तुलसी जिते, अजयबाबु हारे

माइसंसारका नियमित पाठकहरुलाई याद हुनुपर्छ, एक वर्षअघि आफ्नो डकुमेन्ट्रीको फुटेज चोरिएको भन्दै सञ्चारकर्मी अजयबाबु शिवाकोटीले कानुनी कारबाही अघि बढाएको बारे चर्को बहस भएको थियो। कपिराइट उल्लङ्घन गरी चोरी गरेको आरोप लागेका वृत्तचित्र निर्देशक तुलसी भण्डारीले ‘एसपी रमेश खरेललाई खुला पत्र’ शीर्षकमा ब्लग लेखे। त्यसको जवाफमा अजयबाबु शिवाकोटीले पनि चोरलाई चौतारो किन भन्दै अर्को ब्लग लेखे। दुवै ब्लगमा थुप्रै पाठकहरुले आफ्नो विचार राखेका थिए।

आफ्नो डकुमेन्ट्रीको तीन मिनेट दृश्य चोरेकोमा क्षतिपूर्तिवापत् ३५ लाख रुपैयाँ दावी गर्दै अजयबाबुले प्रतिलिपि अधिकार ऐनअनुसार काठमाडौँ जिल्ला अदालतमा मुद्दा हाले। प्रहरीले अनुसन्धानका लागि तुलसीलाई १० दिन हिरासतमा पनि राख्यो। तुलसीले आफ्नो ब्लगमा यो घटनामा चर्चामा रहेका व्यक्तिहरु एसपी रमेश खरेल र गगन थापालाई समेत मुछेका कारण पनि यो घटना माइसंसारका पाठकहरुबीच बहसको विषय बन्यो। एक वर्षपछि अदालतमा चलेको मुद्दाको फैसला भएको छ। सुनुवाईका क्रममा सरकार वादी रहेको मुद्दामा प्रतिवादी तुलसी आफैले बहस गरेका थिए। जिल्ला न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लागेका तुलसीलाई सफाइ दिएको छ। के छ अदालतको फैसलामा ? हेर्न भित्र आउनुस्।

घटनाको पृष्ठभूमि बुझ्नका लागि यसअघिका ब्लग पढ्नुस‌्-

एसपी खरेलले मलाई जवाफ दिनुहोस् के मलाई आफ्नो बिरामीको बहाना बनाई अपराध गर्न र त्यसबाट उम्किन कानुनले छुट दिन्छ त? जिल्ला प्रशासन कार्यालयले तपाईंहरुलाई ममाथि ज्यानको धम्की दिएको सम्बन्धमा कानुनी अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको थियो, राजनैतिक नेताहरुको आदेश वा दबावमा अनुसन्धान वा कारवाही नै नगरी मिलाइदे भनेर होइन। तपाईंले के अनुसन्धान र कारवाही गर्नुभयो र प्रहरी अगाडि नै मलाई आक्रमण गर्न खोज्नेलाई कुनै कारबाही नगरी ट्वाल्ल परेर हेरेर बस्दा के तपाईंलाई त्यो सरकारी पोशाक र फुली लगाएर बस्ने अधिकार छ भन्ने अलिकति पनि महसूस र लाज लागेन? होइन भने त्यो तपाईंको पोशाकमा “सत्य सेवा सुरक्षणम्” झुन्डिएको फुली हटाएर राजनैतिक पार्टीको झण्डा र गगन थापाअंकित फुली लगाएर पार्टीको झण्डा बोकेर बस्नुस् र भन्नुहोस् तपाईं आफ्नो सुरक्षा र न्याय आफै गर्नुहोस् भनेर। अजयबाबुले ममाथि लगाएको आरोप पूर्णतया गलत हो भनी “कानुन बमोजिम” प्रमाणित गर्न मलाई १० मिनेट पनि लाग्ने छैन। तर राजनैतिक दबावमा पूर्वाग्रही भई ममाथि अन्यायपूर्ण आरोप लगाइ उल्टै थुन्ने धम्की दिने एसपी खरेल लगायतको प्रहरी प्रशासनलाई मेरो ठाडो चुनौति छ – थुन्नुहोस् मलाई पनि, यसको जिम्मेवारी र जवाफ नदिई तपाईंहरु उम्किन पाउनु हुन्न। तर राजनैतिक नेताहरुलाई रिझाउनका लागि अजयबाबुलाई कसरी छोड्नु हुन्छ, यसको जवाफ पनि दिनै पर्छ तपाईंले, र यदि प्रमाणित भएमा कारबाहीका लागि पनि तयार रहनुहोस्। कसैले झुटा आरोप लगाई निवेदन दिएकै भरमा थुन्न मिल्छ भने, मैले पनि तपाईं प्रहरीले ममाथि गरेको अन्यायपूर्ण व्यवहार बारे निवेदन दिएको छु, थुनाउनुहोस् तपाईं लालमणि आचार्य र आफैंलाई। आफ्नो आत्मालाई साक्षी राखेर सोच्नुहोस् – किन बिक्नु भो तपाईंहरु र कस्तो न्याय गर्दै हुनुहुन्छ? प्रहरी र कानुनबाटै जनताको विश्वास टुट्यो भने के हुन्छ?
तुलसी भण्डारीको ब्लग ‘एसपी रमेश खरेललाई खुल्ला पत्र’बाट। पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

तपाई विद्धान पाठकहरुलाई मैले यो पनि स्पष्ट पार्नै पर्ने हुन्छ मैले खिचेको दृश्यमाथि अधिकार स्थापित गर्ने कुरा गरिरहँदा उनलाई तीनवटा
विकल्प दिएको थिए। पहिलो, प्रयोग भएको दृश्य वरावरको क्षतिपूर्ती दिनुपर्ने, दोस्रो उत्पादन गरिसकेका सीडी तथा डिभीडीहरु नष्ट गर्नुपर्ने
र विक्री वितरण भएको आधारमा क्षतिपूर्ती दिनुपर्ने र तेस्रो विकल्पमा मैले भण्डारीलाई आउने दिनमा मेरो प्रयोग भएको दृश्यहरु हटाउने र विक्री
भईसकेको आधारमा क्षतिपूर्ती दिनुपर्ने प्रस्ताव राखेको थिए। तर उनी तीनवटै विकल्पमा छलफल गर्न राजी भएनन् वरु उल्टै मलाई प्रभावित पार्ने
अनेक प्रपन्चमा नाटक रच्न ब्यस्त रहे। उनले आरोप लगाएका नेपाली काँग्रेसका नेता तथा उनले आफ्नो डकुमेन्ट्रीमा अन्र्तवार्ता लिएका गगन
थापाकहाँ समेत मलाई प्रभावित पार्नलाई भनसुन गराउन पुगेका रहेछन्। थापाले समेत उनलाई दुवैजनालाई आपसी छलफलमा कुरा मिलाउन सुझाव दिएको
वताउनुभएको थियो। तर उनलाई सहयोग नगरेको आधारमा थापालाई उनले सामान्य ईज्जत दिन पनि कन्जुस्याई गरेका छन् र आफ्नै डकुमेन्ट्रीमा अन्र्तवार्ता
गरिएका पात्रको वेइज्जत गरेर आफ्नै र डकुमेन्ट्रीको समेत कद घटाएका छन्। हुनत चोरीको डकुमेन्ट्री भनेर कद पहिला नै घटीसकेको थियो

अजयबाबु शिवाकोटीको ब्लग चोरलाई चौतारो किन ? को अंश। पूरा पढ्न यहाँ क्लिक गर्नुस‌्।

अदालतले के फैसला गर्‍यो ?
अदालतले अनुमति लिई फुटेज प्रयोग गरिएको थियो कि थिएन भन्ने विषयलाई हेर्दा कोक्यापबाट अनुमति लिएको देखिएको ठहर गरेको छ। कोक्यापलाई अनुमति दिने अधिकार छ कि छैन भन्ने प्रश्नमा जुन वृत्तचित्रका दृश्य चोरी भयो भनिएको थियो, त्यसमा कोक्यापको अधिकार रहेको देखिएको निर्णय अदालतले गरेको छ। त्यसैगरी चोरिएको दृश्य भएको वृत्तचित्रबाट ३५ लाख कमाएको दावी गरे पनि प्रमाण नपुगेकोले आर्थिक आर्जन गरेको नदेखिएकोले सफाइ दिने फैसला अदालतले गरेको छ।

अदालतको फैसलाको ठहर खण्ड हेर्नुस्-



31 Comments

  1. बास्तबमा भन्ने हो भने रमेश खरेल र गगन थापा भनेका मान्छेहरु पनि स्वार्थी हुन् नेपाल मा राजनीतिक दल को समर्थनमा जे गरे पनि हुन्छ भने परम्परा छ तर तिनी हरुले पनि बजे हुन्छ कि नेपाली जनता धरै चेतनशिल भैसकेका छन्. सो तुलसी जी को लागि SALUTE दम राख्नु होस् नेपाली जनता सदै न्यायको पक्षेमा छ

  2. बधाई छ तुलसी जी, तपाई जस्तै इमान्दार नेपाली हरु ले कहिले हर्ने छैनन् !

  3. ल तुलसी बधाई छ तिमीलाई / जीत तिम्रो जो हुनुथ्यो, जहाँ सत्य को बास छ /

    प्रबिण श्रेष्ठ
    तेक्सास

  4. अदालतकै फैसला अनुसार पनि अजयबाबुको डकुमेन्ट्रीको फुटेज तुलसीजीले चोरेको प्रमाणित भएको छ । कोक्यापलाई अजयले उपलब्ध गराएको फुटेज अजयसंगको सल्लाह बिना कोक्यापले तुलसीलाई उपलब् गराउनु सबैकुरा तुलिसिजीको बिरुद्ध मा भएपनि अजय बाबुको पक्ष मा फैसला नआउनुमा ३५ लाख को खेल फैसला गर्नेमा जानु आफै वोकिल भएकोले न्याधिस संग कुरा मिलाउनु हो / अनि तुलसी जी को पक्ष मा मत जाहेर गर्ने हरुको एकपक्षीय रमेश खरेल र गगन थापा को बिरुद्ध मा बकबास गर्ने हरु को सोचाई दिग्भ्रमित छ /

    • पागल हरु जहले पनि अरु लै पागल भन्ने गर्छन |

      • धन्यवाद जीवन जी आफ्नो रोगको बारेमा जानाकरी अरुलाई दिनु भएकोमा

  5. पछिल्लो समयमा अदालतले फटाहाहरुलाई फटाह भनेर निर्णय गरेको देख्दा कानूनीराज बिस्तारै आउंदै रहेछ भन्ने कुराले सबैलाई खुशी तुल्याउनु स्वाभाविकै हो|

  6. सबै भन्दा ठुलो शक्ति भने कै राजनैतिक सक्ति हो यो सक्ति संग पाठेजोरी बाग़ को मुख बाट शिकार खोस्नु जस्तै हो खैर तुलसी जी ले मुद्दा ता जित्नु भो जबकि एक साल पहिला नै वहा को चरित्रा हत्या भाई सके को थियो एस जिम्मेवार को ? ??

  7. यो मुद्दा बाट छुट्नु मात्र लै पूर्ण न्याय भन्न मिल्दैन….एदी साचिकै राजनीतिक सक्ति को दुरुपयोग गरिएको हो भन्ने त्यो धम्काउने, मारकाट गर्छु भन्ने लै नि सजाए को फैसला हुनु जरुरि छ….मानसिक रुप मा दिएको यातना लाइ पनि आपरद को दयेरा मा पर्चा र फोन मा गरिएको धम्कि को रेकर्ड गरिएको हुदा धम्काउने लै नि सजाए पक्कै हुनु पर्चा भन्ने मेरो विचार छ….हैन भने एस्तो घटना फेरी अर्को निमुखा नेपाली संग दोहोरिन्न भन्न सकिन्न…

  8. अदालतकै फैसला अनुसार पनि अजयबाबुको डकुमेन्ट्रीको फुटेज तुलसीजीले प्रयोग गरेको प्रमाणित भएको छ । कोक्यापलाई अजयले उपलब्ध गराएको फुटेज अजयसंगको सल्लाह बिना कोक्यापले तुलसीलाई उपलब् गराउनु पनि गल्ती थियो । र ब्यवसायिक प्रयोजनका लागि पनि फुटेज प्रयोग भएकोले यो विषय विवादित बनेको हो । अन्यथा, यस्ता सामान्य कुराहरुमा यत्तिधेरै विवाद र कानुनी लडाई आवश्यक थिएन जस्तो लाग्यो । सारमा अजयले गरेको दाबी पनि गलत भएन र तुलसीको अडान पनि असत्य भएन । कानुनी समाधान खोज्नेहरुलाई गलत भन्नु हुदैन । आखिर यो कानुनी शासन हो । अब अदालतको निर्णय कार्यान्वयन होस् ।

  9. तुलसीज्युलाई प्रमाणित हुनै नसकिने आरोप लगाउंदै, आफ्नो प्रभावको दुरुपयोग गर्दै, चोर भनेर ठुनाउन्दै चरित्र समेत हत्या गरेर “रुपैया असुल्न” मुद्दा गरेकोमा त्यो अजयलाई अदालतले सजाय दिनु पर्ने थियो/ जव सम्म झुठो मुदा दायर गर्ने माथि अदालतले सख्त कार्यबाही गर्ने कानुन बन्दैन जाली फताह्हरुले दुख दिंदै रहनेछ/ तुल्सिज्युले मान हानि भएको र आफु गलत आरोपमा थुनिनु समेत परेकोमा उहाँले अदालतमा अजय बिरुद्ध केस गरुन/

  10. बधाई छ तुलसी जी,ढिला हुन्छ तर सत्य को नै विजय हुन्छ भनेर प्रमाणित भयो l

  11. जब यो अजय भन्ने मान्छेले गगन थापाको समेत चाकरी गरेर आफ्नो लेख लेखेथ्यो-हामीलाई त्येस बेलामा नै लागेको थियो कि यो मान्छे सहि छैन भनेर-तुलशी भन्ने साथीको बास्तबिकता के हो भन्न नसकीए पनि यो अजय भन्ने मान्छे बदमास हो भन्ने कुरा उसको “हिरो वोर्शिप” गर्ने प्रवृति बाट नै थाहा भएको हो हामीलाई!नेताको अन्ध समर्थक मान्छे कहिल्येही पनि सहि हुन सक्दैन-त्येस्मा पनि चाकरीवाज पत्रकार!!!

  12. बधाई र सुभकामना छ ,राम्रो धेरै राम्रो , फटाहा हरु लाई पनि उजुर बाजुर गरेर कानुन को kathagarama पुर्यौनुहुनेछा भन्ने आशा लिएको छु.

  13. Many many congratulations Tulsiji. This is not just your victory, this is the victory of truth, faith, goodness, courage, humanity.Thank you Umeshji for the positive news.

  14. यो घटना ले मलाई नेपालको बेथितिको याद दिलायो कसरि नजानिकनै गगन थापा र रमेश खरेल जस्ता बेक्ती हरु पनि स साना झामेलाहरुमा फस्न पुग्छन ,,,नखाउँ त दिन भरिको शिकार खाउभाने कान्छाबाउको अनुहार

  15. आज कत्ति दिन पछी एउटा राम्रो खबर सुन्न पाइयो| तुलसी जी लाई बधाई |

  16. तुलसी निर्दोष नै रहेछन | उनको डकुमेनट्री अब पैसा हालेर किन्ने थिए, पाए देखि |

  17. तुलसी भण्डारीले जित्नै पर्ने मुद्दा थियो ।

  18. What was the purpose of the documentary? was it commercial or just for the record?? If COCAP owns the copyright and gave the permission for the footage to include in the non-commercial documentary, then seriously what’s wrong with Mr. Ajay?? I feel justice has been done. But there should be proper laws regarding copyright and piracy for digital medias. This case is just the beginning. I won’t be too surprised to read similar stories in coming days. There needs to be proper law for all these things.

  19. आशिष,
    ढिलो होस् या चाडो होस् सत्य कहिल्य हार्दैन, झुट कहिल्य टिक्दैन, चाहे यस लोकमा होस् या परलोकमा |

  20. धेरै राम्रो..पहिले पढ्दा नै अजयबाबु कि नियत पैसा खाने र नेताको दवाबमा पेल्ने नै देखेको थियो..नेपाली वृतचित्र मा भएको २-३ मिनटको फुटेजलाइ ३५ लाख माग्नु लोभी पन हो..झन् स्विकिर्ती लिसकेको रहेछ ….राम्रो फैसला..

  21. जे भो राम्रै भो …..तुलसी ले दुख पाएकै हो अहिले केहि भए नि राहत महसुस भयो होला ……

  22. अदालतले सही फैसला गर्‍यो, अब फेरी शान्ति प्रकृया
    बिथोलिने भो !!!

  23. जब यो अजय भन्ने मान्छेले गगन थापाको समेत चाकरी गरेर आफ्नो लेख लेखेथ्यो-हामीलाई त्येस बेलामा नै लागेको थियो कि यो मान्छे सहि छैन भनेर-तुलशी भन्ने साथीको बास्तबिकता के हो भन्न नसकीए पनि यो अजय भन्ने मान्छे बदमास हो भन्ने कुरा उसको “हिरो वोर्शिप” गर्ने प्रवृति बाट नै थाहा भएको हो हामीलाई!नेताको अन्ध समर्थक मान्छे कहिल्येही पनि सहि हुन सक्दैन-त्येस्मा पनि चाकरीवाज पत्रकार!!!

Comments are closed.