बन्द- एउटाको सकियो, अर्कोको पालो

उता फेरि अ.सु.प.को सुरु, यता बाहुनक्षेत्रीको काठमाडौँमा हुँदै
बन्द कै भरमा सरकारसित आफ्ना माग पूरा गराउने सहमति हुने क्रम सुरु भएपछि परस्पर विरोधी समूहहरुले बन्दको शृङ्खला सुरु गरेका छन्। एउटा समूहले फलानो माग राखेर बन्द गर्‍यो, सरकारसित सहमति गर्‍यो, बन्द फिर्ता लियो। लगत्तै अर्को समूहले त्यस्तो सहमति किन गर्‍या, फिर्ता लिनुपर्छ भन्दै अर्को बन्द गर्‍यो। अहिले यस्तै भइरहेको छ।

सुदूरपश्चिममा झण्डै एक महिनादेखि यस्तै क्रम चलिरहेको छ। पहिले अखण्ड सुदूरपश्चिमवालाहरुले आन्दोलन गरे २१ दिनसम्म। त्यसपछि तीन दलका नेतासहित बसेर सेती-महाकाली नटुक्र्याउने र परेमा जनमत संग्रहमार्फत निर्णय गर्ने सहमति भो। आन्दोलन फिर्ता भो। भोलिपल्टैदेखि थारुहरुले बन्द सुरु गरे। हिजो झापा, उदयपुर र सिरहा पूर्वी थारुवान-थरुहट-कोचिला प्रदेश, धनुषादेखि पर्सासम्म मध्ये तराई-सिम्रनगढ प्रदेश र चितवनदेखि कञ्चनपुरसम्म थारुवान-थरुहट प्रदेश हुने गरी तराईका २२ जिल्ला पूर्वी झापादेखि पश्चिम कञ्चनपुरसम्म तीन प्रदेश बनाउने प्रस्ताव संविधान सभामा लाने सहमति भयो। अब यही सहमतिको विरोधमा फेरि आजदेखि सुदूरपश्चिम बन्द।

काठमाडौँमा पनि त्यस्तै हुँदैछ। बाहुन क्षेत्री लगायतका जातिको संयुक्त संघर्ष समितले वैशाखमा दुई दिन र त्यसपछि अनिश्चितकालीन आन्दोलनका क्रममा एक दिन बन्द गरेर सरकारसँग जातीय आधारमा संघीयतामा नजाने, त्यसको टुंगो संसद, प्रदेशसभा या जनमत संकलनबाट गरिने तथा खस-आर्य आदिवासीका रुपमा उनीहरुलाई सूचिकृत गर्ने सहमति भो। त्यसको केही दिनमा नै आदिवासी जनजाति नेपाल बन्दमा उत्रिए। तीन दिनको बन्दपछि सरकारले तीन दलका नेताको उपस्थितिमा अर्को नौ बुँदे सहमति गर्‍यो, जसमा जातीय पहिचानको आधारमा संघीयता सहितको संविधान बनाउने उल्लेख छ। अर्को समूहलाई यहीँ निर आपत्ति भो। सरकारले ब्राम्हण, क्षेत्री र दशनामीलाई आन्दोलनपछि आदिवासीको मान्यता दियो, अर्को आन्दोलनले त्यसको विरोध गर्‍यो, अनि सरकारले त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको छ भनेर सहमति गर्‍यो। अब फेरि अर्को पक्षलाई त्यसैमा आपत्ति भो। अब त्यो सहमति १२ गतेसम्म खारेज नभए १३ गतेदेखि फेरि आन्दोलन रे। ‘बन्द’ भन्ने शब्द अलोकप्रिय भएर होला, दबाबमूलक आन्दोलन भनेका छन्। वक्तव्य हेर्नुस्

सतहमा यो परस्पर विरोधी दुई समूह देखिए पनि वास्तवमा यसका पछाडि उचाल्नेहरु माओवादी र काङ्ग्रेस-एमाले हुन्। आदिवासी जनजाति र थारुलाई माओवादीले उचालेको छ भने अखण्डवाला र बाहुन क्षेत्रीहरुलाई काँग्रेस-एमालेले उचालेको छ। सडकमा यिनीहरुको अरु केही हैन, शक्ति प्रदर्शन मात्रै हो।

माग्ने नि उस्तै दिने नि उस्तै
ज-जसले जे जे माग्यो, त्यही त्यही दिने हैसियत यो सरकारसँग छैन। संविधान बनाउने काम भइरहेका बेला दैनिक प्रशासनलाई चलाउन बनाइएको सरकारमात्र हो यो। तर यही सरकारको कुर्सीमा लोभिएर चार वर्षमा चार सरकार परिवर्तन भइसके, अर्को गर्ने प्रयत्न भइरहेको छ। आन्दोलन फिर्ता लिन कै लागि सहमति गर्नुको विकल्प छैन यो सरकारसित। अहिलेलाई जसले जे मागे पनि दिन्छु दिन्छु भन्ने। भएका सहमतिहरुमा सरकारी वार्ता टोलीबाहेक प्रधानमन्त्री वा शीर्ष नेताको हस्ताक्षर नहुनु यसैको प्रमाण हो। जे मागे पनि दिने अधिकारै छैन यो सरकारसँग। राज्य पुनर्संरचनाको काम सरकारले हैन, संविधान सभाले गर्ने हो। संविधान सभा तीन दलका शीर्ष नेताको मुट्ठीमा छ। उनीहरुको सहमति बिना यहाँ केही हुनसक्दैन। त्यसैले यो सरकारले हुन्छ भने पनि उनीहरुले नचाहे केही गर्न सकिने हैन। माग्ने र दिने क्रम रोकिनेवाला छैन यही स्थितिमा रहने हो। दलहरुले ठोस निर्णय गरी यो अन्यौलको स्थिति नहटाएसम्म यस्तै हो।

तर पहिले शान्ति प्रक्रिया कि संविधान भन्ने कुखुरा पहिला कि अण्डा पहिला भने जस्तो विवाद अहिले प्रधानमन्त्रीको राजीनामा पहिला कि संविधानका विवाद टुङ्ग्याउने पहिला भन्नेमा अल्झिएको स्थिति छ। कुर्सी आफूले पाउँदैमा संविधान सभाको म्याद थप्न मिल्छ भन्ने कहाँसम्मको काइते तर्क हो? दलहरु यस्तै विवादमा अल्झिरहे संक्रमण काल अझै लम्बिँदै जानेछ र सरकारको मनचिन्ते झोलाबाट फलानो थोकै चाहियो भनी माग्नेहरु झन् झन् बढ्दै जाने छन्।

41 Comments

  1. चुमान जी ,
    मेरो मात्र नभएर मा जस्तै आफ्नो हक अधिकार खोज्ने कयौँ आदिबासी जनता अनि पिल्सिएर बसेकाहरुको बिर्ता हो अति नै भयो के ,होइन यिनीहरु सदियौँदेखि पिल्सिएर राखेका छन् अब को युगमा नि अझी पिल्सयेरै राख्न खोज्छन, १० बुदे सहमतिमा आफ्नो अधिकार र पहिचान पो मागेका छन् अनि येतिमा यिनीहरुलाई आपति मान्नु भनेको आदिबासी जनजातिको कहिल्ये भलो नहोस भन्नु होइनर?

    यिनिहरु सदियौँदेखि फटाहा थिए अहिले नि छन्। सत्य घटना मेरो गाउँको कुरा सुन्नुस यिनीहरु कहाँसम्मको हुन्छ भनेर। मेरो गाउँमा गोरु बाँधेको अबस्थामा दाम्लोसंगै मरेछ, त्यो सोझो थारुलाई त्यो बाहुनले ल अब तैले १३ दिन किरिया बस्न पर्छा किरिया कर्म ,पूजा पाठ गरेर गाउ भरिकालाई खुवाएर अब आफूलाई चाहिने जति दान दछिना मागेर तेस्तो गर्यो। हाम्रो घरमा नी निम्तो आयो मेरो बाउले त्यो थारुलाई धत् एस्तो नि गर्ने हो भनेर गाली गरि पठाइदिनु भो। जानु नी भएन। पुछि पो सुनेको त्यो बाहुन पन्दित भनौदोले यसो नगरे उसको परिवारमा मर्दा ,पूजापाठमा नाउने धम्कि दिएको रैछा, तेस्ले अहिले जग्गा खाएर कति बनको छ.येस्ता त कति छन् कति उदाहर्ण हरु

    • सारा जी सारै घत लाग्दो कुरा सुनाउनु बह्यो . हाम्रो देश मा साचिकै पिडित चै थारु दाजु भै दिदि बैनी नै हुन बाहुन हरु ले गर्नु गरेका छन् भुमि पुत्र थारु लै सुकुम्बासी बनाए थारु को इतिहास पडयो भने आखा रसाएर औचा ऐले आफ्नो पहिचान खोज्दा पनि दिन नखोज्ने त अत्ति बह्यो तेसो भन्दै थारु हरु ले पनि पैला को रिस को बदला ऐले लिन्छु भनेर बाहुन हरु को टाउको फुतौचु भनेर हिड्नु बहें अरु जनजाती जस्तै नेवार, शेप्रा, गुरुङ हरु त धेरै बाहुन छेत्री भन्दा उन्नत जीवनशैली बितिरहेका छन् थारु र दलित दाजु भै हरु चै साचिकै तिचो मिचो मा परेको हुन उनीहरु को लागि चै बिशेस बेवास्ता गर्नु पर्चा तर त्यो बिशेस बेवास्ता गर्चादर जस्ता ले लुत्लन होसियार हुनु पर्चा

  2. संसार मा नभएको जात्र नेपाल मा हुन थालेको छ. नेपाल बन्द भनेको त hami haru केटाकेटी मा गुच्चा खेलेको जस्तै भा छ. नेता त नेता..जनता हरु पनि एती मुर्ख हुँदा रहेछन bhane kura ko नमुना आज भोलि Nepal मा dekhi dai छ. देश neta le होइन जता को इच्छा अनुशार chalchha र चल्नु पर्छा. त्यसैले नेताले फुटा भन्दा फुट्ने,भिड्नु पर्छा भन्दा जाइलाग्ने हामी भेडा हो कि मान्छे हो. यदि जात जातमा लडाई भयो भने सबै नेता दुलो भित्र छिर्छन, मर्ने bhaneko हामी Nepali दाजु भाई नै हो. नेपालमा जन्मेको सबै जनजाती..सबै बराबर कोहि chhaina तल कोहि छैन माथि. जय Nepal जय नेपाली.

  3. hi Sara:
    we all r nepali. so we have to love nepal. Don’t go through janajati….. .
    if we think abt it then war will start here. As u know more than 100 caste r here in nepal. according to u we have to break nepal in 100 parts. as u know very clearly that more than 33 percent r brahmin n kshetri in nepal. if they r not talking abut caste then why other caste??. if they talk then half the nepal should be in their hand. so u r nepali n we all r nepali. so don’t write n speak what ever u like be think 100 times.

    • How could you say that half of nepal will be in your hand? Before the start of unification of Nepal, different ethnic groups were ruling in about 50 principalities. Bahun had no state of their own then, that is the reason they are unable to claim their state today. . .

      • सुरज जी देख्नु भएन १९-२० दिन सुदुर पश्चिम बन्द भएको, कर्णाली प्रदेश.

  4. बन्द कर्ता हरु :- बन्द को विकल्प खोजौ , माग पुरा गराउने अन्य मार्ग रोजौ , मानबिय समबेदना हिन नबनू/

    सरकार :- जो संग पनि जे पनि सम्झौता नगरौ , जायज माग लाही मात्र पुरागर्ने प्रतिबद्ता खोजौ , सरकार को उपस्थिति देखाऊ र गलत काम गर्ने लाही कारबाही होस्, आफै उकासेर बन्द गरुने काम नगर्नुस/ कानून को पालना गरौब्नुस /

    नागरिक समाज: साचो बोल्नुस , देखेको बोल्नुस, जनता नभडकहुनूस/

    http://www.nagariknews.com/news-highlights/139-highlights/41174-2012-05-25-03-49-56.html

  5. चार परतिशत यादवका लागि एकल पहिचानसहितको गोपाल परदेश स्थापना नगरी मधेशको समस्या समाधान हुदैन ।राइ नेवार किरात सबै जातिलाइ बेग‍लै राज्य दिने हो भने यादवका लागि बेग्लै राज्य चाहिन्द्छ । सप्तरी सिरहा धनुषा महोत्तरी सरलाही यादब बहुल जिल्लालाइ मिलाएर गोपाल परदेश बनाउनु पर्छ । समस्त यादवहरु एक जुट भएर लाग्नु पर्छ । उपेन्दरजी अगाडि बढनुस् हामी तपाइको साथमा छो
    जय श्रीकिस्न

  6. ए बाबा अब त पुग्यो | समाचार पढ्न पनि वाक्कै लग्यो | एक दिन हर्ष अर्को दिन बिस्मात | अबत आफै गएर प्रचंडेलाइ गोदनु पर्ला जस्तो छ | तेसैको कर्तुत त हो यो |

  7. समग्रमा सबै बिषयमा सहमति भाको देखिन्छ अहिले आएर हलो अद्क्या भन्या एकल जातीय पहिचान सहितको संघिय गणतन्त्र १४ प्रदेशको हो यसर्थ यस बिसयमा गम्भीर भै अघि बढ्ने हो भने मोटामोटी रुपमा संबिधान अहिले एकै दिनमा पनि तयार हुन्छ केवल प्रश्न रह्यो ठुला स्याना सबै दलहरुले देश र जनताको भलाई हुने कुरोमा अन्यथा नलिई दल भन्दा माथि उठेर सहमतिमा आउनुको अर्को बिकल्प छैन भन्ने बुझ्नु पर्यो ! यसर्थ नया संबिधान भनेको हामी सबै दलहरु जनता संघ सस्थाहरु मिलेर सहमतिमा आएर लेखिएको हुनु पर्यो ! यो कुनै एक को नाउमा क्रेडिट जानु भएन यो पनि अहम बिषय हो !
    यसर्थ सडक जनता,सभासद दलहरु मिलेर सर्बमान्य सर्बहिताय संबिधान १४ जेठ २०६९ भित्रै ल्याउनु पर्यो बन्नु पर्यो तब मात्र देशले मुक्ति पाउछ होइन भने हामीलाई नेपाल आमाले धिकार्ने छ !

  8. बन्द गर्ने सडक मा कति जना छन्? धेरै भए ३ लाख . ३ लाख को लागि लगभग ३ करोड जनता लै दुख दिने ?????

  9. मित्र यो आन्दोलन खस हरु को हैन, भाषिक पहिचान का लागि हो …सुदुर पश्चिम बासी हरु को आफ्नै भाषिक पहिचान छ जसलाई उनि हरु अझै संग्रछ्यान्न गर्न चाहन्छन …मैले डोटेली बोल्दा यो के बोलेको भन्थे मेरा एकजना जनजाति मित्र ले ,मेरो भाषा यहि हो भन्दा उनले बाहुन छेत्री को भाषा त नेपाली पो हो भन्थे तसर्थ अल्प ज्ञानी हरु ले धेरै हल्ला नगर्दा हुन्छ …. जय सुदुर-पश्चिम

  10. बन्द संस्कृति मौलाउनुमा सरकारको फितलो उपस्थितिले ठुलो बल पुर्याएको छ / वालस्ट्रिट घेराउको त्यत्रो लाम्रो शृंखला त धरपकडले ठेगानमा लगायो भने; हाम्रोमा त बन्द गर्यो कि बार्ताको टेबलमा अनि तुरुन्तै माग पुरा गराउन तयार !!

  11. मान्छे त्यति पनि मुर्ख हुन्नन् कि कसैले बन्द गरौ भन्दैमा त्यसकै पछी लागेर बन्द गर्छन | तर कुरा जब अधिकार र हक हितको आउछ कसैले कसैलाई सिकाउन र फकाउन पर्दैन , सबै कुरा घाम झैँ छर्लंग छन् |
    आफ्नो समूह ठुलो भएकै भरमा वा आफ्नो हातमा छ भन्दैमा एउटा समूहले अर्को समुहलाई दबाउने र थिचोमिचो गर्ने श्रीन्ख्लाको जब सम्म अन्त हुँदैन यो बन्द यसै गरि नेपालमा चलिरहन्छ | हामीमा कुनै भ्रम नहोस कि संबिधान आउने बित्तिक्कै सबै कुरा समाधान हुन्छ भनेर | सर्ब सम्मति र सहमति भए संबिधान बेगर पनि देश चल्छ र बडो सफलताका साथ् चल्छ भन्ने कुरा बेलायतले प्रमाणित गरि सकेको छ | संबिधान र कानून मान्ने बाताबरण बन्न दिनु सबैको कर्तब्य हो |
    देशको संबिधान र कानून कुनै खास जात जाति र बर्गको नभएर सम्पूर्ण नेपालीको आफ्नै नभए सम्म त्यसको अबज्ञा भै रहने छ | कसले कसको के लुटेको, के चोरेको, के खोसेको त्यो सबै यथा-स्थितिमा फिर्ता गर्न सम्भव त न होला तर खोसेको र चोरेको कुरालाई आफ्नै भनेर ढिपी कस्ने शिक्षित डाकाहरुले गर्दानै देश आजको यस्तो भुमरीमा फसेको छ | अर्काको श्रोत त साधानमा रजाइ गरेर मोज मस्ती गरेकोमा कृतज्ञता ब्यक्त गर्नु त कहाँ हो कहाँ उल्टै ठूलो पल्टेर अरुलाई तल पार्न कम्मर कसेका छन् | यी डाकाहरुले चाहेमा छिनको छिनमा बन्दलाइ सधैको लागि समाप्त गरेर देशमा खल्बलिएको सामाजिक सदभावलाई फेरी कायम गर्न सक्छन तर यीनको अहम र लुटाहा प्रवृतिले यस्तो गर्न बाट यीनलाई रोकेको हुन सक्छ| यीनले आज सम्म गरी आएको लुटी, चोरी, छलछाम र कपट मै आफ्नो सुखद भबिष्य देखेका हुन सक्छन तर अब समय बदलिएको छ,श्रोत -साधन जे जति थियो सबै लुटेर आफ्नै पारि सक्दा पनि बाँकी रहेको आत्मा-स्वाभिमानमा पनि धावा बोलेका छन् यी डाकाहरुले | कसैले कति सम्म सहन सक्छन ??? अब त अति भो | मुखमा राम राम बगलीमा छूरी कहिले सम्म चल्छ ?? सामर्थबान समूहले असमर्थ समूहलाई झुक्याउने -छक्याउने लूटने शृंखला बन्द होस् त यस्ता बन्दको समर्थनमा निस्किने जन समूह त के चरो मूसो पनि देखिन असम्भव हुनेछ |

  12. यहाँ सम्पुर्ण नेपालीहरूले बुझ्नु पर्ने कुरो के छ भने, न त जनजातिका नेता भनाउँदाहरूले संम्पुर्ण जनजातिहरुको प्रतिनिधित्व गर्छन, न त यी बाहुन क्षेत्रीका नेताहरूले नै संम्पुर्ण बाहुन क्षेत्रीको प्रतिनिधित्व गर्छन । हैन यिनीहरू निर्वाचनबाट छाऩिएका हुन् र? आफै फलानो जातिको नाइके भनेर फलाक्दैमा हुन्छ र ?
    त्यसैले हामी जब यी नेताहरूलाई गाली गलौच गर्छौँ, तब केवल नेताहरूलाई मात्र गरूँ, तिनीहरूको जातलाई नगरौँ किनकी ति नेताले भनेको कुरानै ति जातीका संम्पुर्ण मानिसको कुरा हुँदैन । यदी हामीले यसो गरेनौँ भने, फटाह नेताहरूलाई गाली गर्ने क्रममा, जनाता जनता बीच फाटो आउन थाल्छ ।

  13. हैन बाँड्ने नै हो भने भौगोलिकता को आधार मा देश बिभाजन गरेर, हिमाल पहाड तराइ राज्य बनाए हुन्न ? अनि तीन राज्य प्रमुख नियुक्त गरेर ति राज्यहरु को बिकास गर्दै गएमा सिंगो नेपाल नै बिकास हुन्थ्यो कि जस्तो मलाई लाग्छ . जाति को आधार मा पनि कहिँ देश बिभाजन गर्छन त ? जाति को आधार मा बिभाजन गरे त एउटा जाति ले अर्को जाति लाइ आफ्नो राज्य मा घुस्नै दिदैनन, येदी केहि कुरा मा चित्त बुझेन भने. झन् धेरै जात जाति को नाम मा बिद्रोह हुन्छ . के भाको हो नेताहरुलाई ?

  14. बन्दको घोषणा हैन खुला कैले हुने त्यो घोषणा गर
    लोडशेडिंगको सुचना हैन बत्ति कैले आउने त्यो घोषणा गर
    घुष खाएको समाचार हैन नखाएको समाचार बनाउ
    देश बनाउन रगत पसिना हैन, मोजमा सरकारी धन बगाउ
    मन भरि कलुषित भावना बोकेर हड्डी हड्डीमा जातपात बोकेर
    दरवारमार्गमा सुकिला मुकुला लुगामा सद्भाव रयालीको फोटो खिचाउ
    अति भयो अति भयो, साँचो नेपाली सन्तान हौ भने
    अब नेपाल आमालाई अरु धेरै नबिझाऊ!!

  15. एकजना राजनीतिमा भिजेका र आफुलाई एमालेको माथिल्लो तहको नेता ठान्ने राजधानी वासी महानुभव, जो जातले वाहुन हुनुहुन्छ, उँहासंग फोनमा वार्तालाप भएको थियो जसको
    संक्षेप यसप्रकार छ |

    -नमस्कार! गुरु!!
    -छाडीदिनोस नमस्कार समस्कार ऐले, भन्नोस् के ले सम्झना गर्नुभो धेरै दिनपछि|
    -क्या नेताजी पनि| नमस्कार गर्नु परेंन त्? वधाई दिन फोन गरेको क्या, वधाई!!
    -नमस्कार त् मैले अब तपाइँहरुलाई पो गर्नु पर्ने भयो| जनजातीको मांग पुरा भैसक्यो|
    माओवादीले शिरिखुरी जिम्मा लिएको रैछ| ल भन्नोस् मलाई के को वधाई?
    -हैन गुरु, त्यो के नव आदिवासी भएकोमा|
    -त्यो सरकारले दिएर दिने हो?त्यस्तो उटपटयांग कुरा नगर्नोस है| बरु चुनाव आउँदो छ, अलि सहयोग गर्नपर्छ है|
    -सहयोग त् छँदैछ नी| नव आदिवासीलाई नगरी कसलाई गर्नु? अब त् हामी एकै भै हाल्यौ नी!
    -तपाई पनि क्या कुरा गर्नु हुन्छ| चन्दा सहयोग चाहियो क्या….कयाँठ
    -ए गुरु, चुनाव कंहाबाट लड्ने विचार छ, पहिचान सहितको स्वायत्त प्रदेश भएपछी त् गुरुलाई बाहुन भनेर पुरानो क्षेत्रबाट उठ्न दिंदैन भन्छ नी..
    -के नदिनु, सबै आफ्ना आफ्नै त् छन् नी| ताम्सालिंग भयो भन्दैमा अरु जातले नपाउने कसले भनेको छ र? झन् राम्रो पो हुन्छ| तामांगहरु संग मिलेर काम गर्नु हामीले चाहेकै हो|
    -अनि के ले दिएँन त् गुरु यतिका बर्ष ?
    -यो छेत्री बाहुनले सबै आफै मात्र खाउँ अरुलाई नदिऊ भन्दा तामांगहरु बिच्किए, चिडीए र अब कुरा प्रस्ट संग बुझेका छन्| हामी एमालेमा यस्तो गफ संधै हुन्छ तर काम गर्ने कोहि छैनन्| अमृत बोहराजी पनि चुनाव जितिपछी मौन छन्|
    -उसो भए किन तपाई ताम्सालिंग स्वायत्त शासन प्रदेश भनेर जोडदार समर्थन गर्नुहुन्न, गुरु?
    -मारी हाल्छ नी आफनैहरुले| सके सम्म प्रदेश हुन् नदिने र प्रदेश भए पनि के के गरेर प्रतिरोध हाल्ने र रोक्ने भन्छन तर ताम्सालिंग चै मैले अवश्यम्भावी देखेको छु| र भए “हामीलाई” फायदा पनि हुन्छ| चन्दा सहयोग नबिर्सनुहोला|
    -के हो गुरु, त्यो “हामीलाई” भन्या चै को हो?
    -अब को हुनु, छेत्री बाहुनलाई| तपाइलाई थाहै भएको कुरो किन बकाउन खोज्नुहुन्छ?
    -उसो भे छेत्री बाहुनको मांग पनि पुरा गरे भएन र? के हो उनीहरुओ मांग चै?
    -के हुनु र? आदिवासी जनजातिको मांग पुरा नहोस भन्ने हो उनीहरुको मांग|
    -अब त्यस्तो नकारात्मक सोचले त् भएन, हैन र गुरु?
    -त्यसै भएर र त् आंग काजी पडक्या देख्नु भएन अस्ति धमलाको स्टेजमा|
    हाम्रो एमाले बैठकमा सम्म थुरथुर भयो…..

  16. जनजाती लै नपाएको अधिकार माग्दा बहुन्छेत्रिलाई क को आपत्ति? यिनीहरुमा अरुको भलो होस् भन्ने सोच ,दृस्टी,मनबता रहेनाछा.त्यो कुन नेता हो जसले आफ्नो भलो मात्र सोचेर अरुलाई दबाएर राख्न खोजेको छ? एस्तो सोचेको छ भने तेस्लाई अबो जनजातिले बाकी राख्ने छैन.अबो फेरी बाहुन छेत्री ले बन्द गर्छा भने तेस्ले नि सोचोस् भाबिस्येमा नेपाल बस्न मन छ कि छैन??

  17. बेग्लाबेग्लै बार्ता नगर, गोलमेच गरि सबैलाई एकै ठाउमा राखी बार्ता गर . द्वन्द र दरार नबढाउ, दुरी घटाउने काम गर

  18. 1. Constitution will come on mid night of 14th…
    2. Less chance to go for a next election or adding 3 months time…
    3. Baburam will not leave now, he want to take an opportunity for making new constitution….
    4. NC was thinking till 14th, their government will come…..
    5. Because of bandas and demonstrations, 5 point deal was not possible…..
    6. 14th night they will make new deal, as usual in points it will come…
    7. Incomplete constitution will come that day, also chance of resignation by PM that day….
    8. Bandas and hartals will continue till next elections…

  19. सक्छौ देश बनाउने काममा लाग,
    देशलाई राम्रो मान्छेको अत्यन्त खाचो छ.
    सक्दैनौ देश लाइ गाली नगर, नराम्रो नगर,,
    यसले आफु पछिका सबै पुस्तालाई नराम्रो गर्छ…….

  20. “राजनीतिको आधारभूत चरित्र भनेको शक्तिको लागि गरिने संघर्ष हो”- प्रा. कृष्ण हाछेथु

  21. जति नै बन्द गर न तिमीहरूले पाउने भनेको त्यही खस प्रदेश हो । बरू दलितलाई एउटा प्रदेश दिनुपर्छ र उनीहरूलाई पनि गर्व साथ नेपाली भन्ने हक दिनुपर्छ ।

  22. खुरुक संबिधान सभा मा भोटिंग गरे भै हलेयोनी किन जनता लै दुख दिने दुए तिहाई बहुमत नया सम्म भोटिंग गरिने राखने

  23. त्यति सानो नेपाल लाई त १०-१५ स्टेटमा टुक्राउछु भन्ने प्रचण्ड सक्ने भए येती ठुलो अस्ट्रेलिया लाई कति टुक्रामा टुक्राउथ्यो होला ? सायद अस्ट्रेलिया को एउटा स्टेट वेस्टर्न अस्ट्रेलिया लाई नै यो एबोलाई यो हब्सिलाई यो गोरे लाई यो धोतीलाई यो चेपांग लाई यो फलानो देसको लाई भन्दै कम्ति मा पनि ३०० टुक्रा त पार्थ्यो होला !!!!!!! प्रचण्ड जस्ता चोर नेता हरुले देशलाई कहिले उभो नलगाउने भए !

  24. कुरा ठिक हो ! साढे को जुदाई बाछा को मिचाई! नेता हरु लाई गाली गर्न सब्द को खडेरी भैसक्यो ,तिनीहरु को किरा परेको बुद्दी अझै उस्तै छ!देश ले बिकराल दुर्घटना मा पुगे पछि मात्र इनी हरु को बुद्दी खुल्ला,तर त्यो बेला मा ढिलो भैसकेको हुन्छ !नेपाली समाज जंगली राज तिर उन्मुख हुदै छ !हामीहरु जस्ता ले टुलु टुलु हेर्नु बाहेक केहि उपाए छैन!समाज मा बिष छर्ने इनी हरु को अकाल मा मित्र्यु भयेरे देश र समाज ले राहत पायोस !

  25. येस्तै बेला देशमा Benevolent Dictator को आवस्यकता पर्छ, जसले देश को अखण्डता र एकतालाइ जुनसुकै मूल्य चुकाएर पनि कायम राख्न सकोस | तर दुर्भाग्य त्यो खाली ठाउ पुरा गर्ने क्ष्यमता कसैमा देखिदैन |
    रास्ट्रपति अति आदर्सबादी, ज्ञानेन्द्र राजनीतिको ‘र’ नबुझेको (२० जना नमर्दै त्यत्रो इतिहास बोकेको राजतन्त्र अर्यघट मा पुर्यायो), उसको छोरो लफंगो, लोइरे सेनापति, नामर्द प्यात्प्याते बिपक्षी दल को नेता, अनि कसले त्यो Vacuum पूर्ति गर्ने?

    बाबुराम हिसिलाको कठपुतली , प्रचंडे जयन्त प्रसाद को लगौटी धुने, बैद्य बाजे को २०५२ साल मा फुट्या आँखा अझै पनि बिद्रोह देख्छ..अलि अलि पढे लेखेको मान्छे विदेश गयो फेस बुक मा गफ दियो, देश लाइ धिक्कार्यो, अनि गर्ने कसले?? क्या हरिबिजोग भो नेपाल/नेपाली को ताल..

  26. गर गर सबै ३६ जात ले एक एक चोटी बन्द गर्दा पनि हुन्छ |चक्रिय प्रणाली (एमाले ,कांग्रेस ,मावोबादी पालै पालो सत्ता मा गएजस्तै ) अपनाए झन् नेता पनि खुसि हुन्छन ,जनताले हाम्रो फलो गरे भनेर |
    पहिला पो दिने पशुपति नाथ एक जना मात्र थिए ,अब धर्म निर्पेक्ष्य भैसके पछी जिजस ,अल्लाह ,बुद्द ,महाबिर ,नानक ,इन्डियन साइबाबा ,राज्निस ,नेपालि कर्ली साइबाबा ,मा राणी सति ,सात गुरु तेरी वोट , बर्ह्म कुमारी ,बुदा सुब्बा ,रामबहादुर बम्जन लामा ,अजिमा ,
    खडे बाबा ,सात पल जी गुरु महाराज ,मा सेरावाली ,मसाने देउता ,खोपा को देउता ,दोबाटो को देउता ,झाडी मा बस्ने देउता ,झाक्री महाराज ,बन झाक्री ,काली नाग ,सेस नाग ,कुमारी ,भीमसेन बोका ,साढे सब ले आ आफ्ना भक्त जान को माग पुरा गर्ने छन् | कोइ खालि हात ,निरास फर्कन पर्दैन |यो कुरा लाइ बाबुराम जी ले बुझ्नु भएको छ ,तेसैले आजकाल भादगाउले टोपी मा उहा मुसुक्क हास्नु भएको हो |
    उहाहरु को काम त् कम्निस्ट नाउको सासन ब्यबस्था लेउने मात्र हो ,जनताको माग त् भीमसेन बोका र पशुपति को साढेले पुरा गर्ने हो | तेसैले उहा को लोकप्रिय सरकार ले छिट्टै पपुलर आर्को कार्यक्रम लयूदै छ ”बोका ,साढे लाइ अक्श्यता चढाउ ,भकारीमा धान बढाऊ”| कार्यक्रम को उद्घाटन गर्ने जिम्बेबारी येस्पाली बरिस्ठ पत्रकार श्री ह्रिसी धमला ले पाउनु भएको छ ,उहा फेरी उद्घाटन को दुनिया मा हलचल लेउने कुरा बताउनु हुन्छ |
    कसरि भन्ने आर्का कान्छा पत्रकार को सबाल मा उहाले भन्नु भो ,बुढो ”भीमसेन बोका को पछाडी को खुट्टा उचाल्ने र फल फुल मा चुम्मा दिने” |

  27. भाडमा जाउन यी दल र त्यसका नेताहरु / हाम्रो नेपाल र हामी नेपालीहरु बाचिरहौ/

  28. जनआन्दोलन पछि एक कार्यक्रममा ‘मनोज गजुरेल’ ले भनेका थिए , “हतार गरे अवस्य पुगिन्छ, ढिलो गरे भन्न सकिन्न”, तेस्तै हुदै छ l

  29. निर्धारित समयमा संबिधान नबनाएर म्याद थप्दै कुकुर लुछाचुडी गरेर बस्दाको परिणाम हो यो सब …….आदिबासी जनजातीको पहिचान हुने खालको प्रदेसको नाम राख्दा छेत्री-बाहुनले आकाश खस्ने झैँ हल्ला र बन्द गर्नु भन्दा छेत्री-बाहुनको पनि पहिचानको निम्ति छेत्री-बाहुन प्रदेसको माग गरे कसो होला …हिसाब बराबर हुन्थ्यो कि…

  30. बन्द त आजभोली केटाकेटीहरुले लुकामारी खेलेजस्तो पो भयो त | कहिले उसको लुक्ने पालो, कहिले खोज्ने पालो |
    म त भन्छु सरकारले जे जस्तो माग भएपनि पहिलो दिनमै पुरा गर्दिन्छु भनेर सहमति गरोस | कमसेकम बन्दको अबधि त घट्छ | एक अर्काप्रति विरोधाभाषपूर्ण भए पनि दुवैसित सहमति गर्दिए हुन्छ | अस्ति ‘अखंडे’हरुसित उनीहरुकै माग ठीक भनेर सहमति गर्दियो | हिजो ‘खंडे’हरुसित ठीक उल्टो सहमति गरिदियो | अब फेरी ‘अखंडे’हरुसित भोलि नै उनीहरुले भनेअनुसारकै सहमति गरिहालोस | पर्सि फेरी ‘खंडे’हरु आइहाल्छन त्यसैले उनीहरुलाई भोलि बेलुका नै बोलाएर बन्द गर्नुभन्दा पहिले नै उनीहरुको पनि सहमति गरिहालोस | यस्तै गर्यो भने मात्रै यी बन्दकर्ताहरुले बुझ्नेछन् कि सरकार भनेको उनीहरुको मात्रै कुरा सुन्ने र भनेको मान्ने निकाय होइन | सरकारका लागि सबै समुहहरु बराबर हुन् र सबैका कुरा सरकारले सुन्नुपर्ने हुन्छ | बन्द गरेर सारा जनतालाई आ-आफ्नो मुठीभित्र ‘बन्दि’ बनाउन खोज्नेहरुले अनि मात्र बन्द गर्दै सरकारसित बकम्फुसे सहमति गर्नुभन्दा अर्को कुनै बिकल्प सोच्न बाध्य हुनेछन् |

  31. विभिन्न बहानामा आफु आफु झगडा गर्नु भन्दा नेपालमा दुइ प्रदेश बनाउदा सुन्दर, शान्त, बलियोको साथै सस्तो एबम टिकाउ पनि हुन्छ यसका साथै कुनै पनि देशभक्त नेपालीले यसको बिरोध पनि गर्दैनन् प्रदेशको नाम चाही “चन्द्र” र “सुर्य” बान्छनीय हुनु पर्छ बिरोध नहुन कालागि :- यसो गरे कसो होला सोचम न एकछिन !!!!!!!!!!!

  32. बिरोध गर्न पनि १०-१८ वर्षका केटा केटी रोडमा आयको देख्दा दुख लाग्छ | यी नेताहरुले किन देस झन् पछाडी गैराखैको देखेका छैनन की देखेर पनी नदेखेको झैँ गरेको होला | बन्द बन्द बन्द………….. जनतालाई सारै मर्का पर्यो | अब त जनताको लागि सोच नेताहरु ……………

  33. “कुर्सी आफूले पाउँदैमा संविधान सभाको म्याद थप्न मिल्छ भन्ने कहाँसम्मको काइते तर्क हो?….” Kuroko churo yahi cha sabai

  34. एमान्ग्रेसले प्रधानमत्रीको राजिनामा माग्नु भनेकै नयाँ संविधान जारि हुन नदिनु र बनाउन नचाहनु हो! त्यसैले यिनीहरुले उत्कृष्ट श्लोक “प्रमको राजिनामा” फलाकेका हुन् – यो त लाटालाई पनि थाहा हुने कुरो हो!

    हो, आदिकालदेखि बसोबास गरेका जनजातिहरुलाई उनीहरुको धर्म, संस्कृतिको उत्थान हुनेगरी त्यहि पहिचानको आधारमा संघिय राज्यको निर्माण गरिनु वास्तावमा हाम्रो इतिहास, धर्म संस्कृतिलाई नै संरकछण गरिनु हो – रास्ट्रीय अखण्डता र रास्त्रियतालाइ सर्वोपरी ठानेर बनाएको संविधानमा सबै राज्यमा सबै जात जाति अटाउन सकिन्छ! तर, यहाँ यी जायज मागलाई अतिरंजित तरिकाले व्याख्या गरिदै जातीय राज्यको प्रतिकार गरिदैछ! किनकि पहिचान सहितको राज्यमा हिन्दु धर्म लादन कठिन हुनेछ जसको टाउकोमा टेकेर यी एमान्ग्रेस वा बहुबादी सोच राख्ने बाहुन छेत्रीहरु आफुलाई सर्वश्रेस्ठ ठान्दछन! जहाँ सदियौ देखि ओझेल पारिएका जात जातिका लागि अग्राधिकार कुराहरुले गर्दा उनीहरुको हक मारिन्छ! त्यसैले आफु पनि रातारात “आदिबासी” हुने सपना देखेर बबुरो सरकारलाई दबाब दिन पुगे र ढोंगी “आदिबासी” कहलिए पनि!
    अब यिनलाई यतिले पुगेन – हुन त दाने बाहुनलाई जति दान दिए पनि कहिले पुग्यो भयो भन्दैन!
    सोइपरि, अब त हुँदा हुँदा किन “थारुहरुसंग पनि किन सहमति गरिस” भनेर भनेर पो बन्द गर्न थाले !! अरे बाबा, यो सरकारसंग के अधिकार छ र उसले सहमति गरेका कुरा पुरा भै हाल्ने?? यो सब त देखावटी हो, खाँटी कुरा एमान्ग्रेसले संविधान जारि हुन नदिनकै लागि यो सब प्रपन्च गरिराखेको कुरा हामीले कहिले बुझ्ने??

    अब एमान्ग्रेसले राजाबादीहरुसंग आन्द्रा जोडे भन्ने खबर आयो भने पनि आश्चर्य मान्नु पर्ने छैन, किनकि एमान्ग्रेस २०४७ को राजासहितको संविधान ब्युँताउने वा त्यसैलाई सदर मान्ने मनशायमा छ भन्ने प्रस्ट छ!

    त्यसैले गिदी हुनेले सोचछन् … लिदी हुनेले एमान्ग्रेसलाई रोज्छन!

  35. धिक्कार छ यो लुतिखरे सरकार लाइ……यस्ता संग माग्न भुत्राको बन्द गर्नु……नहुने ले त जे मागेपनि दिन्छु भन्छ नि…दिनै पर्दैन…..सबै जतिको समान अधिकार हुनेगरी अस्ति को ११ प्रदेश का नामहरु लिम्बुवान, थारुवान, खम्बुवान,नेवावान, गुरुंग्वान, मगरवान,मिथिला,भोजपुरा, कोचिला/बिराट, शेर्पावान र खसान राख्य भए हुनेथियो नि…ई तोरीलाउरे नेताहरुले गर्नुगारे….प्रचण्ड त झन् खतरा पो रछन त गाँठे…आर्यलाइ पनि आन्दोलन गर भन्ने अनि जनजातिलाई भिड भन्ने……लडाईं हेरेर मज्जा लिन बनिलागेका बदमास नेता…….सुशील र झलनाथ लाइ जाति को नाम मा प्रान्तको नाम राख्दा क को चित्त दुखाई हो…? अधिकार पो समान हुनुपरो त…संबिधान मा समान अधिकार को ग्यारेन्टी हुनुपरो…नाम जे सुकै होस् नि….

  36. यो सबै अवसरको फाइदा उठाएर कुनै नेता बनि राष्ट्रको दुकुटी र शक्ति हत्याउन सकिन्छकि भन्ने दाउमा केवल निश्चित व्यक्तिहरुको स्वार्थमा देशलाई अस्थिरता तिर लैजाने दाउ मात्र हो र तिनैको लहै लहै मा लागेर दिवा स्वप्न देख्दै सोझा साझा मान्छेहरु लागि रहेछन.

    कुनै पनि हल्ला र आन्दोनल को पछाडी लाग्नु बिस्व घटना परिबेस र आफ्नो राष्ट्रलाई कत्ति माया गरिन्छ एकपटक सोची र आफ्नो अस्थित्व र सम्मान खोज्नेले अरुको पनि सोची लागेमा सझिलाई समाधान हुने थियो.;

  37. अवसरबादी नेपाली हरु सित्तैमा पाए आलाकत्र खाने खानु पछि पर्दैनम जाबो दुइ चार दिन बन्द गर्दैमा ठुलै कुरा पाइने भएपछि किन पो बन्द गर्दैनन् र ? आए आप गए झटारो ,हैन त ???

Comments are closed.