यस्ता पनि कानुन थिए

विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुनमा भएका केही प्रावधान अहिले हेर्दा अचम्म लाग्न सक्छ। हेरौँ केही त्यस्ता प्रावधान-

यो चाहिँ थुक्दा हुने कानुनी कारबाही-

आजभोलि विवाहपछिका सम्बन्धहरुको कुरा धेरै नै सुनिन्छ। केटाहरु अर्काकी स्वास्नीसँग अनि केटीहरु अर्काको लोग्नेसँग सल्किएका हुन्छन्। मुलुकी ऐनमा यसरी विवाहिता ‘भाउजु’ बिगार्नेलाई यस्तो कारबाही हुन्थ्यो !

यो चाहिँ अलि आपत्तिजनक हुनसक्छ। १८ वर्षभन्दा माथिकाले मात्र हेर्नुहोला। यहाँ क्लिक गरी हेर्नुस्

53 Comments

  1. जातिय बिभेदपूर्ण कानून पहिला भए र त्यहि अनुसार समाज् चल्यो। आजको समाज चेतनशील छ, ति कानून अनौठा लाग्छन्। आज बनाउदै गरेका कानून् पनि कुनै दिन अनौठा हुनेछन् भनेर भन्न सकिन्छ। चेतनाको विकाससङ्गै समाज परिवर्तन हुदै जाने हो। आज हाम्रो समाज चेतनामा धेरै अघि बढिसकेको छ। यसलाई अघि बढाउन शिक्षाको विकासमा जोड दिनु नै पहिलो आबस्यक्ता हो। अब जातपातको झैझगडमा लाग्ने होइन, यसले सबैलाई बिनाशको खाडलतिर धकेल्छ। भलै माथिको पुरानो कानूनको प्रसङ्ग लक्षित उद्देश्यका निम्ति उठाइए पनि कानूनि इतिहास जान्दैमा फरक त केहि नपर्ला।

  2. भाउजु बिगार्नेलाई दिने सजाय त थाहा भयो, अनि बुहारी बिगार्ने लाई चाही के सजाय हुने रहेछ नि..थाहा पाउन पाए हुन्थ्यो???

  3. येसरिनै उहिल्येई देखि जात पात छुट्टाएर दण्ड जरिमाना पनि तेइ अनुसार गरि भेदभाब गरेर,दबाएर राखेर पनि अझै खै के पुग्या छैन हो ….के गर्न खोज्य हो कुन्नि ….बेला बेला बन्द गरि राख्ने…

  4. मेरो बिचारमा यो कानुन अवलोकन गर्नु वर्तमान स्थिति र भविष्य सरचना गर्नमा अति सान्दर्भिक छ|
    यसले के प्रष्ट गराउँछ भने आजको स्थिति जँहा दुई चार जातिको मात्र हालीमुहाली र धलीमली छ त्यसको जरा शताब्दी पुर्ब नै कसरी गाढीएको थियो| राणा शासनको वर्बरताले देशलाई पछी ढकेल्यो| बिशेषत कथित माथिल्लो जातको नसा नसामा र हड्डी हड्डीमा जातपात विभेदले यति प्रश्रय पायो यसले २००७ सालको कथित प्रजातन्त्र, २००१७ साल पछिको राज्य संचालनमा पनि कुनै न कुनै रुपमा यही व्यवहारले निरन्तरता र व्यापकता पाउदै रह्यो| परिणाम स्वरूप देशमा एउटा यस्तो असमानता र विभाजनको स्थिति सिर्जना भयो| जनतामा बढ्दो अन्तर्निहित असन्तुष्टताको लम्काईले यो विशाल फोका बिस्फोट हुन् जनयुद्धमा जाने निश्चित थियो| यस्ता कानुन, मानसिकता र व्यवहारले दुइटा नेपालको सिर्जना गरेको हो| एउटा नेपाल जँहा सुविधाभोगीहरु रमाउछन, अनि अर्को नेपाल जँहा हरदर नेपाली आफ्नो जीउनुको र नेपाली भन्ने अधिकार गुमाएर पनि नेपाली भनेर संघर्ष गरिरहेका छन्|
    बिडम्बना के भने हामी आफुलाई सबै नेपाली भन्छौ र गर्व गर्छौ| तर हाम्रा अधिकांश सुबिधाभोगी जातका इतिहासकारहरु, राजनीतिकारहरु र समाजमा ज्ञानीगुनी कहालिएकाहरुले यस्ता कानुन र व्यवहारको न उल्लेख नै गर्ने गरेका छन् न त् समय समयमा जोडतोडले बिरोध नै गरेका छन्| राममणि आचार्य दीक्षितको जनजाती प्रतिको बिषबमनलाई हेर्नु हो भने जनयुद्ध किन अघि भएन भनेर सोध्नेहरु पनि होलान| यस्ता सोच र कानुनले पुस्तैनी सामजिक विभेदको मानसिकता, परम्परा र व्यवहारको जड, जग र धरोहर स्थापना गरेको हुनाले यसलाई जरै संग उखेलेर निर्मुल पार्न आवश्यक छ| यो खालि bandaid approach ले हुँदैन|
    आमुल परिवर्तन आउँन पर्छ, आमुल| त्यो आमुल परिवर्तन के हुन् सक्ला भन्ने बारे मन्तब्य परिवर्तनजीको ब्लगको प्रतिक्रियामा लेख्नेछु|
    अहिले किन यस्तो स्थिति छ र अब अघि बढ्न के गर्न पर्छ भनेर बुझ्न र गर्न एक क्षण विगतलाई पनि अवलोकन गर्न पर्छ| यसैले यो सान्दर्भिक ठानेको छु|

  5. आज हामीलाइ अरुले बीर गुर्खाका सन्तान भन्दा छाती ढक्क फुलाउने तर तिनै बीर पुर्खाले मानेको कानुनलाइ भन्ने खिल्ली उड़ाउने ?

    त्यो समयमा नेपाली समाजको तेही माग थियो र समाजले प्रगति नै गर्या थियो….!
    आज त्यो अवस्था र कानुन छैन, तर पनि त्यो हाम्रो धरोहर हो, सम्मान गर्न सिक्नोस, सम्मान गर्न नसके पनि बदनाम नगर्नुस !

    • यस्ता कानुनलाई सम्मान गर्नु ‘रे?
      कसले मानेको कानुन? उबेला जबर्जस्ति लादेको भन्ने लागेंन रहेछ तपाईलाई?
      लागेंन अझपनि तपाईलाई कि यो कानुन विभेदपूर्ण थियो?
      थोरै उबेला पादेको र थुकेको जाँच्ने मिटर थियो?
      दरबारिया, आसेपासे खासे आदिले वरपरका सामान्य रैती र नागरिकलाईलाई फसाउन
      महाराजको पाद्न्या र थुकन्या कानुन जुन बेला आफुलाई उपयुक्त लाग्यो
      त्यही बेला प्रयोग गर्थे भन्ने पनि लागेंन तपाईलाई? अब फेरी किटेर भनिरहन नपर्ला को थिए आसेपासे खासे र महाराजका परिवार र शुभेच्छुकहरु|
      दुखको कुरो, हर्केजीको जस्तो मानसिकताले नंया नेपालको निर्माणमा वाधा हुनेछ|

  6. त्यो बेला को कानुन लाइ अहिले को समय को चश्मा लगाएर हेर्दा जस्तो गलत र शोषण कारी देखिन्छ त्यस्तै गरि आजको संसार को जस्तो सुकै प्रगतिशील र बिकसित कानुन लाइ पनि अव आउने भविष्य को चश्मा ले हेर्यो भने कम शोषण कारी र पुरातन बादी देखिदैन भन्न सकिन्न ! अहिले हामीले प्रगतिशील भनेर पुजा गर्ने गरेका राजनैतिक नेता हरुलाई भविष्य को सन्तति कसरि हेर्लान ? एक चोटी सोचौ त? त्यो बेला को समय मा भन्दा अहिलेको समय मा कम अपराध भएको होला? त्यो बेला मा जात पात को भेद भाव थियो भने अहिले धनि गरिब को बीच, नेता र कार्यकर्ता बीच, जनता र सरकार बीच त्यस्तै भेदभाव पूर्ण र शोषण युक्त सम्बन्ध छ; हामि ट्याक्स तिर्ने जनता लाइ खुल्लेआम नेता हरु ले दास जस्तो ब्यबहार गर्छन, हाम्रो ट्याक्स को पैसाले हामि लाइ नै अनाहक मै गोलि हान्छन; अरु के भनौ ; त्यसैले आश्चार्य मान्नु पर्दैन; यो सबै समय समय को बात हो !

  7. कहाँ १६० बर्ष अगाडिको कुरो मात्र ! अस्तिमात्र अध्यागमनको कर्मचारी पूर्ण बहादुर पियनले ” सानो जात ” भनेको माइसंसारको पाठकहरुले सुनेकै हो| १६० बर्ष अगाडिको मानसिकता अझै छ क्या ! पाध्दा, थुक्दा र सम्भोग गर्दा त त्यस्तो कानुनी विभेद भएको मुलुकमा अन्य कुराहरुमा कति हिंग हालेको होला भन्ने कुरा त सजिलै अनुमान गर्न सकिन्छ |

    • मित्र शसांक ज्यु
      सालोक्यज्युले अहिलेको परिस्थितिमा यस्तो कुराहरु उल्लेख नगरेको भय राम्रो हुने थियो/ उहिले जातपातको कुरा धर्म सितै गासियको थियो/ उहिलेको जनता आफै पनि जात पातको कुरामा बिस्वास गर्थ्यो/ तर अहिले समय बदलियको छ/ जातपातको कुरा अपराध हुने सबैले बुझ्दै आयकै छ/ यस्तै कुरीति, कूशोच र कू ब्यबहार बदल्नत आज हामि जातपात को आधारमा कोहि छुट्टिने कुरा नहोस भनेर कानुन बदलिंदै छौं संबिधान नया बनाउंदै छौं/ यस्तो बेला सालोक्य ज्युले पुरानो जातिवादी कानुन अघि सार्नु मलाई त् सान्दर्विक लागेंन/

  8. नेपाली र नेपालीपना र रास्त्रियताको भावना राष्ट्रिय नीति निर्धारण गर्ने केहि वर्गहरुमा अधिक देखिन थालिएको छ आजकल. तर बुज्नु पर्ने कुरा क हो भने यी भावना विभिन्न कारणबस सबै वर्गमा समान रुपमा नरहेको परिस्थिति छ अहिले. यो अहिलेको परिस्थिति हो र एस्लाई सबैले सुहिकार गर्नु जरुरी छ. हुनत येस्ता भावना तुचा मान्छेको सम्बेधनको लागि रचिएको साधन हुन्, तापनि हामीमज महात्माहरु कतिनै छन् र पनि. पखान्दपना, घमण्डपाना र ओप्पुर्तिनिस्टिक नियतलाई छोडी सबै मान्छेलाई मान्छेको बेबहार गरौ. हामी सबै दाजुभाई हासीखुसि बसी एकबारको जिन्दगिमा.

  9. उबेलाको कानुन खतरा रहेछ, अहिले पनि बलत्कारी र भ्रष्टचारीको लिङ्ग काट्ने कानुन हुनु जरुरी छ।

    • सुनिता जी केटाले बलत्कार गर्यो भ्रष्टचार गर्यो भने त लिंङ्ग काट्ने, कटीले केटालाइ बलत्कार गर्यो र भ्रष्टचार गर्यो भने चै के गर्ने नी ? योनी टाल्दिने ?

    • कहाँ लिंग काट्ने को कुरा गर्नु हुन्छ तपाइले पहिलो लाइन छुटाउनु भएछ …आफुलाई उच्च जातिका ठान्ने हरुलाई त् देश निकाला मात्रै रे …

  10. अरु त केहि हैन ग्यास्टिक नेपाल को राष्ट्रिय रोग हो भन्ने कुरो को चाइने पुस्टि भो है

  11. मलाई त्यो बेलाको कानुन को राम्रोसग अध्यन गर्न मनलाग्यो कृपया तपाई हरु सग अरु पनि यस्तैजातीय बिवेद सम्बन्धि त्यो बेला का कानुन ,धर्म ग्रन्थ ,पुस्तक आदी छन् भने मलाई उपलब्ध गरिदिनु हुन अनुरोध गर्दछु / यस्तै बिवेदकारी कानुन ले गर्दा आज पनि समाजमा जातीय भेदभाब भयको रहेछ ,

  12. बराबर कसुर गरे पनि कसैलाई जरिवाना मात्र भने कसैलाई भने मृत्यु दण्ड !!! अर्काकी स्वास्नी लाइ कसैले भ्यायो भने कसैलाई अलिकति जरिवाना त् कसैको माल नि काटिदिने अरे !!!! क्या समानता ????? हा हा हा ……………… जे होस् भुइमा झरेको विर्य पनि खान लगाउने उहिलेका बुढा हरुको साहस लाइ भने मान्नै पर्ने हुन्छ !!!

  13. हिजो जातपात को आधारमा कानुन बनेका थे, जसले गर्दा यो सामाजिक बिबेध हामी कहाँ छ/भएको हो भन्ने तथ्य देख्दा देख्दै फेरी हामी तल परेका जातलाइ समान बनाउने बहानामा उही पुरानै किसिमको जातिय अधिकार भएको कानुन बनाउन लागि परेका छौ, अचम्म!! आज माथि परेको बाहुन-क्षेत्री भोलि सोषित हुने अनि आज तल परेका जनजाती- वा कुनै जात माथि भएर शोसन गर्ने अवस्था आउदैन भनेर भन्न त गारो भयो नि सालोक्य जी यो कानुन पढेर, किनकि यो १६० बर्ष अगाडी को कानुनले समाजमा असमनता जन्माएको भनेर कुरा सिद्ध हुन्छ, तर एउटा को अधिकार खोसेर अरुलाई बाड्ने भन्दा तल परेका को अधिकार कसरि बढाउने भन्ने तर्फ सोच्नु जरुरि छ, ( यो कुरा सतहमा हेर्दा यौटै देखिए पनि फरक हो) तेसैले पहिचान भएका हरुको पहिचान नमेटी पहिचान नभएकाको पहिचान कसरि स्थापित गर्ने हो तेस्मा जोड दिदा राम्रो होला!

  14. एक सुको मा खसी पाउने युग मा पादेरै ५ रुपिया तिर्न पर्दा कस्तो हाल होला ?
    इतिहास मा पादेरै कारबाहीमा परेका को नामाबलि पनि माइसंसार ले प्रकासित गरिदिए हुन्थ्यो ??
    येसो कुरा बिचार गर्दा त् आज भ्रास्ताचार गर्ने ले भन्दा उ बेला पादने ले बढी हर्जाना तिर्दो
    रहेछा त् |

  15. तेती खेर युरोप अमेरिका मा काला जाति लाइ खसी बाख्रा सरह छाती मा नम्बर लगाएर हात बजार मा बेचिन्थ्यो; किन्ने मानिस ले रिस उठेमा गोलि हानेर मार्न पाउथ्यो, काला महिला लाइ जति बलात्कार गरे पनि कानुन सम्मत थियो; संसार का सबै भन्दा बिकसित देश मा त तेस्तो कानुन थियो भने अन्य देश मा कस्तो होला? सालोक्य जी, नेपाल को तेती बेलाको कानुन माथि पढ्दा मलाइ कत्ति पनि पुरातनबादी लागें तेतिबेला को समय हेरेर !

  16. थुक्क म ! त्यो बेला देखि मुखमैथुन चल्दो रहेछ मलाई त अन्दाज सम्म थियन.नेपाली बुडाहरु कम्ताका हुन् र?

  17. कानुन बिबेध्पूर्ण तब बन्छ जब कानुनलाई मानिदैन वा नाघिन्छ ! मतलब, कोपरा मा हग्नु अनि कोपरामा खानु बिबेध नै हो !कानुन त, दुइ बर्समा मा बनाउने संबिधान पाँच वर्ष सम्म आफ्नो आयू आफ्फै थप्न्ने पनि बिबेध्नै हो ! बिबेध्मा बिबेधिकरण थपियको हो ! मतलब, हिजो बिबेध थियो आज त्यसलाई बिबेधिकरण गरियो !

  18. उईलेका कुरा खुईले भैसक्दा पनि तेई खुईल्ल्या कुरालाई लिएर भए पनि भर्यांग
    बनाउदै जातीय राज्य माग गर्नेहरुले प्लस पोईन्ट बनाई’रा बिषयलाई माईसंसार
    मा राख्दिनु भा’छ उमेश जी ले .
    सायद सही समय बुझ्नु भो कि बहाले — –
    या हाम्लाई बुझाउन हो कि ! —

    • लुना जी … मा जातीय राज्यको पक्षमा त होइन तर के भने नेपालको बिबिधता यस्तो छ कि कुनै अधिक जातको बस्ति भाको बिकट गाउमा नेपाली बोल्न नजानेको कारण नै पढाई छाड्ने अनि पुरै काम गरिने बस्ने यो पाराले उनीहरु कहिले नि अघि बढेन कुरा जानेन तिनिहरुनी त कोहि कोहि त राम्रो थियो कि??(जस्तो बाबुरामको कुरा गर्नु … NGO ले स्कुल नखोलेको भय आज के गर्थे PM हुन्थे र ??? यस्ता धेरै छन् नि हो) शिक्षा नै ज्योति त हो नि त्यो नै नभय के हुन्छ?? त्यसको लागि अति नया र गतिशील शिक्षा जागरण अभियान चाहियको छ सो यो हिसाबले जातीय अधिकार गलत होइन तर अग्राधिकार होइन.. अनि यो कर्मचारी तन्त्रमा बाहुन क्षेत्रीले नै बढी राज्य मात्र गरेन अनेक बहानामा दमन नि गरेको छ. अहिलेकै ब्यबस्थामा हेरेनी हुन्छ. तर यो सब बर्गीय मुद्दा बढी छ नेपालमा सबैलाई मिल्ने व्यवस्था चाहियको छ अब पुरानो कानुन हेर्नु न किन वहियाद मान्नुहुन्छ????

  19. दण्ड हरु ठिकै लग्यो

    जात अनुसारको बिभेद चाही , मन परेन

  20. यो कानून अलिक सुधार गरेर फेरी ल्याउनु पर्यो, किनकि हिजो आज भाउजुलाइ देवरले बिताउने त परम्परा नै बसे जस्तो छ, देशबाट जात पात हट्यो भनेर भन्छन, फेरी तेही जात पातको आधारमा नयाँ संबिधान पनि खोजि रहेका छन् | तेसको मतलब नेपालीलाई जात पात जरूरी छ, कागजमा मात्र सेकुलर भनेर नहुने रैछ | भाउजुहरु पनि के कम, लोग्ने विदेश गयो कि अर्को सित मस्ती शुरु गरिहाल्छन | माथी लेखिएका पुराना कानूनमा भाउजुहरुलाई दण्ड दिएको देखिएन जब कि भाउजुहरु नै देवर बिगार्ने मुख्य कारण पनि हुन् | बिग्रेका भाउजु र दाजु हरु हिजो आज होटेल, लज, रिसोर्ट, छर छिमेक जता ततै तेस्ता नियम उल्लङ्घन गरि राख्या छन्, बामदेव गौतम ल्याउनु पर्यो यो पुरानो कानून संगै ….बरु मेरो पनि लिंग काटिए काटियोस |

    • यो काट्ने र कटाउने कानुन अहिले हाम्रो देश मा जरुरि भै सकेको छ / बिसेस गरेर भ्रस्टचारी हरु लाई सर्बस्सो हरण मात्रले हुन्न कि छाला काढेर नुन चुक दल्ने अनि त्यो लास लाई टुडिखेल को डबली मा साझा प्रदर्सनी गर्ने ताकी अरु कुनै भ्रस्टचारी नजन्मिउन /

  21. यो विभेदकारी कानून बनाउनेको मुखमा पाद्यो भने कति जरिवाना त्यो लेखेको रहेनछ
    अनि जनताले चोर नेताको मुखमा पाद्यो भने जरिवाना नलिनु

  22. धन्यवाद शालोक्य जी. सान्दर्भिक समयमा यो पोस्ट राख्नुभएकोमा. अब हाम्रो संघियता विरोधी मित्रहरुको आखा अलिकति खुल्छ होला यो पढेपछि. भाको, भै आएको यहि हो नेपालको भूमिपुत्रहरु माथि. शासन बदले, शासक बदले तर राज्यको हालीमुहाली उही एउटा जाति अनि आदिवासीहरुमाथि राज्यको विवेधकारी नीति उही. तेसैले अहिलेको माग भनेको मात्र विवेधहरुको अन्त्य अनि समानता अनि सम्न्नत समाजको निर्माण हो.

  23. गजब रहेछ त !!! मर्ने गरि नहानसौनु भयो,कहाँ भेट्नु भयो यो बिषय ? बधाई छ !!!

  24. “बलात्कारीको लिङ्ग काट्नु !!” भन्ने कानुन चाही अहिले पनि हुनु पर्ने थियो l

    • अहिले को जमाना मा केटा हरुले मात्र बलात्कार गर्दैनन् केटि हरूले पनि बलात्कार गरेको गर्छन! केटा ले बलात्कार गर्दा त ल लिंग काटिनु पर्छ भनौला तर केटि ले बलात्कर गर्यो भने के काट्ने नि?

  25. जार काट्न पाउने कुरा सुनिन्थ्यो ,खै उल्लेख गरिएको रहेनछ कि ?
    हुन् त् अरु नै बिसय केन्द्रित भएको ले त्यो न आएको होला |

    • जार काट्न पाइने व्यवस्था त्यहाँ छ। जार नकाटीकन पोइल गएकी स्वास्नी फिर्ता ल्याउन पनि पाइन्छ नपुङ्सक दण्ड तिरेर।

  26. म त मर्छु कि क्याहो..हसाउनु हसायो बा.!!

    • सुदिप जी धेरै नहास्नुस / हास्दा हास्दा पाद्नु होला र पाँच रुपैया जरिवाना तिर्नु पर्ला नि ….

      • मल्ल जी, तपाई पनि हसाउनु भो..तर ढुक्क हुनुस, म एक्लै छु, कसैको मुखमा पर्दैन..//

        यो कानुन त जंग बहादुरले बनाएको हो क्यारे..बजिया आफुले जे जे गर्थ्यो त्यो चाही जनतालाई गर्नु हुदैन भनेर कानुन बनाएछ//

  27. नेपालमा विभेदकारी कानुन पहिले देखि रहेछा!!!

  28. नेपालमा जातभात बिचको ठुलो विभेद उ बेला देखिनै आएको थियो भन्ने यो दस्तावेज बाट छर्लङ्ग देखाउछ । साना जात का लाई मान्छे नगन्ने उबेला को संस्कृति… साना जात लाई हदै सम्म को कारवाही अनि ठुला जात लाई सामान्य जरिवाना मात्रै… कानुन पनि साना र ठुला को बीचमा यत्रो ठुलो भिन्नता… यसबाट स्पष्ट झल्किन्छ । उ बेला को सामन्ती शासन को स्पष्ट चित्रण देखिन्छ ।

    • साना र ठुला जाति लाई समान भन्दा पनि जाति साना र ठुला हुन्नन् भन्ने खालको कुरा मनन गर्नु पर्ने होइन र? खोइ के भन्नु

  29. ,,,,,,बडो सोचाइमा परियो बा
    कुरो के भनदेखुन,उसबेला अपराधीको “लिङ्ग काट्ने” काट्ने काम चाहिँ को वाट हुने रहेछ ?

    • बिसेस समिति बनाएर समितिको निगरानीमा काट्ने होला नि |

  30. सन् १८९३ मतलब १७५ वर्ष अगाडी को कानुन जंगली पाराको रहेछ जस्तो हामीलाई लागि रहेको छ, मानव अधिकारकर्मीहरु त्येस्बेला थियो कि थिएन होला, जान्न मन लग्यो है ! नेपाल को पुरानो कानुन दैब ले जानुन !

  31. कडा कानुन रहेछ, यस्तो कानुन लागेका कुरा हाम्रा बाजेले सुनाउने गर्नु हुन्थ्यो | तर पत्यार लागेको थिएन आज लेखेको पन्ना नै पढियो लौ |

  32. रमाइलो लाग्यो. बरु येस्ता पुराना इतिहास का कुरा हप्ता को एक दिन माइ संसार मा राख्ने हो कि?

  33. बलात्कारी लाइ बन्ध्याकरण गर्ने कानुन भएको भए राम्रो हुन्थ्यो

  34. येस्को मतलब १६० वर्ष अघि नै बुढाहरु ORAL SEX गर्दा रहेछन ………त्यो पनि अर्काको स्वास्नी लाई…???? aabueeeeeee !!!

    • हो नि
      बिल क्लिन्टन – मोनिका लेवेन्सकीहरुले त भर्खर हाम्रो आइडिया चोरेको मात्र हुन् |
      पेटेन्ट राइटको मुद्दा हालुम कि क्या हो ?

    • खोइ, Oral Sex गरेको तपाइंलाई कसरि थाहा भो, मैले त त्यो अर्थको कानून माथि देखिन | जे होस्, जानी जानी बिगारेको भनिएको रहेछ, नजानी चाहिं पाइँदो रैछ क्यारे | राजा महाराजाहरु त्यस्तो कानून बनाएर अरुलाई चाहिं कठोर दण्ड दिने, आफू चाहिं पोर्न फिलिम (कला) बनाउँदै हिंड्ने ? एउटा लामो फिलिम त हनुमानढोका अगाडिको मन्दिरमा अनि अन्य देवालयहरुको मन्दिरमा खोपी खोपी बनाएका छन त | हो, तेस्तै कामसुत्र देखाउने गरेकाले भाउजु बिगारेको हो जनता ले | होइन त कृष्ण जी ?

      • थापाजी
        १८ बर्ष पुग्नु भएको छ भने हेर्न मिल्ने सामाग्री पनि माथि छ नि
        तर क्लिक गरेर हेर्नु पर्ने खालको छ
        कि पुगिया छैन १८ ?

        • ओ हो, कृष्णजी अनि तेन्जिंग जी, तपाँई हरुको कमेन्ट सत्य रहेछ, सरी | मैले त्यो लिंकमा क्लिक गरेकै रहेनछु, गरेर हेरेको त पोर्नोग्राफी त हाम्रै देश बाट शुरुभएको रहेछ, अनि सन्नी लियोन भन्दा कति शिपालु रहेछन त हाम्री भाउजु हरु, बल्ल थाहा भो | जय नेपाल |

          • ठिक हो रमेश जी !!! Thanks तेन्जिंग जी! कसो DP गरेको समेत कानून बनाए न छन् !!!

  35. कानुन कडा रहेछ बा !! लिङ्ग काट्ने , देश निकाला गर्ने, मारिदिने !!!! कानुन मात्रै थियो कि कसै कसैलाई एस्तो सजाय पनि भयो जान्न पाए हुन्थियो ………..

Comments are closed.