अविश्वास प्रस्ताव ठीक कि बेठिक ?

नेपाली काङ्ग्रेस र एमालेले बाबुराम भट्टराईको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ। यो साताको सुरु मै एमाले नेता केपी ओलीले अविश्वास प्रस्ताव ल्याउने बारे कुरा अघि बढाएको समाचार आएको थियो भने आज त नेपाली काङ्ग्रेसका सभासदहरुबीच हस्ताक्षर संकलन नै गरी यसलाई औपचारिक रुप दिइएको छ। बाबुराम भट्टराईको सरकार संविधान सभाको निर्वाचन भए यता चौथो हो। अब सरकार बन्यो भने चार वर्षको यो पाँचौँ सरकार हुनेछ। त्यसो त सरकारविरुद्ध मात्र हैन, सरकार मात्रै फेरिरहने सभासद् र नेताहरुविरुद्ध जनताले अविश्वास जाहेर गरिसके। संविधान बनाउने म्याद २६ दिन बाँकी रहँदा संविधान बनाउन हैन सरकार फेर्न दलहरु लागेको देख्दा तपाईँलाई कस्तो लागेको छ ? अब तपाईँको पालो, आफ्नो कमेन्ट छोटकरीमा लेख्नुहोला।
[polldaddy poll=6191572]

35 Comments

  1. अबिश्वाश को प्रस्ताब ल्याएर सरकार धाल्नेरा बाँदर हो / आफु पनि घर बनाउन सक्दैन अरुले घर बनाउन लग्यो भने पेट पोलेर बन्न लागेको घरै भात्काउना खोज्ने / स्वयेम्भु मा गएर मकै मात्र खाई बसे भैहाल्थ्यो नि /

  2. कुरो सुन्दा पनिं कन्सिरी तातेर आउन्छ, साला कति सम्मका डाँका त|

  3. “लगनको बेला हगन” भनेको यहि हो /
    – फल पाक्ने बेला रुख हल्दाउनु खोज्नु गलत…एकदम गलत !!

  4. एउटा देल्ही मा न्वारन गरेको पार्टी अर्को देल्हीको लुतो कन्याउने / देशमारा ओली कराउन थालेदेखि जरुर बिदेशीले केहि षडयन्त्र गर्न थालेको मैले अनुमान गरेको थिएँ / अब देशमारा पार्टीहरुलाई के इशारा आयो कुन्नि बिश्वोको आठौँ आश्चर्यको क्रियाकलाप देखाउन थालेको महसुस भएको छ / काम कुरो एक तिर कुम्लो बोकी थिमी तिर भनेको येही हो ?

  5. आखिर yeti धेरै हामि नेपालि जनता हरू छौ जसले नेता भन्ने जन्तु man परौदैनौ… अनि फेरी किन हामि त्यिनिहरूलाइ तह लगुना पनि सकिरहेका chhainau ?? पत्याउने नसक्ने गरि हामि माथि दमन र शोषण गरिने यी नेतालाइ हामि नै जीवित राख्ने फेरी किन भन्छु तलब firtaa…. हरियो बाँस मा कसी हाल्न पाए हुने नि नेता जति लाइ…..

  6. थुक्क thuuuuuuuuuukkkkkkkkkkkkkkkkkkkkkkkkaaaaaaaaaaaaaaaaaaa मर्ने बेलामा हरियो काक्रो भनेको येही हो
    अब कांग्रेस र भाई कांग्रेश ले सरकार मा बस्ने दिन गए भनेर बुझेछन अन्तिम २० दिन भए पनि येस्सो अनुभब गरोउ भन्ने लागेको होला , पर्ख अर्को चुनाब मात्रै आवोसना हेरौला तिमीहरुलाई सक्तिसाली दुर्बिन्ले

  7. ए बाबा यिनीहरुको ठूलो ठूलो पेट पाल्नु पर्दैन र भने घिच्न दिउँ न /

  8. बेठिक १००% |
    कल्ले सुन्थ्यो र? यद्यपि यी सुझाव राख्ने प्रयास गरेको छु|

    १. अहिलेको संबिधान सभाको मुख्य काम संबिधान निर्माण गर्ने हो| अहिलेको अन्तिम म्यादभित्र संबिधान बनि सके पछी स. स. पूर्णत: बिघटन गरिनुपर्छ| संबिधान नबने पनि सभासदलाई तलब भत्ता र सुबिधा नदिने घोषणा गरिनपर्छ| (सके चार बर्षमा खाएको तलब र देश विदेश गएको भ्रमण खर्च भत्ता पनि उल्टो छेराउन पर्छ|)

    २. संबिधान बने लगत्तै अन्तिम म्याद समाप्ति संगै मौजुदा सरकार पनि भंग गरिनुपर्छ र भंग गरिन अघि एउटा अन्तरिम काम चलाऊ सरकार गठन गरिन पर्छ|

    ३. सो काम चलाऊ (मन्त्रीमंडल) सरकारको कार्यकाल र कार्य सीमा पनि तोकिन पर्छ|
    काम चलाऊ सरकारको मुख्य काम हुनेछ आगामी चुनाव गराउनु जसको समय पनि तोकिन पर्छ (नत्र भने उनीहरुले पनि आफ्नो म्याद बढाउदै जानेछन).

    अपेक्षा गरौ सबै दलहरुले यो स्वीकार गर्नेछन र सबैको सहमतिमा कुनै पनि राजनैतिक दलमा नभएको व्यक्तिहरुलाई समेटेर नंया काम चलाऊ अन्तरिम सरकार गठन गरिनेछ|

    ४. सो काम चलाव सरकारमा सीमित संख्याको सदस्य हुनपर्छ| सदस्यहरुलाई निस्पक्ष र तटस्थ राख्न कुनै पनि दल बिशेषमा सम्मिलित नभएका दक्ष र बिज्ञ सहित जनताको प्रतिनिधित्व हुने सदस्यहरुलाई मात्र राखिन पर्छ|

    ५. काम चलाऊ अन्तरिम सरकारका सदस्यहरुलाई मन्त्रि होइन सल्लाहकार भनिन पर्छ| ती मध्य एक जनाले मुख्य सल्लाहकारमा नियुक्ति भएर नेतृत्व गर्नेछन|

    ६. सबै सल्लाहकारले आफ्नो आम्दामी सम्पति व्यहोरा खुलाउनु पर्छ |

    ७. सबै सल्लाहकारले चुनाव पछी चार बर्ष सम्म कुनै पनि सरकारी नियुक्ति र सरकारी तलब भत्ता खाने पद र काम नलिने शपथ ग्रहण गर्नु पर्नेछ|

    अरु पनि थप्नुहोला| मलाई लाग्छ यस्ता कडा कन्डिसन वावजुद देश प्रति माया भएका सफा छविका काम गर्ने व्यक्तिहरुको कमी हुनेछैन|

    यसमा रास्ट्रपति र उप को भूमिका पनि कम गरिन पर्छ| जसले उनीहरुलाई चुनेका थिए तिनीहरुको म्याद नै शेष भएपछी जनादेश समाप्त भएका रास्ट्रपति र उप लाई राखी राख्ने के काम?
    नंया संबिधान अनुसार चुनाव पछी जो जितेर आउँछ, त्यही संसद र सरकार मिलेर नीति निर्माण र बिकाशका काम गर्नेछन|

    फ्याट्ट फ्याट्ट कम्प्लेन गर्ने मात्र हैन, सबै मिलेर समस्याको निदान र निकासामा सुझाव दिऔ| अब यो सुझावलाई कसरी प्रचण्ड, बाबुराम, सुशील, माकुने, झलनाथ, ओली झोली जे पायो आफु मन्त्रि हुनलाई तेही बोली, शेरे, बैद्य, उपेन्द्र, गच्छेदार, आदि नेपाल देश राज गरिरहेका नेताहरु समक्ष पुर्याईदिनु होला|

  9. संविधान बनाउनको लागि गएका नेताहरु संविधान घोषणा हुनु भन्दा चार हप्ता मात्र अगाडी आएर सरकार बदल्ने चलखेलमा लाग्नु संविधान नबनाउने र देशलाई संकट तिर लैजाने षड्यन्त्र हो/ यो हदै सम्मको देश र जनता प्रतिको गद्दारी हो/
    संविधान घोषणा गर अनि मात्र राष्ट्रिय सरकार वा अ-राष्ट्रिय सरकार के बनाउन पर्नी हो त्यो बनाऊ/
    यो ६०१ जना किर्नाहरुलाई बचाउने षड्यन्त्र हाम्लाई चाहिएको छैन/
    ए अविस्वासको प्रस्ताव ल्याउनेहरु अबको चार हप्ता खुराफाती गर्नुको सट्टा कलम चलाउ, संविधान लेख/ के तिमीहरुको संविधान घोषणा गर्ने प्लान भुस भयो? तेसै अविस्वास? जे मन लग्यो तेही गर्ने? सन्की हरु…………

  10. अविस्वास को प्रस्ताब लेरौछु भनेर कुर्लिने हरु सबैलाई ठेद्कामा हाल्लना मिल्दैन????? मिल्छा भने त्यो चै काम पहिला गरुन अनि बाकि हरु को पनि ghaiTaamaa घाम लाग्छा कि भन्ने मलाई लैराछा

  11. मलाई अचम्म लागिरहेछ कि के को कारणले बाबुरामले राजिनामा दिनुपर्ने ,,,,,
    “माओबादी को हतियार सहित को सेना भएको ले संबिधान नबनेको हो माओबादी ले सेना समायोजना गरेमा केहि दिन मा नै संबिधान बन्छ” भन्ने खादाके, माकुने, झाले, दारी सुशील जस्ता लाज पचेका हरुवा र राम्चंद्रे जस्तो “एक दिन लाइ भए पनि प्रधानमन्त्री बन्न पाए बैकुण्ठ बास हुन्थ्यो भनेर सोच्ने लाइ के भन्ने?”

    “अब त सम्पूर्ण नेपालीलाइ थाहा भयो नेपाल को वास्तविक सत्रु को रहेछा भनेर | यी बिदेशी का दलाल हरुलाई नेपाल बाट सदा सदा लागि लाखेत्नाइ पर्छ | अनि एस्त को पुच्छर बनेर हिड्ने कुकुर हरु अनि तिनीहरुलाई समर्थन गर्ने स्याल हरुले पनि बुझछन कि?”

    खबदार संबिधान बनाऊन छोडेर सरकार गिराउन लाग्यौ भने जनताले हसिया कुटो कोदालो बोकेर खेद्नेच्हन बिदेशी दलालहरु ….खबरदार … होशियार …

  12. गल्ति भो यदि हुने भय यी सबलाई हटाएर युवा हरुलाई देश विकास गर्नु परो हो खाली कमेन्ट मात्र ले भयन साथी हो अब यी फटाहरुलाई पाता कसेर त्रसुलिमा जिउदै बगाएर यिनीहरुको सराधय गर्नु परो अनि युवा हरुलाई अगाडी बढाउनु राम्रो होला को कसो ………………..!

    • एकदम ठिक
      त्यहि प्रस्तावको कारण संम्विधानका विवादित विषयमा सहमति जुट्छ भने!!!

      गलत(त्यसको नतिजा भविष्यमा देख्नेछन)
      त्यहि प्रस्तावको कारण संविधान बिथोलियो भने!!!!

  13. लाज लाग्नुपर्नेलाई नलागेपछि के गर्नु ? नेपाली भनाइ नै छ नि ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई पनि बनाउन दिँदैन’, ‘काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर’, ‘सौताका रिसले पोइको काख बिगर्ने’ यी सबै उक्तिहरु लागु हुन्छन् यी नेताहरुमा । राज्यले सही राजा पाएन वा राष्ट्रले सही नेतृत्व पाएन भने त्यो देशको दुर्गती हुन्छ भन्ने कुरा नीति शास्त्रको कुरा हो । हामी जनताहरु अब दुर्गतीको शिकार मात्र भएर कति बस्ने ?

  14. एकदम बेठिक !
    अबिस्बासको प्रस्ताब ल्याएर सरकार ढाल्ने बेला भा’कै थेन ऐले !
    संबिधान बनाउने म्याद २६ दिन मात्रै बाँकी रहेको यो सम्बेदनशील अबस्थामा
    हाम्रा नेताहरुको के नौटंकी हो यस्तो ???!!!
    बेमौसमको बाँसुरी कसको ईशारामा हो ??? !!!
    यी नेताहरु आफू उँभो लाग्ने कुरामा ( तिनका तलब सुबिधा भत्ता आदि राज्यबाट
    प्राप्त गर्ने कुरामा ) चै एकमत भएर सहमत हुन्छन् अनि मुलुक र जनता उँभो बनाउने कुरामा चै किन यी सहमत हुन सक्तैनन् ? त्यो पनि हजारौ कोशिसको
    बाबजूद पनि ?????????????????????????????????????????????
    यतिका ४ बर्षमा यिनले कुम्ल्याएका तलब भत्ता सुबिधा ??? अनि यी बिचमा रुखै रुखले घेरिएको हरियो शुन्दर शान्त बनजंगलको बिचमा रहेको रिसोर्टहरुमा पुगेर
    बिश्राम लिंदै मिठो मिठो खाना चपाउदै दशैँ आए जस्तो गरी बसे हास्दै रमाउदै !
    ( हाम्रा नेताहरु शुन्दर रिसोर्टहरुमा हास्दै रमाउदै बस्या मैले देख्या हाम्रा मिडियाले छाप्या फोटोमा )
    त्यतिका मोज संग भोज खाए झैँ घिच्नु घिचे तिनले जनताको पसिना !!!!!!!!!
    अब ऐले संबिधान निर्माण प्रक्रिया पुरा हुने हुने बेलामा यस्तो नौटंकी गर्न लाज
    लाग्दैन ??? छि : छि : थुईक्क !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  15. “माओबादी को हतियार सहित को सेना भएको ले संबिधान नबनेको हो माओबादी ले सेना समायोजना गरेमा केहि दिन मा नै संबिधान बन्छ” भन्ने खादाके, माकुने, झाले, दारी सुशील जस्ता लाज पचेका हरुवा र राम्चंद्रे जस्तो “एक दिन लाइ भए पनि प्रधानमन्त्री बन्न पाए बैकुण्ठ बास हुन्थ्यो भनेर सोच्ने लाइ के भन्ने?

  16. N C का बुध्दी भएका र धुर्त नेताहरु मिलेर रामचन्द्रलाई र U M L का बुध्दिवाल तथा जनाधार भएका नेताहरुले ओली लाई पटक पटक हास्य अभिनेता बनाईरहन्छन, भर्खरै ओली N C संग को बैठकमा कांग्रेसकै ७ प्रदेश को प्रस्ताब ठिक हो भनेर खोकी नासक्तई माधव नेपाल १२ प्रदेश सम्ममा सहमति हुन सक्छ भन्दै थिए, / दुबैलाई अबको P M भनेर उचाल्दै पछार्दै गरिरहेकाछन / बिगत बाट नचेतेका रामचन्द्रलाई अझै कतिचोटी उत्तानो पर्नेहुन / ओलीलाई त उखाने नेता पींध नभएको लोटा भन्ने सम्झनछन U M L पार्टी भित्र, / बिचरा दुवैलाई कपडाको थाग्नो र भाँडा कुड़ा को पत्रु नै पर्नेभये कठैबरा ………

  17. अब त सम्पूर्ण नेपालीलाइ थाहा भयो नेपाल को वास्तविक सत्रु को रहेछा भनेर | यी बिदेशी का दलाल हरुलाई नेपाल बाट सदा सदा लागि लाखेत्नाइ पर्छ | अनि एस्त को पुच्छर बनेर हिड्ने कुकुर हरु अनि तिनीहरुलाई समर्थन गर्ने स्याल हरुले पनि बुझछन कि?

  18. यी कुपुतहरुलाई जिउदै खाडलमा पुरेर टाउको माथिबाट खोटो लगाएर आगो लगाएर सजाय नदिए नेपाली जनताको आत्माले शान्ति पाउदैन . अति गर्नेको खति कसरि हुन्छ भन्ने कुरा देखाउन अतिनै जरुरि भैसक्यो …दिने पिछेको एउतै समाचार सुन्दा पनि अब त टाउको देखेर आउन थाल्यो …

  19. निभ्ने बेला मा बत्ति ले नियमित भन्दा देरै प्रकास दिन्छ भनेको हो रहेछ कि जस्तो लग्न को थाल्यो, एमाले र कांग्रेस लाई अब संबिधान आउन २०दिन् बाकी रहदा,सरकार परिवर्तन गर्ने लहड चलेको छ ,
    सायद यिनी हरु ले देश को ढुकुटी मा लडिबुडी नखेली अब २०दिन् पनि कार्यकर्ता पालना सकेनन जस्तो छ | हे काला बिराला हो , तिमि हरुले केहि त देश को बारेमा केहि त विचार गर ,सरकार परिवर्तन भए पछि फेरी सबै कुरा back to normal हुन कति दिन लाग्दछ ? अहिले त सरकार परिवर्तन गर्नु भन्दा सबै ले हातेमालो गरेर संबिधान बनाउने काम लाई Prioritize गर्ने बेला हो | हाम्रा समाज का नागरिक समाजका खोल ओडेका भलाद्मी हरु कता सुत्दै छन् कुन्नि , चाहिने बेला मा यिनी हरु पनि बोल्दैनन , नाचिने बेलामा यिनी बोलेको कसैले सुन्दैन …. अस्तु |

  20. यसपाली पनि संबिधान नबन्ने पक्का छ | अब यिनीहरु संग ४ बर्ष सम्म दिएको तलब भत्ता सबै फिर्ता माग्नु पर्छ | चोर घटिया नेता हरु |

  21. भयो……….पुग्यो…………चाहिदैन नया नेपाल !

  22. खोइ के भन्ने ?आजै राती सबै नेता हु भन्नेहरुलाई हरियो बासमा बाधेर संख फुक्दै आर्यघाटमा लान पाए राम्रो हुन्थ्यो/

    • म बजाउछु त्यो संख चाही
      अनि टुऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊउ पार्दै लानु पर्छ

  23. किन ठीक छैन ?
    नया संबिधान आयो भने अर्को चुनाबमाँ आफ्नो घर को पनी भोट आउने पक्का छैन.
    ऐले हारे पनी प्रधान मंत्री हुने बेला माँ दुई ठौ बाट हरने माकुने हुन हुने, पंचायत मा साथी हरु को सुराकी गरेर हत्या गराउने, मदन भंडारी ली मरेर उसकि बुडी लाई आफ्नो रखैल बनाउने, शाही कलमा राजा को कट्टु मुनि लुक्नी र लोकतंत्र मा जनता र पार्टी बाट हरदा पनी के पि कामरेड लाई भाग छैन, यो भन्दा के चाहियो प्र म हुन ?
    अनी संबिधान बनायर के गर्न खोजेका हुन ? फेरी लुटने मौका आउछ आउदैन पक्का छैन भने किन बन्न दिने ?
    अ आफ्नो स्वार्थ हेर्ने हो देश भाड़ मा जावोस
    हैन त के पि कामरेड अनी राम चन्द्र बाजे
    बस्ताब मा भन्ने हो भने यी २/४ जाना कुकुर हरु ले गर्दा सारा बाहुन छेत्री लाई संका ले हेरे सारा ले.

  24. संसदीय ब्यबस्ता ठिक छैन भन्ने प्रमाण, संबिधान बनाउने बेलामा मन्त्रि बन्ने सपनामा छन् केपी- राम्चंद्रे (गोल्छे जुत्ता) गुठ…धिक्कार छ यी कपुत हरु…नेपाली जनताको भाबना माथि खेल्ने अरु…

  25. कहिँ नपाएर कंडोमा हात भनेकै यहि हो ! थुक्क ! तेरीमा लाज शरम पचेका बजिया नेता हो ! तिमीहरुले त संबिधान सभालाई त भाँडा कुटी खेल पो बनायौ त! यसमा लामो सैद्वान्तिक बाख्या दिएर कमेन्ट गर्न जरुरि नै छैन | केवल “थुक्क” भने पुग्छ |

  26. देश अब गृहयुद्ध तिर जाने पक्का भै सक्यो / माओवादीले लडाकु सेनालाई बुझाए १ हप्तामा सहमति गर्ने भन्नेले अब फेरी नराम्रोसंग निहु पो खोजेछ / यो सबै रिमोट कन्ट्रोलको काम हो / यी जुम्ल्याहा कांग्रेश र एमालेको अब खैरांत छैन / देशमा प्रतछ्य राष्ट्रपति भएर के भो र ७ वा १० प्रदेश भएर यिनीहरुलाई के टाउको दुखाइ? जुन जोगी (माओवादी,कांग्रेश र एमाले) आए पनि कानै चिरेका हुन् क्यारे / तिमीहरु यत्ति कै अझ १० वर्ष झगडा गरी वस तर देशमा सिरियामा जस्तो गृह युद्ध नहोस / यसैलाई हामी जनता स्वर्ग ठानेर बस्छौं / नयाँ नेपाल चाहिएको छैन /

  27. यिनी हरु देखेर दिक्क लग्यो कमेन्ट पनि के गर्नु , आफु पनि केहि नगर्ने अर्को गर्नेलाई पनि गर्न न दिने; नेपाली जनता लाई झुक्याएर, देश लाई गद्दारगरेर आनन्द ले सुत्ने देशद्रोहीबाट हामी निमुखा जनता ले के नै आशा गर्न सक्छौ र, चुनाब आओस अनि देखाउला हाम्रो दम §

  28. तपाईलाई कस्तो लागेको छ ? – मलाई त यी नेता हरु को जुन सुकै कुरा सुन्दा पनि अचेल रिसै मात्र उठ्न थालेको छ …
    ….झन् अझै अहिले त ” काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर ” भन्थ्यो कल्ले हो तेस्तै पो गर्न थाले त !!!!!
    ….जनता लाई संबिधान को चिन्ता छ , साला (अति भएर भनेको है !) नेता हरु लाई भने कुर्सि कै चिन्ता ?????
    …सालोक्य जी यो माइसंसार को कमेन्ट लाई तपाई हरुको राष्ट्रिय पत्र पत्रिकामा पनि छपाउने व्यवस्था गर्नु पर्यो के !!! नभए यहाँ हामीले कमेन्ट गरि राख्ने उनीहरु ले हेर्दै नहेर्ने जस्तो भो

  29. नेपाली काङ्ग्रेस र एमालेले बाबुराम भट्टराईको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ यो राम्रो होइन यदि सरकार ढालेमा नेपाल को संविधान कहिले पनि बन्दैन

  30. बाँदर ले कैले आफ्नो घर बनाउदैन न त अरुलाई बानाउँन दिन्छ….काँग्रेस र एमाले देश को भन्दा आफ्नो बारे धेरै सोच्न लागे….ये पशु हो…यो बेला सरकार ढाल्ने होइन..संबिधान बनाउने हो…तेस्पछी तिमीहरु फेरी लूटौला नि..

Comments are closed.