कतै हाहाकार, कतै फालाफाल

abhav
अहिले राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार छ। लामो लाइन लाग्न थालेको छ पेट्रोल पम्पहरुमा। पत्रपत्रिकाहरुमा देशभर पेट्रोलियम पदार्थको अभाव शीर्षकमा समाचार र फोटोहरु छापिन थालेको छ। तर हिजो मैले लुकेर खिचेको यो फोटो भारतको पक्कै हैन, यही देश कै हो। देशभर हाहाकार हुँदा यहाँ चाहिँ कसरी फालाफाल भएछ ?

photo (6)
यी फोटो हुन् मलेखुको बैकुण्ठपुरीस्थित अम्बे आयल्सको हिजो दिउँसोको।

photo (5)
हेर्नुस् त यो गाडीभित्रको ड्रममा मात्र हैन, ऊ त्यो छेउको ट्र्याक्टरमा राखिएका ड्रमहरुमा पनि पम्पको पाइप लगेर धमाधम पेट्रोल भरिरहेका थिए। पानी त यति ड्रम पाउन गाह्रो हुन्छ, यो त पेट्रोल पो !

photo (7)
अभावका बेला एउटैलाई यति धेरै पेट्रोल बेच्न पाइन्छ त ? अचम्म 🙂

21 Comments

  1. यो पेट्रोल ल्याउने गाडी पकै पनि कुनै फोकटमा पेट्रोल लाने अथवा उधारो लाने को हुनु पर्छ I यहाँ पैसा तिरेर कहाँ पेट्रोल पौचा र फोकट मा चलाउने मन्त्रीहरुले पो पाउछ I

  2. यो नेपाल हो नेपाल, यहाँ जस्ले जे गरे पनि हुन्छ । यहाँ कुनै वस्तुहरुको कुनै मोल छैन् । यहाँ जथाभावी मोल छ । तरकारी बजार देखि लिएर आयल निगम सम्म ।

  3. भरे तिर “पेट्रोल छैन” भनेर सुचना पनि त टास्नु छ नि !!!!

  4. होलानी त्यो ड्रम वाला ब्क्ती अयालनिगमसंग सम्बन्धित परिवारको सो मोटर बाईक मा मात्र होइन आफ्नो गाडीमा मात्र होइन ड्रममा समेत भर्न पाको छ

  5. ब्ल्याक मा बेच्न होला के , गाउँ तिर का बाईक holder हरु लाई

  6. Splitting of a party with guns will always be nightmare. Nepal cannot bear another so called peoples war. Imagine Baidya taking away half of looted money and guns?

  7. लुकेर फोटो मात्र खिच्नु भन्दा फोटो सहित कुरोको चुरो पनि बुझ्या भए राम्रो हुने थियो कि उमेश जी, सार्बजनीक सरोकार का बिषयमा हरेक नेपालीले सोध पुछ गर्ने र जानकारी लिने अधिकार त छ नि नेपालमा । तपाई पनि एउटा जनसाधारण ले झैँ बुझेको भए झन् राम्रो हुन्थ्यो कि भन्ने लागिरहेको छ मलाई । नबुझ्नुको कारण पनि हुन सक्छ । मेरो धारणा मात्र राख्या, गलत नसोच्नु होला 😛

    • जब यहाँ कुरोको चुरोको कुरा आयो तब मलाई पनि आफ्नो मनको धारणा राख्न मन लग्यो / आशा गर्छु पक्कै गलत सोच्नु हुन्न होला / मैले बुझे र देखे अनुसार यसरी लागिएको पेट्रोल, मट्टीतेल वा डिजल गाऊ मा लगेर सर्वसाधारणको लागि बिक्रि वितरण गरिन्छ तर बिक्रेताहरुले यति सम्म पनि निच काम गर्छन कि यदि क्रेताले अरु सामान खरिद गरेन भने सिधै इन्धन छैन भनि दिन्छ अब तपाइले भनिदिनुहोस कि यो सार्बजनिक सरोकारको बिषयमा कसले बोलिदिने ?

      राज
      दोहा, कतार

    • कुरा बुझ्ने नाम मा गोदाई खानु भनेको त हैन तपाइले? किनभने कुरा बुझ्न गएपछि तलै किन चाहियो भन्छन खुलस्त भन्नै पर्यो अनि ज्यान जोगौना मुस्किल / त्यसैले मा तपाई संग असहमत छु त्यति देखाउनु अनि पेट्रोल पम्पको नाम भन्नु नै ठुलो कुरा हैनर ? त्यहाँ गएर हत्त खुटा भचाएर अस्पताल भर्ना हुनु भन्दा त लुकिछिपी फोटो बाट नै पाठक हरुलाई सुचित गरेको नै राम्रो लाग्यो मलाई त / हुन् त यो साहस न भएको मान्छे को बच्ने दाउ भन्नुहोला हिम्मत वाला साथीहरुले तर आफ्नो चाही मुलमन्त्र नै हुलमुलमा जिउ जोगाऊ अनिकालमा बिउ जोगाऊ हो / साथी हरुलाई कस्तो लाग्छ?

  8. माथिका मित्रहरुलाई ईक ईक जर्किन दिन्छौं भनेका छन कि के हो गलत तरिका ले पेट्रोल ड्रम क ड्रम लादा नि हामि लाचार, यो नेपाल हो जासले जे गरे नि हुन्छ आदि आदि. गलत कामलै गलत सहि लै सहि भन्न सिकम. नत्र चुप लागेर बसम. गलत कम लै हामी लाचार जनता भनेर अप्रत्च्या रुप मा सहमति जनाउने मेरा मित्रहरु को पनि भलो होस् .

  9. मेरो अनुमान :
    काठमाडौँ बाट ७० कि मि दुरी मा रहेको यो ठाउँमा खासै काठमाडौँ बाट बाहिर जाने र भित्रिने गाडी हरु को प्राथमिकता मा नपरेको हुन सक्छ. फेरी यो पम्प तरकारी बजार को line ले गर्दा अलि छेकिन्छ. तेसैले एसको कोटा नसकेको हुनु पर्छ. नत्र अरु पम्प भन्दा एसले धेरै कोटा त अबश्यै पाएको हैन होला. तेह पुगेको गाडी लै तेल नदिएर त्यसरी ओसारेको भए चाही बल्ल बिरोध गर्न मिल्छ होला.

  10. तपाई पत्रकार हरु को काम हामि हरु लै सचेत बनाउने हो, र हामि साधारण जनताको काम सचेत भएर यस्ता कुरा हरु को बिरोध गर्ने हो, तर हामीलाई आजकल सबै कुरा पछि सक्यो, हामि जस्तो कुरा लै पनि हासेर हाम्रो नेपालमा मा येस्तई हो भनेर उ उडाई दिन्छौ. सबै मेरो गल्ति हो, जहिले सम्म मा सुध्रिन्न तब सम्म देश सुध्रिन्न.

  11. अरुतिर हाहाकार भएपनि यहाँ जहिले पनि पाइन्छ …पेट्रोल नपाएको दिन मैले देखेको छैन यो ठाउमा …हुन त पेट्रोल नहुने दिनमा म त्यहाँ नगएको भएर पनि हुन सक्छ …

  12. सरकार न भए को देस मा जस ले जे गरे पनि १००% छुट छ भन्ने पनि पत्रकार महोदय ले न जाने ,न बुझे को पक्कै होइन होला??किन यिन को पछि लाग्ने हो महोदय??सिंह दरबार को पछि लाग्नुस् न हो हजुर??

  13. सवारी कर तिर्न लाइन, पानी बत्ति र टेलिफोन महशुल तिर्न लाइन, बाटो को ट्राफिकमा लाइन, आफुले दिनरात नभनी कमाएको सम्पति र कमाईमा लाग्ने कर को कर तिर्ने लाइन, यो देशमा केहि हुँदैन भनि विदेश जना खोज्यो पररास्ट्र मन्त्रालयमा लाइन ए हजुर यो लाटा, बहिरा र अन्धाहरुको देश हो l जसले जे गरेपनि देख्ने सुन्ने र हेर्नेले महसुस मात्र गर्न सक्छ तर बिरोध कसैले गर्दैनन्, गरुन पनि कसरि बिचरा सबै म जस्तै लाचार हरु नै त होलान बिहान बेलुका को छाक टार्ने जोहो मै ब्येस्ता होलान…

    • हाहा हा कहाँ त्यसो होर ,यो त् नेता र कार्यकर्ता हरु नुहाउनेको लागि हो/

  14. यो नेपाल हो नेपाल यहाँ जे पनी हुन्छ अचम्म मान्नु पर्दैन . अझ हेर्दै जानु के के हुन्छ हुन्छ , पशुपति नाथ ले हामी सबै को भलो गरुन . जय नेपाल

    • पशुपति ले के भलो गर्छ / आफ्नै भलो गर्न नसकेर हरिबिजोक भैराखेको छ /

Comments are closed.