‘एनसेल कनेक्ट’ सित्तैमा ?


सुजनचन्द्र पौडेल

एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजानिक गरेको छ। छापाहरुमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा “कनेक्ट” सित्तैमा पाइनेछ। २९९९ रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८ रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने ? त्यसैले सर्वसाधारणले यो स्किमप्रति उल्लेख्य चासो राखेका छन् तर विज्ञापनमा भनिए जस्तो उपभोक्तालाई सित्तैमा डाटाकार्ड दिए जस्तो गरे पनि एनसेलले घुमाईफिराई उपभोक्तालाई मूर्ख बनाइरहेको छ।


एनसेल नेपालको अग्रणी दुरसञ्चार सेवा प्रदायक हो। दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ७१ लाख प्रयोगकर्ता भए पनि अहिले उसको प्रयोगकर्ता ८० लाख (घोषणा हुन बाँकी) नाघिसकेका छन् जुन संख्या नेपाल टेलिकमको कुल उपभोक्ता संख्या भन्दा धेरै हो। नेपाल दूरसञ्चार प्राधिकरणबाट आधिकारिक पुष्टि नभए पनि देश कै पहिलो सेवा प्रदायकको रुपमा एनसेलले बाजी मारिसकेको छ तर पनि उसले शर्त माथि शर्त लगाउँदै उपभोक्तालाई झुक्याउने स्किम सार्वजानिक गर्न छाडेको छैन।

विज्ञापनलाई नियालेर हेर्ने हो भने २९९९ रुपियाँमा १० जीबी डाटा किन्दा २२५८ रुपैयाँको डिभाईस सित्तैमा दिइने बताइएको छ। उपभोक्ताले तिर्नु पर्ने रकम २९९९ भनिएको भएता पनि त्यसमा १३ प्रतिशत भ्याट जोडेर ३३८९ रुपैयाँ बुझाउनु पर्ने हुन्छ। अब उपभोक्ताले सित्तैमा पाउने डिभाइसको मुल्य २२५८ दिइएको छ जहाँ पहिले नै २५९ रुपैयाँ भ्याट जोडिसकिएको छ मतलब डिभाइसको मूल्य जम्मा १९९९ हो र त्यसलाई भ्याटसहित जोडेर २२५८ बनाइएको छ। एउटै विज्ञापनमा दिइएका मूल्यमा दुईथरी मूल्य राख्नु सर्वसाधारणलाई झुक्याउने काम हो। कि त भ्याट जोड्नै हुन्न थियो दुवै मूल्यमा, कि दुइवटैमा जोडिनु पर्थ्यो। झुक्याउनलाई र आफ्नो मतलबका लागि एउटामा जोड्ने र अर्कोमा नजोड्ने किन ? थोरै लिएर धेरै दिए जस्तो गरेता पनि धेरै लिएर थोरै मात्र दिने एनसेलको नौटन्की उपभोक्ताले बुझ्नु जरुरी छ। यदि त्यस्तो हुन्थेन भने एनसेलले एकै खालको (भ्याट सहित वा भ्याट बाहेकका) मूल्य दिन किन सकेन ?

यहाँ एनसेलको नियत कहीँ पनि स्वच्छ देखिएन। यो सरासर उपभोक्तालाई झुक्याउने काम भइरहेको छ। अझ एनसेलले सित्तैमा दिने भएपछि त्यो डिभाइसको भ्याट एनसेलले तिर्दै तिर्दैन र डिभाइसको मूल्यमा भ्याट लगाईरहनु जरुरी नै थिएन। एनसेलका अधिकांश स्किम यस्तै शर्त/कुशर्त लगाइएका हुन्छन जुन कुरा उपभोक्ताले राम्रोसँग बु्झ्न नसक्दा ठगिईरहेको पत्तै पाउन्नन्।

सोही स्किमलाई हेर्ने हो भने १० जीबी डाटा ३० दिन भित्र सकिसक्नु पर्ने हुन्छ। ३० दिन भित्र सकिएन भने ३१ औँ दिनको दिन इन्टरनेट चल्दैन। डिभाइस सित्तैमा पाउने आशमा एक महिनामै ३३८९ को इन्टरनेट चलाउने कुरा अहिलेको समयमा धेरै महंगो हो। एक महिनापछि पुनः रिचार्ज गरेर अर्का कुनै एउटा प्याकेज छान्नु पर्ने हुन्छ। छोटो समयको लागि धेरै इन्टरनेट चलाउनेको लागि यो योजना उपयुक्त लागे पनि नेपाल टेलिकम लगायत अन्य आइएसपीहरुको अनलिमिटेड इन्टरनेट चलाउनेको लागि यो योजना सर्वाधिक महंगो सावित हुनेछ। एक महिना इन्टरनेट चलाएपछि मात्र उपभोक्ता आफू ठगिएको महशुस गर्छन् तर यो सित्तैमाको नाम राखेर डाटा कार्ड बेच्ने एनसेलको रणनिति मात्रै हो जुन उपभोक्ताले राम्ररी बुझ्नु आवश्यक छ।

नेपालमा दुई वटा मुख्य दुरसञ्चार सेवा प्रदायक भए पनि नेपाल टेलिकम एनसेलसँग कडा प्रतिस्पर्धामा उत्रन नसक्दा एनसेले देशभरि नै एकाधिकार जमाइसकेको छ। प्रतिस्पर्धी सेवा छैन भनौँ भने नेपाल टेलिकमको पनि सेवा छ, तुलनात्मक रुपमा सस्तो भएता पनि उसको सेवा अभरपर्दो र गुणस्तरहीन भइदिदाँ एनसेलको प्रभाव बढ्दै गएको छ। गुणस्तरमा एनसेलको सेवा सामान्य भए पनि महङ्गो छ। उपभोक्ता जसरी पनि ठगिई रहेका छन्।

47 Comments

  1. यो एन्सेल को बिदेशी लगानी कर्ता हरु यसमा लगानी गर्नु पूर्व ३ महिना काठमाडौँ का ट्याक्सी ड्राइभर को संगत मा थिए रे ….मोऱा ड्राइभर हरुले सप्पै सिकाई दिएछनकसरि कसरि छुस हान्ने भनेर …..अहिले आफै पुर्पुरो मा हात लगाएर बसेका होलान..चेला ले गुरु लाई मज्जाले ठग्यो भनेर ….

  2. ncell को Customer Service मा बस्नेहरु को बोल्ने तमिज चाहिं पटक्कै छैन है|

  3. एन सेल बाट ईन्डिया यस एम यस पठाएँको जान त गएन तर पैसा भने खाई दियो तुरुन्त 9005 मा कल गरेर किन पैसा काट्यो भनेर सोधेको त एक जना पुरुष ले एक छीन होल्ड गर्न लगाएर यसो पो भन्छ है, पैसा नखानु त दुनियाँ भर को मोबाइल मा ईन्टरनेट चलाऊने रहेछ अनि पैसा नखानु त? त्यै पनि ठाडो स्वर मा , झनक्क रिश उठि हाल्यो अनि भनि दिए इन्टर्नेट दिन भरि चलाऊ कि रात भरि तिम्रो पैसा ले चलाएको छैन आफ्नो जेब बाट पैसा तिरेर रिचार्ज कार्ड किनेर चलाई रहेछु तिम्रो बोल्ने तरिका यही हो? मेरो बोली पुरा नहुँदै फोन काटी दियो , मैले लोड सेडिङ को बेला मा आफ्नो मोबाईल बाट इन्टर्नेट चलाऊने गर्थे अरु बेला महँगो ( शायद संसार भरि मा यही नै महँगो होला ) भए पनि एन सेल कै यु यस बी डाटा कार्ड 500 एम बि को रिचार्ज गर्दै चलाऊने गर्थे महिना को 1500 देखि 2500 त्यसै पनि खर्च हुन्थ्यो , त्यस् दिन देखि मैले एन सेल होईन एन टि सि को सिम कार्ड चलाऊछु अनि इन्टर्नेट चाँही अर्कै कम्पनि बाट अनलिमिटेड महिना को 1695 तिरेर चलाई रहेको छु हो म यो कुरा मान्न तयार छु कि एन सेल को सर्विस् राम्रो छ तर त्यही घमन्ड ले र एन टि सि को नराम्रो सेवा को फाइदा उठाएर नेपाली जनता को ढाड सेकी रहेको छ मैले यो पनि सुनेकोछु नयाँ दुई वटा मोबाइल कम्पनि आउँदै छ रे हुन सक्छ एन सेल को भन्दा राम्रो र सस्तो सेवा देला अनि ? एन सेल को ग्राह्क जती उतै गै जाला किन भने हामीलाइ जस्ले राम्रो अनि सस्तो सेवा दिन्छ उतै आकर्सित हुने हो , एन सेल जि धेरै फाईदा भन्दा सस्तो र राम्रो सेवा दिनुस् ग्राह्क भड्कियो भने तपाईं लाइ एक नम्बर बाट अन्तिम नम्बर मा झारि देला ग्राह्क भगवान भन्नु हुन्छ तर भगवान लाई नै किन यसरी बेईमान गर्नु हुन्छ ।ग्राह्क लाई हात्ती को जस्तो देखावने दांत नगर्नुस् न है

  4. नेपाली ले नेपाली लाई ठगेका छन् एसमा खासै चिन्ता लाग्न छाडे को छ तर बिदेशी ले ठगेको आर्को उदाहरण हो यो , मैले धेरै पहिले देखि यहि कुरा मा चिन्ता लागे र आफ्नै देश क ठग लाई प्रोत्सोसन गरुन तर बिदेशी लाई हुँदैन है किन कि नेपाली ठग को पैसा त तेस्कै छोरो छोरी ले नेपाल तिरै सक्छा तर बिदेशे ले लग्यो भने त हाम्रो हातमा सुन्य. तेसैले कृपया बिदेशे को दलाल र बिदेसी agent हरुको झूट कुरो को पछी नगलागौं. NTC रोजुं ncel छोदुं है

  5. The Co. so called Ncell, already in the past victimized me in disguise of their such a different deceive business offers. Better staying away from Ncell’s unfair business practice!

  6. एन्सेल को के कुरा गर्नु यार ! यो त चोर नै हो, मैले पनि यो नेट को सेट किनेको थियो तर पैसा त एक छिनमा नै बालुवाले पानी निले जस्तै निल्दो रहेछा, ओहो एक दुइ सय त दुइ चार मिनेट मा नै स्वहा पर्दो रहेछा. मो त छक्क परे अनि चलाउन नै छोडे हौ……

  7. एनसेलको सिमबाट नेट चलाउदा एक एमबीको रु.७ गरेर एक जीबीको रु.७००० भन्दा बढी पर्छ, संसारमा यति महंगो त अरु कतै छैन होला, डाटा सिममा पनि बढी पैसा तिर्न नसक्नेलाई झन महंगो छ, यसरी गरिबहरुलाई लुटेर हुनेहरुलाई सस्तो अफर दिईरहेको छ एनसेल ले, ईन्डियाले क्रिकेट जित्दा नेट फ्रि गर्छ, झन ब्यालेन्स चेक गर्दा समेत हिन्दि गीतहरुको बिज्ञापन देखाउछ यार..

  8. एनसेल नेपाली सोझा सीधाहरुलाइ मुर्गा बनाउने स्किम बाहेक ल्याएको देखिंदैन/ सम्बन्धित निकायले छानविन गर्न जरुरि छ /

  9. जनतालाई नलुटी त कसरी मन्त्री राज्य मन्त्री हरुलाई करडौ गुस ख्वाउन सक्छ !!! NTC दुब्यो नेताहरुले गर्दा जनता दुब्यो NCELL गर्दा

  10. नेपाल टेलिकम को गए गुज्रेको सेवाकै कारण Ncell लाइ ग्राहक लुट्ने अवसर प्राप्त भएको हो! मैले नेपाल टेलिकम को ADSL सेवा लिएको छु , फोन बिग्रिएको १५ दिन भयो १०० पटक भन्दा बढी फोन गरेर मर्मत गरिदिन अनुरोध गर्दै आएको छु. टेलिकमको सेवा येस्तै हो भने छिटै जनकपुर् चुरोट कारखाना हुन बाट श्री पशुपति नाथले पनि रोक्न सक्दैनन I

  11. एनसेलको कुनै पनि स्कीम लिनको लागि जहिले पनि त्यसको सर्तहरु राम्रो संग हेरेर मात्र लिनु पर्छ नत्र फस्छ है त त्यसैले यीनीहरुको वारेमा ध्यान दिनु जरुरी छ

  12. अमेरिका होस् कि नेपाल जहाँ पनि उस्तै !!
    – ठुला ठुला सेवाको कुरा गर्ने अनि व्यापारिक टिरिक लगाएर मान्छे मुर्गा बनाउने !!!

  13. हरे यी कम्पनी को कुरा गर्दा म आफ्नो फुटेको मोबाइल सम्झन्छु. चाहिएको बेला जति ट्राइ गरेनी फोन नलागेसी भुइँ मा रिस ले पछार्दा त्यो मोबाइल ले मलाइ कति गालि गर्यो होला.? सबै चोर नै चोर छन् भन्या, सेवा प्रदायेक कम्पनि को नाम मा ठग हुन् सब.

  14. होइन मैले नबुझेको कुरा त्यो device को अरु के काम त्यो त data किन्दा यसै पनि सित्तैमा आउनु पर्ने होइन र ? म uk मा छु यहाँ त data किन्दा त्यो device त यसै आउछ जस्तो लाग्छ मलाई त … पेन drive हो र पैसा लाग्नलाई ?

  15. यस्ता जन्तामाराको सेबा नलिंदा नि हुन्छ नि !! आफु संग त सामान्य मूल्य पर्ने NTC कै सेवा छ |

  16. एनशेल त मलाई सित्तैमा दिएपनि चाहिएन,एनशेल त ठग हो

  17. Ncell र NTC दुवै चोर मात्र होइनन महा-चोर हुन्….जनता लाई चुस्ने संयन्त्र हरु …

  18. यो ncell मैले पनि किने को थीए सुरुमा सय रुपीया थीयो एकदिन एकदुई call गरे … अनि फोन स्वीच off गरेर तिन चार दिन पछि चलाउदा त balance theyo ३ रुपीया … दैब जानूँन ८० रुपीया कहाँ गयो ???? अब क कुरा गर्नु ncell को…आती चोर कम्पनी ….!!!

  19. नेपाल टेलिकम लाई राजनीतिक पार्टी हरु ले खाए अनि एउटा चोर कम्पनी आयो मेरो mobile .जो आज भोलि नाम फेरेरै भए पनि सोझा नेपाली ठग्दै छ /मलाई लाग्छ एस का ग्राहक गरना मा मात्र धेरै छन् वास्तविक एस को ठगि नै हो /नेपाल टेलिकम ले आफ्नो नेटवर्क मा सुधार गर्ने हो भने एन सेल को पत्ता साफ हुनेछ /तर के गर्नु ४ पार्टी ले भाग लाएर चलाउने नेपाल टेलिकम दल,दल मा फसीसकेको छ के गर्नु र?खाए हुन्छ एन सेल ले नै येही हो जनता ठग्ने मौका ……………..

  20. यो एन्शेल जस्तो ठग कम्पनि त कोहि पनि छैन.
    मसंगपानी एसको इन्टरनेट डिभाइस छ तर यो एती महँगो छ केमा कतिखेर पैसा कतिन्छा पत्तै हुदैन.कहिलेकाही अर्जेन्ट मेल चेक गर्न १०० रुपको रिचार्ज कार्ड किनेर इन्टरनेट चलायो भने Hotmail , gmail र faebook खोल्दा खोल्दै १०मिनेत्तपनि नभई ब्यालेन्स सिद्दिन्छा.

  21. नकिन्नु होला , मैले एकचोटी किनेको थिए ,एती घाडो भो मलाई कुरा नगरम केहि काम को छैन .
    मलाई त adsl नै ठिक लाग्छ . july मा २ महिना को लागि नेपाल जाँदै छु , मसंग device ajhai cha बरु २ maina net nachalai बस्छु तर ज्यान जाला यो चै चल्लौना

  22. एन सेल को कुरै नगरौं यो जस्तो ठग कम्पनि सायद छैनन् होला मेरो घरमा ४ वटा सिम तेसै छन तेस्को प्रोयोग छैन हुनत ७० लाख ग्रहाक्मा गन्ति बहेको छ तर यसले भने जति गराह्क काननै काटे पनि पुग्दैन ५० रुपिया किन्ने अनि पैसा सिदिहे पछी फाल्ने,युज एंड थ्रोव हो यो अनि नेट को कुरै नगरौं कुरा गरे रिस उठेर आउँछ मैले त यसको फेस बुक पेज मा पनि देरै पटक लेखिदिहेको छु साथि हरु यसलाई तपाई हरु पनि फेस बुक पेजमा TAG गर्नुस र नाथागीहेका जनता लाइ ठग्न वाट बचाऊ

    जय देश

  23. लोड शेदिंग को देश मा टेन जीबी तिस दिन मा सकाउनु पर्ने ?
    अप्ठारो मा फलेको फर्सी………………….

  24. जनतालाइ नडसीकन कहाँबाट Ncell का कर्मचारीहरुले लाख रुपे तलब खाने त….. छल्ने र लुट्ने त गरनै भो नि…..

  25. बिना स्किम ३००० को डाटामात्र किन्दा , डाटा नसकिन्जेल वर्षो सम्म नि चलाउन पाइन्छ , तर त्यही ३००० को स्किम जस्तो देखिने गरी झुक्काएर जम्मा ३० दिनमात्र दिएर सरासर ठगि गरेको छ ।

  26. एन सेल भनेको..
    N नेपाली लाई
    C चिटिंग गरेर
    E ईटिंग गरेर
    L लास्ट मा
    L लास बनाउनु नै हो……../मतियार गुप्ता त जेल हिडेसी अरु मतियार नभेटेर उपेन्द्र बाबु (समाज सेबी)ले नि छोड्यो…अब ग्राहक धेरै त किन नहोस घर घर मा बच्चा हरु एन्सेल को सिम को ‘भाडाकुटी’ जो खेल्छन……

  27. खोइ त उपभोक्ता हित मंचका ज्योति बानिया जी? येस्तो ठगीको खेलमा किन चुप लगेर बसेको?

  28. बरु adsl नै ठिक / महिनाको ७३८ को दरले ३ महिनामा १५ gb पाइन्छ / स्पीड पनि १ mbps सम्म हुने / सरकारी हरु अल्छी भएपनि ठग चै हुदैनन् /

  29. UTL को data सिम १००० रुपैयाँमा किन्ने त्यसमा ५६५ रुपैंयाको balanace हुन्छ !एक महिनाभरी जत्ति नेट चलाए पनि पुग्छ ! अनि फेरी ५६५ रुपैंयाको रिचार्ज गर्ने अर्को महिनाभरी जत्ति नेट चलाए पनि पुग्ने रैछ ! अनि किन एन्सेल्को मुर्गा बन्नु पर्यो? मलाई त यस्तो स्किम सित्तैमा दिए पनि चाहिंदैन .

  30. को संग कति वटा सिम छ त्यो पनि भनम है साथि हरु, अनि कति वटा प्रयोग मा छन् त्यो पनि खुलाम . म संग चाही 3 वोटा छन् तर ति सबै प्रयोग नै नगरी फालेको मैले पनि.

  31. यो ncell को कुरा गरि साध्ये छैन | राती कल गरेको ७० पैसा भन्छ, र मैले राती ११ बजे ncell कै अर्को नम्बर मा कल गरे १०० को कार्ड हालेर तर त्यो ३२.२९ मीनेट मा सकियो| आफै भन्नोस् मीनेट को कति पर्यो? यो सब फन्दा सोझा नेपाली लाई झुक्कउने चाला मात्र हो | म संग कुनै बेला ८ ओटा सम्म NCELL को सिम थ्यो , सब सिम मैले त्यो बेलै भाचेर फालिदिए, त्यो दिन देखि ncell चलौन्न भनेर कसम खाको छु |

  32. एउटा उखान छ नि , सस्तो बेशाहा ले पखाला लाग्छ….. ठ्याक्कै त्यहि हो !! जति नै हमंगो होस् त्यहि प्रयोग गर्नु पर्छा पैसा को निकै बचत हुन्छ !! सस्तो भयो भने निकै खर्च हुन्छ किन कि धेरै फोन इन्टरनेट चलाइन्छ महँगो भयो भने थोरै चलाइन्छ !!

  33. एनशेलको के कुरा गर्नु…म यसको ‘मेरो मोबाइल’ बाट सुरु हुँदा देखिको ग्राहक थिए .
    यसले यति ठग्यो कि त्यहि भएर मैले सिम नै change गर्नु पर्यो ..call गर्दा net चलाउंदा लाग्ने भन्दा बढी charge लिनु त एसको बिशेषता नै हो ..
    अर्को कुरा एन शेलको ग्राहक यति लाख उति लाख भन्ने गफ मात्र हो ..मेरो घरमा एन शेल को 6 (छ) वटा simcard फालेको अवस्थामा छ ..मैले चिनेको धेरै साथी हरु संग पनि मेरो भन्दा बढी सिम छन् …ग्राहक संख्या मात्र बढी देखाएर हुन्छ ?? sim card use भएको छ कि छैन हेर्नु पर्यो ..एनशेल त मलाई सित्तैमा दिएपनि चाहिएन…

  34. एनशेलको के कुरा गर्नु…म यसको ‘मेरो मोबाइल’ बाट सुरु हुँदा देखिको ग्राहक थिए .
    यसले यति ठग्यो कि त्यहि भएर मैले सिम नै change गर्नु पर्यो ..call गर्दा net चलाउंदा लाग्ने भन्दा बढी charge लिनु त एसको बिशेषता नै हो ..
    अर्को कुरा एन शेलको ग्राहक यति लाख उति लाख भन्ने गफ मात्र हो ..मेरो घरमा एन शेल को 6 (छ) वटा simcard फालेको अवस्थामा छ ..मैले चिनेको धेरै साथी हरु संग पनि मेरो भन्दा बढी सिम छन् …ग्राहक संख्या मात्र बढी देखाएर हुन्छ ?? sim card use भएको छ कि छैन हेर्नु पर्यो ..एनशेल त मलाई सित्तैमा दिएपनि चाहिएन…

  35. आकष्मिक अवस्थाका लागि लौ त नि भनेर ‘कनेक्ट’ लिएर रु.५००/५०० एमबीको प्याकेज हालेको ३ दिन पनि चलेन । मेल चेक, गुगल गर्नुजस्ता सामान्यरूपले चलाउँदा पनि डाटा ट्रान्स्फर यति छिटो-छिटो सकियो कि विश्वास गर्न सकिरहेको छैन । एकदिन गएर मार झपार्नुछ एनसेकाहरूलाई । ठग नै रहेछन् ।

  36. Ncell पनि ठग हो नेटवर्क ब्यबसाई जस्तै .

  37. नेपाल टेलिकमको volume based इन्टरनेट ९ GB तीन महिना मा सक्न पनि नसकेको अबस्थामा १० GB ३० दिनमै कसरि सकिएला र? data कार्ड सित्तैमा भन्ने मात्रै हो, NCell ले उपभोक्ता लाई मुर्ख बनाउने मात्रै हो | एकै जनाले १० वटा सिम लिंदै फाल्दै गरेर ८० लाख उपभोक्ता भो भन्नु कति सम्म ठिक हो ? स्किम पिच्छे नयाँ सिम किन्ने हरु धेरै छन्, अनि ८० लाख मात्रै होइन नेपाल को जनसंख्या भन्दा पनि बढी सिम NCell ले बेचें भनेर छिट्टै भन्नेछ .

  38. डाका नेताहरुले नेपाल टेलीकाम लाई डुबाएर नै छोड्ने भए , एन-सेल संगको मिलेमतोमा , टेलीकाम लाई केहि गर्न लाई नदिए पछित एन-सेल ले जे गरे पनि भै हाल्यो , घुस / घोटला ले सक्ने भयो मेरो देश !!!!!

  39. नेपाली जनताहरू धेरै सोझा र सिधा छन , त्यसैले हामीलाई जसले पनि सजिलै मुर्ख बनाउन सक्छ ! चाहे त्यो नेता होस् र चाहे ब्यापारी ! ७ महिना अघि मैले पनि एउटा device लिएको थिएँ , जसको मूल्य २२००/- + मैले ५००० एम बि २२०० को तर दशैं discount ११०० मा bhat सहित जम्मा ३३००/- मा लिएको थिएँ ! सावधान ………… facebook मात्र चलाएर पनि त्यो ५००० mb त सिद्धिसक्यो ! मैले एन शेल को device किनेर गल्ति गरेको जस्तो लागि रहेको छ ! अहिले को स्किम त झन् ठाडै धोखा जस्तो लाग्छ ! १ महिनामा ३०००/- सार्है सार्है नै महँगो ! तर गर्ने के ….?????? यहाँ सरकार लाइ मतलबै छैन !!!!! शायद कमिशन तन्त्र कै उपज होला यो !!!!!

  40. कसरी धेरै पैसा असुल्ने भन्ने रणनिती हो यो
    नेपालीलाई मुर्ख बनाउनि खेल मा नलाग्ने हो कि भन्ने सम्मन सोच कसै को छैन
    बरु हामी सबैले तिरस्कार गरौ न कसो हुंछा?

  41. दैनिक जसो पाउने पेज भरिका बिज्ञापन गुम्ने डरले कुनै पनि छापा र अन्य संचार माध्यमले यस्ता लुटको बारेमा लेख्न सकेका छैनन

  42. नेपाल मा कानुन भए पनि पैसावालालाई नलाग्ने भए पछि सिधा साधालाई जसरी घुमाई घुमाई ठगे पनि के नै भएको छ र! एनसेल ले जहिले पनि सुविधा दिएको भन्दा दोब्बर फाईदा लिएकै छ यस्तो बिज्ञापनमा कहिले नै पो ठगेको छैन र! बुझ्नेजति ठगिन्दैनन् नबुझ्ने सिधा साधा ठगिन्छन र जहाँ सम्म लाग्छ यो लेख पठ्ने जति अब ठगिन्न् भन्ने मलाई लाईराछ,

  43. राजनैतिक अ-सन्तुलनले गर्दा सरकारी निकाय सधै उधो लाग्छ भने निजि उभो! सरकारी निकायमा के कुरा को कमि हुन्छ र? सबै सुबिधा युक्त/सर्बसम्पन्न, बजेट छेलोखेलो, तर काम गर्ने कर्मचारी अनि नैतिकता नै नभएका, अनपढ, भ्रस्ट नेता साथै समयानुसार नियम नबदलिनु नेपाली जनता कालागि अभिशाप भएको छ! अलिकति जनता/प्रयोगकर्ता पनि लेडे प्रवृत्तिका जो चाई सस्तो छ भन्दै नसोच्दै नबुझ्दै बिज्ञापन का पछि कुदेका छौ!

    नभए टेलिकम जस्तो सस्तो (हुनत नेपाल को टेलिकम सुबिधा संसारकै सस्तो मद्धे मानिन्छ) अत्याधुनिक सुबिधालाइ हामीले यति धेरै तिर्नु नपर्ने हो!

  44. एन सेल ले पहिला देखि नै नेपाली जनता लाई ठगिरहेको छ | बजार मा प्रतिस्पर्धी कडा रुपमा प्रस्तुत हुन नसक्दा महँगो भए पनि एन सेल नै चलाउन नेपाली जनता बाध्य छन् | नेपाल टेलिकम को लोकल कल प्रति कल (प्रिपेड मोबाइल बाट ) रु १.५( कर बाहेक पर्छ भने एन सेल को (प्रिपेड मोबाइल बाट ) रु १.९९ अर्थात् २ रुपैया पर्छ त्यो पनि कर बाहेक | अनि २० सेकेन्ड को पल्स भनिए पनि कहिले कहिँ १८-१९ सेकेन्ड मै २० २१ सेकेन्ड अनुसारको पैसा काट्ने gardachh | पहिला फ्री मा भनेर १-२ महिना को लागि स्किम ल्याउने र पछि पैसा काटिदिने गर्दछ | एन सेल ले सोझा नेपाली लाइ लुट्ने काम गरिरहेको छ |

  45. यो कनेक्टको कुरो नगरेकै राम्रो , यति महँगो छ कि त्यो त मैले बागमतीमा बगाइदिएको हु , जोगी बनाउने जिनिस हो यो त !

Comments are closed.