फेरि अग्नि एअरको विमान दुर्घटना, छ जना बाँच्न सफल

agni
अग्नि एअर विमान फाइल फोटो।
नराम्रो खबरका कारण दिक्क भएकाहरुले आज बिहान फेरि एउटा दुःखद खबर सुन्नुपरेको छ। जोमसोम उडेको अग्नि एअरको १८ सिटे डोर्निएर विमान जोमसोम विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको छ। विमानमा चालक दलका ३ सदस्य थिए- पाइलट प्रभुशरण पाठक, को पाइलट एसबी महर्जन र एयरहोस्टेज आर हैजू। विमानमा सबै यात्रु चाहिँ विदेशी थिए। त्यसमा पनि दुई जनामात्र डेनमार्कको, बाँकी सबै भारतीय। तर स्वेदशी होस् कि विदेशी होस्, पीडा उस्तै त हो। झन् विरानो भूमिमा दुर्घटनामा मर्दा परिवारजनलाई कति सास्ती हुने होला!

को को बाँचे ?
डेनमार्कका दुई जना
भारतका दुई बालिका र उनका पिता
एअर होस्टेज रोसनी हाइजु
एक जना आइसीयुमा अरु सबै उपचारपछि घर फर्कन लागेका

मर्नेमा भारतीय बाल कलाकार पनि

पा फिल्म, रसना जुसलगायत धेरै विज्ञापनहरुमा काम गरिसकेका भारतीय बाल कलाकार तरुनी सचदेवको पनि यो दुर्घटनामा मृत्यु भएको भारतीय मिडियाले जनाएको छ। उनीसँगै उनकी आमा गीता सचदेवको पनि मृत्यु भएको छ। उनीहरु विमान चार्टर गरेर मुक्तिनाथको दर्शन गर्न गएका थिए।

जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा–५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान आज बिहान ९.५० बजे भएको दुर्घटनाको यकिन कारण थाहा हुन सकेको छैन। तर प्रारम्भिक रिपोर्ट अनुसार विमानको इन्डिकेटर फेल भएको भनिएको छ। यो लेख्दासम्म त्यसमा सवार २१ मध्ये १५ जनाको मृत्युको पुष्टि भइसकेको छ।

अग्नि एअरको यस्तै डोर्नियर विमान दुर्घटना भएको दुई वर्ष पुग्न लागेको छ। २०६७ सालको साउन २९ गते यस्तै बिहान मौसम खराब भएर लुक्लामा ओर्लन नसकेर काठमाडौँ फर्कँदै थियो, मकवानपुरको शिखरपुरमा गएर जोतियो। चालक दलका तीन सदस्यसहित ११ यात्रुको अकालमा निधन भयो त्यतिबेला। अमेरिकी, बेलायती र जापानी गरी विदेशीहरु थिए त्यसमा पनि। आधिकारिक छानबिन समितिले खराब मौसमका कारण लुक्लामा उत्रिन नसकेर काठमाडौं फर्किएको विमानको जेनेरेटरमा गडबडी भएको बताएको थियो। यस पटकको दुर्घटनामा पनि प्राविधिक खराबी भन्ने प्रारम्भिक रिपोर्ट छ।

मकवानपुरमा दुर्घटना भएको अग्नि एअरको विमान

37 Comments

  1. एक दशकदेखि उड्न नसक्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’नेपाल एअर को जहाज सामान्य मर्मतसम्भार गरी ताराले उडान सञ्चालनमा ल्याएको हो।अब एस्तो जहाज उडान गर्न अनुमती दिने सरकारी निकाय नै मुख्य मुख्य दोशी हो।

  2. very sad news

    heartfelt condolences.
    may the departed souls be rested in peace in heaven… and wish early recovery in health those who are on treatment and may god give strength on their family.

    ”Om mane pedme hum ! om mane pedme hu !! om mane pedme hu !!!

  3. क्या पाठक नागरीक उड्डयन प्राधिकरणमा जागीर भएर पनि निजी विमान सेवामा तनमनले सेवा गरिरहेका देखियो ।
    सरकारी कर्मचारीलाइ दुइ तिर काम गर्न दिन नहुने भनी विशेष अदालतले केही महिना अगाडी फैसला गरेको उचित रहेछ । उनी पेशेवर पाइलट नै होइनन् ।
    सरकारी कर्मचारी निजी क्षेत्रमा काम गर्नेहरुको छानबिन हुनु पर्दछ ।
    सरकार र अख्तियार मौन छन् ।
    गहिरो समवे‌दना ।

  4. थोत्रो हवाइजहाजहरुले यो भन्दा राम्रो उपहार के दिन सक्छ र ???….मृत्यु हुनेहरुमा हार्दिक समबेदना………

  5. Very sad…..but no matter how many planes crash, nothing is going to happen coz our policy makers are too busy protecting theirs rear end at the time of crisis.

  6. news अतिनै दुखद हो तर लेखक ज्यु तपाई को लेखाई अति नै मन परेयो किन भने आज सम्म मैले न्युज मा यति जना मरे भन्ने सुनेको थिय तर तपाइले आज यति जना बाच्न सफल भय लेख्नु भयो तपाई लाई धेरै धेरै बधाई छ तपाई यौटा सच्चा positive पत्रकार हो….मर्ने हरु पर्ती मेरो पनि हार्दिक समबेदना छ….

  7. कतै दक्ष तथा अनुभवी बिमान चालकको अभावमा यो सबै भएको त होइन ??

  8. एक दशकदेखि उड्न नसक्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’नेपाल एअर को जहाज सामान्य मर्मतसम्भार गरी ताराले उडान सञ्चालनमा ल्याएको हो।अब एस्तो जहाज उडान गर्न अनुमती दिने सरकारी निकाय नै मुख्य मुख्य दोशी हो।

  9. यस्तो हुदा विदेश पर्यटक कसरि आकर्षण हुने हे भगवान …. किन हुन्छ हाम्रो देशमा हरेक क्षेत्रमा अनेक प्रहार??????? लौन कडा निगरानी होस् भन्यो फेरी उस्तै…… रक्षा गर प्रभु !!!!! मृतक आत्माको चिरशान्तिको कामना अनि बच्नेको शिघ्र स्वास्थ्य लाभको कामना …..

  10. नेपालमा जहाज क्रेश हुन्छ तर मालिक नाफामै हुन्छ. जहाज चलाउने मालिक कहिले क्रेश हुँदैन किनकि बिमाको रकमले पुरा भरपाई हुन्छ. पुरानो जहाज ल्याउने, manipulation, corruption बाट त्यो जहाजले संधैनै clearance पाएकै हुन्छ. safety को नाममा passengers हरुलाई पेटी बाँध्न लगाउन्छं तर engine, जहाजको उमेर, थोत्रा सिट, overall check up आदिमा खतराको घन्टी नबजे सम्म जहाज मालिकको होश उठ्दैन. Pilot हरुमा सानातिना technical negligence गर्नु, कठिन मौसममा पनि chance लिएर जहाज उडाएर आफ्नो पराक्रम देखाउने एक किसिमको हठ देखिन्छं. भौगोलिक द्रिस्तिकोंले दुर्गम एरपोर्टहरुमा आवश्यक उपकरणहरुको अभाबले धेरै जस्तो उडान हरु रिस्कमा नै उद्छ्न. मौसमको प्रभावले धेरै जोखिम हुने अवस्थामा मात्र जहाज उदाउदैनन. सानातिना technical कुराहरुलाइ नकार्नु कुनै नौलो कुरो होइन.
    दिवंगत आत्माले चिर शान्ति प्राप्त गरुन !

  11. नेपालमा जहाज क्रेश हुन्छ तर मालिक नाफामै हुन्छ. जहाज चलाउने मालिक कहिले क्रेश हुँदैन किनकि बिमाको रकमले पुरा भरपाई हुन्छ. पुरानो जहाज ल्याउने, manipulation, corruption बाट त्यो जहाजले संधैनै clearance पाएकै हुन्छ. safety को नाममा passengers हरुलाई पेटी बाँध्न लगाउन्छं तर engine, जहाजको उमेर, थोत्रा सिट, overall check up आदिमा खतराको घन्टी नबजे सम्म जहाज मालिकको होश उठ्दैन. Pilot हरुमा सानातिना technical negligence गर्नु, कठिन मौसममा पनि
    chance लिएर जहाज उडाएर आफ्नो पराक्रम देखाउने एक किसिमको हठ देखिन्छं. भौगोलिक द्रिस्तिकोंले दुर्गम एरपोर्टहरुमा आवश्यक उपकरणहरुको अभाबले धेरै जस्तो उडान हरु रिस्कमा नै उद्छ्न. मौसमको प्रभावले धेरै जोखिम हुने अवस्थामा मात्र जहाज उदाउदैनन. सानातिना technical कुराहरुलाइ नकार्नु कुनै नौलो कुरो होइन.
    दिवंगत आत्माले चिर शान्ति प्राप्त गरुन !

  12. अतिनै दुखद समाचार !
    मृतक आत्मा को चिर शान्तिको कामना गर्दै र मृतकका परिवार र आफन्तहरुलाई भगवान ले धैरे धारण गर्ने छ्मता प्रदान गरुन ! मृतक सबैलाई हृदय देखिनै हार्दिक श्रधांजलि!!!!!!!!!!!!!!!

  13. नेपालमा पैलोट को कमि नाभायापानी दक्ष्य प्राबिधिक को चाँही अतिनै कमि छ ! प्लेन किन्न सक्ने, पैलोट हैर गर्न सक्ने तर दक्ष्य मेकानिक्स राख्न नसक्ने अग्नि ऐर को कमजोरी होकी ? BRB सरकारका अति बिसिस्त पर्यटन मन्त्रि को काम के? ?????

  14. सर्बप्रथम मृत आत्मा को चिर शान्तिको कामना साथै घाइते हरु को सिघ्र पूर्ण स्वास्थ्य लाभ को कामना ……
    निरासाजनक अनि दुखद खबर हरु को ओइरो लागि रा’को बेला मा फेरी एउटा अत्यन्तै दुखद समाचार ले मन दुखायो !
    नेपाली आकाशमा उड्ने घरेलु बिमान हरु हामीले केटाकेटी मा कागज को बनाएर उडाउने खालका हुन्छन कि क्या हो ? त्यो कागज को प्लेन बरु मजाले उड्थ्यो यी त कस्ता खालका प्लेन हुन् राम्ररी उड्न पाको छैन पहाडमा ठोक्की हाल्नी कि जमिन मा धसी हाल्नी ?
    हावा मा उड्ने बस्तु भनेर हो क्या प्लेन पनि हावा पारा मै बनेका जस्ता ! अनि त्यसको चेक जांच निरीक्षण गर्ने मान्छे नि सब हावा पारा का !
    माओवादी द्वन्द पछि अत्यधिक नेपाली ले सायद अकाल मै मर्नु पर्ने प्रमुख कारण बन्दै आको छ यो यातायात दुर्घटना – सडक तथा हवाई दुवै उत्तिकै बढ्दो छन् !
    ……हवाई दुर्घटना मा परि मर्ने ति मानिस को अमुल्य जिन्दगि त गयो गयो साथ साथै यसले देशको पर्यटन उद्योग मा गम्भीर असर पार्छ जस्तो लाग्छ ….जता बाट नि घाटै घाटा !!!!

  15. यो अग्नि ऐर ले धेरै मान्छे मार्यो…… हरेक वर्षा दुर्घटना कस्तो ऐर्लिंस हो यो….. नेपालको नागरिक उडान निकाए बाट अग्नि ऐरलाई उडान गर्न दिने नदिने भनेर अब सोच्नु पर्ने दिन आयो जस्तो छ

    • अग्नि ऐर मा मात्रै hora अरु ऐरमा पनि त दुर्घटना vayako chani त किन अग्नि ऐरलाई मात्रै दोसी ठहराउनु एसमा न चालको दोस छ नत मालिक कोनै छ /अग्नि ऐरलाई matarai दोसी दखाचन, मान्छे त सडकमा हिडा पनि त मर्यकै छनी / अग्नि ऐर la आफ्नो राम्रो राम्रो चालकहरु पनि गुमाउनु पर्येको छ नि जय जस्तो भय पनि मृतक को atmala cher सान्ति pauesh यहि छ हामी सबै को कामना छ /

      • सुस्मिता जी , अग्नि air मा काम गर्नु हुन्छ जस्तो छ, शिब जी को कुराले सारै रिसाउनु भयो ! तर तपाई ले जे भनेपनि सुस्मिता जी मेरो आफ्नो personal अग्नि air को सफर ले पनि के भन्छ भने अग्नि air मा दक्ष्य poilot ,दक्ष्य मेकानिक्सको कमि छ ! भएका प्लाने हरु पनि पुरानो छन् ! weight load गर्ने काम मा पनि मनपरीतन्त्र छ ! बिमान संचालन लाई माइक्रो र मिनिबस सरह हल्का रुपमा लिएने staff मा परम्परा बसेको छ ! अनि अरु air – lines संग रिसिबिको भाबना छ management मा !! आगामी दिनहरु मा फेरी एस्त घटना कुनै पनि air – lines को सुन्न नपरोस ! मृतक आत्माको चिर शान्तिको कामना !

  16. दुर्घटनमा निधन हुनेहरुको चिर शान्तिको कामना गर्दछु .
    मृतकका परिवारजनलाई सहन शक्ति देउ भगवान !

    बारम्बार यसरी दुर्घटना भईरहँदा भौगोलिक स्थल / बाताबरण या विमानका पार्ट पूर्जालाई दोष दिएर उम्कने ब्यबहार माथी राज्यले ( सरकारले ) कडा निगरानी गर्न नसक्दा नै यसरी पुन : दुखद दुर्घटना हुन पुग्यो !
    कुर्ची – सत्ता – शक्ति कै लागी कुदाकुद गरिरहनु पर्ने सरकार प्रणाली ( राजनीतिक प्रणाली )भईरहे सम्म देश / जनता / आर्थिक / सामाजिक / — सबै सबै छेत्र यसरी नै असुरछित हुनु पर्ने अबस्था भई नै रहन्छ — –

  17. नेपालमा चरा भन्दा हवाई जहाज कम छ तर चरा भन्दा हवाई जहाज ठोक्किन थालेको छ किन ?

  18. २०१२ को मा के के हुन्छ बिस्वो मा भन्थे बैज्ञानिक हरु ,नेपाल को दिनहुको बन्द हड्ताल मार काट सवारी सादन बाट प्लेन सम्म दुर्घटना पोखरा मा घटेको त्यो घटना हेर्दा त सच्है हो कि जस्तो लाग्छ
    जुन देसको नागरिक भय पनि दुखद लाग्दो घटना निधन हुनेहरुको आत्माले शान्ती पाओस् । परिवारहरुमा हृदयदेखि हार्दिक समवेदना

    • विदेश बाट थोत्रा पुराना कवाडी प्लेन येह ल्याएर पैसा कमौना खोज्ने लाई कडा सजाय नदिए सम्म एस्तो दुर्घटना कति हुन्छन कति हेर्दै जाउ

  19. कडा प्राबिधिक निगरानी र निरीक्षण को अभाव…
    बिमान संचालन लाई जब सम्म माइक्रो र मिनिबस सरह हल्का रुपमा लिईन्छ तब सम्म दुर्घटनाको डर यथाबत रहिरहने छ ….
    मृत आत्माको चीर शान्तिको कामना गर्दछु !!!

    • माइक्रो र मिनी बस मा पनि मान्छे नै चडछन् है मित्र ……….

  20. नेपाली सेफ्टी रेकर्ड अत्यन्तै खराब भयो चाहे त्यो सडक यातायात को होस् वा हवाई यातायात को होस्. दुर्घटना त यदाकदा पो हुनु पर्ने हो, यहाँ त दैनिक जस्तै छ हवाई र सडक यातायात लाइ मिलाएर हेर्ने हो भने.

  21. So sad news,All airlines n people sould get lesson from this and at list try to minimize from each side like airlines,experts,all people.why this is happening time and again?????????

  22. दुर्घटना हुनुको कारण पत्तालगाइ भबिश्यमा यस्ता दुर्घटनाबाट जोगिन उच्चतम सतर्कता अपनाउनु जरुरी छ ।
    दुर्घटनामा मृत्युहुनेहरुको आत्माको चीरसान्तिको कामना गर्दै श्रद्दासुमन तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकटगर्दै परमेश्वले धैर्यधारणगर्ने शक्तिप्रदान गरुन यहिमेरो कामना ।।।।।

  23. अतिनै दुखद समाचार !
    मृतक आत्माले शान्ति पाउन र मृतकका परिवार र आफन्तहरुलाई धैरे धारण गर्ने छ्मता प्रदान गरुन ! मृतक सबैलाई हृदय देखिनै हार्दिक स्रदान्जली !!!

  24. खबर सुनेर अतिनै दुख लाग्यो मृतकहरुको आत्माले चिर शान्ति मिलोस मृतक हरुको परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस एस्तो खालको घटना कहिल्यै नघटोस भनि पार्थना गर्दछु|

  25. Actually, accident can be reduce but can not be eradicate, heart- felt condolence to demise soul.

  26. निधन हुनेहरुको आत्माले शान्ती पाओस् । परिवारहरुमा हृदयदेखि हार्दिक समवेदना

  27. साला थोत्रे कवाडी जहाज चलाएर नेपाली जनता ठगछन्, जहाज कुन अवस्थामा चलेको छ साहुजी भानौदालाई वास्ता छैन, अनि विमानको इन्डिकेटर नाबिग्रेर के माइक्रो बसको स्पीडोमिटर बिग्रन्छ त ??? यो सब जहाज धनीको पैसा कुम्ल्याउने दाउ अनि सरकारको सम्बन्धीत निकायले निगरानी नगर्नाले भयको हो, नेपालमा पाइलट को केहि गल्ति हुन्न बिचार हरु तेत्तिका पैसा खर्च गरेर पाइलट बन्छन तर यी कुकुर्हरुका लाह्पर्वाहिले अकालमा ज्यान गुमाउनु पर्यो I मृतात्मा सबैले शान्ती पाओस तर बिशेष गरि तेत्तिका मेहेनत गरेर बनेका दक्ष्य जनशक्ती द्दय पाइलट प्रभुशरण पाठक, को पाइलट एसबी महर्जन गुमाउनु पर्दा दुख लाग्यो //

  28. कति बार बार दुर्घटना भैरहेको हो ….थोत्रो बिमान ल्याएर उडान भर्दा होकी राम्रै बिमान ल्याउछन हँ ….यस बारेमा पनि जान्न पाए हुन्थ्यो …मृतकहरु प्रति हार्दिक समबेदना….

  29. दुखद् ! दुखद् ! साह्रै दुखद् !!
    निधन हुनेहरुको आत्माले शान्ती पाओस् । परिवारहरुमा हृदयदेखि हार्दिक समवेदना ।

Comments are closed.