जम्बो मन्त्रीको जम्बो नै खर्च, जिल्ला घुम्न करोड उडाए

मन्त्री बन्न किन हानाथाप हुन्छ ? किन हुँदैन त ? गाडी सुविधा पाइन्छ, विभिन्न अन्य सुविधा भत्ता पाइन्छ। काम खासै केही गर्नुपर्ने हैन। त्यसैले त नयाँ संविधानमा पनि जम्बो सभासद बनाउने तयारी भएको। यस्तै सुविधा मध्ये एक हो भ्रमण भत्ता। भ्रमण भत्ता भन्ने बित्तिकै धेरैले विदेश भ्रमणमात्रै बुझ्छन्। विदेश भ्रमणमा पक्कै आकर्षक भत्ता त्यो नि डलरमा हुन्छ। तर देशै घुम्दा पनि पैसा नआउने हैन। तपाईँ पत्याउनुस् कि नपत्याउनुस्, बाबुराम भट्टराईको जम्बो मन्त्रिमण्डलले जिल्ला घुम्न मात्रै तपाईँहाम्रो करबाट बनेको राज्यकोषबाट एक करोडभन्दा बढी रकम उडाइसके। एक मन्त्री जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमणखर्च पाउने गर्छन्। एक प्रधानमन्त्री भट्टराई थिए, जो यात्रा खर्च बचाउने भन्दै प्लेनमा इकोनोमी क्लास चढ्थे। अनि भ्रमण भत्तावापतको पैसा दिन्थे राज्यकोषमा फिर्ता। अनि उनकै मन्त्रीहरु भने आफ्नै जिल्ला जाँदा पनि भत्ता पचाएर बसेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०६८-०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च सार्वजनिक गरेको छ। एक करोड ३२ लाख रुपैयाँ। हजुर यति धेरै रकम खर्च भएको छ उनीहरुबाट।

क-कसले कति खर्च गरे बुझौँ

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार,
पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ता जो अहिले जेलमा छन् रु.१ लाख,
मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार,
मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार,
मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार
मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार,
महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार,
लोकेन्द्र विष्टमगर भिसा मन्त्रीले रु.२ लाख ४२ हजार,
गोपाल किरातीले रु. ४ लाख ६१ हजार,
भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार,
रामकुमार यादवले रु.१ लाख
अनिलकुमार झाले रु. ५ लाख ६४ हजार
मन्त्री वृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार,
हेमराज तातेडले रु.४७ हजार,
कमला रोक्काले रु. १ लाख ५० हजार,
राजलाल यादवले रु.३ लाख १७ हजार,
मुहम्मद वकील मुसलमानले रु. ६७ हजार,
दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार,
कल्पना धमलाले रु. १ लाख ५५ हजार
सत्य पहाडीले रु. ३ लाख ८८ हजार
गलहत्याइएका मन्त्री नन्दनकुमार दत्तले रु.५ लाख
गलहत्याइएका मन्त्री सरिता गिरीले रु. ६३ हजार

मन्त्रीहरु मात्र हैन राज्यमन्त्रीहरु पनि खर्च गर्न नामी छन्
राज्यमन्त्री खोभारी रायले रु. २ लाख ५९ हजार,
राम बचन यादवले रु.१ लाख ७५ हजार,
सरोज कुमार यादवले रु.७९ हजार,
दिलीप महर्जनले रु. २ लाख ८३ हजार
विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार
सूर्यमान दोङले रु. ३२ हजार,
लीला भण्डारीले रु. ३ लाख १९ हजार,
गोपी अछामीले रु. ४ लाख,
घनश्याम यादवले रु. ४ लाख १८ हजार,
ज्वालाकुमारी साहले रु. ८७ हजार,
सुष्मा शर्माले रु. ४४ हजार,
हरिराज खेवाले रु. ४ लाख ४५ हजार,
सुनिताकुमारी महतोले रु. ८४ हजार
भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार
लक्ष्मण महतोले रु. ९७ हजार,
दुर्गादेवी महतोले रु. ८४ हजार,
काशीदेवी झाले रु. ६६ हजार,
ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार,
अरविन्द साहले रु. ३ लाख ४७ हजार,
रमणी रामले रु. २७ हजार,
सुरिताकुमारी साहले रु. २ लाख ३० हजार
ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार

54 Comments

  1. माईसंसारलाई धन्यबाद | जनताको परिश्रमको लूट त् यहाँ पो देखियो | न सुरक्षा दिन्छ न बिकाश, किन हाम्रो परिश्रम यीनी हरु लाई दिने ?

  2. धेरै जसो वा avarag मा हेर्दा मधेशी मन्त्रि हरुले खर्चेको देखियो, स्याबास मधेशी मन्त्रि हो एकदमै नराम्रो छ ! जनताको पसिना र रगत चुसेर मोज गर तर एक-दिन तेरो छाला काडेर नुन,खुर्सानी,अमिलो लगाएर सबैको अगाडी बिजोग हुने दिन न-आउला भन्न सकिन्न, मज्जाले सक्दो मोज-मज्जा गर्दै जानु, ठिक छ ! यदि luckily त्यो दिन aena भने भाग्यमानी होला ! स्याबास !!

  3. सबैलाई अनुरोध,

    नेताको भता र आजिबन सुबिधा को बिरोधमा अब फेरी एउटा आन्दोलन जरुरि छ/ कित वार कि पार/ होइन कति सहने भने/ अब त सहदा सहदै पेट पोलिसक्यो/ लौ न मलाई साथ दिनुस अनि म जान्छु सबभन्दा अगाडी यो आन्दोलन मा/ तर मलाई बन्नु छैन कुनै नेता सेता/ यो शुरुवाट लाइ अगाडी बढाउँ अनि सबै मेडिया सम्ममा पुर्याउन कि कुनै जनता लाई मन्जुरी छैन यी नेतालाई दिने अजिबन सुबिधा र भताको/ शुरुको आन्दोलन बन्दुक उठाएर नै हुनु पर्छ भन्ने छैन बस कलम को ताकतले गर्न सकिन्छ तर कलम मात्रले भएन भने अरु उपाय आबश्यकता अनुसार सोचिन्छ/ प्रार्थना गर्छु कलम को आन्दोलन ले पुगोस र नेताले सुनोस अनि जनताको आज्ञाको पालना होस्/

    म्रो प्यारो देश नेपाल/

  4. सर..र लिस्ट हेर्दा जम्बो मन्त्रीको टोलि जनताको कामका लागि भन्दा भ्रमण भत्ता का निम्ति दौड़ादौड भएको देखियो / यो त भयो भ्रमण गरेरै लिएको रकम जसमा कसै ले एस थोरै अबदी को बिचमा ५ लाख ६४ हजार र रमनी राम ले मात्र २७ हजार पच्ने भ्रमण गरेछन / एकातिर फाटेको टोपी को भरमा नाम्लो थाप्लो मा दिनभर भिर्ने भरियाले दुइ छाक खान धौ धौ हुने हरु लाखौ लाख छन् अर्को तिर राज्य को सम्पति अथाह रुपमा लुट्ने हरु को गणना गर्ने हो भने तेतिकै छन् / बिधायिका ,कार्य पालिका ,न्याय पालिका र कर्मचारी तन्त्रहरुमा / यसबाट नेपालीले कसरि पर पौने ? नेपाल र नेपाली हरुको सुखका दिन हरु कहिले आउने र कसले ल्याउने ?

  5. ध्यान काम भन्दा बाहिर पैसा मा जादा काम बिग्रिन्छ. समस्या त्यो हो.
    माईसंसार ध्यान नदिएर blogging गर्दा quality मा असर गर्छ.
    हामीले काम गर्दा ध्यान नदिदा काम बाट हटाइ दिन्छ.
    Students ले ध्यान नदिदा result राम्रो हुन्छ.
    We all pay attention to get something. We work and survive that way.

    So, when we see those leaders not paying any attention to the political duties, that only says they are not there to perform the political duties. They are anything but political leaders.

    • ध्यान नपुग्दा ‘Students ले ध्यान नदिदा result naराम्रो हुन्छ को सट्टा राम्रो हुन्छ लेखियो. simple

  6. सर..र लिस्ट हेर्दा जम्बो मन्त्रीको टोलि जनताको कामका लागि भन्दा भ्रमण भत्ता का निम्ति दौड़ादौड भएको देखियो / यो त भयो भ्रमण गरेरै लिएको रकम जसमा कसै ले एस थोरै अबदी को बिचमा ५ लाख ६४ हजार र रमनी राम ले मात्र २७ हजार पच्ने भ्रमण गरेछन / एकातिर फाटेको टोपी को भरमा नाम्लो थाप्लो मा दिनभर भिर्ने भरियाले दुइ छाक खान धौ धौ हुने हरु लाखौ लाख छन् अर्को तिर राज्य को सम्पति अथाह रुपमा लुट्ने हरु को गणना गर्ने हो भने तेतिकै छन् / बिधायिका ,कार्य पालिका ,न्याय पालिका र कर्मचारी तन्त्रहरुमा / यसबाट नेपालीले कसरि पर पौने ? नेपाल र नेपाली हरुको सुखका दिन हरु कहिले आउने र कसले ल्याउने ?

  7. सबै भाडा उत्तम पेशा, जागिर,business भनेकै नेता हुनु रहेछ कुनै सैछिक योग्यता पनि नचाहिने लगानी पनि गर्नु नपर्ने , अरु काम जस्तो ९ to ५ पनि गर्न नपर्ने, संसद बस्दा पनि भत्ता, जबकी आवास सुबिधा ,तलब अलग्गै विदेश जादा पनि भत्ता,P A स्वास्नी वा छोरा छोरी राखेर तलब हसुर्न पाइने, आफ्नो क्षेत्र मा जादा भत्ता, जबकी सरकारी गाडी लिएर गएको हुन्छ विदेशमा उपचार गर्न पाइने तेसैले त मन्त्रि हुन सरकार फेर्न मरिहत्ते गर्छन संबिधान बनाउने समय १ महिना छैन सरकार बनाउन हतार छ यिनी हरु देशको बिकाश गर्नको लागि नेता मन्त्रि भएको सोच्नु हामी मुर्ख हो सफा मनले देशको बिकाश, समाजको बिकाश गर्नेले निसुल्क गर्दछ यिनीहरुको जागिरले गर्दा तपाई हामीले सारै दुख पायौ संबिधान मात्र नबनोस जनताले कालो अबिरले स्वागत गर्ने छन्

  8. राजनीति नामक लुट को खेति लाइ मल जल गरेर हुर्काउने गल्ति हामी जनताकै हो,आफ्नो भकारी भर्न पायो भने अर्काको मतलब नराख्ने हामि स्वार्थी माथि यिनी हरु को धुर्त रजाइ हुनु लाइ अन्यथा नलिउ भनौ कि क्या हो !

  9. यो खायको त् ल्वांग सुपारी खाय जतिकै मात्र हो
    ईनिहरुले खायकै कुरा गर्ने हो भने, के मात्रै भन्ने
    क्रान्तिगर्नेले आफै मोल चुकाउन्छ ईनिहरु तिराउछ
    जनयुद्ध गरे भन्छन जनयुद्ध त् बेचेको हो ईनिहरुले
    होईन भने लडाकुलाई तिरायको के हो त्यो भनुनन

    भासन ईनिहरुले वकिलले बहस गरे जत्तिकै गर्छन
    वकिलले जत्तिकै सेतो कालो, कालो सेतो बनाउन्छन्
    वकिलको झुठो माफ, ईनिहरु आफुले आफुलाई माफ
    अनि “फिस” वकिले भन्दा बढि नै असुल्दै आयकैछ/
    होईन भने निशुल्क गाडी घर लियको के हो भनुनन/

    व्यापारीले तोकेको मोल बधायर “कालो धन्दा” गर्छन
    ईनिहरुले औकात भन्दा भत्ता बधायर “लेभी” उठाउँछ
    कालो व्यापारी लुकाउने ईनिहरु नदेखाउने फरक केभो?
    सदनमा समस्याको भारि बिसायर “आवारा” बनि घुमे
    रिसोर्ट होटेलमा महंगा खायर सभामा आची गर्न आय/

    ज्ञानेन्द्र ‘महेन्द्र” नबनिकन निकम्मा लुत्रुके बन्यो बिग्र्यो
    नभय ई “घिचेंद्र” हरुको उठिबास होईन जेलबास हुनेथ्यो
    २ दुना ४ होईन ५ हो भन्दै बहस गरेर भत्ता खाँदै गर्ने
    पन्चेको३०ले भन्दा ईनिहरुको२०ले नेपाललाई ईस देखायो
    घिचेको ठहर भय निच्च दांत देखायर अझै औंलाठड्याउने

  10. माओबादीले त् कांग्रेस र एमालेका भ्रस्ट नेता हरु भन्दा गरिब निमुखा नेपालीको उद्दार गर्ला भनेको त् ,हात्ती आयो,हात्ती आयो ,फुस्सा भयो . हजारौ नेपाली को रगत को खोलो बग्यो जनयुद्द को नाममा. तर आज पनि ति गरिबको लागि माओबादीले पनि भासन मात्र गर्यो,खोइ उनीहरुलाई चाहिने रासन कतागयो ??? नेपाली गरिब सिटामोल किन्न नसकेर मरिराखेको अबस्थामा भू.पु, नेताहरुलाई ( जो ९९.९% भ्रस्ट छन् ) आजिबन चिल्लो गाडी, महल,सुरछ्या कर्मी,DRIVER ,भत्ता,कुन देसमा गरिन्छ त्यो त् मलाई थाहा छैन,तर देस र जनताको हितको लागि राजनीति गर्ने व्यक्तिले नेपालका जुगाहरुले जस्तै देस र जनताको रगत चुस्ने होइन र जनता को हक को लागि लड्ने गर्छन,न त् कमिसन ,भ्रस्टाचार,डकैति गरि दसौ पुस्तालाई पुग्ने पैसा कमाऊछन् ,लाज,सरम,धरम,नैतिकता नै छैन यी सेरे,कुजता,ओली ,माकुने,प्रचण्ड जस्ता धेरै नेता भनौदाहरु भ्रस्ट भएपछी सिधासाधा स्वतन्त्र नेपाली ( जसले कुनै पार्टीको झन्डा नउठाएमा ) ले जताततै घुस नदिए तपाई मर्न पनि सक्नु हुन् आज को नेपालमा ,ग्रिह मन्त्रीको टोलीमा गणेस लामा ?? WHY ,HOW , you can not imagine a ब्रिटिश home मिनिस्टर has a मोस्ट वान्टेड दोन इन हर group ?? never ?? म लण्डन मा धेरै समय देखि बसेको भएपनि म नेपाली हु . तर आजको नेपालमा जनतालाई कुनैपनि पार्टीले सहयोग गर्दैन, मदनजी, र सालोक्यभाई लाई एउटा प्रश्न ‘ नेपाल त सोमालिया तिर गैराखेको ,अब यसलाई कसरि हाम्रो नेपाल,राम्रो नेपाल बनाउने ? ७०,८० तिर नेपाल साग्रिला थियो ,अहिले भ्रस्ताचारिको अखडा बनेको छ,मेरो प्यारो नेपाल ,मेरो राम्रो नेपाल.मैले २००८ मा ब्रिटिश पासपोर्ट किन लिए कि मैले गल्ति नगरेको भए ब्रिटिश सरकारले मलाई पुरा सहयोग गर्छ,नेपालमा त् घुस दिनु पर्छ . अनि म एक स्वतन्त्र आत्मा,मलाई कुनै राजनैतिक पार्टीको झन्डा उठाउन मन छैन ,त्यसो भए तपैले सबैतिर घुस खुऔनु पर्छ ‘.१९९० को प्रजातन्त्र पछी के आयो अराजकता ,जुन देस मा नियम र कानुन हुदैन ,त्यो देस होइन ????

  11. अरबो को हिसाब किताब छैन, के को लाख र करोड को हिसाब देखाई रहेको ?

    सुरज श्रेष्ठ

  12. जम्बो मन्त्रीमंडल भन्नु भयो ठिकै छ, यो बन्नु हुदैन थ्यो| बाध्यता र परिस्तिथि बस बन्न पुग्यो| माथि उल्लेखित कति पय खर्च र भत्ता पनि अनाबश्यक छ होला| तर सबै जोगी कानै चिरेका हुन् भन्ने जुन आसय मा यो लेख आएकोछ त्यो चै सान्दर्भिक भएन भन्ने मलाई लाग्छ| एउटा मान्छे मन्त्रि भए पछि गाउँनै नफर्के को भन्दा त फर्केर बिकाश गतिबिधि अनि अरु कुरा हरु को मुल्यांकन गर्नु राम्रो हैन? आखिर के राजधानीमै बसेर सबैकुरा को जायज मुल्यांकन गर्न सकिन्छ?? कसैले त्यो कुरा को नराम्रो फाइदा उठौचा भने त्येसको criticize गर्नु राम्रो हो तर दुइ चार लाख नकासैले राम्रो कम को लागि खर्च गर्छ भने त्येसको म प्रसंसा गर्न चाहन्छु| मन्त्रिहरुले करोडौ भ्रस्टाचार गरेको समाचार दिनहु आइरहेको अबस्ता मा कसैले ले राम्रो काम को लागि करोडौ खर्च भने पनि त्यो कुरा को समर्थन गर्नु पर्छ| राम्रो कम को समर्थन र नराम्रो काम को criticize गर्ने बानी बसालौ….

  13. प्रतिनिधि सभा र राष्ट्रिय सभा, ५ बिकाश क्षेत्र, १४ अंचल, ७५ जिल्ला अनि २०४७को संबिधान हामी नेपालीलाइ नपचेको हुनाले हामी एकअर्कालाई धिक्कार्दै छौ आज!

    मलाई लाग्छ – जति हामी नेपालीले बिहारी बाबु (BRB) संग आश गरेका थियौ यी त त्यो भन्दा धेरै उच्च रहेछन, जम्बो मन्त्रि मण्डल, जम्बो खानपान, जम्बो खर्च – जय शम्भो!

  14. ‘नपाउनेले केरा पायो भने बोक्रै समेत खान्छ’ भन्ने उक्ति सुनेको थिए; चरितार्थ लाग्दै छ !!
    धोतीको जुम्रा टाउकोमा पुग्यो भने खापिसक्नु हुदैन भन्थ्ये; त्यस्तै हुदैछ !
    – बाबुरामजी जुत्ता भिजिसक्यो आफुलाई ओभानो नठान्नुस…

  15. ए ! ….. यो त मात्र लाख र हजार खाएर पचाउने मन्त्रि हरुको नाम उल्लेख गरिएको रहेछ करोड खाएर पचाउने मन्त्रि लाइ खै त? हाम्रा देशमा धेरै खाएर पचाउने हरु त आनन्दले बसेकछान अस्ति भर्खर सरसफाई अभियान निकालेर ,एकछिनलाई हो कि जस्तो गरेर जनताको आखोमा छारो हाले ,प्रचण्ड को छोरो पक्कै नि १ , १ रुपैया उठाएको पैसो ले सगरमाथा गएन होला क्यारे ,खै क कुरा गर्नु यो नेता हरुको बारे news पढ्दा पढदई दिक्क लागि सक्यो ,
    ठयाक्क भर्स्ताचार को अभियोग लाग्ला भनेर जनतालाई भुलौनालाई एउटा नया कुरो बनाउने छौ भनेर प्रसारण गर्यो, उत्घाटन गर्यो ,जनतालाई यसै भुलाई ,झुलाई रखेछांन नेपालको जस्तो डाका नेताहरु संसारमै छैन

  16. जनताले बलिदानी दिएको भनौ कि मरिदिएको भनौ यिनै भतुवाहरुलाई देश लुटाउना त रहेछ/यिनीहरुको सात पुस्ता सपार्ने जनताहरु एक छाक टार्न अरुको आँगन बढार्नु पर्ने/ हामि जनतानै पागल ,अरुलाई के द्वश / गोरुको खस्ला र खोला भन्दै पछी दौड्दै/धन्य जनता/

  17. जनताकेा नाम बेचेर जे पनि गर्नतयार माफियाहरूकाे एक दिन जनताले नै किरिया गरेर अशुल्ने छ याे कालाे धन । नेताकाे ब्यईजत गर्ने नेताहरू !

     धन्यबाद !

  18. खर्च गर्ने हरुको लिस्ट हेर्दा हेर्दै झन्नै बेहोस भैएन गाठे! उडा तेरो बाउको सम्पति !

  19. सलाई धरी सरकारी पैसाले किन्ने संस्कार भएका र हुण्डी खाने संस्कार भएका नेता र जागिरेहरुले उहिलेदेखि नेपाल लुट्दै आएका थिए | अहिले पनि लुट्दै छन्| यिनीहरुले दिन जानेका छैन, केवल लिन मात्र जानेका छन्|

  20. ल ल तिम्रो बाउ बजेको सम्पति बाडेर घुम्नु पर्ने होइन जनताले तिरिको राजस्वो
    मोज गरेर उडाओ एक जना बापत १० लाख लोन जनताको टाउको मा थोरै भयको छ आजै २० ,३० लाख पुराओ

  21. यो सबै भट्टराई बाजेको देन हो ! मन्त्रीका नाइके साधु मन्त्रि सबै चोर के यो सम्भब छ ? हात्तिको देखाउने दाँत र खाने दाँत ! थुक्क !!!!!!!!!!!!!!!!!!!

  22. आत्मीय साथी संगीहरु,
    भेडा, बाख्रा र बोकाहरू त आखिर हामीनै हौं नी होइन र ? जब सम्म हामीमा “म” बाट “हामी” भन्ने कुराको बोधत्वो अनि यसैलाई आत्मसाथ गर्ने आँट र साहस हुदैन तब सम्म यी गोठाला भनाउंदाहरुले हाम्रो यसरीनै खेदो खनी रहन्छन ….. जय भेंडाबाख्रावाद !!!!!

  23. हाम्रा नेताज्यू हरु अलि डुलुवा पर्नु भएछ ,जवान हुनुहुन्छ ,अधर पान को सोख राख्नु हुन्छ त्
    खर्च जो भैहाल्छ नि |संबिधान लेख्दा लेख्दा थाकेर जिल्ला तिर रिल्याक्स गर्न झर्दा को
    खर्च पनि के केलाई रा हो यो माइसंसार ले !

  24. भ्रमणलाइनै नकारात्मक दृष्टि ले हेर्नु हुदैन भन्ने मलाई लाग्छ !! भ्रमण मा गरिएको खर्च स्वाभाविक रुपमा लिन को लागि त्यस भ्रमण बाट भएको उपलब्धि हरू को मुल्यांकन गर्दा सन्तुलन भएन भने बल्ल तिकतिप्पानी गर्नु राम्रो हो कि !! तेसैले अहिले पुरै मन्त्रि को टोलि ले जनता को थुक चाट्नु पर्या छ !! उपलब्धि पनि गरिदिएको भए येसरी जनता ले थुक्नु पर्ने थिएन !!

  25. कुरो सुन्दा पनि पारो तातेर आउछ भन्या !!!!! साच्ची भन्या अहिले आगाडी कुनै मन्त्रि भेट्टाए त सिधै ठोक्दिउ जस्तो लागि राछ !!! तर के गर्नु लास्टमा तातो रिस ले आफैलाई हानि गर्छ
    हैन भन्या आफ्नै देश घुमेको पनि भत्ता लिनी यो संसार मा अन्त कतै पनि छ कि यहि नै पहिले अनि अन्तिम देश हो ? मलाई लाग्छ ति डाका हरु ले जिल्ला मा जादा तेस्को सबै खर्च पहिले नै जिल्ला बाटै भराउन्छान !! के ति डाका हरु मन्त्रि बनेर जिल्ला मा जादा आफ्नो गोजी बाट एक सुका चुहाउछन् होला ?? कसैले पत्ताउछ त्यो कुरा ??? जसले आफ्नो गोजी बाट न एक सुको खर्च गरेको छ न जिल्ला मा गएर फुस्रो भाषण बाहेक सिन्को भाचेको छ ! तेस्त ले अझै केन्द्र मा गएर लाखौ लुट्ने ???
    यो सब को जिम्मेवारी तेही प्रधान मन्त्रि लिनु पर्छ अनि ति सब पैसा राज्य कोष मै फिर्ता गर्नु पर्छ तुरुन्त !!! अन्यथा सब लाई भ्रस्टचारी ठहर गर्दै जेल हाल्नु पर्छ !!!

  26. ४६ जना मन्त्रीहरुले ८ महिना भित्र सालाखाला २ लाख चानचुन जिल्ला घुमेर सिध्यायको कुरालाई खासै ठुलो टिप्पणी उठाउनु पर्ने देख्दिन/ तर अस्ति भर्खरै
    भूपु भुतात्माहरु र उपयुक्त ठानियका प्रेतहरुलाई आजीवन सुविधायुक्त आवास (भनेको मतलव त् पानि ग्यास बिजुली जनरेटर टेलिफोन कम्प्युटर इन्टरनेट सुबिधा समेत भयो) गाडी र प्रति महिना २५० लिटर, ड्राईभर र मर्मत खर्च समेत, अधिकृत स्तर सम्मको नोकर दिने “मुस्तांगे अध्यादेस” को कारण अब नचुनेको जनताले फालेको पनि सभासद देखि प्रधान मन्त्रि सम्म हुने “घिचेंद्र”हरुको लोकतन्त्रमा जनता माथि कति आर्थिक भार पर्ने हो तेस्को पो हिसाव किताव हुनु पर्छ/

    ईनिहरुलाई घिच्नुनै छ भने जनता बात चुनेकोलाई अबकास पछी अर्को चुनाव नहुन्जेल दिन सकिन्छ तर आजीवन दिने? आजको नेता आजै चोर बनेको छ भने हिजोको नेता डाका बन्न के बेर/ अनि त्यस्तालाई पनि सितैमा घर गाडी दियर राख्ने? वाह “घिचेंद्रहरु वाह!!!!

    • त्यस्तो के नयाँ लूटको अध्यादेश आएछ मदन जी ? सांसदहरूले पनि आजीवन पाउने ? बोले तो यी ६०३ जोकरहरूले ?

      • जेमिनीज्यु
        हो आयकोछ/ यो कुरा पत्र पत्रिकाले सार्वजनिक गरेको छ/

    • मनासिब कुरा गर्नु भो मदन जी .
      सेबा सुबिधा दिनुको पनि सिमा हुन्छ !!!
      यसरी जनताको रगत पसिना चुस्ने ‘जुके नियम ‘ बिरुद्द हाम्रा धेरै मिडिया चुपचाप
      बसिदिएको देख्दा रास्ट्रको चौथो अंग जनताको तेस्रो आँखा मानिने यी मिडियालाई
      धिक्कार्न मन लाग्छ मनमनै —-
      जनताको पसिनामा रजाई गर्ने यस्ता नियमलाई नेपाली नागरिक तःथा मिडिया मिलेर बिरोध गर्न जरुरि छ !

    • madan bajracharya जी
      यो १० वर्ष सशस्त्र युद्ध गरेको उपलब्धि हो . मलाई त अचम्म के भने नि . जुन १० वर्ष सशस्त्र युद्धका Master Mind थिए बाबुराम . उसकै नेतृत्वमा र मन्त्रीमंडलले अनि उसले नै यो agenda पास गरेको देखेर पो त . अझ भन्नु पर्दा डा. बाबुरामको मुस्तांग ब्रान्डको झमाका भने पनि केहि फरक नपर्ला यो .
      माथि लुना जी ले भने जस्तै अचम्म त यो छ कि रास्ट्रको चौथो अंग भनेर चिच्याउने मिडिया पनि तैं चुप मैन चुप गरेर बसेको देखेर पो त .

      • निमेशज्यु
        बाबुराम १० बर्ष लामो जनयुद्धको मास्टर माईन्द थियनन/ उनि मोदिफायर थियो/ तेसै कारण जनयुद्धको बिचमा प्रचान्द्र्ले झन्डै ……./ जनयुद्धको उत्प्रेरक देखिनेमा गिरिजानै थियो नदेखिनेमा सरकार र मावोबादी बिचको सम्झौता पत्र हिन्दीमा लेख्ने कुनै थियो/ नेपालको सरकारर नेपालकै राजनैतिक पार्टी बिचको सम्झौता हिन्दि हुनु पनि तत्कालिन संबिधान अनुशार अबैध कुरा हुन्/ नेपालीको कुनै पनि राजकीय काम नेपाली भ्सामै हुनु पर्ने नभयमा त्यो अबैध हुने कुरा “परमानन्द झाले हिन्दीमा सपथ लियको सर्वोच्च अदालतले अबैध बनायर उसलाई पद मुक्त गरे बात पनि हुन्छ/ त् भन्नुस दिल्लीमा हिन्दि बहसमा भयको सम्झौता बैध हो बा अबैध? यो कुरालाई उठाउने हो भने नेपालको राजतन्त्र उन्मुलन गरियको कुरा समेत अबैध हुन् जान सक्छ/ सायद यहि कुरा अरु दल र नेताहरुले उठाउला भनेरै ईनिहरुले संबिधान सभामा नचुनेको नेताहरु सबैलाई भत्ता खुवायाको हुन् सक्छ/

        बिरेन्द्रले भने जस्तो गिरिजाले मावोबादीको बिद्रोहलाई राजनैतिक तरिकाले समाधान गर्न चाहेको भय त्यो जनयुद्ध हुनेनै थियनन/ तेतीबेला राजा संबैधानिक मात्रै भयको कारण गिरिजाले बीरेन्द्रलाई टेरेनन्/ तर मावोबादिलाई हराउने युद्ध पनि शाही सेनालाई लड्न दियनन/ यो कुरा तपाई जनयुद्धमा खतियकोकुनै मेजर कर्नेल सिट खुसुक्क सोध्न सक्नु हुन्छ/ मावोबादी बिद्रोह गिरिजाको कुशासन प्रति केन्द्रित थियो तर मावोबादीको बिद्रोहलाई भारतको स्वार्थ पुरा गर्नमा बाधा गर्ने राजा र २०४८को संबिधान भंग गर्ने हतियार बनाउने खेल कसैले खेली रहेको थियो/ कसले भन्दा जसले मावोबादिलाई हतियार र ट्रेनिंग, र कालान्तरमा सम्झौता समेत गरायो तेसैले हो/ यहीं निर बाबुरामको भूमिका केहि भयको कुरा बारम्बार मावोबादी भित्र समेत उठेको थियो/ अहिले पनि त् उठ्दै छ/

        २०४८ सालको संबिधानको महाकाली सन्धि आज पनि लंथियको लंथियकै छ/ समस्त कोशी नदि समुहको पानि थुनेर बिस्वमै ठुलो २६८ मिटर अग्लो जलासय नेपालको सयौं गाउँ दुबायर बनाउने र भारतमा पानि को आपूर्ति गर्ने योजना भारतको केन्द्रिय सरकारले पास गरेको थियो र तत्कालिन नेपालको सरकार ले त्यो भारतको योजनामा सहमति गुपचुप दियको थियो/ तर भारतको त्यो योजना २०४८ सालको संबिधान र राजा भय सम्म पास हुने सक्दैनथ्यो/ त् “मावोबादीको राजनैतिक बिद्रोह” लाई “युद्ध” को स्तर सम्म तन्काईयो/ यो कुरालाई पुस्टि गर्ने अर्को कुरा पनि छ/ दिल्ली पुग्नु अघि सम्म पनि मावोबादिले राजतन्त्र उन्मुलन हुनु पर्छ भनेको थियनन र सुजाता त् बिराट नगर मा कांग्रेस संबैधानिक राजतन्त्र को समर्थक भयको भनेर माईकमा कुर्लंदै थियो/ तर दिल्ली बात फर्के पछी सबै भन्दा पहिला राजतन्त्र उन्मुलन गर्यो/ अब सोच्नुस जव मावोबादिले बिद्रोह गर्दा राजतन्त्र उन्मुलन हुन्छ भनेकै थियन त् दिल्लीको सम्झौतापछी कसको निर्देशनमा कसरि किन राजतन्त्र उन्मुलन गरियो?

        • madan bajracharya जी
          घन्यबाद तपाईको राम्रो प्रतिक्रियाको लागि . १० वर्ष सशस्त्र युद्ध गर्नु अघि त ४० बुंदे माग प्रस्तुत गरेर समय अगावै युद्ध घोषणा गरेको त माओवादी हैनन् र भने ??? जुन बाबुरामले प्रस्तुत गरेको थियो . धन्यवाद

  27. आठ महिना सम्ममा भएको खर्च हेर्दा यसलाई धेरै थोरै भनिरहनु भन्दा ठिकै
    हो भन्नु पर्यो हाम्रा नेताहरुको तामझाम स्वभाबलाई दाँजेर हेर्दा — —
    तर
    तर यी आठ महिनामा यसरी जिल्ला भ्रमण गर्दा यिनको भ्रमणबाट जनताले
    राहत पाउने कुनै योजना बन्यो कि बनेन ? त्यो योजनाको लागि कार्यान्बयन पक्ष्य
    कतिको दह्रो भई’रा छ आदि कुरा अत्यन्तै महत्वपूर्ण कुरा हो . साथै यी बिचमा
    संबिधान बनाउने जस्तो अति महत्वपूर्ण बिषयमा जिल्ला जिल्ला डुलेर यिनले ( जम्बो मन्त्रिहरुले ) सरकारलाई सकारात्मक सुझाब दिन / गर्न सफल भए कि भएनन् ?
    होईन जनताको पसिनाले तिरेको करमा यी नेता मन्त्रि शानमानका साथ् डुल्दै आफ्ना अघि पछी गर्ने कार्यकर्तालाई यसो जागिर सागिर या यस्तै त्यस्तै भनसुन
    का कुराहरु मिलाईदिदै आगामी चुनाबमा आफ्नो लागि मत दह्रो गर्नका लागि मात्रै लागी परेका हुन् भने — ??? यदि यस्तो नै भा हो भने त भन्नै पर्छ जनताको पसिना ( कर ) आफ्नै स्वार्थको तिर्खा मेट्न पिए यिनले —
    आज सम्म यस्तै देखि’रा स्थितिमा के भन्नि !
    खै के खै के मन्त्रीहरुले मुलुकको ढुकुटी रित्याए भन्ने नकारात्मक सोच त आउने नै भो —

  28. डाकाहरुले गर्नु गरे | लुटेराहरुले देशलाई लुटेरा सखाप्नै पारे | यिनीहरुलाई तह लगाउने कोहित सपुत यो देशमा जन्मेको छैन जस्तो छ |

  29. होइन यो त नियम अनुसार नै पाउने होइन र . कि यो नया कुरा हो र ; OFFICIAL काममा जादा त जसले नि पैसा पैहल्छा . तर त्यो ब्यतिगत काम मा गको बेला लिन चाही भ्रस्टाचार हो.

  30. सान्ति र संबिधानका लागि श्री श्री श्री ६ राजाहरुको खर्च त्यति धेरै हैन जस्तो हाम्लाई लागिराछ…….हैन यी पत्रकारहरु हाम्रै सरकार र मेरो पछी मात्र किन लाग्छन….हामीले खाएको…लाएको देखिसहदैनन….यो सब हाम्रो बिरुध्हको षड्येंत्र जस्तो लागिराछ हामीलाई…

  31. गिरिजा, माधब नेपाल अनि बाबु राम को पालामा कति फरक छ होला मन्त्रि भ्रमन भत्ता खर्च त्यो पनि सगै राखेर तुलना गर्न पाएत हुने थियो. कसले कति बचत गर्यो राष्ट्रिय सम्पति त्यो जान्न प्या हामी आभारी हुने थियौ.
    मन्त्रि हरुलाई भ्रमन भत्ता त संसारको सबै देशहरुमा दिइन्छ, नेपालमा नदिन त मिलेन.

  32. जब साम नेपाली जनता ले खान नपायर भोक भोकै मर्दैन तब सम्म यो देश मा यस्तै हुन्छ … जनता ले खान नपायर जब मर्छ तब मात्र .. यो देश मा केहि हुन्छ …. mero विचार मा सबै भन्दा कम्जोर हामी नेपाली जनता नै हो …

  33. एक टोलीलाई सगरमाथा आरोहणमा दुइ करोड दिन सक्ने, कार्यकर्तालाई एक अरब भाग लाउन सक्ने यो सरकारले इतर धेरै मन्त्रि भएर पनि येत्ति मात्र भ्रमणमा खर्च गरेछ भन्ने थाहा पाउदा खुसि नै लाग्छ | खाली नरमाइलो लाग्ने कुरा चाही के हो भने आफुलाई लाखमा हुने फाइदामा देशलाई अरबमा घाटा लगाइदिन्छन् र पो !

  34. यो त आफ्नो जील्ला का नाता गोता को लागी उपहार-कोसेली को खर्च होला ? हाम्रा मन्तरिजु धन्य छ तापईहरुलई आफ्नो घर जादा भत्ता? येसता मंत्री हरु चोर सरह हुन् !डाँका सरह हुन् ! भारस्त्रचारी सरह हुन् ! हे नेपाल माता यीनेहरुलई सद्बुधी आवोस /

  35. It’d not be a big thing if they spent money and did something good for the people but unfortunately, the country n people have got nothing from them. So it’s really disgusting to see them misusing the national fund for their personal entertainment.
    Baburam when u r not misusing money for your personal cause , pls don’t let them loose as well to misuse it. It’s your responsibility to check this misuse!!!

  36. भत्ता खाएर पनि देश को लागि केहि गरे राम्रो हुन्थियो मन्त्रि जिउ हरु

  37. १२ वर्ष सम्म नेपाली जनता लाई जनयुध को नाम मा ब्रह्म लूट , अहीले शान्ति र सम्विधान को नाम मा ब्रह्म लूट , देखियो Mustang Max को कमाल…………

  38. “मात्रै तपाईँहाम्रो करबाट बनेको राज्यकोषबाट” कति प्रतिसत तिर्नुहुन्छा र तपैहरुले कर

    • दिनदिनै कयौँ पटक तिर्छौँ। मःमः खाँदा पनि भ्याटको नाममा तिर्छौँ, फिल्म हेर्दा पनि तिर्छौँ। आयकर तिर्छौँ, सामान किन्दा तिर्छौँ करैकर मात्र त करबलले तिरिरहेका छौँ। यत्रो कर तिर्दा पनि कति प्रतिशत कर तिर्नुहुन्छ भनेर छद्म नामले सोध्ने तपाईँ ?

    • सिधै वा घुमाउरो पाराले जसले पनि तिरेको हुन्छ कर त ! धेरै र थोरै को कुरा फरक होला | कर कार्यालयमा गएर आफैले बुझाएको पैसा मात्र कर मा गनिने होइन होला त !

    • मेहनत गरि कमाएको पैसा बाट http://www.ird.gov.np/ird/index/document_display.php?id=249
      यसरी उल्लेख गरे जस्तै वार्षिक तेत्तिश हजार रुपया म बाट लुट्ने रहेछन,
      “हामीले तिरेको कर हाम्रै पतित नेताका लागि, आधुनिक र समृद्ध तिनीहरुको बंगला निर्माणका लागि”

  39. यो सरकार को नेत्रित्वो नै बाबुराम भट्टराई जस्तो ढोंगी बाट भएको छ, भने एसको संरक्षक छन् बोलि र विचार को ठेगाना नभए को २ जिब्रे प्रचण्ड र सरकार लाही टिकाउने हरु सत्ता लोलुप हरु जमात मदेशी मोर्चा ,अनि यिनीहरु को प्रमुख उदेश्य नै जसरि भए पनि कमाउनु हो , तेही भएर राष्ट्रिय ढुकुटी को ब्रह्म लूट चली रहेको छ, पहिला लडाकु को नाम मा प्रचण्ड र बाबुराम ले ढुकुटी लुटे, अहिले विभिन्न बहाना मा लुटी हरेक छन्, येश ले प्रमादित गर्दछ यो सरकार भ्रस्ट हरु को हो/

    • Rakesh जी,

      माथिको लिस्टमा प्रधानमन्त्री डा बाबुराम भट्टराइ को नाम कतिपटक पढ्नु भयो? बाबुरामले कति लाख खर्च गरेछ सरकारी ढिकुटी बाट?
      बाबुराम भट्टराइ के कति कारण ले कसरि ढोंगी भय?
      विभिन्न बाध्यात्मक परिस्थिति बस पनि आफ्नो सम्पूर्ण त्याग निष्ठा बिचार शक्ति र कार्य समर्पण गरि देशको परिवर्तनको लागि तल्लिन एउटा रास्ट्रीय ब्यक्तित्वो लाइ तपाही यसरि निंच लान्क्षणा लगाउन कुन नैतिकताले कर गर्यो? हिड्ने गोरुको पुच्छर निमोठ्नु त ठिकै हो केहि हद सम्म आबस्यक हल्का पिटाइ पनि ठिकै हो आबस्यक पर्न सक्छ कहिले काही तर यस्ता नैतिकताहीन चेतना र बिबेकहीन छुद्र अवाज वोकलेर ब्यक्तित्वो कर्म कार्य समाज आदि दुषित बनाउने जमर्को निकै दरिद्र र पतित छ तेस्को हामि घोर भर्त्सना गर्दछौ!
      “संसार बदल्न आफूबाट सुरु गर्नु पर्छ” भनेर कसैले भनेको दिब्यबाणी अनि आफुले अध्यायन र विचरण गरेको निस्कर्ष लाइ मुर्तरुप दिन तल्लिन व्यक्ति डा बाबुराम को स्थानमा अर्को कोलाई उभ्यौनुहुन्छ तपाही?
      बाबुरामले देश र समाज बदल्न आफै बाट सुरु गर्नु भयको छ यस्तो व्यक्तिलाई यति छुद्र लाक्षना लगाउने तपाहिको दिमाग र बिचार अनि द्रिस्त्री कसबाट संचालित निर्देशित छ? यदि कसैबाट निर्देशित छैन र तपाही आफ्नै स्वोतन्त्र हो भने तपाहिको हेर्ने सोच्ने विचरण गर्ने शक्ति लाइ धिक्कार्छु म!
      डा भट्टराइले देशलाई निकासा दियर समाज र देशको परिवर्तनको लागि आफ्नो सम्पूर्ण गच्छे र सामर्थ लगाउदैछन् उनलाई साथ दिन हामीले समाज र देशको राजनीतिमा राम्रा सोचेका अब्बल ठानेका पार्टी नेता कार्यकर्ता आदि मुख मोडेर आफ्नो स्वार्थ नउभ्भिने देखि जतिसुकै राम्रो कुराको पनि बिरोध गर्न पछी लागेका छन् तै पनि उहा यस्तो यस्तो पार्टी र व्यक्तिहरुलाई साथमा लियर सम्पूर्ण दोष आरोप गालि तपाहिहरु जस्तोको तुच्छ बचन सहेरै पनि देशको समस्या समाधान र देश बिकाश अनि परिवर्तन को लागि तल्लिन हुनु भयको छ!
      जसको बिचार उदेश्य र कार्यले समुन्द्र मन्थन गर्दा निस्कियको कालकुट बिष पिउने महादेव को सम्झना गराउदछ जो नंद्री भ्रिंगी भुत पिचास संग घुलियर अनेकान देब देबीको गालि र तुच्छ बचन सहेर श्रीसटी र जीवन बचाउन तल्लिन हुनुभयको थियो!
      व्यक्तिगत निस्वार्थ तर यौटै मात्र उदेश्य र स्वार्थ देशको परिवर्तन र जनताको प्रगति अनि देश र समाज जनताको आर्थिक उन्नति र बिकाश हेतु जस्तोसुकै लाक्षना र गालि लाइ पनि शिरोधार्य गरि आफ्नो अठोट र लक्षमा तल्लिन व्यक्तिको सह्राहना र सम्मान गर्न सिक्नुस अनि आफुले पनि इज्जत पाउनुहुन्छ! अन्यथा तेस्तो ब्यक्तित्वो माथि बिष बमन गर्नु भनेको तपाहिले आफ्नो नैतिकता र नीचताको पराकास्ट सबैमा उदांगो पारि छरपस्ट पार्नु हो!

      • क्या मज्जाको कुरा गगने जी…………तपाइको भाषामा बाबुराम जी चोखो…..कुनै पनि कुरा गर्ने भन्दा गराउने ठुलो हुन्छ…भलई बाबुराम जी माथिको लिस्टमा उंहाको नाम नहोला तर ति डाँका हरुलाई भ्रस्टाचार गर्न स्वयं बाबुराम जी ले नै प्रेरणा दि रहनुभएको छ टुलु टुलु हेरेर, अनि उनुहरुको भन्दा १००% बडी भ्रस्टाचार गर्नु भएको छ नीतिगत रुपमा कुर्ची बचाउन, सब भन्दा पहिला भ्रस्टाचार हुन् दिनु हुँदैन….भएन भने रोक्क्नु पर्छ…येदि रोकिएन भने कारबाही गर्न सक्नु पर्छ…….येदि कारबाई गर्न सकिएन भने कुर्चीलाई लात हान्न सक्नु पर्छ…..नकी महात्मा गान्दिले भनेको बाँदरले जस्तो बसिरहने…….शान्ति र संबिधान को हवाला दिंदै भ्रस्ट,अपहरणकारी,बिखण्डनकारीको जमातलाई अँगालोमा हालेर देशलाई लुटिरहेको टुलु टुलु कहिले सम्म हेरिरहने????…..अनि उहालाई नै सबै जनताले महान क्रान्तिकारी नेता भनेर मानिरहने???? आखिर कहिले सम्म??? अब तपाइकै सब्दमा तपाइलैनै प्रस्न तपाहिको दिमाग र बिचार अनि द्रिस्त्री कसबाट संचालित निर्देशित छ? यदि कसैबाट निर्देशित छैन र तपाही आफ्नै स्वोतन्त्र हो भने तपाहिको हेर्ने सोच्ने विचरण गर्ने शक्ति लाइ धिक्कार्छु म!

      • गगने जी ढोंगी लाही ढोगी होइन भन्नु चै बैचारिक दरिद्रता हो, जुन तपैमा देखिएको छ, प्रधानमन्त्री बन्द बाबुरामले भने को आर्थिक सदाचार , जनातालाही राहत, भारस्ताचार मा सुन्य सहन्सिलता पनि थिए/ आर्थिक सहयेता को निर्णय मंत्रिपरिसदले गर्दछ जसको अध्क्षयता प्रधानमन्त्रिले गर्दछ , प्रधानमन्त्री को अनुमति बिना खर्च स्विकिर्ट हुदैन, प्रधानमन्त्रिले चे रोक्न सक्दछा/ तेशाई गरि सरिता गिरि लै हटाएर सदछार को नारा लगाउने बाबुरामले, जाड खाएर अस्पताल जाने , महिला सचिबलाही दुबेबहर गर्ने मंत्रिलाही, प्रहरी सरुवा मा भ्रस्टाचार गर्ने उपप्रधन्मंत्रिलाही के के कारबाही गरे, सत्ता को लागि जतिसुकै तल्लो स्तरमा गिर्ने बाबुराम लाही ढोंगी नभने के भन्ने/

        आज ६ महिना मा ३-३ चोटी तेल को भाउ बदौदा पनि पेट्रोल को अभाब छ, ग्यास को अभाब भएको कति भयो, मूल्य ब्रिध्ही दोहोरो अंकमा छ , पोहोर गोकर्ण बिस्ट हुदा योसमयामा दिन को ३-४ घण्टा बत्ति जान्थ्यो , अहिले १० घण्टा भन्दा बादी जान्छा , शन्तु सुरक्षा को स्थिति आज को जनकपुर को घटनाले कस्तो छ भन्ने जनै सके को छ/

        जहाँ सम्म शान्ति प्रकिया को कुरा गर्नु भयो त्यो ४ पक्षीय सम्झुता मा बह्ये को हो त्यो पनि माओबादी हरुलाही आफनी लडाकु बाट असुरक्षा भएपछि बाध्यता मा भए को, बाबुराम को हैसियतले हैन /

        हिसिला यमी को ज्याजति प्रधानमन्त्री कार्यालय का कर्मचारी लाही थाछा, नेपाल को पररास्ट्र समब्ध २4० वर्ष को इतिहास मा सबैभन्दा कम्जोर र अप्रभाब्कारी छ , अनि भनुस इ सबै घटना देश मा हुदा पनि निर्लज्ज भएर बस्ने बाबुराम लाही ढोंगी नभने के भन्ने/

  40. कस्तो दुखः लाग्दो समाचार जुन देश मा खान लाउने पैसा छैन , त्येसका मन्त्रि हरु को चाला देखेर दिक्क लाग्छ ….एस्त मन्त्रि हरु लै त नर्क मा नि बास हुदैन ….चाडै मरोस डाका हरु ……बरु यो पैसा ले दुर्गम ठाउँ मा सडक बने दिए क हुन्थ्यो र!!! देश ( आमा ) लुट्ने ग्यठे हरु!!

Comments are closed.