् ठुलो कि म ठुलो रहेछ ,दमाइ ले छोएको कामीले न खाने | यो कम्प्लिकेतेद कुरा छ \
            तेसैले नेपालि सबै गरिब, सबै पिडित छ |तैले गर्दा म अगी बढ्न पाइन् ,
            भन्दा पनि यो च्याप्टर को अन्त भैसकेको परिप्रेक्ष्य मा सिद्दान्त को कुरा गरौ | सिस्टम को कुरा गरौ | सुधार को कुरा गरौ |
            कहिले बिबादको अन्त न हुने जात पात को कुरा चै न गरौ |
            म त् भन्छु अशिक्ष्या ,गरिबी नै यी सब समस्याको जड थियो र भोलि पनि हुनेछ |
            खल्ती मा पैसा कम, पहुच कम भए आफ्नै दाजुभाई ले अछुत को ब्यबहार गर्छ अरुको के कुरा ?

  64. सबै भन्दा माथि राष्ट्र अनि समाज जात अनि घर अनि आफू छु भन्ने सोच भएको भए सायद यस्ता बिरोधि समाचार हरु पढ्न पर्न्र थिएन!

  65. हैन अनि महिलाहरुलाई चै राष्ट्रिय पोशाक निर्धारण गर्नु पर्दैन? कि दौरा सुरुवाल नै हो उनीहरुलाई पनि ? नियम कानूनहरु पास गर्दा एसो अलिक सोचेर सबैलाई हुने गर्नु पर्यो नि, नत्र यस्तै बखडा हुन्छ …

  66. हरेक देशको हरेक चिजको एउटा राष्ट्रियता चिनाउने मध्यम अनुसार नेपालको राष्ट्रिय पोसाक दौरा र ढका टोपी लाई धेरै बर्षा पहिले देखि मान्दै आए ! अहिले नेपालको राज नीति यति सारै गिरि सके, मान्छे हरु यति सारै अहंकारी, जान्ने भै सके कि सर्बोच्चको आदेश पनि मान्न छाडे ! नेपाली जनता लाई दिए पनि किन दियो नदिए पनि किन दिएन जसरि पनि बिरोध गर्नु नै हो ! सायद नेपालको राष्ट्रिय पोशाक दौरा हुदैन भनेर सर्बोच्चले फैसला गरे किनहुदैन भनेर बिरोध गर्ने पनि यिनीहरु नै हुन्थे ! यो सबै नेपालले पचौना नसकेको गणतन्त्रको फल हो ! नया संबिधान बनि सकेको छैन क्यारे, राष्ट्रिय पोसाक फेरौ, राष्ट्रिय गान फेरौ, राष्ट्रिय बाजा गाजा फेरौ, त्यति मात्र नभएर नेपाल को नाम फेरौ, नेपाल नै फेरौ….. यहि होइन आजका नेता र नेताका चम्चे हरुको चाहना ????

  67. नेपाल राष्ट्रको पहिचान राष्ट्रिय चरा, राष्ट्रिय पशु, राष्ट्रिय रंग, राष्ट्रिय फूल र राष्ट्रिय पोशाकले कदापि दिदैनन् I अझ बहुल संस्कृति, भाषा र भेषभुषा भएको हाम्रो ठाउँमा त यस्ता कुनै एक वर्ग वा कुनै जाति विशेषको पहिचानलाई राष्ट्रिय भनेर सबै अबोधलाई पढाउनु नै गलत देख्छु म त I हामी कहाँ पाइने सबैखाले पोशाक लगाउन पाउनु पर्ने कुरा नै ठीक हो I उछ्रिन्खल मात्र हुनुभएन I
    राष्ट्रिय एकता को भावना जगाउनको लागि “राष्ट्रिय तत्वहरु” तोकिएका होलान तर त्यस्तो भावना उचित शिक्षा र संस्कार भो भने समयसंगै आफै आउँछ I
    तराईतिर धोति बाँधेर हिंड्ने आज कति मानिस होलान र ? खाली हाम्रा बाबु र बाजेको पुस्ता त होला I तदनुरूप विकास हुँदै गयो भने आउँदा २०-२५ वर्षमा हेरौं त कोट, प्यान्ट र टाईलाई सरकारी पोसाक भनेर तोक्नु पर्ने हुन्छ होला I
    हाम्रा छोरा छोरीहरुलाई यी सबै जरुरी कुरा होइनन भन्ने साटो हामीहरु यी झिना, मसिना अप्राथमिक कुरालाई लिएर रडाको मच्चाउछौं
    जस्तो भेषभुषा, भाषा र काम भए पनि अर्को नेपालीको आदर गर्ने सिक्न जान्ने हो भने त्यहीनै नेपालीका लागि “राष्ट्रिय” पहिचान बन्न जान्छ I

    • शंकर जी तपाइको कुरा पनि ठिकै हो तर यो नियम ४२/७ चाहि होइन ! एउटा स्कूलले पनि आफ्नो ड्रेश अनि केहि नियम बनेको हुन्छ त्यो उसको पहिचान हुन्छ तर त्यो तपाईलाई जीवन भरि अनि २४ घण्टा नै लागु पनि त हुँदैन ! भन्दा राष्ट्र सेवक भनिदिने, दिएको भत्ताको बिरोध नगर्ने,सुबिधा बढी भयो भो मलाइ यति आवश्यक छैन नभन्ने तर राज्यको सधै बिरोध गर्ने त्यो पनि त भएन ! अनि हाम्रो आफ्नो स्थानमा आफ्नो मातृभाषा आफ्नो स्थानमा सधै सम्माननीय छ नै आफ्नो जातीय पोशाक-पहिचान आफ्नो स्थानमा सधै सम्माननीय छ नै तर राष्ट्रलाई चिनाउने एउटा राष्ट्रिय भाषा र पोशाक हुनु त नराम्रो हो र ? यहाँ त सिमित व्यक्तिहरुले आफ्ना अभिष्ठ पुरागर्न यसलाई गलत व्याख्या गरेका मात्र हुन् ! अन्त्यमा हामि नेपाली नै हौँ दौरा-सुरुवाल,ढाका टोपी अनि खुकुरी हाम्रो पहिचान ………

  68. जे कुरा लाइ पनि पंचायत संग जोड्ने,ब्रामण समुदाय संग जोड्ने,पुजीपति संग जोड्ने प्रचलन नेपाल मा बढ्दो छ,चाहे त्यो रास्ट्रीय पोसाक को कुरा मा होस् या रास्ट्रीय झण्डा मा होस,या नेपालि भाषा लाइ रास्ट्रीय भाषा भन्ने कुरा मा होस्, या त फेरी रास्ट्रीय जनाबार गाइ मा होस्.येस्ता बिचार र सोच बनायर र यसै को जग मा टेकेर मौका मा चौका हान्न खोज्ने दुइ कौडी का राजनीतिज्ञ ले नेपालि नेपालि को बीच मा फाटो पैदा गरि आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्न खोज्दै छन्,येस्मा नेपालि जनता हरु सजग र संयम हुनु जरुरि छ.दौरा सुरुवाल ले नेपालि पन झल्काउछ,नेपालि झण्डा बिस्वको एकमात्र नमुना र पहिचान बनेको छ.त्यसै ले यिनीहरु मा राजनीति गरेको कदापि मान्य हुने छैन.
    आसिश
    स्विस

  69. हुन त एउटा मदेसी मुलको मान्छेले दौरा सुरुवाल टोपी लगाउदा बडा काइते देखिन्छ | तर पहाडी मुलको मान्छेलाई भने सुहाउछ | त्यहि कारण मदेसी बन्धुहरुले बखेडा गर्नु जायजै हो |

    • सधै लगाउने होइन नि त मित्र ! दैनिक त जे सजिलो हुन्छ त्यो लगाउने हो कुरा त औपचारिक/सरकारी/देशको प्रतिनिधित्व गर्ने ठाउमा लगाउने हो /

      – राष्ट्रपति रामवरण यादवदेखि माथिल्लो सरकारी ओहदामा पुग्ने तराईबाशी नेपाली सबैले लगाउदा सुहाए कै छ त् !
      यस्तै तालले त नेपाल संसारको यस्तो देश बन्ने छ जुन देशको राष्ट्रिय पोशाक १५ थरिको जति बन्ने छ /

  70. दौरा सुरवाल र ढाका टोपी नेपाल को राष्ट्रिय पोशाक मलाई राम्रो लागे को छ / यो सारै नै राम्रो फैशला हो/ यो बिरोध गर्ने हरु इंडिया को इशारा मा नाच्ने भाडा को टट्टू जो नेपाल को राष्ट्रिय पोशाक को बिरोध गर्छा/ कुनै पनि देश को एउटा राष्ट्रिय पोशाक हुन्छ /नेपाल को हक मा भन्नु पर्दा दौरा सुरवाल ढाका टोपी नै राम्रो पोशाक हुन्छ/ जसले हाम्रो धर्म, सस्कृति ,र नेपाली पन झल्किन्छ …..

    • नेपाली पन चै झल्किएला, धर्म र संस्कृति चै नभनुम ल सोल्टा …. हिन्दु धर्म झल्काउन मन्दिरको पुजारीको धोति चाहिन्छ , बुद्ध धर्म झल्काउन लामाको रातो ड्रेस , संस्कृति झल्काउन त झन् कति हो कति पोशाक छन् … कमेन्ट लेख्दा पोस्ट गर्नु अगाडी एसो एक पटक पढ्ने कि ?

  71. नेपालमा के देखियो भने एक ले अर्को को अस्तित्व स्वीकार नगर्ने परिपाटीको विकास, यसबाट नेपालमा भोलि हुने सम्प्रदायीक्ताको आभास आजैबाट हुन् थालेको छ …

  72. प्रस्ट छ, सर्बोच्च ‘सर्बमान्य’ नभएको हो !

  73. हाम्रो देश नेपालबहुभाषिक र बहुसंस्कृतिले भरिएको थलो भएको त सबैलाई थाहा नै छ तर जब कुरा सिंगो राष्ट्र को आउछ हामी सबै नेपालीले आफ्नो स्वार्थलाई त्यागेर देशको हितको निम्ति लाग्नु पर्ने हुन्छ | सबै भाषाको आफ्नै मौलिक पोशाक छन् र ति सबै पोशाक सिंगो राष्ट्रको पहिचान हो तर ति सबैलाई राष्ट्रको सिंगो पोशाक बनाउन अलि नमिल्ने भएकाले कुनै एक पोशाक जश अनुरुप दौरा सुरवाल जुन सायद कुनै बिशेष जतिलाई मात्र इंकित नगर्ने र यो हाम्रो पूर्वजहरुले पनि लगाउदै आएको हुनाले येशलाई नै राष्ट्र को पोशाक बनाउदा कुनै आपत्ति नहोला कि ? त्येसैले आफ्नो जातिय पोशाक लाई कसैले पनि राष्ट्र को पोशाक संग दाज्न नमिल्ने कुरा लाई सबै नेपाली ले बुज्न सके को खण्डमा मात्र देश को हित हुने थियू कि ?

  74. राष्ट्रिय पोसाक भनेको सवैको पहिचान खुल्ने समयसान्दभिक हुनुपर्छ । तर हाम्रा देशका गाईजात्रे नेताले सवै जातजातीको पोसाकलाई ध्वजापताका स्वरुप दिन वेर छैन किनकी अव देशनै खाईसकेकाले पोसाक खान त कुन ठुलो कुरा भोर ।

  75. कत्ति राजनीति हरेक चिजमा, अहिले सम्म दौरा सुरुवाल लगाएर के बिग्रिएको छ र ? एदी बिरोध नै गर्ने हो भने अरबौ खरबौ को भ्रस्टचार र भ्रस्टचारी को पो गर्नु नि अनि यो सुनिल रंजन सिंह भन्ने ले काम पाएन कि के हो?

  76. केहि कुरा ले त नेपाली को परिचय दिनु पर्यो ………कुनै एक लाइ नेपाली पोसक बनाउनु राम्रो नै हो .

Comments are closed.