वार्तामा कुरा मिल्यो, बन्द लगायतका आन्दोलन फिर्ता

आन्दोलनरत आदिवासी जनजाति र सरकारबीच आज राति भएको वार्तामा कुरा मिलेपछि बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। कुरा नमिलेको भए भोलि पनि बन्द जारी राख्‍ने भनिएको थियो। वार्तामा ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो।
के के भयो सहमति, हेर्नुस्-


नेपाल सरकारको वार्ता टोली र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल बीच २०६९ जेठ ९ गते शान्ति तथा पुननिर्माण मन्त्रालयमा भएको सहमतिपत्र
आज मिति २०६९ जेठ ९ गते मंगलबारका दिन सम्माननीय प्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको समुपस्थितिमा सरकारी वार्ता टोली र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालको वार्ता टोलीबीच वार्ता एवं छलफलबाट देहाय बमोजिम सहमति गरियो । संविधानसंग सम्बन्धित निम्न विषयहरुलाई नेपाल सरकारद्वारा संविधान सभामा प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

१) नेपालको अन्तरिम संविधान –२०६३ धारा, १३८ (१ क) को व्यवस्था, संविधानसभा, राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति र प्रमुख दलका नेताहरुको सहमतिमा गठित राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगद्वारा निर्धारित आधार, सिद्धान्त र मापदण्ड एवं विभिन्न आदिवासी जनजाति संघसंस्था तथा दलसंग विभिन्न समयमा राज्य पक्षसंग गरिएको सम्झौताअनुरुप जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नेपालको नयाँ संविधान जारी गराउने ।

२) नयाँ संविधानमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली अवलम्बन गरी समानुपातिक तर्फ न्यूनतम् ६० र प्रत्यक्षतर्फ ४० प्रतिशत व्यवस्था गर्ने।

३) राज्यको हरेक अंग र तहमा जाति/समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व नयाँ संविधानमा सुनिश्चित गराउने। सीमान्तकृत,अतिसीमान्तकृत तथा अल्पसख्यक समुदायको हकमा अनिवार्य प्रतिनिधित्वको विशेष व्यवस्था गर्ने।

४) नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै आत्मनिर्णयको अधिकार, अग्राधिकार, स्वशासन र स्वायत्तता सहितको प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र एवं विशेष क्षेत्र कायम गर्ने।

सरकारसंग सम्बन्धित विषयहरु
५) आदिवासी जनजाति आन्दोलनको भावनालाई सम्मान गर्दै यस क्रममा गिरफ्तार सबैलाई बिना शर्त तुरुन्त रिहा गर्ने एवं लगाइएका मुद्दाहरु खारेज र आन्दोलनको क्रममा घाइते सबैको सरकारले निःशुल्क उपचार गर्नेछ ।

६) आन्दोलनको क्रममा भएका थारु संग्रहालय लगायतका क्षतिको स्थानीय प्रशासनबाट लगत लिई पीडित पक्षको सहमतिमा क्षति भएअनुसार आर्थिक सहायता नेपाल सरकारले उपलव्ध गराउनेछ।

७) आदिवासी जनजाति संघसंस्था एवं दलहरुसंग हालसम्म भएका सहमतिहरु एवं पूर्व निर्णयहरु कार्यान्वयन गर्ने—गराउनेछ।

८) ब्राम्हण, क्षेत्री र दशनामीलाई आदिवासीको मान्यता दिने सम्बन्धमा आदिवासी जनजातिको विरोधप्रति सरकारको ध्यानाकर्षण भएको छ ।

९) आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालले आव्हान गरेको २०६९ जेठ १० गतेसम्मको देशव्यापी आमहडताल (नेपाल बन्द) कार्यक्रम फिर्ता लिने।

नेपाल सरकार वार्ता टोलीका सदस्यहरु:
माननीय टोपवहादुर रायमाझी
माननीय वर्षमान पुन (अनन्त)
माननीय महेन्द्रप्रसाद राय यादव
माननीय सूर्यमान गुरुङ

आदिवासी जनजाति संयुक्त संर्घष समिति, नेपालको वार्ता टोलीका सदस्यहरु
मा.सुरेश आले मगर
परशुराम तामाङ
राजकुमार लेखी थारु
मा.गोपाल किराती
मा. ईन्द्रवहादुर गुरुङ
मा.जीपछिरीङ शेर्पा
मा.पासाङ शेर्पा
मा.कुमार राई
मा. अमर तमु
मा सूर्यमान दोङ
मा दिलिप महर्जन
मा. ज्ञानेन्द्र कुमाल
मा. हितमान शाक्य
मा. डा. मंगलसिद्धि मानन्धर
मा. तिर्थराम डंगोल
आङकाजी शेर्पा किसान
सोनी लामा
खगेन्द्र माखिम
कृष्ण कुमारी वाइवा
वीर ब. लामा
नरेश ताम्राकार
कुमार योन्जन
पृथ्वीमान गुरुङ
नगेन्द्र राई
नरबहादुर गुरुङ
चन्द्रश्रीस मगर
अटलमान राई
मन प्रसाद सुनुवार
अमृतवहादुर सुनुवार
दुर्गा राई
कुम्भराज गुरुङ
उत्तमसिंङ थाङदेन
चतुरभक्त राई
चन्द्र विक्रम राई
चन्द्रकुमार चौधरी
धनीराम चौधरी
महेन्द्र थापा मगर
हित ब. तामाङ
रामसिं लामा
नगेन्द्र कुमाल
दिलमान पाख्रिन
वावुराजा बज्रचार्य
मल्ल के सुन्दर
नरेश वीर शाक्य
मंगल महर्जन
गजेन्द्र मानन्धर
अनुप सिहं सुवाल
के बी घजू
पवनमान श्रेष्ठ
मोहन वहादुर महर्जन
तिर्थलाल मर्हजन
प्रेम मर्हजन
राजेश शाक्य

Mass Rally from Patan during 3rd day of Strike
तीन दिने बन्दको अन्तिम दिन मंगलबार पाटनबाट निस्केको जुलुस। यो जुलुस लगनखेल, जावलाखेल, एकान्तकुमा, चक्रपथ, सानेपा, बल्खु, कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल हुँदै मंगलबजार दरबार क्षेत्रमा सभामा परिणत भएको थियो। फोटो सौजन्यः सुरेश महर्जन

124 Comments

  1. naresh ji
    नरेश जी

    धम्कि को भाषा नाबोलु है. खिला कार्की जस्ता कुलान्घर पत्रकारले २ करोड जनताको मन चित्त दुखाएको छ. तेस्को हामी हिसाबकिताब लिएर नै छाड्ने छौ. शेर्पा जी ले ठिक कुरा नै गर्नु भएको थियो. तर अलिकति आबेश मा तबुल तःतौनु भयो तेस्मा चम चाहन्चंचौ.

    • प्रविन जी
      तपाई शिष्ट कुरा गर्नुस शिष्ट रुपमा माग राख्नुस तपाइलाई तेस्तै रुपमा संमान हुन्छ | आफ्नो अधिकार मग्न लाई अर्को जात तिर औला ठडियो भने तेस्को हालत के हुन्छ ? त्यो कुरा राख्न खोज्य| हो | पहिला त्यो शेर्पा को सब्द हरु हेर्नु होला | तपाई uk मा हुनु हुदो रहेछ गोरा हरुले तपाई अहिले भर्खर गएको iMMIGRANT लाई किन बस्न दिए ? यो २१ ओऊ सताब्दी सबैको सम्मान गर्ने मिलि जुली गर्ने सताब्दी हो | आफ्नो अधिकार को लागि अन्य जति लाई लखेट्न खोज्ने हो भने र तेस्को ओकालत गर्ने हो भने हाम्रा गुरुङ राई लाहुरे बन्धु लगाएत का आदिबासी हरु किन ब्रिटेन मा बस्न गए ? पहिला सोच्नुस | |संसार सबै को साझा फुलबारी हो | यो जन्मदै कसैले लिएर आएको बरदान पनि होइन भने मरेर जाँदा साथमा लिएर जाने कोसेली पनि होइन | हामी केवल यो प्रकृतिको साइकल मा हामी बाचिरहेका छौ | मिलेर येस्मा रमाउनु उपभोग गर्नु पर्छ नकी जात जात बीच लडेर एकले अर्को जात लाई दोसी बनाएर | तेती नै हो मेरो कुरा |

  2. माइसंसार मा लेखिएका कमेन्ट हरु पढ्दा कम्पुटर मा बसेर देश जात जति का बारेमा लेख्न पढ्न जान्ने हामी नेपालीहरुको हालत यस्तो छ भने गाउँको अन्तर कुन्तर मा बसेर खेति पाती गर्ने हरुको बुझाई कस्तो होला भन्ने कुराले निसासिन्छु म /अझै पनि हामी उही पुरानै मुद्दा मा छौं /पहिलो कुरा सम्पूर्ण जातजातिलाइ …..त्यो के भने जतियेता भनेको यस्तो अचुक अस्त्र हो जुन चले पछी मैं हुँ भन्ने बिद्द्वान लाइ पनि त्यसले दिग्भ्रमित पार्छ / त्यहि भैरहेको छ हामी कहाँ पनि…जान्ने बुझ्ने….पढेलेखेका बाहुन तथा क्षेत्री मित्रहरु…..अरु जाति हरु त तपाईं हरुले नै राम्रो अवसर नदिएर (हेपेर/पेलेर)…पढ्न सकेनन…बुझ्न सकेनन…तपाईं त बुझ्नु हुन्छ नि….ति गवाँर हरुलाई….ति दलित हरुलाई…..ति पिछडिएका जाति हरुलाई उनि हरु को नाम को राज्य दिंदै मा के बिग्रिन्छ र? तर…हामी दिन चाहन्दैनौ….किनकि यो त्यो अचुक अस्त्र ले गर्ने असर हो…..तपाईं पनि त्यसबाट बच्न सक्नु हुन्न अनि म पनि…..झन् ति अनपढ हरु को त कुरा छोड्नुस…….अनि दलित/पिडित/पिछडिएका मित्र हरु अब चिन्ता नलिनुस….बाहुन छेत्री जति कुर्ले पनि केहि हुँदैन….जाबो २८% मान्छे ले के गर्न सक्छ नेपाल मा…… तपाईंहरु ७२% हुनुहुन्छ…अनि देशमा जातिय राज्यहरु बन्दै छन्…अब पालो तपाईंहरुको….देशलाइ यसरि बनाएर देखाइ दिनुस कि सामन्ती बाहुन छेत्री हरु लाजले भुतुक्कै होउन….उनीहरुले कहिले पनि हिम्मत नै नगरुन राज्य संचालन गर्ने……अथवा भनौ तपाईंहरु कै सैलीलाइ…मन पराउन…
    अनि मित्रहरु…कमसे कम अलि अलि अध्यन पनि गरौँ….कमसे कम आदिबासि भनेको के हो चैं भुझौँ…..देश चलाउने कुरा आइ सक्यो….तपाईं को काँधमा….अब पनि बाहुन छेत्री झैं नबुझी बस्नु भयो भने….फेरी तपाईंहरु पनि उस्तै साबित हुनुहोला / अब मुलुक तपाईंहरु कै हातमा छ……बाहुन छेत्रीको परम्परागत सैलीलाई…बिदा भन्ने बेला आको छ…….शुभकामना……देश बनाउने कार्यमा….लम्किने युवाहरुलाई…

    जय प्रचण्ड देव!!!!

  3. नकारात्मक, अबसरबादी, ढोंगी, सोच भएको व्यक्ति चाहे बाहुन होस् वा नेवार होस्, गुरुङ होस् वा मगर होस् थारु होस् वा शेर्पा होस्… जब राज्य संचालन को जिम्मा लिंछा जति सुकै जातीय राज्यको बखान गरे पनि कोहि उभो लाग्दैन भोलि त्यहि भित्रको आफ्नै जातले आफ्नै जातलाई शोषण गरिराखेको हुन्छा ! के बि पी कोइराला, मदन भण्डारी , मनमोहन अधिकारि बाहुन थिएनन् ? के उनीहरुको उदेश्य बाहुनबाद लाद्ने थियो र ? सबै कुरा सोच हो . सदियौ वर्ष देखि गसिरहेको मित्रता कसैको उक्साहट मा आएर न्खाल्बलाउ सामाजिक सद्भाव कायम राखौ… जातिय बिष लै अहिलेबाटै तिरस्कार गरौ . हो सबै को हक सुरक्षा,अधिकार, समाबेशको ग्यारेन्टी गर्न लगाउ अब बन्ने संबिधानमा !

    • This is not the fact that Khas people are smart and they are capable. The fact is the their monopoly plan which is cruelity not smartness. Where is the fair play when I have only option of KHAS NEPALI to give any government exams or any communications in medias.If I use English the people in Nepal says “Nepali Kukur ko Bideshi Bhukai”, Khas has brain washed as Nepali (Khas) language represent nepal.Make a fair ground to sh

      • The language ‘nepali’ is very wrongly termed and this is the clear indication that we need ‘pahichan ko Adhar ma rajya punarsamrachana’. In fact all the languages (magar, rai, limbu etc) are ‘nepali’ language, not only ‘khas’. The whole issue of this andolan is this partiality.

  4. ८०% भन्दा धेरै होलान बाहुन छेत्री सरकारी कर्मचारी . तिनी हरु पढेर आफ्नु मेहेनतले गएका हुन् धेरै . हो केहि आपबाद अवस्य छ मुलुक मा .पैसा र बल भएका कथित जनजातिहरु आफूभन्दा उत्पीडित र उपेक्षितहरुका बारेमा सोच्दैनन्। मुढेवलका आधारमा जे पनि गर्न सकिन्छ भन्ने संकीर्णता पालेकाहरु विगतमा शासकहरुको वरिपरी रहने मौका पाएका केही बाहुन-क्षेत्रीहरुलाई देखाएर सम्पूर्ण खसमाथि खनिएका छन्. यो गलत छ .धन बहादुर नाम राखेर मेरो कहिले धनि ,सम्पन्न, खुसि हुनु?अब जातको नाममा राज्य को नाम राख्दैमा गरिबी र समस्या हटला भन्ने मलाइ लाग्दैन जय नेपाल

    • सरोज जी, महेन्द्र संस्कृत बिश्वबिद्यालय जस्तै नेपाल (नेवारी) भाषा बिस्वबिधयालय, तामांग बिश्वबिधालय, थारु बिश्वबिध्यालय, गुरुङ बिश्वबिध्यालय, लिम्बु बिस्वबिधयाला भएको भए आज ८०% हैन २०% बाहुन क्षेत्री र ८०% अन्य हुन्थे त्यो कुरा नभुलौ राज्यले गरेको पक्षपात भानौकी बहुन्बादिहरुको आफै मात्रै खाउ, लाउ र मोज गरौ भन्ने कपटी र चलाखीपूर्ण चालले यस्तो भएको भन्ने तीतो सत्य कुरा !!!!

      • चेतनजी, सही कुरो उठाउनुभो| केही अपवाद बाहेक उनीहरु कसरी त्यँहा ८०% भन्दा पद ओगट्न पुगे त्यो सबैलाई थाहा भएकै कुरो हो| उनीहरु आफु भर्यांग कसरी हुन्छ उक्लेर माथि पुगे पछी अहिले आएर योग्यता योग्यताको आधारमा भनेर कराई रहेका छन्| कति जना संस्कृत मात्र पढेर न्यायधीश भएका थिए, कतिजना पुरोहित गरेर चाप्लुसी लाएर छोरा छोरी छात्रवृत्ति र जागिरमा हाले| के को योग्यता? योग्यताको आधारमा पसेको भए नेपालको अहिले यो हालत हुने थियो?
        सोझा आंग काजी किन पड्किन पर्यो? त्यो बुझ्न पर्छ| अभि सुवेदी सर बाहेक उनीहरुमा जनजातिको पीडा बुझ्ने अरु जन्मेकै छैन कि क्या हो?

      • कस्तो मुर्ख कुरा गर्नु भको साथि ? १०० थरि भाषाको बिस्व-बिद्यालय खोलेर पनि कहिँ देश बिकाश हुन्छ ? सबैलाइ एक सुत्र मा बाध्ने भाषा चाहिएन ? अनि संस्कृत भाषाको किन अपहेलना गर्छौ ? कति बिकसित भाषा हो संस्कृत पर-कालमा भन्ने कुरा बुझेका छौ ? आज जर्मनी र अमेरिकाका केहि बिस्वबिध्यालयहरुमा किन संस्कृत पदाईदैछ भन्ने कुराको अध्यन गर |

    • This is not the fact that Khas people are smart and they are capable. The fact is the their monopoly plan which is cruelity not smartness. Where is the fair play when I have only option of KHAS NEPALI to give any government exams or any communications in medias.If I use English the people in Nepal says “Nepali Kukur ko Bideshi Bhukai”, Khas has brain washed as Nepali (Khas) language represent nepal

      • BTW have you appeared in any government exams? Most non-administrative job exams can be written in English, I guess. Even then, several have multiple-choice questions forming a significant portion of the test. Of course, it will be a problem if you do not know the language at all

  5. प्रचण्ड मुर्दाबाद!!!!!!!
    मेरा छत्तिस भाइ छन्| म घरको जेठो छोरो(?????)| घरको हर्ताकर्ता| घरमा मैले जे चाह्यो तेही हुन्छ| म बाठो छु| पढेको छु| बिचरा अरु भाइहरु लाटा छन्| गवार छन| त्यसैले गाउमा मेरो एक छात्र रजाइ चलेको छ| अझै चल्ने छन्| मैले कसैलाई छुत कसैलाई अछुत बनाएको छु| कसैलाई मुखबाट जन्मेको कसैलाई पैतालाबाट जन्मेको भन्दा पनि सबैले पत्याएकै छन्| कसैलाई भगवानको अबतार भन्दा पनि पत्याएकै छन| यो खान हुने यो खान नहुने भन्दा पनि ठिकै छन्| यो बोल्न हुने यो बोल्न नहुने भन्दा पनि ठिकै छन्| मेरा छोराहरुले अरु भाइका १७ धार्नी नाक काटे पनि कसैले चुईक्क बोल्न सकेको छैन| अरु भाइका छोरा छोरी लाइ सेनामा भर्न गर्दिन भन्दा पनि ठिकै छन्| तर अहिले प्रचण्ड नामको राक्षसको जन्म पछी मुर्ख भाइहरुलाई उचालेर मेरा बिरुद्ध प्रयोग गरेका छन्| यसले भाइ भाइ बिचको सद्भाव खलबलाउन थालेका छन्| त्यसैले रणचण्डी प्रचण्ड मुरदबाद!!!!!!!!!

  6. पुष्पजीले तल लेख्नुभएको स्याल र बाघ कमेन्टमा पुरै चित्त बुझ्दो लाग्यो| घुमाउरो भाका प्रयोग गर्नेहरुलाई त्यही घुमाउरो भाषामा भन्दा चट्टै लागीहाल्दो पनि रहेछन|
    जातपातको कुरा छाडौ, यँहा मुद्दा विकृत संस्कारको छ जुन वाहुनवादको हो| अरु जातमा पनि यो हावी छ| आफै मात्र खाउँ अरुलाई पाखा लगाउँ भन्ने मानसिकता र व्यवहारले देश खत्तम पारेको हो| यो जो कोहीले पनि महसुस गरेका हुन| यति ठुलो असमानता र ग्याप नभएको भए माओवादीको जनयुद्ध न त् आउने थियो वा आएपनि फिसिक्क पर्ने थियो| दाहाल बाजेले त्यो ग्याप देखे, बुझे र आत्मसात गरे अनि त्यसैको फायदा उठाएर सपना बाँढे| उनले साँचै जनजाती प्रति सबै नेपाली समान हुन् भनेर आन्दोलन गरेका हुन् र सपना साकार बनाउन कटिबद्ध छन् किन छैनन् त्यो भोलिले देखाउंछ| सबै नेपालीले बराबर अधिकार पाउन्पर्छ भने आवाज उठाउँदा अरुलाई किन यत्रो पीर? त्यसैले जनजाती र गैर जनजातीमा फरक देखायो|
    ठिक हिजको दिनसम्म आदिवासी जनजातिलाई अधिकार दिनहुन्न भनेर आवाज उठाई रहने अनि आज आफु पनि आदिवासी हुने, यो भन्दा ठुलो महानता के होला र? सरकारको विल्लाले जनजाती हुन् पाइने रहेछ| त्यो कुरा गहिरो होला|
    मुख्य कुरो, त्यतिका पढेलेखेका विद्वानहरु छन्, तर आदिवासी जनजातिले किन आन्दोलन मचाए त्यो बुझेर पनि नबुझेको जस्तो गरेर मूल मुद्दालाई अर्को तिर मोढंन माहिर छन्| यो समान हको लागि हो वन्धु समान हकको लागि हो|
    जे होस्, वाहुनको होइन, वाहुनवादको विरोध गरौ|
    नव आदिवासीहरुलाई वधाई!!
    हिज सम्म आफुले सरकार चलाएको भरमै सबै विल्ला आफ्नो हातमा परेका हुन वाहुनवादको प्रकोपले| आज गजबले आदिवासी बिल्ला पनि शंख फुकेरै मांगे अनि लिए|

    कसैले म सरकारको बिल्लाले आदिवासी स्वीकार गर्दिन भन्नुहुन्छ भने यँहा भन्नुहोला|

  7. नेपाल अधिराज्यको करिब २७ प्रतिशत जनसंख्या मा रहेका ब्राह्मण र क्षेत्री यी दुइ जातले बाँकी ७३ प्रतिशत आदिबाशी जनजाति मधेसी जनजाति दलित को भावना अधिकार लाई कुल्चिएर एकछत्र आफ्नो एकाधिकार बनाएर शासन गर्दा चाहि जातीय राज्य भएन आज २४० वर्ष देखि उत्पीडन मा परेका हरुले आफ्नो हक र अधिकार खोज्दा चाहि जातीय राज्य भयो …कहाँसम्म को न्याय संगत छ ? मेरो प्रश्न… सम्पूर्ण ….लाई यदि होइन भने आज नेपाल को राजनैतिक, सेना, प्रहरी ,निजामती कलाकारिता,संचार करिब सबै क्षेत्र मा ८० देखि ९० प्रतिशत किन यी दुई जातको मात्र बाहुल्यता ? आज सबै मिलेर राज्यको जनसंख्याको आधारमा समाबेशी अपनाई राज्यको बिकासमा हातमा हात मिलाई सरिक हुनुपर्छ भन्दा यदि यो कसैलाई अपच हुन्छ भने यिनै हुन् राष्ट्र घाती,सामन्तबाद र अतिबाद बाट पिडित हरु जसले कुसंस्कार अन्धबिस्वास अनि पुरातनबाद लाई अङ्गीकार गर्दै नेपाल लाई अझै नर्कमा धकेल्न चाहन्छ …….यिनै हुन् जसले भोलि जातीय वा पहिचानको राज्य भयो भने आफ्नो हालीमुहाली वा समाजलाई सोषण गर्नु बाट बन्चित हुनुपर्नेछ भनेर चिन्ता गर्नेहरु ……. भारतको नागालैंड मा नागा बाहेक के अरु जात जाति बस्दैनन् के तिनीहरु असुरक्षित छन् ? त्यस्तै आसामको आसामी, पन्जाबको पन्जाबी यी सबकुरा हरु अफबाह बाहेक केहि होइन …………….

    • बिन्ती गर्छौ नेतार कर्मचारीहरुलाई बिदेशीले दिएको अनुदान भ्रष्टचार गर्न बन्द गर ।
      आफु मोटाएर देश सुडान,बोस्निय हर्जगोबिना,इथोपिया,सोमालिया नबनाइदेउ ।
      बिग्रेको बिहारलाइ मात्र नहेर फरकेर एक चोटी उत्तर तिर पनि हेर
      त्यहाँ कति बिकास भएको रहेछ|
      बिनासको बाटो मात्र समात्यों तिमीहरूले बिकासको बाटो कहिल्यै पहिल्याएनौं |
      सत्ता र भ्रष्टचारको होड़बाजीले देश नर्कमा डुबायौ
      सीधा साधा नागरिकहरुलाई जीवन भर रुवायौ
      दुई सय त्रिचालिस बर्ष एकल जातीय शासन चलाएर
      तिमिहरुलाई अझै धोको र धोकना पुगेनौ
      यदि ति शोषितहरु शासक र तिमीहरु शोषित भएको भए के गर्थ्यौ
      अझै विवेक प्रयोग गर जहाज डुब्या छैन ।
      घर जल्न थाले पछी कोही रहदैन ।
      त्यसैले समानतालाई अंगालेर नागरिक अधिकार सुम्प्याऊ

    • लौ बुझ पचाउनेहरुले यो कुरा ध्यान लाएर पढीदिनुहोला|
      अहिलेको समस्याको मूल मुद्दा र जड भनेको यही हो| अब आफ्नै जातले मात्र खान नपाईने देखेर अनेक थरिका बितण्डा रच्न थालेका छन्|
      हेर्दै जाउँ यिनीहरुले नेपाललाई साँचै नर्कमै धकेल्न चाहेको हो|

  8. तसर्थ यो देश मा सबै लै बराबरी प्रतिनिधित्वो गर्ने कुरा मा कैले बिरोध नगरौ, पिचादियेका लाइ आफ्नो हक दिउ र देश को राज्य सत्ता मा आफ्नो प्रतिनिधित्वो छ भन्ने महसुस गर्न दिउ , अनि बल्ल सही मानेमा राष्ट्रिय एकीकरण हुनेछा

  9. आज यो देशमा बाहुन छेत्री को राज्य सत्ता बाट भोग गुमना लग्यो भनेर छात्पतियेका छन् , तर आदिबाशी जनजाती को हक हित को लागि लड्न लाग्दा बिष बमन गरि राखेका छन्, राज्य को सम्पूर्ण संयन्त्र मा
    समुनापतिक प्रतिनिधित्व माग्द खेरि जालझेल गर्दा खेरि तिमीहरुले खाद्यंत्र गर्छौ भने यो दमित भएको क्रोध को आगो ले कसैलाई बाकी राख्ने छैन बेलामा बुझ्नु ..

  10. आज भोलि सबै भन्छन
    हाम्रो देश पनि इथियोपिया, रुवान्डा, सुडान, पूर्व-युगोस्लाभिया, श्रीलंका जस्तै हुने भो के साच्चै हो त् ?
    लौ छोटकरीमा हेरौ है त :

    # इथियोपिया: २ पक्षीय युद्द हाल इरित्रिया छुट्टिए पछी मत्थर
    # रुवान्डा: हुतु र तुत्सीको २ पक्षीय युद्द
    # सुडान: उत्तर (मुस्लिम) र दक्षिण (क्रिस्चियन) को २ पक्षीय युद्द हाल दक्षिण सुडानको स्थापना पछी मत्थर
    # श्रीलंका : तामिल र सिंहालाको २ पक्षीय युद्द हाल बल प्रयोग गरि मत्थर
    # युगोस्लाभिया : स्रेबियन (क्रिस्चियन) र बोस्नाक-अल्बनियन(मुस्लिम) बिचको युद्द हाल बिभाजन पछी मत्थर र स्रेबियन (क्रिस्चियन) VS क्रोयेट (क्रिस्चियन) युद्द विभाजन पछी मत्थर /

    हाम्रो देशमा पनि येस्तई होला भन्ने आशंका गर्नु भएको हो?
    यदि त्येसो हो भने त्यो सरासर गलत साबित हुने छ /
    कसरी ?
    माथिको युद्दको सरल खालको २ वा ३ पक्षीय मात्र छ र ति लडाकाहरुको बिचमा पहिले देखि नै विभाजनको रेखा थियो अथवा हाम्रो जस्तो घुलित समाज थिएन उनीहरुको / सरल तरिकाले भन्ने हो भने, धेरैमा वल्लो गाउ र पल्लो गाउ सत्रु सत्रु हुने अवस्था सम्म थिए तिनीहरु तर हामी कहा वल्लो घर र पल्लो घर नै शत्रु-शत्रु हुने स्थिति छ वा घरै भित्र शत्रु हुने स्थिति छ /

    जनाजाति VS खस VS दलित VS मधिसे त् सुरुको अबस्थामा नै देखिएको समुह भए त्येस्पछी
    राइ vs लिम्बु-vs -गुरुङ vs मगर vs तामांग vs नेवार,,,,,,,,,,,
    बाहुन vs क्षेत्री vs दस्नामी vs ठकुरी,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    कामि vs दमै vs सार्की ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    थारु vs धिमाल vs सतार ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    जादाब vs बाहुन vs कोइरी vs हरिजन vs मुसलमान ,,,,,,,,,,,,,,,,,,
    कति पक्षीय युद्द सम्भावित छ ? त्येसको हिसाब किताबको लागी मात्र पनि अल्ज़ेब्राको शुत्र नै प्रयोग गर्नु पर्ने अवस्था आइपर्छ

    सबैले बुझ्नु पर्ने कुरो के भने आज बाहुनलाइ सिध्याउनु पर्छ भन्ने शेर्पाले भोलि लिम्बुलाई पनि छोडदैन र आज शेर्पालाई प्रहार गर्ने बाहुनले भोलि क्षेत्रीलाइ बाकि राख्दैन /

    अनि हेर देशको हालत के हुन्छ होला त्येस बेला ?
    इथियोपिया, रुवान्डा, सुडान, पूर्व-युगोस्लाभिया, र श्रीलंकाको जस्तो स्थिति मात्र हुन्छ होला त ?
    २-३ पक्षीय युद्द हुदा त् त्यी देशहरुमा त्येस्तो स्थिति भयो भने हाम्रो अनगिन्ति-पक्षीय भिडन्त हुदा स्थिति कस्तो होला ?

    हामीकहा हुनै लागेको जस्तो युद्द कहिले पनि र कहि पनि भएको थिएन / त्येसको परिणाम यति भयाबह हुन् सक्छ कि त्येसको कल्पना मात्र पनि आज सम्म कसैले गर्नु सक्दैन /
    मात्र यति भन्न सकिन्छ यो युद्द भयो भने “मानब इतिहासको सबै भन्दा ठुलो धब्बा” हुनेछ /

    जदौ
    तेन्जिंग गाबा

    • अहिले सम्म को सबै भन्दा उचित मूल्यांकन .. धन्य्बाद तेन्जिंग (बाबा) जातीय असमझदारी भनेको सर्प हो, जुन प्रकार ले पाल्यो भने पनि त्यसले डस्छ-डस्छ |

    • धेरै सहि कुरा गर्नु भो तेन्जिंग सर | अब इंडिया र पाकिस्तान कै इतिहाश हेरौ न ,, अंग्रेजहरुले कसरि हिन्दु र मुसलमानलाइ बिभाजन गरिदिए | एक पल्ट भएको जातीय नर-संहारमा कति हिन्दु र मुसलमानहरु काटिए | अहिले सम्म पनि मिलाप हुन सकेको छैन | देशमा सबै जना एक हुनु नै राम्रो हो ,, जातीय राज्यले कसैको भलो गर्दैन | बरु अब आउने संबिधानमा सबैको हक-अधिकार समेटिनु पर्छ | त्यसो गरे मात्रै सबैको भलो हुन्छ |

  11. ब्राम्हण छेत्री लै आदिबासी भन्न नहुने भन्ने कुरा असधई नराम्रो लग्यो केहि अबसरबादी नेताको निहुमा, तिनैबाट परिचालित भई औता जात को बिरोध गर्ने र दमन गर्ने नीतिको साचिकै बिरोध गर्ने बेला भैसकेछ…..अब तिबत बाट आएको तिबेतियन ले, इंडिया बाट आएको २/४ पुस्ता नेपाल बसेको ले, असम बर्मा तिर बात औनुभाको हरुले आदिबासी भन्न मिल्ने र सधियु देखि बसेको ब्राम्हण छेत्री ले अधिकार माग्यो र पायो भनेर पो आन्दोलन ? किन सबै ब्राम्हण चेत्रिहरु राज गर्दै बसेका थिए र छन् कि के हो नेपाल मा ? बरु चुनाब मा छेत्री ब्राम्हण लै उठ्न नदिनु…हामी लै मतलब छैन तर हामी ले चै अधिकार मग्न र गरिखान नपाउने……?

  12. संघियता आओस नेपालमा तर यसरि न आओस कि ताम्सालिंग राज्य को मेलम्ची नेवा राज्यमा आउन न पाओस, नेवा राज्यको फोहोर तम्संलिंग राज्यमा मिल्कौना न पाईयोस……..जय देश जय जनता….

  13. माथि को लेख सर सरति पडदा सबै के कुराहरु राम्रो छ तर मेरो भनाइ के भने
    यकातिर जात छैन भन्ने आर्को तिर जातीय राज्य को माग राख्ने कस्ता मुर्ख (हामी कस्ता मुर्ख ) जनताहरु ?यो जातीय कुराले हामी सबै को प्रगति हुन्न बरु हामी १८ औ सताब्दी तिर गैरका छौ तसर्थ आफ्ना साना तिना स्वार्थ लाइ बिर्सेर सबैको भलो हुनी सहमति तिर लाग्दा कसो हुन्छ ? बरु देशको हित लाइ सरोपरी हुनीगरि हामी सबैले तेस्ता सुझाब दिने तिर सोचौ
    तेरो यस्तो मेरो यस्तो खाली मुखको तितो मेटौनी काम लाइ कम्ति गरौ तेसै मा हाम्रो भलाइ छ

  14. माथि को लेख सर सरति पडदा सबै क कुराहरु राम्रो छ तर मेरो भनाइ के भने
    यकातिर जात छैन भन्ने आर्को तिर जातीय राज्य को माग राख्ने कस्ता मुर्ख (हामी कस्ता मुर्ख ) जनताहरु ?यो जातीय कुराले हामी सबै को प्रगति हुन्न बरु हामी १८ औ सताब्दी तिर गैरका छौ तसर्थ आफ्ना साना तिना स्वार्थ लाइ बिर्सेर सबैको भलो हुनी सहमति तिर लाग्दा कसो हुन्छ ? बरु देशको हित लाइ सरोपरी हुनीगरि हामी सबैले तेस्ता सुझाब दिने तिर सोचौ
    तेरो यस्तो मेरो यस्तो खाली मुखको तितो मेटौनी काम लाइ कम्ति गरौ तेसै मा हाम्रो भलाइ छ

    • राज्यको हरेक अंग र तहमा जाति/समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व नयाँ संविधानमा सुनिश्चित गराउने। यो भनेको के हो ? एकातिर जात छैन भन्ने आर्को तिर जातीय राज्य को माग राख्ने? आफ्नु छ्यमतामा बिश्वास गर्न सिकुम . फूटबलमा गोल कीपर -बाहुन , फोरवार्ड- लिम्बु ,राइ ,नेवार , डिफेन्स – तामांग,थारु ,कामि . येही हो समानुपातिक प्रतिनिधित्व भनेको ? पद्ने बेला मा गुच्छा खेल्ने , छाती नपाउने , अनि अहिले पछि परेको महसुस गरेर हुन्छ ? लाज लाग्दैन है , ८०% भन्दा धेरै होलान बाहुन छेत्री सरकारी कर्मचारी . तिनी हरु पढेर आफ्नु मेहेनतले गएका हुन् धेरै . हो केहि आपबाद अवस्य छ मुलुक मा .पैसा र बल भएका कथित जनजातिहरु आफूभन्दा उत्पीडित र उपेक्षितहरुका बारेमा सोच्दैनन्। मुढेवलका आधारमा जे पनि गर्न सकिन्छ भन्ने संकीर्णता पालेकाहरु विगतमा शासकहरुको वरिपरी रहने मौका पाएका केही बाहुन-क्षेत्रीहरुलाई देखाएर सम्पूर्ण खसमाथि खनिएका छन्. यो गलत छ . जय नेपाल

      • सुमन बराल जी,
        तपाइले एउटा कुरा बुझेर पनि बुझ पचाएको जस्तो चाही के लग्यो भने बाहुन क्षेत्रीले के ले गर्दा अवसर पायो भन्ने मुख्य कुरा नै बिर्सनु भयो त्यो हो पृथ्वी नारायण शाहले एकमात्रै भाषा खस लै नेपाली बनाएर लादेकोले त्यसको फाइदा वा चिट्ठा चै अबस्य बाहुन र क्षेत्रीलाई परेको हो ! यदि खस भाषाको सट्टा नेवारिलाई मान्यता दिएको भए आज सायद बाहुन क्षेत्रीको स्थिति अर्कै हुने थियो !

        यहाँ के बिर्सनु हुन्न भने नेपाल ले UN को सदस्यता प्राप्त गर्न नेपाली हैन नेपाल भाषा अर्थात् नेवारी भाषालाई राष्ट्र भाषाको रुपमा नेवारी लिपि लेखाएर नेपाल स्वतन्त्र रास्ट्रको रुपमा आज छ नत्र उहिलेनै भारतको एउटा प्रान्त बनिसक्थ्यो !

        यस्तो हुँदा हुँदै पनि तानाशाही निरङ्कुश पंचायती व्यवस्थाका संस्थापक महेन्द्र शाहले नेवारी भाषालाई हैन नेपाली भाषालाई नै निरन्तरता दिएर पृथ्वी नारायणले पारेको चिट्ठामा अर्को थप पुरुस्कार बाहुन क्षेत्रीलाई दियो ! यहि नै हो मुख्य कारण बाहुन क्षेत्रीले कसरि उन्नति गरे ? अर्को उदाहरण हेरे पुग्छ महेन्द्र संस्कृत बिश्वबिध्यालय, कसरि एउटा मात्रै जातिको लागि स्थापना भयो के यो पक्षपाटि हैन ???यो केवल एकल जातिको उन्नतिको लागि कसरि बाहुन क्षेत्रीले जाल झेल गरि संस्कृत बिश्वबिध्यालय स्थापना गर्न सके नेपालमा ????

        हातको चुरालाई ऐना हेर्नु पर्दैन सुमन जी !

      • सुमन जी पढ्ने बेलमअ गुच्छा नै खेल्न गयेनी पढेको जनजाती नै धेरै छ नेपाल मा संख्या को हिसाबले \ अब जति पढे पनि हाकिम हुन कहिले दिने होइन, ठुलो पोस्ट कहिले दिने होइन \ सबै आफै आफैलाई बाढेर मात्र हुदैन नि \ पढेर मिहिनेत गरेर पनि केहि नदिने भएर नै आन्दोलन गर्या हो \ मुढे बल आन्दोलन मा सबैले गर्छन त्यो तपाई हरुले नि गर्नु भएकै हो \ जातिय राज्य मा एउटा जातले राज्य गर्छ तर जातिय पहिचान को राज्य भनेको बुझ्नु भएको छैन कि के हो हजुरले तेही नेताले र मेडिया ले लेखेको भरमा बोल्ने \ जातिय पहिचान को राज्य भनेको त्यो जाति त्यो ठाउँ मा पहिले आएर विस्तार भएको भनेर इज्जत को लागि नाम राखम भनेको हो कसैले राज गर्ने भनेको होइन त्यहाँ तपाई पनि हैसियेत छ भने राज गर्नु हुन्छ \ बुझ्दै नबुझी धेरै बोल्नु हुन्न सबै जाति बराबर नै हो \

        • पद कसैले दिदैन आफ्नो क्ष्यमता ले लिने हो. अर्को कुरा संस्कृत बिस्व बिद्यालय मा छेत्री हरु छैनन्/ फेरी अर्को कुरा, संस्कृत बिस्वबिध्यालय पढेका हरु ठुलो ठुलो पद लिएर बसेका छैनन्, पण्डित भएका छन् /

          • बिनय जी तपाई संस्कृत विश्व बिद्यालय पढेर आएको हो? होइन भने तपाईको तर्क मा मान्नेवाला छैन !

            तपाइले भुल्नै नहुने कुरा चाही भाषाले गर्दा नै एकल जातीय समुहलाई बढी अवसर मिलेको कुरा हो अरु त तपसिलका कुराहरु हुन् !

            • चेतन जी,
              भाषाले जातीय समूहलाइ फाइदा गराउछ, त्यो एकदम सहि कुरा हो | नेपाल अधिराज्य ठकुरी र छेत्रीहरुले जिते पर-कालमा र नेपाली भाषालाइ नै राष्ट्रिय भाषा माने | जसको सक्ति र सासन हुन्छ उसैको भाषा र नियम लागु हुन्छ यो कुरा त भन्नु नपर्ला | हिजो नेपाल एकीकरण कुनै लिम्बुले गरेको भए आज नेपालको बोल्ने भाषा सायद लिम्बु भाषा हुन्थियो होला | अहिले आएर भाषा भएन भन्दै गुनासो गर्न चै अलिक मिल्दैन | तपाईलाइ नेपाली भाषा चै अर्काको भाषा अनि अंग्रेजी चै आफ्नो ? तेस्तो तर्क गर्नुहुन्छ भने अंग्रेजी भाषा पनि बहिस्कार गर्नुस न .. सक्नुहुन्छ ?? देशमा कयौ जनजातीहरु कबि, लेखक, पत्रकार छन् | कुरो एती मात्र हो कि सबै नेपालीले सिक्ष्या र पदने बातावरण पाउनु पर्यो | राम्रो सिक्ष्या पाउने भने एउटा जनजातीले बाहुनको भन्दा राम्रो नेपाली बोल्न र लेखना सक्छ| यस्ता कयौ उदहारणहरु छन् |

            • महेन्द्र संस्कृत बिश्व बिद्यालय मा त संस्कृत पो पढ़ईन्छा त अनि आज भोलि कसै ले पनि संस्कृत बोल्दैन | अनि कहाँ बाट संस्कृत बिश्व बिद्यालय संग अवसर को साइनो जोडियो? आफ्ना जुन सुकै कमि कमजोरी को दोष छेत्री बाहुन माथि न थोपर महासय | योग्यता भएको जुन सुकै व्यक्ति जागिर मा अवसर पाएका छन् | मेरा जति पनि जन जाति साथि हरु छन् ति सबै राम्रै जागिर खाएका छन् | किनकि ति तिनीहरु सिक्षित र योग्य छन् |

            • पृथ्वी नारायणको समयमा राजाले बोल्ने भाषा स्वत दरबारिया कामकाजको भाषा भयो होला अनि आवश्यकताको सिद्धान्त अनुसार बिस्तारै त्यही भाषा सम्पर्क भाषा हुदै गयो | त्यो जित्ने को सबैथोक हुने इतिहासको एउटा नियति हो न कि बाहुन छेत्रीले त्यति बेला देखि भविस्यको पुस्ता सोचेर गरेको षड्यन्त्र | त्यसकारण पृथ्वी नारायणलाई यहाँ ल्याउनु त्यति सान्धर्भिक भएन | महेन्द्रको पालामा चाहि अन्य भाषाहरूलाई सौतेनी व्यवहार गरेकै हो | धेरै भाषा सम्पर्क भाषा बनाउन त त्यो बेला पनि सम्भव थिएन होला तर अन्य भाषाहरूलाई विकास गर्ने अवसर दिन सक्नु पर्थ्यो |

              तर अहिलेको स्थितिमा आइसकेपछि अवसरको असमानतामा भाषा मात्रै कारण हो भन्ने मान्न गार्हो छ | पत्रकारिता, वकालत आदि केहि विधा बाहेक अन्यमा भाषा त्यति मुख्य होइन, बाहुन छेत्रीहरूलाई नेपाली भाषा बोल्न सहज भए जस्तो भए पनि लेख्ने कुरामा कोही भन्दा कोही कम हुनु पर्ने स्थिति छैन र छंदा पनि छैनन् | समान छैनन् भने त्यो अध्ययनको समानको अवसर नभएर हो | त्यो कुरा सरकारी र प्राविधिक संयन्त्रहरुमा उल्लेख्य संख्यामा नेवारहरू हुनु ले देखाउछ | अहिले राज्यको कतिपय संयन्त्रमा असमानता भयो भन्ने कुरा पनि बिगतमा विभिन्न जात जाति समूहहरूको फरक फरक चोइस रहेकाले र तिनमा २०-३० वर्ष अघि सम्म पनि शिक्षालाई त्यति प्रधानता नदिईयेकाले हो | अब को स्थिति बेग्लै छ र बिस्तारै समानता आउछ | सल्यक्रिया गरेर तत्काल सबै क्षेत्रमा समानुपातिक सहभागिता बनाउनु कति कति सही हो कति गलत त्यसमा बहस हुन सक्छ |

              PS : रन्जना लिपि नेपालमा विकसित लिपि भएकाले राष्ट्र संघमा रेजिस्टर गरिएको हो | नेपाल भाषाको अलाबा कुनै समयमा काठमाडौँ वरपर संस्कृत, खस आदि भाषा पनि त्यो लिपिमा लेखिन्थे सायद | नेपाल भाषालाई राष्ट्र भाषा देखाइएको भन्ने कुरा चाहिँ थाहा भएन |

  15. समय उस्तै हो मौसम उही हो
    लडाई भै रहन्छ हरदम उही हो

    प्रदेश प्रदेश विभाजित हुदैमा कहा हुन्छ
    किन भने नेपालीको बदनाम उही हो

  16. मुठी भर आन्दोलन कारीले जातिये नाम मा गाली गर्यो भनेर सबै आदिवासी ले गाली गरेको होइन साथी \ मेडिया ले हुने नहुने लेखेर नराम्रो खबर बनाएको मात्र हो \ सबै मिलेर बसौ तर पहिचांन दिदैमा कसैले कसैलाई लखेट्ने कुरा गरेको छैन साथी हामीले \ सबै जात जाति बराबर हो \ आज को स्तिथि मा सबै ले पढेकै छन् जो को हि पनि जे काम को लागि पनि हैसियेत राख्चन \ तेही सबैलाई बराबर हक दिने कुरा मात्र हो \ मेरो पनि बाहुन साथी छ चेत्त्री साथी छ \ सबै राम्रो छन कसैले कसैलाई हेप्दैनन \ एकदाम गरिब बाहुन पनि छन् चेत्त्री पनि छन अनि एकदम धनि जनजाति पनि छन् \ तर आफसोश समुनापतिक भागबन्डा छैन नेपाल मा राज्येको अनि माथिल्लो तहको स्थान को \ पहिचान सहित को राज्य भनेको इज्जत रखिदिनुस है भने जस्तै हो\ त्यो ठाउँ मा पहिले कतै बाट आएर तपैले आफ्नो विस्तार गर्नु भएको हो भनेर नाम दिने मात्र हो \ त्यो ठाउमा जो कसैले पनि आफ्नो योग्येता अनुसारको काम गर्न सक्छ चाहे त्यो ब्राह्मण होस् या chettri या जनजाति \ नेता हरुले घुमाएर र मेडिया ले नहुने नहुने कुरा गरेर जातिय लादै हुन्छ भनेर जनता लै झुक्कएको मात्र हो साथी \

  17. यो संझौताले आदिवासी जनजातिलाई जंगलीको संज्ञा दिनेहरूको छाति चिरा चिरा भएर जलेको हुनुपर्छ । त्यही भएर त बौलाएको कुकुर जसरी यहाँ कमेन्ट भुकिरहेका छन् । आदिवासीहरूले हामीलाई नेपाली भएर बाँच्न देउ भन्दा किन टाउको दु:खाइ

  18. जनता नै भेडा भएपछि कसको के लाग्छ र ??? २/४ जनाले आफ्नै स्वार्थको लागि नेतागिरी गरेर विभिन्न बहानामा नेपाल बन्दको आब्हान गर्छ उसैको पछाडी हो मा हो मिलाउदै सोझासाझा जनता बुझ्नु छैन त्यसै दौडिने पनि अनि कहाँ देशमा शान्ति आउछ ….देशमा शान्ति र रोजगारको अभाब छ यसको समाधान कसरि गर्ने भन्नेतिर जुट्नु छैन ….कुन जातले के कुरा अड्को थापेछ अर्को जातले अर्को अड्को थापेछ …जनताको लागि भनेछ जनतालाई दुख दिएछ यस्तो पनि कहिँ हुन्छ….

    • यस्तो ‘सोझासाझा’ जनता, जनता होइन प्रजा बनाउने को त ? नागरिक बनाउनुपर्यो नि । आज केही गरी जनता नागरिक बन्न कम्मर कसेर लाग्या बेला ‘भेँडा’को संज्ञा दिनुले त उही काजी चरित्र उजार गर्यो नि ! कि कसो थापाजी ?

      • यथार्थ के हो?? र किन यस्तो भैरहेछ भन्ने जानकारी नभई लहै लहैमा लाग्नेहरु प्रति लक्षित छ मेरो शब्दहरु बुझ्नेले बुझ पचाई आफ्नै फाइदाको लागि नेतागिरी गर्छन नबुझ्नेले होला भन्दै पछी लाग्छन यसरि बित्थामा पछी लाग्नु पक्कै पनि भेडा समान हुन्छ पुष्प जी नागरिक बन्नलाई नेपाल बन्द गरेर जनतालाई नै सास्ती हुने गरि दुख दिदैमा नागरिक बनिदैन साचो के हो गलत के हो त्यो छुट्याउन आफै जान्नु पर्छ …. संघियता बन्नु जरुरि छ ताकी देसको विकास तिब्र रुपमा हुने छनक झल्किन्छ ..तर संघियताको नाममा जात जातिहरुको युद्द नहोस.. प्रदेशहरु जातीयताको नाममा होइन नम्बरको हिसाबले राखियोस् ताकी सबै जनजातिले कसैप्रति औला ठड्याउँन नमिलोस …

      • कुरालाई जसरि ब्याख्या गर्दा पनि हुन्छ ..
        अमेरिका जस्तो प्रजातान्त्रिक मुलुक किन अरु देशमाथि दादागिरि गरि रहन्छ , चिन किन तैबन र तिब्बत माथि आफ्नो उपनिवेश लादि रहन्छ , सबै भन्दा बिशाल लोकतान्त्रिक देश भारत किन कुनै छिमेकीको मित्र हुन सकेन , किन इजरेल जस्तो अति सानो र नया देश पुरै अरबमा रवाफ पूर्ण बस्छ , किन बेलायेतले हंगकंग चीनलाई फिर्ता गर्यो , तर तेही ब्रिटिशले लिएको नेपाली भूभाग भारतले नेपलालाई फिर्ता गरेन …संसार र प्रकृतिको नियम नै येस्तई छ कि बलियाले दुर्बल, बाठोले लाटो, ठुलाले सानोलाई सधै कजाई रहन्छ …
        माथिकई बार्ता टोलीको उदाहरणा लिउ न , किन ८-१० जतिको (१-२ थारु तामांग आदि छाडेर मानव बिकाश सूचांक अनुसार उपल्लोहरुको ) मात्र उपस्थिति छ त त्यो टोलीमा (बाकि झनै पछि परेका / पारिएका ९० जति जाति जनजाति किन समाबेश जरुरि गरिएन ) , किन सबै भन्दा पिछडिएका र दलितहरुको १ जनाको पनि उपस्थिति छैन त त्यो बार्ता टोलिमा , किन ५-६% जनसंख्या हुने नेवार समुदायको बार्ता टोलीमा ३०% (५४ मा १६ जनाको ) उपस्थिति छ … प्रधान सेनापति बाहेक सबै पोस्टमा नेवार समुदाय पुगी सकेको छ र राज्यमा जबर्जस्त उपस्थिति छ .. तपाई जस्तो मार्क्सको बर्गीय ज्ञान हुने मान्छेले यो जातीय नाममा केहि निश्चित जात भित्र एउटा सानो नया बर्ग उठान मात्र हुने हो भन्ने कुरा त पक्कै बुझ्नु भा होला … तराईमा अखण्ड हुनु पर्ने रे , के तेसो हो भने तराइका ४०-५० अन्य जाति सधै यादव/शाह/ गुप्ताको साशन मई बस्लान त ..के ५% जनसंख्या हुने मुसलमानले राज्य बिहिन भएर बस्न मान्लान त .. आफ्नो नाममा राज्य नपाएका अल्पसंख्यक अरु ७०-८० जातिले फेरी अर्को राज्यको माग गर्दैनन् भन्ने के ग्यारेन्टी छ .. अरुको राज्य भित्र एउटा एउटा सानो स्वसित क्षेत्रको लोलिपोपले तिनी हरुले चित्त बुझौलन ??
        के यो देशमा सबै खस बाहुन क्षेत्री शाषक र पीडक मात्र छन् त , कि खस बाहुन क्षेत्री मात्र शाशक र पीडक हुन् र यिनको आलो रगत चाटेर दिर्घ शान्ति छाउछ ?? अन्य सबै दुधले नुहाएका मात्रै हुन् ??
        अब जनता , प्रजा , नागरिक जे भनेपनि समस्याको दिर्घकालिन समाधान भनेको बर्गीय उत्थान नै हो जस्तो लाग्छ .. सिछ्या, रोजगारी र शान्त संग जीवन जिउन सक्ने बेबस्ता सहितको लोक कल्याणकारी राज्य भय यी यावत समस्या बिस्तारै निराकरण हुदई जान्छन … अहिले त केवल केहि जातिय मोर्चा मात्र देखिएका छन् भोलि शिव सेना / बजरंग दलहरु धार्मिक नारा लिएर सडकमा आउन थाले भने इस्थिती कस्तो होला … म यो पछिलो कुरा येश कारण भन्दै छु कि , यो मुद्धाको उठान पहिले क्षेत्रीय रुपमा ( पाहाडे र मधेसी भनेर ) उठेको हो , बिस्तारै पहाड तिर जातीय रुपमा परिवर्तन भयो , तराई मा पनि थारुहरुले उठाई सके , बिस्तारै राजबंशी , सतार , धिमाल , मुशाहर , कोइरी , मलाहा , नुनिया आदि हुदै भासिक रुपमा मैथिली , भोजपुरी , अबधि , थारु हुदै बिस्तार हुने हो … यसरीनै एसले धार्मिक रंग नलेला भन्न पनि सकिन्न , जुन यो कम्जोर राज्यले धान्नै सक्दैन .. आगो त भित्र भित्रै लागि सकेको छ ….
        कोहि शासक र कोहि साशित हुनु हुदैन , समता मुलक समाज बिना राज्य अगी बदनई सक्दैन , येश कुरामा कसैको बिमति नहुन पर्ने हो .. कतै हामी समस्या समाधान गर्ने नाउमा झनै बल्झाउदै पो छौ कि भन्ने मेरो आसंका मात्र हो ..
        यो मेरो व्यक्तिगत धारणा हो , कृपया जातीय विद्वेष त्यागेर ठण्डा दिमागले आम नेपाली भएर मनन गरिदिनु होला …

  19. मसिनो देशमा मिलेर बस्न नसक्ने, जातिय प्रदेशमा कसरि मिलेर बसछन् ? जातिय प्रदेश आए पनि पिडित जातिको भलो हुदैन, फटाहा, डाका अनि हैकमबादले नै राज गर्छन | हेर्दै जानुस | यहाँ हरेक नेपालीको सोच बदल्न जरुरि छ, त्यो असल शिक्षाले मात्र पुरा गर्छ | पढ र पढाउ अभियन लागु गर अनि कृषिमा नया क्रान्ति लाऊ…बस देश आफै बन्छ |

  20. केही स्यालहरू बाघ बनेर अरु सानामसिना जनावरहरूमाथि राज गरिरहेको थिए । आज ती सानामसिनाहरू एकजुट हुँदा आज ती स्यालले फेरि रंग फेरेर सानामसिनाको झुण्डमा हराउने कोशिस गरिरहेका छन् । यस्तो छेपारेचरित्र प्रदर्शन गरेर हरेकचोटि झुक्याउँदै आइरहेका छन् ती स्याल । अब भने कुनै पनि हालतमा झुक्किनुहुन्न ।

    • कति तुच्छ सोच ,खुलेर भन्नुस न बाहुन छेत्री लाइ आदिबासी बनायो भनेर म लाइ चित्त दुख्यो |
      आखिर जुन कुरा सत्य हो ,त्यो भएर नै छाड्छ | बाहुन भनेर प्रचण्ड ,सुशील कोइराला र झलनाथ जस्ता डाका लाइ मात्र न हेर्नुस न ,ति करोडौको संख्या मा गाउ ,कुना कन्दरा मा बस्ने गरिब हरुलाई पनि हेर्नुस |अनि उनको पहिचान न चाहिने ?
      तपाइको ठुलो ठुलो आदर्श को कुरा ,लामा लामा कम्मेन्ट ढोंग जस्तो मात्र लाग्यो |
      जब तैले सके त् मैले सके म तपाइको सोच हो भने किन बाहुन बाद भनेर सधै रुन्चे कुरा गर्नुहुन्छ ? बाघ ले रुदो पनि रहेछ ,कस्तो भाग को श्याल भन्दा झुर |

      • मैले यहाँ कुनै बाहुन वा क्षेत्रीको कुरा गरेको नभई बाहुनवादको हो, जसले आजसम्म यो देशलाई चुसिरहे । जहाँसम्म बाहुन-क्षेत्रीहरूले आफूलाई आदिवासीमा दरालेको कुरा छ यसमा चित्त दुखेको नभई आक्रोश जागेको छ । आक्रोशसँगसँगै टीठ अनि हाँसो पनि लागिरा’छ ।

        यदि बाहुन-क्षेत्री आदिवासी नै भएको भए पहिले नै किन दावी गरेरनन् । नयाँ संविधान बन्ने तरखर लाग्या बेला अहिले आएर आफूलाई आदिवासी भन्नु कत्तिको जायज हो । योभन्दा नकचरो काम अरु के हुनसक्छ ? के यो छेपारे चरित्र होइन ?

        म कुनै आदर्शवान मान्छे होइन । एउटा सामान्य नेपाली नागरिकको हैसियतले आफ्नो विचार लेख्ने गर्या हुँ । तपाईंलाई पहिला आदर्श लाग्नु र अहिले ढोङ लाग्नुमा मलाई कुनै आश्चर्य छैन । आखिर मान्छेले आफूअनुकुल कुराहरूलाई मात्र आत्मसात् गर्ने न हो ।

        • अनि पुष्प ज्यू, बाहुन छेत्री के हुन् त…सुनुम्न

        • झगडा ,बिबाद जुन बेला पनि गर्ने बिसय हैन ,सेवा सुबिधा लगे,आराक्ष्याँन को कुरामा चुप बसे |अब आएर देशी बाट लाखाटने कुरा गरेपछि जुर्मुराएका हुन् |
          तापाई ले अलिकति पनि पढ्नु भएको छ भने सोच्नुस ने मु नि बाहुन नै थिए ,लिछाबी र गोपाल बम्सी समेत क्षेत्री हुन् ,सेन हरु क्षेत्री हुन् ,नेपाल तपोभूमि तेत्रा हृसी मुनि बाहुन अनि कसरि बाहुन छेत्री आदिबासी हैन ?
          रिस उठो भन्दैमा जथाभाबी बोल्ने ,लेख्ने ?
          क्षेत्री ले देश एकीकरण गरे ,अहिले सम्म देश जोगाए ,खालि नकारात्मक सोच मात्र ?

    • लडाई को संग हो पुष्प? बाहुन छेत्री संग कि राज्य संग ? घुमुअरो पाराले स्याल भनेर बाहुन छेत्री लाई भने जस्तो देखियो. तेती बुद्धि पनि छैन येत्रो कमेन्ट गर्न जान्ने मान्छे लाई. आधिकार को संग माग्ने हो भनेर. पाण्डा जस्तो हुनु पर्छ मान्छे भए पछि “its from ASIA, holds both black and white color” चेतना भया जय देश नेपाल not राज्य 😀

  21. “जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत
    गरी नेपालको नयाँ संविधान जारी गराउने ।” भनि सहमति गरेर देशलाई गृह युद्ध
    बाट जोगाएकोमा सबैलाई धन्यवाद /”
    “आंग काजी शेर्पा ले बोलेको कुरा २ करोड आदिबासी जनजाती को आवाज हो प्रवेश जी , बल्ल बाहुन नेता हरु को बुद्धि छिटो आयो नत्र ज्ञानेन्द्र को जस्तो हालत हुने थियो नेता हरु को”
    यी कमेन्ट हरु हेर्दा…..
    मेरो जन्म चितवन म भएको हो/ म नेपाली हु भन्ने लागेको थियो ‘बाहुन’ पो रहेछु ‘भुपेन्द्र चौधरी’ मेरा ‘मित’ थिए उनि त थारु पो रहेछन,मित बुवा लाई म गोडा ढोग्थे,उहाको प्यारो छोरा मद्धे एक म नि थिए/पित्रे औसी,जितिया,होरिया,ठुलो एकादसी हामी पनि मनौथियेउ/दसैँ मा टिका दुवै घर मा लगाऊथेउ/’खिचरा’ मा संगै ‘चिचर’ पोका पारथेउ…..आस्ति को बन्द मा ‘चितवन’ मा जातीय नारा लागेछन झडप नि भएछ,यो आगो कहाँ बाट आयो हामी लाई डढाऊने, हामी लाई लडाउने? भोलि म(बाहुन) जस्ता ले मितज्यु लाई हान्न जालान,मितज्यु (थारु)जस्ता ले मलाई हान्न आउलान,के म मितज्यु लाई जोगौना सकुला???के मितज्यु ले मलाई जोगाउन सक्नु होला????तेस पछि का दिन मा मेरो छोरा ‘चिचर’ पोका पार्न जाला? वा मेरो मित छोरा दसैँ मा मेरो हात को टिका थप्न आउला???मित बुबा स्वोर्गे हुनु भो यी प्रस्न को उत्तर उहा लाई दिन नसक्ने भएका छौ हामी २ मित……

    • राज्यको हरेक अंग र तहमा जाति/समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व नयाँ संविधानमा सुनिश्चित गराउने। यो भनेको के हो ? एकातिर जात छैन भन्ने आर्को तिर जातीय राज्य को माग राख्ने? आफ्नु छ्यमतामा बिश्वास गर्न सिकुम . फूटबलमा गोल कीपर -बाहुन , फोरवार्ड- लिम्बु ,राइ ,नेवार , डिफेन्स – तामांग,थारु ,कामि . येही हो समानुपातिक प्रतिनिधित्व भनेको ? पद्ने बेला मा गुच्छा खेल्ने , छाती नपाउने , अनि अहिले पछि परेको महसुस गरेर हुन्छ ? लाज लाग्दैन है , ८०% भन्दा धेरै होलान बाहुन छेत्री सरकारी कर्मचारी . तिनी हरु पढेर आफ्नु मेहेनतले गएका हुन् धेरै . हो केहि आपबाद अवस्य छ मुलुक मा .पैसा र बल भएका कथित जनजातिहरु आफूभन्दा उत्पीडित र उपेक्षितहरुका बारेमा सोच्दैनन्। मुढेवलका आधारमा जे पनि गर्न सकिन्छ भन्ने संकीर्णता पालेकाहरु विगतमा शासकहरुको वरिपरी रहने मौका पाएका केही बाहुन-क्षेत्रीहरुलाई देखाएर सम्पूर्ण खसमाथि खनिएका छन्. यो गलत छ .धन बहादुर नाम राखेर मेरो कहिले धनि ,सम्पन्न, खुसि हुनु?अब जातको नाममा राज्य को नाम राख्दैमा गरिबी र समस्या हटला भन्ने मलाइ लाग्दैन जय नेपाल

  22. ए साथी हो! लौ न मलाई बुझाईदिनुस् जातिए राज्यको बारेमा। मेची र महाकाली किनारमा माछा मारेर जिविकोपार्जन गर्ने थारु आमाबाहरु आफुले अधिकार प्रयोग गर्न थरुहट अाइपुग्नु परेपछी, धनुषा,सर्लाहीमा हलोजोत्ने तमाङ लगायत दाजुहरु अग्राधिकारको लागि सिन्धुपाल्चोक,काभ्रे आउनु परेछी अथवा सिन्धुली चिसापानी बस्ने नेवार दिदीहरु अग्राधिकारको लागि यही खाल्टो धाउनु पर्ने हो भने समय पछाडि धकेल्दै छौ कि अगाडि। मलाई यो प्रचन्ड अग्रगमनको तापले पोल्नै थाल्यो भन्या। यो बिर्खेको बुद्धिमा बिर्को लागेको पो हो कि?

  23. समानुपातिक ६० प्रतिसत रे. यो त अति भो यार.
    समानुपातिक नो नाममा अहिले जो जो सभासद भाका छन्
    तिनीहरु फेरी पनि शक्ति हातमा लिएर रास्टको ढुकुटीमा रजाई गर्ने भए .

    यो देशमा १०/ १५ जना भाते नेताहरु कोठामा बसेर आफ्नो आफ्नो स्वार्थ अनुरुप
    बार्ता गरि सहमति गर्दैमा सबैले मान्न पर्छा भन्ने छ?

    जातिय संघियेता मा जानेकी नजाने भन्ने कुरा जनमत संग्रह बाट गरिनु पर्छा .
    मलाई लाग्छा जनमत संग्रहमा गयो भने जातिय संघियेता पराजित हुन्छा.
    प्रायजस्तो नेवार शेर्पा तामांग गुरुङ हरु या अन्ने जातिका मान्छेहरुलाई यो जातिय राज्य संग कुनै लेनदेन छैन. सबैजना सिंगो नेपालको पक्छेमा छन् .

  24. यो कुनै आदिबाशी जनजाती होइन, हिजोका YCL आजका अयोग्य लडाकु, आवकश लिने लडाकुहरुको जमात अर्थात् माओबादीले गरको आन्दोलन हो | येस्मा वास्तविक दलित र जनजातीको कुनै प्रतिनिदिथ्वो छैन |

    होइन यो देश मा जनजाती भन्ने नै कोहि छैन, यो हावाको, मान्छे बेअकूफ बनाउने आन्दोलन हो | कुन जतिले कुन जातिलै कसरि, बाधा गर्यो भन्या ? कसै संग जवाफ छ ? यो साब कम्युनिष्टको आरिशको राजनति हो | आफु मेहनेत न गर्ने अनि अरु लै दोष दिने घोर कम्युनिष्ट चरित्र हो, नेपाल मा हरेक जाति पहाड देखि मदेश सम्म छरिएर बशेका छन् | कुनै जाति का मान्छे ले मेहेनत गरेर ठुलो ठाउँमा पुग्यो भने के त्यो अरुलै हेपेको, छेकेको हुन्छ ? हुदा हुदा काठमाडौँमा बस्ने नेवारहरु पनि जनजाती रे, पीडित रे , जसले राजधानी काटेर कतै जानु परेन, जसले देशको सम्पूर्ण सुभिदा भोगेराखेको छ फेरी तेनिहरु नै आन्दोलनमा उत्रुनीले उनीहरु कति आरीषसे, कपटी, र छुद्र छन् भन्ने प्रस्ट हुन्छ |

    एस्तो आरीष को राजनीति मा होइन आफ्नो मेहेनत र कर्ममा बिश्वास गरेर सबै मिली देशलाइ उन्नतितीर लैजाऊ |

  25. त्रेता युगको राम राज्यमा मात्र जस्ले जे मागे पनि पुग्छ भन्ने सुनेको थिय, तर अहिलेको डा. बाबुराम राज्यको नेपालमा पनि जस्ले जे मागे पनि पाउने भएछ

  26. “संविधानसंग सम्बन्धित निम्न विषयहरुलाई नेपाल सरकारद्वारा संविधान सभामा प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।”
    ए यो त संविधान सभामा प्रवेश गराउने प्रतिवद्धता मात्रै व्यक्त गरिएको रहेछा साथी हरु लाई भ्रम परेको रहेछा दल हरु को संघियेता मा कुरा कहाँ मिलेको रहेछा र…माथि कमेन्ट हरु मा दलहरु को घाटो मा बल्ल घाम लग्यो भनेर लेखेको मा अचम्मै लाग्यो जुनकुरो नमिल्दा संबिधान बन्न सकेन त्यो सबै सरकार ले दियो रे it is big joke by सिटौला

    ann जोशी

  27. “जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नेपालको नयाँ संविधान जारी गराउने ।” बुदा number १

    एदी यो सम्झौता भएको भए संबिधान किन बनेनाता मैले त कुरा बुझिन के अब काँग्रेस एमाले जतियेता को आधारमा सघियेता मा जान राजी भएका हुन् त ?लौन मलाई कुरा बूजैदिनुस साथी हरु
    ann जोशी

  28. नेपालमा संघियता को जरुरि थिएन, ब्यबहारिक विकेन्द्रीकरण को जरुरि थियो | जातीय पहिचानको जरुरि थिएन नेपाली पहिचानको जरुरि थियो, गरिब/निमुखा, पिछाडिएका समुहहरुको उत्थान गर्न विसेष कार्यक्रमको जरुरि थियो | घुसखोरी, भ्रस्टाचार जस्ता रोगको उन्मोलन गरेर सुशासनको जरुरि थियो | मुलुकमा भएका सम्भावना को आधारमा बिकाशका कार्यक्रम र कर्यान्योयन को जरुरि थियो | महेश चुमार जी का भाषामा “कम्युनिस्ट पण्डित ” हरुले देशमा संघियताको खेति गरे र जातीयताको आगो लगाए ( कम्युनिस्टमा पुरुष र महिला मात्र जात हुनु पर्ने) जनयुद्धका नाममा भारत मा बसेर खाएको ऋण र त्यहि कारणले नेपालमा सरकार भएको गुण तिरे | कांग्रेसीले नदि बेचे भन्थे यिनले अत्मधिकार सहितको राज्य दिएर कुप्लुक-कुप्लुक निल्न मिल्ने गाँस बनाइ दिए |
    एउटाले गोरखामा जन्मेर देशको एकीकरण गर्यो, अर्को गोरखामा जन्मेर देशको विकेन्द्रीकरण गर्यो सायद यो गोरखनाथ को इक्ष्या होला | अब लाग्छ देश पशुपति नाथले पनि बचाउन नसक्लान | अब सायद नेपाली कोहि छैन यहाँ, जय होस् सबै जाति, जनजाती, आदिबासी हरुको !!!!!!!

  29. होसियार! होसियार ! होसियार !
    ४) नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै आत्मनिर्णयको अधिकार, अग्राधिकार, स्वशासन र स्वायत्तता सहितको प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र एवं विशेष क्षेत्र कायम गर्ने।

    —- आत्मनिर्णयको अधिकार (Self-determination) ???? यो मान्छे को आफ्नो आत्मा को आफै निर्णय गर्ने अधिकार होइन, यो सिधै “देश टुक्राउने” घातक सब्द हो | यो सब्द संबिधान मा कुनै हालत मा लेखिनु हुदैन | यो सब्द बिदेशीहरुले , नेपाल मा गृह-युद्द मच्चाउने र देश टुक्राउने गोटी को रुप मा राख्न लगाइएको हो | यदि यो अधिकार कुनै पनि राज्य लाइ छ भने, त्यो राज्य ले कुनै पनि समयमा जनमत संग्रह (Referendum) गरेर आफ्नै देश बाट टुक्रिएर छुट्टै देश बनाउने अधिकार हुन्छ | तेसैले यो सब्द लाइ हल्का रुपले नलेउ साथीहरु |

    ****** यदि हामीलाई “हाम्रो देश नेपाल” को माया लाग्छ भने *******
    नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै “कुनै पनि राज्य ले आफ्नो राज्यको आत्मनिर्णयको अधिकार कुनै पनि अवस्थामा पाउने छैन” भन्ने सब्दहरु नयाँ संबिधान मा अनिबार्य लेखिनु पर्छ |

  30. मलाई मेरो जात चाहिदैन किनकि मेरो पुर्खा बादर थिए \ मेरो जात यो भनेर राजा ,महाराजा ,साशक ले बनाइ दिए \
    मलाई संघिय राज्य चाहिन्छ तर कुनै जात हाबी हुने गरि राखिने नाममा म मन्जुर हुने छैन \
    मलाइ त यो जात म यो जात भनेर बस्नु छैन र जात मा गरिने भेदभाब उचनीच मान्ने छैन \
    हिजो मिलेरै बसेका थियौ आज पनि बस्ने छौ सधै सधै बस्ने छौ \
    मान्छे जो जुन घर ,जात ,धर्म ,क्षेत्र मा जन्मे पनि उसले माद्यामिक सिक्षा सम्म निशुल्क पढ्न पाओस ,अनिबार्य उसले पढ्नै पर्ने कानुन बनोस \
    आम्दानि गर्न सक्ने उमेर पुगे पछी काम पाओस ,कर अनिबार्य तिरोस , निश्चित उमेर पुगे पछी बाच्न पुग्ने आम्दानि र सेवा पाओस\
    औसधि उपचार ,सुरक्षा ,पानि ,बिजुली ,बजार नियन्त्रण को चाडो भन्दा चाडो अनिबार्य ब्यबस्था होस् \
    जात लाइ हेरेर दिने ,लिने ब्यबस्था मलाइ चाहिदैन समान मानब ब्यबहार ,आबस्यकता ,अधिकार ,अबसर को ब्यबस्था होस् \
    धन बहादुर नाम राखेर मेरो बा कहिले धनि ,सम्पन्न, खुसि हुनु भएन
    अब मेरो जात को नाम मा राज्य को नाम राख्दैमा मेरो गरिबी र समस्या हटला भन्ने मलाइ लाग्दै लाग्दैन \ \मलाई जात भात चाहिएन \जात भात को राज्य चाहिदैन \ यदि यस्तै कुरामा सहमति भएको हो भने यसको परिणाम पानि को फोका सरह हुन्छ जसको कुनै महत्व हुदैन \ मात्र भाइचारा फुट्छ ,समाज फुट्छ ,क्षेत्र फुट्छ एकदिन देश नै फुट्छ \११ घण्टा काम गरेर घर मा सबै निदाई सके तर म निदाउन सकेको छैन किनकि २०४६ सालको आन्दोलन मा म मगर ,मेरो साथि बाहुन ,क्षेत्री ,नेवार ,परियार ,तामांग ,चौधरी ,यादब संगै हात मा हात समाएर ,मुठी कसेर ,बुलन्द आवाज निकालेर निरङ्कुश साशक र साशन बिरुद्ध लडेका थियौ \देश र जनताको उज्वल भबिस्य को लागि तर आज एक अर्का लाइ सिद्याउने ,नमान्ने ,लखेट्ने भनेर बैचारिक र बर्गीय कुरा बिर्सेर जात ,क्षेत्र ठुलो ठानेर जातीय लडाई गरिदैछ ,अधिकार मागीदैछ ,खोसिदैछ \ त्यसैले मलाइ त्यो बाहुन ,क्षेत्री ,तामांग ,नेवार ,चौधरी ,यादब ,परियार साथि हरु को याद आइरहेछ \हामि लाइ फुटाउने ,बजार्ने ,लडाउने ,मार्ने खेल खेलीइ रहेछ \ झल् झली ति साथि को अनुहार नाचिरहेछ ,आवाज गुन्जिरहेछ \नेता हारु तिमीहरु भाग शान्ति गरेर जति खाउ खाउ तर हाम्रो मित्रता ,सदभाब ,माया ,सहयोग मा किला नठोक ,अगुल्टो नझोस \

    • सर अमेरिका त संघिय नै हो नि अनि हजुरलाई के को टाउको दुखाई|

      • पौडेलजी । यसरी नकारात्मक चिन्तन छाडिदिनुस् । बसन्तजीले भन्नुभएको कुराले मलाई धरै आनन्द आयो । सबै नेपालीमा वहाँको जस्तो चेतना पलाउन जरुरी छ ।

        • देश यस्तै बाहिर बसेर उपदेश दिने र देशमा बसेर सिन्को नाभाच्नेले गर्दा बिग्रेको हो. हामी काम गरेर माम खानेलाई जे आएपनि केहि हुनेवाला छैन.

    • बसन्त जी,
      यो विषम साम्रदाइएक् बिचलन को अबस्था मा तपाई ले जुन सद्भाव र समानता को कुरा गर्नु भयो मा तेस्लाई सलाम गर्दछु |

    • “धन बहादुर नाम राखेर मेरो बा कहिले धनि ,सम्पन्न, खुसि हुनु भएन — अब मेरो जात को नाम मा राज्य को नाम राख्दैमा मेरो गरिबी र समस्या हटला भन्ने मलाइ लाग्दै लाग्दैन \ ”

      तपाइले अहिलेको समस्याको जरैमा प्रहार गर्नु भयो |

      १) नेपालमा पंचायत फाले पछि सबै नेपालिको भलो हुन्छ भन्थे, भयो ?
      २) यो सब राजाले गर्दा हो, गणतन्त्र ल्याएपछि सब ठिक हुन्छ भन्थे, भयो ?
      ३) अहिले जातीय राज्य बनाएपछि सबैको उन्नति हुन्छ भनिरा छन् | लेखेर राख्नुस, केहि हुँदैन |

      देशमा जहिले सम्म घुसखोरी र दण्डहीनता रही रहन्छ, केहि हुनेवाला छैन | नेवा राज्य नामकरण गर्दैमा नेवारको र ताम्सालिंग राज्य नामकरण गर्दैमा तामांगको उन्नति भएको देख्ने आशा पालेर बस्नु हुने नेपालि जनताहरु हो, बुझ्नुस कि यी आस्वासन उनै नेताहरुले दीइरहेका छन् | यस्ता नेता र भ्रस्टचारीको कुनै जात हुन्न, कुनै प्रदेश हुन्न | उचाल्दा सम्म उचालेर थांगनामा पछार्नु नै यिनीहरुको काम हो | भोलि गएर बाहुन छेत्री संग मिलेर नबसी हुन्न, अहिले बेकारमा सद्वाब बिथोलिदै छ |

      नेपाल बनाउने दुइ अवसर थिए (१ र २ ), नेताले खाइदिए | र यी दुबैमा र अहिलेको संबिधान सभा सम्म आइपुग्दा बाहुन छेत्रीको पनि कम योगदान थिएन | यी पनि नेता र राज्यप्रणाली संग कम आजित् थिएनन | उनीहरुले हिन्दुत्व मात्रै लाद्न चाहेको भए राजा किन फाल्थे, व्यवस्थाको खिलाफमा रगत बगाउथे? जनजातिहरुका कयौ राम्रा मागहरु प्रति यिनीहरुको पनि सद्भाव छ, समर्थन छ | जस्तै जबर्जस्ति संस्कृत पढाउने कुराको चुनावै गर्ने हो भने पनि ९० प्रतिशत बाहुनले मान्दैनन | यसले १ प्रतिशत पनि बाहुनलाई सहयोग गरेन तर ९९ प्रतिशत जनजातिलाई हानी गर्यो | यस्ता बाहुनबादी कुराहरु बाहुन क्षेत्रीलाइ पनि पाच्य हुदैन | तर सदियौ देखि बस्दै आएको multicultural र multilingual थलोलाइ एउटा मात्र जातको नामकरण गराएर उल्टो-बाहुनबाद ल्याउने कुरा गरि उत्तेजित पार्ने कामले जनजातीहरुका जायज मागहरु पनि गलत ब्याख्या लागि ओझेलमा परेका छन् |

      नेवा राज्य नामकरण गर्दैमा नेवारको र ताम्सालिंग राज्य नामकरण गर्दैमा तामांगको उन्नति भएको देख्ने आशा पालेर बस्नु हुने नेपालि जनताहरु हो, बुझ्नुस कि यी आस्वासन उनै नेताहरुले दीइरहेका छन् | यस्ता नेता र भ्रस्टचारीको कुनै जात हुन्न, कुनै प्रदेश हुन्न | उचाल्दा सम्म उचालेर थांगनामा पछार्नु नै यिनीहरुको काम हो | भोलि गएर बाहुन छेत्री संग मिलेर नबसी हुन्न, अहिले बेकारमा सद्वाब बिथोलिदै छ |

    • त्यसैले तपाइले आफ्नो भाषा,सस्कृति, मौलिक रहनसहन सबै गुमाउनुभयो होला नि। यसरी एकल खस भाषाले निल्छ अन्ततोगत पहिचान समाप्त हुन्छ र एकादेशको कथा बन्छ यसो हुनलाइ नै बाहुनबाद सकृय छ बिभिन्‍न अखन्डहरु, अहिले एमाले काङग्रेस शिर्ष नेताहरु कमल थापाका खेताला बने तर कहिल्यै दलित, महिला, मधेशी आदिवासी जनजातीको अधिकारलाइ आत्मसात गर्न सिकेनन, यस्तै छ यहा अहिले अधिकार नदिइ फेरी यी पिडीत पक्षले लामो संघर्ष गर्नु पर्ने हुन्छ नै

  31. प्रचण्डको चुनाबि रणनिति काग्रेस एमालेले चिर्न नसक्नाले काग्रेश एमाले धोश्त हुने भए जस्तो छ । जनजाति र तराई बासिको मत माओबादिलाई जाने छ । अन्य जातिको मत आफ्ना जातका उमेदवारलाई जानेछ । अब चुनाबको बेलामा काग्रेस एमालेलाइ बत्तिबालेर खोज्नु पर्छ कि जस्तो पो लाग्न थालीसक्यो मलाई त । कम्तिमा यो जातिय मूध्दा आगामि चुनाब सम्म माओबादिले नै मिल्न दिदैन उसलाई त अन्य जातिकोको आन्दोलन सफल भयो भने काग्रस एमालेको भोट काटिने छ भन्य कुरामा ढुक्छ ।

  32. “जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नेपालको नयाँ संविधान जारी गराउने ।” भनि सहमति गरेर देशलाई गृह युद्ध बाट जोगाएकोमा सबैलाई धन्यवाद / आजै देखि सभामुख सुवास नेवांगले तुरुन्त सहमति गर्ने समय एक हप्ता दिएर विवादीत बिशेषमा भटाभट मतदान गरेर विवादीत बिशेषमा टुंगो लगाउनु पर्छ / नत्रभने सभामुख नेवांगले राजिनामा दिएर गए हुन्छ / जातीय राज्यको पक्षमा माओवादीको कडा अडानले गर्दा सारा नेपाली जनजाती आदिवासीहरु माओवादी पछय भै सकेका छन् / सारा नेपाली जनजाती आदिवासीहरु माओवादीको समर्थनमा उत्रे पछी कांग्रेश एमालेले घुँडा टेक्न वाध्य भए / दुइ तिहाई भन्दा वढी जनता माओवादी पछय भए पछी उसको एजेन्डामा अरु दलले सहमति नगरी सुक्खै छैन / आजै देखि कांग्रेश एमाले (छेत्री बाहुन) ले २५० बर्ष भन्दा वढी पिल्सिएर बसेका जनजाती आदिवासीहरुको घाउमा मलम पट्टि लगाएर समान ब्यबहार गर्ने कोशिश गर नत्र भने राप्रपाको हालत हुने पक्का भै सक्यो / लाटो पल्टिन्छ एक बल्त्यांग बाठो पल्टिन्छ शय बल्त्यांग भनेको यहि हो / तर पनि यिनीहरुले रातोमा क्लिक गरेर खोँचे थापिनै रहन्छन / /

  33. तेस्ले आधिकार पायो मैले पनि पाउनु पर्छ भन्नु राम्रो हो, तर मैले मात्र पाउनुपर्छ तेस्ले पाउनु हुन्न भन्ने पक्कै पनि राम्रो होइन (आदिबासी को कुरा ) ! धन्न एकल जातिय पहिचान र जातिय नाम हुनु पर्छ भन्ने सहमति भएन छ, त्यो राम्रो कुरो ! जनजाती साथीहरु को कुरा सुन्ने हो भने त “रामापिथेकस” मात्र यो देश को आदिबासी होलान

  34. यो आन्दोलन के को लागि सम्झ्यौता के को लागि?गज्जब छ यार माग के के थियो?पुरा के के भयो?अहिले सम्म सम्झ्यौता कति भए लागु के के भए?अचम्म छ आन्दोलन भाको छ सम्झ्यौता भाको छ त्यसको कार्यन्वयन के भाछ कसैलाई सरोकार छैन दुनियालाई दुख दिए/
    ………………………………………………………………………………………………

    आज बाट सकियो नौटंकी / माग्ने ले पनि कति मागेका हुन् दिने ले पनि कति दिएका हुन् / जसो गरेपनि हुने रैछ?अहिले सम्म को सम्झ्यौता हेर्दा त अखण्ड,एकल जातीय,के के हुन् सबै भैसक्यो/तर हुने चाही के हो ? दिने मात्र कार्यन्वयन चाही हुन् नपर्ने? कति छक्काउछौ हो सोझा सिधा नेपाली हरु लै

  35. जनजातीका विरुद्ध यस्तो जालझेल पनि हुने रहेछ!!
    ————————————————————
    समितिबाट प्रस्तावित १४ प्रदेशमध्ये १० प्रदेशमा खस आर्य समुदायको बाहुल्य छ । समितिले अपनाएको मापदण्डसंग बेमेल भएका गाविसहरुको संख्या ५०० भन्दा बढी रहेछ, त्यसलाई प्रतिपादित मापदण्ड अनुरुप मिलान गर्ने काम आयोगले गर्दा अर्कै चित्र देखापर्‍यो । अर्थात आयोगबाट प्रस्तावित १० प्रदेशमध्ये ४ प्रदेशमा मात्र खस आर्य समुदायको उपस्थिति बाहुल्य रहेछ, बाँकी ६ प्रदेशमा सम्बन्धित लक्षित जातिको नै बाहुल्य रहेछ । तर तीन दलबाट प्रस्तावित ११ प्रदेशमा एउटा प्रदेशमा बाहेक सबैमा खस आर्य समुदायकै बाहुल्य छ (विस्तृत जानकारीको लागि तालिक १ हेर्नुस्) ।

    कुन प्रदेशमा कुन जाति वा जातिको बाहुल्य छ भने कुरा यसकारण पनि महत्वपूर्ण छ कि यसले प्रादेशिक तहको सामाजिक-राजनीतिक सन्तुलन कस्तो बन्छ भने कुरा पूर्वानुमान गर्न सकिन्छ । किनभने यो निर्वाचन पद्धतिसंग जोडिएको छ । संविधानसभाको निर्वाचनको लागि प्रयोग गरेको निर्वाचन क्षेत्र र त्यसको परिणामलाई आधार मानेर हेर्ने हो भने तीन दलबाट प्रस्तावित ११ प्रदेशको प्रादेशिक व्यवस्थापिकाको जातजातिगत प्रतिनिधित्व तलको तालिका २ मा उल्लेख भए अनुसार हुनेछ । (हरेक प्रदेशका लागि बहुमतीय निर्वाचनका लागि छुट्याएको सदस्य संख्यामा त्यतिकै भार समानुपातिकको लागि राखेर प्रादेशिक व्यवस्थापिकाको कुल सदस्यकोे अनुमान गरेको छु । साथै प्रदेशको नाम सहजताको लागि लेखक आफैले राखेको हो) ।

    संविधानसभामा देखापरेको जातजातीय प्रतिनिधित्वको सन्तुलन कायम रहने हो भन्ने तीन दलबाट प्रस्तुत ११ प्रदेशमध्ये ८ प्रदेशको राजनीतिमा खस आर्यकै प्रभुत्व रहनेछ । अर्थात पहाडी उच्चजातिको राजनीतिक वर्चस्व प्रादेशिक राजनीतिमा पनि विस्तारित हुनेछ । तर के यसले जुन कारणले नेपाल संघीयतामा रुपान्तरण हुनचाहेको हो, त्यो उद्देश्य पूरा हुन्छ त ? हुँदैन । तसर्थ पहिचानलाई राजनीतिक शक्तिमा रुपान्तरण गर्न, राज्यशक्तिको जातजातिगत असमान वितरण अन्त्य गर्न र अर्थपूर्ण समावेशी लोकतन्त्र स्थापना गर्न राज्य पुनःसंरचना समितिले सर्वसम्मतबाट पारित गरेको सिद्धान्त, मान्यता र मापदण्डलाई नै बोक्नुपर्ने हुन्छ । समितिबाट प्रस्तावित मस्यौदालाई आवश्यक परिमार्जन र परिस्कृत गर्ने काम जुन आयोगबाट भएको छ, त्यसले समावेशी संघीयताको संरचना निर्माण गर्न थप खुराक दिएको छ ।

    ———————————————————————————–
    बाँकी: http://www.ekantipur.com/nep/2069/2/9/full-story/348182.html

    • यो लेख र उल्लेखित तथ्यांक अनुसार फेरी पनि राज्यको पुनर्संरचनामा “झेल” गरिने सम्भावना बढेको छ, यस्तो असमानताका विरुद्द खुलेर विरोध गरौं!!

      • जहाँ खस हरुको बाहुल्य छ त्यहाँ जता बाट कित्ता काटे पनि सो बाहुल्यता रही रहन्छ | जे जे नामकरण गरे पनि केहि फरक पर्दैन | भोलि लडाई भैहाल्यो भने पनि काठमाडौँमा नै हो अन्त हुनै सक्दैन | नेपाल यसरि मिस्रित समाज बनि-सकेको छ कि नमिली बस्नै सकिन्न, यो सबैले बुझ्नु पर्ने कुरा हो | जहाँ सम्म नेता बन्ने कुरा छ, बाहुन खस ले सत्ता सम्हाले पनि बाहुन खसको केहि विकास भएको छैन क्यारे | त्यसैले बरु जनजातीहरुलाई नै सत्ता दिदा राम्रो, यसले सबैलाइ राम्रो हुन्छ | त्यसो भन्दा भन्दै पनि एउटा कुरामा संकै लाग्छ, त्यो हो तराई को विकास | पहाडे जनजातिका त बरु राम्रा र भ्रस्टाचार बिरोधि प्रतिनिधि जालान भन्ने लाग्छ, मधेशबाट त्यो आश गर्न सकिन्न | मधेसमा पहाडेको उपस्थितिले नबनेको भन्दा नि मधेशकै बिहारी शैलीको (पुरानो बिहारी) राजनीतिले हो | नेता सबै धनि, जनता सबै गरिब |

    • बिक्रम जी,
      माथिको तःयांक भनेको एउटा लाइनमा १० नेपाली उभिएको जस्तो हो ! क्रमबद्ध रुपमा ६ जनाचै खस र बाकी फेरी क्रमबद्ध रुपमै ४ जना जनजाती !
      अब तपाई तिरको पुछारबाट ७ जना मिलाएर प्रदेश बनाउनु हुन्छ भने ४ जनजाति र ३ खस परे, अर्थात् जनजाती को बाहुल्य तर त्यै कुरा मेरो तिर बाट हेर्नु हुन्छ भने, ७ मा ६ खस र जम्मा १ जनजाति ! बाकि तपाई आफै बिचार गर्नुस !
      न बिर्सिनुपर्ने कुरा चै बहुमत नेपालमा खस को नै हो तर राज्य बनाउदा कसले कसरि उचाल्छ त्यो हेर्न बाकि नै छ !
      P.S : माफ गर्नु होला म राज्य हुनु पर्छा भन्नेको बिरोधि होइन तर त्यो जातीय न भएर भौगोलिक रुप मा हुनु पर्चा भन्नेमा बिश्वास राख्दछु ! आखिर जे भने नि सोलुको बासिन्दालाइ राजविराज आएर पुनराबेदन गर्न गारो हुन्छ र त्यस्तै गारो लाहानको व्यक्तिलाइ जांच दिन खोटांग जादा हुन्छ !

  36. टालटुले नीति अन्तरगत भयको बकम्म्फुसे सम्झौता
    न त गर्न सक्ने, न त हुन सक्ने सहमति ….
    जनजातीलाई बन्द फिर्ता लिने बाटो
    नेताहरुलाई भाषण गर्ने अवसर …..

  37. यो आदिवासी जनजाति संयुक्त संर्घष समितिको आवरण मा सबै त माओबादी कर्येकर्ता र चुनाब मा हरेक हरु को जमात रहेछ यो नलाएक सरकार ले आफ्नै कर्येकर्ता को भाग पुर्यउन बन्द को नाटक गरेको रहेछ . लिस्ट मा हिसिला यमी को नाम छुटेको रहेछ .

  38. अब कसैगरेर पनि देश काटिछाड्ने भए दुष्ट कसाही हरुले !! अनेक जाल,झेल,प्रपंच,अनि सहमति ? कसलाई देखाएको यो नाटक ?
    खाओ.. देश काटेर खाओ !! के मा सहमति भो ? साप्रो जति एउटाले खाने ,मुटू कलेजो एउटाले लाने ,ह्याकुलो जति अर्कोलाई दिने ……..
    हेर ! राज्यको रगतले तिमर्लाई किमार्थ माफ दिने छैन !! हे राजकुमार लेखी हरु ….. यो कुरा लेखिराख |

  39. ठिकै त छ नि अब हुने खाने सबै जात का ले मोज गर्ने भए . हुने खाने ले त हिजो पनि मोज गरि आए का त हुन् नि , के नौलो कुरा भो र, अब सब्बै मुख्य मन्त्रि, तै चूप मै चुप

    अब कम से कम मध्येम र न्यून बर्गीय ले दुख गरि खान त पाउलान !

  40. यो केहि हैन, अब संबिधान नबन्ने पक्का भएर थकाइ मार्न हो। अब ३ महिना म्याद थप्ने रे। सबै आराम गर्ने सुरसारमा छन् । विदेशमा विदा मनाउने योजना बुन्दै होलान् हाम्रा नेताहरु। अनि फेरि समय सकिने बेलामा यो सबै कुरा दोहोरिन्छ।

  41. यी कथित एकल जातीय राज्यको पक्षपाती भन्ने सांसदहरुले यो कुरा चुनाब भन्दा पहिले जनता सामु खोलेको भए यी मध्ये कतिले चुनाब जित्थे होला ? यो सरासर जनमत प्रति धोका हो | यसको प्रतिफल आगामी चुनाबमा पाउने छन् |

  42. प्रतिबदता,बुधे सम्झौता,न्यायिक आयोग यो सब नाटक बाहेक केहि होइन र वन्ध गर्ने आवहनकर्ता लाई कसरि वन्ध फिर्ता गरौ भन्ने कुरा ले पिरोले को ले हतार ,हतार सम्झौता गर्न पुग्छन जो हरेक सरकार ले ति सम्झौता लाई लाटा को धोति बनाई दिन्छन/ येत्रो मान्छे हरु लाई बन्धक बनाइने वन्ध को के अर्थ र?सकिन्छ भने वन्ध कर्ता हरु ले आम वन्ध बाट पिडित सर्बसाधरण हरु सग माफी माग्नु पर्छ जुन वन्ध बाट उनि हरु ले धेरै गुमाए, कति गरिब हरु को चुलो बाट धुवा आएन/कति सुत्केरी हरु अस्पताल पुग्न पाएनन् कति बिरामी हरु औसधि न पाएर हैरान भए कति अबिभाबक हरु वन्ध को समय मा पनि स्कुल फि तिर्न बाध्य छन् /वन्ध जस्तो अपराद गर्ने लाई अब नबन्ने संबिधान मा फासी को सजाय राख्ने कि न राख्ने ????

  43. टाउकोमा रोग थियो खुट्टामा औषधि दल्यो !! जात र जातीयता नेपालको बिकाशको बाधक कहिल्यै पनि थिएन, होइन र हुनेछैन / नेपालको समस्या भनेको त वर्ग थियो, वर्ग बिचको लामो दुरी थियो /
    – कति हास्यास्पद र अपरिपक्व सहमति !!
    – कुन बुँदा र सहमतिले नेपालमा काम गरेको छ र ?? जुन देशमा संबिधान नै छैन बुंदामा औचित्य खोज्ने ?
    – चार दिन नेपाल बन्द गर्यो… पायो के भन्दा मुताको न्यानो !!

  44. नेपालमा को आदिवासी र को जनजाति भन्ने बारेमा एम. बि. सिंह लेख्छन “अन्तर्राष्ट्रिय रुपमा त्यसबारे कुनै सर्वमान्य मान्यतै छैन। बेग्ला–बेग्लै देशहरुले आफ्नो राष्ट्रिय विशेषता अनुसार त्यस सम्बन्धी आफ्ना नीतिहरु निश्चित गर्ने गरेका छन् । चीनले कुनै पनि जातिलाई आदिवासी वा जनजाति मानेको छैन भने भारतमा ब्रिटिस शासन प्रारम्भ हुनुभन्दा पहिलेका सबै जातिहरुलाई आदिवासीका रुपमा स्वीकार गरिएको छ “. तर अक्सफोर्ड बिश्वबिद्यालयका एक प्रसिद्ध प्राध्यापक भन्छन “सन् १९९३ सम्म यु. एन. मा इन्डीजीनस/इन्डीजीनाइटी भन्ने नै उल्लेख गरिएकोथिएन् र भारतले अहिले सम्मै आदिबासी भन्ने शब्दै कानुनि रुपमा स्विकारेकोछैन”. म पनि करिब २/३ दिन देखि नेपालमा चर्किएको जातीय आन्दोलन र यसले उठाएका नारा एबम प्रश्नहरुको उत्तर खोज्ने क्रममा मन नलागी² भन्न मन लाग्यो: करिब २००/३०० बर्ष देखि तिब्बत बाट झर्न सुरु गरेका शेर्पा र सन् १९५०/६० को दशक सम्म निरन्तर सिजनल वर्करको रुपमा खुम्बु एरियामा झरीरहेका र ७०% घरजम गरि त्यतै बसेका खम्बा जातिका (प्रो. क्रिस्टोफर भोन हेमेंड्रफ को ‘द शेर्पा’ १९५७ पुस्तक हेर्नुहोला) दाजुभाइहरु आदिबाशी हुँदा घटीमा करिब ठुलो संख्यामा ७०० बर्ष देखि स्थायी बसोबास गर्दै आएका क्षत्री बाहुन आदीबाशी नहुनु कत्तिको न्याय संगत हुन्छ?

    • पहिले आदिवासी मा समावेश हुन बोलाउदा पनि नगर्ने पछि आदिवासी ले हक पाउछ भनेको त लुरुक्क परेर आदिवासी बन्नको लागि नेपाल बन्द पनि गर्ने अनि के बडी बोल्नु परेको होला \ तेत्रो चोटी आदिवासी को लागि आवहान गरेको थियो तर हामी आदिवासी होइन हामी माथिल्लो तहको मान्छे हो भनेको थियो अहिले के को आपत्ति हो भनेको \ न्याय र अन्नायेको कुरा नगरे हुन्छ \ आफैले गरेको गल्ति लै बिर्सने \

  45. Good job.every one .now we can build new Nepal.let,s make dream of new Nepal… Thanks every one who work hard for this matter….

  46. पित्त संचार मध्यम ,तल देखि माथि सम्म भ्रस्थ सरकारी निकाय , नव आदिवासी जनजति लै सदेश :
    ” नेपाल chocolate होइन पहिचान दिदा खाइदिने
    पहिचानसहितको सङ्घीयतालाई जातिय राज्यको मागको अर्थ लगाईन्छ भने, अधिकारको लागि आवाज उठाउनु देशलाई सुडान बनाउन लागिएको आर्थ लगाईन्छ भने, नेताहरुले बेची खाएर बाँकी रहेको खोला नाला, पाखा पहाडलाई बचाउने अभियानलाई देश सुडान बनाउन लागेको आरोप खेपिन्छ भने। देश सुडान नै होस कुनै अफसोस छैन।

    पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासनको माग गरेको मात्रा त हुन नि। देशलाई टुक्रा पार्न खोजिको हो र? नेपाल नै जनजातिको नाममा लेखेर दे भनेको हो र? क्षेत्रि बाहुनलाई नेपालबाट लखेट्नु पर्छ भनेको हो र?

    पहिचानसहितको सङ्घीयतालाई जातिय राज्यको माग भनेर गलत अर्थ लगाउनु भएन | “

    • “राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासनको माग गरेको मात्रा त हुन नि।”

      यी कुराहरु एकदम जायज छन्, यसमा कसैको बिरोध हुनु पर्ने छैन |
      १) राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व — जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व गराउनु पर्छ | तर समावेशी शब्द “प्रतिनिधित्व” अर्थात नेतागिरि बाहेक अन्त लाद्नु हानिकारक छ | जस्तै पर्बतारोहनमा नेवारको समावेशिता नै चाहिन्छ भन्ने छैन, नेवार प्रोफेसरलाइ हटाएर अन्य जातकै समावेश गरिनु पर्छ भन्ने छैन | अमेरिकाको “अफर्मेटिभ एक्शन एक्ट” ले पनि प्रतिनिधित्व कम भएकालाइ सके सम्म ल्याउन प्रयास गर्ने, न कि कुनै दक्ष्यतामा कम्प्रोमाइज गर्ने | बरु नेपालि भाषाले गर्दा नै दक्ष्यता नभएको हो भने नेपाली हटाएर अंग्रेजी या हिन्दिलाइ राष्ट्रिय भाषा राख्ने र सबैलाई बराबर दक्ष्य बनाउन तिर लाग्ने |

      २) आत्मनिर्णयको अधिकार —
      यो निकै आवश्यक छ | र यहि नै चाहिएको हो भने धेरै शब्द घुमाउनु पनि पर्दैन, सजिलै मिल्छ | तर कुनै एक जातलाइ अग्राधिकार दिने हो भने यी मागहरु पुरा हुन सक्दैनन् किन भने “सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व” हुनलाइ एक जातको अग्राधिकार भएर मिल्दैन |

      २) प्रादेशिक स्वायत्तता र स्वशासन — एकदम राम्रो कुरा | तर जनजातीको मागमा यो प्रस्ट छैन: जातीय स्वायत्तता चाहिएको हो कि प्रादेशिक स्वायत्तता?

      ३) पहिचानसहितको सङ्घीयता vs. जातीय राज्य — मानौ स्यांजा-पर्बत-कास्की आदिलाइ गण्डकी छोडेर तमुवान नामकरण गरियो | तमुहरुको अहिले भन्दा फरक अवस्थाको ग्यारेन्टी के छ? तमुहरुले पोखरामा के बढी पाउछन जो अहिले पाएका छैनन् ? यो क्षेत्रमा आर्थिक हिसाबले बाहुनको हालत खराब छ कि तमु हरुको? जातीय राज्य नै नचाहिएको हो भने “तमुवान” राज्य नभनेर “घान्द्रुक” राज्य या “अन्नपुर्ण” राज्य भन्दा के फरक पर्छ ?

      यसो हेर्दा लाग्छ जनजाति नेता र माओबादीहरुले जनजातिलाइ नै उल्लु बनाउन खोजिरहेका छन् | वास्तविक मागहरु के हुन् छोडी साम्प्रदायिकताको बिउ रोपेर सधै नेता बनि खान पर्खे जस्तो लाग्छ | बरु एउटा मात्र जातको प्रदेश नामकरण गर्न यत्रो शक्ति खर्चिन भन्दा मुख्य मुद्दाहरु (बलियो स्थानीय सरकार, जातीय हैन प्रादेशिक आत्मनिर्णयको अधिकार आदि) मा ध्यान दिए सबैलाई भलो हुन्थ्यो |

    • धेरै राम्रो सोचाई \ कसैले कसैलाई हेपेको होइन सिर्फ सबै बराबरी मिलेर देश चलाम भनेको हो \ त्यो माग मा खोइ कुनै जातिलाई गाली गरेको त छैन तेत्तिकै आतिएर हुने नहुने भनेर देश बिखन्डन गराउन थालेको छ है \ नाम पहिचान दिएर सबैको इज्जत गर्नु पर्छ\

  47. दलहरु बिच भएको यसअघि भएको सहमति अनुसार अधिकारबिहीन प्रत्यक्ष निर्बाचित राष्ट्रपति रहने व्यवस्था अनि हालको यो सहमति अनुसार को धेरै जसो समानुपातिक सदस्य हुने खालको संसदले (यस प्रकार को संसद मा कसैले बहुमत नल्याउने पक्का छ) कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था भए पछि अब नेपालमा अस्थिरता को बिउ राम्रो संग नै रोपिएको छ| यस्तो ब्यबस्थामा छ /छ महिना मा सरकार परिबर्तन अनि राष्ट्रपति/ प्रधानमन्त्री बिच को शक्ति संघर्षले अब देश झन खत्तम हुन्ने पक्का छ| अब सांसद हुन लाई चुनाब जित्न नपर्ने भए पछि जनता लाई खुसि पार्न पनि नपर्ने भयो | पार्टी लाई सहयोग गरेको समानुपातिक मा परेको अहो कस्तो सजिलो ? पार्टी नेतृत्वमा भएका लाई रकम बुझाएर सांसद को पद पड्काउने चलन पनि सुरु हुने पक्का भयो | त्यसमाथि जातीय राज्यहरुमा जातीय झगडा पक्कै हुने छ | जनजाति-जनजाति बिचमै तँ फलानो जातको तेरै राज्य मा जा , बाहुन छेत्रीलाइ चाहिँ तिमीहरुले २५० वर्ष शासन गरीसक्यौ अब तिमीहरु आउट भनेर भनेर सताइने पनि पक्का छ |अहो अब देश त खत्तम नै हुने भयो | हे भगवान मेरो देश लाई बचाऊ…………………..

  48. देश लुट्न, आफ्नु स्वार्थ पुरा गर्न त कती सजिलै सम्झौता हुन्छ है! औटा म:म: पसल राम्ररी चलौने क्षमता नभयकालाई हामीले नै भोट दियर सम्बिधान बनाउन पठायौ अब अरु कस्लाई दोस दिनु!

    • अति भयो बन्द, बन्द, बन्द सबै फबूकको भित्ताभरी, मैले बुज्न नसकेको २ वटा कुरा यो जनजाती को पहिचान सहित को राज्य भनेको के?? अहिले सम्म पहिचान पायको छैन र ४ जात छत्तिस बर्ण भन्थे त… अर्को त्यो मुला प्रचंडे ले जातीको नाममा फुटायर राजनीति गर्यो रे ल तर फुटाउने पनि तरिका पो हुन्छ देश नै फुटायर भारत बने पछि कहाँ राज्य गर्छ त्यो पाजीले ….फेरी जनजाती ब्रो हरुलै लागिरा होला बाहुन छेत्री भन्दा त धोती नै बेश(बाहुन छेत्री पनि फेरी जनजाती हो नि फेरी) बोर होला नि फेरी अर्को सिक्किम अनि कास्मिर भयो भने?? जय १ देश नेपाल!!!

  49. –८) ब्राम्हण, क्षेत्री र दशनामीलाई आदिवासीको मान्यता दिने सम्बन्धमा आदिवासी जनजातिको विरोधप्रति सरकारको ध्यानाकर्षण भएको छ । —

    ध्यान आकर्षण भन्या के ? तिनलाई आदिबासी जनजातिमा राख्नी कि नराख्नी ? खोई प्रस्ट भन्न सक्या ?
    उसो त राखेर पनि के नराखेर पनि के र ! जातीय बिष छरिसकेको अबस्थामा —-

    • जातीय बिष नभनौ लुना जी. जहाँ दमन हुन्छ त्यहाँ पर्तिशोध हुन्छ . जहाँ पर्तिशोध हुन्छ त्यहा बिष्फोट हुन्छ . ढिलो चाडोको कुरा हो . पहिले मानिस पढेलेखेका थियनन . अबको समाज नया समाज हो . नया समाजमा नया विचार आउनु सोभाबिक मान्नु पर्छ . नया समय परिस्थिलाई आत्मसाथ् गर्दै जानु पर्छ . नत्र समयले मानिस ( सासक ) लाइ कुल्चेर जान्छ . जसरि भू. पु. राजा ज्ञानेन्द्र शाहलाइ कुल्चेर गयो . पिधित जनलाई समय सापेछ अधिकार हस्तान्तरण गर्दै गय सबैको भलो होला नत्र निस्चितछ ७०/३० को संघर्ष !

      • ७०% सबै एकै ठाउँ मा हुनु पर्यो नि…बरु हरेक छेत्र मा चै ७०/३० हो साथी…

    • आदिबासी (नातिवे) भनेको आदिकाल देखि बसोबास गरेको भन्ने बुजिन्छ | बाहुन क्षेत्रीलाइ आदिबासी भन्दैमा के बिग्रिन्छ ?? कि यहाँ आरक्षणको खेल छ ? बाहुन क्षेत्रीलाइ जनजाती भन्न चाहिँ मिल्दैन ! आदिबासी भन्दैमा आकाश खस्दैन !!

    • लुना जी,
      तपाई ले कुरा ठिक भन्नु भा हो! तर के गरुन ति नकचरा हरु? तिनलाई आदिबाशी मा राख्ने vanam , हाल का आन्दोलकारी नमान्ने, नाराखाम bhanam पुराना आन्दोलकारी आउने! सभै भन्दा सजिलो उपाय झुक्याउने हो! जागिर बचाउने हो!

  50. अझ एक पटक संबिधान संशोधन गरेरै भए पनि १००% नै समानुपातिक बाट छान्ने ब्यबस्था गर्नुपर्छ, ६०% त् कम भयो! त्यसो भयो भने निर्वाचन नै गर्नु पर्दैन, चुनावी खर्च पनि जोगिन्छ र संसारकै नयाँ अनि ऐतिहाँसिक प्रजातान्त्रिक अभ्यास पनि हुन्छ! यो बिधि नै जातीय राज्यहरुमा २१औ शताब्दीको अति बैज्ञानिक र समाबेशी पद्दति हुनेछ. कुनैदिन पश्चिमी देशहरुले पनि यसलाई उनीहरुको आर्थीक असटेरीटी प्लान अनुसार मिल्दो भएकोले अबलंबन गर्ने प्रबल सम्भावना छ. चुनाबी हत्या हिंशा पनि हुँदैन, भाग लगाउनलाई सुरुमा अलिक गार्होहुन्छ त्यति मात्रैहो. नेपाल चिनिन्छ बिश्व माझ. एहि हो हाम्रो सपनाको नयाँ नेपाल! जय नेपाल!

  51. आदरनिया विभिन्न जनजातीहरुमाथि नेत्रितो गर्दै आदिबासी जनजाती मह सघ नेपालको प्राधिनिधिहरुलाइ बिनम्र अनुरोध होस् गर्नुस सदियों देखि हामी जनजातीहरुलाई विभिन्न गुलियो चकलेट बढ्दै हामीलाई भुलौदै आइरहेको छ यस पालिको सम्झौतामा पनि तेसो नहोला भन्न सकिन्न तेसैले होस् अब फेरी सम्झौता उलंघन भयमा नाङ्गो खुकुरी बोकेर खेत्नु पर्छ

  52. बार्गेन गरेको भर मा एस्तो ठुलो ठुलो निर्णय हुनु राम्रो कुरा हैन.
    २ नम्बर बुंदा -> २) नयाँ संविधानमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली अवलम्बन गरी समानुपातिक तर्फ न्यूनतम् ६० र प्रत्यक्षतर्फ ४० प्रतिशत व्यवस्था गर्ने। जस्तो सिस्टम ल्याए मा नेपाल मा कुनै पनि दल ले निकट भविस्य मा बहुमत ल्याउने देखिदैन र अहिले चली आए जस्तो राजनीतिक खिचातानी को खेल चली रहने देखिन्छ. Very Sad

  53. तो आङकाजी शेर्पा reports club मा बिदेशी पैसाको भरमा करायो भनेर छुट्टै राज्य दिने !!! २१ औ सताब्दिमा नि जंगलमा बदरमारेर खाने “राउटे” लाई राज्य नदिने ??? नैन बहादुर शाहीले बोलेन भनेर उनीहरुले केहि नपाउने ???

    हो सबभन्दा पछी परेको जात “राउटेलाई पनि एउटा प्रदेश दिने भए जातिय राज्य मन्जुर छ” !!!!

    • आंग काजी शेर्पा ले बोलेको कुरा २ करोड आदिबासी जनजाती को आवाज हो प्रवेश जी , बल्ल बाहुन नेता हरु को बुद्धि छिटो आयो नत्र ज्ञानेन्द्र को जस्तो हालत हुने थियो नेता हरु को , देश सबै नेपाली को साझा हो सबैले समान हक र अद्धिकर पाउनु पर्छ भन्ने जनजाती को मान्यता हो जाबो एउटा पत्रकार सम्मेलन मा नक्कली पत्रकार ल्याएर अर्का को चरित्र हत्या गर्ने काम हुन्छ , सच्चा इमान्दार पत्रकार को काम साचो कुरा लेख्नु हो पार्टी को जोला बोकेर पत्रकारिता गर्नु होइन , यस्ता पत्रकार को कारण ले बोलि देश मा जातीय युद्ध सुरु हुन्छ, खिला कार्की भन्ने पत्रकार ले २ करोड आधिबाशी जनाजति को भावना मा चोट पुराएको छ यसको मूल्य हामी एक दिन जसरि भय पनि तिराएर छाड्ने छु , यो मेरो कसम हो , आस छ मेरो कमेन्ट माइ संसार ले राखिदिन्छ होला ,

      • भाबना मा चोट त अन्ग्काजी ले पनि पुराएको छ | तेस्को पनि हिसाब किताब छ मिस्टर | धम्कि को भाषा नबोल | कोहि डराउने वाला छैन होइन | प्रिथिवी नारायण को पाला देखि लडेको इतिहास छ हामी संग | तर आज लडेर मात्र हुने युग होइन | आफ्नो हक अधिकार माग्न को लागि अरु जाति बिरुद्ध बोल्ने कुरा सारै गलत हो | तेसैले अग्रगामी विचार बाट जाने हो | शेर्पा ले भारी बोकेको या कुइरेको चाकरी गरेको कुनै नेपाली ले खोस्न गए जस्तो लाग्दैन | भारी बोक या पढ्न ज| कुन बाहुन छेत्री ले छेकेको छ | छेकेमा भन्नु यो नरेश लाई हामी तेस्को पनि हिसाब किताब गर्छु | नत्र सताब्दी देखि मिलि जुली बसेको समाज लाई जातिय नारा दिने हो भने खरानी हुन तयार हुनु | हामी त जुग देखि नै खरानी हुन तयार सन्तान पनि हो कोहि संग डराउने कुरा छैन | सदियेउ देखि साएद त्यो तपस्या गरेर ज्ञान प्राप्त गर्न होस् या साएद महाभारत लड़ेरो सत्य को पक्चेमा लड्न होस |

      • कृपया तपाई र आंग काजी शेर्पा जस्ताले महान शेर्पा इजत नफाक्नु होला ! तो हुदा नि हुदैन/ आंग काजी शेर्पाको अर्को interview हेर्नुस, उसले के भनेको छ दलितको कुरामा / “के दलितले राज्य मागेको छ र उसले त मात्रै हक र अधिकार मागेको छ ” के जसले जे मग्छ तो दिने- नेपाल आंग काजी शेर्पा, गोपाल किराती …..जस्ता माओबादीका लंगौतीको बाउको सम्पति हो कि तिनको आमाको दाइजो हो ?????

        सबैलाई समान अवसर हुनेगरी राज्य बनाउनु पर्छ / समान अधिकार दिने पछि परेकालाई अगी लाउने र सबैलाई समान गर्ने रणनीति हो, दिगो विकास भनेको /

        आंग काजी शेर्पा, गोपाल किराती जस्ताले फेरी जनतालाई चुस्न नपाउन, हो यो पनि सत्य कि अहिले सम्म मुठीभरकाले राज्यको ढुकुटी सोसेको कुरा !!!!

        र अर्को कुरा ” थुर्त प्रचण्ड = क्रुर ज्ञनेन्द्र “

  54. निर्णय भएको मा खुसि लाग्यो ! अब त देश ले निकास पाउला भन्ने आस छ तर त्यो आस पनि दरिलो भएन ! जनजातीले तेस्लाई किन त्यो आधिकार भनेर औला उठाए, अब अरु ले पनि औला नउठाउँलान भन्ने के ग्यारेन्टी छ त ? तेस्ले आधिकार पायो मैले पनि पाउनु पर्छ भन्नु राम्रो हो, तर मैले मात्र पाउनुपर्छ तेस्ले पाउनु हुन्न भन्ने पक्कै पनि राम्रो होइन (आदिबासी को कुरा ) ! धन्न एकल जातिय पहिचान र जातिय नाम हुनु पर्छ भन्ने सहमति भएन छ, त्यो राम्रो कुरो ! जनजाती साथीहरु को कुरा सुन्ने हो भने त “रामापिथेकस” मात्र यो देश को आदिबासी होलान ! जसले जे भने पनि पृथिवी नारायण साह ले एकीकरण गर्नु भन्दा पहिला हामी सबै “भारत वर्ष” भनिरे चिनिन्थेउ ! पछि पो यो देश नेपाल भयो त्यो बेला भन्दा आगाडी( किरात, लिचछबी अनि मल्ल काल भन्दा पनि आगाडी) को-जाति कता बाट कहिले आयो न कसै संग ठोस इतिहास छ न प्रमाण ! छ भने please भंदिनुस म क्षत्री को छोरा कता बाट काठमाडौँ मा आएछु, पुर्खा खोज्दै तेतै लाग्नु पर्यो, मलाई त म यही नेपाल आमाको छोरा आदिबासी हु जस्तो लाग्छ ! डोटी जिल्लामा बोगटान भन्ने ठाउँ छ रे भन्ने सुनेको साएद हामी त्येही बाट सयौ वर्ष पहिला गोर्खा, नुवाकोट हुदै काठमाडौँ आयौ होला, आफु बोगटी थर (जन्मेपछि थाहा पाएको मेरो यो थर रैछ भन्ने, किनकि मेरो बाउ को पनि येही थर भएर) भएको र ठाउको नाम पनि मिल्दो जुल्दो भएको र त्येहा धेरै यही जाति बस्छन भन्ने सुनेको ले भनेको ), त्यो डोटी पनि नेपाल मै पर्छ !

    इतिहास विद भन्छन हामी खस होइनौ, हामी एक थरिया क्षेत्री होउ (बोगटी, बखती, महत, बानिया आदि ) ! तेती बेला खस हरु ले हामीलाइ पेलेर राखेका थिए रे (इतिहास मा), अब आजको दिन मा हामी सबै समाज मा मिलेर बसेका छौ ! मलाई लाग्दैन कसैले एस्तो कुरा गर्यो भने पत्ताउछन् आजको दिन मा, मात्र बकम्फुसे कुरा हुन्छ ! ब्राम्हण को हामी खुट्टा ढोग्छौ, गुरु भनेर आदर गर्छौ किनकि तेस्तै परम्परा चल्दै आयो (साएद उनीहरु ले हामी लाई सिक्षा दिन्थे तेसैले) , साएद यस्मा परिबर्तन जरुरि होला यो पनि संबिधानमा नै लेख्न पर्यो भनेर आन्दोलन गर्ने कि अब हामीले ?

    अर्को प्रसङ्ग उठाउन मन लाग्यो ! काठमाडौँ को हाम्रो क्षेत्र मा २०४६ पछि क्रमस: साहना प्रधान , राजेन्द्र श्रेष्ठ, मंगल सिद्धि मानन्धर अनि अहिले हितमान शाक्य ले जितेर आए ! हाम्रो क्षेत्र मा आधा (हुन सक्छ आधा भन्दा अलि कम) ब्राम्हण, क्षेत्री को बसो बास छ ! यिनै समुदायहरुलाई आश्वासन दिएर राष्ट्र, रास्ट्रीयत़ा, समग्र क्षेत्र र वर्ग को प्रतिनिधित्व गर्छु भनेर भोट मागेर र त्येही भोट पाएर राष्ट्रिय राजनिती मा ठाउँ बनाएकाहरु आझ आफु यो जातको हो भनेर त्यो जातिको मात्र कुरा र प्रतिनिधित्व गर्नु कति जायेज होला (प्रश्न डा. मंगल सिद्धि मानन्धर अनि हितमान शाक्य लाई ) ?

    • मलाई एउटा कुरा अचम्म लाग्छ । २1 सौँ सताब्दीमा आएर पनि, परा पुर्व कालमा को कताबाट आयो भनि खोजीनीति गर्दै विवेद गर्नु जस्तो मुर्खता के हुन सक्ला । हामीले त वर्तमान पो हेर्नु पर्छ । १5 वर्ष पहिला मात्र नेपाल आएर कसैले नागरिकता पाएको छ भनेपनि राज्यले उसलाई समान व्यवहार पो गर्नु पर्छ । वर्तमानमा जो पिछडिएको छ (चाहे जुन सुकै जातिको होस्) जो राक्ज्यको सुविधाबाट वन्चित रह्यो उसलाई पो विशेष सहयोग गर्नु पर्छ ।

    • सस्कृत स्कूलको student भयत् ठिकैहो . तर पनि खुट्टा ढोग्नु मात्र नभयर खुट्टाको जल नै खाय पनि केहिछैन . यो तपाइको अधिकार हो .

  55. अनी ११ प्रदेश प्रती हाम्रो बिरोध भन्थे तेस्को कुरा चैँ के भो त? Something looks terribly wrong, seems all was a written drama.

  56. समानुपातिक तर्फ न्यूनतम् ६० र प्रत्यक्षतर्फ ४० प्रतिशत व्यवस्था गर्ने। यो त अति भो!

    • पार्टीलाई सहयोग गरेको कुनी के कुनी के मा परेको भने जस्तै हो …
      सबैको समानुपति र समावेशी उपस्थिति एकदमै राम्रो हो तर यो चुनाबी प्रक्रियाबाट हुन पर्छ , भन्नुको मतलब हामीले दिएको भोट कुन नेतालाई हो भन्ने थाहा हुन पर्छ नकी पार्टीको कुनै टाउकेहरुले आफु खुसि टिका लगाएर निर्णय गरुन … ६० % चुनावै नलड़ी आउने लोकतान्त्रिक बेवास्ता चै आती हो … जनताले जिताएका भन्दा अरु बाटोबाट (नेता रिझाएर ) आउनेको पो हाली मुहाली होला जस्तो छ .. यो त मधेसीको समानुपातिक कोटामा ८० % जति यादव/ शाह /गुप्ता आए जस्तै हुने होला, नत्र कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तो होला ..

  57. Bachelor सकिने बेला भो जिन्दगि को ठेगान छैन / दाई लाई र मलाई पढ्ने खर्च ले गर्दा घर मा २० लाख ऋण लागि सक्यो बुवाको र आमा को पनि पटक पटक ओपेरेशन ले गर्दा केहि कम गर्न सक्नु हुन्न / राजधानी भन्दा धेरै टाढा सानो पसल छ तेही हो हाम्रो आम्दानी भनेको / जिन्दगि मा एती दुख गरियाछ तर अहिले सम्म उपलब्धि सुन्ने नै छ / खोइ यो देश मा छेत्री भएर के पाको छु र बरु म भन्दा सुखी त काठमाडौँ का नेवार नै छन् / १ अन जग्गा बेचे १ crore आइ हाल्छ/ आफ्नो त बेचे पनि पहाड ५० हजार पर्ने जमिन हो / फेरी हामी किन सामन्ती / किन खादै नखाको बिष लाग्छ / यो भोकभोकै गरेको संगर्ष लै सुन्य बनावुने यी पापी हरुले पक्कै

    • तपाइको कुरा ठिक हो तर आन्दोलन मा मुठी भर आन्दोलन कारीले जातिये नाम मा गाली गर्यो भनेर सबै आदिवासी ले गाली गरेको होइन साथी \ मेडिया ले हुने नहुने लेखेर नराम्रो खबर बनाएको मात्र हो \ सबै मिलेर बसौ तर पहिचांन दिदैमा कसैले कसैलाई लखेट्ने कुरा गरेको छैन साथी हामीले \ सबै जात जाति बराबर हो \ आज को स्तिथि मा सबै ले पढेकै छन् जो को हि पनि जे काम को लागि पनि हैसियेत राख्चन \ तेही सबैलाई बराबर हक दिने कुरा मात्र हो \ मेरो पनि बाहुन साथी छ चेत्त्री साथी छ \ सबै राम्रो छन कसैले कसैलाई हेप्दैनन \ एकदाम गरिब बाहुन पनि छन् चेत्त्री पनि छन अनि एकदम धनि जनजाति पनि छन् \ तर आफसोश समुनापतिक भागबन्डा छैन नेपाल मा राज्येको अनि माथिल्लो तहको स्थान को \ पहिचान सहित को राज्य भनेको इज्जत रखिदिनुस है भने जस्तै हो\ त्यो ठाउँ मा पहिले कतै बाट आएर तपैले आफ्नो विस्तार गर्नु भएको हो भनेर नाम दिने मात्र हो \ त्यो ठाउमा जो कसैले पनि आफ्नो योग्येता अनुसारको काम गर्न सक्छ चाहे त्यो ब्राह्मण होस् या chettri या जनजाति \ नेता हरुले घुमाएर र मेडिया ले नहुने नहुने कुरा गरेर जातिय लादै हुन्छ भनेर जनता लै झुक्कएको मात्र हो साथी \

  58. सहमतिको पालना र माग पुरा गर्नु छैन के भो र जो सग जति बुदे सहमति गरे नि भो …पार्टीहरु बीच र आन्दोलन समूह र सरकार बीच अहिले सम्म भएका सबै सहमतिको पालना भएको भए नेपाल कहाँ पुग्थ्यो होला?

  59. फेरी यो भएन त्यो भएन भनेर बखेडा झिक्ने हैन है साथीहरू । वार्ता सफल भएको छ, नेपाल बन्द खुलेको छ, यसैमा खुशी छु म त । राज्य साज्य जे जस्तो बनाएनी, गरी खानेले गरी खान पाए पुगिहाल्यो नि , केको झैझगडा गर्नुपर्यो ।

  60. जनजातिको चाहना कुनै अर्थमा जनतालाई दुख कष्ठ दिने त थिएन नै,तथापी आउने दिनमा आफ्नो अधिकार सुरक्षित राख्न र युगौ देखि अन्यायमा परेकाले गरेको त्यो बन्दको मारमा परेका सर्बसाधारण प्रति मेरो सहानुभूति छ,तर सहमती लागु हुन्छ भन्ने ग्यारेन्टी अझै छैन,यदि सरकारले यो सहमति पालना गर्छ भने उनिहरुकै सत्तामा बस्ने सपना पुरा होला नगरे उनि हरु पनि अबको आउने आन्दोलनले सदाको लागि बढारिने पक्का छ!खबरदार अझै झुक्क्याउने काम हुन सक्छ!होशियारी र खबरदारी गरिरहनु जरुरत छ!

  61. लौ लौ …. बाडी चुडी खाउ…भोलि आफ्नो आफ्नो प्रदेश मा अरु जातिलाई नादबाउ … केन्द्र धान्न नसक्दा भिख माग्न नजाउ! देश मा या प्रदेश मा अरु संकट आयो भने यी माथि उल्लेखित नाम धारी हरुले जिम्मेवारी लेउ …..र माथि उल्ल्खित नाम का नेत्त या भित्ता हरुले कमाएको सम्पति पनि प्रदेश लाइ देउ.

  62. नेपाल को सरकार हिजो नि कमजोर र नालायक थियो आज नि कम्जोर र नालायक छ हामि नेपालि को दुर्भाग्य भोलि नि यस्तै रहनेछ | अराजक भिड र आतंक फैलाए जे पनि दिने सोझो भए केहि नदिने | सायद यसैलाई बन्छन जसको लाठि उसकै भैंसी … जय नेपाल

  63. “राज्यको हरेक अंग र तहमा जाति/समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व नयाँ संविधानमा सुनिश्चित गराउने। सीमान्तकृत,अतिसीमान्तकृत तथा अल्पसख्यक समुदायको हकमा अनिवार्य प्रतिनिधित्वको विशेष व्यवस्था गर्ने। ” यो चाहिँ मलाई मनपरेको सहमति हो !

    यो सबै सरकारी पक्ष र आन्दोलनकारी पक्षहरु बीच भएको सहमतिहरुलाइ कार्यन्वयन गर्न सके पक्कै पनि देशमा दिगो शान्ति र बिकाशको सम्भावना देखिन्छ ! तर ब्यबहारमा त्यो हेर्न बाँकी नै छ, त्यस माथि संघियता बिरोधि सामन्ती तथा यथास्थितिवादीहरुको चुनौतीले गर्दा सहजै देशमा परिवर्तन आउला जस्तो चाहिँ छैन !

    • धिक्कार छ …. जनता को लागि केहि भएन… यहाँ कसरि मन्त्रि हुने…कसरि संसद हुने भन्ने मात्र बनाउन थाले. तर कसरि सबै लै कम गर्ने …..कसरि सबै लै सिक्षा दिने…कसरि सबै लै स्वस्थ सुबिधा दिने…कसरि भ्रस्टाचार रोक्ने भन्ने कानुन चै कहिले नाबौने भए. हैन यो संबिधान सभा नेता बिसय मा केन्द्रित हुने हो कि जनता बिसय मा …… भ्रस्टचारी आझै सभासद.. जेल मा बसेर नै पनि संबिधान मा हस्ताक्चार…एस्त चोर लै ठिक लगाउने पो नियम बनाउनु पर्छा.

  64. सभासद भएर सडकमा आन्दोलन गर्ने. जो रक्षक उही भक्सक. अलिकति पनि सरम छ भनि राजिनामा देउ र मात्रै सरकार को बिरोध गर. चेतना भया

  65. धन्न ९ बुँदे मा आगामी ससदमा ९५ % जनजाती हुनै पर्ने भन्ने बुँदा चै राखेनछन !

    • १००% राखेको भए यो मलाई खुशी लाग्थ्यो। खुस्किने तिनै दाहाल, के।सी, नेपाल त हुन नि। आफुलाई राजनीति नै गर्नुछैन के को डर?

  66. वार्ता सफल भएकोमा दुवै पक्षलाई धन्यवाद । र, वार्तामा समेटिएको सम्पूर्ण बुदाहरूको अक्षरश  लागू हुनु पर्छ । धन्यवाद।

  67. राम्रो खबर यसरी मिलेर जानुपर्छ.बन्द हड्ताल नगरेर बार्तामा बसेर समस्याको समाधान खोज्नु पर्छ
    .हाम्रो जात भन्दा पहिले हामी नेपाली हो भन्ने बुज्नु पर्छ.अनि पछि मात्त्र आफ्नो जात. जय नेपाल. हाम्रो नेपाल ,

Comments are closed.