दरबारमार्गमा ‘सद्‍भाव’ र्‍याली

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे।

DSC01210
काठमाडौँको दरबारमार्गमा आज साँझ व्यापारीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको आह्वानमा भएको सद्‍भाव र्‍यालीका केही फोटोहरु। रोचक त के रह्यो भने बन्दको विरोधमा आयोजना गरिएको भनिएको यो कार्यक्रम कै आयोजकको नेतृत्वमा संखुवासभामा भने जिल्ला टुक्राउन नहुने भन्दै अनिश्चितकालीन बन्द गरिरहेको रहेछ।


DSC01180

DSC01221

DSC01191

DSC01193

DSC01198

DSC01205

DSC01207

DSC01220

DSC01225

DSC01229

DSC01234

DSC01231

DSC01236

DSC01246

DSC01275

DSC01265

DSC01299

सद्‌भावमा दुर्भाव? सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे, हेर्नलाई यहाँ क्लिक गर्नुस्।

70 Comments

  1. सदभाव ऱ्याली हुनु पक्कै पनि राम्रो कुरा हो। राम्रो कुरा को तह समर्थन गर्ने बनि बसiलूं न हो साथी हो किन जुन कुरा मा पनि बिरोध ? के तपाई देश जातीय दोन्द मा फसोस भन्ने चाहनुहुन्छ ? पक्कै पनि चाहनुहुन्न ! एस को त समर्थन गर्नुस !

  2. यतिको ठुलो संख्यामा प्राचीन नेपालको चन्द्र सुर्य ध्वज बोकेको सायद यहि नै पहिलो पटक होला ! अरु बेला त बिदेशी जस्ता देखिने झन्डा बोकी जिन्दावाद मुर्दावाद भन्नेहरु सडकमा हुन्थ्ये ! पार्टीका लागि नारावाजी कार्यकर्ता, बाहुन क्षेत्रीको जुलुस हडताल देखिने भिड, जनजातीको बन्दकर्ताको हुल भन्दा दरवारमार्गको जमात ठुलो थियो ! अब यो कुरा सबै बुझ्नु पर्छ ! यो जमातलाई कर छल्नेहरु मात्रै देख्नु भनेको सबै जनजातीलाई मुढे, बिखन्डनकारी देख्नु, सबै बाहुन फटाहा घुस्याहा देख्नु र मधेस भन्ने बितिक्कै काला मान्छेको हुल देख्नु बराबर हो र यस्तो सोच्नु तपाई आफै दोष हो ! प्रचण्ड, बाबुराम, माकुने, झले आदिले क्रमश: जनजाती, बाहुन क्षेत्री, तराईवासी उचालेर देशको भलो हुने वाला छैन ! जनजाती हारे हानि देशलाई नै हुने हो! बाहुन क्षेत्री हारे देसलाई नै हानि ! मधेसी हारे नि देसलाई हानि ! बरु प्रचण्ड, बाबुराम, माकुने, झले आदि हारे देस लाई केहि हुन्न ! यो तिनै समूहलाई मिलाएर लान सक्नेले नै देस हाक्न सक्छ !

  3. भ्याट माराहरु, कर माराहरुको जमात हो यो, कालो बजारिया कसरि देश प्रेमी हुन्छ जसले कर नतिरी देश लाई सोषण गर्छ. बिनोद चौधरी जस्तो देश प्रेमी ? हा हा हा … y y ले पेले.. y y को भ्याट ले पेले ……

  4. साला धनि हरु को rally हेर… थुक्क देश द्रोही हरु, यिनीहरु पो हो त देश को मुक्ति नचाहने, सधै गरिब को चुसेर खान खोज्ने, सामन्तीहरु… गरिब को Rally रत्नपार्क मा हुन्छ, यिनीहरुको चै दरबार मार्ग मा…

  5. नेवालाई नेवा कै राज्य जिम्मेबारी दिएको खण्डमा उपत्यका परेका पानीको समस्या बागमती विष्णुमति धोबीखोला खोला आदि नदि नालाबाट पानीको समस्या उपत्यकाबासिले हल गर्न सक्छl पनौतीमा फलेका तरकारी नेपाल अधिराज्यभरि निर्यात गर्न सकिन्छ l बुन्ग्मति फलेका चामल अधिराज्यको जनता पेट पाल्न पुग्छ l बिजुलीको लागि नेवा थुप्रै विद्वान पुजीपतिहरु छनl यिनीहरुले नै भक्तपुरतिर नुक्लेर आणविक बिजुली तयार गर्न सक्छl बिजुली नेपाल अधिराज्यभर पुग्छ lशोभा भगबती उपत्यका बिबिन्न छेत्रमा ग्यास जमिन मुनि छl त्यो निकाल्न सके, चीन भारतलाइ समेत बेच्न सक्ने छेमता छl उपत्यका जमिनमुनि ग्यास पेट्रोल कुवेतमा भन्दा बढी छ lजसले सत्य बोल्यो केशब स्थापितलाइ झैँ भिजिलान्तिहरु गफाडी भनि हाल्छ lकाठमाडौँ उपत्यकामा पेट्रोल टेक्सासमा अहिले निकाले जसो निकाले नेपालको मोटर गाडी एरपोर्ट प्लेन उड्न कसै संग पेट्रोल माग्न परेनl देश बिभाजन हुन्न उल्टाबाट नेपाल र नेपालीको प्रगति हुन्छ l जसको माटो उसलाई प्रगति बिकाश गर्न दिनु हामी सबै नेपाली को अधिकार बन्छ l फाइदा हामी नेपाली नै खाने हो l

  6. बिहान बेलुकी घण्ट बजाउँदैमा देउताले सुन्ने भए गधाले जति यो संसारमा कसैले पनि घण्ट बजाएको छैन होला। यस्तै हो परेवा उडाएर, मैनबत्ति बालेर, सेतो टी-सर्ट लगाएर शान्ति डाक्नु भनेको।

    तथ्य:
    ओछ्यान माथि जाँतो झुण्याएर निर्धक्क सुत्न खोज्नु जस्तै हो। नपत्याए आफै जाँतो (जाँतो बुझ्नुहुन्न होला धेरैले, बीस के.जी.को ढक भएपनि हुन्छ) झुण्ड्याउनुस ठीक टाउको माथि, अनि सुत्ने कोशिस गर्नोस्।

    निश्कर्ष:
    अवको चुनावमा सही मान्छे चुन्नुहोस।

  7. This type of procession will not help until:
    1) Inclusive policies are followed by the government
    2) there is equality and access to all tribes and communities.

    We need unity in:
    1) including all languages in Lok Sewa Aayog
    2) including all languages in national TV and radio and newspapers
    3. in all sectors….

    Otherwise, we NEED REFERENDUN for baise chaubise rajya as of 250 years before. That will be the only resort to solve this problem.

  8. मेरो विचार मा त एक त राजा ले मात्र गर्छ होला, तपैहरु केहि होला जस्तो लाग्छा ???
    अरु सबै देखावटी मात्रै हो … तर मैले नबुझे प्रान्त को नाम हिस्तोरी मा भएको जाति को आधार मा राखेर क बिग्रिन्छ र अर्को त ल र नियेम राम्रो हुनु पर्यो नि |

  9. यो र्‍याली त धनीको मात्रै रहेछ। सेतो लुगा र झन्डा किन्न नसक्नेको होइन रहेछ.
    सेतो लुगा लगयए झन्डा बोक्दैमा सद्‍भाव आउँदैन। हामी सबैलाई सम्मन अधिकार चहियको छ। यो बहुन बादी चिन्तनलाई धाल्नु छ अब। चुप लगेर नबसु अब

  10. के यो रियाली आइ -फोन बोक्ने हरुको मात्र हो ?????

  11. मधेशमा त्यत्रो बन्द भइराछ, त्यसकाविरुद्ध पो लाग्नु आवाज उठाउनु ! भारतीय कर्मचारीहरूले अनेक भोज गर्दै मधेशी नेता भनाउँदाहरूलाई उचालिरहेका छन्, त्यसको विरुद्ध पो आवाज उठाउनु । तर अहँ, जबजब माओवादीले वा माओवादी समर्थनमा कुनै बन्द वा कार्यक्रम हुन्छ, तब तब यी देशलाई चुस्नसम्म चुसेका अनुहारहरू सडकमा देखिन्छ । जबजब जातीयताको कुरा उठ्छ तब तब यिनीहरू कनकमणीजस्ता दलालहरू काखी च्याप्दै राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिन्छ । धमलाजस्ता हत्याराहरूलाई अघि लाउँछन् ।

    यस्ताहरू अग्रपंक्ति भएको र्‍यालीलाई कसरी सद्भाव र्‍याली भन्ने ? माओवादीले गरेको आन्दोलनमा पनि यिनै कुलंगारहरूले उचालेर तथानाम गाली गरे ती सोझासाझा जनताहरूलाई । यो त ढोँगीहरूको र्‍याली पो भयो त ! जसमा केही सुकिला-मुकिला अनि केही फेशबुके किराहरूमात्र देखियो, जो जातीय राज्य भन्ने बित्तिकै बुरुक्क उफ्रन्छन्, अर्थात् बाहुनवादी सोच भएकाहरू ।

  12. If the state can’t address janjati problem then no matter how many sadbhav rallies they organise dosen’t make any sense.I only see white collar people in the rally all poor people are just staring at the tamasha made by those people who exploit poor people and earn wealth.Nepal is a land of multi language,multi-caste,multi-religion and multi-culture so we son’t want to see any monopoly.If the problem isn’t addressed now then people will be forced to take up arms and imagine the future of Nepal.

  13. देश टुक्रा पार्न खोज्ने नेताहरु लाई यो जुलुश एक चुनौती हो / खबरदार नेताहरु हो !

  14. कम्ति मा देश लै बिभाजन गर्न खोज्ने नेताहरु भन्दा त यी सुकिला मुकिला हरु नै ठिक . केहिले भ्याट छलेर के भो ? केहि लाख नेपाली हरु लै रोजगारी त दिएका छन् नि उनीहरुले ? चोर नेता र बिदेशी को दलाली गरेर देशमा सम्प्रदैक आगो बल्न तम्सिएका हरु ले गरेको को बन्द भन्दा त यो सभा कति ठिक कति ? येस्मा देश लाई माया गर्ने जनजातीहरु पनि ठुलो संख्या मा सहभागी भएको कुरा nabirsau

  15. अब अरु कुरा छाडौ , केटि हरु चाही चुवाक चुवाक रहेछन ,

  16. मैले थापाए अनुसार यो सदभाब र्याली मा जागिरे हरुलाई नि बोलाइएको थियो एदी सदभाब र्याली मा आएन भने हाजिर हुन्न भनेर धम्कि नै दिएको थियो रे हाकिम हरुले \ अनि तेत्रो भिड नहुने त कुरै भयन नि \

  17. हामीले सबैले चाहेको पनि तेही हो बन्द हड्ताल सधैको लागि रोक्नु एउटा कानुनी कडा नियम बनाउनु पर्छ जसले यो बन्द हडतालको अब्बहान गर्छ तेती बराबरको बिगो राखेर मात्र बन्द गरुन पनुने व्यवस्था चाहियो !
    रह्यो कुरो सदभाब रयालीको ?
    सदभाब रयाली राम्रो हो तर त्यहा सबै जात जातिको सदभाब भाको छकी छैन यो मूल बिषय हो ! सदभाब रयालिको ठुला ठुला पोस्टर अनि फोटा सहित सम्पूर्ण मिडियाले छापेको छ अनि
    जनजातिको एकता भेलाको भने कहिँ कतै देखिदैन यो मिडियाको पक्ष्यपात नभई के हो ?

  18. पाली हामी रहन्छौ कहाँ नेपालै नरे तयैले जातिय सत्भाव र जातिय एकता नेपाल बचाउने कसि हो । हमी सबै जाती जनजाती भएर नेपाल बचाउनु छ नेपाल सबै नेपालीको सझा देस हो सबैको जातिय हिचान बोकेको सांकृतिक सम्पदाले भरिपुर्ण संमृद्ध राष्ट्र हो त्यसैले यसलाई बचाउन सबैले केही गुमाउनु गर्नु जरुरी छ ।

    • मैन बत्ति बाल्ने सुकिला मुकिलाको डर्रा छोडेर आ-आफ्ना माउ पार्टीलाई दबाब देउ!!
      एमान्ग्रेसको बुद्धि फिराउ, राजिनामाको शर्त बेमौसमी शर्त तेर्श्यायेरा संविधान सभा विघटन भयो भने अहिले आन्दोलनरत जातीय, बर्गीय समुदायहरुले आ-आफ्नो राज्यको घोसणा गरे भने त्यो जस्तो अराजक के हुन सक्छ? त्यसलाई रोक्ने को?

      एमान्ग्रेसका अहमका कारणले संविधान सभा भंग भए भोलि माओबादिले पुरानो जातीय जनसत्ता ब्युँताउने सम्भावनालाई पनि नकार्न सकिन्दैन! एमान्ग्रेस बाहुनबादी सोच भएका बाहुनछेत्रीको मात्र पार्टीको रुपमा रुपान्तरण भैरहेको प्रस्ट हुँदै छ! बाहुनबादी सोच भएका बाहुनछेत्रीको अश्वाभाविक आन्दोलन पश्चिमबाट अखण्ड पश्चिमको नाममा फेरी सुरु गरिदैछ, सबैलाई स्पस्ट थाहा छ त्यो आन्दोलन एमान्ग्रेसद्वारा नै संचालित हो!

      अब देश भडखालोमा गयो भने त्यसको १००% जिम्मेवार एमाग्रेस हुनेछ! वास्तवमा यथास्थितिमा रहने, अन्य जातजातिलाई अधिकार नदिने संधैभरि आफ्नै हैकम मात्र रहोस भन्ने चाहाना राख्ने र संघियता सहितको नया संविधान कुनै हालतमा बन्न नदिने यो एमान्ग्रेस भन्दा अरु कोइ हैन! अब एमान्ग्रेसले राजाबादीहरुसंग आन्द्रा जोडे भन्ने खबर आयो भने पनि आश्चर्य मान्नु पर्ने छैन, किनकि एमान्ग्रेस २०४७ को राजासहितको संविधान ब्युँताउने वा त्यसैलाई सदर मान्ने मनशायमा छ भन्ने प्रस्ट छ!

      त्यसैले गिदी हुनेले सोचछन् … लिदी हुनेले एमान्ग्रेसलाई रोज्छन!

  19. बाद्यकारी एउटै रङ्गको लुगा र एउटै भाषा महेंद्रपथिया राष्ट्रबाद मात्र हो / बरु एस्लाई पंच ऱ्याली नाम दिनु उपयुक्त हुन्थ्यो होला / एसको वास्तविक नियत भनेको पहिले शान्ति ऱ्याली भनेर माओबादीको आन्दोलन तुहाय जस्तै जनजातिको आन्दोलन तुहाउने थियो, बेलैमा सम्झौता भयो राम्रै भो /

  20. सद्‍भाव सभामा पूर्व अध्यक्ष चण्डीराज ढकाल पनि देखियो, जहाँसम्म मलाई लाग्छ, उहाँ बैंकको कालोसूचीमा पर्नुहुन्छ, राष्ट्रिय वाणिज्य बैंकको निकै रकम दबाउनुभा’छ क्यारे, त्यो तिरेर सद्‍भाव प्रदर्शन गर्ने हो कि?
    अनि उपस्थित सबैलाई बधाई दिन चाहन्छु। कतिका हाउभाउ हेर्दा ‘बसुधैव कुटुम्बकम्’, ‘सबै जातका एउटै फूलबारी’ मनमा लिए भन्दा कन्सर्ट हेर्न पो गएका हुन् कि भन्ने पनि लाग्यो।

  21. उद्योग बाणिज्य संघको फेरी नया जोक्स हा हा अरु बेला देशमा जे नराम्रो भएपनि मतलब छैन शम्बिधन बनोस नबनोस मतलब छैन जब बन्द हुन्छ अनि आफ्नो business चौपट हुन्छ अनि के के न गरेजस्तो देखाउनलाइ rally गर्यो सक्यो येसो हेर्दा त यिनी हरु डाका हुन् जस्तो लाग्छ आफ्नो फाइदा को लागि अरु लै उस्कौने

  22. दुइ पक्ष बिच कहाँ झगडा भएको छ र सदभाव र्यली गरेको आधिकार को लागि पो बन्द गरेको हो बिरोध गरेको हो त ।

  23. म काठमाडौँ मा बस्ने एक upper middle class मान्छे हुन् ! पेशाले म engineer भएकोले ,नेपाल को अति दुर्गमता र गरिबी देखेको छु ! यो सध्वाब र्याली हुनु खराब होइन. तर येस् र्याली ले नेपालका सबै वर्गको प्रतिनिधित्वो गर्दैन , तर अवश्य सारा नेपालीको शान्ति र देशको सम्भ्रिधिको चाहनालै भने प्रस्तुत गर्छ.आदिबासी र जनजाती को मागलाई पनि म सहि ठान्छु किनभने त्यसमा रहेको कैय्यो बुंदाले देशको उत्पीडित बर्गको आवस्यकता र हीतलै सम्बोधन गर्दछा.काठमाडौँ तथा अन्य सहरी क्षेत्रमा मात्र शान्ति आएर हुन्न ,ति दुर्गम क्षेत्रका सारा गरिब नेपालीको जीवनमा शान्ति ल्याउन आवश्यक छ .मलाई थाहा छ हिजो को र्यालीपछी कैयौं मेरै साथिहरु ले हाजारौन् खर्छा गरेर पार्टी र गेट together गरे,,तर त्यो पनि उहाँ हरु को अधिकारको कुरा हो..कुनै दिन देश अखण्डरही सारा नेपालीले येसरी नै रमाइलो मनाउना पुन्..येही मेरो सपना हो

  24. यो शभा ले प्रमाणित गर्यो कि नेपाली जनता हरु जातीय राज्य को पक्ष मा छैनन् , उनीहरु फुट हैन एकता चाहन्छन. जातीय राज्य DFID रे European Comission को पैसामा पालिएका हरुलाही मात्र चइये को हो /

  25. आफै बोक्सी आफै झाक्री सबै नेपाली एक भएपछि मात्र शान्ति आउँछI नेपाल एउटा बहुभाषिक बहु जातीय देश हो यस्तो स्थितिमा एकलाई अर्को दोषी र आफु सही देखाउनु भन्दा पनि जायज मागहरुलाई टेबल टक गरेर सबैको माग सम्बोधन गरेर सबै मिल्नु विकल्प छैन I झुपडीको अगाडी सिसाको महल बनाएर कहिले पनि दुक्क साथ बाँच्न सकिन्दैन सम्पूर्ण नेपालीहरु नेपाल राष्ट्रको निमित्त एक हुनै पर्छ i यो र्याली भलै सद्भाव अर्थात् राम्रो अर्थ दिने र्याली भनेतापनि यसले जनजातीलाई समेट्न सकेको छैन I बहुजातीय बहुजातीय हाम्रो देशमा जनजातिको हक हित नदिई कुल्चेर जाने हो भने सम्भवत बिकाश असम्भव छ I संघियता एउटा शासन पद्दति हो न कि देश टुक्र्याउने नीति, केन्द्रिकृत हाम्रो हाम्रो शासन प्रणालीलाई संघ संघमा बाँधेर सबै मिलिजुली देश बनाउने नीति हो i संघियता भएपछी देश टुक्रिन्छ भन्ने संक्रिन्न सोचाई र हाम्रो राज्य भएपछि हाम्रो राज चल्छ भन्ने सोचाई नितान्त तुच्छ र संकुचित छI बिशाल र नयाँ नेपाल नयाँ सोच र बिशाल हृदयबाट बन्छ I मन सफा हुनुपर्छ लुगा होइन, मन भित्र शान्तिको दिप हुनुपर्छ मैन बत्तिमा दिप होइन I जय राष्ट्र जय नेपाल I

  26. people like me whose wife is newar can only wish that people cam live together with respect and dignity. we so called upper caste have to change our mentality and learn to respect other culture , language and tradition. i cant say about other if we have not spoil, newar people could have been the richest people in sub continent just like gujarati in india as they are enterprising and skillfull people . no one is as skilled as newar community , we just couldnot channelise it. hopefully they will be able to rule themself and use their art , history and skill. other ethnic group are not self sustainaible as newars but they should be able to learn new skills. we cant just ignore them and talk about unity. our ethnic people are not like aborigine from australia or africa. they are hardworking and moral people. for majority, we should stop our artogance. and think it as the golden oppurtinity to bring the change in society.

  27. सदभाव दैनिक ब्यबहारमा ल्याऊ सबैले
    नाकी क्षणिक र देखावटी रुपमा कसैले !

    सदभाव तब हुन्छ जब सबै नेपाली हुन्न भोका र नांगा
    नाकी मुठी भरका नेपालीहरु भएर आफै दंगा !!

    सदभाव अझ हुन्छ यदि नेताले यो कुरा बुझे
    नाकी मुखमा राम राम बगलीमा छुरा गरे !!!

  28. भ्याट मार हरुले आयोजना गरेको राल्ली मा प्राय जसो किन सुकिला मुकिला हरुको हुल देखिन्छा ? …….

  29. Thanks for running a blog on sukila mukila so called harmony gathering. Even a bak bak bahun associated with Image News was honestly acknowledging that the people who were there, 95 percent did not represented average Nepali. Even Rishi Dhamala managed to show his hijada face. Biggest thug and bank defaulter Mr. Chandi Dhakal is raising Nepali flag without an iota of shame. Surendra Malakar just looks like a silpil pilpil cartoon from my Dinman days. It is so amazing to see Mr. Bhaskar Raj Karnikar to be right there where he once posted a more than life size of Gyanendra – bestowing all chakadi. Thuk FNCCI. Remember there is CC (rakshi ko bottle) inside your name. It is a shame on Nepal’s business community.

  30. सदभाव भनेर फलाक्दै मा हुने होइन मित्र हो/ हिजो जनजाती को सभा मा पनि जनलहर तेतिकै थिए आज सदभाव सभा मा पनि येतिका मान्छे हामी नै कन्फिउज/सदियौ देखि को हाम्रो सदभाव कायम नै रहने छ तर आउरे ,भौरे,चाउरे नेता हरु देखि हामी साबधान हुनु जरुरि छ /किन कि हामी लाई उचालेर धमिलो पानी मा नेता ले माछा मार्न अझै खोजि रहेछन /सबै मिलेर नेता को प्रतिकार गरौ समृद्ध नेपाल निर्माण गर्न हामी आजै बाट जुटौ //////

  31. सद्भाव ऱ्याली हुनु, एकता ऱ्याली हुनु आफैमा राम्रो कार्य हो | तर यस्ता कार्य गर्नेहरुले परस्पर बिरोधि कार्य गर्नु चाहि नहुने हो | एक ठाउमा अखण्ड समर्थित बन्द गर्ने र अर्को ठाउ एकल पहिचान युक्त बन्दको बिरोध गर्ने गरेको जस्तो देखियो | यो चाहि अलि खल्लो लाग्यो है |
    मलाई लागेको अर्को कुरा – ड्रेस कोड चाहि किन राखिएको रहेछ ? यसमा कुनै तुक छ ?

  32. हे छोटो बुद्धि र मोट्तो दिमाग भयाकहरु सोंच देश भनेको कुनै जात वा जातिको पेवा होइन येस्मा सबैको बराबरी हक आधिकार हुन्छ, राम्रो संग पढ्यौ भने तिमीहरु आफ्नो देशमा मात्रै होइन विश्वको जुनसुकै कुनामा गया पनि सुकिला मुकिला हुने चान्स पाउछौ , तेसैले अरुले राम्रो गर्यो भनेर डाहा गर्ने र कुनामा गयर रुने कराउने र हामीलाई अब राज्य चाहियो , धेरै अधिकार चाहियो वा कोटा चाहियो भन्दै अरु लाइ शत्रु देख्नु भनेको आफैले आफैलाई मुर्ख,अशक्त र नामर्द साबित गर्ने बाहेक अरु कुनै ठुलो काम हो जस्तो मलाई लाग्दैन , मुर्ख हो धन्न इतिहास मा भक्ति थापा , बलभद्र कुँवर , भीमसेन थापा जस्ता तिमीहरुको भाषामा खस महाबिर र सपुतहरुले यो देशलाई बचयरा राखेर आज विश्वमा आफ्नो मातृभूमि छ भनेर गर्व गर्न पायक छौ नत्र आफ्नो मातृभूमि नहुँदाको पिडा कस्तो दर्दनाक हुन्छ , एकपटक सिक्किमेली र दर्जीलिंगी नेपाली र मातृभूमिको लागि दशकौ लंदाई लडेका यहुदी र प्यालेस्टेनीलाइ सोध !
    !! जय अखण्ड नेपाल !

    एकटक यो लिंक मा click गरेर यो विडियो हेर्ने कि !!
    http://nagariknews.com/news-highlights/139-highlights/41112-2012-05-23-14-15-19.html

  33. सदभाब र्याली त ठिकै हो, जसले जस्तो पाराले गरे पनि ( राम्रो हुनेले राम्रो लुगा लगाएर गरे, नहुनेले जे छ तेही लगाएर गरे) तर यी भ्याटमारा हरुले अगुवाई गरेको चै मन परेन, तर के गर्नु हाम्रो बिडम्बना, अब नेपाली समाजमा इमान्दार पाउनै गारो भै सक्यो, कोहि इमान्दार भए पनि आट भएको छैनन्,बिचरा हामी, एउटा-एउटा ठग हरुकै पछी लाग्न बाध्य छौ, कोहि आदिबासी-जनजाती पार्टी ( हेर्दै गर्नु होला, अब यो समुह चाडै नया पार्टी बन्छ,तेही भएर मैले चै अहिले बाट पार्टी भन्न सुरु गरेको) का ठग नेता को पछी, कोहि भ्याटमारा हरुको पछी!!
    अतः आफ्नो सदभाब आफै संग सबैले राख्ने हो भने न टाउको मा फेटा बादेर न त सेतो टि-सर्ट (फोटो हेरे पछी )लगाएर हिड्नु पर्छ, हिन्दुस्तान भगवान ले सबैको कल्याण गरुन ( पशुपति-नाथ उतै तिरै को रैछन, तै भ’र)!!!

    • तपाई ले पशुपतिनाथ लै हिन्दुस्तानी भगवान भनेको कुरा एकदमै चित्त बुझेन . पशुपतिनाथ मन्दिर स्थापना को इतिहास पढ्नुस अनि मात्र बोल्नुस मित्र. जथावावी मुख मा जे आयो तेही बोलेर आफ्नो मुर्खता येसरी प्रदर्सन नगर्नु राम्रो

  34. सुकिला मुकिला र टाठा बाठाहरु पनि रहेछन यो रयालीमा|
    नव आदीवासीहरु पनि रहेछन यो रयालीमा|
    मनभरी कलुषित भावना बोकेर र आफुले खाइपाई आएको कसरी
    निरन्तरता बनाईराखु भन्ने मानसिकता लिएर के को सद्भावना
    रयाली?
    पैले मन सफा राख अनि रयालीमा फोटो खिचाउ| नत्र भने
    नकच्चरो अनुहारहरु हेरेर ट्याम फाल्न बेकार छ|

  35. सदभाव र्र्याली को दृश्य ले फेरी एकपटक आश दिलायो खुसि दिलायो.

  36. बन्दको असर देशको अरु ठाउमा नि उत्तिकै भैदिए, सदभाव ऱ्याली अरु ठाउमा नि निस्कन्थे होला बाणिज्य संघकै नेतृत्वमा ! तर संदेश राम्रो दिएको छ !

  37. भुत्रो को सद्भाव रयाली ? यी सब एकाध्मक सत्ताका सुभ चिन्तक हुन् बेकार मा देख्नु भो यी सुकिला मुकिला हरुकै सन्तान हुन् यी तस्बिर हरु बाट नै थाहा भै हाल्छ नि देश चुसेर कर छलेर आज बेकार मा के को गोही को आसु ?

  38. सदभाव मन भित्रबाट पलाउने कुरा हो त्यसको लागि अर्काको मन जित्ने कार्य गर्नु जरूरी छ , अरुको हक र अधिकार माथि हस्तक्षेप र अतिक्रमण गरेर , खोक्रो सदभावको मन्चन गर्नुको कुनै अर्थ छैन |

  39. उद्योग बाणिज्य संघको नेतृत्वमा सातौ दिनपनि संखुवासभा बन्द
    तर उद्योग बाणिज्य संघकै नेतृत्वमा काठमाडौँमा बन्दको बिरोध रे !!!
    “उद्योग बाणिज्य संघ” का दिग्भ्रमित पदाधिकारीहरु र तिनका पछी सित्तैमा चिया चमेना गर्न पाइन्छ कि भनेर लागेका भेडाहरूको समूहमा चाडैं नै बुद्धि आओस |

  40. कतै त्यहि मानिस बन्द पनि गराउने अनि त्यहि मानिस सद्भाव निकाल्न जाने त् होएना. मण्डले प्रबिती का मानिस बाट सचेत हुनु पर्यो. खबरदार

  41. होतनी…….. यो तराईको बन्द कहीले खुल्छ, सारै गारो भैसक्यो, अबत धेरै भो | सदभाब ऱ्याली यता पनि आउनैहो कि ………………..?यो तराइ र सुदूरमा हजुरहरको सदभाव र्‍याली हेर्न पाइयोस |

  42. होतनी…….. यो तराईको बन्द कहीले खुल्छ, सारै गारो भैसक्यो, अबत धेरै भो | सदभाब ऱ्याली यता पनि आउनैहो कि ………………..?

  43. कतिपय साथि हरु हरेक कुरा मा नकारात्मक दृस्टीकोण ले मात्र हेर्नु भएको देखेर दुख लाग्यो | सहि आवाज जसले उठायेनी सहि नै हुन्छ | यहा त यो आवाज कसले उठायो हेरेर दृस्टीकोण बनाउने चलन छ | सायद हामि पछी पर्नु को प्रमुख कारण यहि होला | सद्भाव र्याली मा सबै जात जाति हरु को एक्यबद्दता देखेर खुसि लाग्यो | जय सुन्दर शान्त नेपाल | सह अस्थित्यो को स्वीकार गरौँ अआसी सद्भाव फैलाउँ |

  44. यो सदभाव रयाली त कठमंदुको चिल्ला, चल्ला हुनेखाने ब्यापारी घर र समुहको प्रतिनिधिहरु मात्रै जस्तो छ जसलाई आफ्नो मात्रै सुख चयन भन्दा अरुको सुख चयनको मतलब राख्दैन, यो केवल त्यहि कथित उच्चा बर्गको समूह जस्तो देखिन्छ ! बास्तविकता यो भन्दा एकदम फरक छ नेपाल र नेपालीको !!!

    • यी फोटो हरुमा आवरण भन्दा पनि मर्म खोजिनु पर्छ
      अत्यन्त सिमित आर्थिक स्थिति भएको मान्छे, म जस्तो, र अत्यन्त सम्पन्न को मर्म फरक हुन्न

      काम गर, fair गर, सक्छौ धेरै को लागि काम देउ, tax तिर, मोज गर…सक्दैनौ रिस नगर

      • Tax तिर्ने रे नक्कली भ्याट बिल सम्म बनाउने अनि बैंक डुबाउनेहरुको तारीफ गर्ने तिमि चाही त्यहि नूनको सोझो गर्ने नक्कली भ्याट बिलवालाहरुको बफादार … हो कि कसो ?

      • हुने खाने भन्दै मा नकारात्मक दृष्टिकोण ले हेर्नु अब्स्येक छैन. धनि जति सबैले गरिबलाई मारेर धनि भएका होइनन.फटाहाहरु जुन सुकै वर्गबाट पनि हुन सक्छन.हुन त मान्छे को स्वभाव नै धनि र गरिब बीच गरिब को समर्थन र धनि को बिरोध गर्ने हुन्छा. फिलिम मा गरिब हिरो ले धनि भिलेन (प्रायजसो हिरोनी को बाउ)को रामधुलाई गर्दा सबैले थपडी नै नबजाए पनि मन मनै “बजाईदे! बजाईदे!!” भनिरहेकै हुन्छन!

        सद्भाव हुनु राम्रो हो. तर तेही व्यक्ति र संस्था ले एक ठाउँ मा चै बन्द को योजना गर्ने, अनि अर्को ठाउँ मा चै बन्द को बिरोध मा सद्भाव र्याली निकाल्दा साचैको सद्भाव भन्दा पनि सद्भाव को नाममा आफ्नो कुनै भित्रि उदेस्यको पूर्ति को लागि रहेछा भन्ने कुरा बुझ्न गारो पर्दैन. खोइ त यो कुरा नेपाल को अरु मेडिया मा आएन (कोमेंट लेख्दा सम्म). यो कुरा सर्बसाधारण जनताले थाहा पाए भित्रि उदेस्यको भण्डाफोर होला भनेर यिनी हरु संग स्वार्थ गाँसिएका मेडिया संचालक हरु ले मेडिया मा नल्याएका होलान.

        यो दुख को कुरा हो कि नेपाल मा एकातिर पछि पिछडिएका समूह हरु को आन्दोलन लाइ माओबादी अतिबादीहरुले हाईज्याक गरेका छन् भने अर्को तिर बन्द र बिभाजनबाट आजित जनताको शान्ति र मेलमिलाप प्रति को चाहना लाई भास्कर राज कर्णिकार, कनक दिक्षित् जस्ता पुराना शासन को सुभचिन्तक हरुले आफ्नो स्वार्थ को लागि हाईज्याक गर्ने कोसिश गर्दै छन्.

    • अ ठिकै भन्नु भो साथी
      यिनै सुकिला मुकिला लै गरि खान दिनोस
      तपाई हामी जस्ता काम नभएका २/४ जना मान्छे हरु लाई जागिर खाने ठाउँ दिन्छन .
      तपाई आफै भन्नोस् त्यहा उपथित सबै सुकिला मुकिला ले ५/५ जना को दरले जागिर को अवसर निर्माण गरे भने यो देश भरिका सुकिला मुकिला हरु ले लगबग सबै नेपाली लाई पुग्ने गरि जागिरको अवसर सिर्जना हुन्छ.
      जागिर निर्माण गर्नु भनेको अनन्त उत्पादन बढ्नु हो. सधै बिरोध मात्रै गरेर देश बन्दैन.
      सबै कुरालाई पार्टी को चस्मा लगाएर हैन स्वतन्त्र रुपमा बिस्लेषण गर्दा राम्रो हुन्छ

  45. समस्याको समाधान भएको होइन , समस्यालाई पर सारिएको मात्रै | कति दिन टिक्ने ho यो सद्भाव खोइ ?

  46. Goodwill and solidarity meeting is good if it can give solidarity to all people of Nepal, all the languages of Nepal and all the curtures of Nepal. What they demonstrate is for goodwill and solidarity to one langauge, one culture and one elit people who has ruled the country as dictatorship that they supress and discriminte non-Khas people of Nepal. It is unfair and unjustice. WORK FOR BENEFIT OF ALL PEOPLE OF NEPAL.
    One playcard reads: “Keep intact communal harmony.” It has been fake communal harmony in Nepal when one Khas ethnic people hold monopoly on state power and mis-use it to supresses non-khas people of Nepal.

    • Why we are against one culture, one language but supporting one language state, isn’t it selfishness, we are nepali, we must respect our culture, language, ethics and indigenous people, their rights are acceptable but one ethics state is New Jatiya Tanasaha which is not acceptable because first we are Nepali than after ethics………….We saluate Janajati Ek Hau But Nepali Ek Hau Not Accepting, Yo ta Tanasahi Jaitya rajya ko parakastha bhyana ra.

  47. “सयौ थुंगा फूलका हामी यौटै माला नेपाली”/ राजनति र नेताहरु मात्र हाम्रा होयिनन कि जस्तो भयको छ/ नेपाल र सम्पूर्ण नेपालीहरुको हितलाई ध्यानमा राख्दै सबै नेपालीहरुको प्रतिनिधित्तो भयको सबै समुहहरुको म सहस्र स्वागत गर्दछु/

  48. छलकपट नगरिकन कर तिरेर सद्भाव कायम गर्नुस …. रयाली निकालेर काम छैन …

    • सुरेन्द्रजी हामीले तिर्दै आएको करबाट नै तिनै भ्रस्ट नेता भनाउंदाहरुले आफ्नो भुँडी अनि खोल्ती मात्र भर्दै आई रहेका छन् , तर पनि नून को सोझो कहिले पनि गर्न जानेनन / अझै तपाई भन्दै हुनुहुन्छ कि कर तिरेर सदभाव देखाउनुहोस भनेर…. के यो कुरा तर्क संगत छ जस्तो लाग्छ यहाँ लाई?

  49. स्कुले नानीहरुलाई जम्मा पारेर केको रमिता गरेको हो यो सदभाव रयाली भनेर ? आयोजकको उद्देयश्य त जातिय पहिचान सहितको राज्य पुनरसंरचनाको बिरोध गर्नु नै देखियो l बरा भर्खर १६ टेकेको स्कुले नानीहरुलाई के थाहा बाबु बाजेले कस्तो उत्पीडन भोग्नु परेको थियो भनेर l नेपालको पहिचान र सम्पति भन्नु नै बहु भाषा, संस्कृति, चाड होइनन र? जातीय पहिचानको आधार मा राज्य पुनरसंरचना भयो भने पिछडिएको जाति, वर्गले पनि राज्य ब्यबस्थामा सहभागिता जनाउन पाउछन् ,एकल जाति र वर्गले मात्र शासन गरिराख्न पाउदैन l भाषा, संस्कृतिको संरछेन र सम्बर्धन पनि हुन्छ भन्ने मलाई लाग्छ l

  50. सुकिलामुकिलाको प्रायोजित जुलुसलाई के को सदभाब र्याली भन्ने? मध्यम बर्ग न जातीय पहिचानको मुद्दामा सामेल हुन सक्छ न राजनीतिक मुद्दामा एकिकृत हुन सक्छ; रास्त्रियताको नारा एक दिन घन्काउन जति सजिलो छैन देश बनाउनl

  51. सयौं वर्षदेखि पिल्सिएर बसेका जनजाती, आदिवाशी, गरिव, दलित, अन्ध, अपांग, निमुखा आदि सबैले चाहेको “सद्‍भाव” यहि एउटा मात्र हो / कसैको खल्तीबाट एक पैसा निकालेर दिनु पर्या छैन / यहाँ सद्‍भाव होइन दुरभाव भै राखेको छ / यो एक दिन हा हा र हु हु गरेर केहि हुने वाला छैन / रयाली, सभा, सम्मेलन. गोष्ठीहरु जति गरे पनि बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले पनि बांगा बांगे भने जस्तो भै राखेको छ / यो सबै नाटक मुखमा राम राम बगलीमा छुरा हो / आफुले गरेको गल्तिको माफि माग्ने कुरै गर्दैनन् / अहिले यो कमेन्ट गर्ने मान्छे जनजाती आदिवासी भनेर कम्प्युटर भएका हुनेखाने बाहुन छेत्रीहरुले रातोमा वान हानेर धुरुक्क पार्छ /

    • आफै संखुवासभामा अनिश्चितकालीन बन्द गर्दै हिँड्ने अनि काठमाडौँमा चाहिँ बन्दविरोधी सदभाव र्‍यालीको नौटंकी देखाउने? जनजाती र आदिवासी तिन दिने नेपाल बन्द आन्दोलनले सरकार त झुकेर “जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नेपालको नयाँ संविधान जारी गराउने ।” सम्झौता गर्नु पर्यो भने तिमीहरु सयौं वर्षदेखि पिल्सिएर बसेका जनजाती, आदिवाशी, गरिव, दलित, अन्ध, अपांग, निमुखा आदीको घाउमा मलम लगाउने काम नगरी आफ्नो स्वार्थको लागि दुइ जिब्रे भएर निस्कने? थुक्क / यी सुकिला मुकिला, हुनेखाने, ब्यापारी, कालाबजारी, तस्करी, भ्रष्ट नेता-हाकिम, जाने बुझेका टाठा बाठाहरु हजार जिब्रा भएका शेष नाग जस्तै हुन् /

  52. अधिकार लेनदेनमा सदभाव भएको भए यो सदभाव रयालीको कुनै जरुरि नै थिएन ! फेरी यो सदभाव रयालीले अधिकार लेनदेनमा सदभाव ल्याउछा भन्ने पनि ग्यारेन्टी छैन जब सम्म टपरे नेताहरुको घैटोमा घाम नलागे !

    • सबै भाषा सबै भेष..
      हाम्रै हो पुरै देश
      सबै लाई सम्मान गर्न सिकौं
      देश को झन्डा एक दिन होइन सधै बोकौँ

  53. दुई प्रसङ्ग :

    प्रसङ्ग १ : उद्योग बाणिज्य संघको नेतृत्वमा सातौ दिनपनि संखुवासभा बन्द

    प्रसङ्ग २: उद्योग बाणिज्य संघकै नेतृत्वमा काठमाडौँमा बन्दको बिरोध गर्दै सदभाव सभा

  54. अति राम्रो ! येसरी नै एक जुट भएको सारै सुहायो तर एउटा कुरा बुज्न सकिएन …नेपाल मा बन्द ,बिरोध प्रदर्शनी जोसले आयोजना गरे पनि मान्छे उत्तिकै हुन्छन किन होला ..धेरै मान्छे कुरै नबुझी पछि लागेका हुन् कि ..घुस पैठ भएको हो कि

  55. God bless these people. Best part in those pictures is they are carrying our nation flag instead of flag of different party and they are united as Nepali not divided by race or ethnicity.

    • उद्योग बाणिज्य को भएर ! अफ्फोर्ड गर्नु सक्यो नि त्यसैले! फोटो त देख्नु भयो नि i फोन रे बन …ब्रान्डेड पोशाक …

  56. सदभाव ऱ्याली हुनु पक्कै पनि राम्रो कुरा हो। तर यो ऱ्याली हिजो भएको भए यस्ले बन्द कर्तालाई पनि केहि म्यासेज दिने थियो होला! अाज बन्द फिर्ता भैसकेको समयमा ऱ्याली गर्दा, अाजको दिन त यहि ऱ्यालीले नै बन्द गरायो होला नि, होईन र?

Comments are closed.