मन्त्रीहरुले काम पाए

बिना विभागका मन्त्रालयहरु लाज पचाएर ओगटिरहेका मन्त्रीहरुलाई आज बल्ल प्रधानमन्त्री बाबुराम भट्टराईले काम दिएका छन्। दलहरुसँग कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति भएपछि उनीहरुलाई प्रधानमन्त्रीले काम बाँडेका हुन्। तर अझै पनि चार मध्ये एक उपप्रधानमन्त्रीलाई अझै कुनै काम दिइएको छैन। कृष्ण बेलबासे (माले), यदुवंश झा (माले समाजवादी) र बद्री न्यौपाने (चुरे भावर) भोलि मन्त्री बन्दैछन्। कामको बाँडफाँड यस्तो छ-

१ डा. बाबुराम भट्टराई प्रधानमन्त्री

उपप्रधानमन्त्रीहरू
२ विजयकुमार गच्छदार (मधेसी मोर्चा) गृह
३ नारायणकाजी श्रेष्ठ (माओवादी) बिना विभागीय
४ क़ष्णप्रसाद सिटौला (काङ्ग्रेस) रक्षा र कानुन
५ ईश्वर पोखरेल (एमाले) परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालय

मन्त्रीहरू
६ हृदयेश त्रिपाठी (मधेसी मोर्चा) भौतिक योजना तथा निर्माण
७ पोष्टबहादुर बोगटी (माओवादी) नागरिक उड्ययन,
८ टोपबहादुर रायमाझी (माओवादी) शान्ति
९ राजेन्द्र महतो (मधेसी मोर्चा) स्वास्थ्य तथा जनसङ्ख्या
१० वर्षमान पुन (माओवादी) अर्थ
११ दीनानाथ शर्मा (माओवादी) शिक्षा
१२ महेन्द्रप्रसाद यादव (मधेसी मोर्चा)सिंचाई
१३ राज किशोर यादव (मधेसी मोर्चा)सूचना तथा सञ्चार
१४ सुर्यमान गुरूङग (काङ्ग्रेस) स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय
१५ राधा ज्ञवाली (एमाले) ऊर्जा
१६ अनिल झा (सङ्घीय सद्‍भावना) उद्योग
१७ चन्द्रदेव जोशी (नेकपा संयुक्त) भूमि सुधार
१८ परशुराम खापुङ (राप्रपा) वाणिज्य तथा आपूर्ति
१९ केशवमान शाक्य (नेपाः पार्टी) विज्ञान प्रविधि मन्त्रालय
२० एकनाथ ढकाल (परिवार दल) सहकारी तथा गरीबी

18 Comments

  1. जे कुरा पनि सुरु मा नौलो हुन्छः पहिला पंचायेत बाट बहुदल आउदा अनि अप्ठारो महसुस भएको थिए तेस्तै बहुदल मा पनि मावोबादी आउदा तेस्तै भयो अहिले जनजाती आउदा पनि तेस्तै सबैलाई राज्य दिए हुन्छः बनिने तोड्ने जोड्ने नियेमित प्रक्रिया नै हो समाएको खेल राजा गए अर्का काजी आए चिन्ता लिनु पर्दैन बाबुराम छन् प्रधान मात्री सबै कुरा मिलाउ छन्

  2. यो राजेन्द्र महतो चाही लाइफ टाइम मन्त्रि जस्तो छ .. दर्जनौ चोटी जति मन्त्रि भो होला , होइन एसले अहिले सम्म देशको लागि चाही के गर्यो ह ?? एसले घिच्न बाकी कुन मन्त्रालय छ ह ??

  3. येत्रा पाजी मन्त्रि हरुले त केहि लछारेनन अबो यो नाम मात्र को बिभाग र कार्य क्षेत्र पाएर पनि केहि गर्ने वाला छैनन् !
    खा खा चोर हरु अजै लूट …..सप्पै हसुरेरा खा !!
    थुइक्क !!!!!

  4. अब त हर घर बाट एउटा मन्त्रि ,राज्यमन्त्री ,सभासद भैसके ,यिनीहरु त माननीय (एउटा सिन्को भाँचे पो ?)होइन ,अहिले त चपरासी जति नि कसैले सम्मान गर्दैनन्,लौ जा.मलाई मन् मा लागेको कुरा लेखिदिएँ .
    जे गणेश
    rakesh

  5. पहिला मन्त्रि भएर पद सम्हाले पछी मन्त्रिहरु बद्नाम हुन्थे| अचेल बदनामीहरु नै मन्त्रि र उपप्रधान मन्त्रि नियुक्ति हुन्छन|
    पद भार र मन्त्रालय पहिले योग्यताको आधारमा दिएको जस्तो गर्थे| तर आएर त्यो चै कायमै रहेछ| उदाहरण: ईश्वर पोखरेल भारतको एयरपोर्टमा अवैध रुपमा भा रु को बोरा बोकेको आरोपमा पकडा परेका थिए| परराष्ट्र सम्बन्धमा अनुभव भएको आधारमा उँहालाई एमालेले खान्न भनेको जुठो चोखो बनाएर ख्वाएको रहेछ|
    के अपेक्षा गर्ने यस्ताहरुवाट? गोठां सबै कोराल्ली|

  6. हु क्यर्स !
    ड्याम !!!
    यिनीहरुले नेपाली जनताको दुइ गोटा आलु खान बाहेक अरु केनै गर्न जानेका छन् र ! जुन गोरुको सिंग छैन उसको नाम तिखे ! यी तिखेहरुले बस् , नोट चाँही सात्पुस्ताकालाई टन्न पुग्नेगरी छाप्ने भय !
    साथीहरु, कृपया रातो चिन्न लगाउनु छ भने यी तिखेहरुले गरेको जनमुखी र त्येस क्षेत्रको बिकाशको उदाहर्ण दियर लगाउनु होला र आफुलाई तिखे हुन् बाट बचाउनु होला, धन्यबाद!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  7. बोर्ड फस्टको बुद्धिलाई सलाम किनकि प्रधानमन्त्री पद जोगौनुलाई एति त गर्ने पर्यो नि चोर हरु लुटेर खाऊ देशको दुकुटी

  8. नेपाल मा जति बढी मन्त्रि उतिनै समस्या थपिएको छ र दिन दुइगुना रात चार गुना लूत्मार र भास्त्रचार बढेको छ र त्येही मात्रामै बन्द, तोड फोड र अराजकता पनि बढेको छ| त्योसैले मन्त्रि हरुको deshk र जनताको लागि के देन छ भन्ने मा कसैको दुइमत नहोला|

  9. होइन नेपाल मा यादव जाती को संख्या कति छ? यी मद्धे आधा भन्दा बडी त साएद अहिलेको सरकार बाट बाहिर भएर पनि दुइवटा ठुलै गांठ लुट्ने मन्त्रालय पायेछा| एसोहेर्दा, जाली पहाडी र लुटेरा बिहारीले देश नंग्याउने माहोल निकै बलियो भै सकेछा|
    यी सबै इंडिया को इसारामा भएको इस्पस्था छ र अब यी चैतेहरु पद टिकौना मालिकको खुट्टामा लम्पसार र RAW दोस्रो दर्जाका एजेन्ट भएर नेपाल भित्र बखेडा र लूत्मार को भूमिका मा तछाड मछाड संग भागदौड गर्ने भए|
    येही हो नेपाल को गणतन्त्र, लूट तन्त्र र सम्भिधान को देन|

  10. तेसोत इतिहाशमा सानो मन्त्रि मण्डल पनि त् यहि होलानी!
    ठुलो मन्त्रि मण्डल बनाउदा जम्बो जम्बो भनेर भुक्ने जम्बेहरु कता के सुघ्दै छन् होला बाबै!
    यसले देखायको छ बाबुराम बाबु र राम दुवै बन्नसक्ने हैसियत र क्षमता राख्दछन!
    संबिधान बनाउने क्षमता राख्दछन, तेती मात्र हैन देश बनाउने हैसियत पनि राख्दछन!
    यस्तो ब्यक्तित्वो को पछाडी भुक्नु भन्दा साथ् दिनु जरुरि छ देशको परिवर्तन र बिकाश चाहने हरु ले!
    जदौ!!!

  11. मै खाउ मै लाउ ( यि चोर नेता ) अरु सब मरुन दुर्बल्हरु ( जनतहरु ) भनि दारा धस्ने…………….लौ पशुपतीनाथ तिम्रै सरणमा !!!

  12. मन्त्रिहरु ले…….”लुट, भ्रस्टाचार, मोज मस्ती , अत्याचार, ………………………” गर्ने “काम” पाए

  13. वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले दिएको अभिव्यक्तिले स्पष्ट परेको छ यो देश कसले चलाएको छ, अहिलेको आन्दोलन बिशेष एक मधेश एक प्रदेश वा जातीयताको आधारमा संघियताको महत्व नेपाल र नेपालीका भन्दा बढी भारतको लागि उपयोगी छ भन्न अब त संकोच मान्न नपर्ला नि ? देश प्रति बफादार भएर काम गर्न भन्दा पनि राम्रो प्रभावशाली कुर्ची पाएर भारत संगको सम्वन्ध गाढा बनाएर अदृश्य आय बढाउन सबैलाई उप-प्र.म.चाहिने…… यी डाँकाहरु देश बेच्न तयार अवस्थामा छन्…… यसको ठुलो मतियार मधेशी फोरमका मुख्य नेताहरु र गच्छेदार,जेल प्रकाश प्रसाद गुप्ता,रामचन्द्र पौडेल, अमरेश कुमार, कृष्ण प्र. सिटौला, प्रचण्ड, बाबुराम हुन् ! सुदुर पश्चिमले २० दिन लगातार देश नतोडिदेउ भनेर रुँदा कराउँदा नसुन्ने बैरो सरकार र लौ संघियताको बिरोध गर्ने लाइ काट-मार भनेर उर्दी जारी गर्ने प्रचण्डले सधै जनतालाई आफु सत्तामा पुगेर देश तोडेर भाग लगाएर भारतीय लाइ बेच्न हामीलाई परिवर्तनको नाममा इमोशनल ब्ल्याकमेल गर्यो तर वास्तिविकता यसरी उदांग भयो ! अब भन्नोस् यी डाँका बाट देश बेचिएर शरणार्थी हुन् भन्दा आफ्नै देशको कुनै निरङ्कुश बाट शाषित हुन् बेश ! अब खुलेर बिरोध गरौँ हामीलाई हाम्रो देशमा आएर लडाउने भारतीय र हाम्रो देशमा हाम्रो कर खाएर भारतको चाकडी गर्ने यी डाँका हरुलाई खुकुरीको धारले रेट्नु पर्छ अब त अत्ति भयो ! हिंजो जनतालाई अनेक शिर्षकमा रेट्ने र अहिले भारतीय संग मिलेर हाम्रो देश लुट्ने षडयन्त्र गर्ने जतिलाई भने हाइवेमा एक महिना सम्म नांगै दौडाएर भारतको सिमानामा लगेर रेट्नु पर्छ !

    • माओवादीले भारतीय विस्तारवादविरुद्ध मात्र होइन जातीय संघीयताको उठानसमेत ४० बूँदामै गरेको हो । त्यसमा ‘मधेश’ वा ‘मधेशी’ भन्ने कुरा थिएन, मात्र आदिवाशी जनजाति भन्ने उल्लेख थियो । जब माओवादी जनयोद्धमा होमियो र स्वदेशी दलालमात्र होइन भारतीय गिद्धेदृष्टिका बारेमा नेपाली जनतालाई बुझाउन सफल भयो, त्यसका विरुद्ध भारतले नै ‘मधेश’ अनि ‘मधेशी’ भन्दै उचालेर मावोवादीविरुद्ध काउन्टर गर्यामात्र हो । मधेशी भनेको न कुनै जात हो न त सम्प्रदाय नै, न त कुनै वर्ग नै; न त यसले आदिवाशीलाई जनाउँछ, न त जनजातिलाई नै । तर आज सबैले यसलाई एउटा जातिका रूपमा बुझ्न बाध्य पारिएको छ । त्यसैले जनजातिहरूको मागलाई ‘मधेशी’हरूको माग सरह व्याख्या गरिनु भारतीय दलाली गर्नुभन्दा फरक होइन भन्ने बुझ्नुपर्छ; तपाईंले भावनामा वहकिएर यस्तो कुरा गर्नु भएको भए कुरा बेग्लै ।

    • हिजो बिराटनगरमा मुस्लिम र मधेसी भन्नेहरुले बिहानी र बेलुकी तिर २ छुट्टा छुट्टै मोटर साइकल रयाली निकालेका थिया … ति रयालि मा ५० -१०० जति भारतीय बाइक पनि थिय .. कुरा त इस्पस्तई छ नि … २ वर्ष जति अगी राजेन्द्र महतोको सद्भावनाले पनि मेची महाकाली खै के कार्यक्रम गरेका थिए .. त्यो जुलुशलाई मैले सप्तरीको हनुमान नगर (राजविराज निर ) तिर भेटेको थिए तेस्मा त झन् २०-३० वटा जीप र १०० -२०० वटा बाइक मध्ये आधि भन्दा धेरै बिहारी नम्बर प्लेटका थिए .. यी दुइ त मैले प्रतछ्य देखेको प्रतिनिधि घटना मात्र हो .. भारती जनता हाम्रो असल मित्र होलान तर भारतिय मिडिया र राज्य सत्ता हाम्रो असल मित्र कदापि होइनन .. यिनीहरु त जन इस्तरको सम्बन्ध पनि भाड्न उद्दत छन् .. अहिलेको सन्धर्बमा भारतीय मिडिया त झनै घातक बनेर निस्केको छ …

      वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले दिएको जस्तो अभिव्यक्ति दिल्ली इस्थित कुनै नेपाली कुटनीतिज्ञले दिएको भए तिनलाई देश निकाला गरिसकेको हुन्थियो भारतले … खै हाम्रो राष्ट्रिय स्वाधीनताको रट लाउने कठपुतलीहरु के गर्दै छन् ..

  14. हप्ते जागिर खाएर लाइफ़् ताइम पेन्सन खाने काइदा !!!!!

  15. गर्नु गर्यौ बाबुराम मन्त्रि बाडेर. ………..

    बधाई छ.

Comments are closed.