महिला दुर्व्यवहार ‘सुकिला’ लुगा लगाउने र अंग्रेजी वा अंग्रेजी पाराको नेपाली बोल्नेहरुलाई मात्र हैन, सोझासाझा महिलामाथि पनि हुन्छन्। अझ तिनीहरुमाथि नै बढी हुन्छ। त्यसरी दुर्व्यवहार गर्ने सबैले अंग्रेजी बुझेकै हुन्छन् भन्ने छैन।

त्यसैले अंग्रेजीमा लेखिएका प्लेकार्ड र अंग्रेजीमा नारा लगाउँदैमा दुर्व्यवहार कम हुने हैन। आशय करणीमा समेत सजायको व्यवस्था भएको हाम्रो कानुन बलियो छ। आवश्यकता छ जनचेतना र कार्यान्वयन। बाटोमा हिँड्ने सामान्य मान्छेले समेत केको जुलुस हो थाहा नपाउने गरी कार्यक्रम गर्नुभन्दा त्यसतर्फ ध्यान दिऔँ- म एउटी चेलीको विनम्र अनुरोध तपाईँहरुलाई। किनभने यस्ता दुर्व्यवहारको सामना म आफैले पनि गरिरहनु परेको हुन्छु।

स्लटको अर्थ केही अंग्रेजी-नेपाली डिक्सनरीले फोहरी महिला लेखेका छन्। अंग्रेजी डिक्सनरीहरुमा भने अलि स्पष्ट परिभाषा छ- वेश्या आइमाई, चरित्रहीन केटी। क्यानाडामा एक प्रहरीले महिलाहरुले स्लटहरुले जस्तो भडकिलो लुगा लगाएर हिँड्छन् अनि त दुर्व्यवहार सहनु पर्छ भनेपछि विश्वभरका महिलाहरुले आफूले रोजेको लुगा लगाउन पाउनु पर्ने भन्दै स्लट वाक अर्थात् वेश्या जुलुस निकाले। गत शनिबार काठमाडौँमा पनि त्यस्तो जुलुस निस्क्यो। सामाजिक सञ्जालका साइटहरुमा यो जुलुसको प्रचारका क्रममा स्लटवाकका साथै वाक फर रेस्पेक्ट अर्थात् सम्मानका लागि यात्राको अलि नभडकिलो नारा तय गरेको थियो। उमेश दाइको अनुरोधमा ढिलै भए पनि यो कार्यक्रमबारे चित्त नबुझेका केही कुरा यहाँ राख्‍न गइरहेकी छु।

slutwalk1
स्थान, आरएनसी सुन्धाराको व्यस्त ठाउँ। समय दिनको एक बजे। एक बजिसक्दा त्यहाँ एक दर्जन जति मात्रै मान्छे भेला भएका थिए।

slutwalk2
निर्धारित समयमा कार्यक्रम सुरु नहुने नेपाली रोग यहाँ पनि देखियो। झण्डै एक घण्टा ढिलो कार्यक्रम सुरु भयो। इन्टरनेट पुस्ताका मान्छेहरुले त समयको महत्त्व बुझ्नुपर्ने हो।

slutwalk3
बल्ल ब्यानर निकालियो र महिलाहरु त्यसका पछाडि बसे। वरपरका लागि के कार्यक्रम हो, कस्तो कार्यक्रम हो, पत्तै थिएन। सोसल साइटमा प्रचार नभएको भए मैले पनि थाहा पाउने थिइनँ होला। त्यसो त एउटा अंग्रेजी पत्रिकाले यो बारे सम्पादकीय समेत लेखेको रैछ। तर अंग्रेजी पत्रिका धेरै बिक्दैन भन्ने त यसको भाउ १० रुप्पे गर्न मालिकहरु डराएकोले नै प्रष्ट हुँदैन र !

slutwalk4
एकैछिनमा त्यो ब्यानर समात्न पुरुषहरु आइपुगे। महिलाको संख्या नपुगेर पुरुष आउनु परेको हो कि किन हो बुझिएन। ब्यानरसम्म त महिलालाई नै समात्न दिएको भए हुने। किनकि खासमा यो महिला कै कार्यक्रम हो। पुरुषहरुले त साथ न दिएका हुन्।

slutwalk5
अब जुलुस अगाडि बढ्यो आरएनएसीको टेम्पो र माइक्रो पार्क नजिकैको पेटीबाट। टेम्पो र माइक्रोका खलासी र अरु यात्रुहरु ट्वाँ परेर हेरिरहेका थिए। खासमा बढी दुर्व्यवहार हुने ठाउँ चैँ दुर्भाग्यवश यही टेम्पो र माइक्रोहरु हुन्। फन्डिङ नपुगेकोले हो कि किन हो, ती अभियान सञ्चालक सञ्चालिकाहरुले टेम्पोमाइक्रो ड्राइभर, खलासीलाई के विषयको जुलुस हो, के गर्न खोजिएको हो बुझाउने कष्ट गरेनन्। उनीहरुलाई केही मात्र बुझाउन सकिएको भए पनि यो अभियानले सार्थकता पाउँथ्यो कि !

slutwalk6
नबुझ्दा कस्तो हुँदो रैछ भन्ने प्रमाण त म आफैले सुनेँ। म आरएनएसीको पुलबाट जुलुस हेरिरहेकी थिएँ। छेवैमा दुई केटा आपसमा कुरा गर्दै थिए- केको जुलुस हो यो ? अर्कोले जवाफ दिँदै थियो- खै केको हो, इंग्लिसाँ बोलिरा’छ, वी वान्ट वी वान्ट भन्छन् ! अनि सुरु भयो जेको विरुद्धमा जुलुस हो, त्यही काम। ऊ त्यो बीचकी हेर न क्या च्वाँक, सेक्सी लुगा ला’की रैछ।

slutwalk7
हुन पनि जुलुस यस्ता नारा लगाइरहेको थियो- You dare touch us, we won’t spare you ! सुकिला बाहेक अरु सबैले बुझ्छन् यो नारा ?

slutwalk8
केही अघि झण्डै यस्तै सुकिलाहरुले फेसबुकबाट अभियान चलाएर ज्याला पूरै लियौ, अब संविधान देऊ भन्दै नाराजुलुस प्रदर्शन गर्न थालेका थिए। देशै उनीहरुले हाँक्छन् जस्ता गरेका थिए। तर समय क्रमसँगै त्यो अभियान यत्तिकै तुहियो। यो अभियान पनि कुनै दाताले दिएको पैसा रहुन्जेल चल्ने अनि तुहिने हुने त हैन ? त्यसो गर्न पाइन्न। किनभने महिलामाथि हुने दुर्व्यवहार जटिल समस्या हो। यसलाई कानुन कार्यान्वयन र जनचेतना बढाएर तह लगाइनु पर्छ।

slutwalk9
स्लटवाक, वाक फर रेस्पेक्टको मूल भावनाप्रति मेरो समर्थन छ। तर काम गराइको तरिका चित्तबुझ्दो भएन। तपाईँहरुलाई के लाग्छ ?

slutwalk10

केही नारा नेपालीमा नि थिए तर धेरै अंग्रेजी मै थियो।

slutwalk11

slutwalk12

slutwalk13
कार्यक्रमको लाइभ वेबकास्ट पनि यसरी ल्यापटपबाट गरिएको थियो।

88 Comments

  1. खै यहाँ बिरोध गर्नु पर्ने कुरा खासै देखिन मैले.आफुलाई सजिलो हुने अनि मौसम अनुसार को लुगा लगाउन सबै लाइ छुट छ.कतिपय ठाउँ मा महिला ले धेरै नै अंग प्रदर्सन गर्दा पुरुष मा पनि sexual harassment हुन्न भन्ने छैन,यो दुवै तर्फ लागु हुन्छ .विकासोन्मुख मुलुक जस्तो हाम्रो देश मा महिला माथि हुने दुर्ब्यबहार तुलनात्मक रुप मा धेरै छ.येसो भन्दै मा पुरुष हरु प्रति महिला ले गर्ने ब्यबहार राम्रो हुन्छ सतप्रतिशत भन्ने पक्कै छैन.जहाँ सम्म कुरा english play card को छ,यो पक्कै पनि सामान्य नेपाली नारि हरु प्रति लक्षित देखिएन.लेखक को ‘सुकिला’ सब्द मन परेन.सुकिला भनेको शहरिया अनि मैला भनेको गाउले भन्न पटक्कै मिल्दैन. खैर यो कार्यक्रम बिशेस गरि social site को प्रभाब अनि बिस्व को बिकशित मुलुक लाइ नेपाल ले follow गरेको मात्र देखिएको छ.नत्र भने नेपाल मा महिला प्रति हुने दुर्ब्यबहार यो पहिलो हैन.बोक्सी को आरोप मा मानब मलमुत्र खुवाउनु अनि दाइजो कम भएको आरोप मा ज्युदै जलाउनु र बाटो मा आधा देखिने लुगा लगाएर हिड्दा sexy भन्नु धेरै फरक कुरा हुन्.नेपाल आझै पनि विकासोन्मुख राष्ट्र हो.कुन कुरा प्राथमिकता मा पर्छा,सोचेर येस्ता कार्यक्रम गरेको राम्रो.

  2. I see nothing wrong with this campaign! Instead I must agree those play-cards and slogans should have been in Nepali! Another thing, slut-walk sounds derogatory, “Walk for respect” much better. Every women should speak out against harassment she is suffering from! Cheers to the organizers for bringing plight of women in public…

  3. पहिलो job थियो एउटा NGO मा; पहिलो दिनमा Harrassment Policy बारे एस्तो दरो पाठ पढाए कि आज सम्म महिला लाइ कर्के आँखाले हेर्न डर लाग्छ, छुनु त टाढा को कुरा. परिणाम : अहिलेसम्म ब्रह्मचारी नै छु .
    यो देश मा जत्ति नि कानुन अभियान हरु विदेशबाट आयातित हुन्छन जस्ता को तेस्तै (नेपाली सिनेमा जस्तै) कम्ति मा केहि modification त गर्नु पर्छा यहाँ संदर्व मिल्ने गरि .

  4. Its good to see so many comments in an article which is so relevant in our society. First off congratulations to the writer for raising awareness about this issue. I appreciate efforts of all the people who have commented, who are seriously discussing the merits and demerits of movements like “Slut Walk” and how it is perceived in our society. This issue transcends the national and cultural barrier as women everywhere face abuse. Now it is up to us how we protect the dignity and self-respect of our mothers, sisters and friends. I hope the people commenting respect the individuals notions and ideas and give a more constructive light on how we can utilize such movements for upliftment of our society.

  5. slot walk को नाम मा जुलुस गर्दै हिडेका ढोंगी र पाखण्डी slot हरु को जमात देखि सकेपछी केहि भन्न मन लाग्यो | सायद यो slot walk गरिसकेपछि यी slot हरु दुर्व्यवहार बाट पूर्ण रुप मा मुक्त भए होलान ! तर हामी जस्ता सोझा, सिधा,सिमान्तकृत र दिन दिनै दुर्व्यवहार को शिकार हुनु परेका महिला हरु लाई भने केहि फरक परेको छैन | बरु हाम्रो दुख मा अलिकति भयपनी मलम लगाउने काम त गाउँ र टोल मा रहेका आमा समूह हरुले रक्सि जुवा तास मा पर्तिबन्ध लगाएर गर्नु भयको छ | बरु यस्तो वाहियात कार्यक्रम मा पैसा खर्च गर्नु को साटो तिनीहरु लाई सहयोग गरे त केहि हुन्थ्यो तर के गर्नु यो कुरा बिदेशी हरुले सिकायपो |

    • Ayusha, the participants of the walk are also victimized. They also have dignity and they are also as pure and sohja as you sister! It is to encourage girls like you as well to defend yourselves. These participants have raised up on behalf of you too. Its so sad to acknowledge that you being a girl are calling your sisters sluts?
      Remember dear if you don’t fight for your rights and silently tolerate harassment, you are equally encouraging and supporting the criminal.

      This is the beninging, join in. Ho tol ko mahila haru le ramro kaam gareka chan, hami pani uniharu lai saath dium na.

  6. पहिला यो लेख हेरेर दुख लाग्यो र झन् महिला लाही अलिकति पनि सम्मान नगरिएको कमेन्ट हेरेर झन् दुख लाग्यो ! शुभेच्छा जी आफै महिला भैकन पनि पुरै खेदो खनेको पटक्कै मनपरेन ! मात्र महिला हुनुको कारणले एती धेरै दुर्ब्यबहार हुन्छन , कुरा लुगाको मात्र छैन कुरा ति पुरुषका हुन् जो हरेक स्त्रीको शरीरलाही जहाँ मौका मिल्छा तेही खेलौना चाहन्छन ! अहिले त आफै चनाखो भएर हिदिन्छा तर जब १६-१७ बर्षको थियियो भर्खर बाहिर एक्लै हिड्न थालिएको थियो तेतिबेला कति चोटी जहाँ पाए तेही छोएर रुनुपर्यो त्यो मलाई नै थाहा छ. पछी थाहा भयो त्यो त मलाई मात्र हैन मेरा धेरै साथि हरु मेरा बिबाहित भाउजुहरु अझ अलि उमेर पुगेकै महिला ले नै सहनुपरेको रहेछा !एकचोटी गाडी मा एउटा पुरुष चड्यो र केहि समय पछी एक दिदि रुन थाल्नुभयो !हामी यात्रीले सोधेपछि भनिन त्यो मान्छे ले त एस्तो बिधि गर्छा कि अब बस भिड हुन्छ चद्नैपर्यो ! एस्तो हिम्सा गर्ने पुरुष हरु धेरै जसो बढी उमेर भएका हुदारैछां !
    येशाको बिरुद्ध आवाज उठाउ नै पर्ने थियो र उठाइयो ! सफा लुगा लगाएका ले बाटो मा हिद्दैनन गाडी चध्दैनन भन्ने हुन्न ! पहिलो भएर की कमि कमजोरी थियो होला तर एस्लाई अझ व्यापक पार्नुपर्छा ! एस्तो हिम्सा को सिकार कोइ पनि नहोस!

  7. हैन यी नेपाली केटिहरु क भएका हुन् ?freedom भन्ने एउटा कुरा हो, सभ्यता र discipline भन्ने एउटा कुरा हो. छाडा भएर हिड्न पाउनु पर्यो भनेर नारा लाउनु कत्तिको तार्किक छ आफै अलि विचार गर्नुपर्ने . यो कार्यक्रम त झन् fashion शो गर्ने अर्को ramp जस्तो पो भएछ त यी केटीहरुलाई

  8. UNDP को डलर पचाको मात्र हो. जुलुस धर्ना नारा ले नेपाली टेर्ने भए त नेपाल उहिले स्वर्ग हुन्थ्यो …तै न तुइ हात लग्यो डलर 🙂

  9. विचार ठिकै छ..खै पुरुष साथि हरुले त्यति आलोचना गर्नु पर्ने त देख्दिन. महिलाहरु प्रति दुर्ब्यब्यहर अल्लि बढी नै हुन्छ नेपाल मा..यसको अर्थ सबै पुरुष दोषी हुन् भन्ने हैन..र पुरुष पिडित छैनन् भन्ने पनि होइन.//
    यो जुलुश को सवालमा त सुभेच्छाको आशय सहि नै लाग्छ/ जसलाई लक्षित गर्नु पर्ने हो त्यसले त्यो अंग्रेजी भाषा बुझ्दैन..अनि के नै अर्थ भो र यो एस्त काम को..बेकार मा भिड भद् हुने काठमाडौँ मा जनतालाई थप सास्ती मात्रै …सायद उनीहरुको दाताहरु नेपाली भाषा बुझ्दैनन् क्यारे..येसो फोटो र प्रतिबेदन मा अंग्रेजी नारा देखायो भने त काम गरेछन नानि हरुले गरि खाओ भनेर फेरी डलर/युरो/पौण्ड को ओइरो लगाउछन्..२-४ वर्ष त ढुक्कै !!

    एस्त कुरा समाधान गर्न त नियम कानुन को प्रभाव कारी कार्यन्वयन हुनु पर्यो..सवारी साधन मा सिट भन्दा बढी राख्नु/बस्नु भएन..प्रभावकारी नैतिक शिक्ष्या दिनु पर्यो..र महिला पनि धेरै उच्सृन्खाल बनु भएन//

  10. Instead supporting the young guys who showed guts to raise the voice against sexual harassment organized rally to bring awareness among youth about this issue we seat and criticize it. May be this initiation was more urban based but the point to mark is that young guys (15-120 years) is getting conscious about social issue and raising voice against it. Its a good sign must say visible change. Kudos to organizer.

  11. देशमा जब सम्म Law & Order को अभाव हुन्छ ..यस्ता जुलुस र भेलाले केहि नाप्दैन |

  12. सुभेक्षा I have completely agreed to you on the language issues. Yes, Nepali slogans were lersser compared to the english ones and many of the participants and organizers have taken your suggesstions positively. Another thing its not only our English daily that has written an editorial on it but several others like Kathmandu Post and Nepali times as well, post event coverage ta sabei le garnu bhako cha, including Nepali medias. Tapei ko “blog” le pani nikkei manche ko dhyan aakarshit gareko cha. We hope that organisers dheri manche ko majh ma na purae ni tapei le thulo sahayog garnu bhako cha.

    Ra personal kura uhtaunu bhaeko ma: ma jasto patrakar le dabab dindei ma Sampadak haru nei influence huni bhae ta ma ka pugisaktyhe, therefore, I repeat, don’t assume!

    • U turn of Bandana…Just before you were accusing Subhekchhya of having little knowledge..and now you are appreciating..I should not enter in between but am expressing what i have seen 😉

  13. यौटा कविता पढेको हो स्वयम सेवकले सडक नाटक यता उता गरि दर्सकलाई छेकिदिने अनि अन्तिममा कस्तो लग्यो भन्ने त्यस्तै चाला रहेछा

  14. सुभेक्षा Ji : 1st para fully support; 2nd we know placard wont reduce violence against women. 3rd it was not on rape issue but more on harressment which are of “ hit and run” type in which the culprit is difficult to nab. 4th yes we need to do more. Please keep in touch and lets share inputs for better impact in future initiatives.

    To the photo writer: Assembling hundreds of people at dot time in public place is next to impossible in developing countries. Try yourself. You will fail. 2) it was an issue also very much affecting males as the victims are family members of males. 3) Yes English slogans were inappropriate for Nepali public. 4) as you rightly pointed out, even the vocal demonstrators were not spared from lurid remarks and therefore the need to be more vocal and visible.

    You mislead the readers calling this event “slut walk”, let me remind you that the evnt name was “Walk for

    Respect”. Yes the inspiration was drawn from the original “Slut Walk” campaign but in order to make it

    contextual to Nepal, we focused on sexual harrasment in streets and alleys and public vehicles.

    As a reporter, you must have made an effort to talk to the participants/organizers and know more about the

    event rather than watching it from the overhead bridge and making haywire assumptions.

    UNDP supported the event in term of kinds, that is, they gave some books related to women’s rights and some

    posters. NO DOLLAR HAS BEEN GIVEN TO THE YOUTH!!

    Tapei le sunnu bhaena yo nara haru? “Hami khelauna hoinau, chowk chowk ma, gali gali ma, hamilai chuna

    paideina, hamro aapmaan garema, hami timilai chadeinau!!”

    You wrote, Tempo ka chalak ra conductor along with the passenger were baffeled re. Participant le uni haru lai

    bhujhaune prayas garenan re. K tapei le tyo twan pareka lai sodhnu bho uni haru le k katti bhujhe? Please desist

    from mere assumptions! Little knowledge is dangerous hai!!

    • As a reporter, you must have made an effort to talk to the participants/organizers
      First learn the difference between REPORTER and blogger. अलिअलि लेख्‍न जान्ने सबै तपाईँ जस्तै त्यो नि अंग्रेजी पत्रिकाको पत्रकार हुँदैनन्। यसलाई एउटा सामान्य महिलाको सामान्य प्रतिक्रिया ठान्नुस् । किन त्यति डिफेन्सिभ हुनुपरेको 🙂
      स्लट वाकको कुरा- यो कार्यक्रमको नाम जे दिए पनि स्लट वाक कै रुपमा ठाउँठाउँमा प्रचार गरिएको थियो । युवाले स्लटवाक काठमाडौँ ह्यासट्याग दिएरै ट्विट गरिरहेको थियो ।
      UNDP supported the event in term of kinds, that is, they gave some books related to women’s rights and some posters ए ए त्यही भएर अंग्रेजीमा थिए ती सब 🙂
      You wrote, Tempo ka chalak ra conductor along with the passenger were baffeled re. Participant le uni haru lai bhujhaune prayas garenan re. K tapei le tyo twan pareka lai sodhnu bho uni haru le k katti bhujhe? लौ मैले किन सोध्नु, तपाईँ आयोजकले सोध्ने काम हो कि मेरो काम हो ? तपाईँ अंग्रेजी पत्रिकामा सम्पादकीय लेख्‍न दबाब दिँदै हिँड्ने अनि मलाई किन सोधिहिँड्नु पर्‍यो । प्रभाव कस्तो पर्‍यो तपाईँ सोधिहेर्नुस् न । साँच्चै Little knowledge is dangerous hai!!

  15. (यसलाई सामान्यीकरण गरेर नबुझ्नुहोला, सबै त्यस्तो हुदैन तरपनि देखिने यस्तै त हो नि !)
    – महिलाहरू आकर्षित गराउन पनि खोज्छ, चाहन्छ; अनि बेवास्ता गरेको जस्तो पनि गर्छ !
    – देखोस भनेर छोटो छोटो पनि लगाउछ अनि छोपेको जस्तो पनि गर्छ !
    -आफै हल्का छुओस भन्ने पनि चाहन्छ, अनि पर सरेको जस्तो पनि गर्छ !! बुझी नसक्नु छ /
    अझ अमेरिका लगायत बिकशित देशमा त धनि धनिहरूलाइ सजिलै फसाइदिन्छ /
    कानूनको तराजु उनीहरुकै भारी… दिमाग लिपिस्टिक पाउडरमा;बुद्धि डाडा पारी !!

    • कहा तेती मात्र हो र आजकाल धेरै बिकास भैसक्यो ,
      आजकाल त् सार्बजानिक समारोह र मंच मा बस्दा अलिकति छुस्स पेन्टी पनि देखाइदिने ,
      चलन आएको रहेछ ,यो टायाम्स अफ इन्डिया ले फेरी तेसैलाई ब्रेकिंग न्युज नै बनाउदो रहेछ |

  16. छोएर मात्रै भएन नि त !! अरु कुरा आफै बुझ्नुहोला साथिहरु !!!

  17. भिडभाड भएको बस वा रेल भित्र वा कुनैपनी थाउन्मा केटीहरुलाई स्पर्श गरी सेक्स हाराशमेन्त गर्नेलाई जापानमा चिखान भन्ने गर्दछ / जापानका अधिन्काश केटीहरु यसका शिकार भएका छन/ चिखान गर्ने मान्छे लाई केटीले लगाएको लुगा भन्दा पनि उपयुक्त थाउन खोजी गर्ने गर्दछ /

    चिखान गर्ने मान्छेले केटीहरुलाई स्पर्श गर्ने मात्र नभै आफ्नो गुप्ताङ देखाउने वा मास्तेर्बेशन सम्म गर्ने गरेको पाईन्छ / जापानमा चिखान गर्ने मान्छेलाई समात्यो भने जेल हाल्ने ,जागिरबाट हात धुनु पर्ने र धेरै बेइज्जत हुनुपर्ने हुन्छ / नेपालमा पनि चिखान गर्ने मान्छेलाई जेल हाल्ने कानुन बन्नु जरुरी देखिन्न्छ /

    जापानमा केटीसाथिहरु सँग चिखान को अनुभब छ कि छैन भन्दा छ वा छैन भन्ने खुलस्त जवाफ दिने गर्दछ ,नेपालमा चिखान को बारेमा धेरै जसो केटाहरुलाई थाहा नभएको हुनाले यदी हाम्रा दिदिबहिनीहरुले बस वा अन्य भिडभाड भएको थाउन्मा चिखान भएको छ कि छैन भन्ने कुरा यस ब्ल्गमा आफ्नो अनुभब राख्नु हुन्छ कि ?

    चिखान बारे केही खबरहरु
    http://www.weirdasianews.com/2010/05/19/chikan-subway-gropers-beware/

  18. यो लेख कुब रमाइलो लग्यो किनकी यो अरु भन्दा पृथक देखिन्छ ….मेरो विचार मा…….यो काम ठिक हो तर हाम्रो समाज मा धेरै पच्छिमेली संकृति भित्रिसक्यो अनि महिला आफै त्यो संकृति लाई दोरौदै अगाडी बढी राखेका छन् ..बास्तव मा सबै महिलाले देश अनुसारको भेष अनि समय अनुरुप मात्र परिबर्तन हुन् सके केटा हरुले पनि बुझ्ने थिए ….तर स्कुल देखि नै लव गर्ने बानी बसिसक्यो …बस माइक्रोबस अनि पार्क मा जोडी हरु देखिन थाली सके …आफै जिबन साथी रोज्ने भै सके….यी सबै गर्न केटि हरुले खुला गरिसके ….तर क्यानाडा जस्तो भएको भए जहाँ जसले जे गरे पनि अर्को ले सिधा नजर ले हेर्न पौदैना….तर नेपाल अजि तेस्तो भैसकेको छैन सो ….त्यो दिन नआउदा सम्म सबै ले आफ्नो समाज अनुरुप नै ड्रेस उप गरौ ..अनि खुल्ला ठाउमा ..रोमान्स..नगरौ…सबै ठिक भैहलनी नि…..कि कसो..

  19. कस्तो अचम्म, धेरै जस्तो कमेन्ट गर्ने साथि हरुलाइ काठमाडौँका सार्बजनिक ठाउँमा केटि हरु माथि हुने दुर्ब्यबहार माथि थाहा रहेनछ. तेसैले होला “तिमि आफ्नो ज्यान ढाकेर हिड, कसैले केहि गर्दैन” जस्तो गैर्जिम्यबारीपूर्ण कमेन्ट लेख्नु भएको छ. आफुलाइ केटि को ठाउँ मा राखेर हेर्नुस, नेपाली सार्बजनिक यातायात मा sick, sexually obsessed, molesters, sex abuser हरु फाला फाल हिडिरहेका हुन्छन. मलाई पनि थाहा हुन्थेन होला, मेरो नजिक को बहिनि पर्ने ले कलेज जान लाइ स्कूटर किन्दिनुस नत्र कलेज जान्न भनेर झगडा गरिन पछी बुझ्दै जादा सार्बजनिक यातायात मा हुने दुर्ब्यबहार ले आत्तिएर रहेछा. उनको अनुसार दुर्बयाबर गर्न खोज्ने भर्खर का ठिटाहरु भन्दा पनि उमेर पुगेका अधबैसे हरु धेरै हुन्छन रे. तेसैले यो जुलुस आबस्यक थियो तर लेखक ले भने जस्तै नेपाली मा गरिदिएको भए अलि धेरै राम्रो हुन्थ्यो होला.

  20. We have Demonstracy more than Democracy…

  21. गल्तिहरु देखाउनु राम्रो हो तर यो ब्लग मा प्रयोग गरिएको तरिका ठिक भएन

    महिलाहरु को आन्दोलनमा त्यो ब्यानर समात्न पुरुषहरु आइपुगे कारण महिलाको संख्या नपुगेर होइन राम्रो कममा साथ दिनको लागी हो

    पुरुषले एस्तो कार्यक्रममा महिलाहरु को साथ दिदा आफु भन्दा पछि को गेनेरेशनलिई महिनाहरुलै हामीले आदर गर्नु पर्छाभनि उदहारण हुन्छ र हरेक पुरुष को आमा हुन्छ दिदिबहिनि ,साथी हुन्छ र कसैलै पनि आफ्नो आमा, दिदिबहिनि, साथीहरु माथि गलत बेवोहर वा कु दृस्टी ले हेर्यको राम्रो लाग्दैन होला

  22. Suvechya ji, very disappointed to see that you are bringing personal matters into this discussion and accusing someone based on their last name.

    That is beneath you and hurts the credibilry of your message. Please, let us keep name calling out of this discussion.

    • जब कूतर्कले भरिएका कमेन्ट हुन्छन्, शब्द शब्दमा कूतर्क भरिन्छन्, तब तुलना त हुन्छ नै । You also do not try name calling, reply comment in its thread

  23. I just find the tone of this article very demeaning, naive and very biased against the upper middle class of Nepal . I would like to clarify that I totally agree with the message she is trying to put across but the language and the tone she is using is quite problematic. And also I do not belong to a super rich family in Nepal. I belong to a normal middle class family and I am not trying to defend people who have accumulated enormous wealth by illegal means.
    It is quite obvious that Suveksha seems to be lost in the discourse maoist have been trying to popularize in Nepal which is quite problematic in terms of how it attempts to create this feeling of contempt in working class nepalese against the riches . First of all, to prove my point, I would like to trace her choice of word ‘sukila’, which was used by Prachanda a few years ago to denote the middle class and caused quite a stir . Really? Are we so middle aged to define class hierarchy based on what kinds of cloth people wear? I do not know why people are trying so hard to ignite a class warfare in Nepal. I think the author is oblivious of the fact that one can be rich by working hard too . If someone is wearing ‘sukilo’ clothes, it does not necessarily mean his/her family is rich or his/her dar is a corrupt official. Also, we should be aware that we live in a highly capitalist society. Rather than hating the riches, we should make them invest on starting new business rather than buying another piece of land. I can go on but I have other things to do to.

  24. अहिले मलाई अलि ई रातिने तातिने मातिनेहरु बात रातोमा धेरै टिक खाने कुरा लेख्न मन लाग्यो/ ई सुन्दरता बजारमा सजाउनेहरुले सडक सार्वजनिक हो शरीर निजि हो भनेकै कुरा चित बुझेंन/ सडक सार्वजनिक भयता पनि निशर्त प्रयोग गर्न पाईंदैन आफु खुसि प्रयोग गर्न पाईंदैन/ कसैले तेस्तो गरेमा उ पनि दुर्घटनाको सिकार बन्न सक्छ उसको कारणले अरु पनि दुर्घटनाको सिकार हुन् जान्छ/

    सार्वजनिक सब्द्को अर्थ सशर्त सबैले उपयोग गर्न सकिने बस्तु, बिचार र दृश्यलाई जनाउँछ/ सार्वजनिक उपयोग गर्न सकिने कुरोको मात्रै प्रदर्शन हुन्छ/ निजि प्रयोगको कुरा प्रदर्शन गरिन्दैनन/ प्रदर्शन गर्नेले हेर्न पनि नदिने हो भने समाजलाई नै आँखा चिम्ल भनेको हो भने तिनीहरुले कसलाई देखाउन प्रदर्शन गरेको हो त्यो भन्न सक्नु पर्छ/

    अब उदाहरण रंगिन लिपस्टिक लगाईयको ओठ कै कुरा गरु/ रागिन लिपस्टिक लगायर सडकमा हिद्नेले आफ्नो ओठ आफै देख्न सक्दैन/ भित्रको तलको पछाडिको सम्बेदनशील अंग देखिने गरि सिलायाको च्यातियाको प्वाल पारीयको लुगा लगायर सडकमा हिद्नेले ती कुराहरु आफैले देख्न सक्दैनन्/ त् कसलाई देखाउन तेस्तो लुगा लगायर शर प्रदर्शन गर्दै हिडेको हो त्यो तिनीहरुले प्रस्ट्याउनु पर्छ/ तिनीहरु तेस्तै तेस्तै पहिरनमा आफुलाई सडकमा प्रदर्शन हिडे बाटै “उनीहरुलाई मन नपर्ने हेराई” निम्त्यायाको हो/ दोषी तिनीहरु पनि हुन्/ अपराध शास्त्र र कानुनले अपराध निम्त्याउने आचरण र व्यवहारलाई पनि अपराधनै मानेको छ /

    हो आज नारीहरु माथि उनीहरुको सब्दमा सेक्स्युयल हरास्मेन्ट कहिँ कतै भयको छ/ तेस्तो कुकर्मिहरुलाई सजाय दिनै पर्छ र तेस्तो अपराध नित्याउने आचरण र ब्यबहार गर्नेलाई पनि सजाय हुनु पर्छ/ सामाजिक मर्यादाको कुरागर्नेहरुले आफैले पनि सामाजिक मर्यादाको पालना गर्नु पर्छ/

    नारीहरुले आफ्नो आचरणमा पहिरनमा पनि केहि ध्यान दियमा तेस्ता कुराहरु नियनत्रण गर सहयोग पुग्नेछ/ नारीको अस्मिता लुट्ने त् जेल मात्रै जान्छ नारीको त् अस्मितानै लुटिन्छ जो कहिले फेरी फराकाऊंन सकिंदैन/

  25. तातो न छारो, थान्कामा बस नानी, तिमीलाई कसैले छुदैन!!!

      • थान्का मा न बसेकोले छोएको हो नि त । थान्का मा बस्नु पर्यो नि त ।

        • तँपैहरु नि थान्कामा बस्नु परो नि
          म त बसेकै थिएँ, छुन आयो

          • भोकाएको मान्छेले बजारमा रसबरी देखाएर सजाएर राखेको देखेपछी र्याल चुहाउनु स्वोभाविक नै हो. कोहि मान्छे थुक घुटुक्क निलेर आफ्नो बाटो लाग्छ भने कोहि किन्न खोज्छ किन्न नपाए लुट्न खोज्छ. तेसैले आफुलाई कम्फर्तेबल लाग्ने लुगाको नाममा फेसन को नाममा अंग प्रदर्शन हुन्छ भने कसैले र्याल चुहाउनु, किन्न खोज्नु वा लुट्न खोज्नु लाई अश्वोभाविक मनिन्दैना तर तर तर ………. मेरो मतलब र्याल चुहाउन, किन्न चाहने ले किन्न पाउनु पर्छ वा लुट्ने ले ठिक गर्यो भन्ने पटक्कै होइन तर कम्फर्तेबल र फेसनको नाममा अंग प्रदर्शन नगरौं. मलाई थाहा छ यो अपराध हो तर म आफुलाई रोक्नै सक्दिन यो अपराध नगर्न बाट तेसैले प्लिज मलाई जानी जानी अपराध गर्नलाई नौक्सौनु होस् है???

            • कपिलजी, तपाइको भनाइ अनुसार छोटा लुगा लगाउने, fashion गरेर अंग प्रदशन गरि हिड्ने युबतीहरु sexual harassment को शिकार हुन्छन भन्नु भो एस्तो देख्दा तपाई आफुलाई रोक्न सक्दिन भनेर बडो गौरबका साथ फलाक्दै हुनुहुन्छ तर मेरो बिचारमा यो एउटा मानसिक बिमार हो तुरुन्त आफुलाई मानसिक doctor कहाँ गएर जचानुहोस | तपाईं मानसिक बिमार होइन भने कृपया मलाई एउटा साधारण प्रश्न को जवाफ दिने कोशिस गर्नुहोस | त्यो के भने ५, ६ बर्षका बालिकाहरु देखि ८०, ८५ बर्ष सम्मका बृद्ध महिलाहरु पनि rape क शिकार हुन्छन त्यो किन होला? के येस्मा पनि ति बालिका र बृद्धहरुको छोटा लुगाहरुकै दोष होला र? मेरो बिचारमा यी एस्त निक्रिस्ता काम गर्नेहरु तपैहरु जस्ता सडेका दिमाग भएका मान्छेहरु को काम हो|

  26. I would like to request the author of this blog to see the brighter and positive side of it. I agree with the issue of language but at least someone had the guts to stand up and make the voice heard against such kind of treatment towards girls and women. I think you should at least respect that and may be in future give your suggestions before criticizing.

    And to the people who are saying that there are more serious issues, isn’t it serious enough that your sisters, mothers, wives and friends cannot walk on the streets safe? Think properly

    • I would also like to request the author of this comment to see the brighter and positive side of my blog.

      • Miss शुभेच्छा,

        I did notice the positive side and thus I agreed with you on the issue of language. I am just suggesting you to at least give the suggestion before so that people can improve instead of criticizing. Many points you mentioned are correct but some are very negative. Thats all I have to say.

        • There are suggestions too, you took them with negatively, try to be positive and you will see suggestion in it. I am not opposing the walk and the movement, I am just trying to say, हाम्रो कानुन बलियो छ। आवश्यकता छ जनचेतना र कार्यान्वयन। बाटोमा हिँड्ने सामान्य मान्छेले समेत केको जुलुस हो थाहा नपाउने गरी कार्यक्रम गर्नुभन्दा त्यसतर्फ ध्यान दिऔँ- म एउटी चेलीको विनम्र अनुरोध तपाईँहरुलाई। किनभने यस्ता दुर्व्यवहारको सामना म आफैले पनि गरिरहनु परेको हुन्छु।
          BTW Shraddha ji, I am not miss I am Mrs 🙂

  27. मैले नेपाली केटीहरुको यो कुरा अहिले सम्म पनि बुज्न सकेको छैन / यदि कुनै केटिले राम्रो बनेर (राम्रो बन्नुको परभाषा अलि फरक हुन सख्छा )हिड्छ भने उसलाई पुरुषहरुले हेर्नु स्वाभाविक हो र शायद यो कुरा नबुझ्ने केटीहरु कोहीपनि छैन होला / यदि कसैले नहेरोस, कसैले कुनै comment नगरोश भन्ने जस्तो लाग्छ भने खालको केटि भएको भए शायद कपाल नकोरी र make up नगरी हिड्ने केटीहरु पनि हुन्थ्यो होला / तर एस्तो भएको बिरलै भेटिन्छ/

    पस्चात्य समाजमा केटीहरु आफुलाई राम्रो देखौना मरिहत्ते गर्ने हुन्छन / अनि कसैले ” you look hot” भन्यो भने दङ्ग परेर “thank you” पनि भन्छन / नेपालमा चै येसो भन्यो भने मारौला जस्तै गर्छन (चाहे मन भित्र भित्रै मक्ख किन नहुन )/ एस्तो द्वैध चरित्र किन हो बुज्न सकिएन

    • यहाँ हेरेको कुरा हैन, छोएर दुर्व्यवहार गरेको कुरा भइरहेको छ महासय !

      • हेर्नुस छोइनु पनि दुइ किसिमको हुन्छ एक जो जानेरै भिडभाड को फाइदा उठाउने हुन्छन जस्तै सार्बजनिक सवारी साधन मा अफिस समय / तर सबै पुरुषले यौनिक तरिका ले छुदैनन सवारीसाधनमा भिड हुन्छ तर पनि छाड्ने पर्यो किनकी अफिस चाडै पुग्नै पर्ने हुन्छ अनि त्यो भिड भएको बसमा महिला हरु पनि हुन्छन / कि त महिला तथा पुरुषको लागि छुट्टा छुट्टै सर्वाजनिक सवारी साधन हरुको बन्दोबस्त हुनु पर्यो ,जो पास्चात्य देश हरुमा पनि छैन / अनि भिडमा को महिला अनि को पुरुष सबैजना एकै तरिकाले गन्तव्य तिर गइ रहेका हुन्छन / हो त्यहि मौकाको फाइदा उठाउदै कुनै पुरुशरुपी दानवले कुनै महिलालाई सम्बेदनशील अंगमा नजानेर छोइएको स्वांग गर्दै स्पर्शको आनन्द लिने दुष्प्रयाश गर्छन हो त्यो चाही sex harassment हो/ अन्यथा संगै भिडभाड मा हिड्दा नजानेर छोइनुलाई पनि यौन प्रताडना मान्ने हो भने सार्वजनिक बस मा यात्रा गर्न सबै पुरुष डराउनु पर्ने हुन्छ किनभने पुरुषको पनि इज्जत छ कुनै बेला कथाकदाचित बस मा यात्रा गर्दा कुनै महिलालाई अन्जानवस छोइयो अथवा दुर्घटना बस छोयो भने त्यो पुरुष सिधै जेल अनि इज्जत पनि स्वाहा अनि आरोप चाही बस मा आइमाईलाई हातपात गर्यो अथवा आशय करनी गर्यो/ त्यसैले महिला दिदि बहिनि हरुलाई अनुरोध बस मा यात्रा गर्दा सके सम्म भिड नभएको साधन रोज्ने अहिले त छ्यास्छ्यास्ती माइक्रोबस हरु छन् त्यसमा उभिएर यात्रा गर्नु पर्दैन अनि सफा टेम्पो त्यसमा पनि आमने सामने भएर यात्रा गरिन्छ माथि भन्नु भएकै छ कुरा हेराइको है छुवाइको हो त्यसैले दिदि बहिनि आमा सानिमा काकी अनि छोरी हरुलाई अनुरोध आफु पनि सुरक्षित रहनुस अनि कोइ पुरुषलाई पनि यो घान बाट बचाई दिनुस /

  28. यो लेख र केही कमेन्टहरू पढेपछि मैले बुझेकोः

    ‍‌क) सुकिलो देखिनु गलत रैछ, भोली देखि म पनि ननुहाईकन, मुख पनि नधोईकन, फोहरी कपडा लगाएर घर बाट बाहिर निस्कन्छु अनि मात्र दुनियाले मेरो सोचलाई गलत नजरबाट हर्दैनन्।

    क.१.) सुकिलो कपडा लगाउने महिलाहरू “स्लट” अनि, असुकिलो कपडा लगाउने “चेली” हुँदो रैछन्, भोलीबाट म पनि सुकिलोलाई “सेक्सी” भन्नु पर्दो रैछ, (लेखिकाकै शब्दमा) अनि असुकिलोलाई चेली; अनि सुकिलोहरूलाई जति जिस्काएपनि हुन्छ, तिनीहरूले त्यै खोजेको त हो नि।

    क३) महिलालाई जिस्काउने बिरुद्ध निस्केको सभा-समारोहमा पुरूषहरू जानु हुँदैन, झन- समर्थन पनि गर्नै हुन्न, तयस्तो गर्यो भने पुरुषत्व गुम्छ।

    ख) नेपालीहरूको दिमाग चल्दैन रैछ, सोच्न सक्ने क्षमता नै हुँदैन रैछ। त्यसैले हरेक नाराले मनलाई छुने हुनु पर्छ, भावनालाई भड्काउने हुनु पर्छ। हरेक वाक्यले भावनालाई छुन पर्छ, अनि मात्र केही नयाँ हुँदो रैछ। यस्तो सभामा त नाराले सबै पुरुष जातीलाई गाली गर्नु पर्ने हुनु पर्दो रैछ।
    प्रचन्ड/ बाबुराम/ गिरिजा/माधव नेपाल बाट सिक्नु पर्दो रैछ नारा लगाउन, सिङ्गो जातीलाई गाली गरे पो त नारा हुन्छ।

    ग) अङ्ग्रेजीमा बोल्नु पाप हो। झन, नारा अङ्ग्रेजीमा लगायो भने नर्क पुगिन्छ अनि तात्तातो तेलमा तारिन्छ।
    (हुन त मैले त्यो जुलुशमा “हामी खेलौना होईनौँ, हामीलाई छुन पाईँदैन” भनेर पनि सुनेको थिएँ।)

    घ) कुनै पनि सभा समारोह देखियो भने, त्यसको गलत गलत कुरालाई औँल्याउने पर्दो रैछ, अनि मेरो लेख पक्कै छापिदो रैछ।

    धन्यवाद मेरा शिक्षकहरू, आहा! मेरो देश महान छ। मलाई सिकाउनेहरू झन महान।

    • ल है यी दीक्षितले नि कनकमणि दीक्षितको पारा ल्याइहाले । सोझो कुरालाई घुमाएर आफ्नै कूतर्कले निमोठ्ने
      हे अभिमन्यु जी, चक्रव्युह तोड्नुस् ।
      सुकिलो देखिनु गलत रैछ- कसले भन्यो गलत छ ? कसैले लेख्या कि तपाईँको मनको कुरा बोल्या ? स्लट को अर्थ फोहरी हो भनेर डिक्सनरीमा लेख्उा रैछ त्यही भएर मिलाउनलाई सुकिलाहरुले फोहोरी वाक गरे भन्न खोज्या

      सुकिलो कपडा लगाउने महिलाहरू “स्लट” – यो मैले हैन, तपाईँ जस्ता जुलुस निकाल्नेहरुले नै भन्या हो।
      महिलालाई जिस्काउने बिरुद्ध निस्केको सभा-समारोहमा पुरूषहरू जानु हुँदैन- मैले लेख्या छु त्यसरी ?
      नेपालीहरूको दिमाग चल्दैन रैछ, सोच्न सक्ने क्षमता नै हुँदैन रैछ- यो त तपाईँले नै प्रमाणित गर्दिनुभो 🙂
      अङ्ग्रेजीमा बोल्नु पाप हो। झन, नारा अङ्ग्रेजीमा लगायो भने नर्क पुगिन्छ अनि तात्तातो तेलमा तारिन्छ- यो पूरै दीक्षित मार्काको कुघुमाइ हो। नेपालीमा भएको भए धेरैले बुझ्थे भन्ने सामान्य कुरालाई दीक्षितको रातो बङ्गलेहरुले के बुझुन् त
      कुनै पनि सभा समारोह देखियो भने, त्यसको गलत गलत कुरालाई औँल्याउने पर्दो रैछ, अनि मेरो लेख पक्कै छापिदो रैछ- तपैँको हिन्दी हो कि इन्डी जर्नलिज्ममा यस्तै छापिन्छ हो ?
      अनि अभिमन्यु जी, जुलुसको कुरा आइरहँदा त्यो फेसबुक आन्दोलन थियो नि ज्याला पूरै लियौ अब संविधान देऊ भन्ने, त्यसको गति के भयो भन्ने पनि लेखौँ न। तपाईँ नि खुब देखिनुहुन्थ्यो त्यसमा । त्यस्ता जुलुसले केही हुन्न भनेर लेख्दा काँचै खान आउँथे । अहिले कता सुते ? दाताको पैसा सकिएर हैन ? अब यो नि त्यस्तै हो ।

      • मैले “शुभेक्क्षा पन्तलाई” केही भनेको छैन, तपाईँको लेख र एक-तर्फी-शैलीलाई मन नपराएको हुँ।
        वैचारिक थियो कुरो, तपाईँको प्रतिउत्तर साह्रै पर्सनल लाग्यो।
        जुन शायद तपाईँले आवेगमै आएर लेख्नु भयो होला। आवेगमा मैले ल्याएको हुँ भने त्यो मेरो कम्जोरी हो।
        आवेगमा आएर तपाईँले बारम्बार “दीक्षित”-“दीक्षित” भनेर “ख” प्वाईन्ट फेरी औँल्याईदिनु भयो।

        “दीक्षित”, “दीक्षित” भनेर तपाईँले भावनालाई ताक्दै हुनु हुन्छ। भावनाबाट तर्क निस्किँदैन। भावनाहरूका सोच्न सक्ने क्षमता हुँदैन, जस्तै तपाईँले रिशले “यो मान्छेलाई सानो-तुच्छ देखा शुभेच्छा” भन्दै छ, र तपाईँ हार्नु भयो रिश सँग। मानिसको सोचलाई ताक्नुहोस्।
        “नेपालीको दिमाग हुँदैन” भन्ने कुरोमा तपाईँलाई त्यही कुरो बुझाउँदै थिए। मनले नाप्ने हो भावना, दिमागले सोचलाई ताक्छ।
        बुझ्न खोज्नु भएन आवेगमा आउनु भयो अनि पूरै दीक्षित ईतिहास खोतल्न थाल्नु भयो।

        तर यही क्रममा ईन्डीजर्नालिजम पनि हेर्नु भएछ।
        त्यस्को लागि धन्यवाद- त्यसमा पनि केही लेखहरू लेख्नुस न। तर त्यसमा, कुनै समूह, जाति, या थरलाई गाली नै चाहीँ गर्न पाईन्दैन है 🙂 ।

        • अरुलाई एकतर्फी भन्ने तपाईँको कमेन्ट चाहिँ कतिको एकतर्फी रैछ त देख्नुभो ? महसूस गर्नु भो ? पक्कै गर्नुभएन र आवेगमा यो कमेन्ट लेख्‍नुभो
          नभए मैले माथि तपाईँका कूतर्कहरुलाई जवाफ दिएको थिएँ, त्यसबारे जवाफ फर्काउने कष्ट गर्नुस‌् न

          • म पनि जुलुशमा गको, मेरो झुकाव त स्वतः तपाईँको विपक्षमा हुन्छ नि।
            तपाईँको नि एक तर्फी, मेरो नि एकतर्फी, तपाईँले आगो बाल्नु भयो, मैले भाडा बसालेँ, अनि तपाईँ उम्लिनु भयो।

            अब ग्यास निभाम है त।

            तर मान के “दीक्षित” भन्ने comment यो विवादमा आवश्यक थिएन । र ठूलै रुपमा Personal पनि।

            तिम्रो लेखमा तिमीले समस्यालाई मात्र दन्कायौ के शुभेच्छा।
            समस्यालाई केलाउँदै लेख्दा कति पय ठाउँमा लाग्छ समाधानलाई स्थान देको छु जस्तो। तर पढ्ने मान्छेलाई त गाली नै गरेको जस्तो लाग्छ नि।
            तर, गाली सुन्दा थाहा हुन्न नि कुन गाली, कुन उपदेश भनेर? अब यी सुकिलाले गर्दै नगर्नु त केही पनि?

            • यिनले अब तपाईँबाट तिमीमा झरेर साइबर दुर्व्यवहार थाले 🙂
              अझ मेरो मोबाइल नम्बर र इमेल नि खोज्दै हिँड्या छन् रे भन्ने सुनेँ । के हो चाला हँ ?
              मैले सोधेका प्रश्नको जवाफ खै ? मैले माथि तपाईँका कूतर्कहरुलाई जवाफ दिएको थिएँ, त्यसबारे जवाफ फर्काउने कष्ट गर्नुस‌् न

              • हो! तपाईँ शारूख खान, तपाईँले हरेक फिलिम मा हिरोईन नचाउनु हुन्छ, तपाईँ नै ट्रेन माथि छैँया-छैँया गर्दै नाच्न सक्नु हुन्छ, अनि देश विदेश घुम्दै गुन्डा कुट्नु हुन्छ।

                • यो कमेन्टको अर्थ बुझिनँ मैले । के भन्न खोज्या हो ?
                  यसको कुनै तुक छ ?
                  अनि मेरो इमेल र मोबाइल खोज्नुभा रैछ
                  मेरो इमेल यस्तै इमेल दुर्व्यवहार गर्न लिनुभाको ?
                  हेर्नुस् मलाई कस्तो इमेल आयो
                  http://i46.tinypic.com/33450r6.jpg
                  यो दुर्व्यवहार हो कि हैन ? आयोजकहरु के भन्छन् ?
                  जवाफ छ |????

                • विचारको बहस गर्न नसकेर एक महिलालाई तपाईँ शारुख खान, तपाईँ नाच्ने, गुण्डा कुट्ने भन्दै अभिमन्यु दीक्षितले आफ्नो वास्तविक परिचय छरपष्ट बनाएका छन् । उनको यस्तो दुर्व्यवहारप्रति निन्दा जनाउँछु । दुर्व्यवहारको विरोधमा जुलुस निकाल्नेले गरेको यस्तो दुर्व्यवहारप्रति आयोजकहरु चुप बस्नु अनौठो छ

                • हैन को रह ेछ यो अभिमन्यु दीक्षित भन्ने ?
                  एउटा केटीलाई केटा र गुन्डा भनेर सीधासीधा हेप्दो रहे छ य…
                  यस्ताले महिला दुर्व्षवहारको विरोध गर्न जुलुस मा सहभागी भएको रे
                  पाए फाइदा उठाउँछु भने र आ ए को हो ला
                  छ्षा घिन लाग्यो मलाई त

  29. पहिला आफ्नो ससिर राम्ररी ढाक

    अनि मात्र एस्तो कुरा गर

    • ढाकेकै हुँदा पनि ममाथि दुर्व्यवहार भएको छ

  30. धिक्कार छ नेपाली भएर नेपाली शब्द पनि राम्ररी लेख्न न-आएकोमा!
    चिरी-च्याट्ट परेर “स्लट” भन्दै ब्यानर बोकेका छन्, अब आफैले आफैलाई ‘स्लट’ भन्छन भने केटाहरु को के दोष? बगैचामा फुल फुले पछि भमरा लाई रोक्न सकिन्न, आगोको छेउमा मैन राखेपछि
    न-पग्ली भन्न सकिन्न, यी नारा पनि त्यस्तै हुन्!

    “ऊ त्यो बीचकी हेर न क्या च्वाँक, सेक्सी लुगा ला’की रैछ।” यस्तो कम्प्लिमेन्ट पाउदापनि होच्याएको हुन्छ भने ति केटि हरुलाई माथिका वाक्यांश बाहेक के भन्ने? छ कुनै शब्द?
    विदेश मा भएको भए त्यो “सेक्सी लुगा, यु लुक सेक्सी” भन्दा “थ्यांकयु” भन्थे होलान र भन्छन पनि किनकि यो शब्दले केटीहरुको तारिफ गरिएको हुन्छ न कि होच्याएको ठहरिन्छ! अब तिमीहरुको मानसिकता नै “सिक” छ भने के नै भन्नु छ र? कि कसो केटा हो?

  31. यो एकदम गम्भीर बिषय हो र सबैले बुझिदिन जरुरि छ. यो भर्खर बाहिर निकालिएको मुद्धा भए नि यस बाट पिडित नहुने हरु धेरै कम छन् र शरीर पुरै ढाकिएको लुगा लगाउने पनि तेतिकै पिडित छन् ! बिबाहित अबिबाहित जुन सुकै उमेरको महिला जो सार्बजिनिक यातायात मा, बाटोमा हिड छन् पिडित छन् ! छातीमा हिर्काउदै हिड्ने, अझ उभिदा भिड वशमा आफ्नो योनी ले केटि को पछाडी घोच्न खोज्नु कति हो कति ! सुन्दै शिरिंग हुने एस्तो घटनाबाट म र मेरा धेरै साथि हरु पिडित छौ ! धेरैलाही अचम्म लाग्ला तर येही तितो सत्य हो ! तपाइको दिदि बहिनि आमा छोरी नै पिडित भएका हुनसक्छन र तपाइले नसोचेको मान्छेले एस्तो क्रियाकलाप गरिरहेको हुन्छ ! यो अभियानले तेस्तै गर्नेलाही निरुत्साहित पार्न र महिलालाही अन्याय नसहन हौसला प्रधान गर्छ !

  32. सुरुवात राम्रो लाग्यो मलाई त .. कमी कमजोरीहरु जे मा पनि हुन्छन, त्यसलाई सकारात्मक किसिमबाट व्याख्या गरेर आयोजकको मनोबल बढाउन सकिन्थ्यो, तर यो लेख अलि बढी नै नकारात्मक भए जस्तो लाग्यो मलाई !!

    अंग्रेजी अब कुनै देश/समुदाय मात्रको होइन, नेपालमा अंग्रेजी बोलिनु नराम्रो पनि होइन न त अंग्रेजीमा प्ले-कार्ड बनाउनु नै अपराध हो !

    ‘सुकिला’ शब्द सुन्दै दिक्क लाग्छ मलाई चैं अचेल, कुनै पनि कुरा को विरोध गर्ने अधिकार प्रचण्डजस्ता “फोहोरी” लाइ मात्र छ र ? ( राजनीतिकरण गर्न खोजेको होइन तर सुकिला शब्दमा उनैको कपी-राइट छ क्यार ! )

    जहाँ सम्म sexual harassment को कुरा छ, अचेल मान्छे अलि जागरुक हुँदै छन् र त्यस किसिमको प्रवृति पनि अलि कम हुँदैछन् कि जस्तो लाग्छ मलाई . म सानै हुँदा मेरो School अगाडी ठूला दिदिहरुलाई जिस्क्याउन भनेर टन्नै केटाहरु बसेका हुन्थे, मलाई देख्दै डर लाग्थ्यो.. तर ९-१०-११-१२ class पुगेपछि मैले बाल्यकालमा देखेको तेस्तो दृश्य देख्नु परेन . “बाटोमा बसेर केटी जिस्क्याउने” प्रवृति निकै कम भएको छ अचेल. सार्वजनिक यातायातमा भने बढी छ, “छुन आउने” प्रवृति . त्यसकिसिमका कुराहरुको विरोध गरिहाल्न पनि सकिन्न फेरी आफैँ भित्रको डर ले गर्दा. विरोध गर्न नसक्नुलाई हाम्रै कमजोरी मान्छु म !

    मलाई गज्जब लाग्यो +2 पुस्ता यसरी समाजमा हुने विकृति-विसंगतिको विरोधमा उठेका देख्दा. युवा-पुस्ताले आफ्नु समाजलाई “बाल” दिएर अरुको सिकोमत्र गर्ने खोजे जस्तो देख्थे म .. अंग्रेजी नै बोले पनि shorts र skirts नै लगाएपनि युवाहरु सामाजिक काम मा अघि बढ्नु पर्छ, अझ राजनीतिमा पनि आउनु पर्छ. रुखका हाँगा हाँगा उफ्री हिंडेका “जंगली” ले देश चलाएर देशको यो हविगत छ .. “सुकिला” देश चलाउन पाए भने अलि राम्रो गर्थे कि ?

  33. एती धेरै नकारात्मक टिप्पणी मनपरेन ! धत् ! Something is better than nothing and hats off to the initiator those young people who dare to start! हो सायद पहिलो भएर कमजोरी हरु थिए तर यदि तपाइलाई साचिकै एस्तो मुद्धा उठाउनुपर्ने हो लागेको भए तपैले पनि त आफ्नो सुझाब दिनसक्नु हुन्थ्यो! जहाँ सम्म मलाई थाहा छ यस्को लागि सबैलाई आवहान गरिएको थियो साथ् दिनको लागि ! अनि तपाई सुकिला र भिजेका भनेर एउटा सबैले भोगेको समस्याको लागि उठेका हरु बीच विवाद ल्याउने कुरा गरेको झन् पटक्कै मनापरेना!
    Everyone is facing it and some people are standing for it,Instead of writing feedback if before event you had shared your ideas for making event more fruitful than it would have been better!

  34. सडक सार्वजनिक त् हो तर आफु खुसि हिड्न पाईंदैन
    शरीर निजि त् हो तर प्रदर्शन गरे हेरिने बस्तु पनि हो
    हेर्ने नजरमा खोट देख्नु हुन्छत् देखाउनुको अर्थ के हो?

    नहेर्ला भने खर्चिने, हेरे पछी झर्किने कुरो अनौठो भयो
    अपराध निम्त्याउने “प्रदर्शन” पनि “अपराध” हो बुझ्नुस
    सचेत गर्नु राम्रो हो,सचेत बन्नु त्यो भन्दा झनै राम्रोहो

  35. Like if you see ‘सार्वजानक’ instead of ‘सार्वजनिक’ in a placard where it says सडक = सार्वजानक
    शरीर = निजि
    🙂

  36. मलाई नेपाली टाईप गर्न त आउदैनथियो तर इंग्लिशमा लेखु भने “सुकिला” भानिमागने डर ले १० मिनेटमा सक्ने कामलाई १ घण्टा लगाउदै छु ! म पनि साधारण नेपाली परिवार मा जन्मेको मान्छे हु . त्यो अन्तिम तस्बिरमा भाको ल्याप्तोप बोकेर वेब्कास्त गर्ने मान्छे म नै हु . अब वेबकस्ट गर्न बिदेशमा जन्मिनुपरने भएको भए मैले गल्ति गरेछु, आफुसंग भाको सिप प्रयोग गरेर केहि राम्रो काम गर्दा मैले नराम्रो काम गरे जस्तो लागेन. अनि मलाई कसैले वेबकस्ट गर्न डलर diyeko थियन. एदी भोलि कसैलाई राम्रो काम को वेबकस्ट गर्न परेमा म त्यहाँ पनि हुन्छु. मैले त्यहाँ म संग ल्याप्तोप छ र मलाई देखाउनु छ भनेर देखाको पनि होइन.

    हो ! यो रयाली मा सुधार्नु पर्ने धेरै कुरा छन् र लेखिका ले ब्यक्त गरेका सल्लाह र सुझाब रामरा छन् तर बिरोध का लागि बिरोध गरेको शैली अलि चित्त बुझेन

    पुरुषहरु ले ब्यानर बोकेको महिलाहरुको उपस्थिति नभएकाले होइन. महिलाको उपस्थिति कति थियो भन्ने ऐले पनि वेबकस्ट हेर्दा हुन्छ .. अर्को एउटा मेरो व्यक्तिगत विचार: आन्दोलन गर्न झुत्रे झाम्र हुनुपर्छ भन्ने कहिँ लेख्या छैन.. अंग्रेजी बोल्नु नराम्रो होइन, तर लेखिका ले सबै नराम्रो भएको हेर्नुको साटो एस्तो गर्दा हुन्छ भनेर केहि गरेको भए कसैले केहि भन्दैन थियो..किनभने यो आन्दोलन को लागि कसैले डलर दिया थियन..अनि सबै काम गर्न, आन्दोलन गर्न डलर हुने पर्छ भनेर बुझ्नु लेखिका को गल्ति हो..

    • महिला कानुन को नाम मा नेपालमा अलि बेसी नै नौटंकी भएको देखिन्छ | नेपालको कानुन यति सम्म भैसक्यो कि , तपाईंको स्वास्नी ले तपाईं ले १५ बर्ष परदेश मा बसेर कमाएको पैशाले बनाको घर तपैन्को अनुपस्थिति मा बेचेर अर्कै संग भगिन भने पनि तपाईं फर्केर कानुन लाइ गुहारे पनि कानुन सायेदै तपाईं को पक्ष्यमा होला | नेपालमा धनि केटाहरु लाइ फसाएर निराधार लान्छना लगाई divorce माग्ने केटि र तेस्ता छोरीहरु को प्रयोग गरि सम्पति कमाउन पल्केका पशु बाउ-आमा हरु को संख्या बढ्दो छ | यो माथिको Rally भनेको लाजिम्पाटमा brown -sugar बेच्ने मिचाहा african हरुको support को बहानामा खोलिएको एउटा dollar भित्र्याउने संस्था जस्तै नै हो | र बाबु Dipendra तिमीले पनि दरो कमाइ गरेउ नै होला त्येस बाट , होइन भने किन जान्थ्येउ र त्यो useless ,meaningless idiot हरुको Rally मा !?

      हो हिड्नुस जुम सुदुरपश्चिम तिर, चितवन को माड़ी गाउ तिर, तराइ को भित्रि गाउ तिर घुम्न , हो त्येहा चाहिएको छ जनचेतना , अलिकति dollar खर्च गर्ने कष्ठ तेता तिर नि गर्ने कि ? अलि अलि धर्म पनि हुन्थ्यो कि ?!

      Finally , all i can say that the drama i saw above is just a piece of idiotic sh**. Those girls look more idiot with those play-cards and banners. And those boys who are walking along with them look GAY.

      • क तपाई को घरमा दिदि बहिनि छैन ?? तपाई को आमा छैन ???एस्तो कहिले नहोस नारा के तपाई को दिदिबहिनि लाई सार्वजनी स्थलमा कसै ले हतपत गर्यो भंये देश को कानुन महिलाको हक मा छ मैले किन आवाज उठाउनु पर्यो वन्येरा हेर्येरा बस्नु हुन्छ ???तपाई को आमा को उमेर को महिला मा तपाई को अगाडी दुर्बेवाहर हुदा के तपाई महिलाहरु को समस्या हो मैले येस्मा किन बोल्नु मैले महिला लाई साथ दिए भने GAY हुन्छु भंयेरा चुपो लग्नु हुन्छ ??????
        ITS SAD TO KNOW PEOPLE ARE AWARE OF ALL THE FACTS BUT ARE STILL IGNORING IT

  37. यों मामिला मा जति महिला गम्बिर रुपमा पिडित छन् सायद पुरुष त्यति त छैन होला. तर जब यों मामिला को कुरा औंचा जैले पनि पुरुषकै गल्ति देखाउने प्रबितिले गर्दा पुरुषहरु धेरै ठाउँमा नराम्ररी फस्ने गरेका छन्. ” slut walk ” जसरि महिलाहरु नंगियेरा हिड्ने गर्छन क त्येसले राम्रो संदेश दिन्छ? पश्चिमा देशमा जति महिला छाडापन निरङ्कुश छ त्यति नै पुरुषक बारेमा त्यो निक्कै संकुचित छ. उदहारणको लागि १६ बर्षोको महिला संग आपसीमिलोमतो मा नै यों सम्बन्द गर्दा त्यो बाल योन सोषण हुन जनचा. हो बलात्कार र योन दुर्ब्येभार्को दोषी कारवाहीमा पर्नु पर्चा, त्येसको मतलब यो पनि होकि महिला ले सभ्यसमाज हिड्ने जसो गरेर हिंड्न नि सिक्नुपर्छ. नत्र त यो सब कुरा लूट को गीत ” छुनलाई होइन हेर्नलाई पाइन्छ, आँखालाई सेक्न जतिनी पाहिनछ ” भने जस्तै हो.

  38. शुभेच्छा ज्यू, हजुरले प्रयोग गर्नुभएको “ सुकिला” शब्दको अर्थ के होला ? सुकिलो हुनु पाँप हो ? हजुर सुकिलामा पर्नु भयो की फोहोरीमा ? म त सुकिलोमा पर्छु जस्तो लाग्छ । म सुकिलो हुनाले कस्कसलाई समस्या सृजना भएछ थाहा पाउँन पाए माफी माग्ने थिए । अभिव्यति सोतन्त्रता हुनु राम्रो हो । त्यसको सम्मान गर्छु तर कसैलाई लाल्छना लाउनु कतिको मानवीय कार्य हुन्छ होला एकचोटी आफै विचार गर्नुहोला ।

  39. लेखिकाले आफूलाई चित्त नबुझेका कुराहरु औंल्याउनुभयो त्यो स्वभाविकै हो, तर वहाँको नकारात्मक सोचाइबाट पुर्ण प्रभावित यो पोस्टलाई पढिसकेपछि एक हिसाबमा भने अचम्मै लाग्यो। दर्शक दीर्घामा उभिएर वहाँले जुन रमाइलो लिनुभयो, अनि जस्तो देख्नुभयो यहाँ त्यस्तै लेख्नुभयो।

    “फन्डिङ”को कमीले ड्राइभर र खलासीहरुसँग सुकिलामुकिलाहरुले कुरा गरेनन् होला रे, तर तपाईंको आँखाअघि नै दुइटा केटाहरुले एउटी नारीको बारेमा तथानाम कुरा गर्दा तपाईं भने कुन फन्ड पर्खिराख्नु भएको थियो र? के आफूलाई नपरेसम्म केही नबोल्ने तपाईंको बानी नै हो?

    हिजो १० जना जम्मा भएका थिए होलान, भोलि १०० अनि पर्सि हजारपनि पुग्छन्। सकारात्मक कदमलाई जहिलेपनि साथ दिनुपर्छ। हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने बानी अलि कम गर्नुहोला। कमिकमजोरी सबैको हुन्छ, तर एउटा दुइटा सानो तीनो कुरा औँल्याएर रमितेको कुर्सीमा बस्नुभन्दा बरु अलि सहयोग पो गर्ने हो कि?

    • अलिना जी
      मलाई तपाइको कमेन्ट चाही दामी लाग्यो हाहा लेखिका जी ले त सुरु देखि नै नियाल्नु हुदै थिएछ नि त्यस्तो नियाल्नुको सट्टा त्यहि आएर सुझाब पनि दिन सक्नु हुन्थ्यो नि यदि उहा पनि त्यसरी नै पिडित हुनुहुन्थ्यो भने अनि अर्को चाही उहालाई यो स्लट वाल्क हुदै छ भन्ने पहिले नै जानकारी थिएछ त्यो समयमा पनि सुझाब दिन सक्नु हुन्थ्यो कम गर्ने बेलामा चुप्प लागेर बसिदिने……. तर यो स्लट वाल्क गर्ने समुहले यो सोच्नु पर्यो कि कसैले तिम्रो क्रिटिसाइज गर्दैछ भने यो सोच तिमि राम्रो काम गर्दैछौ !!!!

      र मलाई केहि पुरुष साथीहरुको कमेन्टसंग चाही मेरो विचार मिलेन घरमा आमा दिदीबहिनी नभए झैँ कमेन्ट दि राखनु भएको छ !!! तपाइको दिदीबहिनीले त्यस्तो कपडा लगाए र अरुले तपाइको आमा दिदीबहिनी अनि श्रीमतीको शारिरका संबेदनशील अंग छोइदिए तपाइको अनुहार कस्तो हुन्छ होला ??? लेखन जति सजिलो छ नि ब्यबहारमा त्यति सजिलो छैन बुझ्नु भयो???

    • एकदम राम्रो बिचार | सकारात्मक सोच हुनु पर्छ, निस्चय पनि सफल भइन्छ |

  40. सबै कुरो त बुझे तर खोइ के भन्न खोजेको चै बुझिन.देखाउनेले देखाए भने हेर्ने को गल्ति हुन्न.समौना पो जानु भएन.भिडभाडमा गाडीमा चड्दा छोइयो भनेर गाली गर्नु भएन.सबै प्रति सम्मानको भावना हुनु पर्यो नि साथी .बाकी चै जसरि रमाइलो हुन्छ समझदारीमा चलाउ.राम्री केटि लाई दिदि भन्यो झनक्क रिसौछन !

  41. जबर्जस्ति गर्नु भएन त्यो अर्कै कुरा हो , विदेश तिर त् केटि हरु लाइ जिस्कायो भने उल्टो जिस्कनछन , खुब मजा मान्छन , आफु लाइ आकर्षित र सुन्दरी युवती भएको महसुस गर्छन , अनि कुरो प्रसंग करणी को …करणी को आसय ले हेरियो अथवा केहि भनियो भने पनि तेस्लाई कुनै नराम्रो मान्दैनन त् , मन नमिले सरि भन्छन बरु , हो जबर्जस्ति नसोधी कन आफु खुसि गर्न थालियो भने त् जेल को बास पक्का हो
    मेरो भनाइ को मतलब नेपाली दिदि बहिनि हरु पनि बिदेशी जस्तै हुनुहोस भनेको पटक्कै होइन , तर सिकेको अनि सिमित मान्छे ले बुज्ने अंग्रेजी मा नारा लेखाउनु भन्दा ठुला ठुला अक्षर मा नेपाल मा बोलिने नेपाली लगाएत अन्य मात्री भाषा हरु मा लेखेर सभ्य जुलुश गरेको बेश हुन्थ्यो होला

  42. जे गरेका छन् यो संसारमा सुकिमा मुकिला महिलाहरुले गरेका छन् / माथि दुइ इन्च तल चार इन्च कपडा लगाएर अरुलाई देखाउन आकर्षक भएर हिडेर बैंसे अर्धबैंसे सबैको दिमाग खलबलाई दिएर पागल बनाई दिन्छ / महिला तथा केटीहरुले ७५ प्रतिसत आफ्नो शरीर ढाक्ने कपडा लगाएर हिंडे मात्र पनि संसारको आधा अपराधहरु घट्छ होला /

  43. केटा: नदेखाउनु …. नडराउनु
    केटि: देखाएपनि मुन्टो बटार्नु अनि आमा र दिदीबहिनीलाई जस्तो सम्मान गर्नु

  44. शुरुवात राम्रो छ, शुरुशुरुमा यस्तै हुन्छ तर निरन्तरता दिनु जरुरि छ, कमीकमजोरी त ब्यबस्थित भनिएका कार्यक्रम मा पनि देखिन्छ/ नेपालीपन अंगालेर कार्यक्रम गर्नुपर्छ कारण लक्ष्यित व्यक्ति सामान्य नेपाली हुन्/ आलोचना गर्न सजिलो छ तर फिल्डमा उत्रेर कामगर्न नया बिषयमा उत्तिकै गारो छ/ तपाइको विश्लेषण केहि हदसम्म सहि भएपनि तपाइले समय पुरै नकारात्मकता औंल्याउन खर्चनु भयको छ/ सुरुवात गर्दा जति भयपनी बिस्तारै अरुलाई गोलबन्द गर्दै लैजानुपर्छ कारण धेरै मान्छे आफ्नो नियमित काम छाडेर साझा काममा जाने परिपाटी पनि कम छ अझ बिल्कुलै नया खालको सामाजिक आन्दोलनमा /

  45. त्यो त हो, केटिहरु ले पनि छोटो र पर्दारसी लुगा न-लाग्य, यो समस्या कमि हुन्थ्यो कि

  46. Thank you Suvechya Panta ji for this post. I am happy to see that so many of MySansar’s readers are interested in the issue of sexual harassment.

    You have raised two valid issues regarding the campaign-the language barrier, and timeliness. I agree with you. These lapses need to be addressed.

    But I do have serious reservations regarding the way you framed the campaign and also the way you characterized Nepal’s English language media.

    “Sukila” is the word I detest because it romanticizes the rustic authenticity of revolutions. Is it wrong for Kathmandu’s “sukila” groups to be involved in social issues or the mere fact that they are “sukila” renders them ineligible to be part of social and political movements?

    CK Lal went off the rails criticizing Nepal Unites campaign, calling them misguided hippies. Is that the way this is going to be from now on? Criticizing not based on content of a campaign but who is leading the campaign?

    And the Nepal’s English language media, do you believe that they are patronizing these “sukila” hippies because they don’t care about the “real” national issues? That is so very condescending.

    Nepali language media is “the” mainstream of our mainstream media. They have much wider reach and make the rules, so to speak. That leaves the English language media ample space to explore and experiment. Who do you say is more innovation in terms of content and angle between print Nepali papers or the English ones? But does this difference in character enough to support your insinuation that English language media is worthless in Nepal?

    I collaborated with the Kathmandu Slut Walk (Walk for Respect) team to organize an online solidarity walk. These are my personal opinions.

  47. येह सब भेदभाब बहेकै पुरुष र महिला गरेर हो. जुन issue को लागि यो वाक गरिएको हो, त्यो सिधै मानव अधिकार को हनन हो. तय निर पुरुष महिला को लागि भन्दा पनि एउटा मानव भएर मानव अधिकार कुनै नि लिङ्ग मा हनन हुन दिनु हुन्न भनेर प्रस्तुत भएको हो!
    त्येश्मा banner जो सुकै ले पक्ड़ोस न, मानव अधिकार को लागि हामी हिनेको हो र मानव ले नै पाक्दै राको देखि राछु banner हरु त. अनि यो वाक gender neutral हो, महिला को इस्सुए तिर ढल्के पनि, यो वालक ले सबै gender माथि हुने हिम्षा हरु address गर्छ 😀

    कै न कै बाट त यो सुरु नै गर्नु थिओ, हामीले elite youths टार्गेट गरौं सुरु गर्न. सुरु मै सबै काम एकै चोटी हुन्न, सानो सानो पाइला लिदै आघि सर्ने हो!

    जय नेपाल!

  48. मलाई पनि यो ‘स्लट वाक’ शब्दले अल्मल्याएको थियो । अँग्रेजीमा स्लट भनेको फोहोरी केटीलाई नभई ‘वेश्या’नाउँ दिइएकाहरूलाई भनिन्छ भन्ने ती ‘सुकिलामुकिला’हरूलाई राम्ररी ज्ञान हुनुपर्ने हो । फेरि किन यस्तो ‘स्टल वाक’ भनेर कार्यक्रम बनाए ? कि यो कार्यक्रमका लागि आएको डलर खास ‘स्लट’हरूका लागि त थिएन. जुन ती ‘सुकिला-मुकिला’हरूले ‘वाक’का नाउँमा कुम्ल्याए ?

    • पुष्पजी, स्लटलाई नेपालीमा पनि शब्द छ| जसलाई “फूंडी” भनिन्छ क्यारे| बेश्या एक पेशा|

      सम्मान खोजिनु राम्रो कुरो हो तर फूंडी हुन पाउनु पर्छ भन्ने चाहि गलत हो| harasment लाई “छुनु” भन्दा ठिकै हो, जसको बिरुद्दमा यो awareness demonstration भएकोमा मेरो समर्थन छ|

      • क्रिसजी,

        ‘यौन दुर्व्यवहार’को कुरा छ, त्यो देश, समाज अनि व्यक्तिपिच्छे फरक-फरक रूपले लिएको पाइन्छ । कतै जिस्क्याउनुलाई पौरुषत्त्वका रूपमा खुद महिलाले नै लिन्‍छन् भने कतै यसलाई दुर्व्यहारको संज्ञा दिइन्छ ।

        मैले उक्त कार्यक्रमकै ‘पूरा’ विरोध गर्या होइन; खासगरेर ‘स्लट’ शब्दको प्रयोगमा आपत्ति हो । गुगल गर्दा यो ‘स्लटवाक’ क्यानडाबाट शुरु भएको रैछ । त्यहाँ पो किन यस्तो नाउँ जुर्यो भन्ने थाहा छ; हामीलाई त छैन नि । झट्ट सुन्दा त उक्त कार्यक्रम स्लटहरूकै वाक पो हो कि भन्ने भान हुन्छ । शुभेच्छाजीले उठाउनुभएको कुरा पनि यस्तै हो । अर्थात्, सबैले बुझ्ने हुनुपर्छ यस्ता कार्यक्रम । ड्राइभर-खलासीले जिस्काएको कुरा गर्ने तर उनीहरूले नै नबुझ्नेमात्र होइन कि उल्टै गलत अर्थ लगाउन मद्दत पुर्याउने शैली अपनाउनुभएन भन्ने मात्र हो ।

        अझ मूल कुरो त, जनचेतना भनेको कसैलाई गाली गरेर, हप्काएर हुने होइन । नरमशैलीको प्रयोग गरिनुपर्छ “… वा जेल जानु” जस्ता नाराहरूको प्रयोगले चेतना नभई द्वन्द्वको बिजारोपण गर्छ भन्ने मलाई लाग्छ ।

  49. मलाई त यो अभियान सुरु गर्ने सबै लाहि धेरै महिला को तर्फा बाट ध्यांबाद देन मन लागो तर अंग्रेजी को सत्ता नेपाली को प्रयोग गर्य भए राम्रो हुन्ठेयो होला किन भाने हाम्रो देश मा धेरै ले अंग्रेजी बुज्दैनन तर येस्तो कुरा मा हामी ले अवाज उठाउनु नै परछ मा एउटा महिला भायेको मा थाहा छ कि यो कुरा हामी साग जैले ज नि हुन सक्छ तेसै ले एस्तो बेहोवर गर्ने हरु लाही दण्ड नि देनु परछ अनि मात्र उनि अरु को हिमत औंदैना महिला को इज्जत गर्न सिक्छन तपाई हरु यो प्रक्रिया गरि राखनु तर नेपाली को प्रयोग गरे राम्रो हो
    (BUT HATS OFF TO UR CONCEPT THIS KIND OF AWARENESS MUST BE ORGANISED )

  50. यो समाचार पदेपाची मलाई औटा कुरा जुन मेरी औती मित्रले सहर गरेकी थियिन!! प्रसंग मोटर साइकल को थियो उनले नया बइके लिगेको मा सबै नज दङ्ग थिए सबैले खुसि साटिरहेका थिए भने उनको आखामा तेस्तो केहि देखिदैन थियो! पछि थाहा भयो कि त्यो बाएक किन्नको लागि घरमा परिवार संग झगडा गर्नु परेको रैछा…. तेस्को पनि कारण दैनिक ओफ्फिस collage र घर गर्दा वोग्नुपरेको दुर्बेबहर नै रहिछा. यत्तिकै मा उनि सबैको समू रुदै भन्न थालिन ” बसका खलासी हरु सिदै बछेस्तालमा हात पुर्याउने र सडकमा हिन्दा केहि समय सम्म पनि पिछा गरिने भएर मैले घरमा भन्न नसकेर बाएक किन्न भनेकी हु मेरो बाबा को मन दुखाउने मेरो…………”
    ढिलाई भए पनि योसको पहिचान भयेछा जस्तो लग्यो! तपाई हरुले यसलाई कडिका साथ आफ्नो सोविमन र जिबन रछा आत्मा सम्मानको लागि निरन्तरता दिनु हुनेछ भन्नेमा…
    जय होस् !!!

  51. यो भन्दा जटिल समस्या नेपाल मा धेरै छन् ,सडक सबैको लागि,सरिर निजि यो त सायद सबैलाई थाहा छ अधिकार खोज्नु राम्रो कुरा हो तर अधिकार को नाममा pollution होइन solution खोज्नु उत्तम हुन्छ !

    • सहि कुरा हो / देशमा धेरै तेस्ता बिसयाहरु छन् जो यो भन्दा पनि जटिल छन् / सूधुर पक्षिम तिर हेर्नुश? त्येही राजधानी को वरिपरीका मनिष हरुलाई हेर्नुश कत्ति पिछडिएका छन् / नेपालको बालबालिका/disable /बृदाहरुको स्थिति ?????????? येस्ता धेरै धेरै बिषय छन्/

      हो, यो पनि एउटा बिषय हो तर येस्मा कसले के गर्ने भन्दा पनि महिला हरु आफै able हुनुपर्यो / कसैले तपाइको सरिर लाई छुन्छ वा दुर्ब्यबहार गर्छा भने तपाई बोल्न सक्नु पर्यो होइन र /

      so plz writer sis, Nara k ma banyo ”english or nepali” doesn’t matter…. yo subject ma lekhnu vanda ”tayo khalasi ko behabiour kina testo hun6 n keti haru yesta kura haru kina khulera samna garna sakdainan” vanne subject ma lekhnu ani kehi solid hun6 hola……………………… na ki ”sukila luga lagayeka ani english playcard bokeka” haru dekhi daha vayeko jasto po lagyo malai ta hahahahahahah sooooooooooo serious…. jorunalism is not game.

  52. बिरोध गर्नु नेपालीको आदत हो / केहि नगर्नु भन्दा केहि त गरे नि / तपाईको कन्ट्रीब्युशन चै के रहेयो नी? के तपाई ले महिला माथि हुने गरेको दुर्व्यवहारको सामना गर्नु परेको छैन? आफु ले केहि नगरे पछी अरुले गरेको कुरालाइ पोजेटीव किसिम ले लिने बनि गरौ / सके सहयोग गरौ, नसके बिरोध नगरौ /
    सुकुला हरु ले मात्रै बुझिदिए पनि कमसे कम, तिनले त बुझे नि / आर्को साल तपाई पनि आउनु होला, सबै ले बुझ्ने किसिम को गर्नु होला / नकारात्मक कुरा किन लेख्ने नि ?

    • बिरोध गर्नु नेपालीको आदत हो / रीतिका जी आदत भन्दा बरु “बानी” लेखे अलिक राम्रो हुन्थ्यो होला/

  53. यो कुरा मलाई चाहीँ चित्त बुझो है । आफ्नो लागि आँफैले गर्नुपर्ने काममा पनि डोनर चाहिने । अनि त्यसै अनुसारको प्लेकार्ड बनाउनु पर्ने बाध्यता भएर हो कि । सडक सार्वजनिक हो । शरीर निजी हो । तर सार्वजनिक सडकमा निस्कँदा समाजले पचाउने गरी शरीर प्रस्तुत गर्नु पर्ला नि हैन र ? सार्वजनिक सडकमा निस्कँदा दिदी बहिनी र आमा छोरी बस्ने कोठाको जस्तो गरी सडकमा निस्कँदा त त्यहाँ केही न केही समस्या पर्ला । त्यो समयमा केही भएन भने त त्यो पुरुषमा खराबी छ अस्पताल लानु पर्ला नि हैन र ।

  54. खै के भन्नु,
    नानीहरु पनि धेरै revealing हुनु भएन.
    बाबुहरू पनि ताती हाल्नु भएन. 🙂
    Let’s be respectful

Comments are closed.