युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा यात्रा (भाग ७)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको सातौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या एक मात्रै रह्यो। गएको साता कास्कीमा बाढीले विनाश निम्त्याएको ब्लगमा सबैको ध्यान गएका कारण पनि कथा यात्रामा ध्यान नपुगेको हुनसक्छ। अथवा कथामा मोड नल्याई एउटै हिसाबले तन्किरहँदा पनि चासो कम भएको हुनसक्छ। यसपटक एक्लै दौडेर छनौट हुन सफल कथा तेन्जिङ गाबाको छ। उनले लेखेको कथा छनौट भएको यो दोस्रो अवसर हो। जुन दिन कथा यात्रामा कुनै पनि कथा आउने छैन, त्यो दिनदेखि यो प्रयोग समाप्त हुनेछ। यस पटक एउटै मात्र कथाले भए पनि बचाएको यो यात्राको सातौँ भाग पढ्न भित्र आउनुस्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ।

कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्
कथा यात्राको तेस्रो भाग पढ्नुस्
कथा यात्राको चौथो भाग पढ्नुस्
कथा यात्राको पाँचौँ भाग पढ्नुस्
कथा यात्राको छैटौँ भाग पढ्नुस्

-तेन्जिङ गाबा-

कुमुस्तीको घरमा भोलि जाने एकतर्फी निर्णय सुनाएर आमा भान्सा तिर लाग्नु भए पछी म पनि आफ्नो कोठा तिर लागे / जीवनको बडो जटिल संघारमा आफुलाई उभिएको अनुभूति भै रहेको छ / म न त् आसन्न बिबाह नकार्ने परिस्थितिमा छु, न त् स्वीकार्ने नै मानसिकतामा नै छु / पलंगमा पल्टेर सोच्नु थाल्छु,
मेरो सम्भावित बिबाह प्रति मेरी आमा किन यति उत्साहित ?
मेरो बुबा किन यति गम्भीर ?
किन उहाहरु मेरो आहुती दिनु खोजिरहनु भएको छ ?
सोच्दा-सोच्दै मनै तितो भएर आउछ /
छि कत्ति नकारात्मक मात्र सोच्नु ? मनमनै भन्छु, होस् अब त् अर्कै आयामवाट सोच्छु / अनि सोच्न थाल्छु, मेरो बिबाह सम्राटसंग गरिदिनुमा मेरो बाबा-आमाको कुनै निजि स्वार्थ छैन, छ भने केवल एउटा स्वार्थ छ,,,, मेरो सुख /
जे -जति गर्दै हुनु हुन्छ, मेरै निम्ति नै गर्दै हुनुहुन्छ तर पनि म यो बिबाह पन्छाउनु भित्रै देखि लालयीत छु
,,,छी ! म कति कृतघ्न !!
बुबा-आमाले मेरो खुशीको निमित्त यत्रो प्रयाश गरिरहदा उहाहरु प्रति मेरो कुनै अभिभारा छैन?
अभिभाराको धोक्रो किन बुबा-आमाको काधमा मात्र ?
बुबा-आमाले छोरीको निमित्त यत्रो बिधि गर्दा मैले आज आफ्नो कर्तब्यबोध गरिन भने मलाइ मेरो आत्माले धिक्कार्दैन ?
बुबा-आमालाई दुखी तुल्याएर म सुखी हुनु सकुला र ?
मैले सम्राटसंग बिबाह गर्दा उहाहरु खुसि हुनुहुन्छ भने मैले उनीसंग बिबाह किन नगर्ने ?
अन्तर्मनको भीषण युद्दले थकित भएर कति बेला निदाएछु पत्तै भएन,,,,
******************************************
आखा खोल्दा पो होस् आयो, कम्प्युटर त् अफ गर्ने बिर्सेछु /
फेरी जकर्बर्गको बरदान खोल्छु /
मन-मनै भन्छु, धन्यबाद जकर्बर्ग, तिमीले फेसबुकको अविस्कार गरेर आज मलाइ ठुलो गुण लगायेउ, मेरो ठुलो काम बन्यो फेसबुकले गर्दा आज /
ओहो !!! शैलेश त् अझै फेसबुकमा नै अल्झी रहेको रहेछ /
अनयशै मेरो औलाहरु सलबलाउछन् “तिमी अझै ,,,,,?”
“तिमी फेरी आउछौ भन्ने थाहा थियो नि त् ”
,,,,,,,,,,,,,,,,म स्तब्ध
“के भो ? केहि त् लेख”
मलाई के लेखु के लेखु भो, त्येतिकै डिसकनेक्ट गर्न पनि भएन, लेख्नु पनि कुरो केहि भए पो / के लेखु के लेखु भए पछी उनको प्रोफाइल पिक्चर हेरे, यसो हेरेको त् दुर्गा माताको फोटो पो राखेको रहेछ /
बल्ल बिषय पाए, कुरोको मेलो अघि बढाउनुको लागि “किन देबीको फोटो राखेको नि प्रोफाइल पिक्चरमा चाही ?”
“आफ्नै राखु त् ?”
म फेरी अवाक, मेरो कुरो अघि बढाउने मेलो फेरी टुट्यो,
आफु चाही मलाइ फोटो राख भन्ने अनि आफु चाही नराख्ने ? मन मनै सोचे अनि जसो-तसो लेखे ” राख न राख ”
“एकै छिन पख है ,,,,,अब Refresh गर त् ”
तुरुन्तै रिफ्रेश गरे
????????????????????????????
सम्राटको हासीराखेको फोटो ?????????
उ लेख्छ ” म सम्राट नै हु ”
“,,,,,,,,,,,,,,,,,,,,,,,,,,”
उ थप्छ “मेरो बारेमा अरुले नराम्रो कुरो गरे तुरुन्तै पत्याउने, even online मा भेटेको मानिसहले भनेको कुरो सम्म पत्याउने तर मैले भनेको कुरो चाही बिस्वाश नगर्ने, होइन म माथि किन यत्रो पूर्वाग्रह ? ”
“,,,,,,,,,,,,,,,,,,,”
“म माथि तिमीले अन्याय गरेउ जस्तो लाग्दैन ?”
“मैले बोलेको सबै झुटो अरुले भनेको सबै सत्य?”
“के अमेरिका जानु अनि धनि बाउको छोरो हुनु पाप हो ?”
“तिमीले म बारे सुनेको सबै नकारात्मक टिप्पणीहरु सबै सत्य नै थिए भन्ने के छ आधार ?”
प्रश्नहरुको लामो बर्षाले म हठात् हुन्छु, मेरो हात ले Keyboard थिच्न खोज्छ तर सक्दैन / औलामा पक्ष्यघात भएको अनुभूति हुन्छ /
म अलिक बौराउछु /
अनि साहस गरेर सोध्छु ” तिमीले म संग गरेको ब्यबहार चाही के नि ?”
उ प्रतिप्रश्न गर्छ ” मैले के त्येस्तो नीच कुकर्म गरे?”
अनि थप्छ ” भनि हाले नि पुर्बाग्राही आखाले हेर्दा तिमीलाई भएको दृस्टी दोष मात्र हुन्”
“फुलको आखामा फूलै संसार, काढ़ाको आखामा काडा नै संसार ”

क्रमश :….

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता रिजनबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

2 comments to कथा यात्रा (भाग ७)

  • बद्री अधिकारी

    भ्रम हटेपछि………..
     बद्री अधिकारी

    सम्राटले अमेरिकाबाट मलाई फोन गरेका थिए मेरो मोवाइलमा। “म सम्राटले बोलेको …….।” भन्ने वित्तिकै मैले फोन काटिदिएकी थिएँ। मलाई उनीसँग बोल्नु थिएन …..। उनले बारम्बार फोन गरेर मलाई हैरान पारिरहेका थिए। उनी मसँग के भन्न खोजिरहेका थिए, मैले बु‰न आवश्यक ठानिनँ ….। उनले गरेको फोनको घण्टि बारम्बार मोवाइलमा आइरहन्थ्यो …….। मैले हैरान भएर सिम नै बदल्नु परेको थियो। इमेलको पनि अवस्था त्यस्तै थियो। म आफूलाई दोषी ठानीरहेकी थिएँ। इमेल आई.डी.र फोन नम्बर उनलाई दिएकोमा ……….। इमेलको हैरानीलाई सहन नसकेर इमेल नै बन्द गरिदिएकी थिएँ ……..। लगातारको हैरानीलाई सहन निकै कठिन हुँदो रहेछ। केही नलागेर उनले चिठ्ठी पठाएका थिए। मैले नहेरिनै ड्रेसिङको घर्रामा खाँदिदिएकी थिएँ। जुन बस्तुको आफूलाई आवश्यकता छैन त्यतातिर ध्यान दिनुभन्दा म पढाइमा व्यस्त रहन थालेकी थिएँ ………..।
    म यसरी नै अतीतमा डुबेर वर्तमान भुलिरहेकी थिएँ। अचानक घर अगाडि एउटा ट्याक्सी रोकिएकोले तन्द्रा भङ्ग भयो। ट्याक्सीबाट अन्दाजी तीस वर्ष मेरै उमेरकी एउटी युवती ओर्लिन। रेणुु मेरी साथी …। मैले उनलाई माथि नै आउने इशारा गरेँ।
    “हैन ……रेणुु तिमी त विवाहको पाँच वर्षपछि मात्र पो झुल्कियौ त?” नजिकैको कुर्सीमा बस्ने सङ्केत गर्दै मैले भने।
    “घरिघरि माइतसम्म आउँथे केही क्षणका लागि,……… आज चाहीँ माइत बस्नेगरि आएकीले तिमीसँग भेट्न आएकी………।”
    “राम्रो लोग्ने पाएपछि …….साथीलाई किन सम्झने?”
    “तिमीलाई पनि अमेरिका बस्दै गरेको हाम्रै टोलको असल परिवारको केटाले मागेकै थियो नि।”
    “तिमीले सम्राटको कुरा गरेको?
    “……………।” रेणुु ले हो मा शीर हल्लाइन्।
    “त्यतिबेला तिमीले नै भनेको होइन? सम्राट तिमीलाई मन पराउँछ र तिमी सम्राटलाई भनेर………। सम्राट र तिमीबीच विवाहपछाडि हुने सम्बन्ध पनि भईसकेको भनेर तिमीले नै भनेको होइन मसँग?” मैले बिस्फारित नेत्रले उनलाई हेर्दै प्रश्नको वाण वर्षाएँ।
    “त्यो सबै मित्थ्या कुरा थियो। सम्राटले तिमीलाई मन पराएको थाहा पाएपछि उसप्रति तिमीभित्र घृणा उत्पन्न गराउन मैले त्यसो भनेकी थिएँ। तिमीले उसलाई अस्वीकार गर्दा कतै उसले आफूलाई मागि पो हाल्छ कि भन्ने लालच पनि मभित्र उब्जेको थियो। खैर ………छाडौँ……बितेको कुरा ………..।”
    रेणुु को कुराले एकपटक म छाँगाबाट खसेकी थिएँ। मैले उनलाई शीरदेखि पैतालासम्म गौड गरेर हेरेँ। मेरो त्यस प्रकारको हेराइले उनी सकपकाएकी थिइन्। वास्तविकता मुखबाट फुत्केकोमा उनलाई पछुतो पनि लागिरहेको थियो क्यार! आफ्नो साथी भएकीले म उनका कुरामा विश्वास गर्दथेँ। त्यो विश्वासको उनले नाजायज फाइदा उठाइ सकेकी थिइन्। वास्तविकताबाट जब परिचित भएँ ….., उनलाई आदर गर्ने कुरा मैले बिर्सिएँ। मेरो परिवर्तित रूपको सायद उनले पनि अड्कल काटिसकेकी थिइन् क्यार। उनले जाने कुराको हतारो गरिन्। मैले चियासम्म पिलाउने औपचारिकता देखाउँन सकिन। उनको व्यवहारले मभित्र उनीप्रति घृणा जन्मिसकेको थियो। उनी मसँग विदा मागेर गइन् तर अनौठो पीडा छाडेर ……..। ईर्ष्याले गाँजेको बेला मान्छेको विवेक शून्य हुन्छ क्यार ईर्श्या र डाहले वेष्ठितप्राप्तिको लागि लालची मान्छेले घिनलाग्दो व्यवहार गर्दछ। मेरी साथी रेणुुले त्यो कुरालाई प्रमाणित गरेकी थिइन्। उनीप्रतिको स्नेहमा मभित्र खडेरी परिसकेको थियो। “यस्ता घटिया साथी हुनुभन्दा त नहुनु बेस।” रेणुु सँग झगडा गरेर पनि कुनै प्राप्ति थिएन। “मरिहेर्नु मान्छे चिन्नु।” “कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नु बुद्धिमानी हुँदैन।”
    “सम्राटले मसँग विवाह गर्ने हो भने मैले भनेको डाक्टरबाट चेक गरेको मेडिकल सर्टिफिकेट पेश गर्नु पर्नेछ।” मेरो यस्तो प्रस्तावले सम्राट र उनको परिवारमा भुइँचालो नै गएको थियो। मलाई आमा र आफन्तले धेरै सम्झाउँदा पनि मैले आफ्नो प्रश्ताव फिर्ता गर्न मानिनँ। उनी बुवाआमा सहित विवाह नगरि अमेरिका फर्केका थिए।
    

    यथार्थताको ज्ञान भएपछि आफूले उनीप्रति गरेको व्यवहारलाई सम्झँदा पछुतो लागिरहेको थियो। मैले पछुतो मान्दा हुनेवाला केही थिएन। मलाई भित्री मनले फोनमै भएपनि एकपटक उनीसँग क्षमा माग्न घच्घच्याईरहेको थियो। मसँग उनको फोन नम्बर थिएन। म पानी बिनाको माछाझैँ छट्पपट्याइरहेकी थिएँ। पश्चातापले मानिस भित्रभित्रै गल्दोरहेछ। अचानक मलाई चार वर्ष अगाडि उनले पठाएको चिठ्ठीको सम्झना भयो। हत्तारिँदै ड्रेसिङ टेबुल भएतिर दौडिएँ, कति सुन्दर खाम झन् त्यसमा लेखिएका अक्षर अति सुन्दर लाग्थे। खामलाई हेर्दै नहेरी घर्रामा राखेकोमा थक्थकी पनि लाग्दै थियो। खाममा लेखिएका सुन्दर अक्षरहरूले आकर्षित गरिरहेको थियो। “खै………. मान्छेको मन पनि कस्तो?” म आफू आफैँसँग लजाउँछु।
    “निष्ठा”
    तिम्रो मनले निष्ठापूर्वक गरेको निर्णयमा खलल पुर्‍याउने मेरो कुनै अभिप्राय होइन। तिम्रो सर्तलाई पालन गर्न चाहँदा चाहँदै पनि मभित्र रहेको नेपालीपनको स्वाभिमानले रोक लगाएकोले इच्छा अधुरै रह्यो। नेपाली तन, मन र संस्कार भएकी जीवन साथी सायद मेरो भाग्यमा जुरेको थिएन क्यार! तिम्री साथी रेणुुलाई तिमीलाई मैले जीवन साथीको रूपमा चयन गरेको कुरा सुनाएको थिएँ र त्यसमा सहयोग पुर्‍याउन अनुरोध पनि गरेको थिएँ। सायद तिमीलाई सुनाइन् पनि होली। तिमीले सिधै मलाइ मन नपराएको कुरा राख्दा भईहाल्थ्यो। तर त्यस्तो सर्त राख्यौ। तिम्रो त्यो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ।

    तिमीले सर्त राख्नुको कारण बु‰न सकिनँ। फोन र इमेलबाट पनि बञ्चित गरायौ। सायद अरु इमेल पनि पढिनौ होला। यो चिठ्ठी पनि नहेरी फालिदिने पो हौ कि? चिठ्ठी लेख्नु गलत भए माफ पाउँ। तिम्रो मनले कुनै दिन सम्झना गरे फोन गर्नु ……….बाई।
    अभागी …सम्राट’
    चिठ्ठीलाई ओर्काइ फर्काइ हेरेँ फोन नम्बर नभएकोले मन खिन्न भयो। रेणुु देखि औधि रिस उठिरहेको थियो। रिस उठ्नु स्वाभाविक थियो। उनले नै मेरो सुन्दर भविष्यलाई निमोठेकी थिईन्।
    “स्वार्थी”। म मनोसम्वाद गर्दै छट्पटाउँदै चिठ्ठीलाई दोहोर्‍याइ–तेहेर्‍याइ पढिरहेकी थिएँ।
    “तिम्रो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ।” कति सुन्दर विचार, कति पवित्र भावना …..। सम्राट मलाई माफ गर ……। म आफ्नो त्यो तुच्छ व्यवहारप्रति तिमीसँग क्षमा माग्न पनि नसक्ने भएँ। तिमीले चिठ्ठीमा फोन नंम्बर लेखिदिएको भए… …। शरीरका असङ्ख्य हिस्सामा सियोले घोचेझैँ आभाष भईरहेको थियो। पीडा बोधले म मर्माहत हुँदै थिएँ। आँखा रसाएर आइसकेका थिए। मेरो दिमागमा भूर्इंचालो नै गइरहेको थियो। मोवाइलको घण्टी कानमा ठोकिएकोले तन्द्रा भङ्ग भयो।
    “हेल्लो!” मैले फोन उठाएँ।
    “.म, सम्राट …..।” उताबाट आएको स्वरले म अचम्भित भएँ।
    मलाई पत्यारै लागिरहेको थिएन। म जुन मान्छेको फोन आउँदा काटिदिन्थेँ आज त्यही मान्छेको फोनलाई त्यसो गर्न सकिरहेकी थिइनँ। मलाई बोल्न असजिलो भईरहेको थियो।
    “निष्ठा! तिमी किन बोलिरहेकी छैनौ? अझै तिम्रो म प्रतिको रिस मरेको छैन? ”
    उनको प्रश्नले मलाई मर्माहत पारिरहेको थियो। म बोल्न खोजिरहेकी थिएँ तर मुखबाट स्वर बाहिरिन सकिरहेको थिएन। आफूलाई संयम बनाउने प्रयास गर्दै भनेँ –“सम्राट! तिमीसँग रिसाएकी छैन ……. म के भनुँ! बरु तिमी पो मसँग रिसाउनु पर्ने। म त्यो दिनको आफ्नो प्रस्तुतिप्रति दुखित छु। क्षमा गर ……..।” यतिभन्दाभन्दै झण्डै म रोएकी थिएँ।
    “निष्ठा! तिमीले गरेको यो याचनाले तिम्रो कोमल मनको सुन्दरतालाई चार चाँद लगाइ दिएको छ। म त्यसलाई टाढैबाट भएपनि महसुस गर्ने चेष्टा गरिरहेको छु।”
    “धन्यवाद! म सन्तुष्ट भएँ। तिमीले मेरो मोवाइल नम्बर कसरी पायौ?
    “……………………….” ऊ बोलेन।
    “मैले सोधेको कुराको तिमीले जवाफ दिएनौ नि?”
    “हिजो फोन गरेर रेणुुले तिम्रो नम्बर दिएकी थिइन्। आफ्नो बिगतको दुर्व्यवहारप्रति माफी पनि मागेकी थिइन्।”
    “रेणुुले ……….!” आश्चर्यचकित मेरो स्वर बाहिरियो।
    “हो………रेणुुले।”
    “अरु उनले केके भनिन्?” मैले उत्सुकता दर्साएँ।
    “बिगतका सबै कुरा भनिन् …..। तिमीले पनि उनलाई माफ गर्नका लागि मैलै सिफारिस गरिदेउ है भन्दै थिइन् ..।”
    “………….”रेणुु ले आफ्नो भूलप्रति प्रायश्चित गरेर असल साथीको भूमिका निर्वाह गरेको देख्दा खुसी पनि लागिरहेको थियो। कुण्ठित भएको मेरो मनभित्र उनीप्रति मायाका टुसाहरू पलाउँदै थिए।
    “निष्ठा! मेरो मरिसकेको आश पुनः बौरिरहेको छ ….। तिमी के भन्छ््यौ?”
    “तिम्रो विचार म के भनुँ?” भित्रभित्रै लजाउँदै मैले भनेँ।
    “फेरि मेडिकल सर्टिफिकेट त माग्दिनौ? ” उनको ठट्यौली स्वर मेरो कानमा ठोकियो।
    “अझै पनि ममाथि भरोशा छैन र? अमेरीकाबाट कहिले आउँछौ?”
    “एक हप्ता जति लाग्छ होला।”
    “मलाई प्रतिक्षारत पाउने छौ……..बाई।”
    “बाइ……।” उताबाट फोन राखियो। सम्राटले पछाडि उभिएर मलाई कुत्कुती लगाएको आभाष भइरहेको थियो। मैले उनले लेखेको चिठ्ठीलाई म्वाइ खाँदै छातिमा टाँसेर आँखा चिम्म गरेँ।

    समाप्त

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • pramesh

    ———————————————————————————————
    सन् १९४२
    ———–
    अहिले समझदा अचम्म लाग्छ कति धेरै नाटक भएको थियो त्यो बेलामा| बिहा भएको कति बर्ससम्म पनि मा त्यहि कुराले विछिप्त थिए| मेरो मनमा कति धेरै बिचारको युद्ध भएको थियो| सम्राट मेरो पति भैसकेपछी पनि सम्राटका हरेक सानासाना गतिविधिमा संका गर्थे म| एउटा महिलाको फोन आउन नहुने, एउटा केटीसंग हास्न, बोल्न नहुने, ममा कति जलन हुन्थ्यो, कति संका गर्थे म| उसका वालेट्का कुना काप्चामा म कोहि कतिको तस्बिर, वा फोन नम्बर भेटिन्छ कि भनेर खोज्थे, उ घरबाट निस्केदेखी घर नाफर्किदासंम कहाँ जान्छ, को संग बोल्छ, केके गर्छ सबैकुराको चियोचर्चो खोजीनीति गर्थे म| कतिपय साथीहरुलाई जासुस बनाएर उसको पछिपछि पथाउथे म| बस्ताबमा म उसको श्रीमती थिए कि जासुस थिए मलाई आफैलाई थाहा थिएन| सम्राट हप्तामा साठी घण्टा काम गरेर घर आउथ्यो| मैले खान पकाउने ख्वाउने र दिनभरी घरमा बसेर टि. भी. हेर्ने र कम्प्युटर चलाएर बस्ने बाहेक अरु केहि गर्दिनथे| मलाइ कहिलेइ सम्राटले कति दुख गरेर मलाइ पालेको छ भन्ने सोचिन, कहिलेइ आफुले पनि सामान्य काम गरेर उसलाई सहयोग गर्नुपर्छ भन्ने सोचिन|

    बास्तवमा सम्राटको बारेमा मैले जेजे सुनेको थिए ति मध्ये धेरै कुरा सत्य थिए| तर बिहेपछि पूर्णरुपमा उ मप्रति उत्तरदाहि थियो| मैले ५ बर्ससम्म उसको जासुसी गर्दा पनि उसको अन्य केतिसंगको सम्बन्धको बारेमा पत्ता लागेन| तर कति समय सम्म उसले मेरो गतिबिधि थाहा नपाइ बस्न सक्थ्यो र? सुरुसुरुमा त उसले आफ्नो पहिलाको आचरणले गर्दा संका गर्नु ठिकै पनि हो भनेर चुप लागेर बस्यो, तर कतिसमय उसले पनि सहेर बसोस| बिहे भएर अमेरिका आएको छ महिना नहुदै दिनदिनै झगडा हुन थाल्यो, सम्राटले मलाइ कति सम्झाउन खोज्थ्यो तर मैले उसको कुरा कहिले मानिन| आखिरमा हाम्रो बोलीचाली नै बन्द भो कति समयसम्म २ बर्ससम्म त हामि एउटा ओछ्यानमा पनि सुतेनौ| तर पनि सम्राटले अरु केतिसंग सम्बन्ध राकेहो मलाइ थाहा भएन| नेपालमा भएको भए हाम्रो सम्बन्ध बिच्छेद पहिले नै भैसक्थ्यो, तर बिदेशमा भएका बिबस्ताले गर्दा हामि एउतै छानामुनि बसेका थियोउ| तर मैले पनि अर्को केटा खोजिन, जुन मैले जानेको “धर्म” बिपरित थियो| सम्राटले पनि मलाइ छोड्न मानेन| बास्तवमा उसको कहिले केहिसंग हार नमान्ने बानीले गर्दा हाम्रो सम्बन्धको त्यान्द्रो चुडिएको थिएन|

    आखिर मैले हार खाए, सम्राटसंग बोलीचाली बन्द भएपनि उभन्दा आफ्नो मेरो अरु कोहि थिएन| घरपरिवारले पनि मेरै दोस देख्यो, साथीसंगी समाजले पनि मलाइ नै दोषी देख्यो| बास्तवमा बिबह अगाडिको सम्राटको बिगतको बारेमा म अनभिज्ञ थियिन, मैले उसंग बिबाह नगरेको भए पनि त हुन्थियो| मेरो एकोहोरो अडानले आखिरमा केहि लछारपाटो लागेन|मैले सम्राटले भन्दा कैयोउ ठुलो गल्ति गरिसकेको थिए| कुनै बिन्दुमा पुगेर मैले यो कुरा मनन गर्नु नै थियो| ५ बर्सपछी हाम्रो सम्भ्न्दमा बिस्तारै सुधार आउन थाल्यो|

    सम्राटले बिबाह अगाडी जेजे गर्यो, त्यति बेला मलाइ उसले चिनेको पनि थिएन| मलाइ चिन्नु भन्दा अगाडी अरु केटीसंग सम्बन्ध जोड्नु, सहमतिमा कसैसंग यौनसम्पर्क गर्नु नै उसलाई कहिले क्ष्यमा गर्न नमिल्ने गल्ति थियो त? यौन एउटा २५-३० बर्सको युवाको आवस्यता हैन र? उसले कसैबाट त्यो चाहना सहमतिमा कसैबाट पुरा गर्नु तेती ठुलो अपराध थियो त? बास्तवमा हाम्रो समाज किन बिबहपुर्वको यौन सम्बन्धलाई एती धेरै महत्व दिन्थ्यो?

    आज हाम्रो बिहे भएको पनि २५ वर्ष पुगिसकेछ, छोरी समिता अहिले २३ वर्ष पुगी, यो वर्ष कलेज सक्छे| उतै एउटा अमेरिकन boyfriend संग बस्छे| यो उसको अहिलेसम्मको चौथो boyfriend हो, अब येसैसंग बिहे गर्छु भन्दैछे, हेरौ के गर्छे| कहिलेकाही छुट्टीमा घर औछे| बिज्ञान पनि १७ वर्ष पुगिसक्यो, अर्को बर्सदेखी कलेज जान्छ| उसको पनि एउटी girlfriend छे, चाइनिज मुलकी अमेरिकन| कहिलेकाही घरमै लिएर आउथ्यो| यौन सम्पर्क १८ वर्ष नपुगेसम्म नगर्नु भनेका छौ तर के सुन्थ्यो होला र हाम्रो कुरा| अस्ति उसको कोठा सफा गर्दा कन्डमको खोल भेटेर गालि गर्याथे, त्यसछी त्यो केटीलाई घरमा ल्याउन बन्द गर्देको छु|

    सम्राटले र मेरो तीनवटा restourant छन्| अब ४-५ बर्समा छोराले कलेज सक्ला अनि बेचेर नेपाल जाउला भन्ने सोचेका छौ, हेरोउ के हुन्छ| समयले मानिसलाई कहाँ कहाँ पुर्यौछा|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker