यसरी फैलिएको रहेछ भूतको हल्ला

bhoot1
काठमाडौँको न्युरोडमा आज दिउँसो तमाशेहरुको ठूलो भीड लाग्यो। पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको भीड जम्मा भएको रहेछ। भीडले गर्दा ट्राफिक जाम भइसकेको थियो। भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले पिटेर मान्छे उडेर खस्यो भन्थे, कोही के! ट्विटर हुँदै टेलिभिजनहरुम समाचार आउन थालिसकेको थियो। भूत आतङ्क पो मच्चिएको थियो त्यहाँ। खासमा के रहेछ त कुरा ? कसरी फैलिएको रहेछ यो हल्ला ? थप फोटोसहित पढ्न भित्र आउनुस्।

bhoot6
यही हो भूताहा भनिएको घर। घरको तल्लो तल्लाको पसल बन्द थियो भने घर पूरै खाली देखिन्छ, कोही मान्छे देखिन्न।

bhoot7
त्यहाँको भीड गफिँदै थियो- यो खुलेको झ्यालबाट एभिन्युज टेलिभिजनका पत्रकारलाई भूतले खसाल्यो रे। तलको चश्मा पसलेले पसल खोल्न लाग्दा पनि एक चड्कन लायो रे। अनि त्यही थाहा पाएर टिभी पत्रकार खिच्न आउँदा उसलाई झ्यालबाट खसालिदिएको रे। पत्रकार अस्पतालमा छ रे।

bhoot2
भीड झन् झन् बढ्दै थियो। प्रहरीसमेत तैनाथ भइसकेका थिए। मानिसहरु मोबाइल र क्यामेरा त्यही घरतिर तेर्स्याउँदै थिए। अरु टिभी च्यानलहरु पनि आइसकेका थिए। पारी पिपलबोटतिर मान्छे टन्नै थिए। वारी घर वरपर पनि टन्न। बीचमा गाडी जाम।

त्यहाँ एक जना स्थानीय बासिन्दाले भन्दै थिए- सब हल्ला हो, म यहीँ बस्ने मान्छे हुँ। केही पनि भएको हैन। हल्लै हल्लामा यस्तो भएको हो। पहिले पनि यस्तो हल्ला फैलिएको थियो। हुन पनि त्यहाँ मैले चड्कन खाएको हो भन्ने र देख्ने कोही थिएनन्।

एभिन्युजका क्यामेरापर्सन बासु सत्याल जसलाई भूतले पिटेको हल्ला चल्यो। तर उनी भन्छन्, मलाई केही भएको छैन, सब हल्ला हो!

खासमा भएको चैँ के थियो त?

कुरा एभिन्युज टेलिभिजनसँग जोडिएको थियो। त्यसैले त्यहाँका साथीलाई सोधेँ। अनि पो बल्ल कुरा थाहा भयो। खासमा भएको चैँ के रहेछ भने न्युरोडको एउटा घरमा भूत छ भन्ने कुरा सुनिएकोले यस विषयमा एउटा रिपोर्ट बनाउने कुरा भएछ एभिन्युजको वास्तुविज्ञान कार्यक्रमका लागि। वास्तु नमिलेकोले पो त्यसो भएको हो कि भनेर रिपोर्ट बनाउन लागेका रहेछन्। त्यसका लागि एभिन्युजका क्यामेराम्यान बासु सत्याल र वास्तुशास्त्री त्यो घरमा पुगेर भिडियो खिच्न थालेका रहेछन्।

भिडियो खिच्दाखिच्दै भूतले मान्छे समात्यो रे, पिट्यो रे भनेर हल्ला फैलन थालेछ। हल्ला एक कान दुई कान मैदान हुँदैहुँदै थाम्नै नसक्ने भीड जम्मा भएछ। एभिन्युजका साथी भन्छन्- कसैलाई पिट्या छैन, कोही घाइते भा छैन। मान्छे भीड भएर प्रहरीले लाठिचार्ज गरेर घाइते भएको भए थाहा छैन। नत्र कसैलाई केही भाको छैन।

क्यामेराम्यान बासु सत्याल आफै के भन्छन् त यसबारे। भिडियो हेर्न यहाँ क्लिक गर्नुस‌‌्

bhoot4

bhoot3

bhoot5
न्युरोडका पसलहरु दिउँसै बन्द भए भनेर हल्ला भए पनि त्यहाँ हेर्दा त्यही घर एउटाको पसल बाहेक अरु खासै बन्द थिएनन्। नजिकै जोडिएको घरका पसले र मान्छेहरु निस्फिक्री थिए। कोही कोही चाहिँ भाडा घटाउनलाई यस्तो हल्ला फैलाएको शंका गर्दै थिए। भूपि शेरचनले त्यसै नेपाललाई हल्लैहल्लाको देश भनेर लेखेका हैन रहेछन्।

भूत हेर्न न्युरोडमा जम्मा भएको भीडको भिडियो हेर्नुस्-

70 Comments

  1. भूतको पक्षमा वकालत गर्ने साथीहरुले शायद बागमती नदीको दूरावस्ता देख्नुभएको छैन जस्तो छ। जहाँ जहाँ मसान घाट थियो ती सबै अतिक्रमित भएर ठूला ठूला भवन बनिसके, जुन कुनै खाली छैनन। भूत कती लाचार भईसकेछ त आफ्नो अस्तित्व पनि बचाउन नसक्ने! अत म के भन्छु भने ती भूत घर मालिकहरु सित्तै मेरो नाममा घरजग्गा पास गरी दिन्छन भने पासखर्च म बेहोरौला(किन्ने मेरो हैसियत छैन)र आनन्दले बसौला। निउरोड्को केसमा भने पासखर्च सरकारी दस्तुरनै करोड नाघ्ने हुँदा म सक्दिन। इक्षुक धनीले तू संपर्क …………….

  2. मानिस चेतनसिल प्राणि हो | तर यो फटाहा नेताहरुले नेपाली जनताहरुलाई यसरी झुथई झुथामा रुमलाई मानिसहरु उल्लु बनाएर हल्लामा जुलुस बन्द धुग्न्गा मुदा हड्ताल मसाल पठाउने बेरोजगार भए,को बेला ,हल्लामा नै दगुरी हिड्ने बानि भएको होला | फुर्सतको उपयोग भन्नु पर्ला | कि कसो ??
    फेरी यो पत्रकार ले कसरी थाहा भयो ? जोतिसले यन्त्र लगेर ,बास्तुशास्त्र जाच बुज गर्न लागे छ भनेर !!विडियो खिच्न पनि भ्याएको छ | भूतको बिस्वास नभए किन जोतिसबोलाए ? फेरी हलाई हल्ला मा मानिसहरु को हुल रे !!
    होइन फेरी यो पत्रकार भलादमी भएर जनतालाई त् उल्लु बनाएन भने ???बुझ्न सकेन !!

  3. हाहाहा यो संसारमा भूत भन्दा महाभूत त हामी नै हो ! भूत लेतर्साउने हैन बरु हामी ले चै भूत लाई तर्सको बिचरा भूत !!

  4. सानो भूत वनको भन्दा ठूलो भूत हो मनको ।
    भूतकै पछाडि कुद्‌नु ठूलो भुल हो जनको ।।

  5. कसरि र किन सुरु भयो यो कुरा थाहा छैन तर भाडा घटाउनु पर्छ भनेर छैन दरो पेल्ने भए घरपेटीलाई|……

  6. एत्रा बिधि भुतका जन्तीहरु बेरोजगार नै होलान या काम मा हाजिर पड्काएर टाएम पास गर्न हिड्य होलान… लगेर पहाड खोदन लगाउनु पर्ने एक साल मा त कसो मेलम्ची काठमाडौँमा आउथेन होला र ???

  7. गाउँ ठाउँ मा भए त पत्याउनु हुन्थियो तर New Road मा त पत्यार लागेन कि कशो …?

  8. काठमाडौँ जस्तो शिक्षित अनि विकसित ठाउँमा त कहिले भुत,कहिले बोक्सी,कहिले के, कहिले के…….कर्णाली तथा हुम्ला,जुम्ला जस्ता विकट अनि पिछडिएका ठाउमा कुपर्था, परम्परागत सोच, रुढिबादी भन्ने कुरा अब मलाई नौलो लागेन, देशकै राजधानी अनि सचेत मानिने काठमाडौँबसिका सोच,विचार त परिबर्तन हुन सकेको रैनछ !
    १६औ शताब्दी भन्दा तल गुज्रिरछौ हामी सोचाइमा…….

  9. काठमाडौँको सबै सिनेमा हल हरुमा हिन्दि कथानक चलचित्र “भुलभुलैया” निसुल्क रुपमा पर्दशन को आवश्यकता छ.

    • कुनै नेपाली चलचित्र को उदाहरण दिनु पाएको भए क्या मज्जा हुन्थियो है ……………

  10. यो हल्ला पहिलो होइन जुन सुनेर अचम्म हुनु पर्ने नेपाल. यो भन्दा पनि पैला एस्तो हल्ला धेरै चलेको थियो. धर्मेन्द्र काण्ड , रितिक रोशन काण्ड काण्ड काण्ड ले भरि पूर्ण छ हाम्रो नेपाल जय होस्

  11. कागले कान लग्यो वन्ने बित्तिकै आफ्नो कान नै नछामी कागको पछी लाग्ने प्रबृत्ति हो यो

  12. त्यो घरको बारेमा एउटा थ्रिलर मुभी बनाए कसो होला ?

  13. बेरोजगार अनि रुढिबादी सोच को ज्वलन्त उदारण बनेका छन् हाम्रा नेपाली हरु/ नेपाल मा दिनाऊ जिउदा भुत हरु (नेता) ले तर्साएको चाही नदेख्ने अनि मरेको मान्छे ले चाही तर्सायो भनेर भिड जम्मा गर्ने? तेही भिड मा कुनै नेता लाई बोलाई २ सब्द मन्तब्य राख्न लाउनु बेश होला /सिक्चित समाज काठमाडौँ को त यो हाल, दुर दराज का मान्छे हरु को कस्तो होला?

  14. ….नेपाली हरु क भाको हो काग ले कान लग्यो भनेर काग को पछि लाग्ने कि कान छाम्ने

  15. न्यूरोडमा चाँही भुत आको हो कि वरिपरिको पसलेहरुलाई मुत आको हो थाहा भएन तर हाम्रो गाँउमा चाँही (चित्र बहादुर राना मगरको) घरको सामान इत्यादी फ्याक्ने लगायत मानिसलाई तर्साउने इत्यादि भएकै हो /
    मलाई लाग्छ, विकृत आध्यात्मिक शक्तिको रूपमा भूत बिद्दमान छ /
    – नेवारको ख्याक हुन्छ कि हुदैन ?
    – मगरको गोर्हो हुन्छ कि हुदैन ?
    – त्यस्तै मुर्कट्टा, मसान, किचकन्या इत्यादि हुन्छ कि हुदैन ?
    नहुने हो भने किन विश्वाश बनेर रह्यो र किचकन्या इत्यादि कयौ मानिसले सामना गर्यो त ?!!

  16. हामी नेपाली पनि भेडा नै हो क्या ! हल्ला कै भरमा पछि लग्नु हामी नेपालीको बानी नै हो |त्यसैले त नेताहरुले हामी जनतालाई हल्लै हल्लामा भुलाई राखेको छ |

  17. बिचार बेरोजगार छन् .के गरि दिन कटाउने ने त | काम मा भैदिएको भए छुट्टि लिएर भूत हेर्न आउने थिएनन् होला क्यारे | हुने लै एकछिन रमाइलो भयो न हुने ले दुख पायो |

  18. काठमाडौँका शिक्षित र बैज्ञानिक संसार को अलिकति भएपनि पनि बोध भएका जनता त येस्ता त छन्…दुर दराज को स्थिति कस्तो होला ?? नेता हरुलाई झुठ, भ्रम, र दलाली को राजनीति गर्ने यो भन्दा उर्बर समाज अरु कुन हुन सक्छ ??

    • सुदिप जी, दुर दराज को संसार भनेको बोक्सी को दोस देखाएर मान्छे मार्ने संसार हो /

  19. भुत पनि मान्छे भयर जन्मिसके ! ५ लाखको कथ्मन्दु ३५ लाख पुगिसक्यो ! भुत अब इतिहाँस को पानामा सिमित छ ! त्येसैले त्यो भूतले भुत्रुपी मान्छेलाई हिर्कायो भने त्येस्लाई स प्र बल को घेराबाट नेकालेर जेल कोच्नु पर्छ !

  20. अब चल्नुपर्ने अर्को हल्ला ….. न्यू रोडमा चड्कन हान्ने भूत अहिले संविधानसभातिर गा छ रे त्यहाँ गएर अब उसले सबै सभासदहरूलाई समयमा काम नगरेको र भत्ता मात्र खाएको भनेर सबैलाई एक चड्कन हान्यो रे। अनि अब भूतको भनाई लाई उद्यृत गर्दै एकजना पत्रकारले जनाए अनुसार अब उ सिंहदरबार गएर बाबुरामको विशाल क्याविनेटका मन्त्रीहरूलाई एक एक चड्कन लगाउने सुरमा रहेको बुझिन्छ।

  21. यो खबर सुनेर हाम्रा फटाहा नेताहरु बेस्सरी हासे होलान…….!
    नेपाली जनता अझै हल्लाको पछाडी दगुर्छन्, हाम्रो राजनीति (झुटको उद्ध्योग) घाटामा जानै सक्दैन भनेर !

    • हर्के जी,
      यो समाचार सुनेर सबै सभासद आफ्नो सुरक्षार्थ हेल्मेट खरिद गर्न सबिधानसभामा सहमति जुटाउदै छन् रे भन्ने खबर प्राप्त हुन् सक्छ /

  22. यदि त्यो साचै को भुत नै थीयो भने , कुटाई मजाले खाने रैछ मानीस को जाम हेर्दा

  23. यो भुतपनि प्रतिगामी जस्तो छ ….हा हा हा ..!!!

  24. खुराफातीहरुले एक करोडको घर २०-३० लाखमै हत्याउन भुतको हल्ला फिजाउन सक्छन है ! उक्त घरको घरधनिलाई चेतना भया !!!

  25. जब सम्म नो वोर्क नो पे को सिद्दान्त लागु हुदैन तब सम्म नेपालीहरु यस्ता हल्लाको पछाडी लग्न छाड्दैनन. समय मात्र परिबर्तन भएर के गर्नु विचार पनि परिबर्तन हुनु पर्यो नि. बाटोमा कुकुर मर्दा त आन्दोलन गर्न सडक मा जम्मा हुने नेपालीलाइ भुत नै आयो भन्दा किन पो जम्मा नहुन बिचारहरु. बेरोजगारीले भरिएको काठमाडौँ मा कमसेकम एकदिन भए पनि सान्त्वना मिलेछा.

  26. यो घर को बारे मा पहिले देखि नै एस्तो हल्ला थियो तर फैलेको थिएन एक्कासि बाहिर आएछ तर यो घर मा किन मान्छे बस्दैन त त्यो पनि त छ नि न्यु रोड जस्तो बेस्त ठाउँ को घर जुन धेरै वर्ष देखि खाली थियो………अझै अनुसन्धान हुनु पर्यो……

  27. मोदेर्ण जमानामा पनि नेपाली जनताहरु अन्धकारमानै छन् . “देश अनुसारको भेष भनेझई ” जस्तो नेता उस्तै जनता ” . होइन कहिले हो आउने नेपाली जनताको चेतनामा बिकाश ; कागले कान लग्यो भन्दा कागकै पछी दगुर्न हुन६ ?

  28. त्यो भूतले पिरोलेको भनियको सानो करिब ६ फुट मात्रै चौडाई भयको पहिला समाचार पत्रहरु बेचिने पसल भयको न्युरोडको सडक र रन्जना जाने गल्लीको मोडमै भयको घर मेरो मित्र शान्ता श्रेष्ठको घर थियो/ उहाहरुले ४ लाखमा बेचेको थियो/ शान्ता श्रेस्त र उहाको सपरिवार अहिले अमेरिकामा बस्छन/ त्यो घर मा भुत भयको कुरा सुनेर उहाहरु हास्छन होला/

    भुत भनेको के हो त्यो त् थाह छैन तर अँध्यारोमा भुत आउँछ रे, असतुस्त त् अनाहकमा ज्यान गुमायाको र आफ्नो चाहना पुरा नभयको व्यक्ति मरेमा भुत बन्छ भन्ने कुरा त् सुन्दै आएको कुरा हो/

    यदि ई कुराहरु सत्य हो भने हेर्नुस नेपालमा अचेल अँध्यारो नै छ, अनाहकमा ज्यान गुमायाको कति जना छन् त्यो त् हामि गन्न पनि सक्दैनौ होला र नेपाल बनोस नेपालीहरु खुसि होस् भनि चाहना गर्नेहरु तेतिकै मरेको पनि छ मारियको पनि छ/त् नेपालको कुनै पनि गल्लि चोक सडकमा मात्रै होईन सिंह दरवार संबिधान सभा भित्रै पनि भुतहरु आउन सक्छ/ यसैले नेपाललाई अँध्यारो पार्ने, अनाहकमा नागरिकहरुको ज्यान लिने र नेपाल बनोस भन्ने सच्चा नेपालीको चाहना मा लात मार्ने हरु अब चेतनु पर्छ/ नत्र भने भूतको सिकार बन्नु पर्ने छ है/

  29. बजारमा जो हल्ला छ त्यो सबै निराधार हो। बासु जि र हामी बौद्ध लक्ष्मी टोलमा कही भेट्ने बाचाका साथ हामी भेट हुँदा वहाँको मोबाईल ए छिन पनि खालि भएन कुर थियो त्यही भुतको पिटाईको कुरा!! प्रया सबै मेडियाहरुले त्यही बारेमा सोधी रहेका थिए। जे होस त्याहाँ न त भुत थियो न त पिटेकै। खाली हल्लाको भरमा मानिस् थुप्रेका रहेछन। र बासु जी कसैलाई थाहा नदिई सुटुक्का निक्लेछन् तब चलेछ त्यहाँबाट झन हल्ला। हामी बौद्धमा भेटदा वहाँ निक्कै थकित पनि देखिन्थे रआफै आश्चर्यमा पनि।
    एभिन्युज् टि भि का ५-६ जना पत्रकारहरु सँग आजको साँझ यही घटनाको कुराले हाम्रो आज बेलुकाको महोल निक्कै रोमन्टिक थियो। दिन भर हात्ती बनमा नारा जुलुस लगाएर लघ भग ८०कि मि जत्ति बाईकमा गुडेको शरिर निक्कै थकित थियो तर उही बासु जीको बारेमा बजारमा फैलाएको हल्लाले निक्कै रमाईलो पनि भयो र थकाई पनि कम भएको महशुस भयो।
    मलाई पनि आज भन्दा करिव २६ बर्ष अघडी खोटङको रावाखोला र ताप खोला बिचको खेतमा रतको ९ १५ मा यस्तै घटनले सताएको थियो।
    कुरो के भने म आठ कक्षमा खोटाङको ऐसेलुखर्कमा पढ्दा काम बिशेसले मेरो रुप मेट गोबिन्द थापा क्षेत्रि सँग दिक्तेल सदरमुकाम जाने क्रममा रात पर्द यस्तै घटना घटेको थियो। म अघि र गोबिन्द पछाडी थियो। मेरो साथिलाई पछाडीबाट कसैले तान्यो भनेर मलाई भन्यो यसो हेर्द कालो छाँया जस्तो देख्यो र मलाई पनि बेस्कन पछार्न लाग्यो तर म ढलिन तर गोबिन्द ढल्यो र पछि हामी दुबैलाई भुतले छ्हड्यो। अनि गाँउले बोलाएर हामी उनिहरुको सहरामा रात बितायो। मेरो साथी पछि धेरै बिरामी भयो र बिधालय समेत एक बर्ष छड्यो। अन्त्यमा धामी झाँक्री र लामाहरुकोपूजाले मात्र थापा जी निको भयो।
    यो नितान्त सत्य घटना हो।
    छिरिङ तेन्जिङ शेर्पा
    शेर्प वर्ल्ड डट् कम्

  30. त्यहाँ हेर्न जाने सबै मान्छेहरु जति काम नभएको मान्छेहरु हो काम हुने हो र बिजी हुनेहो भने कोइ जादैन |बरु त्यो भुत भानौदाले त्या हेर्न गाकालाई जति चड़काउनु पर्ने हेहेहे…………

  31. झापाका (अल) पत्रकारलाई पनि भूतले नै होला छतबाट फाल्द्या! पत्रकारज्यूहरू होसियार है छतबाट फाल्देला भूतले अनि शिब गाउलेलाई टेन्सन फेरि शहिद घोषणा गर्न।

  32. होइन होउ झुसे त्यहाँ भुत छ कि भात छ भनेर मान्छेहरु खानु गएको लाखे है राम्ररी विचार गरेर मात्र लाठी चार्ज गरूँ है प्रहरी दाई कतै भोकमारीहरु भूतलाई भात भनेर खान पो गएको हुन् सक्छ

    ”काम नभए पछी मान्छेहरु के के दिमागमा सोचेर बस्छ ”

  33. जनता त हवादर भए रे , जनतामा सहि सूचना प्रभ गर्नुपर्ने टिभी च्यानल ले चाही किन अनाबस्यक कुराको रिपोर्ट बनाउन दलबल को तयारी गर्नुपरेको होला? नेपालका टिभी च्यानल हरु पनि हल्ला मच्हौना कुनै कम छैनन् ,,,

  34. शिछित भनाउदा राजधानीवासीको त यस्तो ताल छ भने अन्य ठाउका नेपालीको के कुरा गराई भो |

  35. मलाइ त बिषय बस्तु पढ्दैमा हासो लाग्यो हुन त यो अप्रिलको महिना त हो त्यो मान्छे ले अप्रिल फुल मनाउन पाएको थिएन होला सबैलाई न्यु रोडमा भुत आयो भनेर अप्रिल फुल मनायो . मान्नै पर्छ केटा लाइ सबैलाई चकित बनाएको मा धन्न्यबाद रिपोटर जी…..

  36. मेरो विचार मा यो सब काम त्यो घर नजिकै हुनेको तर त्यो घर मन नपराउने अथवा त्यो घर को घर धनीको सत्रु को हुनु पर्दछ | नेपाली त हुन् भेडाहरु कसले के स्वार्थले ले काम गरेको छ के बुझुन !!!

  37. हावा कुरामा मात्रै बिश्वास गर्ने जनता भएर त यो देश्को हालत आज यस्तो भएको छ । जुन नेताले धेरै हावा कुरा गर्छ, त्यसैको पछी लागेर भोट दिएर आज ६०१ भुतहरुले यो देश्लाई टुक्रा पारेर निल्न लागे ।
    धन्य जनता धन्य नेता !!
    दिपक अधिकारी
    जर्मनी

  38. यो कुरा बाट के प्रस्ट हुन्छ भने हामी नेपालीहरु कति सम्म आन्धबिश्वाशी छौ भनेर ! हामी सबै जना जे कुरामा पनि नेताहरुलाई गाली गर्छौ तर हाम्रो वास्तविक हालत भने एस्ता घटना ले प्रुष्टि गर्छ, हामी हल्लै हल्ला मा हिड्छौ! आज त्येही भुत को हल्ला ले जाम भएर मलाई पनि खुल्ला मंच देखि बसन्तपुर सम्म हिडायो र त्यो रमिता हेर्न पाउने एक पात्रपनि बनायो, हेर्दा एकदम सिछित लाग्ने हरु पनि त्येही रमिता मा रमाई रमाई कुरा गर्दै थिए भुत ले येसो गर्यो र उसो गर्यो भन्दै ! यो सबै बकवास हो भन्दा उल्टै हामीलाई मुख बंगाएर हेर्दै थिए !

  39. it is great irony for the so called civilized and educated people who live in modern city.It is pity that they called rural people superstitious and uncivilized.they run after such a baseless rumor.

  40. जे होस् १५ तारिक का दिन अप्रिल फूल मनाएको गज्जब लाग्यो!
    यो ‘न’ भन्ने अक्षर नै त्यस्तो – नचाहिने-न्युज, न्युरोड, नयबानेश्वोर(हल), नेता, नेपाल

    नारायण-नारायण!!!

  41. कही नभएको जात्रा हाडी गाउँमा भने जस्तो , कहीले आन्दोलन त् कहीले चक्काजाम हुदा हुदै अब त् भूतको डरले झन्डै पुर्यायो काडमाडौंका जनतलाई परमधाम//////////////

  42. ओहो सार्है नराम्रो हल्ला ! अब त पक्कै पनि नेताहरुले जेस्ठ १४ मा नया संबिधान जारी गर्दैनन् . उनि हरुले भन्छन: हामीहरुले त भरपुर प्रयास गरेर अचम्मै राम्रो संबिधान लेखेका थियौ तर भूतले खोसेर च्यातिदियो . अनि मिडियाले लेख्छन, भूतले प्रचण्ड को गाला मा झापड पनि हान्यो रे अनि मोहन बैध लाइ चाही गएर “Well done” भन्यो रे ……

  43. यो सबै अशिछित र बेरोज्गारिता को पराकास्त हो /यदि हामी सबै जना आफ्नै आफ्नै काम मा व्यस्थ हुनी थियौ भनि तेस्ता हावा कुरा सुन्नी कसको पो फुर्सद हुन्थियो र?कहिले होला नेपाली ले समय को महत्व बुझ्नी र तेसै अनुरुप कर्यानन गर्नी उफ उफ उफ पशुपति नाथ ?

  44. मसान घाटमा घर हुन्य लाई त केहि थाहा छैन भूत के हो भन्ने !! न्यु road मा भूत ले गाला पडकायो रे अनी झयाल बाट ………………………………..हामी नेपाली पनी के भाको होला ! अब त मलाई नेपाल हल्लै हल्ला को देश भन्ने कुरा पत्यार लग्यो !

  45. भूत हरु त सबै बानेश्वोर मा ICC मा छन् कसरि न्यु road मा ???

  46. जतिपनि त्यहाँ भिड मा मान्छे थिए, ति सबै काम न भाका हरु हुन्.

  47. २२ सताप्दी मा आउदा पनि नेपाल का मान्छे हरु भुत भन्ने सब्द संग नै जोडिएका छन्

  48. यथार्थ सूचना दिनु भएकोमा शालोक्य जीलाई धन्यवाद /

  49. अजब नेपालको गजब ताल!!!!!!!!

  50. “वास्तु नमिलेकोले पो त्यसो भएको हो कि भनेर रिपोर्ट बनाउन लागेका रहेछन्।”

    शिक्षित वर्गहरु त यस्ता छन् भने अरुलाई के भन्ने ?

  51. जे होस त्यो घर को राम्रै बिज्ञापन भएछ | अहिले सम्म त त्यो माथि पट्टिको सबै कोठा हरु बुक भै सक्यो होला | 😀

  52. हामी नेपाली 😀
    हावा कुरा, हावा हल्ला , हावा समाचार च्यानलहरु ब्रेकिङ न्युज दिदै थिए ।
    घरबाट फोन आयो, बाबु, कता छस् ? न्युरोडमा भुत आयो रे, टिभीमा देखाइरा’छ !
    😀

  53. हाहाहा हसाउछ सुरुमा हल्ला फिजाउनेलाई चुट्नु पर्ने फोकटमा हल्ला फिजाएर सबैलाई अलमलमा पारेछ……..

  54. जून देशका मान्छेलाई फुर्सदै फुर्सद छ,
    दिन दिनै एउटै गफ कति गरुन,
    विष्णुमतिमा स्याल आयो भनेर भाग्दा,
    बानेश्वरमा मान्छे मरुन,
    अनि,
    दिउसै न्युरोडमा भूत आएको हल्ला गरुन,
    पशुपतिनाथले कल्याण गरुन/

  55. ….नेपाली हरु क भाको हो काग ले कान लग्यो भनेर काग को पछि लाग्ने कि कान छाम्ने ……..यो हल्ला फिजाउने को हो …तेस्लाई तुरुन्त कारबाही गर्नुपर्छ कति मानिस को समय बर्बाद भयो …..

  56. नचाइने हल्ला फैलाएर २१ century मा भूत प्रेत को कुरा कसले पत्याउछ?

  57. नेपालि राजनैतिक भौतिक या आध्यात्मिक रुपमा अन्धो भएर पछी लाग्दा नै नेपाल र नेपालि को अधो गति भएको हामीले कहिले बुझ्ने होला ! राजधानी त्यो पनि मुटु न्युरोड को यो हालत छ भने दूरदराजमा रहेको नेपालि र बासस्थान को कस्तो स्थिति होला ?

  58. हल्ला त रमाइलो पो भयको रहेछा भुत ले लाधयाको भय त के को होस्पितल नि सिधै परमधाम पुरौथियो होला नि होइन र भनेको

  59. धन्यबाद सत्य तथ्य जानकारी को लागि !! धेरै बेर देखि यो ब्लग कै आशा मा थिए !!

Comments are closed.