अझै बन्दको मार

आन दोस्रो दिन पनि काठमाडौँ लगायत देशभर बन्दको मार छ। आजको बन्द बारे केही भिडियो र केही अपडेटका लागि ट्विट हेर्न भित्र आउनुस्-

भिडियो हेर्नुस्-



63 Comments

  1. संख बजाएर ब्राह्मण हिड्दा तारिफ गर्दा कमेन्ट छापी हाल्नेL अहिले ब्राह्मणले गल्ति गर्यो सत्यता लेख्दा कतिपय हाम्रा पत्रकार साथी हरुले कमेन्ट नछापी दिएकोमा ब्राह्मणबाद देखाएको देखियो

  2. सबै पार्टीले पहिचानलाई सुइकर गरेका छन् रे अनि ७-८ वोटा जातिलाई मात्र एकल जातीय पहिचान सहित को राज्य दिने हो भने त के अर्थ भो र .. सबै लाई समान अदिकार र राज्य मा पहुच दिउ .. १०-१५-२० बर्सको लागि पछि परेकाहरुको उत्थानको लागि राज्यले बिसेष आराछ्यद र सुबिधा दियोश न कि ७-८ जातिलाई मात्र एकल जातीय अग्रा आधिकार .. मैले यो सब लफडा बुझ्न सकिन … समस्या तेती ठुलो होइन …

  3. जातीय बिरोध दमन काठमांडूमा नै भेतिएको छ l जब केशब स्थापितले काठमांडू सिटी बिकसित गर्छु घोषणा गर्दा हवादारी भनेर बिरोध गर्ने विजिलान्तिहरु ब्रहमन खस मानसिकता बिग्रेका घुस्या फट्टा माथि सरकारले किन कारबाही नगरेको ?

  4. मैले बुझेको कुनै जात जाति लडेको होइन सबै मिलेको छ अहिले\ केवल बाहुनलाई मात्र अब हामी पनि एस्सो समान पहुच मा जाम न भनेको हो\ अब येसैलाई सबै जात जाति लड्न लागे भनेको हो टिवी मा बोल्ने साएद ब्रह्मिन हरुनै होलान सबै साएद अनि पत्रिका मा लेख्ने तेही समुदाएको लेखक हरु \ केवल बाहुन मात्र सबै जाति संग लडे जस्तो हो अहिले न कि सबै जाति एक अर्का संग \ खुरुक्क ल ठिक छ मिलेरै सबै पोस्ट हरु च्लाम भने भै हाल्यो नि \ कसैले कसैलाई लखेट्ने कुरा त कहिँ कतै देखिएको छैन र लेखिएको पनि छैन त मागमा\ सबै संगै बसम तेही हो इज्जत चाही दिनु पर्यो कि त्यो ठाउँ जे होअस पुर्खौली तिनी हरुको थियो है भनेर नाम मात्र दिने हो पहिचान को लागि \ जस्तै पन्जाब मा पन्जाबी मात्र त छैन नि अरु पनि छन् नि तेस्तै गुजरात मा पनि सबै मिलेरै बसेका छन् \ अब नराम्रो मात्र उदाहरण दिने जस्तै सुदन रे तेस्तै अफ्रिकन देश हरुको नाम मात्र लिन्छन, राम्रो त भन्दै भन्दैनन् बा स्वीटजर्लण्ड, इंडिया आदि कति बिकसित भएको छ अहिले….

  5. खै मलाइ त नेपालीहरुलाई आफु आफु बीच भाड्ने कसैको चाला हो जस्तो लागीराख्याछ |

  6. आज नेता को चाल र अबस्ता हेर्दा नया नेपाल भनेको नेपाली युआ हरु बिदेस जाने , पैसा नेपाल पठाउने अनि ६०१ जना सेतो हाती लाई खान दिने मात्र रहेछ \ हाती हरु भाग बंडा गर खाउ, हामी लाई सिधाऊ,/

  7. हे भगवान आज मलाई के बरदान दियो साथीहरुले कमेन्ट गर्र्दा पनि अखण्ड , खण्ड जनजाती, बाहुन, छेत्रीले कमेन्ट कसले गर्यो कित्ता छुत्तयेरा लईक गर्ने बनायो … मत तिमि बाट switzerland हुने बरदान मागेको थिया तिमीले त मलाई सोजिलैंड हुने बरदान दियो ..जसरि कुम्भाकर्नाले तिमीबाट इन्द्रासन बरदान माग्दा देबताहरुको चलाखीले कुभाकर्नालाई निद्रासन बरदान दियो ..मा त switzerland माग्दै थिया तर पापी हरुको कपतले मेरो जिब्रो लार्बलियेरा सोजिलैंड हुने बरदान मग्न पुगेछु ….मलाई तिमीले दियको बरदान फिर्ता लगा मलाई मेरो शान्त बहु-भाषीय ,बहु-जातीय मिलेर बसेको नेपाल फिर्ता देउ …

  8. मलाई त मदन बज्राचार्य र बिपिन जी को विचार तथा tarka ठिक लाग्यो. साथै क्र्ष्टियन हरुले पनि निकै खर्च र मल जल गरेका छन्. भरौटे हरु त प्रचंडे र सी के लाल जस्ता छन्. महेश बस्नेत ले सहि भनेका छन्.

  9. “आज को नेपाल को औला मा गन्न सकिने बिकाश को पुर्बधार पुर्ब पश्चिम राज्मग्र, मर्स्यान्ग्दी जलबिधुत, देबिघट, त्रिशुली, बिधुत कुलेखानी,जनकपुर चुरोट कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएत कांग्रेस ले बेचेको १९ वटा उधोय्ग लगाएत क अनगिन्ती उधोग धन्दा पंचायत को उपलब्धि होइन?३० बर्ष को पंचायत ले एती गर्यो भने २४ बर्ष को बहुदल ले के गर्यो एसको तुलनामा?” बिपिन जी, मनको कुरा र प्रस्न एकैसाथ पस्किनु भो, आभारी छु !
    हो, अहिले नेपालीहरुले अनुभब गर्न थालिसकेका छन् पुड्का र BRB सिंगापुरको आर्किटेक्ट होइनन झिंगापूरका रैछ भनेर !
    बिसय बस्तुतिरा जौं, बन्दपनी कुनै नौलो कुरा होर ?? यो बन्द माओबादीको अनिश्चित भबिस्यको एउटा रुप हो, यसलाई यसरीनै बुझ्नु पर्छ !

  10. बिपिन जी जस्ता मेरा एक मित्र ,जसले माओबाद मा लगेर, माओबादी(छि,छि,छि)मा होइन , बर्सौ सम्म माओबाद को लागि, मेरो बिचारमा , धेरै त्याग गरेका ,उनका निकट व्यक्तिहरुको द्वन्द मा बीरगति भएको , व्यक्तिले के भन्नु हुन्छ भने प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र ले नेपाल र नेपालीलाई के दियो ???? १९९० बाट कांग्रेसले सुरु गरेको ब्राम्हलुट , एमाले अझै १० कदम अगाडी बढाई भ्रस्टचारलाई अझै प्रोत्साहन दिए, जस्तै गुन्डा,अपराधी लाई सुरछ्या दिई कमिसन लिने,अब मधेसी फोरम , नाफाको लागि जहिले पनि फुट्ने ,म राजविराज र सिराहा दुइ बर्स हाकिमसाब ( खरदार) बनेर कामगरि बसेकोले र थुप्रै मधेसका साथीहरु पनि बनाउने मौका मिलेको ले भन्छु यी फोरमका नेताहरु ९०% भन्दा बढी अपराधी छन् ,माओबादी ले म र म जस्ता नेपालीलाई सुरुंगको अन्धकार को अन्त्यमा आशा को किरण ठानेको त mirage मात्रै भएछ.नत्रभने ति सुदुर पश्चिम का नेपालीले आज पनि सैयोंबर्स देखि भोगिराखेका समस्या जहाको तही छ,तर प्रचण्ड ( he is the only hope ) चाही दरबारमा बस्ने ,अनि जस्कोलागी यत्रो नेपालीको बलिदान गरेपछी पनि राम्रो केहि पनि छैन,खाली नराम्रो,नराम्रो मात्रै छ. कुनैपनि देसमा आफ्नो अधिकारको लागि लड्नु पर्छ,त्यसको मतलब बन्द गरेर आम जनतालाई दुख दिन पायिन्न.जाउ सहि ठाउमा गई प्रोटेस्ट गर सिंहदरबार,बालुवाटार,संबिधान भबन मा गई धर्ना दिनुस , न कि देस बन्द गरि जनता लाई तातो न छारो दुख माथि दुख नदिनुहोस नया सम्भिधान को पहिलो पंग्तीमा कसैले पनि बन्द गर्न नपाउने हुनु पर्छ, नत्र दुर्घटनामा परेर मरेको को मूल्य बढाउन लाई तात्तो न छारो सबै लाई दुख दियिराखेका छन्. अन्त्यमा बिपिन जी को यथार्थ मा मननपर्ने साथी हरु लाई के भन्छु भने हामी नेपाली जन्म्यौ नेपाली नमरेसम्म पनि नेपाली, मरेपछि पनि नेपाली .21st सताब्दी ,तर नेपाल कहाँ???? नेपाल रहे नेपाली रहन्छ.

  11. थुक्क छ अविवेकी,सन्काहा,अदुरदर्शी,अनि आराजक नेताहरुलाइ,जतियेता,संघियता जस्ता सम्बेदनशील कुरामा सस्तो राजनीति गर्दा आज देशको एस्तो हालत भएको हो!युगौ देखिको सामाजिक सद्भाव अनि एकता लाई मास्ने होइन आझ प्रगाड बनाउन पर्छ,बिकेन्द्रिकरंको सिदान्त लाई आत्मसात गर्दै समान आवसरको विकास गर्नुपर्छ,जहाँ सम्पूर्ण जातिको सहभागिता होस् ….

  12. रानाहरुको बुद्दी नपुग्दा आफ्नो जातीय अस्तित्व अहिले गुम्न लागेको अवस्थामा छ ! सत्तरीको दशकमा सिक्किमका राजा पाल्देनले बुद्दी नपुर्यौदा उनले देशसंगै आफ्नो पहिचान गुमाए, अहिले सिक्किममा पाल्देनहरुको नाम-निशाना छैन ! त्यहि देखेर भुटानका राजाले आफ्नो नस्लसंग नमिल्ने अनुहारलाई देश निकाला गरेउ ! संसारमा यस्ता उदाहरणहरु धेरै छन्, जहाँ शासकको गलत निर्णयले आफ्नो अस्तित्व नै समाप्त भएको छ ! नेपाली कांग्रेस, एमाले, इभन माओबादी पार्टी क्षेत्रीबाहुनहरुको राजनैतिक पार्टी हो, जहाँ क्षेत्रिबहुनहरुले जे चाहन्छन त्यहि हुन्छ ! सानो संख्यामा देखिने गैरक्षेत्रीबहुन अनुहारहरु त्यस पार्टीको चम्चाहरु हुन्, जसलाई क्षेत्रीबाहुनहरुले धेरै पहिला देखि प्रयोग गर्दै आइरहेका छन् ! अहिलेको जातीय आन्दोलनले जनतालाई जातीय आत्मा बिश्वास दिएको छ ! नेताहरु, बिशेस गरेर क्षेत्रिबहुनहरुले, सोचेर निर्णय लिएनन् भने परिणाम भयानक हुन्छ, जुन क्षेत्रिबहुन त के आन्दोलनकारी नेपालीहरु पनि चाहदैनन् ! जानकारी भया !

  13. कतिलाई मन नपर्ला,तर बिपिन जी ले ठिक भन्नु भयो.हिजो एउटा राजा थिए, अहिले कति छन् ??? त्यो पनि नैतिकता,लाज ,सरम,धरम नभएका भ्रस्टचारी मात्रै छन,व्यक्तिगत स्वार्थको लागि बिदेसिको खुट्टा ढोग्ने, स्वाभिमान बिनाका यी नेता (जुगाहरु)का नौटंकी भन्दा त पंचायती प्रणाली नै नेपाल र नेपालीको लागि हजारौ गुना राम्रो थियो.

    • संसार कहाँ बाट कहाँ पुगी सक्यो मानिसले चन्द्रमा मा गयर आची गरेर आइसक्यो तिमि चाही भने मरी सकेको राजतन्त्रलइ राम्रो भन्ने

    • साच्चै जनमत संग्रह गर्यो भने ‘संबैधानिक राजतन्त्रले’ नै जित्ने छ / तर यो नेताहरु हार्ने डरले त्यो कुरा उठाउने चाहदैन / जनभावनाको कदर गर्ने हो भने र बहुमतमा बिश्वाश गर्ने हो भने गरौ न !!

      • जनमत गर्या भए अमेरिका मा काला जाति कहिले मुक्त हुन्न थिए त्यो बेला, तेसैले जनमत को कुरा छोड्नुस, कुरा समान अधिकारको हो , तेस्तै दास हुने रहर भए येही रामबरण लाइ राजा बनाउ न त

  14. देश,, आज बन्द भोलि बन्द तर यो चोर नेताहरुको शास कहिले बन्द हुनेहो?
    कुनै यस्तो भाइरस छैन जसले यिनीहरुको शास बन्द होस्?
    के छ उपाय……….?

  15. ईष्ट इण्डिया कम्पनीले भारत प्रवेश गर्दा तत्कालिन भारतीय राजा रजौटाहरुलाई एक आपसमा उचाल्दै, जुधाउँदै, फुटाउँदै, कमजोर पार्दै अन्तमा एक एक गरेर आफूमा विलय गरेर भारतमा विशाल ब्रिटिश साम्राज्यको विस्तार गरेका थिए । त्यसैगरि विगत २५ वर्षभन्दा लामोसमयसम्म (२०५२ सालतिर पार्टीको नाम परिवर्तित पनि भयो) बिचमा कुनै पनि पार्टी महाधिवेशन नगराइकन एकछत्र शीर्षनेतृत्वतहमा विराजमान नेता, (जसले आफ्नो पार्टीको शीर्ष पद कुनै आदिवासी जनजातिलाई केही समयकालका लागि सुम्पन सक्ने त कल्पना समेत गर्न सकिन्न उनको राजनीतिक चालबाजीलाई नियाल्दा), ले जातीय अग्राधिकार सहितको जातीय राज्य निर्माणको आन्दोलनलाई उक्साउने कार्य गरिरहँदा मलाई पुन: तत्कालिन भारतको ईष्ट इण्डिया कम्पनीको याद आइरहेको छ । तर, यहाँ जनजातिहरु पहिचान र अधिकारप्राप्ति आन्दोलनको नाममा कतै ईष्ट इण्डिया कम्पनीको गोटी बन्ने तत्कालिन भारतीय राजा रजौटाको लाइनमा त जाँदैछैनन् ?

    यी नेताका आदर्शपुरुष, जंगबहादुर राणा, (जो स्वयं पनि देशमा फेरि जंगबहादुर जन्मनुपर्ने कुराको उदघोष् गर्छन् र त्यसमा गौतम बुद्धको सम्मिश्रण हुनुपर्ने कुरा बेला बेलामा बताउँछन्,) को राजनैतिक धूर्तता र महत्वाकांक्षाको बारेमा बेलैमा बुझ्न तत्कालीन समय, समाज र शासकहरु असफल भएका थिए, कतै हामी पनि अहिले उक्त घडीबाटै पार भइराखेका त छैनौं ? यी नेताले एकचोटि बोलेका कुरा ‘यहाँ १५,००० को मात्र होइन १५,००,००० को पनि रगत बग्नसक्छ’ भनेको कुरा नयाँ गणतान्त्रिक, समावेशी लोकतन्त्र र संघीय राज्यपुनर्संरचना सहितको संविधान पाउने प्रसववेदनामा मुलुक छटपटाइरहँदा झल्झली याद आईराखेको छ । नेपाली इतिहासको यस गम्भीर एवं संगीन घडीमा आएर आफ्नो लेख (जुन लेखको छाँयाप्रति समेत बिक्री भएका थिए) मा लेण्डुप दोर्जे उल्लेख गर्ने नेता नै कतै इतिहासको कठघरामा लेण्डुप दोर्जे बन्ने दिशातिर त गइराखेका छैनन् भन्ने आशंका समेत राष्ट्र प्रति चिन्तन गर्ने नागरीकको मनमा उत्पन्न हुन थालेको छ ।

    भविष्यले हामीलाई एक अर्काका दोष खोज्न, कमीकमजोरी केलाउन प्रशस्त समय दिनेछ, तर घरमा आगो लगाएर आगो ताप्न खोज्ने वा खरानी घस्न चाहनेहरुलाई इतिहासले पक्कै माफी दिनेछैन । स्मरण गरौं, नेपालमा आफ्नो शासन लम्ब्याउन अंग्रेजलाई निम्त्याउने जयप्रकाशमल्लको निर्णयलाई एकचोटि, नेता बन्नु सजिलो होला, इतिहासले सम्झने नेता बन्न चाहनेले पक्कै पनि विवेक गुमाउने छैन, महात्मा गान्धी र नेल्सन मण्डेलालाई पनि यदाकदा सम्झने यी पुत्रमोही नेताले यदि जंगबहादुर बन्ने चाहना राखेका छन्, भने सम्झियुन् एकचोटि, पत्थरघट्टामा भएको उनको दुर्दान्त अन्त्य र जगतजंग लगायत उनका सन्ततिप्रतिको क्रुर बदला ।

    यस्तो लाग्दैछ, नेपालीहरुले फेरि एकचोटि छातीमाथि हात राखेर गम्भिर भई सोच्नुपर्ने भएको छ..

    • राम्रो समिक्षा गर्नु भो निरब जी ! जानी नजानी देश डुब्ने अवश्थामा पुर्यायो /

  16. Mahesh said माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीको टुङ्गो नभएको भन्दै भने ‘उनका दश जिब्रा छन् । दाहालले मान्छे पिच्छे फरक फरक अभिव्यक्ति दिँदा मुलुक जातीय द्वन्द्वमा फसेको छ ।’

    बस्नेतले दाहालले यस्तै बोल्दै गए भोलीका दिनमा उनले विदेशमा गएर ज्यान बचाउन आश्रय लिनुपर्ने दिन आउने समेत चेतावनी दिएका छन् । आज राजधानीको रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले प्रचण्डलाई कलियुगको रावणको संज्ञा समेत दिएका छन् । बस्नेतले भने ‘रावणका दशमुख भएको ग्रन्थहरुमा पढेका थियौँ, प्रचण्ड पनि कलियुगका रावण हुन ।’But i am not related any politica patys.

  17. हो मा मान्छु नेपालमा औसतमा बाहुन छेत्री भन्दा जनजाति, मधेसीहरु तल परेकै हुन् तर त्यो ऐतिहासिक सामाजिक परिबेसले गर्दा भएको हो| अहिले नेपाल मा कुन कानुन वा बन्देज छ जहाँ जनजातिलाइ प्रगति गर्न बाधा छ? अलिकति भएको संस्कार पनि नामेट हुदै छ| कुन बाहुन छेत्रीले सांगठानिक रुपमा जनजातिलाइ दबाएको छ? कसले पाएको छैन पहिचान येहा? राज्यको नाम एउटा राखेर अरु सयेउ लाइ पहिचान बिहिन गराउनु कत्तिको जायेज हो?

    हुन त यहाँ धेरै ले प्रचण्डले सबैलाई रिगाएको भन्छन तर मलाई चै यो सब पश्चिमा हरुको Christianize गर्ने सदएंत्र मात्र हो जस्तो लाग्छा| यिनीहरुले यी कथित २-४ जना जनजाति लिडरलाइ पैसा पेलेको छन्| नेपालजस्तो देश मा जातिय आन्दोलन सबभन्दा सजिलो आन्दोलन हुन्छा| पहिला यिनी हरुले जनजातिलाई बाहुन छेत्री संग detach गरौछां| अनि hinduism भनेको बाहुन छेत्री को धर्म हो भन्ने बहानामा hinduism संग detach गरौछा| बिस्तारै hindiusm र buddism भनेको उस्तै हो भनेर buddism बाट detach गरौछा| अनि तेहा एउटा void (space ) हुन्छा, त्यो space मा christianity छिरौछा| नेपाललाइ पुर्बोत्तर भारत जस्तै मेघालय, नागालैंड बनाउन खोजेको हुन्| सक्ति र पैसा Baptist हरु संग छ| यिनीहरुलाई आफ्नो धर्म पर्चार गर्न केहिले छेक्दैन, हुमानिटी सुमनिटी को पनि मतलब हुदैन| एसको प्रमाण अहिले जनजाति बहुल्ये गाउहरुमा सयौ चर्च बनाइएको बाट पनि प्रमाणित हुदैन र? अर्को इराक र अफगानिस्तान बनाउने भए हाम्रो मुलुक लाइ यी Baptist हरुले|

  18. यूरोपमै जन्मेका मेरा छोरा ८ बर्सिय संग नेपाल गएका थिए; एसपल्ट गौ घर जादा मगरभाषा बोलेको देखि छोरा चकितlकुन भाषा बोलेको मैले भने मेरो मात्री भाषा बोलेको, छोराको जवाफ आयो कीन उसलाई रतान गरेर सिकेकएको नेपाली भाषा?केहि जवाफ दिन सकिन/छोराले भने उस्ली भषा बोल्न लेख्न सिक्ने भय्ये मगर भाषा मात्र!किन उर्का भाषा सिकने? मेरो बाहुनछेत्रीले ब्रेन वास गरेको दिमाग खोल्यो
    जनसख्याको हिसाबले गोरखाली गुरुंग राइ लिम्बू मगर थारू घले शेर्पा शेरचन राई को प्रथम स्थान दसरों नेवार तेस्रो अन्य जनजात चौथौ छेत्री अंतिम मात्र ब्राहमणको हो !जब संम जनजातिलाइ ये ईन अर जनजातिलाइ प्रथम स्थान नदिए संम यिनीहरुले गरेक सम्पूर्ण कारुक्रम बहिस्कार गरिन्छ/ यूरोप हुदै बिरोध बंद कार्यक्रम सुरु हुन्छl नेपाल सरकार देशी बेईद्शी रास्तादाछ समछे हाम्रो मार्का समस्याको निबेदन जाहेरी हुने छ! हामीले छुट्टै राज्य मागेको होइएन सिर्फ हक़ आदिकर मागेको हो lब्राहमण छेत्री संख बजायेर हड़ताल गरे! कसिले भारत आएका काशी फर्क बोलेन ! जनजाति अन्यायी माथि कारबाही गर

    • राना बहादुर जी ,
      सबैलाई समान अधिकार दिनु पर्चा ,
      र जनजाती लाई रास्ट्रको मूल-धारमा , लियौनु पर्चा ,
      तेस्मा मेरो पनि सहमति छ , १ तै समुदायको मोनोपोली २१ अऔ सताब्दीमा चल्न सक्दैन , सबैलाई समेट्नु पर्चा तेस्मा मेरो बिमट्टी छैन

      तर जुन तपैले , भारत अनि काशी को कुरा गर्नु भएको छ नि, १ चोटी राम्रोसंग पुर्वा-ग्रह नराखी नेपाली इतिहास को अध्यन गर्न , तपाई र तपाईहरु जस्ता लाई आग्रह गर्दछु

      नेपालमा हिन्दु हरु परा-पुर्वा कल देखि थिया ,

      – राजा अन्सु बर्मा , नुवाकोटे ठकुरी थिया , उनैलाई पहिलो पुस्ता मान्ने हो भने पनि , नुवाकोटमा खसहरु कम्तिमा पनि, १५ सय वर्ष अघि पनि रहेछन भन्ने थाहा हुन्छ , अब १५ सय वर्ष अघिकालाई पनि बेदेसी भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन,
      by the way , १५ सय वर्षलाई नै मप-दण्ड मान्ने हो भने , अहिलेका जनजाती मधेका , १ टा धुलो सन्खाले देश छोड्नु पर्ने हुन्छ , तेसैले relax man

      – आज जसलाई तपैहरु मगरात भन्नु हुन्छ , तेस्लाई लिचावी कालमा , मल्ल-पुरी भनिन्थेओ

      – पछिम नेपाल को त कुरै छोदिदिउ , खसहरु पछि मात्र पुगेको भनिने पूर्वी नेपालमा समेत , प्रिथिविनारायण साह भन्दा धेरै अघि को समय देखि , चौदंदी , विजयपुर , उदयपुर, मकवानपुर जस्ता राज्य हरु थिया ,

      -यी राज्यका राजाहरु सेन ठकुरी हरु , सेनापतिहरु कार्की,भण्डारी तथा बानियाहरु, राज-पुरोहितमा घिमिरे,रेग्मी , बराल तथा कोइरालाहरु भएको , र केहि मन्त्रिहरु लिम्बुहरु भएको भेतिन्चा

      – यदि तपाइलाई खसहरु , मुसलमानको हमला पछि आएका जस्तो लाग्छ भने , तपाइको जानकारीको लागि, यी मध्ये कतिपय राज्य हरु, भारतमा मुसलमान आऊनु भन्दा धेरै अघि स्थापित भैसकेका थिया , केहि परिवारहरु भने पछि आयका हुन् , जुन पछि गयरा स्थानिया खसहरुमै ASSIMILATE हुन गया

      – येनै सेन-ठकुरीहरुको अधिनमा आजको पूर्वी तराई थिओ, जुन सम्पुर रुपमा जंगल थिओ, प्राचिन शाक्य , कोलि वा तिरहुत सभेता पुरै रुपमा COLLAPSE भै सकेको थिओ , यहाँ निकै पछि गएर राना कालमा बसोबास गराईआको थिओ , सरकारी राजस्व बढ़ुना को लागि (तेही समयमा नै , दांग उपतेकाका थारुहरु लाई बाँके ,बर्दिया , कैलाली अनि कंचनपुरमा बसाएका थिया रानाहरुले)

      – छित-पुत बस्ति चाही अहिलेको झापा तिर पनि भएको देखिन्छ , सेन हरुले स्थानिया प्रसासक बनाएर पठाएका , पुण्डित महेश कोइरालाले तेहिबेला मै , १ टा बस्ति बसाएका थिया, जसलाई हाल आएर महेशपुर भनिन्छ र तेही नाममा नै गा.बि.स. छ, तर स्थानिया लै नै , इतिहास थाहा छैन

      अट लास्ट
      राना बहादुर जी , तपैहरु २-४ वर्ष विदेश बस्न साथ तेह को ID लिन चाहनु हुन्छ , तर आफ्नो देशमा चाही , सयौ वर्ष देखि side by side , साह-अस्तिव स्वीकारेर बसेकालाई , तेरो पुर्खा यो मूल को , मेरो पुर्हा टो मूल को , भन्ने जस्ता कुरा कुरा गर्नु हुन्छ
      note : मेरो जनजतिलाई समान अधिकार दिनु पर्चा भन्ने कुरामा पूर्ण समर्थन छ , तर टो पाउना का लागि , झुट को खेति नाखेला अनुरोध छ
      साथै , जनजातिका जायज माग हरु प्रति सकारात्मक बन्न छेत्री-बाहुन समूह संग पनि अनुरोध गर्दछु

  19. अब नेपाल बन्द होइन, नेता हरु को तलब भत्ता बन्द गरौ, नेता हरु को गाडी बन्द गरौ, नेता हरु को घर अगाडी धर्ना गरौ| बन्द गरेर त आम जनता मात्र प्रभाभित हुन्छन, नेता हरु त घर मा आराम गर्दै बस्छन हामी हरु को कर को तलब पचौदै|

  20. “सिंगो तराई मधेसीको मधेस नबने यो देसमा आधि बेहरी ल्याउने” यस दि मेहता मार्फत जारि भयको भारतीय निर्देशनको लगतै देस भरि यकल जातीय राज्य माग्नेहरूले बन्द हड्ताल गरायो/ यस दि मेहताले नेपालको पहाडी हिमाली छ्यात्र हरुमा जात जातिको यकल राज्य नबने नेपालमा आंधी ल्याउने धम्कि दियको थियन मात्र सिंगो तराईलाई मात्र मधेसीको यकल मधेश राज्य नबने आधि ल्याउने र तेस्को लागि सहयोग गर्ने भनेको थियो/

    सबैले बुझेकै कुरा हो कि नेपालको पहाड हिमालमा जात जातिको यकल राज्यहरु बनाउने कुरा त् मात्र सिंगो तराईमा मात्र मधेशीको यकल र आत्म निर्णय गर्न सक्ने राज्य बनाउने भारतको योजनालाई सहज बनाउन मात्रै उठायकोहो/

    संयुक्त रास्ट्र संघमा नेपाल र भारत दुवै मुलुकले आ आफ्नो देसको सिमाना याहा देखि उहा सम्म भनेर किटेरै दर्ता गराए सकेको छ/ त्यो अनुसार तराई नेपालको सिमाना भित्र पर्छ/ तर नेपाल भित्र परेको तराई भित्र भारतलाई नभई नहुने पानीको सबै श्रोतहरु परेको छ/ सन्धि सम्झौता मार्फत अबको नेपाल बात कोशी गण्डकी महाकाली खुस्काया झैँ अरु नदीहरु नेपाल बात खुस्काउन सकिंदैन/ तर कोशी गण्डकी र महाकाली मात्रैले भारतलाई पुग्दैन/ तेस माथि महाकाली सन्धि त् सन्धिको प्राबधान अनुसारले पनि मृत सन्धि भई सक्यो/

    अब नेपालमा कुनै पनि व्यबस्थाको कुनै पनि सरकार बनेमा पनि महाकाली सन्धिलाई फेरी बिउताउन् सकिंदैन/ महाकाली सन्धि सिट टनकपुर सन्धि र शारदा ब्यारेज बनायको नेपालको भू भागको कुरा पनि गाभियको छ र टनकपुर सन्धि बैध अबैध जे भयता पनि टनकपुर सन्धि अन्तर्गत भारतले नेपाललाई बर्स को १००० क्युसेक पानि उपलब्ध गर्नु पर्ने थियो जुन उसले आज सम्म पनि उपलब्ध गरेको छैन/ टनकपुर सन्धि यसै त् अबैध सन्धि थियो भने तेस्माठी सन्धि अन्तर्गत नेपाललाई दिने पर्ने कुरा दियको छैन/ त् टनकपुर सन्धि पनि अब अबैध हुने भयो नेपालले चाहेमा खारिज गर्न सकिने भयो/ फेरी भारतले सन् २००५ देखि नेपालको सम्पूर्ण सप्त कोसीको पानि नेपालको जमिन भित्र बिस्व मै ठुलो २६८ मिटरअग्लो जलासय बनाउने र त्यो जलासय बात कलकत्ता सम्म पानीको आपूर्ति गर्ने योजना गर्दै आयको छ/ यो त् अब सम्भव रहेन/

    नेपालमा केन्द्रिकृत सरकार बनेमा नेपालको केन्द्रिय सदनले पास गरे मात्रै भारतले कुनै नदि पाउने भयमा भारतले नेपाल बात केहि नपाउने मात्रै होईन पहिला पायको पनि फर्काउनु पर्ने हुन्छ/ त् यो सिंगो तराईमा मात्र मधेसीको मधेसीले आत्म निर्णय गर्न सक्ने, बिदेस सिट सन्धि सम्झौता गर्न सक्ने स्वायत मधेश बनाउने षड्यन्त्र भयको हो/ तर अस्ति तिन दलहरुले भारतले खुवायाको नुनको सोझो गरेनन र तराईलाई ३ टुक्रा पारेर तराई हिमाल पहाडमा ११ बेनामी बहुजातीय प्रदेस बनाउने सहमति गरे/ अब यो नेपालको आन्तरिक कुरामा भारतको केन्द्रिय सरकारले बोले अंतर्रास्त्रिय जगतमा उसको नियत नांगिने भयो त् यस दि मेहता बोले/ यस दि मेहता बोले पछी ई भारतको नुन खायाका नेताहरु गले/ अनि ई नेताहरुको जातीय भात्री संगठनहरु सडकमा कुर्ले/ ईनिहरु कुर्ले पछी नेताहरुले ११ बेनामी बहुजातीय प्रदेश बनाउने सहमति तोडे/ कुरा बुझ्न असहज छैन मित्र/

    नेपालमा भरि फैलियर बसेको जनजाती आदि बाशिको छुट्टै राज्यहरु बनाउने कुरा सम्भव कुरा नै होईन/ जनजाती आदिबासीको उत्थान र बिकासको निमित छुट्टै राज्यको भन्दा अबशर पाउने ब्यबस्था गरे पुग्छ जसको लागि जातीय राज्यनै चाहिन्दैन्थ्यो, मात्र कानुन र संबिधान अनि ब्यबहारमा सुधार तथा संसोधन गरे पुग्छ/

    तर भारतलाई चाहेको तराईको सबै नदी र अन्य श्रोतहरु टक्राउन त् ‘सिंगो तराईलाई मात्र बिहारीको आत्म निर्णय गर्न सक्ने राज्य बनाउनै पर्छ/ अब तराई लाई मात्र आत्म निर्णय गर्न सकिने बिहारीको राज्य बनाउन त् सकिंदैन यसैले पहाड हिमालमा पनि जात जातिको राज्य बनाउने कुरा उठेको हो/ यो बन्द हड्ताल जनजातिको हितको निमित होईन भारतको स्वार्थको निमित हो/ भारतले माग्यो ई भारतको नुनिलो समोसा खायर नेता बनेकाले नाई भन्न सकेन/ कुरा बस यति हो/

    • सुन्दै छु चिनिया राजदुत त् बेइजिंग बाटै काम चलाउछान अरे |नेपाल मा नेपालि नेता ले कच् कच् गर्ने भएकोले |
      गत आठ ,१० बर्स चिन निस्क्रिय हुनु ,भारतीय चलखेल अत्यधिक बढ्नु ,कतै त् तिब्बत को मामला मा न बोल ,नेपाल तै खा भन्ने अघोसित सम्झौता त् हैन मदन जी ?

      • अघोसित मात्रै होइन सेक्रेट राखिएको सम्झौता नै हो | उहिले नै राजिव गान्धी चीन गएको बेला ‘तिब्बतको मामिलामा हामि बोल्दैनौ, नेपाल र भुटानको बारेमा तिमीहरु नबोल’ भनेर ‘भद्र’ सहमति भैसकेको हो | राजिव गान्धीको हत्या भैसकेपछी भारतले नेपाल, र भुटान को मामिलामा चीनलाइ बोल्न त दिएन नै ‘सहमति ‘बिपरित तिब्बतमा पनि चलखेल गर्न सुरु गर्यो | जसबाट चीन सशंकित भयो | त्यसैले चीनले बरु पछिल्लो समयमा भारतसित मिल्नु भन्दा नेपाललाइ नै ‘साउथ वाल’ बनाउदा उपयुक्त हुने देखेर नेपालसित केहि हिमचिम बढाउदै गएको यथार्थ हो |
        साँढेको जुधाईमा बाच्छाको मिचाई हुन्छ,
        साँढेको मिलापमा पनि बाच्छाकै मिचाई हुन्छ |

  21. उसै त आदि तेही पनि बासि !!!!! पुरा बुद्धि पसेर ताजा साजी हुने कहिले???

  22. जातीय राज्य को परिणाम बुझ्ने हो भने इथियोपिया, रुवान्डा, सुडान, पूर्व-युगोस्लाभिया, र श्रीलंका को क्रुर इतिहाशको अध्धयन गरौ अनि थाहा हुनेछ यसको परिणाम..हिजो जुलुश मा लगाइएको “बाहुन क्षेत्री को आलो रगत चाट्ने ” नाराले के संकेत गर्छ ? जातीय राज्य पाएपछि आकाश बाट सुन बर्सिने कल्पना गरिएको छ भने त्यो दिवा स्वप्न मात्रै हुने छ..देश बिकाशको लागि दुरदर्शी नेतृत्व हुनु पर्छ, देश टुक्रा पारेर अनपढ गँवार को हातमा परेपछि थाहा हुनेछ जातीय संघियताले पहिचान निर्माण गर्छ कि विनिर्माण भन्ने| गुरुङ, भट्टचन, थकाली हरुको जीवन स्तर ब्राम्हण क्षेत्री भन्दा उच्च छ .. राष्ट्र संघ ले प्रकाशित गर्ने गरेको मानब बिकाश सूचकांक पढ्नुस, गुरुङ को HDI ब्राम्हण क्षेत्री भन्दा माथि पाउनु हुनेछ | यहाँ समस्या जातीय हैन बर्गीय हो| आफ्नो राजनीतिक स्वार्थ सिध्धि गर्ने युध्द पिपाशु नेताहरुको खेल मा फसेर नेपाली नेपाली बीचको सम्भावित मार काट बन्द गरौ ||

  23. ल घटना त आजै बाट घटन थाली हाल्यो नि, voli जाति राजे vaye कि वार कि पार पक्का हुन६ …कोहि पनि कम ६ऐन , यो एक्कैसु सताब्दी हो मुर्ख नेता हरु…. तेसै ले कुनै जातिलाई मुख छाड्ने र मार्ने धम्काउने काम तेगुई है नेता vanauda पाजी हरु…..नेता वन्दै मा र अधिकार छ vandaima जे पनि बोल्न छुट छैन , जसरि शेर्पा sir ले जातिको नाम लेर मार्ने धम्कि दिनु vo तेस्को परिणाम देखि हाल्नु vo , कसैले जाएन को धम्कि दिन६ भने k पत्रकार भन्दै मा चुप लग्नु पर६ र jayen को माया सबैलाई छ नि …..ठिक परेउ पत्रकार dai , video प्रस्टै थिओ कि सेर्पा sir ले पहिला मार्ने धम्कि दे पछी मात्र पत्रकार बोलेको ….तेही vayera औफुलाई जनता बाट man सम्मान चैन६ vane , मान samma दिन सिकौ नेता ( गोबरको किरा)जिउ haru ( chaye बाहुन chaye जनजाती चाए दलित वा जो सुकै ) ! पत्रकार daii लै solute है ..किनकी यो आबाज तपाइको मनखुसिको थिएन मार्ने धम्कि माथि थिओ …! येस्मा बोल्न तपाई को adikar छ….किन कि jayen को सवाल छ पत्रकारको हैन !

  24. Positive thinking can yield powerful results to our lives. We are what we think, and negative thoughts can actually cripple our lives. In order to lead a satisfying life we need to think positive. All our feelings, beliefs, knowledge are based on our internal thoughts. We are in control of our conscious and subconscious mind, all the time despite our knowledge about it. We have the right to choose to be positive or negative, enthusiastic or dull, active or passive.

    राज्यको चौथो अंगको मान्यता प्राप्तहरुले निस्पक्ष पत्रकारीताको धर्म अनी “तरवार भन्दा कलम बहादुर” भन्ने उक्तिको उच्चतम प्रयोग गरी सही सत्यको बाटोमा उभ्नु पर्नेमा नेताले बोलेको बोली विरुद्द पाखुरा सुर्कनेहरु पत्रकार नभई पत्रुकार हुन्!

    नेपालका पत्रकार हरुको यो रवैया देख्दा शेर्पाले दिएका अभिव्यक्तीहरु सही हुन् भन्ने देखिन्छ! कुनै समुहले आफ्नो माग राखी गरेको विरोधको समाधान राज्यले खोज्ने हो कि! बाहुनबादी सोच र पुरातनबादी मानसिकताले ग्रस्त बाहुन पत्रकार हरुले गर्ने?

  25. देशद्रोही, राष्ट्रघाती, जातीवादी, व्यक्तिवादी र मोटो बुद्दी भएका विखनडनकारी व्यक्तिहरुद्वारा देशलाई टुक्रा – टुक्रा पारेर भाग लगाउदै छन ! यसको विरुद्दमा आज संम्पूर्ण देशभक्ति र राष्ट्रप्रेमी जनताहरू एकजुट भएर प्रतिकार गर्नु आवश्यक भएको छ ! “हाम्रो देश कुनै बुढो भैसी होइन जुन काठमांडूको कुनै कुनामा लगेर काटेर किलोको हिसाबमा बेच्ने ! ” यसको अधिकार कसैलाई पुर्खाले छाप लगाएर दिएको छैन ! हो, नेपाल हाम्रो मात्रीभूमि हो ! यानेकी आमा …! यो कुरा सबैलाई थाहा हुनुपर्छकी, आमालाइ भाई – भाईमा भाग लगाउना सकिदैन ! आमा – आमा नै हो….! आमाको संतान भएर जन्मेपछि आमाको आदर, सम्मान र रक्षा गर्नु पर्छ ! यदि त्यसो गर्न सक्दैनौ भने तिमी आमाको काखमा बस्ने लायक पनि छैनौ…….

  26. सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल/

    पश्चिम कोहि पूर्व घर आँगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो/

    तेरो पनि नेपाल, मेरो पनि नेपाल, अनि हामी सबैको नेपाल/

    यहाँ देशको छ चिन्ता, तिमी राज्य राज्य भन्छौ/

    हिजो सम्म त हामी राम्रै मिलेर बसेका थियौं तर आज किन यस्तो?

    मेरो देश डुब्न लाग्यो, लौ न कोहि बचाई देउ/
    खै अरुले त के बचाउला र? अब तपाई हामी नै मिलेर बचाउनु पर्छ/ आउनुस हातेमालो गर्रौं/

  27. आजाद काश्मिर बात हिजो मात्र आएका मुसलमान लाइ हाम्रो सरकार ले “आदीबासी” जनजाति घोषणा गर्ने प्रतिबद्धता दियो…..टोप बहादुर रायमाझी ले हस्ताक्ष्यर गरे मुसलमान को नाम मा प्रदेश घोषणा हुने रे !

    • कुन ठुलो कुरा भयो र ……
      भारत को उत्तर -प्रदेश मा जन्मिएका अनि २०४० साल ताका नेपाल आएका,
      मिर्जा दिलसाद बेग ,२०४८ सालमा मदेशी को सद्भावना बाट संसद बने
      पछि स्व-घोसित रास्त्रबदी राप्रपा मा गएर मन्त्रि बने
      पछि इन्डो-पाकी dirty game का सिकार बने

      के गर्ने , सबै चोर रै चोर छन् , बेयातिगत अनि दलिया स्वार्थ भन्दा माथि उठेर
      कहिले पनि सोच्ने हैनन् , न त कुनै दुर-दर्सिता छ
      भाई फुटे …गवार लुटे
      भनेको सायद , येही होला

  28. सधै जस्तो बाहुन को मात्र भासन सुनी राखेको आजा यो आदिबासीको भासन सुन्दा भने गजब लाग्यो, यो सब्द “न्वारन बेगरको ११ प्रदेश ” के काम
    वा वा वा जय आदिबासी जनजाति यो हो हाम्रो भाषा हाम्रो स्वर

  29. बन्द को बारेमा कमेन्ट लेख्ननै अब बन्द गर्ने निधो गरे, के कमेन्ट लेख्ने कसैले सुनेपो ? सबै आ-आफ्नै डम्फु बजाउन मस्त छन्, देश मा जतिसुकै डढेलो लागेपनि सबै लाई आ-आफ्नै स्वार्थ सिद्ध गर्नु मा नै परम आनन्द मिलिरहे पछी ”राम” भन्न देहि बाहेक कसले के गर्न सक्छ र?

  30. आदिबासी, जनजाती, संघियता, धर्म निरिपेक्षता यी सब बकबास हुन्, राजा महेन्द्र ले लागु गरेको ५ बिकाश क्षेत्र को अबधाराना सबै भन्दा उन्नत हो र यी बिकाश क्षेत्र लाइ जिविस जस्तो स्थानीय सरकार को अबधाराना मा अलि बढी अधिकार दिएर स्वायत्तता प्रधान गर्नु पर्दछ जसले स्थानीय समस्या समाधान गर्न सकोस र स्थानीय आबश्यकता को आधार मा नीति र योजना तर्जुमा गर्न सकोस. आज पंचायत लागु भएको झन्डै ५३ बर्ष पछी अनुभव भैरहेको छ कि राजा महानेद्र कति दुरदर्शी थिए भनेर.
    १) आज २०६९ साल मा त बहुदलीय ब्यबस्ता को उपयोग गर्न नसक्ने नेपाली राजनीति र आफ्नो अधिकार र कर्तब्य को बोध नभएको नेपाली जनता २०१७ साल मा कस्तो थियो होला?
    २)६९ साल को नेपाल मा त लाज पचेर भ्रस्टचार हुन्छ, हारेका हरु नाताबाद, को आधार मा र इंडिया को चाकडी मा प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन भने २०१७ साल मा कस्तो थियो होला यो अबस्था?
    ३) आज शिक्षित समुदाय, मिडिया को खबरदारी हुदा त पार्टी हरु को नाम मा अपराध हुन्छ र अपराधी ले उन्मुक्ति पाउदछ भने २०१७ साल को अबस्था मा अझ त्यो पनि आफु ले २/३ पाएको, जनता अशिक्षित, प्रतिपक्ष सबल नभएको, मिडिया को उपस्थिति नगन्य भएको अबस्था मा कस्तो थियो होला सत्ता रुढ पार्टी को दादागिरी?
    ४) नेपाली जनता को चेतनास्तर को स्वतन्त्रता पंचायत ले पनि प्रदान गरेको थियो. तिन तह को निर्बाचित अंग, प्रत्यक्ष निर्बाचित ब्यबस्था नेपाली माटो सुहाउदो थियो.
    ५) आज कांग्रेस/एमाले/ माओबादी/मधेशबादी पार्टी हरु ले उठाएको जस्तो सुकै अपराधी लाइ पनि ति समर्थक जनता ले निशंकोच आफ्नो पार्टी को उमेद्वार( वा व्यक्ति होइन पार्टी लाइ जिताउने हो) भनेर भोट हाल्न पर्ने बाध्यता छ तर तेस्को बिपरित कुन व्यक्ति ठिक हो र कुन बेठिक हो भनेर छान्न पाउने परम्परा पंचायत ले बिकसित गरेको थियो.
    ६) पंचायत मा सधै मन्त्रि भैरहेका हरु, जर्नेल कर्नेल हरु लाइ पनि जेल हालिएको थियो भ्रस्टचार को मामिला मा भने प्रजातन्त्र मा?
    ७) हो पंचायत कल मा राजपरिवार कानुन भन्दा माथि थियो तर आज? सिटौला, सुजाता, रुबेल चौधरी, गच्छेदार, खड्के , बिद्या,प्रचंडे,माकुने, धमला, चरी, मनांगे,बाघे लामा कानुन भन्दा माथि छैनन्?
    ८) शान्ति सुरक्षा र स्थायित्व को बारे मा कसैले तुलना गर्न पर्ला पंचायत र आज को अबस्था मा?
    ९) भारतीय हस्तक्षेप को यो नाङ्गो रुप थियो पंचायत मा?
    १०) पंचायत कालिन कुटनीति ले गर्दा ११३ देश ले मान्यता दिएको थियो नेपाल लाइ बिश्व मा शान्ति क्षेत्र भनेर, यो एउटा अन्तरास्ट्रिय उपलब्धि होइन नेपाल को छवी संसार मा उठाउने? एसको बदला मा अन्तरास्ट्रिय स्तर मा नेपाल को छवी आज कहाँ छ?
    ११)५७ साल सम्म एसियाली मापदण्ड मा नेपाल लाइ पुर्याउने भनेर पंचायत ले एउटा लक्ष्य कोरेको थियो, पंचायत भैरहेको भए त्यो सम्भव थियो, छ बहुदल्बादी हरु मा एस्तो कुनै लक्ष्य?
    १२) बिकास को चरनबद्द योजना पंचाबर्शीय योजना को अबधाराना कसले ल्याएको हो? छ आज को नेता मा त्यो दुरदर्शिता?
    १३) आज को नेपाल को औला मा गन्न सकिने बिकाश को पुर्बधार पुर्ब पश्चिम राज्मग्र, मर्स्यान्ग्दी जलबिधुत, देबिघट, त्रिशुली, बिधुत कुलेखानी,जनकपुर चुरोट कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएत कांग्रेस ले बेचेको १९ वटा उधोय्ग लगाएत क अनगिन्ती उधोग धन्दा पंचायत को उपलब्धि होइन?३० बर्ष को पंचायत ले एती गर्यो भने २४ बर्ष को बहुदल ले के गर्यो एसको तुलनामा?
    १४) शित युद्द को समय मा सोभियत संघ संग पनि र अमेरिका संग पनि, ६२ को युद्द पछी चीन संग र इंडिया संग पनि समदुरी मा रहेर सम्बन्ध राख्न सक्नु र यी सबै देश लाइ नेपाल मा सहयोग गर्न मा प्रतिस्पर्धा गराइदिनु राजा महेन्द्र को सफल कुटनीतिक क्षमता होइन?
    १५) शित युद्द को बिगबिगी मा असग्लाग्न समुह को सस्थापक सदस्य बनेर नेपाल ले अन्तरास्ट्रिय क्षेत्र मा आफ्नो क्षमता को परिचय दिएको होइन? नेपाल तेती खेर को बिकसित रास्ट्र युगोल्सभिया, इन्डोनेसिया र क्युबा जस्तो संसार कै केन्द्रबिन्दु भनेको रास्ट्र को लहर मा काध मा काध जोडेर उभिएको होइन र असग्लाग्न समुह को निर्माण मा? यो दुरदर्शिता को १/१००० अंश आज को खाते नेता मा छ?
    हामि सधै जित्ने को गित गाउछु तर पंचायत र महेन्द्र नेपाल का आदर्श हुन्. राजा को सक्रिय उपस्थित मा पंचायत ब्यबस्था को कारण ले इन्डिया ले नेपाल मा हस्तक्षेप गर्न सकेका थिएअनन्. बरु नेपाली जनता संग सम्झौता गर्दछु इंडिया संग होइन भन्दा नेपाल ले नाकाबन्दि खप्न पारेक थियो तर पनि राजा बिरेन्द्र झुकेनन्, तर आज नेपाल चलाउने खाते नेता हरु भारतीय राजदुत ले पाध्यो भने पनि डराउछन र उसले एक चोटी खोक्यो भने औषधि लिएर लैनचौर पुग्दछन चाकडी गर्न. तेसै भएर पंचायत फाल्न इंडिया अघि सरेको हो. राजा एउटा एकता क सुत्रधार थिए जसले पाचथर को लिम्बु वा कैलाली को थारु, झापा को राजबंशी वा हुम्ला को लामा, यिनी हरु लाइ रास्ट्रिय एकता मा बाध्ने काम गरेका थिए, आज राजतन्त्र गए को केहि बर्ष मा नेपाल को अस्तित्व सिद्दिदै छ. आज नेपाली भन्ने कोहि छैनन्, छन् भने कांग्रेस, एमाले, माओबादी…… अनि तेस्ले नपुगेर राइ, लिम्बु, मधिशे,नेवार……………. अनि खोइ त नेपाली? रास्त्रियत को यो भन्दा क्षति अरु के हुन् सक्दछ? तेसकारण पंचायत पुनर्स्थापना को लागि आन्दोलन गरौ नेपाली हो, नेपाली भएर बाच्ने हो भने.

    • बिपिन जी
      हार्दिक धन्यबाद मुटु छुने यथार्त लेखको लागि .
      लोकतान्त्रिक पंचायती ब्यबस्था अन्तर्गत संबैधानिक राजतन्त्र मार्फत मुलुकको
      राजनीति हाँकिन सके नेपालको दुर्गति हुने छैन .
      अब त जनता पनि हिजो भन्दा सचेत शिछित अबस्थामा छन् . मिडिया शक्तिशाली भईसकेको अबस्था छ . यस्तो नेपालमा यो ऐलेको जस्तो तितर बितर राजनैतिक
      प्रणाली अपनाएर देशलाई कम्जोर बनाउनु भन्दा बरु बिपिन जी ले भन्नु भए झैँ
      हिजोको हाम्रो युनिक राजनैतिक प्रणालीलाई नै पुनर्स्थापन गरी बरु यसमा भएका
      कमि कमजोरीमा सुधार गरेर जान सके नेपाल र नेपाली उँभो लाग्ने थिए .
      नत्र त बाबै आजको राजनीति / नेताको चाल हेर्दा त अबको २०- ३० बर्ष ( त्यति टाढा पनि पुग्नु नपर्ला ) को नेपाल कस्तो हुने हो ???
      सबै भन्दा पैला कुनै जात जाति पार्टी केई पनि नभएर मात्र नेपाली भएर छातीमा
      हात राखेर सोचौ !!!!! यै ताल हो भने के हुन्छ अबको नेपाल ? भारतीय राजदूत
      हरु लाई टाउकामा टेकाएर सत्ता अड्याउने हाम्रा नेताहरुले नेपालको स्वाभिमानलाई
      रित्तो बनाउदै लागेका छन् — हामी बोक्रा मात्रको गुदी हुन नसकेको नेपाली बनेर
      रित्तिदै गइ’रा छौ ——

    • हो पंचायत कल मा राजपरिवार कानुन भन्दा माथि थियो तर आज? सिटौला, सुजाता, रुबेल चौधरी, गच्छेदार, खड्के , बिद्या,प्रचंडे,माकुने, धमला, चरी, मनांगे,बाघे लामा कानुन भन्दा माथि छैनन्?
      आज को नेपाल को औला मा गन्न सकिने बिकाश को पुर्बधार पुर्ब पश्चिम राज्मग्र, मर्स्यान्ग्दी जलबिधुत, देबिघट, त्रिशुली, बिधुत कुलेखानी,जनकपुर चुरोट कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएत कांग्रेस ले बेचेको १९ वटा उधोय्ग लगाएत क अनगिन्ती उधोग धन्दा पंचायत को उपलब्धि होइन?३० बर्ष को पंचायत ले एती गर्यो भने २४ बर्ष को बहुदल ले के गर्यो एसको तुलनामा?

      यो दुई वटा कुरा चाही सबै नेपालीलाई जानकारी गराउनु पर्छ…बिपिनजी एकदम सहि मुल्यांकन…
      ६०१ वटा सेतो हात्ती पाल्नु भन्दा १० वटा हात्ती पाल्नु राम्रो…
      राजा आऊ देश बचाऊ…

    • बिपिन जी,

      पंचायत कालको कालो तथा आन्तरिक कुरालाई पुरै ढाकेर सामान्ती राजतन्त्रको वकालत गर्नेहरुलाई के भन्ने, सामान्तिको रहल पहल ???

      जंगेको बिद्रोहले गर्दा दरबारको मात्रै डाडु पनेउ राणाहरुको हातमा पनि परे, सात साल पछि त्यो भन्दा धेरै संख्यामा पंचेहरुको हातमा पनि डाडु पनेउ परे, त्यसपछि ३० वर्षा भोकाएर बसेका कांग्रेसी तथा कम्युनिस्ट हरुको हातमा पनि डाडु पनेउ परे, अहिले मवाबादिले गर्दा त्यो भन्दा पनि धेरै संख्याको हातमा डाडु पनेउ परे ! आर्थिक हिसाबले हेर्ने हो भने राज्यको ढुकुटीको वितरण बिकेंदिर्करण हो यो यसले देशको GDP मा राम्रै योगदान दिन्छ !

      राजतन्त्र र आजको फरक भनेको पशु चोला र मानव चोलाको जस्तै हो ! पशु चोलामा आफ्नै गर्दन अरुले काटे पनि ऐया भन्नु बाहेक केहि पनि गर्न सक्दैन तर मानव चोलामा आफ्नो हक र अधिकारको लागि लड्न सक्ने बनेको छ नेपालीहरु ! मानव अधिकार भन्दा अरु कुनै पनि व्यवस्था ठुलो हुने सक्दैन !!!!!

      • चेतन जी
        अनि आजको यो गणतान्त्रिक नेपाल मा तपाइले मानव अधिकार कता देख्नु भएको छ.? खोइ २ छाक तार्न धौ धौ परि राखेको बेला मानब अधिकार लिएर के गर्नु. पहिला बाच्न पाउने अधिकार र आधारभूत आवश्क्यता पुरा गर्ने आधार देउ अनि बाकी अधिकार को कुरा गरौ.

    • बिपिन जी,
      सतप्रतिसत सत्य र मुटु छुने टिप्पणी…बाठो ले पढेर चेत्छ, लाटो ले परेर चेत्छ…नेपाली हरु भेडा हुन्, परेरै चेतुन…नेपाल का राजा हरु (महेन्द्र, बिरेन्द्र, ज्ञानेन्द्र सबै) भनेका हामीले सानो पा पढे को कथा मा जस्तै जंगल मा रहेको अत्यन्त खतरनाक सिंह को अगाडी पनि आफ्नो अस्तित्व जोगाइ राख्न सफल खरायो हरु हुन्. जब सम्म राजा हरु रहे, तब सम्म अत्यन्त दुस्ता भारत को अगाडी आफुले सकेको साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर नेपाल को अस्मिता जोगाइ राख्न सफल भए…जब राजसंस्था किनारा लाग्यो, देश किनारा लाग्यो, त्यो घाम जत्तिकै छर्लंग थियो…खालि ढिलो चाडो को कुरो हो…

      अन्त्य मा बिपिन जी, तपाइँ को अनुमति पाएमा मा तपाइँ को यो कमेन्ट लाइ आफ्नो फेसबुक को वालपेपर मा राख्न चाहन्छु.

      • धन्यबाद कृष्ण लम्साल जी

        तपाइँ लाइ सधन्य्बाद सहित अनुमति प्राप्त छ. बहुदल आउदा मा भर्खरै स्कुले जीवन सिद्द्येको युवा थिए, प्रजातन्त्र र लोकतन्त्रे को अनुभव पछी मलाइ अन्तरात्मा बात नै लाग्यो राजा महेन्द्र समय लाइ बुझ्ने दुरदर्शी नेता थिए र पंचायत नेपाल र नेपाली को लागि अनुकुल थियो. आज रास्ट्र नै नरहने अवस्था मा एकता को सुत्रधार राजतन्त्र लाइ इंडिया को ग्रान्ड डिजाइन अन्तर्गत नै हताइएको थियो भन्ने कुरा मा बिश्वस्त छु. इंडिया लाइ थाहा छ जस्तो सुकै भए पनि राजा हरु रास्त्र्बदी थिए र नेता हरु त धेरै के कुरा, एउटा मेडिकल सिट को छात्रवृत्ति को निम्ति रास्त्रघट गर्न तयार छन भनेर. तेसकारण आज कांग्रेस एमाले माओबादी भन्ने बेला छैन, आज को आवाज हो हामि नेपाली.

    • बिपिन जी
      सिक्किम बिलय पछी तिन तिर को खुला सिमाना लाइ यथाबत राख्दै जब इन्दिरा गान्धी ले भनिन ”नेपाल लाइ बुलेट ले हैन ,ब्यालेट ले लिनुपर्छ ”तेसै दिसा मा कार्य जोड तोड का साथ् हुदैछ |पंचायत ,गाउफार्क कार्यान्वानायन को हिसाब ले असफल भएता पनि देश को लागि सोचेर ल्याइएका ब्यबस्था ,प्रोग्राम थिए ,तेसैले केहि दिएर गयो |न कि आज आफ्नो सस्तो लोकप्रियता र देखाबटी का कार्यक्रम जस्ता | बहुदलीय र लोकतान्त्रिक सरकार ले त् बचालाई पोलियो को थोपा खुवाएको कुरालाई मानौ नेपालि ले चन्द्रमा मा रकेट पठाएको जस्तो प्रचार प्रसार गर्यो ,सायद तेही नै होला भयको सबैभन्दा ठुलो काम पनि |
      गणतन्त्र आएपछि त् झन् स्थानीय चुनाब न गराई येत्रो लामो समय को बिकास बजेट नेताहरुले नै झ्वाम पारे |
      पंचायत फाल्ने ,राजदरबार हत्याकाण्ड आदि भारतीय जासुसी संगठन ”र ” ले प्रायोजन गरेको हो |
      किनकि राजा फाल्नासाथ राजदरबार मा लाग्ने लाम भारतीय दुताबास मा सर्यो |
      हरेक काम दुताबास को सल्लाह मा हुन्छ ,देश इन्डिया को स्टेट जस्तो भएको छ |
      अब यो संघियता को कुरा ,जातीय बिद्वेस को बिसय जुन छ यो धेरै अगाडी बढिसक्यो |
      अब धेरै ले यसलाई जिबन मरण को प्रश्न बनाएकोले र मावोबादिकै प्रचण्ड ले पनि मान्छे पिछे कुरा फेर्दै सह्घियता ले तर्सेको जस्तो अनुभूति देखाएको सन्दर्भ मा भोलि पर्दा पछाडी बात गोटी चाल्ने ले ल नेपालि जनता हो तिमीहरु जातीय युद्द न गर (पहिला गराउने फेरी उ नै हो )हामि तिमीलाई खोजेको जस्तो संघियता दिन्छु भन्दै आउने पो हुन् कि ?
      तराइ को मान्छेलाई खुलेआम आन्दोलन को सुनामी लेउ भन्ने भारतीय दुतावास को कर्मचारी ,ले भोलि अब रास्ट्रपति ,उप रात्रपति हाम्रो कोटा हो भन्न के बेर ? र अब बिस्तारै प्रधान मन्त्रिपद पनि लागेपछि अनि के भारतीय सेना यहा छिर्न पर्यो र ?

      ((नोट :येत्रो लामो कम्मेन्ट लेखेपछि एसले कतै पनि उत्पीडित ,जान जाति ,महिला ,मदिसे अपांग मुक्ति को उल्लेख गरेंन भन्ने कुरा औला ,त्यो चै सदैब धुर्त नेताले हामि सर्ब साधारण ,गरिब जनता लाइ मुर्ख बनाउने स्लोगान को रुप मा लिएको छु मैले ))

      • द्रोण जी
        पंचायत ले परिक्षण को समय मा उसको केहि सिद्दान्त जस्तै गाउ फर्क असफल पनि भयो तर हेर्नुस त पंचायत को लक्ष
        १) ५७ साल सम्म एसियाली मापदण्ड मा पुर्याउने
        २) शोषण रहित समाज को सिर्जना(बर्ग समन्वय द्वारा , कम्युनिस्ट ले भन्ने गरेको हिंसात्मक बर्ग संघर्ष को तरिका बात होइन)
        ३) गाउ जिल्ला र रास्ट्रिय पंचायत गरि प्रत्येक्ष निर्बाचन जसमा तपाइँ लाइ व्यक्ति छान्ने पुरा अधिकार थियो.( अहिले तपाइँ ले व्यक्ति होइन पार्टी मात्र छान्न पाउनु हुन्छ)
        ४) केहि हद सम्म सफल भुमि सुधार
        ५) २०१८ साल मै लागु गरिएको मुलुकी येन जसमा छुवाछुत लाइ दण्डनीय मानिएको थियो.
        ६) सामजिक कुरीति बढाउने कुरा जस्तै बिबाह जन्ती संख्या, दाइजो मा सिमा तोकिएको.
        ७) क्रमै संग निशुल्क शिक्षा को ब्यबस्था
        ८) जनता को सहकारी जुन इजराइल मा अथय्धिक सफल भएको थियो.
        ९) मैले माथि उल्लेख गरिएका विकास का पूर्वाधार
        १०) अन्तरास्ट्रिय क्षेत्र मा सम्मानित उपस्थिति र अन्तरास्ट्रिय क्षेत्र बात शान्ति क्षेत्र को समर्थन.
        ११) राजतन्त्र ले रास्ट्रिय एकता मा सबै नेपाली लाइ बाधेको.
        १२) समानुपातिक विकास को लागि ५ विकास क्षेत्र को अबधाराना
        १३)४ तह को न्यायपालिका
        यी विकास, शान्ति सुरक्षा, रास्त्रियता को संग्रक्षण, अन्तरास्ट्रिय छवी सबै हेर्दा र तुलना गर्दा ३० बर्षे पंचायत को १०% पनि २४ बर्षे बहुदल ले गरेको छैन. तेती खेर(४६ साल) मा आफै पंचायत मुर्दाबाद भन्ने जुलुस मा गैएयो तर अहिले त्यो गलत थियो भन्ने भैरहेछ. बास्तव मा राजा को सक्रिय उपस्थित मा पंचायत ब्यबस्था नेपाल र नेपाली को लागि उत्तम थियो सबै पक्ष बात हेर्दा. राजा को भक्त हुदा दोषी महसुस गर्ने हरु इन्डियन राजदूत को कारिन्दा बन्द गर्व गर्ने नेता छन भने यो भन्दा रास्त्रियता को क्षति के हुन् सक्दछ? २००७ साल को इन्डियन राजदूत को जस्तो हैसिएत छ त्यो भन्दा बढी हैसिएत छ अहिले को राजदूत को नेपाली सरकार बनाउने, गिराउने मा.
        रसिया, फ्रान्स जस्तो देश लाइ संघियता चाहिएको छैन, डेढ अरब जनसंख्या भएको चाइना ले केन्द्रिकृत ब्यबस्था ले तेत्रो प्रगति गरेको छ, हाम्रो सानो मुलुक लाइ भने १०-११ वटा राज्य मा बाड्ने संघिएता? यो संघिएता भनेको इंडिया लाइ खान सजिलो स सानो गास बनाउनु भन्दा केहि होइन. एदी संघियता मा जाने हो भने हेर्नुस भोलि मधेश लाइ बढी स्वायत्तता (रक्षा र पररास्ट्र सहित को आत्मनिर्णय को अधिकार ) भनेर आगो बाल्दछं भारतीय दलाल मधेशी नेता हरु ले.यिनी हरु तेती ले मात्रै सन्तुस्ट हुनेवला छैनन् र सबै कुरा क्रम बढ्द तरिका ले भैरहेको छ पर्दा भित्र को निर्देशन मा. हिजो रास्त्रियता को सवाल मा अडान लिने प्रचण्ड लाइ आफ्नो कर्मचारी फेर्न पनि नसक्ने बनाउने हरु आज प्रचण्ड इंडिया संग झुके पछी किन उनको हरेक एजेन्डा ले जित्दै गैरहेको छ? शायद उनलाई भनियो होला हाम्रो समर्थन गर्ने माधव कुमार नेपाल हुन्छ(हारे पनि प्रम हुन् सक्ने) र बिरोध गरे मदन भण्डारी वा बिरेन्द्र हुन्छ भनेर तर्साइयो र हाम्रो जहाँ सम्म पनि पहुछ छ भनेर देखाइयो जमिम शाह, फैजन लाइ मारेर र युनिस लाइ जेल मा नै गोलि हानेर. राजा को सक्रिय नेतृत्व रहेको पंचायत फालेर नेपाली लाइ “प्रजातन्त्र” ल्याउन सहयोग गर्ने तर तेही प्रजातन्त्र भुटानी लाइ नचाहिने ?पंचायत फाल्नु, दरवार हत्यकाण्ड हुनु र राजतन्त्र फ्याक्नु नेपाल लाइ आफु मा गाभ्ने वा भुटान को हैसिएत मा पुर्याउने खेल अन्तर्गत कै शृंखला हुन्. तेसकारण, कतिवटा प्रदेश ठिक र कति बेठिक होइन कि संघियता धर्म निरिपेक्ष भन्ने कुरा नै उठाउनु हुदेन. के हिजो “हिन्दु सम्राट” को मान्यता दिन खोज्दा म सबै धर्मावलम्बी नेपाली को राजा हु भन्ने (ज्ञानेन्द्र ले येस्मा गल्ति गरे) बिरेन्द्र ले अरु धर्म लाइ दमन गरे भन्न कुनै माइकालाल ले सक्छ? तेसकारण नेपाल केन्द्रिकृत हिन्दु अधिराज्य नै रहन पर्दछ अनि मात्र हाम्रो स्वतन्त्रता बच्दछ.

    • Well said Bipin-jee! Very powerful straight talking!

      अहिलेको घडीमा कुनै पनि विवेकशील नेपालीले थाहा पाएको सरल र सटिक तथ्य यहि हो!

      मैले भोट हाल्ने उमेर भएदेखि पंचायत समर्थक (पंचायत कालमा समेत) लाई कहिल्यै भोट हालिन, र अहिले पछुतो मान्दै छु/

      महेन्द्रको बिरोध गर्ने स्यालको हुईया जस्तै भएको थियो, अब त्यस्तो नरहला कि?

  31. अब नेपाललाई १०२ राज्यमा बाडेर सबै जाती ले एक एक राज्य लिनु पर्छ..भन्ने सोच छ आदि बासी को, मान्छे पनि आदि बासी बुद्दी पनि आधि नै छ ….

    • तेही आदि बासि हुन नपाएर तिमि हरु आन्दोलन गरेर आफुलाई सुची कृत गराएको होइन र अनि के को आदि बुद्धि हाहा …

  32. Dear journalists friends, please rethink of yourself, think of guys like Rishi Dhamala and others, guys like these have been playing too much in Nepali politics. Just take the case of Mr. Yadav Paudel who died because of his own misfortunes, NFJ took it as a sheer case of revenge against journalists, it is shameful act on the part of NFJ, even an innocent guy like Madan Rai being implicated by these bahun dominated media. Take another case of Anuja Baniya, Nepal’s journalsits thrive on creating rumours, twisting facts and politicizing issues to its own interest. What is the interest of Kantipur in highlighting the fact that Mr. Prabhu Shah is going to be the signatory to the constituiton when in fact no one is even sure of having the constitution in the first place.

    • To me, it does not matter whoever signs the constitution as long as it can contribute towards building a peaceful and stable Nepal. I had never expected in my life that we would have any communal problems or violence in the country as people belonging to various castes and ethnic groups were quite evenly spread in geography. Caste-based politics was actually started by Maoists, a party that should not believe in caste and should thrive to abolish it!! It looks scary though at the moment because seemingly educated persons like you are irrelevantly giving caste color to issues.

  33. नया नेपाल भनेको यहि त होनी. विदेश तिर काम माथि काम कुरा गर्ने समेत फुर्सद हुदैन हाम्रा अगुवा नेता, कार्यकर्ता, दल हरुलाई त्यस्तो ब्यस्त जीवन पच्दैन . जसरि हुन्छ देश जनता लाइ लुट्न सम्म लुट्न ब्यस्त छन्. येसरी देशलाई डामाडोल नबनाई उनीहरुले कसरि लुट्न पाउछन तानी? अनि तपाई हरुनै भन्नुहोश आज बिस्व मा सबै राष्ट्र हरु बिकाशको फड्को मारेरकयौ अगाडी काहा काहा पुगिसके हामी भने हिजो भन्दा झन् पछाडी पछाडी जादै छौ, सायद नया नेपालको नीति नै हो यो..हामी त यहाँ कमेन्ट लेखना बाहेक अरु के नै गर्न सक्छौ र???????????????????????????????????????????

  34. नेपाली हामी रहौला कहाँ नेपालै नरहे !!!!!!!!!!!!!!!!!!

  35. आज आज भोलि भोलि भन्दा भन्दै देश खत्तैम भयो / नेताहरु को आफ्नो स्वोर्थ को लागि हामी नेपाली हरु ले दुख पाइने भो जस्तो लग्यो / खै कसलाई दोष दिनु, को संग सहयोग माग्नु ? अब त समस्या को समाधान नेता हरु ले पनि दिन सक्दैन जस्तो लाग्छ / नेता हरु को हात भन्दा पनि बाहिर गइसक्यो / बरु हामी बाटै आ-आफ्नो तर्फ बाट के के गर्न सकिन्छ, त्यो गर्ने हो कि ? ” शान्ति को लागि हामी सबै को प्रतिबाद्ता “

  36. Very soon Nepal will be like Somalia or Sudan. And 601 Politician will leave this country and we will fight with each other. So Guys please understand, let get united and let kick these politician.

  37. अब नेपालले बन्द थेग्न सक्दैन / बाहुन छेत्री , जनजाती,मधेसी , महिला पुरुस ,तेस्रो लिंगी, सुदुर पूर्व , सुदुर पश्चिम जहाँ तही बन्दमा निस्कनेलाई डोजरले पेल्नुपर्छ / सरकारले साना ठुला नेता सर्बसाधारण सबैलाई यक चोटी तर्सायो भने ठिक हुन्छा /

    • “सरकारले साना ठुला नेता सर्बसाधारण सबैलाई यक चोटी तर्सायो भने ठिक हुन्छा”
      यो नेपाल को सरकार भनेको चाहि को हो ?

  38. राजनीतिकर्मीको स्वार्थीपन, तिनका कार्यकर्ता-झोलेहरुको उग्रपन, प्रहरी-प्रशासनको उच्च संयमता र हामी नागरिकको उच्च सहनशीलताको उपज हो नेपालमा बन्दको संस्कृति। यसमा कुनै एक पक्षको मात्र योगदान छैन, यसलाई सबैले गोडमेल-मलजल गरेका छन् र आज एकै दिनमा यस्तो स्थिति आएको होइन। हाम्रा साना दुखले आर्ज्याको नेपाल बन्द होइन, सबैलाई चेतना भया।

  39. संबिधान बन्दै छ या भनौ घोसना हुदै छ ,आफ्नो आफ्नो शक्ति प्रदर्सन गरि हालु र आफ्नो
    भाग को ग्यारेन्टी गरौ भन्ने सम्म अभिप्राय हुन् सक्छ |तेसैले आत्तिहाल्नु पर्दैन होला |
    मिसनरी ,बिदेशी गुप्तंग (”र”) सेवा गरेर धन बटुल्न पल्केका ,र केहि फटाह नेता र धमिलो पानि मा माछा मार्न चाहनेले
    त् चाहला ग्रिह्युद्द्द नै ,तर ग्रिह युद्द्द नै को स्थिति चै यो भन्न मिल्दैन |
    जेठ १४ पछी बन्द जति सबै बन्द |

  40. छुनै नपर्ने बिषयमा हात हालेकोले एस्तो भएको हो. जातियता र धर्म – ई दुई अति नै सम्बेदनशील बिषय हुन. यो जनआन्दोलनको mandate पनि होइन. जनताले खोजेको बिषय पनि होइन. यो त आन्दोलन पछि माओबादीले लादेको बिषय हो र अरु दलहरुले तेसलाई समर्थन गरेका हुन. अब अहिले आएर सबैलाई आ- आफ्नै नामको प्रदेश चाहिएको छ. एउटालाई दिएपछि बाँकि सबैलाई चाहियो. हुँदा हुँदा मुसलमानहरुले पनि माग्न थालिसके. धेरै छेत्रमा बाहुन र छेत्रियहरुको हालीमुहाली भयो भन्दैमा जातीयताको आधारमा राज्यलाई बिभाजन गरेर समस्याको हल हुँदैन. यसको लागि त bureaucracy मा system को ब्यबस्थापन गरिनुपर्छ र literacy rate बढाउने योजनाको कार्यान्नोएन हुनुपर्छ. ई नै प्रमुख कुरा हुन.

  41. मलाई लागेको संका हिजो को आन्दोलान मा नेता र कार्य कर्ता हरुको प्रस्तुति बाट निवारण भयो / जुन थियो ‘जातीय’-हिटलरी’- सैली को बिकसित मनोविज्ञान !

    जनजाती को नेतृत्व गर्ने नेता हरु भित्र जम्दै गरेको जातीय घृणा ले अन्त्यमा आफैलाई खानेछ/ जुन कुरो ‘बिदेसी को’ नुनको सोझो गर्नलाई हो कि ‘आफ्नो सामन्ती संस्कार’ लाइ छोड्न नसक्दा – आज सडक भरि पोखिएको छ/

    -बिहानी ले दिन को छनक दिन्छा भने झैँ: – यो बन्द एउटा सानो दुरबिन हो जसले भबिस्यको नेपाल को प्रतिबिम्ब देखाउछा/
    तसर्थ,

    -विभिन्न राज्य हरु गठन गरिएमा त्यहा भित्र रहेका अल्प जाति र उत्पीडन को बिरोध गर्ने हरु लाइ ‘शेर्पा ‘ जी ले भने जस्तै सखाप गरिनेछा/ यो बर्गीय चरित्र भएका हरुले अहिलेको अवस्थामा ‘राज्य’ संचालन गर्ने कुनै राजनीतिको कला प्रस्तुत गर्न नसक्ने हुदा – राज्य बिभाजन बन्द गर्ने संबैधानिक प्राबधान – सबै भन्दा बुदिमानी हुनेछा/
    – तर, अन्न्त भाषा र संस्कृति को सम्रछ्याँ को लागि चाही केन्द्र र स्तानिया स्तरका जनजाति बाट छानिएका जनप्रतिनिधि हरु र विद्वान हरुलाई अधिकार दिनु पर्छा /
    तर,
    जनजाति आन्दोलन मा पनि अल्पमत मा पारिएका हरुको बैज्ञानिक विचार र भ्याबहार्लाई अबमुल्यन गर्नु चाही हुँदैन है !

  42. हामी नयाँ संबिधान नयाँ संबिधान भनेर बसिरहेका छौं | अब सातै दिन मात्र बाँकी छ यदि त्यो आयो भने | तर यो बन्ने नयाँ संबिधानमा चाहिं कुनै पनि हालतमा यस्तो बन्द गर्ने नपाउने एउटा बुँदा राख्न तिर कसैको ध्यान गएको छ साथि हो ? यो बिषय बस्तु उठाउनु अत्यन्त जरुरि छ भन्ने मलाई लाग्छ |

Comments are closed.