हाम्राहरु के भा’का ?


बायाँको फोटो हाम्रा प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदाको हो। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश्वर मिश्र र प्रमुख शिष्टाचार महापाल रुचिरा काम्बोजले स्वागत गरेछन्। अनि दायाँको फोटो चाहिँ ६ महिनाअघि भारतीय विदेश मन्त्री एसएम कृष्णा नेपाल भ्रमणमा आउँदाको हो। काठमाडौँ विमानस्थलमा पाइला टेक्ने बित्तिकै उनको स्वागतका लागि उभिने लाइनमा थिए नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री भरतमोहन अधिकारी। हाम्रा प्रधानमन्त्री जाँदा त्यहाँ विदेश मन्त्रालयका सहसचिव स्वागत गर्न जान्छन् अनि उनीहरुका विदेश मन्त्रीमात्र आउँदा नि हाम्रा उपप्रधानमन्त्री जानु पर्ने?

वास्तवमा यहाँ दोष भारतको हैन, हाम्रै नेताहरुको हो। भारतमा विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमण हुँदा सामान्यतया जुनियर मन्त्रीहरु जाने चलन छ। केही विशेष अवस्थामा भ्रमणलाई विशेष महत्त्वको देखाउन कहिलेकाहीँ प्रधानमन्त्री आफै जाने गर्छन्। तर त्यो दुर्लभ अवस्था हुन्छ। नत्र जुनसुकै देशका राष्ट्रपति नै आउँदा पनि रिसिभ गर्न जाने जुनियर मन्त्री नै हुन्छन्। जस्तै यो फोटोमा हेर्नुस्, रुसी राष्ट्रपतिलाई स्वागत गर्न विदेश राज्यमन्त्री गएका छन्

उनीहरु आफ्नो प्रोटोकल अनुसार चल्छन्। तर हाम्रोमा भने प्रोटोकल स्रोटोकलको वास्ता नै नगरी उपप्रधानमन्त्री जस्तो मान्छे पनि भारतीय विदेशमन्त्रीको स्वागत गर्न लम्पसारै परे जस्तो गरी जान्छन् एअरपोर्टमा।

कुनै पनि पदमा नरहेका विशेष दूत बनेर आएका श्यामशरणले राष्ट्रपतिसम्मलाई भेटे। भारतको विदेश मन्त्रालयका एक सामान्य कर्मचारी सचिव निरुपमा रावले राष्ट्रपतिसम्मलाई भेट्छन्। प्रधानमन्त्री र नेताहरुलाई सहजै भेट्छन्। खासमा ती सचिवको हैसियत नेपालका सचिवस्तरका कर्मचारीसँग मात्र द्विपक्षीय भेटको थियो।

हाम्रैहरु यस्ता छन्, अरुलाई के दोष दिनु। र त अरु बेला भए जुनियर मन्त्री भए पनि पठाउने भारतले अहिले नेपालका प्रधानमन्त्री नै जाँदा पनि सहसचिव पठाएर टारेछ।

69 Comments

  1. साथी हो बाबुराम भट्टराई लै एउटा जनमोर्चा को नेता बाट ठुलो पार्टी को प्रधानमन्त्री बनाइदिने भारत. अब त उहाले त भारत लाई नुन को सोजो गर्ने बेलाहो / पिउन ले स्वागत गर्दा नि के फरक भयो र / आफ्नो स्वोदेशी उद्योग रुग्ण हुँदा त भारती उद्योग को ठेक्का लिनु भयो भने उहाको रस्त्राबाद त भारत मा भरेर पनि पोखियछा/

  2. खासमा हाम्रो देशको नेताहरुले भारत भने पछी मुटु कमाउछन्…त्यहाँ भारतमा नेपालको प्रधानमन्त्रि जाँदा कुनै पनि मन्त्रीले स्वागत गर्न आएन तर नेपालमा कुनै भारतीय मन्त्रिहरु आउदा उपप्रधानमन्त्री नै जानु पर्ने…नेपाली भने पछी भारतले हेप्छ नै र हामीले पनि…भारत भने पछी प्रभुलाई जस्तै मान गर्नु पर्छ भन्ने त छैन नि…यो कुरा हो कि हामीले आफ्नो तर्फ बाट स्वागत सत्कार गर्नु पर्छ त्यो राम्रै कुरा हो तर हामीले यो कुरा बुझ्नु पर्छ कि हामीलाई भारतले कुन नजरले हेर्छ अनि कस्तो व्यवहार गर्छ भनेर…

  3. As we all know that Nepal is one of the least developed country in the world. We go to foreign countries for earning and better life. When we go to foreign countries having landing permission we hardly get permission stamps in our passport. Our per capita income is $570 per year. We all forget this fact and compare us with USA and Other developed countries. Until we make our economy strong and we develop our country we will not be abled to get respect from other countries even India.

  4. As we all know that Nepal is one of the least developed country in the world. We go to foreign countries for earning and better life. When we go to foreign countries having landing permission we hardly get permission stamps in our passport. Our per capita income is $570 per year. We all forget this fact and compare us with USA and Other developed countries. Until we make our economy strong and we develop our country we will not be able to respect from other countries even India.

  5. या अलि प्राङ्ग पछाडी को कुरा है , यो भट्टराई बुडाले k k नप्लन vanera आसगर्दा गर्दै धेरै कुराहरुमा चित्त बुज्न 6odyo …हेर धोती vai आफनै राट्रिय ड्रेस मा सज्जाक सजिएका ६अन् हाम्रो DR PM vane आफ्नू पोसाक लाउन 6odera , उनकी बुड़िया उस्तै तेस्ताले किन नेपालको PM हुनु ….थुक्क्का मुलुकको बेइज्ज्जतत …..हरे !!!!

  6. हाम्रा नेता हरु लै कुर्सि को मोह ले गर्दा एस्तो भएको हो जस्तो लाग्छ l इनिहरुलाई देश को माया भाको भए यसरी एक आपस मा बाझा बाज गर्थे र?? इनी हरु भनेका देशका एड्स हुन् जसको कुनै पनि दबाई छैन l

  7. नेपालको अहिलेको सर्वशक्तिमान भनेकै प्रधानमन्त्री हो| उनको स्वागतमा सहसचिव पठाएर हेप्न त हेपेकै हो| अब बिरोधमा सडकमा टायर बालेर र लैनचौरको भित्तामा टाउको बजारेर केहि ख्याँसिन्दैन| किन यसो गरेको भनेर साउथ ब्लकेलाई घुर्की त लाउनै पर्छ| चुपचाप बस्यो भने त पछि पछि त स्वागतमा सेक्शन अफिसर पठाउन बेर लाउन्दैन! रुसी र अमेरिकी राष्ट्रपतिलाई स्वागत गरेको जस्तो पाउन त त्यतिकै हो| अहिले त निमन्त्रणा दिएकै ठुलो कुरो भैसक्यो|

  8. हाम्रा रास्ट्रपति, उप्रस्त्रपति, प्रधानमन्त्री, मन्त्रि र नेता भनाउदाहरुलाई फुर्सद नै फुर्सद छ | झन् भारतको चाकडी गर्न पुरा फुर्सद|

    काशी, कश्मिर अजब नेपाल !!!

    सुरज श्रेष्ठ

  9. हम्म्रो नेताहरु हामी सम्पूर्ण नेपालीहरुको प्रतिनिधि हुन्, हामीलेनै उनीहरुलाइ चुनेको हो…
    हाम्रा नेताहरु भनिरहनु भन्दा हामी भन्नु उचित होला आखिर गल्ति त हाम्रो पनि हो नि …..

  10. हैन यो नेपाली हरु ले कस्तो कुरा नबुजेको हो. यो बाबु राम उनीहरु कै RAW को agent हो र त्यस्तो मानिस लै के को ठुलो स्वागत गर्नु पर्यो. आफ्नो कारिन्दा लै त्यो स्वागत नै ठुलो भयो. यसले केहि नै केहि गोप्य सामजौता गरेरै आउंचा जस्तो छ. चेतना भय !!

  11. ठिकै गरेछ, खेतालाले कस्तो ब्यबहार र काम गर्छ, मालिकले तेहिअनुरूप हिसाबकिताब मिलाउछ ,

  12. बाबुराम प्रधानमन्त्री हुनासाथ भारतीय प्रमले आफैले फोन गरेर भ्रमणको लागि निम्तो दिनु नै इज्जत दिनु हैन र? भारत सरकारले आफ्नो प्रोटोकोल अफिसर लाइ स्वागत गर्न पठाएर कहाको आकास खस्यो? प्रोटोकोल अफिसरमा पनि आइमाई पठायो भन्नुस अझै. हामीले नेताहरुलाई त गालि गरेउ तर हामि नेपालीहरु कति हीनताबोधले जकडिएकाछौ भन्ने बिर्सिएकाछौ. जति पनि negative comments छन् ति हाम्रा आफ्नै हिनाताबोझका उपज हुन् भन्ने लाग्छा मलाइ अन्यथा ” अंगुर अमिलो ” हुनुपर्छ

  13. नेपाली नेताहरु लाई त्यही काममा गर्ब छ त हामि जनताले क भन्ने?हाम्रो देसको नीती नै के छ र? दुई दिन हुन पाएको मन्त्रीहरु न त हो| नीती भन्दा मितिलाई बढी प्राथामिकता दिने चलन हाम्रो देसको राजनीतिमा चलिआएको परम्परानै हो|यो समय भनेको २१औ सताब्दीको समय हो|हाम्रो देसको राजनेता भनाउदा हरुले न त चीन संग न त भारत संग नै कुटनैतिक खेल्न सक्छ,हामी नेपालीलाई यो दुई दुस्मन देसको बिचमा हुनु नै सतिले सरापेको सब्द सुहाउनु हो|ताई पनि हामीले हिम्मत र सहस कदाबी मार्नु हुन्न| हामीलाई चीनले उत्तर कोरिया बनाउन चाहन्छ त भारतले सिक्किम जस्तै बिहारी ब्याबहार र रहनसहन नेपाल मा चलाउन चाहान्छ|हाम्रो नेताजी हरु यो दुई बिचको समिकरणमा लागेको हामि जनतालाई अबगत गराउछन,त नेपाल वास्तबमा कस्तो बन्नुपर्छ भन्ने नीतिनै हामी नेपालीमा छैन| म कहिलेकाही रात जाने गरि सोचमग्न हुन्छु नेपालमा नेपाली को भबिस्य र देसको स्थाइ अस्तित्वोको कुरालाई मनमा खेलाएर|हामी संसार मा नेपाली गरिब भनि परिचित भइसक्यऔ|अब एक हद सम्म हामी गिर्यऔ|तर हामीमा श्रोत र साधन छ यसको सहि सदुपयोग नै हामी नेपालीको लागि उज्वल भबिस्य को मार्ग दर्सन गरिरहेको छ|एक पल्ट हामी सबै नेपालीले हातमा-हात अनि साथ् मा साथ् मिलाएर संसारमा फेरी अन्तिमपल्ट भिखारी बनि सहयोगको हात थापौ|तर आजको भिखारीको हाम्रो हात भोलि दान बिर को हात बनोस|संसारमा सबै धनि राष्ट्र बाट ऋण मागौ र त्यो योजना सहितको पैसालाई एक रुपैया पनि तलमाथि नगरी जलबिधुतमा लगानी गारौ|र हाम्रो देसमा कति मेघावाट जलबिधुत निकाल्न सकिन्छ सबै निकालेर देसमा चाहिने खपत गरेर बाकी बेचौ|यति गरियो भने १० वर्ष काम गर्न लाग्छ बाकी दस बर्समा हाम्रो देस संसारमा सबैभन्दा धनि हुन्छ| यो सजिलै सम्भव छ तर किन नेपाली नेताहरु गर्न चाहदैना???हो चुनौतिहरु धेरै छन् तर सामना गर्न सकिन्छ यसमा कुनै दुइमत छैन|यदि यो पनि नगर्ने हो भने हामीलाई बिहार भन्दा उत्तर कोरिया ठिक छ…

  14. हामि हरेक कुरा मा भारत लाइ मात्रै दोष दिने गर्दछौ तर हामीले पहिले आफ्नो अनुहार ऐना मा हेर्ने अनि आफुलाई सुधार गर्नु पर्दछ जस्तो लाग्दछ मलाई त | यो कुरा प्रस्ट पार्न त माथि तेत्रो लेख छदै छ धेरै के बोलि रहनु पर्यो र ?

  15. हाम्रा प्रधानमन्त्री त्यो पनि औपचारिक भ्रमणमा जाँदा, त्यहाँका कर्मचारी (सहसचिब)अखिलेष मिश्राले स्वागत गर्ने र त्यहाँका बिदेश मन्त्री एस एम कृष्णा यहाँ आउँदा यहाँका तत्कालिन उपप्रधान मन्त्री भरतमोहन अधिकारीले स्वागत गर्ने । वाह रे हाम्रो देशको प्रोटोकोल । ए नेता हो, तिमीहरुको इज्जतै भए पो बेइज्जत हुन्छ, कमसेकम नेपाली जनताको इज्जत र स्वाभिमानको त ख्याल राखिदेउ । कि हाम्रा प्रधानमन्त्री र उनका कर्मचारी (सहसचिब्) बराबर हुन भन्नुपर्‍यो, हैन भने, नेपालमा पनि उनिहरुलाई कसरी स्वागत गर्ने, नीति बनाउनु पर्‍यो । प्रोटोकोल हुनुपर्‍यो ।
    भारतका कुनै पदमा नरहेका सूद आएर कुनैपनी बेला राष्ट्रपति, प्रधानमन्त्री देखी सबै पार्टीका नेताहरुलाई सजिलै भेट्छन । भारतीय राजदुतले राती १:०० बजे ढोका ढक्ढकाए पनि तुरन्तै ढोका खोल्छन हाम्रा नेता एवम मन्त्रीहरु, अनि लाग्छ किन नहोस त यो गति ?
    भारतले भिख माग्न आउनेलाई, समकक्षीले किन स्वागत गर्नुपर्‍यो भन्ठानेको हो कि ? कि हामीले नै बनाएको हाम्रो कारिन्दा त हो नेपालको प्रधानमन्त्री, भनेर हेपेको ? हाम्रा प्रधानमन्त्रीलाई भारतले यथोचित सम्मान नदिएकोभन्दा पनि हाम्रा नेताहरूले भारतलाई चाहिने भन्दा बढी गरेको चाकडिको परिणाम हो । यहाँहरुलाई कस्तो लाग्छ, प्रतिकृया दिनुहोला । धन्यवाद ।

  16. नेपालि जनतालाई छाडेर नेताहरुको मात्र हैसियतको कुरा गरेर हेर्दा……. मैले, मालिकले दाश र दाश ले मालिकलाइ एउतै स्तरमा स्वागत गरेको देखेको छैन–कहीं पनि–त्येसैले अरु मामलामा भारतले नेपालको सवालमा निक्रिस्ट सोच राखे पनि यो मामलामा भने ठिकै गरेको हो झैं लाग्छ—“जस्तालाई तस्तै ढीडोलाइ निस्तै!!!” हाम्रा नेताहरुको सोच,शैली र हैसियतले पाउने यत्ति नै हो…भन्ने हामीलाई ला’इ रा’छ!!!

  17. सानो देशको मान्छेलाई ठुला देशका साना मान्छेले स्वागत गर्दा हुने भयो
    ठुला देशका मान्छेलाई साना देशका ले ठुलै मान्छेले स्वागत गर्दा हुने भयो
    अब अमेरिकाको नेपाललागि राजदूत हाम्रो साखा अधिकृत स्तरका भए पनि हाम्रो प्रधानमन्त्रीलाई समेत निर्देशन दिन्छन घरि घरि यस्तै रहेछ यहाको चलन

  18. नेपाल का मन्त्रीहरु को अरु काम नै के छ र त ?

  19. quality लाई respect गर्ने कुरा हो !!!! हाम्रा नेतामा के त्यस्तो quality छ र ??? खाली जनतालाई अल्मलाउने quality ??????धन्न यत्तिको त respect मिलेछ पो !!!!!! अर्को चोटी त मन्त्रालय को पियन र driver पठाई दिए हुन्छ !!!!

  20. स्वागतको त कुरै छाड्नोस, खुट्टा नै धोगुंला जस्तो गर्छन हाम्रा नेताहरु धोतीहरुको, आफ्नो पदको मूल्य नै थाहा छैन यिनीहरुलाई, TV र पत्रिका मा अनुहार देख्न पाए पुग्छ /

  21. Guys This is Reality ,, every body in Nepal should live in reality. the basic structure of politics in Nepal completly depend on india and reached in to such level where there is no reverse. Any way, we have to look forward to get diplomatic solution. and unfortunatly no leader that I can see can have such plan to convince india interms of business. Nepal has to look what Nepal can give India and so in return India can give Nepal.
    You all blame nowadays leaders but you don’t forget that even king used to do the same before too. so what is change ? I can tell you guys that stop blaming india it will reach nepal middle of nowhere rather than Nepal should found establishment in terms of development.
    If any body see indian development recently you will all shocked most of the foreign companies invest billions of dollars in India among them the most in west part of India so where we have any position to oppose or neglect india at any stage ?
    India has been through far tougher situations than nepal but they always found solution (except Kashmir) and look at nepal where we still strulging to get constitution.
    we must cure ourselves rather just blaming india like loosers. that’s what we have done so far. so Please notice inside nepal.

  22. तेही भएर फोटो मा बाबुराम ले प्रश्न गरे जस्तो छ, खोइ त मलाई स्वागत गर्न तिमीहरुको senior मन्त्रि आको? तिमीहरुको पाला मा चाही हाम्रो senior मन्त्रि लिन आउने हाम्रो पालो मा चाही चान छुने मात्त्र आउने?

  23. अरुलाई त के भनौं एउटा भारतीय राजदूत माओवादीको भान्छा कोठासम्म त पुग्छन भने अरु के को आश्चर्य, त्यसैले त होला राकेशशूदले हेपेको . आफ्नो भएको विधिलाई तोडेर हिड्नेलाई यति भएपनि मान दिएछ भनेर चित्ताबुझाउनु . अब त पाठ सिकौं बहादुर नेता हो . !

    • निमेष जी
      तपाइँ को भनाइ गलत भयो, माओबादी को भान्सा मा भारतीय राजदूत होइन, बरु उसको भान्सा को फेरो कांग्रेस एमाले ले लगाउदछं,

      • mahesh जी
        प्रचण्ड प्रधानमन्त्री भएको समयलाई एकचोटी याद गर्नुस साथै राजनीतिको चश्मा फुकालेर अतीतलाई एकचोटी याद गर्नुस सत्य तथ्य आफै आगाडी आउँछ भन्ने हामीलाई लागेको छ .

    • एउटा स्वतन्त्र देशको नागरिक सच्चा देशभक्त हुन् नसक्नुको कारणले भारतीय साधारण ज्यामीले समेत हामी नेपालीलाई हेप्ने गर्छ सचिव र राजदुतको कुरै छाडौं कस्तो लाज मर्दो |ब्रिटिश सामाजिक साम्राज्य बादले दास बनाएर राखेको देश भारतले कुनै पनि बिदेशीको अधिनमा नरहेको एउटा स्वच्छ सच्चा देश नेपाल माथि बिष बमन गरेको देख्दा हाम्रा नेता भनाउदा दलालहरु तालि बजाएर स्वागत गर्छन|

  24. हाम्रा प्रधानमन्त्रि बाबुराम लाई
    उनीहरुले बाबु … राम बनाए.
    यो उनीहरु को प्रयोग हो.
    बाबुरामजी कसरि उपयोग हुन्छन हेरौ….

  25. हाम्रा नेताहरुको मानसिकता नै यस्तै हो…. भारतीयहरु आउदा (हाम्रा नेताहरु)उनको केहि फलिफाप भारतीयहरुले गरिदिनछन् भने ठानछन् तेही भएर भारतीय विदेश मन्त्रि मात्र हैन राजदूत आउदा पनि उपप्रधानमन्त्री मात्र हैन प्रधानमन्त्री पनि बिमानस्थलमा स्वागत गर्न जान तयार हुन्छन…….

  26. एस्तो सानो कुरालाइ यति ठुलो समाचार नै बनाउनु पर्ने मैले एस्तो केहि देखिन | अमेरिका र चाईनाका प्रेसिडेन्ट अरब जादा तेह पराए राजाले स्वागत गरेको देखेको छु | अरबका राजा अमेरिका आउदा कहिले पनि प्रेसिडेन्ट ले स्वागत गरेको छैन | खै एस्तो कुरामा उनीहरुको देशमा कुनै ठुलो चर्चा नै हुदैन | अमेरिकाको भाईस प्रेसिडेन्ट चिना जादा तेह को प्रेसिडेन्ट ले मज्जाले स्वागत गरे | उनि हरुले त आजै धेरै टक्कर पर्ने देश हो | खै तेह तिर एस्तो केहि ठुलो कुरै हुदैन | सायद यो अनावासक कुरा हो | अहिले को समयमा दुइ देश को राम्रो हुने कुरा लेखौ, एस्तो आनावासक कुरा हैन | येही भारतको तेल, नुन र आर्थिक सहयोग ले हाम्रो देश चल्छ, हाम्रो देशको उप प्रदान मन्त्रि ले उनि हरुको विदेश मन्त्रि लै स्वागत गर्दा के बिग्रिन्छ र |

  27. हाम्रा डा साहेबलाई जसरि पनि प्रधान मन्त्रि हुनु थियो भए | अघोषित भारतीय सेनाको बैशाखी मा अडेका डाक्टर न परे फेरी मान सम्मानको मतलब नै नराख्ने , सिम्पल लिविंग हाई थिन्किंग भएका होनहार व्यक्तित्व | अनि फेरी अरबौं रुपैया माग्न पहिले देखि नै झ्याली पिट्दै हिड्ने मगन्ते लाइ कसले समान हैसियत मा राख्ला र खै ? धेरै पहिले नै बाबुराम प्र. म. भए स्वीकार्य हुने भन्दै आएको भारतले आफुले भने जस्तै भेटेको छ नभए झलनाथ पनि प्र . म. नै थिए , भ्रमणको निम्ता नै दिएन | बाबुराम र माकुने लाइ त सफथ ग्रहण सकिन नपाउदै रातारात टेलिफोन मानै तुरुन्तै आइहाल भने | अरु सारा कुरा छोडेर पैसाको बिटो चै किन माग्नु परेको होला ? के मेरो पालामा भारतले यति धेरै दियो , मलाइ मात्रै पत्याउछ , देख्यौ भन्नलाई हो ? हेरौ न अरु के के मुद्दा को उठान गर्दा रहेछन , समय अझै बाकि नै छ |

  28. आज सम्म नेपाल क प्रधानमन्त्री ल पाएको स्वागत मंध्ये सबैभन्दा खल्लो स्वागत बाबुराम ले पाए , विदेश क राष्ट्र प्रमुख वा सरकार प्रमुख जो आएपनि भारत मा राज्य मन्त्रि ले विमानस्थल मा स्वागत गर्ने प्रचलन छ, प्रचण्ड र माधब नेपाल मात्र हैन पुटिन , कारजाई हरुलाही पनि तेस्तै स्वागत भएको थियो तर यो पटक नेपाली प्रधानमन्त्रि लाही कर्मचारी बाट स्वागत भयो , राजनैतिक बेक्ती कोहि थिएन, येश्ले कुटनैतिक रुप मा महत्वो रखादछा र केहि संकेत पनि गर्दछा , नेपालीप्रधान मन्त्रि कम्जोर धरातल , कम्जोर अत्मबिशोवास को उपज हो यो, प्रधानमन्त्री को अपमान राष्ट्र को अपमान हो , बाबुराम र माओबादी लाही चेत आहोस, चर्क लफ्फाजी हान्ने परेको बेलामा र चिएको ठाउमा बोल्न नसक्ने हरु ले योदेश को राष्ट्रिय स्वाभिमान जोगौना सक्दैनन् , यहाँ माओबादी र बाबुराम ले नापुन्ग्सकता देखाएका छन्/

  29. भारतले आर्थिक क्रान्ति गर्यो,
    हामीले रक्तपात क्रान्ति गर्यौ !

    भारतले ६-लेनको बाटोहरु खोल्यो,
    हामीले नेपाल बन्द का बन्द गरेम !

    भारतले पहाड फोरेर रेल-मार्ग चलायो,
    हाम्राले सालिक फोडेर राजनीति चलाए !

    भारतीयले एन आर आइलाइ लगानीगर्न बाताबरण बनाए !
    हाम्राले दुर्गममा युवाको सम्पति कब्जा गरेर विदेश भगाए !

    एती सबै गर्दा पनि धन्न, अफिसर लिन आएछ, अर्को पटक देखि गाडी पठाईदेलान, ड्राइभर हातमा नामको प्लेकार्ड लिएर एरपोर्टको आगमनमा बस्ला……! चेतना भया !

    • रक्तपात मात्रै गर्यौ भन्नुसन , रक्तपातै भएपनि क्रान्ति सम्पन्न भए त राम्रै हो |

  30. नेपाल को उपप्रधानमन्त्रि र इंडिया को सहसचिव को माग बराबर त हो ला नि

  31. इंडियाको सरकारले हामीलाइ हेप्नु त कुनै नौलो कुरा भने पकै हैन त्यहाँ माथि घना नेताको त कुरा पनि गर्न पर्दैन , तै पनि कारण खोज्ने हो भने नि हाम्रै देश का नेता हरु कारक प्रमुख हुन् आफै हेपीने काम गर्छन अनि अरुलाइ के भन्नु, आफ्नो अहोदाको इजात आफै गर्नुपर्छ आरु ले गर्ने होएना भन्ने सबै ले बुझ्नु जरुरि छ अनि बल्ल उचित प्रति फल आउछ……

  32. भारतले हाम्रा नेताहरुलाई सम्मान नदिएको भनेर भन्नु भन्दा पनि हामीले भारतीयहरुलाइ अति -सम्मान दियको छौ / चाकरीतन्त्र त् हाम्रो घोषित प्रशासनतन्त्र नै थियो नि केहि दसक अघि सम्म त् त्यसैको ह्यांग ओवर होला भनेर चित्त बुझाउनु पर्ला नि अब / कि त सुरुंगयुद्द नै सुरु गर्नु पर्यो कि कसो ?

    जय नेपाल
    हिमाली

  33. भारतको खुट्टा ढोग्न तयार हुने हरु मात्र मन्त्रि बन्न पाउछ अनि त नेता हरु जाने नै भयो नि

  34. के गर्नु त हाम्रा नेता हरु दिल्ली दर्बार को टिका र आशिर्वाद थापेर मात्रै मन्त्रि हुन सकिन्छा र हुनु पर्छा भन्ने दास मानसिकता बोकेका नामर्द हरु भए पछी?

  35. आफ्नु पदलोलुपता र चाकडी बाजी प्रवृति को पराकास्ट हो यो ! रगत र पसिना नेपाली जनता को चुस्चन तर चाकडी भारत को गर्छन नेताहरु अनि उनीहरु नेपाल आउदा तछाड- मछाड गरेर सबै आफ्नु चाकडी प्रदर्सन गर्न एरपोर्ट पुग्छन ! जसरी मालिक भक्त कुकुर मालिक को आगाडी पुछार हल्लाउदै पुग्छ ! हाम्रो स्वाभिमान र इतिहास अनुसार त ति भारतीय कुकुर हरु लाई स्वागत गर्न त कुनै सरकारी कार्यालय का चप्रासी लाई पठाउन पर्थ्यो !

  36. दुस्मन सग सम्मान खोज्न कि त् पेल्न सक्नु पर्छ ,कि त्याग गरेर देखाउन सक्नु पर्छ |
    मध्यम मार्ग पीडादायक हुन्छ |
    समाचार लेख्छ ,बाबुराम पनि २२ अर्ब इन्डिया सग माग्न जादैछन |एस्तो मा रातो कार्पेट
    को के आश गर्नु ?

  37. कस्तो नबुझेको तपाई हरुले यो सबै कुर्सि बचाऊ अभियान हो…प्रभु रिसाउला भनेर…

    के गर्ने साथि हो प्रजा बाट जनता बन्न खोजेको झन् दास पो भैएछ….
    बिदेसी संग झुक्नु भन्दा त राजा संग झुक्नु नै राम्रो थियो नि…
    चौटा खान गएको बुढी झोल मा दुबी मरी भनेको यहि हो……भेंडो नेपाली जनता…

  38. यस कुरामा मलाई पनि पटक्कै मन परेको थिएन र छैन | एकदम सहि कुराको उठान गर्नु भयो | आफ्नो प्रोटोकलमा बसेर सोहि अनुसारको व्यवहार गर्न छोडेकोले नै हाम्रा लुते मन्त्रिहरु विदेशी कुटनितिज्ञहरुकोलागि अझ भारतीयहरुको लागि त महालुते बन्न पुग्छन | देशमा मात्र हुन् यिनीहरु भुक्ने |

  39. बाबुराम कसैले चाहेर वा नचाहेर पनि नेपालकै इतिहासमा एक कम्जोर प्रधानमन्त्री भएका छन्। भारत उनलाई बनाई दिएको एक कारिन्दा ठान्छ। कारिन्दा बाबुरामलाई त यसले केही फरक नपार्ला तर यो सबै नेपाली माथिको बेइज्यतिको।

  40. अब भारत को नामै ठुल्दाई कामै ठुल्दाई नि ! यति जाबो हेपिएर पनि हाम्रा पी एम हरु साना हुन्छन र ? अलिकति भिख पाउछन अनि ३ हात लामो भारतको प्रसंसा मा बिज्ञप्ति निकाल्छन | हेरी राख केटा हो |

  41. सादा जीवन उच्च विचार भनेको त्यहि हो उमेश जी कुरा मिलाएर बुझ्नु पर्ने छ कहिँ कतै.

  42. त्यहि सहसचिव को दिमाग ले तह लगाउन सक्छ भन्ने उनीहरुको बिश्वास हो नि त… हाम्रा हरु त भारतीय हरु आउदा पनि एउटाले सकिन्न भनेर सकेसम्म धेरै जना मन्त्रीहरुको जम्बो टोलि जाने गर्छा!!!

  43. नेपाल ले भारत लाई बडी नै महत्तो दिएर भएको हो | के गर्ने गरिब भएपछी सबैले हेप्छन ति माथि ७४ अरब रिण ले भनेर हात फैलाउन जानु छ अनि किन न गम्कोस ? पाकिस्तान को परराष्ट्र मन्त्रि आउदा जति चर्चा भएको थियो तेती पनि चर्छा छैन news मा ! यो सारा नेपाली ले सोच्नु पर्ने बेला आएको छ कि कसो ?
    उराश

  44. आफ्नै हेरेर के कुरी कुरी गर्नु !! गोठमा भैसी कराइराको छ, गोठालो सुसेली मारेर घाम ताप्दै छ !!

  45. ठिक गर्यो इंडिया ले ,, देश को समस्या समधान गर्न तिर नलागेर के को विदेश गा को नि यो प्रधानमन्त्री …..बाल नदिएको भए पनि हुने हो आफ्नो समस्या नसकी नसकी विदेश घुम्न जाने लाइ………..

  46. त्यै भएर त मैले अघिल्लो बल्ग (आफ्नै माग बाबुराम भट्टराईले पूरा गर्लान्?) को कमेन्टमा भनेको थिए नि;
    यो सबै त हेर्दै गरुँला, मूल्याङ्कन गर्दै गरुँला भन्न कती सजिलो र गर्न कती अप्ठ्यारो हुन्छ भनेर । परबाट लुक्दै ढुङ्गा हानेर भाग्न र हानेको ढुङ्गा छलेर लुकेर ढुङ्गा हान्नेलाई लाग्ने गरी फेरि ढुङ्गा हान्न कुन सजिलो कुन गाह्रो हुन्छ, त्यो त अब माओवादीलाई राम्ररी थाहा भै सक्यो होला, र अरु पनि जो अनेकौं जातिय, क्षेत्रिय नारा उरालेर सत्ता प्राप्त गरेर नयाँ छोटे राजा बन्न खोज्नेहरुलाई पनि समयले बिस्तारै माओवादीले चाखे जस्तो सत्ता स्वाद अवश्य नै चखाउला, त्यो बेला चाहिने नचाहिने माग राख्नु र अरुका चाहिने नचाहिने माग पुरा गर्नु बीचको भिन्नता तिनिहरुले पनि थाहा पाउने नै छन्। पक्कै हामीले त्यो रमित पनि हेर्न पाइएला ।

    तर अहिले मलाई खड्केको कुरा अलिक अर्कै छ ।
    प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणका क्रममा बिहीबार नयाँ दिल्लीस्थित गान्धी विमानस्थलमा। उनलाई चिफ अफ प्रोटोकल रुचिरा खेमा भुज, भारतीय राजदूत जयन्त प्रसाद र सह सचिव अखिलेश मिश्राले स्वागत गरेका थिए ।

    फोटो सहितको यो समाचार तपाईंहरुलाई कत्तिको पच्यो कुन्नी मलाई चै पखाला लाग्यो । भारतको सामान्य मन्त्री वा राजदूत आउँदा पनि हाम्रा प्रधानमन्त्री, मन्त्री, भूपू मन्त्री र पार्टीका बरिष्ठ नेताहरु एअरपोर्ट पुग्छन लस्कर लागेर । तर हाम्रो भने प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा पनि एउटा मन्त्रीसम्म आउँदैन एअरपोर्टमा स्वागत गर्न । अब हामीहरुले पनि तिनिहरु आउँदा “जस्तालाई त्यस्तै” गर्ने कि नगर्ने त ?

  47. हाम्रो कानुनमा चै के छ नीति कोसलाइ को जानु पर्ने बारेमा ? लम्पसार नै त पर्नु पर्दैनथ्यो 🙁 तर भारु र नेरु को फरक भा जस्तै हाम्रा नेताको तौल कम भा को भएर पो हो की ?

  48. कता का बिदेसी प्रभु कता नेपाली राजनीतिज्ञ………….
    प्रभु लाई त बिसेष महत्व दिनु पर्यो नि कि कसो??????

  49. देशका पाहुनालाई जति सक्दो राम्रो स्वागत गर्नु हाम्रो परम्परा हो र अरुको देशमा कस्तो स्वागत गर्छन त्यो उनीहरुको कुरा हो, तर मुख्य कुरा सन्धि सम्झौता गर्दा घुड़ा टेकेर उनीहरुलाई खुशी पार्ने काम गर्नु भनेको रास्ट्र-घात गर्नु हो/ त्यो कुरा मा डाक्टर भट्टराई ले कति बुद्धि पुर्याउछन हेर्न बाकी छ/ आशा गरौँ देश को आत्मा-रक्षा मा कुनै दाग लगाउनु हुनेछैन/

    • तिहुन भएर पनि खोले दिनेकोमा पाहुना लग्नु जबरजस्ती कि हाम्रो इच्छा???गरिब छौ मजबुरी गर्छौ तर पैसाको निम्ति देस नबेच्|

  50. What protocol are you talking about? If Indian ambassador knocks the door of PM’s residence at 2 o’clock in the evening, our PM has to open the door and entertain him. That is sheer dadagiri, nothing else. Seen only in Bollywood movies.

  51. प्रोटोकलहरुत सबै दिल्लीमा १२ बुंदे गर्दा नै प्रवु लाइ दक्चिना दिएका हुन्नी सात पार्टीले. अब पैला त्येसो गर्दा चाही नेतालाई केहि भन्न नसक्ने ऐहिले धारेमा हातलगाएर के गर्नु? जनताको अवस्था त अहिले एस्तो छ ” अघि रा*** जानिन पछि ****डी मानिन बाघ लाग्यो घिच्यौना रा*** लागि चिच्यौना?” कि होइन?

  52. अतिथि देबो भ ब .. नेपाली सस्कार हो । आगामी दिनहरु मा जस्तो लाइ तेस्तै गर्नु पर छ।

  53. हैन यी नेताहरुको के दोष ?????? यिनीहरुलाई प्रधानमन्त्री र रास्ट्रपति बनाउने तपाई जनताहरु नै होईन र?

    भन्नुको अर्थ, नेता त् यस्ता छन् भने जनता झन् कस्ट होलान है ??

    जस्ता व्यक्तिलाई चुन्यो त्यस्तै व्यक्ति नेता हुने हो. नेता भनेको जनताको प्रतिनिधि हो. यसमा नेताको भन्दा पनि जनताको दोष धेरै छ.

    दिपक अधिकारी
    जर्मनी

  54. खै के भाका, के भाका?
    नेपालमा पनि अब लिखितममा प्रोटोकल बनिनु पर्यो| जसले प्रोटोकलको उल्लङ्घन गर्छ त्यसलाई सजाय पनि तोकिनपर्छ|
    आजकलको जमानामा घरि गरि विशिष्ट पाहुनाहरु ओहोर दोहोर गरिने भएकोले प्रोटोकल अफिसरलाई नै पठाए हुन्छ|
    मुक्ति भट्ट जस्तो खाएर मुख पनि पुछ्न नजान्ने र टेबल म्यानर पनि स्वाहा गर्नेलाई प्रोटोकल अफिसर राखेर पररास्ट्र मन्त्रालयले नेपालको हाँसो उडाउन दिएको हो|

  55. आफ्नो इज्जेत जोगाउने भनेको आफैले हो . हाम्रा नेताहरुको इज्जेत नै छैन तेसैले भारतको भनेपछि यिनीहरु कुकुर संग पनि डराउछन् अनि तेहाको सरकारी कार्यालयको हाकिम आउदा पनि येहाको मन्त्रीहरु स्वागत गर्न जान्छन

    • भारतले जसरी नै नेपालले पनि प्रोतोकोल छ भने त्यसै अनुरुप, छैन भने बनाएर त्यसै अनुरुप काम गर्नु पर्र्यो. भारतीय मन्त्रीहरु आउँदा सहायक मन्त्रीलाई लिन पठाउनु पर्र्यो र सचिव आए सचिव नै पठाउनु पर्र्यो अनि मात्र बराबरीको कुरा हुन्छ.

  56. मानसिकता थरि थरि का………….सन्तान थरि थरि का

    • सबै मन नपराउने लाइ धन्यबाद …….जय होस् हजुरहरुको

  57. एका तर्फ खाते नेताको दरिद्र सोच को उपज हो भने अर्को तर्फ मुख्य मन्त्रीको स्वागत एक सहचाचिब्ले गर्दा राम्रो हुन्छ भन्ने देखौन्छ ! तैपनि बिर्को लागेका नेपालका महान नेताहरुको दिमाख खै कैले खुल्ने हो ! धिकार छ नेता बहादुरहरुलाई !

  58. हाम्रा प्रधानमन्त्री को बेइज्जत गर्ने इंडिया का बिरुद्ध अब आन्दोलन गर्नु पर्छा, YCL परिचालन गरेर इंडिया लाई ठिक पार्नु पर्दछा .

    • एक दुइ दिन पर्खनुस मित्र
      बाबुराम गुरुबा फर्कन दिनुस नत्र धोतिहरुलाई हान्दा हुलमुलमा उनलाई पनि लाग्ला नि ,

    • मानसिकता नै बेबकूफ जस्तो रिचा तपाइको सगर जी

  59. खोइ के भन्नु र नेपाल सरकरको पदाधिकारी हरु आफु कुन पद मा छु भनेर नी याद हुदैन
    आफ्नो लवेलमा बस्न सक्नु पर्छ के भनू खोइ मेरो जति दिमाग नि भएन येसरी थाहा हुन्छ नेपाल को नजर इजत इन्डिया को विचार मा के छ भनेर.

Comments are closed.