हजारौँमा एक भएका फोटोहरु

पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा कुन विधामा कुन कुन फोटोले पुरस्कार जित्यो ? हजारौँमा छानिएका डेढ सय फोटोहरु कस्ता थिए ? आउनुस् हेरौँ-
tourism_SECOND_Shashish Maharjan
शशिश महर्जनको माथिल्लो मुस्ताङमा साइक्लिङ गर्दै गरेको यो फोटो मलाई निकै राम्रो लाग्यो। यो फोटो टुरिजम विधामा दोस्रो भएको हो। क्यामेरा Nikon D90

पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा पुरस्कार जितेका र छानिएका केही फोटोहरुको संगालो भिडियो हेर्नुस्-


माथिको भिडियोमा तपाईँले पुरस्कार नजितेका तर राम्रा फोटोहरु पनि देख्‍न सक्नुहुनेछ।

फेरि जाउँ पुरस्कृत फोटोहरु तर्फ नै।

TOURISM
टुरिजम विधामा पहिलो भने धम्पुसमा ल्होसार मनाउँदै गरेको नरेन्द्र श्रेष्ठले खिचेको यो फोटो भयो। Camera: Canon EOS 5D Mark II.

tourism_THIRD_Ravi Sayami(Manandhar)
टुरिजम विधामा तेस्रो भने होलीका बेला बसन्तपुरमा रवि सायमि (मानन्धर)ले खिचेको फोटो भयो। Camera: Canon EOS 5D Mark II.

समाचार विधामा पहिलो भएको यो फोटो नरेन्द्र श्रेष्ठले खिचेका हुन्।
NEWS
बाउको मुख हेर्ने दिन गोकर्णमा डुब्न लागेका एक जनालाई बचाउँदै गरेको फोटो हो यो। क्यामेरा Canon EOS 7D.

समाचारमा विधामा दोस्रो भएको फोटो राकेशप्रसाद चौधरीको हो।
news_SECOND_Rakesh Prasad Chaudhary
५ दिनपछि अपहरणमुक्त भएकी महोत्तरीकी ५ वर्षीया बालिका अभिभवकको काखमा। क्यामेरा Sony DSC-W510.

समाचार विधामा तेस्रो भएको फोटो
HUMAN PARCEL
झापाको सुरुङानिवासी देवकी खड्गी कतारमा मरेका आफ्ना पतिको बीमा रकम लिन परराष्ट्र मन्त्रालय धाउँदै। क्यामेरा Canon EOS 5D.

नेचर एन्ड वाइल्डलाइफमा पहिलो भएको फोटो यात्रा थुलुङले खिचेका हुन्-
nature and wildlife_FIRST_Yatra Thulung

नेचर एन्ड वाइल्डलाइफमा दोस्रो भएको फोटो नभेष चित्रकारले खिचेका हुन्-
NEPAL
क्यामेराः Canon EOS-1D Mark IV

नेचर एन्ड वाइल्डलाइफमा दोस्रो भएको फोटो प्रकाश तिमल्सेनाले खिचेका हुन्-
Nature and Wildlife_THIRD_Prakash TImilsena
काठमाडौं स्वयम्भुस्थित शान्ति पोखरीको धारामा उल्टो झुण्डिएर तिर्खा मेटाउने प्रयास गर्दै बाँदरहरु। Camera: Canon EOS 500D.

डेली लाइफमा पहिलो भएको यो फोटो इनार खन्दै गर्दा लक्ष्मीप्रसाद ङाखुसीले खिचेका हुन्-
Daily life_FIRST_Laxmi prasad Ngakhusi
क्यामेराः Canon EOS 5D Mark II.

डेली लाइफमा दोस्रो भएको यो फोटो चाहिँ विपिनराज तिवारीले खिचेका हुन्-
Daily life_SECOND_Bipin Raj Tiwari
यसमा शेर्पाहरुको दैनिकी समेटिएको छ। उनीहरुका श्रीमान् कामका लागि बाहिर हुन्छन् र सिजनको समयमा आमा पनि काममा व्यस्त हुन्छिन्।
क्यामेराः Nikon D80.

डेली लाइफमा तेस्रो भएको यो फोटो खासिङचन्द्र राईले खिचेका हुन्-
Daily life_THIRD_Khashing Chandra Rai
क्यामेराः Canon PowerShot G9.

[तपाईँले पनि यो प्रतियोगितामा भाग लिनुभएको थियो तर छानिएकोमा नपरेको भए माइसंसारका पाठकलाई देखाउन चाहनुहुन्छ भने फोटो flickr वा अन्य कुनै साइटमा अपलोड गरी तल कमेन्टमा लिङ्क राख्‍न सक्नुहुन्छ। ]

17 Comments

  1. मैले माथिका फोटो हरु हेरेर एक-एक लाईन को कविता बनाको छु …सुरुको फोटो बाट क्रमश हो यो कविता

    १.मान्नै पर्छ साहस उसको,
    २. हिमाल सरि मुस्कान उनको,
    ३. काठमाडौँ को बीच मा सफा पानी?,
    ४. त्यहि पानी मा झन्डै-झन्डै ज्यानै जानी,
    ५. प्रस्नबचक आखा उनका , के-के कुरा साचु?
    ६. मन साह्रै गह्रुङ्गो छ कसरि म हासु?
    ७. म त बाच्नै सक्दिन साथी कसैलाई नमारी,
    ८. ति दुइ प्राणी शत्रु हुनकी दौतरी?
    ९. बुद्धिमान पुर्खाहरु, गज्ज़बको तरिका
    १०. कस्तो पानी चै आउने हो इनार भरि-भरिका?
    ११. ए पिता ! ख्याल गरुन हो सानी नानीका स्वास्थ
    १२. खानै पर्छ साथीहो मलाई स्वास्थ को के वास्ता !!!!!!!!!!!!!!!!!!!!!!!!

  2. माथिको बाँदर को बारेमा कविता

    पानि! पानि !पानि! खानै पर्ने नानि
    खोला नाला सुकी गया कसरि पो खानी
    बाटो छैन ताल मा जानी, पानि कसरि पो खानी

  3. खै यो प्रतियोगितामा आयोजक र निर्णायकले के आधार बनाएका हुन् ? धेरै सहभागीको चित्तो बुझ्दो गरी नतिजा त आएको छैन । गाउँ गाउँ दुरदराजका फोटो भन्दा पनि सुगम स्थानमा आफूलाई परिचित बनाएका भन्नेहरुका फोटोहरु उत्कृष्ट भएको भान हुन्छ । महंगा र कुनै निजी कार्यालयले दिएका क्याम्मरा बोकेर हजारौं तलब भत्ता खानेहरुको मनोमानी भने हुन्छ यस्लाई । तर कुनै कुनै उत्कृष्ट तस्विरहरु भने वास्तवमै उत्कृष्ट नै छन् ।

  4. कुनै कुनै फोटोहरु त अचाक्ली राम्रा छन् भन्दा पनि ३ जनाले १२ घन्टाभित्र तैले राम्रो कुरा गरिनस भनेर रातोमा क्लिक गरेछन- मैले के भन्नु पर्ने थियो, बुझ्न मन लगेउ ! 🙂

  5. मलाई त सबै फोटो मन परे ! येस्ता मन छुने तस्बिरहरु बास्तवमा कसलाई पो मन नपर्ला र ?

  6. हरेक तस्वीरहरुले बाँच्नको लागि संघर्ष (Struggle to Live) भन्ने शिधान्तलाई इंगित गरिरहेको भान हुन्छ / आखिर संघर्ष बिनाको जीवन त काहाँ सम्भव छ र?

  7. तस्बिर आफै बोल्छ…..मन छुने तस्बिरहरु……

  8. मलाई पनि फोटोग्राफिप्रति औधि रुची छ/ माथिका प्राय: लोभ लाग्दा भएता पनि, ‘बादरका हरकत र बाबाको मुख हेर्ने दिन’को जति बयान गरे पनि थोरै होला/ ‘ल्होसार र होलि’को झिमिक-क्षण-पल पनि फोटोग्राफरका उदाहारणीय काम माने हुन्छ/ होइन र??

  9. एउटा विधा पनि समावेश गर्नु पर्ने आवस्यक लाग्यो/ राजनीति विधा,
    ६०१ को ग्रुप फोटो मात्र राखेको भए सबै विधामा प्रथम पक्का थियो /
    ग्रुप फोटोले आशा, निराशा,धोका,क्रोध,क्रान्ति, शान्ति, भर्स्ताचार,व्यभिचार,
    हत्या,महंगी, कालाबजार, अपहरण, लोभ, भागबन्डा,राष्ट्रिय सहमति, सरकार, मन्त्रि,सहमति,बिमति के के हो के के विधामा प्रथम हुने थियो/ यति धेरै बिसेस्ता झल्काउने विधा पनि समाबेस हुनु पर्छ कि पर्दैन त?

  10. सबै नै फोटो हरु एकदम राम्रा छन् बधाई छ फोटोग्राफर हरुलाई

  11. मलाई त सबै भन्दा मन परेको बाँदरहरुले पानी खान खोजेको फोटो . यो फोटोले प्रकृति र जीवनको बारेमा धेरै कुरा भन्छ . नेपालजस्तो जलस्रोतको धनि देश अनि बाँदरहरु त हाम्रो धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण जनावर , पुर्खाले बनाइदिएको ढुंगेधारो अहिले पानी बिना , अनि तेही धारो मुनिको फोहोर पानी पिउन पानी संघर्ष ….अरु के भनिरहनु पर्लार ????

    • कसै कसै लाई thumps down गर्ने लत बसे जस्तो लग्यो मलाई त ………

Comments are closed.