आज फेरि बन्द


आज फेरि बन्द छ। आफ्ना माग पूरा गराउन बन्द गराउनै पर्ने मानसिकता सबैमा हावी हुन थालेपछि यस्तो हुन थालेको हो। काठमाडौँमा विगत १३ दिनमा बन्द आह्वान गरिएको यो आठौँ पटक हो। तराईका केही जिल्लामा लगातार बन्द भएको आज छैटौँ दिन हो। काठमाडौँमा केही बन्दको असर बिल्कुल परेन। तर केही बन्दले पूरै ठप्प बनायो। आजदेखि सुरु भएको तीन दिने बन्दको पहिलो दिन बिहान पनि अधिकांश भाग ठप्प छ।


कालिमाटी चोकमा आज बिहान

कहाँ के भएको छ बन्दमा ?

79 Comments

  1. ” बसुधैब कुटुम्बकम्”

    लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत
    एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत
    हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात
    बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट ।

    एउटै बाटो, एउटै घाट, एउटै घारा पानी
    उस्तै दु:ख, उस्तै सुख एउटै जन्मभूमी
    लौ न साथी रोपौ एउटै बगैचामा फूल
    फुटाउन ह्रिदयमा चेतना का मूल ।

    उन्नतीको शीखरमा पुग्ने हाम्रो लछ्य
    सबै मिले सजीलो छ एक्लै कस्ले सक्छ ?
    खुट्टा तान्न छाडौं बरू, भरथेग गरौं
    हातेमालो गर्दै धेरै जङ्घारहरू तरौं ।

    मेरो हैन, तिम्रो हैन, सम्पति हो हाम्रो
    पराईले चोर्न सक्छ रछ्या गरौं राम्रो
    अशान्ति र झगडाले भलो हुन्न मित्र
    भाइ फुटे गंवार लुटे सम्झौं मन भित्र ।

    आफू ठूलो अर्को सानो भन्ने दिन गए
    पर्खालहरू ढाल्नु पर्छ हाम्रा बीच भए
    खाडलहरू पुर्न पर्छ धर्ती सम्याउन
    आखाहरू खोल्न पर्छ सत्य ठम्याउन ।

    स्वाभिमानी भइ आफ्नै इज्जत बढाउनु छ
    बैरीलाई एकताको पाठ पढाउनु छ
    नभुलौं न हामी को हौं के हो हाम्रो नाम
    नेपाललाई बचाईराख्ने एउटै हाम्रो काम ।

    माछा मार्ने धेरै हुन्छन धमीलीदा पानी
    अरूलाई हिलो छ्याप्दा आफैलाई हानी
    घ्रीणा हैन प्रेम बाडौ, द्वन्द हैन शान्ती
    अधेरोमा द्रीष्टी बनौ पूर्णीमाको कान्ती ।

    हामी मीले देशै भरी मुस्कान छरिने छ
    रित्तिएको मन भित्र दया भरिने छ
    मित्रताको सिक्रीलाई लम्ब्याईदिऊं सारा
    बसुधैब कुटुम्बकम् लगाउदै नारा ।

    बसुधैब कुटुम्बकम् लगाउदै नारा ।।

    पहिलो हरफमा भएका सबै शब्दहरूको क्रमश: लिम्बु, जीरेल, हिन्दी, नेवा:, मैथीली\भोजपूरी\नेपाली भाषामा “साथी” अर्थ हुन्छ ।
    Like · · Share

  2. थापाथली सुकुम्बाशी संग सरकार मिडिया मरफात कुनै बारता नगरी घर भ्त्काइयोl तर लाजिमपट बस्नेहरुको घर भ्त्काउएनु सत्ता नेपाली मिडिया टेलीबिजनमा बरता गरेर सरकारले निर्णय लिसकेको उल्तवान ढीला सुस्ति गरेको छl शर्मा अधिकारी ब्राहमण छेत्री बादीको बिद्रोधl जनता माथि गरेका परेका अन्याय अत्याचारमा मिडियाले साथ नदिएको फरक भूमिका खेलेको अबगत छl धनाढ्य ब्राहमण छेत्रिका तलुवा लाजिमपटको घर न्भात्काउने मिदियामा बहस गरिबस्नेl जनजाति बस्ती संख्मुल थापाथली सिनामंगल बिश्नुमती सुकुम्बशी हटाउन सरकारले खोज्ने? अधिराज्य भरी बसेका सुकुम्बाशीको छुत्त्तई सुकुम्बशी टोल सहर हुनु पर्छl माग पूरा नभए शर्माअधिकारी ब्राहमण छेत्री बिरुद्ध नाराजुलुस अझ बढने छ l


  3. सल्काउनु अघि आगो, खरानी लाइ हेर्ने हो कि?
    भाई छोरा डढाएर, आफै कात्रो बेर्ने हो कि?
    ठुलो रहर थियो होला, खरानीको डढनु अघि,
    त्यस्तै धुलो हुन भन्दा, आफ्नो बानि फेर्ने हो कि?

  4. एक दिनको नेपाल बन्दले वाहुन क्षेत्रीहरु आदिवासी बन्न सक्छन् भने जनजाति आन्दोलन ३० वर्ष भईसकेको छ

  5. नेपाली हामि रहुला कहाँ नेपालै नरहे
    उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै
    तराई हाम्रो सुनको टुक्रा हिमालै हिराको
    माटो र पानी पहिलो धन धर्तिको छोराको
    ….यो गीत् बजाउ देउ न मिडिया साथि हो दिनको १० पल्ट.
    http://www.youtube.com/watch?v=2l3ROdWtLSs

  6. माग पनि कसले कसको पुरा गराउने???कस्तो दिमाग होला???कस्तो सम्जिन नसकेको??दिमाग मा गोबर छकी गिदी नै छ???मिलेर देश बनाउनु पर्ने,११ वटा राज्य किन चहियो???एउटा राज्य राम्ररी चलाउन सकेको छैन……छि बेला बेला जंग बहादुर लाइ सम्झन्छु ,जंगे ले पनि दिक्क लगेर नै कोत पर्व मचाको थियो होला,देश मा तुरुन्त एउटा नया जंगे को खाचो छ,प्रभु चाडो पठाई देउ नया जंगे लाइ,

    • सबै नेपाली जातजातिलाइ समान अधिकार दिदै सबैको भाषा र संस्कृतिको संरक्षण गर्दै उनीहरुलाई सबै निकायमा विभेद रहित आरक्क्षणको ब्याबस्था सुनिस्चित गर्ने भनेको अतिनै राम्रो र बिस्वकै सर्बोत्तम, विभेधरहित-व्याबहारिक, राजनीतिक एबं कानुनी ब्याबस्था हो जुन पश्चिमेली राज्यहरुमा भन्दा पनि वन स्टेप फर्द(र) छ/ हामि सबैलाई थाह हुनुपर्दछ्की पश्चिमि देशहरुमा धार्मिक र साम्प्रदायिकता भित्र लुकेको भयाबह खेललाई बुझेरै होला जहिलेपनि यी दुइ कुराहरुलाई निरुत्साहित बनाउने प्रजातान्त्रिक सरकारहरुको नितीनै छ जसको उदाहरण फ्रान्समा ५ वर्ष देखि कानुनी रुपमा बस्दै-काम गर्दै आएका बिदेशीहरुलाई स्थानीय निर्वाचनमा मतदान गर्ने अधिकार प्रदान गरियोभने बिदेशीहरु नयाँ देशको समाजमा इंट्रीग्रेट हुनुभन्दा अझ बढी रयाडीकालाइज हुँदै पृथक, विभाजित र साम्प्रदायिकता तर्फ उन्मुख हुने कुरा बुझेरै बहश चलाइन्छ, राज्य दिने र बाँड्नेको त कुरै नगरौं (ब्रीट्नी, बास्क, बुश ड्यु ह्रोंन-प्रोभंसालभाषी … जो फ्रान्सेली नै तर आफुलाई त्यहाँका बिशेस ठान्दछन). नेपालको सन्दर्भमा सबैलाई थाह्छ यो बन्द भनेको माओबादीको बन्दहो: श्रीमान देशको प्र.म., श्रीमती सडकमा टायर बालेर जातीय आन्दोलन चर्काउन उक्साउने? एस्तो कुनै देशको सरकार प्रमुख ले गरेको यहाँहरुलाई जानकारिछ? श्रीमान क्षति-पूर्ति राज्यकोषबाट दिने श्रीमती भत्काउने एस्तो पनि हुन्छ प्रजातान्त्रिक देशमा? डकटर साब प्रति सम्मान थियो, केहि आश थियो तर त्यो सब भ्रममा पारिएकोरहेछ/ सरकार प्रमुखको पार्टी अद्ध्यक्ष्य ज्यु आफैं लडाइ गर्न उक्साउने, के भन्ने यहाँ …संस्कार, अनुशासन र नैतिक मर्यादाको कुरा गर्नु नै आश्चर्यजनक हुनेछ. – देशको राजधानी (जहाँ आफ्नो देशभरिका र संसारका मान्छे बस्छन) पनि कुनै जाति बिशेषको राज्य हुन्छ? सबै जातीबादी मावोबादी र भात्री संगठनको नौटंकीहो यो. हरेक जातीका शामन्तहरु आफ्ना सबैजातीको नाममा आफुमात्र कुम्ल्याउने भन्दा अरु कुनै सपना देख्दैनन. कालान्तरदेखी एहि पुनरावृति हुँदै आएकोदेखिन्छ. एदि कोहि ठगिएकोछ भने उ आफ्नै जातीय मुखिया बाट ठगिएकोछ्. जान्ने बुझ्नेहरू देशी-बिदेशी सबै यो फिवडल सिस्टमको दोष भनेर सबै भन्ने गर्थे अनि तराइ पहाड सबैतिर त्यहि सिष्टम थियो सन् १९८० को अन्त सम्म: स्थानीय स्तरमा जिम्मावाल, तालुकदार, मुखिया भन्ने अनि पंचायत भन्दा पहिले गाउँ प्रमुख जो स्थानीय जातिको प्रमुख/ नाक्चुच्चे भर्सस नाक् थेप्चे को बिचको समाजशास्त्रीय घोत्ल्यांइ (चिन्तन) भनेर १९९० को दशक देखिनै जनजातिका विद्वान महाशयहरु नेपालीमा तलब थाप्दैनन, डलरले तानेकोछ उनीहरुलाई, जति जातीय द्वेष र बिभेध ल्याउने लेख र भासन दियो त्यति डोनर बाट थप बोनस आउँछ उहाँहरुलाई; अनि तराइका दलित, पिडित शोषित र निरिह जनताको नाममा यादब, भण्डारी र महत्तोलाइ सदाबहार मन्त्रि पड्काउनु परेकोछ, तर तराइका जनता राज्यबाट सोषित हुनु साथसाथै गाउँको ठालु जो स्थानीय स्तर बाट रास्ट्रीय स्तर सम्म पहुँच भएको बाटै शोषित भएको कहिल्यै मनन गर्दैनन् उनीहरु. २१ औं शताब्दीमा अन्तर्राष्ट्रिय सर्बहाराबर्ग हाम्रो एकमात्र जात हुनेछ भनेर कुर्लिंने र सारालाइ उत्तेजित बनाउने मावोबादी आज अग्रगमनको नाममा पश्चगमन भन्दा अरु जान्दैन. भर्खरै जनजातिका महासचिब द्वय…शेर्पा, लेखि आदि इत्यादि जो ठाडो धम्कीको भाषामा पत्रकारलाई चिनिराखने र नछाड्ने भन्दै फोटो लिएको देख्दा, अनि कुनै दिन नेपालि बिबिसी मा अन्तरबार्ता दिने क्रममा तत्कालिन संस्कृति मन्त्रिले ठाडो भाषामा सर्बसाधारण लाइ धम्क्याएको सुन्दा मलाइ खोटांग, उदयपुर, र भोजपुर जिल्लाको याद आयो जहाँ सन् २००० देखि 2003 (२००३ देखि मावोबादीमा समाहित) सम्म हाम्रा आदरणीय मन्त्रि खाम्बु सर (साइला किराँती) द्वारा परिचालित हतियारधारी समूहले जातीय राज्य स्थापना गर्न क्षत्री बाहुनको र संश्क्रित सभ्यताको सफाया दिने भनेर संस्कृत बिद्ध्यालयहरु भत्काए, कोहि राइ सरहरु जसले तपाईंहरु गलत बाटोमा हुनुहुन्छ, यसो गर्नु हुन्न भन्दा, किराँती बिरालो बाहुनको म्याउ भन्दै चिसापानी उच्च मा.बि. का होनहार प्र.अ. हर्क राज राइ (१६ जनवरी २००२) र अन्य बिद्यालयका सरहरूलाइ विभत्स तरिकाले मारिदिए. हजारौ गरिब मनोबैज्ञानिक रुपले त्रशित (ट्रोमाटाइजड) बाहुन-क्षत्री आफ्नो घर-खेत, बालि-नाली, बस्तुभाउ लथालिंग छोडेर ज्यान जोगाउनकै लागि तराइ र अन्य ठाउँमा लुक्न झरेको झल्झली याद आइरहेछ. यी त्रास र पिडा भोगेका हामि जस्ता हज्जारौंलाइ जातीय राज्यमा सबै शुरक्षित हुनेछन भन्ने आधार के दिएकोछ अहिलेसम्म. मावोबादीको सक्कली अनुहार थाह हुँदाहुँदै पढे लेखेका नेताहरु हुनुहुन्छ देशको समग्रहित हुनेकाम गर्नुहोला भनेर देशी-बिदेशी मित्रहरुसंग मावोबादी युद्धको जस्टिफाई एबं बचावट गरियो — आज बडो पश्चाताप लागेर आयो. भनाइ र गराई ठिक बिपरित! हाम्रो पनि यसैगरी नाम र फोटोको रेकर्ड राखेर सफायाको लिस्टमा नाराख्लान भन्न सकिन्न कारण उनीहरुमा अब फेरी मानबियता मरिसकेजस्तोछ. साँचो, साँचोनै हुन्छ, जो मर्जी!

  7. आजको परिस्थितिको लागि दोस बा जस पाउने दल त् मावोबादिनै हो/ गिरिजाको गैरसंबैधानिक, अप्रजातान्त्रिक राजनीतिको बिरोधमा मावोबादिले तेतिबेला बिरोध गरेको जायाजनै थियो/ तर त्यो मावोबादीको आन्दोलन भित्र जय कृष्ण गोईत नागेस पासवान आदि जस्ता तराईलाई पहिला मधेश पछी बिदेस (भरत् नै त् हो) बानाउन खोज्ने रास्ट्र द्रोही नेपाली द्रोही हरु मावोबादीको रुपमा पसे/

    यो नेपालमा जात जातको राज्य बनाउनु पर्छ भन्ने माग उनीहरुकै हो/ नेपालको सेनाले लखेटेको मावोबादिले बिहारमा लुक्न तिनै जय कृष्ण हरुको सहयोग पाउन ती जय कृष्ण गोईतहरुको मान्यो/ तर १२ बुंदे सम्झौता पछी प्रचान्द्र्ले जय कृष्ण गोईत हरुको कुरा मान्न छोड्यो यसै कारण जय कृष्ण गोईत हरु मावोबादी त्यागेको र भारत समेत प्रचंद्र्को बिरोधि बनेको हो/ यो कुरा जय कृष्ण गोईत आफैले भनेकोछ/

    प्रचंद्र्को त्यो मावोबादी र अहिले बाबुरामको मावोबादीको नीतिमा ठुलै फरक आयको छ/ बाबुरामको नेत्रित्वोको सरकारलाई आज सबै मधेश बादीहरुले र भारतले समेत समर्थन गरेकोछ/ यसो हेर्दा मधेश बादी र भारतको समेत समर्थन पायको बाबुरामको मावोबादीको सरकार नेपालमा निर्णायक शक्ति नै हो कि जस्तो देखिन्छ/ तर यसो हुने सक्दैनथ्यो/

    लोकतन्त्र उन्मुख देसमा निर्णायक शक्ति रास्ट्र्बादी नागरिकहरुनै हुन्छ/ कुनै पनि रास्ट्र्बादी नागरिकले हिमाल पहाडमा जात जातको र तराईमा मात्र मधेसिजातको राज्य बनाउन मान्न्नै सक्दैन/ त् यक जातिको राज्यहरु बनाउन खोज्नेहरु आज बेनामी ११ बहुजातिय राज्य बनाउन सहमत हुन् बाध्य भयो/ अनि जय कृष्ण गोईत मार्काको मधेश बादी र यस दि मेहता मार्फत भारतले अब बाबुरामको नेत्रित्वोको सरकार र दुई ठुला दलले ११ बेनामी बहुजातीय प्रदेस बनाउने सहमतिको बिरुद्ध आंधी बेहरी ल्याउने घोसना गरेको हो/

    हुनत यो ११ प्रदेशको राज्यहरु बनाउने कुरा पनि ठिक होईन/ तापनि हिमाल पहाडमा सयौं जातिको राज्यहरु बनाउनु र सम्पूर्ण मधेशमा मात्र मधेशको राज्य बनाउनु भन्दा तुलनात्मक रुपमा ठिकै मान्नु पर्ने हुन्छ/

  8. आज यिनै सुनसान सडक र बन्द ढोकाभित्र म मेरो पुरानो देश खोजिरहेछु, जहाँ म कुनै ताम्सलिन, मगरात, खस-आर्य वा कुनै जनजाति अनि कुनै आदिबाशी थियिन, म केवल एक नेपाली थिएँ। आज मेरी ‘परियार’ भाउजु बन्दले समयमा अस्पताल जान नपाएर अकालमा ज्यान गुमाइरहेकी छिन्, मेरो ‘थारु’ दाइका लालाबालाहरू भोकभोकै अनिद्रामा छट्पटिनु परेको छ। जातिय संघियताले देश ‘कङो’ र ‘सुडान्’ हुन्छ भन्ने थाहा हुँदा हुदै, यी कथित भारतीय दलालहरू भाइचारा र आपसी सद्भाबमा अबिछिन्न नेपालीहरू माझ जातियताको आगो बालिरहेछन। यति सुन्दर देश एक्काइसौ सताब्दीमा पनि ‘जातियेता’ को भुङ्रोमा लट्पटिएर बिखन्डन भैरहेको देख्दा मनमा साह्रै पिडाबोध हुदोरहेछ।

  9. साह्रै दिक्क लागेर आयो यो बंद देख्दा

    साह्रै दिक्क लागेर आयो यो बंद नेपालीले सहेको देख्दा

    साह्रै दिक्क लागेर आयो यो बंद गर्न नेपाली लागेको देख्दा

    साह्रै दिक्क लागेर आयो बंद ठीक होइन भन्दै बंद गर्न हिडेको देख्दा

    साह्रै दिक्क लागेर आयो नेपालीको बंद बुद्धि देख्दा

    साह्रै दिक्क लागेर आयो कोही पनी नबोलेको देख्दा

    साह्रै दिक्क लागेर आयो आफु रैती भएको देख्दा

    साह्रै दिक्क लागेर आयो नेपालीको बंद बुद्धि देख्दा

  10. मेरा नेवार तामांग शेर्पा, गुरुङ थारु मधिसे सबै साथी छन्. यो आन्दोलनको कुरा गर्यो भने तिनीहरु सबै दिक्क हुन्छन र ति मध्हे कसईले पनि जातिय राज्य चाहिन्छा भनेर भन्दैनन् .भन्छन त मात्र शान्ति चाहियो. आफ्नो काम ढुक्क भएर गर्न पाइयोस. येत्तिका धेरै जति भएको ठाउमा केहि जातिलाई राज्य दिने कुरा तिनीहरु कसैले पनि राम्रो काम भन्दैनन्.
    मैले जति पनि भेटेको कथित आदिबासी जनजातिका साथीहरुले जातिय राज्य लै प्राथमिकता दिएको मलाई थाहा छैन.यो त सब जतियेताको नाममा आफ्नो राजनीतिको ब्यापारिक भबिस्य सुरक्षित गरि फेरी तेही सामन्ती प्रथ लड्ने केहि बाठा टाठा एन जी ओ क दलाल हरुको करामत हो. होइन भने तेती मिलेर बसेको नेपाली समाज, जो संसार भरि धार्मिक र सामाजिक सहिस्नुताको लागि प्रख्यात थियो र छ लै आज किन जतियेताको नौमा बिभाजन गरि देशलाई अनि आफुलाई आफुलाई टुक्रा टुक्रा पर्न खोजिदै छ ?

    येह ठुलो बिदेशी चलखेल भैराखेको छ र केहि टाठाबाठा हरु बिदेशीको पैसामा जातिय राजनीति गर्न कम्मर कसेर लागेका छन्. आज आन्ग्काजी शेर्पाको गर्जन सुन्यो भने थाहा हुन्छा कहाँ बाट अको छ तेत्रो पावर, कसको आडमा धम्कि दिइराखेको छ भनेर.

  11. म जन्मदा संसार को नै बादी जात भयको भयपनी सबै मिलि बस्ने मेरो देश नेपाल, संसारको शान्त देश को नामले चिनिन्थ्यो /आहिले संसारको असान्ती देश नेपाल हुन पुगेछ /यसरी हेर्दा नेपाल ने चाडै प्रगती गरेछ ,धन्य हो यो नेताहरू को प्रजातन्त्र अनि अनि तिनीहरू को गनतन्त्र /

  12. सबै जात जाति ले आफ्नो हक अधिकार माग्नु भने को राम्रो कुरा हो ! तर जातीयता को नाम मा कसैलाई बाकी नराख्ने भन्नु सरासर गलत कुरा हो ! जनता को जीउ धन को सुरक्ष्या गर भनेर जनता ले चुनि पठाएका सभासद बाट एस्तो अभिबेक्ति दिनु एक दमै राम्रो छैन ! तेसो हो भने हिजोका दिन मा किन राजतन्त्र हटाउनु पर्थ्यो ? राजतन्त्र हट्नुमा पत्रकार तथा पत्रकारिता ले अतुलिनिये भूमिका खेले को प्रस्टै छ ! भोली का दिन मा ए. माओबादी को पनि राजसस्था जस्तो दिन आउन सक्छ विचार गरेर बोल्ने गर्नुस शेर्पा जी ? हामीले हिजो तपाई को धम्कि खान का लागि राजसस्था हटाएका होइनौ ! देश मा शान्ति छाओस भन्ने उदेश्येले हो ! आज नेपाल आमा का सन्तान लाई एक आपश मा जुधुन लडून र देश मा गृह युद्ध होस् भनेर होइन ? हिजो भारतीय दुताबास का मध्येम लेबल का कर्मचारी ले दिए को अभिबेक्ति का बारेमा तपाई किन मौन हुनु हुन्छ ?खोइ तेस्को जवाफ जनता लाई ? बेदेशी ले हस्तछेप गर्दा के हि नबोल्ने तर आज पत्रकारलाई धम्कि दिने ? खोइ तपाई मा देश प्रति को माया ? के तपाई लै देश को माया छैन ?

    • आंगकाजि शेर्पाले दिएका अभिव्यक्ति बुझ्नेलाइ उनले एबिसी च्यानललाइ दिएको अन्तर्वार्ता हेरे त्यो सबै स्वभाविक लाग्छ, कुनै कुनै मेडियाले अझै जनजातिको खबर छाप्न ज्वरो आउदा रहेछ खैर यस कुरालाई अब तन्काएर इसु नबनाऊ

  13. नेपालमा राजनीति गर्ने र भ्रष्ट उच्चपदस्थ कर्मचारीहरुले बाहेक ब्राह्मण छेत्री होस् या जनजाती आदिवासी होस् मुलुकमा सम्पूर्ण जनताहरु गरिबीको रेखामुनी बाँची रहनु परेको छ / यो देशको शोसन गरि यस्तो नराम्रो अवस्था पुर्याउने २५० वर्षदेखि सत्ता र प्रशासनमा हलिमुली गर्ने मुठ्ठी भरका ब्राह्मण छेत्री नै हुन् / मेरो आजीवनको अनुभबमा ब्राह्मण छेत्री र आदिवासी जनजातिहरुको दुरी आकाश जमिनको फरक छ / हाम्रो देशमा जे भइ राखेको छ १०० प्रतिशत ठिक समयमा अधिकारको लागि आन्दोलन भै राखेको छ /

  14. पत्रकारबन्धुहरु पनि बाहुन, जनजाती, तथा मधेसी समुदायमा विभाजित भै सकेको त अस्ति नै थाहा पाएको थिए! रिपोर्टर्स क्लबको घटनाले छर्लंग पारिदियो ! अहिले मुलधारका पार्टी कोहि छैन, मुलधारका नेता कोहि छैन, मुलधारका पत्रकार त हुने कुरै भएन ! अब कोहि आफु मुलधार कै भनेर भ्रममा कोहि नपर्दा हुन्छ ! यो पहिले पनि थियो शुषुप्त थियो! संघियता तथा राज्य पुनर्संरचनाको मुद्दाले छताछुल्ल परेको हो ! यसमा संघियताको कुनै दोष छैन !

  15. नेपाल को धेरै पत्रकार आफ्नो जातिको खुब कुरा गर्छन तर जनजाती को न्युज दिदैन । ति मद्ए माउन्टेन टिभी पनि एक हो ।यस्ता टिभी ले नै जातियता सद्भाब बिगृएको हो । त्यसैले यो आक्रमन ठिकै हो

  16. जनजाती ले आफ्नो हक अधिकार को बारेमा बोल्दा नेपाल को पत्रकार मित्र हरु साचो समाचार दिनु यहाको कर्तब्य हो तर यहाँ सबै पैसा खुवाएर नक्कली पत्रकार तयार परेको जस्तो देखिन्छ , जनजाती को महासचिब लाइ अपशब्द प्रयोग गर्ने लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ देश आहिले गम्भीर मोड मा रहेको अवस्था मा जनमानसमा उतेजना फैलाउने खालको समाचार दिनु भनेको कति न्यासंगत होला ,,

  17. कुरा सही हो । तर जो आन्दोलन मा हुन्छन तेतिबेला पत्रकार निशाना मै हुन्छन । माओवादी ले पनि पत्रकार कुटेकै हुन । काङ्रेस, एमाले र अन्य पार्टी र समुह हरु आफ्नो पक्ष मा भनेजस्तो समाचार नदिए पत्रकार कुटेका हुन, कुटिन्छन । आफ्नै कारण ले कुटिन्छन bichaara पत्रकार

  18. कुरा सही हो । तर जो आन्दोलन मा हुन्छन तेतिबेला पत्रकार निशाना मै हुन्छन । माओवादी ले पनि पत्रकार कुटेकै हुन । काङ्रेस, एमाले र अन्य पार्टी र समुह हरु आफ्नो पक्ष मा भनेजस्तो समाचार नदिए पत्रकार कुटेका हुन, कुटिन्छन । आफ्नै कारण ले कुटिन्छन bichaara पत्रकार

  19. बन्द ले त काठमाडौँ सफा देखिने भो/ ल १-२ भए पनि सफा सास तानौ है !
    तर, बन्द गर्न जति सजिलोसंग हुन्छ , राज्य बनाउन चाही ‘आकाश’ को फल जस्तो हुनेरहेछा /
    तलको भिडियो ले त त्यै नै बताउछ/ नयौरी मारी पछुतो नगरौ है !

    http://www.youtube.com/all_comments?v=TZFInPzpzfU

  20. १०० भन्दा धेरै जातजाती भएको नेपालमा जातिय राज्य घोषणा गर्ने हो भने किन ११ – १४ प्रदेश मात्र? सबै जात्जातीलाई समान राज्य दिनु पर्यो नि | जसको शक्ति उसकै भक्ति भनेझै जो सबै भन्दा बलवान छ, जसको संख्या धेरै छ तिनको नाममा मात्र राज्य छुट्टाउने? राउटेलाई पनि एउटा घनघोर जंगल “राउटे स्वयेत्य क्षेत्र” भनेर छुट्टाउनु पर्यो |

    एकदम ठिक !

    यो सबै मावोबादीले गर्दा भएको हो, शिक्षा क्षेत्रमा बम पड्काएर, पड्दै गरेको बिद्यार्थी लाई जबर्जस्ति बन्दुक बोकाएर, शिक्षकलाई मारेर जनमानसलाई शिक्षाको पहुच बाट टाडा पुराएर, बन्दुककै भरमा सत्ता हडपेर देशलाई गन्हाउने गुहु बनायो | जे भए पनि २-४ जना गुन्डाहरुले Y.C.L. को नाममा टन्न कमाए, प्रचण्डको छोराले सरकारी ढुकुटीमा सगरमाथा चढे, जंगलमा बस्ने मावोबादी नेताहरु अलिसान बंगलामा बसे, तेही मौकामा खाते कांग्रेश, एमाले लगाएत अरु पार्टीहरुले पनि मोज गरे… लास्टमा हामी जनताले पाउने दुख मात्र बढ्यो… १६औ सताप्दिमै स्वर्णिम युग भनेर चिनिने नेपाल अहिले ढुंगे युगतिर धकेलिदै जादा लास्ट रिस उठ्यो, अब कसलाई मार हानुम?

    यो सबै शुरुवात गर्ने छट्टु धुर्त ब्वासो पर्चंडे लाइ जसले जहा पायो त्यहि घुत्रुक्कै पारौ, तेस किरियापुत्री ले गर्दा आज देश बर्बाद भयो; त्यो भारतको दलाल लोभी पापी भ्रस्ट कुलंघार लाइ छाला नकाढ़ी देश मा शान्ति हुदैन; सुनेको छु त्यो लुच्चो आज का मिति सम्म कुनै जेल परेको छैन, पुलिस को एक डण्डा सम्म खाएको छैन रे; कस्तो ब्वासो रैछ

  21. केही समसामयिक राजनैतिक झाँकीहरु !!!!!!!!
    १) अढाई बर्ष अगाडी जातीय राज्य बाँड्दै हिडेको थियो माओबादी !!
    २) आजको बन्दलाई बैद्य पक्क्षको खुला समर्थन अनी प्रचण्डको घोषित समर्थन (प्रतिकार गर्नुस भन्ने अभिव्यक्ति ) !!
    ३) सडकमा अधिकांश माओबादी कार्यकर्ता !!
    ४) निस्पक्क्ष रुपमा सूचना संकलन गर्न हिडेका पत्रकारहरु माथि छानी छानी भएको नियोजित हमला !!
    ५) भारतीय काउन्सिलर मेहताको उत्तेजक बिखन्डन बढी अभिव्यक्ति छायाँमा !!
    ६) मेहताको बचाऊ गर्ने उपेन्द्र यादव हिजो को टुंडिखेलको कार्यक्रम को अतिथी !! हात मिलाएर स्वागत गर्नेहरुलाई पनी टेलिभिजनमा राम्रै संग चिनियो !!j
    ७) येत्रो ग्राएण्ड डिजाइनलाई कांग्रेस र एमालेले नबुझेकै हो त ? की अब उनिहरुले पनी जातीय राजनीतिको बिकल्प देखेनन् ?? नत्र भने के को राष्ट्रिय सहमति को सरकार ? के को राष्ट्रिय सहमति ?? जबकी हरेक सहमति भएको दुई दिन मै यो वा त्यो कारणले सहमति भंग हुन्छ …
    ८) एक मधेश एक प्रदेश को बिरोध गर्ने बिमलेन्द्र निधिको जनकपुर स्थित घरमा तोडफोड !!
    हामी एकल पहिचानको संघियता भन्दै कतै “निर्देशित दासत्व (पाँच बर्ष अगाडीको एउटा बिहारीको भन्दा पनी तल्लो स्तरको पहिचान) ” त खोजि रहेका छैनौ ????
    आफनै दाजु, भाई, सखा, मित्र, छिमेकीसंग शत्रुजन्य ब्यबहार गरेर आफ्नो पहिचान पाइएला र ? पहिचान त अरुले गर्ने हो नी, आफुले आफुलाई त चिनेकै हुन्छ नी ? है न र ?
    अन्तमा …. आफ्नो अधिकार खोज्दा वा खोज्नेले “अधिकार खोज्न पाउने अरुको पनी अधिकार हुन्छ/छ ” भन्ने सास्वत सत्यलाई बिर्सन मिल्छ ???? मै राम्रो, मैले गरेकै ठिक, मेरै विचार सबैले मान्नु पर्छ भन्ने हो भने त राणा, शाह, पन्चे, फेरी शाहलाई गलत भन्ने अधिकार कसैलाई पनी छैन !!!!!!!

  22. आहा क्या मज्जाको कमेन्ट आयो बन्द को बिरोधमा , यस्तै कमेन्ट बाहुन छेत्री को बन्दको बेलामा पनि आएको भयो कति राम्रो/ आजकल mysansar का पाठक पुरा जातिमय भएको छ नेपाल जस्तै|

  23. अब यो बन्दको बारेमा त हामी नेपालीले कविता मात्र होइन, महाकाव्य नै लेख्न सक्छौं होला। बन्द हुनासाथ आफ्नो गाडी, मोटरसाइकल छोडी लुरुलुरु हिंडेपछि बन्द यो देशको संस्कृति नै बनिसक्यो। यसरी बन्दलाई फेसबुकको पेजमा, ब्लगहरुमा सरापेर बस्नुभन्दा यसलाई कसरी अवज्ञा गर्ने सोच्ने हो कि?

  24. अब बन्द गर्ने हरुलाई नै बन्द गरीदीने होकी … नखू मा लगेर …. तेसो गरे कसो होला ???

  25. १०० भन्दा धेरै जातजाती भएको नेपालमा जातिय राज्य घोषणा गर्ने हो भने किन ११ – १४ प्रदेश मात्र? सबै जात्जातीलाई समान राज्य दिनु पर्यो नि | जसको शक्ति उसकै भक्ति भनेझै जो सबै भन्दा बलवान छ, जसको संख्या धेरै छ तिनको नाममा मात्र राज्य छुट्टाउने? राउटेलाई पनि एउटा घनघोर जंगल “राउटे स्वयेत्य क्षेत्र” भनेर छुट्टाउनु पर्यो | यो सबै मावोबादीले गर्दा भएको हो, शिक्षा क्षेत्रमा बम पड्काएर, पड्दै गरेको बिद्यार्थी लाई जबर्जस्ति बन्दुक बोकाएर, शिक्षकलाई मारेर जनमानसलाई शिक्षाको पहुच बाट टाडा पुराएर, बन्दुककै भरमा सत्ता हडपेर देशलाई गन्हाउने गुहु बनायो | जे भए पनि २-४ जना गुन्डाहरुले Y.C.L. को नाममा टन्न कमाए, प्रचण्डको छोराले सरकारी ढुकुटीमा सगरमाथा चढे, जंगलमा बस्ने मावोबादी नेताहरु अलिसान बंगलामा बसे, तेही मौकामा खाते कांग्रेश, एमाले लगाएत अरु पार्टीहरुले पनि मोज गरे… लास्टमा हामी जनताले पाउने दुख मात्र बढ्यो… १६औ सताप्दिमै स्वर्णिम युग भनेर चिनिने नेपाल अहिले ढुंगे युगतिर धकेलिदै जादा लास्ट रिस उठ्यो, अब कसलाई मार हानुम?

    • जिम्बाजी, छर्लंगै छ नि प्रचंडेलाइ !!

      • अनि अर्को रमाइलो कुरा, प्रचण्ड दाहाल (बाहुन/क्षेत्री), बाबुराम भट्टराई (बाहुन/क्षेत्री), झलकनाथ खनाल (बाहुन/क्षेत्री), माधब कुमार नेपाल (बाहुन/क्षेत्री), रामचन्द्र (बाहुन/क्षेत्री), सुशील कोइराला (बाहुन/क्षेत्री), गगन थापा (बाहुन/क्षेत्री), यी सबै बाहुन/क्षेत्री नेताहरुले जातिय राज्य दिन्छु भनेर पत्त्याउने तल्ला जातकाहरु, तामांग, गुरुङ, नेवार, मगर सबै मुर्खई हुन् क्यारे… प्रचण्डले/बाबुरामले एकदिन तामांग टोपी लगाएर ताम्सालिंग जिन्दाबाद भन्दैमा मक्ख परेर हिड्ने तामांगहरु, बसन्तपुर बाट नेवा: राज्य घोषणा भयो भनेर मख्ख पर्नेहरु होसियार… तिनीहरुको मनको कुरा बुझ्नु पर्यो…

        यिनीहरुले रुकुम रोल्पालाई राजधानी बनाउछु भनेका थियेरे, अहिले सम्म रुकुम रोल्पा फर्केको होइन सत्तामा आएपछि… सबैमा शिक्षा हुनु जरुरि छ जातिय राज्य भन्दा पहिले, अशिक्षित जातिय राज्यले देशमा गृह युद्ध निम्ताएर सोमालिया लगाएत अरु अफ्रिकन देशहरु जस्तो नेपाल पनि नहोला भन्न सकिन्न!

        (आज भएको पत्रकारमाथिको हमला निन्दनिये छ, तर पत्रकार महासंघले निकालेको प्रेस बिज्ञप्तिमा हस्ताक्षर गर्ने सबै प्रमुख जिल्लाका अदक्षहरु फेरी तेही बाहुन/क्षेत्री किन परेका होलान?)

        • एकल जातिय राज्य की मिश्रित संघीय राज्य
          विश्वका २०० मुलुकहरुमध्ये १७० वटा देशहरुमा एकात्मक राज्य व्यवस्था संचालित छ । २८ ओटा देशमा मात्र संघीय राज्य व्यवस्था छ । सवा अरव जनसंख्या भएको भारतमा २८ वटा प्रदेशहरु छन् । ११ करोड जनसंख्या भएको पाकिस्तानमा ४ वटा प्रदेशहरु छन् । ३ करोड जनसंख्या भएको अष्ट्रेलियामा ६ वटा प्रदेशहरु छन् । २७ करोड जनसंख्या भएको अमेरिकामा ५० प्रदेश छन् । दुई करोड ६८ लाख जनसंख्या भएको गरिव मुलुक नेपालमा धेरै प्रदेश आवश्यकता छैन । गरिब मुलुक नेपालमा १४ प्रदेशको आवश्यकता छैन, हाल जातीयताका आधारमा १४ प्रदेश वनाउने हो भने दुई तीन वर्ष भित्रै दर्जनौ प्रदेश बन्न सक्तछन् । यति धेरै प्रदेशको व्ययभार वोक्न नेपालले सक्तैन । देशमा धेरै राज्य वनाउन उचित हुदैन तर अधिकारको विकेन्द्रीकरण गरिनु पर्दछ । स्थानीय निकायलाई अधिकार सम्पन्न वनाउनु पर्दछ ।
          जातीय राज्य व्यवस्था अपनाएका कारणले रुस टुक्रिएको हो । जातीयताका आधारमा प्रदेश निर्माण गरिएका कारणले नाईजेरियामा तीन वटा प्रदेशवाट थपिदै ३६ प्रदेश वनेका छन् । नाईजेरियामा २५० जनजातिहरु वसोवास गर्दछन् । हरेक जातले आफ्नो जातको नाउँमा प्रदेश माग गर्दै आन्दोलन गर्दै छुटिृदै गएका हुन । छुटिृने क्रम जारी नै छ । बेल्जियम, वोसनियाहर्जगोभिना, सुडान र मेक्सिको आदि देशमा जाति, भाषा र धर्मका कारणले द्वन्द बढेकाले यी देशहरु विखण्डनको अवस्थामा पुगेका छन् । जातीय राज्य व्यवस्था अपनाएको कारणले इथियोपियाबाट टुक्रिएर इरिट्रिया छुटृै देश बनेको छ । इथियोपियामा हाल ९ वटा प्रदेश छन् । इथियोपियामा गरिवी, भोकमरी व्याप्त छ । प्रत्येक वर्ष हज्जारौ मानिसहरु भोकभरीका कारणले देहान्त हुन्छन् । जातीय राज्यको दुष्परिणाम भोग्न जनता बाध्य छन् ।
          पहिलेदेखि रहे भएका स्या–स्याना राज्यहरु मिलाएर वनाईएका संघीय राज्यहरु सफल भएका छन् । स्वीट्जरलैण्ड, अमेरिका भारत जर्मन आदी देशमा संघीयता सफल रुपमा चलेको छ । तर द्वन्द पछिको अवस्थाबाट वनेका जातीयतामा आधारित संघीय राज्यहरुको अवस्था चिन्ताजनक छ । डेटोन सम्झौताबाट वोस्निया हर्जगोभिनाले संघीयता अपनाएको थियो । तर त्यहाँ राम्रो संग संघीय राज्य संचालन हुन सकेको छैन । मेङगिस्तु शासनको पतन पछि इथियोपियाले संघीयता अवलम्वन गरेको हो । यो देश द्वन्द र गृह युद्धमा फसेको छ । लामो युद्धको अन्त्य पछि सुडानमा पनि जातीयतामा आधारित राज्य व्यवस्था स्थापीत भएको हो सुडानमा हिंसा र आतंक जारि छ । संघीयता सफल हुन सकेको छैन । क्यानाडाको क्यूवेक प्रान्तमा फ्रेन्च भाषा वोलिन्छ फ्रेन्च भाषीद्वारा छुटृै प्रदेश वनाउने माग बढाइयो तर सर्वोच्च अदालतले रोकेको कारणले क्यूवेक छुटिृन पाएन । कंगो पनि संघीय राज्य वनेको छ । तर द्वन्द समाप्त भएको छैन । इराकले पनि २००५ मा संघीय संविधान अनुमोदन ग¥यो तर संघीयताको कार्यान्वयन चुनौतिपूर्ण भएको छ । श्रीलंका र साईप्रसमा पनि द्वन्द र विभाजनलाई रोक्न संघीय व्यवस्था अपनाईएको थियो तर यो व्यवस्था असफल भएको छ । विगत लामो समयदेखि एकात्मक राज्य व्यवस्था संचालित हुदै आएको नेपालमा मधेशी जनताको संघर्ष र जनजातीद्वारा संचालित संघर्षका कारणले संघीय राज्य स्थापना गर्ने कुरा अघि वढेको हो । मुख्यतया कस्तो संघीय राज्य व्यवस्था नेपालमा स्थापित गर्ने कस्तो संघीयताको स्वरुप संविधानले स्वीकार गर्ने भन्ने विषयमा नेपालका प्रमुख राजनैतिक नेताहरुका बीचमा मतभेद भएकोले संविधान वन्न नसकेको कुरा सर्वविदितै छ । हाल तीन मुख्य दलका नेताहरुद्वारा छ देखि एघार प्रदेश वनाउने कुरामा सहमति भयो भन्ने समाचार आउनासाथ जनजातिहरुको आनदोलन शुरु हुन थाल्यो र माओवादीले जातीय राज्यमा समर्थन जनाए पछि राज्य पुनःसंरचना सम्वन्धी विवाद बल्झिएको छ । आम नेपाली जनता थोरै प्रदेश भएको जाति, जनजाति, भाषा, संस्कृति इतिहास र भौगोलिक पहिचान र सामथ्र्यमा आधारित थोरै प्रदेशहरु भएको संघीय व्यवस्था सहितको लोकतान्त्रिक व्यवस्था स्थापनाको पक्षमा छन् । ब्राम्हण, क्षेत्री, ठकुरी दशनामी, सन्यासी दलितहरुको चाहना पनि यस्तै छ । जनजातिहरुको बौद्धिक र चेतनशील वर्ग पनि जातीय राज्य स्थापनाको पक्षमा छैन । हाल रहेका पाँच विकास क्षेत्रहरुको अवधारणा पनि जनजातिकै व्यक्ति हर्क गुरुङ्गले ल्याएका हुन् ।

          • जातीय राजनीति गर्ने हरु ले नि यो कुरा बुझेका छन् फरक यति हो कि देश युद्ध/हिम्सा मा फसे हामि लाइ त्रास हुन्छ तर ति जातीय राजनीति गर्ने नेता हरुलाई चै झन् राजनीति गर्न पाउने आस हुन्छ |

  26. आज जनजाती को बन्द को पहिलो दिन. पत्रकारिता माथि हमला त देखी हाल्यौ . Ang काजी शेर्पा को गर्जन पनि सुन्यौ देख्यौ. जनजाती को प्रेसिडेन्ट लेखि को भनाइ पनि पढ्यौ. अहिले त एस्तो छ जातीय राज पाए पछी के हुनेहो ? देश त पशुपति नाथले पनि बचाउन गार्हो पर्ला ! प्रचण्डजी को जय होस् .

    • नेपलको साम्प्रदायिक तथा पक्षपाति पत्रकारहरु यो आक्रमणको योग्य छ !

    • यो आक्रमण त प्रतिनिधि उदाहरण मात्र हो…’बिहानीले दिनको संकेत गर्दछ’ /

  27. नेता हरु जेस्ठ १४ भित्र संबिधान बनौदछौ भनेर अजै पनि भनि रहेका छन्, अब १ हप्ता को समय बाकी छ संबिधान जारिहुन एदी नेपाली नेता हरुको कुरा माथि विश्वास गर्ने हो भने, यो बेलामा त सारा नेपाली जनता हरु नया संबिधान को स्वागत मा खुसि र उल्लास मनाई रहनु पर्ने हो, देश भरि आशा , भरोसा, शान्ति र स्थाहित्वो को सम्भावना देखुनु पर्ने हो, तर हमिकोमा अहिले ठिक उल्टो परिस्थिति भनेको छ, जातीय द्वन्द , बन्द , हड्ताल र अराजकता ले जनजीबन अस्तबेस्ता भएको छ, आफना छुद्र माग पुरागरौना सबै पक्ष ले जायज, नाजायज हतकन्डा अप्नायेकछान, र निसेद को राजनीतिले प्राथमिकता पाएको छ , एस्तो स्थितिमा सबिधान जेस्त १४ भित्र आएपनि तेश लाही सबै नेपाली ले कसरि स्वीकार गर्लान र नया संबिधान ले नेपाल लाही प्रगतिको बाटोमा अगाडी बढौला र, कति नया संबिधान नया दोन्द को दस्ताबेद बनेर अहुनेता हैन/

  28. केहि जातिका नेताहरु त अब दादागिरी गर्न थाले. जातीय सम्बेदेंशील कुरा छदै छ, दादागिरी गर्नु छ भने आफ्नो जातीय नाम दियो अनि देस लाइ थर्कायो. नेपाली जनता त भेडे हुन् जोसुकै बाठो नेताले आफ्नो जात को नाम लिएर गलत गरे पनि साथ् दि हाल्छन के रे. अब जनजाति महासंघ अध्यक्ष लेखि जी ले पनि सम्पूर्ण मेडिया नै जलाइदिन्छु भनि दिन्छु भनि दादागिरी गर्न थाल्नु भयो. कसले बचाउने हो यो देस लाइ?

  29. बन्द किन र कसको लागि? हामीले नचाहेको बन्द एति धेरै चल्दा, हामी किन चुप लागि रहने.. आखिर देश १०० वर्ष अगाडिको स्थितिमा पुग्ने भयो, जतिबेला नेपाल सयु ससाना टुक्रा राज्येहरुमा टुक्रिएको थियो. हामी संचिनै पच्दी गैरहेका छौ…

  30. मेरो बिचार मा नेपाल मा खाली दुइ जात छ | एउटा बन्द गर्ने अर्को बन्द को बिरोध गर्ने | बन्द गर्ने लाई एउटा राज्य दिएर जति बन्द गर्नु परे त्यहि राज्य मा गर भन्नु पर्ला जस्तो छ |

  31. व्यक्तिगत सम्पत्ती तोडफोड गर्ने लुटपाट गर्ने आतङ्ककारी गतिविधि हुन तसर्थ यिनिहरूलाइ आतङ्कबादी सरह हदै सम्मको कारवाही गिरनु पर्छ । WAR AGAINST TERRORISM …

  32. Instead of blamining the protestors for attacking media people one needs to ponder over apparent biasness of media. I participated in the demonstration program yesterday, given the level of people’s particiaption, the media coverage was virtually nil. I felt like I was in Jana Andolan III, had it not been heavy downpour of rain, one can imagine the size of gathering at Tundhikhel open theater. Overlooking this fact, the mainstream media, obviously, dominated by bahuns and chettris, underplayed the news coverage. Therefore, protestors were very much right in expressing their anger with the media people. Just open you TV and see how all TV channels were transmitting Akhanda Far West Movement news? Nepali people need to be careful with this big media houses.

  33. All people on the road are 14-25 yrs approx. ages, I donot know what they expect in their life and career. What job will they get in future…………….All get MRP and go for labor in gulf countries.

    The one who will be government or Private office employement are doing hard labor reading writing at home to utilize maximum of this Nepal Bandh.

    GOD bless Nepali people who are doing this job in subconcious mind. All leaders buy these people in cheaper price !!!

  34. यो नेवार तथा जनजाती को बाँध हुँदै होइन यो त माओबादी क पुछर हरु तथाकथित जनजाती का बाँध हुन् आखिर त्यहि हिसिला को लोग्ने ले एउटा सहमति गर्ने अर्को हिसिला नेवा मनका खाला मा गएर आन्दोलन घोसना गर्ने उता प्रचंडे एउटा सहमति गर्ने अर्को जनजाती लै प्रतिकार गर्न उक्साउने. जनता हरुले बुज्ने पर्ने कुरो के भने यो माओबादी को नै सत्ता कब्जा गर्ने रणनीति को नै कार्यगत योजना हो. धेरै माओबादी कार्यकर्ता हरु नै आज थोड फोड़ मा सलंग्न देखिएको पनि छ र प्रेस मा पनि यिनीहरुकै योजना अनुरुप नै भैराखेको कुरो किन भुहना नसकिएको हो नेपाली जनताले. खाली केहि भएकी राजाबादी लै गालि गरेर गुश्पैठ भएको भनेर मात्र उम्प्किने प्रयत्न नगरे हुन्छ.

  35. हे प्रभु ! यो के भाको ? हाम्रो सानो शान्त नेपालमा | के यस्तै संधै संधै नेपाल बन्द गर्नका लागि हो हाम्रा सयौ नेपाल आमाका सपुतहरुले वलिदान गरेका ? ए नेता हो यो देश तिमीहरूबाट अब चलाउन सक्ने अवस्ता रहेन | तिमीहरुको नालायकीबाट यो देशको यस्तो दुराबस्ता भयो | अब गगन थापा जस्ता युबाहरुलाई शासन गर्न देओ | उनीहरुले केहिना केहि सुधार अवस्य ल्याउने छन् |

  36. बन्द ,तोडफोड वा अराजकता आदि गतिबिधि बाट दबाब दिदा मात्रै आफ्नो माग पुरा हुन्छ भन्ने गलत नजिर बनेर कायम रहेकोले सबै त्यहि बाटो हिडदैछन !

  37. सालोक्य जी
    ” आज फेरी बन्द , भोलि पनि बन्द , फलानो गते बन्द” भनेर लेख्दा लेख्दा तपाई कलम पनि थाकिसक्यो होला है ? म तपाईलाई एउटा सल्लाह दिन्छु अब यो “बन्द” लेख्नु भन्दा “खुल्ला” लेख्नुस | अब खुल्ला भन्दा धेरै बन्द हुन थाले पछि किन दिन दिनै “बन्द बन्द” भनेर लेखिरहनु ? अब “बन्द” कहिले हुने भन्ने कुरा सबैलाई जानकारी हुन थालिसक्यो बरु “खुल्ला” चै कहिले हो भन्ने धेरै लाई थाहा नहुन सक्छ त्यसैले सुन्दा पनि राम्रो “बन्द” लेख्दा लेख्दा थाकेका तपाई को कलम लाई पनि राहत त्यसैले अब देखि “बन्द” को होइन “खुल्ला” को जानकारी दिनु होला है | “आज नेपाल खुल्ला , आज पुर्बी नेपाल खुल्ला, भोलि पश्चिमान्चल खुल्ला , फलानो गते उपत्यका खुल्ला, ढिस्कानो दिन महेन्द्र राजमार्ग खुल्ला हेर्नुस त सुन्दा पनि मन कति खुसि हुन्छ | LOL

  38. यो बन्द मा , प्रेश , येम्बुलेंसे र मनाबधिकार बादी हरु बादी निसाना प परेका छन्, अहिलेसम का कुनै पनि बन्द मा प्रेश माथि येत्रो ज्याजति भएको थिएन , आजको घटना जातिवादी हरु को फासिवादी सोच र चरित्र को नमुना हो/ येस्तई फसिबाद लागु गर्न उनीहरु लाही जातीय राज्य चाइएको हो , जसरि हिटलर ले आफ्ना बिरोधिलाही दबाएको थियो, कथित समानता को नारामा अहिलेका जातिवादी हरु तेही नाजिबदी बाटो मा लागे क छन्/

  39. यो कस्तो देश हो, जहाँ बन्दको राज छ ..!?

  40. कालिमाटी मा सुकुम्बासी, बेरोजगार, ट्यापे, मुन्द्रे, जो काठमाडौँ का रैथाने पनि होएन, हरु को जमात छ, कुहिएको सब्जी, फलफुल खाएर दिन बिताउने यी गैर काठमाडौँ बासी हरु हुन् .

  41. बा, हजुरले पढाउनु भएको पाठ गलत रहेछ,
    हामी सबै एक हैन रहेछौं, बल्ल थाहा भयो |
    पल्ला घरे माइला तामांग रे, अनि माथ्लो घरे दाइ थारु,
    बजारको साउजी नेवार रे, मन्दिरको पुजारी बाहुन हो भन्यो |

    • टेक राज जी खुरापाती गफै बढी दिने, यो पनि गायत्री मन्त्र भित्र पर्चा कि क्या हो ?

    • स्कुलमा गुरु चिच्याई चिच्याई भन्नु हुन्थ्यो:
      “देश सिङगो फूलबारी हो, हामी सबै फूल थरि थरि का” |
      गफ्फाडी रहेछन गुरु पनि, झुट्ठा रहेछन उनका कुरा,
      आफ्ना आफ्नै बगैंचा बनाउन छौँ हामी तम्सिएका |

      • स्कुल बाट कलेज र कलेग बाट जागीर खाने बित्तिकै यो सब बिर्सिन्छा के गर्ने ??

  42. देश जली राखेको छ, खत्तम हुन लागेको छ तर नेता भनौदाको अनुहारमा मुस्कान र चमक अझै घटेको छैन | भाभुक सायद आफ्नो कुर्सि गएको दिन होलान | जय नया नेपाल |

  43. नेपाल बन्द गरेर, भ्रस्टाचार गरेर, देश, जनता धर्म, संस्कृति, लुटेरा, अतिक्रमण गरेर हामीहरुले बिस्वमा कयौ कयौ रिकोर्ड हरु राखी सकेका छौ. आखिर हामीहरु येस्तई रेकोर्ड हरु मात्र त राख्न सक्छौ नि. राम्रो सकारात्मक रेकोर्ड हामीले कहिले नै राखेका छौ र ??
    बुद्ध जन्मेको देसमा बुद्धि कै अनिकाल
    जनक राजाको देशमा जनता कै बेहाल
    नेता चोर भतुवा डाँका हरुलाई सधै मालामाल
    इमान्दारी सदाचारी राष्ट्र WAFADARI HARU FALAFAAL

  44. बन्द कर्ताले ठाउँ ठाउँमा संचार मध्यमको गाडी तोड फोड गरेका छन् रे अनि पत्रकार महासंघका अध्यक्ष शिव गाउँले सरकारसंग प्रेस र पत्रकार सुरक्षाको ब्यवस्था मिलाउन र क्षतिपूर्ती दिलाउन माग गर्दै छन् ! होइन गाउले जी,सरकारसंग छतिपूर्ति न माग्नुस ! छतिपूर्ति माओबादी र जनजाती संग माग्नुस ! सरकारलाई त के छ र, हामी संग लेको पैसानै उता दिन्छ तर बन्द त हामी ले गरेको होइन नि !!

  45. गर गर बन्द गर तिमीहरुकै छ दिन. तर यो चाही नभुल, होसियार, जब देश को स्तिथि सुडान र सोमालिया जस्तो हुनेछा, जब मान्छेहरु भोक र रोग ले मार्नेछन, धनि ब्यक्ति हरु विदेश पलायन हुनेछन. अनि हेरौला को संग कस्तो तागत बाकी रहनेछ सडक मा आयर देश बन्द गर्ने. त्यति बेला भोक ले तड्पी तड्पी मर्नु पर्दा को स्तिथि बाट कसले जोगाउने छ तलाई? अब त बुज्ने कोसिस गर हे मुर्ख पशु हो. अझै केहि बिग्रियाको छैन, सबै मिलेर देश लै अगी बढौं.

  46. बन्ध चोर फताहा र काम चोर को लागि मात्र ठिक छ काम गरे र खाने मान्छेलाई ठिक छैन . मजदुरी गरेर खानेलाई बिहान बेलुकी के खाऊ के लाऊलाई ठिक छैन.
    अहिलेको बन्ध गाडी तोड फोड गर्ने मान्छेको हो.

  47. यो आधिकार को लडाई हो केहि पाउनु को लागि केहि गुमाउनु पर्छ / इतिहास ले यो अवसर
    पुन दीदैना यो देश एक जाति एक वर्ग को हैन , बगैचा मा सबै फूल फुल्नु पर्छ ,एक फूल मात्र भयो भने त्यो बगैचा हुदैन /र माली ले पनि हाल्दा सबै बिरुआ मा पनि हाल्नु पर्छ अनि मात्र सबै बिरुआ हुर्कन सक्छन /तर यहाँ एक बिरुआ ले मात्र पनि पायो ,यो नै हाम्रो देस को दुर्भाग्य हो ,/

  48. यो आधिकार को लडाई हो केहि पाउनु को लागि केहि गुमाउनु पर्छ / इतिहास ले यो अवसर
    पुन दीदैना यो देश एक जाति एक वर्ग को हैन , बगैचा मा सबै फूल फुल्नु पर्छ ,एक फूल मात्र भयो भने त्यो बगैचा हुदैन /र माली ले पनि हाल्दा सबै बिरुआ मा पनि हाल्नु पर्छ अनि मात्र सबै बिरुआ हुर्कन सक्छन /तर यहाँ एक बिरुआ ले मात्र पनि पायो ,यो नै हाम्रो देस को दुर्भाग्य हो ,/

  49. पहिले नेपाली थिए, आज बाट बाहुन भएछु ! बधाई छ मलाई !! 🙂

  50. आज फेरी बन्द मारमा हामी हरु को जिबन कस्ट कर बन्दै गयको छ . Ambulance , Tourist bus , सम्म चल्न दियको छैन. नेफिन का महासचिव भन्नु हुन्छ नेपाल का छेत्री तथा ब्राह्मण लाई काशी पुरै दिने धम्कि दियका छन् .

    मेरो विचार मा नेपालमा वर्गीय विभेद हो जातीय विभेद होइन किनकि एक नेपाली जात को कारण ले आज को दिनमा कुनै अवसर बाट बन्चित भयको छैन, नेवार जात का मरिच मान श्रेष्ठ नेपाल का प्रधान मन्त्रि भैसकेका छन् तर सबै जात का उपल्लो वर्ग ले आफु भन्दा तल्लो वर्ग लाई शोषण शोषण गरेका छन् , महिला ले महिला लाई शोषण गरेका छन् . जस्तै उपल्लो वर्ग का छेत्री ब्राह्मण ले आफु भन्दा तल्लो वर्ग लाई कहिलै माथि उठ्न दियका छैनन् , उपल्लो वर्ग को चौधरी, थारु , शेर्पा, गुरुङ, महिला ले तल्लो वर्ग लाई शोषण गरेका छन् . त्यसै ले नेपाल मा जातीय विभेद होइन. उपल्लो र तल्लो वर्ग को विभेद हो .

    • रामराज जी,

      तपाई कुनै सेर्पा वा तामांग वा गुरुङ वा मगर वा दलित भएर सायदै कहिल्यै नेपालको मालपोत, अड्डा अदालात, प्रशाशन वा इमिग्रेशन मा deal गर्नु परेन होला त्यसैले तपाइलाई बास्तविकता थाहा छैन ! खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ अरुलाई होइन !

      • तपाईले भन्नु भाको ठिकै हो, तर कारण चाही अशिक्षा र गरिबी हो जस्तो लाग्छ, जात को कारण ले होइन जस्तो लाग्छ! उप्पलो जात को अशिक्षित गरिबले नि नेपाल मा तेही दुख बेहोर्नु परेको छ ! अहिले यो जात भात को नाम मा नचाहिदो हल्ला गरेको हो, मुख्य कुरा शिक्षा चाहियो !

      • चेतन जी तपाई को चेत कैले खुल्ने एक्काइसऔ सताब्दी मा पनि तपाई अझै म दलित जनजाती भनेर हिनताबोध गरेर बस्नु भयो भने तपाई अझै जहाको त्येई रहनुहुनेछ आन्दोलन गरेर किन यी काट्टो खान नसकेको नेता हरुको स्वार्थको भर्यांग बन्दै हुनुहुन्छा आखिर मा हुने केई होइन झन् जतियेता को कुरा गरेर समाज अघि बढ्दैन सरासर चौधौ सताब्दी मा पुग्ने बाटो गर्दै हुनुहुन्छा

        • देव जी कुरा जातीयताको भन्दा माथि छ त्यो हो समानताको ? हरेक नेपालीलाई राज्यले गर्ने व्यवहार समान भएको भए अहिलेको स्थिति कदापी औन्दैना थियो नेपाल मा !

          अहिले बन्ने संबिधानमा बिगतमा भएका गल्तीलाई सच्याएर त्यस रोगको निवारण भएन भने फेरी पहिलेको जस्तै असमानताको खाडल झन् गहिरो हुँदै जाने कुरा अहिले सबैले बुझेको छन् त्यसैले सबैले निस्वार्थ भएर देशको भविष्यको बारेमा सोच्न र बोल्न जरुरि छ !

          जब कुनै एकल जातिको मात्रै स्वार्थ सिद्ध हुने कुराहरु औंछा त्यहाँ चर्को बिरोध, नारा, जुलुस र अझ द्वन्द हुनेकुरा जो कोहिले पनि बुजेका छन् !!!

          • अबस्य पनि कुरो समानताकै हो चेतन जी त्यो कुरो चेतनाकै हो चेतना समान भयो मात्रै सबै चिज मौका अनि परिस्थिति समान हुन्छा जब चेतना आउने ठाउमा म यो जातको भएर मौका पाईन मलाई मौका नै दिएन भएर रोएर बस्यो भने मान्छे जहाँ को त्येही हुन्छा पहिला आफु सबल बनौ तेस्पछी राज्यले त के भगवान ले पनि तपाइको सक्ष्यमतामा प्रश्न चिन्ह उठाउने छैन

      • मालपोत, अड्डा अदालात, प्रशाशन वा इमिग्रेशन मा दुख दिने अन्य जातिका नि प्रसस्तै भेटिन्छन | घुस खाने मा पूर्ण समानुपातिक छ जात बिसेस मात्र हैन ..

      • चेतनजी अचानो कुनै जातबिसेष हुदैन / यो कुरामा जसको चिनजानको मान्छे छैन या जोसंग पैसा छैन , त्येहिनै अचानो हुन्छ / म जातले खश भएपनि यस कुरामा सिकार धेरै चोटी भएको छु / खस भएरै सबै कुरा हुने हो त मेरो पनि हुन पर्ने थियो नि त , किन भएन ? मालपोत, सवारी कर तिर्ने ठाउँ अड्डा अदालत, प्रशासन, नगरपालिका, इमिग्रेशन कहाँ दुख पाएको छुइन ? तपाइलाई यो भन्दा बास्तबिकता के चाहियो अब ? जब म संगै लाईनमा बस्ने लाहुरे गोजीबाट २-३ हजार फुत्त फालेर आजको काम आजै गर्छ / म त्यो दिन सक्दिन अनि मेरो काम १ हप्ता पछि मात्र हुन्छ / जब कि त्यो महानगरपालिकाको हाकिम कुनै खस नभएर राई (जनजाती) नै थियो / अब के म एकजना राईले खराब काम गर्यो भनेर सबै खस जाति लै ऊचालेरा जनजाति बिरुद्ध आक्रोशित हुदै हिडुम ? एस्तो गर्न मेरो बिबेकले कदापी दिदैन / त्येसैले यो जात जातिको कुरा कहिले नगरौ / हेपिने भनेको जहिले पनि ठुलाले सानालाई हो /एसको बिरुद्ध सब नेपाली एक भएर लागौ / जय नेपाल /

  51. today morning i went to balkumari for a walk…some people were taking off the air of bike…they thought me as newar and asked me to take part in protest and take air of some more bikes…if i say , i m not a newar ,,they can beat me…so i have to do as they have said..i m feeling guilty of my work..and i feel now every nepali is unsafe..caste riot can happen anyday:(

  52. नेपाली दाजुभाई हरु मिलेर गरिखाये हुन्थियो, यहाँ बाहुन, छेत्री,मधिस्ये,दलित तथा जनजाती जो आएपनि आफु सरनार्थी नै हो, तर पनि धर्म,जात,र पुर्खा एकै भएकोले पनि विदेश नजना खोजेको हो तर नेपालको यस्तै ताल हो भने अमेरिकाको ए सी नै ठिक भन्नेमा पुगी सकेको छु ; नत्र नेपालको अविभावक खोइ त ? दश वर्ष जनयुद्धको पहिचान खोइ त? अब मेरो विचारमा ति मरेका आत्मा मुक्तिको लागि देश ले खर्च गरे हुन्छ .तेसो नगरे सबै दलका नेताहरु नर्क को सदस्य होलान कि जस्तो छ “बिकौज नो वान इस इस्म्ल हियर”

  53. बन्द के क लागि

    विश्वका २०० मुलुकहरुमध्ये १७० वटा देशहरुमा एकात्मक राज्य व्यवस्था संचालित छ । २८ ओटा देशमा मात्र संघीय राज्य व्यवस्था छ । सवा अरव जनसंख्या भएको भारतमा २८ वटा प्रदेशहरु छन् । ११ करोड जनसंख्या भएको पाकिस्तानमा ४ वटा प्रदेशहरु छन् । ३ करोड जनसंख्या भएको अष्ट्रेलियामा ६ वटा प्रदेशहरु छन् । २७ करोड जनसंख्या भएको अमेरिकामा ५० प्रदेश छन् । दुई करोड ६८ लाख जनसंख्या भएको गरिव मुलुक नेपालमा धेरै प्रदेश आवश्यकता छैन । गरिब मुलुक नेपालमा १४ प्रदेशको आवश्यकता छैन, हाल जातीयताका आधारमा १४ प्रदेश वनाउने हो भने दुई तीन वर्ष भित्रै दर्जनौ प्रदेश बन्न सक्तछन् । यति धेरै प्रदेशको व्ययभार वोक्न नेपालले सक्तैन । देशमा धेरै राज्य वनाउन उचित हुदैन तर अधिकारको विकेन्द्रीकरण गरिनु पर्दछ । स्थानीय निकायलाई अधिकार सम्पन्न वनाउनु पर्दछ ।
    जातीय राज्य व्यवस्था अपनाएका कारणले रुस टुक्रिएको हो । जातीयताका आधारमा प्रदेश निर्माण गरिएका कारणले नाईजेरियामा तीन वटा प्रदेशवाट थपिदै ३६ प्रदेश वनेका छन् । नाईजेरियामा २५० जनजातिहरु वसोवास गर्दछन् । हरेक जातले आफ्नो जातको नाउँमा प्रदेश माग गर्दै आन्दोलन गर्दै छुटिृदै गएका हुन । छुटिृने क्रम जारी नै छ । बेल्जियम, वोसनियाहर्जगोभिना, सुडान र मेक्सिको आदि देशमा जाति, भाषा र धर्मका कारणले द्वन्द बढेकाले यी देशहरु विखण्डनको अवस्थामा पुगेका छन् । जातीय राज्य व्यवस्था अपनाएको कारणले इथियोपियाबाट टुक्रिएर इरिट्रिया छुटृै देश बनेको छ । इथियोपियामा हाल ९ वटा प्रदेश छन् । इथियोपियामा गरिवी, भोकमरी व्याप्त छ । प्रत्येक वर्ष हज्जारौ मानिसहरु भोकभरीका कारणले देहान्त हुन्छन् । जातीय राज्यको दुष्परिणाम भोग्न जनता बाध्य छन् ।
    पहिलेदेखि रहे भएका स्या–स्याना राज्यहरु मिलाएर वनाईएका संघीय राज्यहरु सफल भएका छन् । स्वीट्जरलैण्ड, अमेरिका भारत जर्मन आदी देशमा संघीयता सफल रुपमा चलेको छ । तर द्वन्द पछिको अवस्थाबाट वनेका जातीयतामा आधारित संघीय राज्यहरुको अवस्था चिन्ताजनक छ । डेटोन सम्झौताबाट वोस्निया हर्जगोभिनाले संघीयता अपनाएको थियो । तर त्यहाँ राम्रो संग संघीय राज्य संचालन हुन सकेको छैन । मेङगिस्तु शासनको पतन पछि इथियोपियाले संघीयता अवलम्वन गरेको हो । यो देश द्वन्द र गृह युद्धमा फसेको छ । लामो युद्धको अन्त्य पछि सुडानमा पनि जातीयतामा आधारित राज्य व्यवस्था स्थापीत भएको हो सुडानमा हिंसा र आतंक जारि छ । संघीयता सफल हुन सकेको छैन । क्यानाडाको क्यूवेक प्रान्तमा फ्रेन्च भाषा वोलिन्छ फ्रेन्च भाषीद्वारा छुटृै प्रदेश वनाउने माग बढाइयो तर सर्वोच्च अदालतले रोकेको कारणले क्यूवेक छुटिृन पाएन । कंगो पनि संघीय राज्य वनेको छ । तर द्वन्द समाप्त भएको छैन । इराकले पनि २००५ मा संघीय संविधान अनुमोदन ग¥यो तर संघीयताको कार्यान्वयन चुनौतिपूर्ण भएको छ । श्रीलंका र साईप्रसमा पनि द्वन्द र विभाजनलाई रोक्न संघीय व्यवस्था अपनाईएको थियो तर यो व्यवस्था असफल भएको छ । ठूलो मात्रामा भएको जनहत्याको सृंखला हाल मात्र वन्द हुन लागेको छ । विगत लामो समयदेखि एकात्मक राज्य व्यवस्था संचालित हुदै आएको नेपालमा मधेशी जनताको संघर्ष र जनजातीद्वारा संचालित संघर्षका कारणले संघीय राज्य स्थापना गर्ने कुरा अघि वढेको हो । मुख्यतया कस्तो संघीय राज्य व्यवस्था नेपालमा स्थापित गर्ने कस्तो संघीयताको स्वरुप संविधानले स्वीकार गर्ने भन्ने विषयमा नेपालका प्रमुख राजनैतिक नेताहरुका बीचमा मतभेद भएकोले संविधान वन्न नसकेको कुरा सर्वविदितै छ । हाल तीन मुख्य दलका नेताहरुद्वारा छ देखि आठ प्रदेश वनाउने कुरामा सहमति भयो भन्ने समाचार आउनासाथ जनजातिहरुको आनदोलन शुरु हुन थाल्यो र माओवादीले जातीय राज्यमा समर्थन जनाए पछि राज्य पुनःसंरचना सम्वन्धी विवाद बल्झिएको छ । आम नेपाली जनता थोरै प्रदेश भएको जाति, जनजाति, भाषा, संस्कृति इतिहास र भौगोलिक पहिचान र सामथ्र्यमा आधारित थोरै प्रदेशहरु भएको संघीय व्यवस्था सहितको लोकतान्त्रिक व्यवस्था स्थापनाको पक्षमा छन् । ब्राम्हण, क्षेत्री, ठकुरी दशनामी, सन्यासी दलितहरुको चाहना पनि यस्तै छ । जनजातिहरुको बौद्धिक र चेतनशील वर्ग पनि जातीय राज्य स्थापनाको पक्षमा छैन ।

  54. रमाइलो को लागि बन्ध सस्कृति नेपाल मा खुब फापेको छ /सालोक्य जी सक्नु हुन्छ भने हाम्रो लागि पनि १ दिने नेपाल बन्ध को अग्रिम बुक गरि दिने हो कि कृपया ………हामी प्रवासी हरु को आखा बाट आसु आउछ नेपाल को दयनीय अबस्ता देखेर /गर्नुस जसलाई जे मन लाग्छ गरे हुन्छ नेपाल मा सबै लाई छुट छ /कानुन भन्दा माथि गए एकदिन लडिन्छ है /

  55. थुक्क आफु लाइ नेपालि भन्न पनि लाज लागि सक्यो अब. नेपाल मा बस्ने नेपालि हरु को बुधी किन एस्तो सढेको..बन्द गर्दा घाटा देश लाइ र आफै लाइ अनि आफ्नै परिवार लाइ लाग्दैन ?? भोलि तिमि हरु को परिवार को मान्छे मरण सैया छ अनि अस्पताल लान पर्दा तिमि हरु जस्तै अर्को पार्टी ले बन्द गरे को मर्छ ?

    त्यो तिमि हरु को लिडर लाइ संकाउने धोत्ति हरु त मर्दैन क्यारे. बरु सक्चोउ भने टोल टोल बात उठेर बन्द को बिरोध गर्नु काहा काहा अझै सडक मा बिना आवस्येक दादा गिरि देखाएर हिड्छ ..तिमि हरु आकास तिर फर्केर आफ्नै मुख मा थुक्ने उल्लु हरु को ..अरु ले तिमि हरु लाइ थुक्ने पर्दैन. सार्हो भै सक्यो अब बादर को सुध्र चाडो. नत्र अस्तित्व नै रहने छैन.

  56. तीन दिने आदिवासी बन्द कार्यक्रम सुरु भो ! बाहुन क्षेत्री पनि आदिवासीको दर्जा पाई सकेको स्तिथि के बन्द सफल नै हुने भयो त ??

    • आन्काजीले उनको बिरोध मा बोले कुनै पत्रकार लाइ बाकि न राख्ने रे. ओहो यी नेता कि गुण्डा, यस्तालाई पनि नेता बनाएर देस कहिले उभो लाग्ने हो. कुनै जातिको राज भए पनि यस्ता गुण्डाको हालीमुहाली हुने र गरिब निमुखा सदै पछाडी पड़ने. पहिला यस्ता नेतारुपी गुण्डा बाट देस बचाउनु जरुरि छ.

      • आन्काजीले मुखले मात्र भने देशै हाक्ने नेता र जनताको समाचारै नछाप्ने मेडिया ले पनि के जनतालाई सुतेका होइनन र यो पनि बाकी नराखेको नै सम्झनु पर्छा

Comments are closed.