नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो


नारायणहिटीको मुख्य प्रवेशद्वार अगाडिबाट प्रत्यक्ष प्रसारणको तयारी गर्दै।

संविधान सभाको पहिलो बैठकले विधिवत् गणतन्त्र घोषणाको कार्यान्वयन गर्न लागेको पूर्वसन्ध्यामा नारायणहिटी दरबार क्षेत्र वरपर सोमबारदेखि निषेधित क्षेत्र घोषणा गरिएको थियो। कस्तो थियो त त्यहाँको स्थिति ? त्यही बुझ्न र परीक्षणको रुपमा नेपाली ब्लगको इतिहासमा नै पहिलो पल्ट प्रत्यक्ष प्रसारण गर्न सोमबार अपराह्न नारायणहिटीतर्फ गइयो। के देखियो त त्यहाँ ? भिडियो र थप फोटोहरुसहित विस्तृत विवरण भित्र।

narayanhity palace kathmandu
ज्ञानेन्द्र आजै बिहानमात्र नागार्जुनबाट यहाँभित्र प्रवेश गरेका थिए।


कसरी गर्ने त प्रत्यक्ष प्रसारण ? कृष्ण र म तयारी गर्दै।

आजैदेखि निषेधित क्षेत्र घोषणा गरिएको हुनाले सुरक्षा व्यवस्था एकदमै कडा हुने अनुमान थियो हाम्रो। तर अहँ, सुरक्षाकर्मीको ‘स’ पनि देखिएन त्यहाँ। अब यही सालिकलाई नै हेर्नुस्-

२०४६ सालको आन्दोलनदेखि नै आन्दोलनकारीहरुको तारो बनेको नारायणहिटीअगाडिको महेन्द्रको शालिक हो यो। शाही शासनकालमा यो शालिकमा कम्तीमा आधा दर्जन सुरक्षाकर्मी बसिरहेका हुन्थे। अनि यहीँ नजिकै एक ट्रक सशस्त्र प्रहरी तैनाथ गरिएका हुन्थे। तर निषेधित क्षेत्र घोषणापछि पनि यहाँ त्यस्तो केही थिएन। सबै कुरा शान्त र सामान्य थियो। यही शालिकमुनिबाट हामीले पहिलो प्रत्यक्ष प्रसारण गर्‍यौँ।


दरबारमार्गमा अहिले ढल निर्माण कार्य भइरहेको छ। निषेधित क्षेत्र घोषणासँगै ती क्षेत्रमा गाडी पार्क समेत गर्न नपाउने सूचना जारी भए पनि यहाँ मज्जासित गाडी पार्क गरी राखिएका थिए। त्यसपछि हामी लाग्यौँ अलि अगाडिबाट प्रत्यक्ष प्रसारण गर्नतर्फ।


हाम्रो छनौट थियो दरबारको प्रमुख प्रवेश द्वारअगाडि। प्रत्यक्ष प्रसारण गर्न त्यति सजिलो भने थिएन। घरबाट परीक्षण प्रसारण गर्दा एडीएसएल प्रयोग गर्न पाइए पनि बाहिर सडकमा त्यो संभव हुने कुरा भएन। सोचेको थिएँ, दरबारमार्गमा निःशुल्क वायरलेस लिङ्क कुनै भेटिएला। तर अहँ, वायरलेस नेटवर्कहरु थुप्रै भेटिए पनि इन्टरनेट भने चलेन।


अब हाम्रो एक मात्र सहारा थियो- नेपाल टेलिकमको स्काइ डाटा प्रिपेड कार्डबाट चल्ने वायरलेस इन्टरनेट। यसको गति त्यति बढी हुँदैन। तर शुल्क भने बाइट्स अनुसार तिर्नुपर्छ जुन तुलनात्मक रुपमा महँगो पर्न आउँछ। तैपनि परीक्षणका लागि यसको प्रयोग गर्ने बाहेक विकल्प अरु थिएन। द्रुत गतिको इन्टरनेट सडकबाट चलाउन संभव थिएन। हामीले सडकमा बसेर प्राविधिक तयारी गर्‍यौँ।


र, हामी नारायणहिटी दरबारअगाडिबाट दोस्रो पटक प्रत्यक्ष प्रसारणका लागि तयार भयौँ।

यस्तो थियो हाम्रो प्रत्यक्ष प्रसारणको भिडियो रेकर्डिङ-

यो भिडियोमा तपाईँ त्यहाँ भेटिएका केही बटुवासँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ। दरबारअगाडि गणतन्त्र घोषणाको कार्यान्वयनको पूर्वसन्ध्यामा राजा राख्‍नुपर्छ भन्ने कोही भेटिएला कि र उनीहरुको दिक्दारीपनलाई क्यामेरामा कैद गर्न सकिएला कि भन्ने सोचेका थियौँ हामीले। तर पहिलो पटक बोल्ने मान्छेले ठाडै भने, राजा त राख्‍नै हुन्न। यही राजाले गर्दा देश यस्तो भइसक्यो, राजा त कुनै हालतमा राख्‍न हुन्न। अर्का बटुवा सुवास गौतम पनि राजतन्त्र त राख्‍नै हुन्न भन्दैथिए।


हामीले यति गर्दासम्म सडकमा राम्रै तमासा मच्चिसकेको थियो। हामीलाई भने झन् सजिलो भयो, उनीहरुबाटै प्रतिक्रिया लिनका लागि। तर अधिकांश तमासे मात्र थिए, बोल्न नचाहने।

दरबार वरपर निषेधित क्षेत्र घोषणा गरिए पनि सुरक्षा व्यवस्था खासै केही गरिएको थिएन। दरबारको गेटभित्र बरु सेनाको एक डफ्फा केही मिनेटको अन्तरालमा कुददै निगरानी गरिरहेको देखियो। बाहिर भने जनपद प्रहरी समेत देखिएन।

तर, यही अवस्था भोलि र पर्सि नहुन सक्छ। विशेष गरी मंगलबार साँझबाट र पर्सि जेठ १५ गते यहाँ निकै तनाव हुनेछ। यी दिनमा माअ‍ोवादीले नारायणहिटी घेर्ने कार्यक्रम बनाएका छन्। सरकारले पनि त्यो दिन अप्रिय स्थिति नआअ‍ोस् भनी पाँच तहको सुरक्षा व्यवस्था अपनाएको छ। रानीपोखरी अगाडि पहिलो सुरक्षा घेरा रहनेछ भने दरबारको गेटमा अन्तिम। दरबारअगाडि त ट्याङ्क र भैरवनाथ गणका कमान्डोहरु नै तैनाथ गरिनेछ। माअ‍ोवादीले जेठ १४ गतेसम्म नारायणहटी दरबार छाड्न दिएको चेतावनीलाई ज्ञानेन्द्रले वास्ता नगर्ने संकेत देखिएको छ। अबका दिनमा के हुनेछ, त्यो निकै अनिश्चित छ।

हाम्रो प्रत्यक्ष प्रसारणको अर्को भाग यस्तो थियो-

प्रत्यक्ष प्रसारण सकाएर घर फर्कँदै गर्दा केही वर्षअघिको एउटा कुरा सम्झिएँ। त्यतिबेला आमसञ्चार तथा पत्रकारिता विषयमा भिजिटिङ लेक्चररका रुपमा एक विदेशी पत्रकार हाम्रो कक्षामा आएका थिए। एक जना साथीले विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रको पत्रकारिताको भिन्नताका बारेमा प्रश्न राख्‍दा उनले ल्यापटप निकालेर टाइप गरेर देखाउँदै ‘मैले चाहेँ भने तुरुन्त यो समाचार अहिले नै मेरो सम्पादक कहाँ पठाउन सक्छु’ भन्दै प्रविधिको बखान गरेका थिए। त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि एक दिन म आफै पनि यसरी सडकबाट विश्वभर प्रत्यक्ष प्रसारण गर्न सक्षम हुनेछु। हो, नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ। तर, यसरी सडकबाट प्रत्यक्ष प्रसारण गर्न भने अझै पनि सहज स्थिति भने निम्तिसकेको छैन। हालका लागि कम गुणस्तरको भिडियो र अडियोले मात्रै चित्त बुझाउनु पर्ने अवस्था छ, त्यो पनि महँगो मूल्यमा। इन्टरनेटको सहज उपलब्धता र त्यसको तीव्रता नै मुख्य समस्या हो। आगामी दुई चार वर्षसम्ममा यो समस्या पनि हराउने नै छ होला, आशा गरौँ।

87 Comments

  1. Sahajata prayas ma janmin6, tyo sahajata dilayar chaliyeko pahilo paela brihat sambhabavna bokeko chha, sirfa 3 janko samuhik mihinet le biswos aagi live garnu aasahajata ko khadal purnu ho.

    lekhana badhaya yeskaran bhaya ki sudrine biruwa lai mal jal ko khacho hun6, mero sano sapda le yahaharu ko kadam ma kehi biswos janmaune aasha liyeko chhu.

    Ganatantra Nepal Nepali janata ko lagi phaldae rahos…Subhakamana

  2. Fabulous job guys! I appreciate your work a lot. “Aatti Sundar”. A minor comment. Can you put date on the video clips.
    Rakesh

  3. Ya, umesh ji lage raho.Good job yar.ye raja hatane wala game mai sabka utnahi role haona chahiye.
    lage rahoooo.

    kumar luitel
    jhapa

  4. Dear friends,
    thanks a lot .Country is going to turn in to federal republic system ,which is necessary for the country development.
    You r doing great job as we r in the eve of demolish feudalism,autocracy for the for ever in our country.So,it is really appreciating job you r doing .

    thanks a lot
    Jhapali adhikari,Europe

  5. Umesh and Krishnaji, Thanks a lot, for your great effort of live show,I feel i am living in Nepal .

  6. waooo….congratulations for both umesh ji and krishna ji cuz this live broadcasting through internet symbolize the initial point and pioneer job for the development of New Nepal….Its similar like adding bricks on the wall…Despite of many critical problems and uncountable hindrances related to technology,economy and manpower, they have done great tribute to all the nepalese people residing outside the country.For this, we all have to praise,respect and support for their assidious and honest job….
    all the best to MYSANSAR.COM………
    Grish…
    Copenhagen..

  7. Krishna Ji, Umesh Ji Hajur haru le ekdum ramro work gari rakhnu bhayeko chha..Hajur haru jasto reporter bhaye pachhi ta hami desh bahira bhayeka Nepali haru lai k chhahiyo ta…Keep on the good work and best of luck for the future…

  8. Great job!!
    Thanx for live telecast on blog, picture and audio qualities both are good.your team is success to show on the Eve of Loktaantrik Ganatantra Nepal through internet TV on My Sansar. Keep it up……. 🙂

  9. तपाईंहरुले थोरै साधन बाट पनि यती ठुलो र मुल्यवान काम गर्नु भएको छ।
    तेसको लागि म सँग बयन गर्ने शब्द नै छैन।
    तपाईंहरु को योगदान उधरानीय छ ।
    हामी जस्तो नेपाल बाहिर बसेर नेपालको ताजा खबर पाउनु सौभागे हो।
    अजै अगाडि बर्दै जानुस् हाम्रो सधैं शुभ कामना छ.
    र नेपाली जनत लाई संचार जगतले सजाउनुस्

  10. Hi,Umeshji & Krishnaji.Both of U have done a good job.best of luck & thank u.Keep working……………………………

  11. Hi
    Guys,
    Thanks a lot. U both have done a vital job to provide face to face news all over the world in a sec. Keep it your an ambitious effort, once thanks.

  12. जनता लाई सुसुचित गर्ने माइ संसार ले अर्को प्रतक्ष्य प्रसारण गरी नयाँ अध्याय को सुरुबात गरेको मा बधाइ तथा शुभकामना

  13. शुभ कार्यको लागि शुभकामना। प्रगती को पथ अगी बढी रहोस् ।

  14. धेरै धेरै धन्यवाद उमेश र कृष्ण जी लाई धेरै राम्रो प्रयास गर्नु भएको छ तपाईं हरु को सफलता को कामना गर्दछु

  15. उमेश +कृष्ण जी ,,,,,,,,,,,,,
    उल्लेखनीय कार्य को लागी मेरो पनी तातो र ताजा बधाई |
    १५ गते हुने सम्बिधान निर्माण कार्य पनी सरकार बाट अनुमति लिएर भित्रै बाट प्रत्क्षय प्रसारण गरी दिनु भए लाखौ लाख बिदेश र स्वदेशमा बस्नेहरुबाट नगण्य आभार र अभिवादन सहितका माया र बधाई पाउनु हुनेछ | साथमा मेरो तर्फ बाट पनी पुन र उच्च कोटीको बधाई |

  16. tyo forecast gareko location baata 20 yads jati right ma. Compro International bhanne pasal cha. Tyaha tapai le VIOP (Video over IP) decoder linu bhayo bhane… Tetro laptop bokera baato ma natak garnu pardaina…

    Ani uni-directional microphone use garema, external noise bhanda presenter ani guest ko voice clear hune thiyo…

    Ali technical hand ko help chaiye jasto cha tapai haru lai…

  17. हीजो जेष्ठ १३ गते त हेर्न सकेन तर आज त मजा ले हेर्न सके । नेपाल टि.भी भन्दा कम छैन । तर!!!यएस्तो काम गर्दा सुरक्छ्या को पनि ख्याल गरौ है । ज्ञाननेन्द्र माइला ले कुकुर लगाउला र तोकाइमा परीएला। बीचार पुराउनु पर्छ की ? because,he is pagal man.he alredy kill birendra’s family so he can do anything pls take care. i don’t like king gyane.

    ( YCL if you can. pls remove to gyanendra frome narayenhitee.then……………him )

  18. Dear Friends !
    You all are really doing a great job on online journalism.It is truly an appreciable creativity within the limited resources in a country like Nepal where professional journalism hasn’t developped yet.I cordially saluate your willpower and hardwork.
    I hope It shall be a milestone in the history of Nepalese journalism as well as It shall guide the new generation who want to choose the journalism as a profession.May god bless you a lot of success and satisfaction !
    Jitendra Sah
    Ass.Sr.Sub-editor
    &
    A chief team member of Qatar Edition,Kantipur.
    Kantipur Publications (P ) ltd.
    Subidhanagar,Tinkune,Kathmandu.

  19. Weldone Umesh ji and your team. You are doing such a great job for whole nepalease people around the world.

  20. उमेश जि धेरै धेरै धन्यवाद, हामी टाढा बिदेशमा बसेर पनि आफ्नो देशको प्रतक्ष्य समाचार सुन्न र हेर्न पायको मा खुशी लाग्यो। तपाईंको काम को प्रसम्सा गर्दछु।

  21. good work ..
    i couldnt see the video, just pictures.

    hope one day wifi will be common in nepal ..

  22. Its a great news that youngster of Ktm has gone too far in the systematic activities performed broadcasting live which is really liked by all the citizens aborad as well as in the nation.Still you guys need to work hard on it to make mysansar.com a capable of doing more better in the up coming days try to use the source of diplomats as well as show the public commentary at the last hope it will be more systematic no one knows what will happens coz future is uncertainity.Let me inform all the staffs and members of this mysansar.com I am a student of MBA here in Tokyo i learnt that we are the citizens to create a nepal land of sagarmatha the birth place of lord buddha which is a natural play ground where nature has really gone too far we are the ones to create innovations not only the diplomats and king we have to generate good management systems to our country hope we all nepalese dont want to hear bad things about our country living in abroad this is not enough keep on trying my best wishes are always with you guys and for the donations i can help providing different foundations from here also do let me know.Last but not the least Never End Peace and Love !!!!!!

  23. फेरी उन्मुक्ति का गीत हरु गाइने छान |
    फेरी सारंगी रेटिने छ |
    हर्के र पुर्ने घूमी घूमी नाच्ने छान |
    सोचु त
    सारंगी को काम बजने हो|
    गीत हरु गाइना का लागी |
    हर्के र पुर्ने नाच्न का लागी|
    यो जिंदगी को रंगमंच माँ
    आफ्नो आफ्नो भूमिका याद गरु
    को के का लागी
    कस्को के भूमिका
    नया दिन संग आफुलाई चेंज गर्न सकियेला ?

  24. यस्ता बकम्फुस कुरा हरु गरेर केही फाईदा छैन राजा को मुल्याङ्कन त्यो दाङ बाट आउने बिचरा लाई के थाहा राजा फालेपछी धनी र गरीब हुँदैनन भन्ने कस्तो लाटो मन्यता
    काग कराउदै गर्छ तर पिन पनि सुक्ने काम छोड्दैन त्यसैले घर गयर आफ्नो काम गर
    जिबलाल

  25. Dear all,

    This is my expectation..

    Congress can walk way from voting. They may support indirectly to king..

    I beleive Maoist and UML and leftist will vote against the king . I do nothave any idea about Madheshi party like Yadav..

    So that …
    simple majority 50 percent will remove king…

    so congressi (Girija, koirala pariwar) most of the except Narhari, Gagan…Labi…

    But
    I 100 percent beleive congress will not vote for republic either they will walked out or sitting there nothing or they will vote to support Baby king, Himani king, daughter king , constitutional monarchy..

    May be they want to proceed long days.
    Congress want to disrupt assembly meeting. They may take month to decide.

    so that HOSHIYAR..

    Sherbahadur can be priminister…using king…

    Wherer is Sujata….Baby king…supporter

    republican decision should be on first day of assembly meeting otherwise….
    lots of conspiracy…

  26. कती नेपाल मा पहिलेा पटक भनेर उपमा भिर्न मन लागेकेा।

  27. कुवेत बाट राजन रिमाल ले पनि हेर्न पाउदा खुशी लाग्यो तर मेहनेत अली हुन पर्‍यो शुभ कार्य का लागि शुभ कामना जनता लाई सुसुसित गर्दै जानु होला पाइला हरु नरोकिउन काम अती राम्रो छ |

  28. It is the world new style and innovative broadcast in special moment..

    You guys are so innovative using ur personal money , personal computer…without using tax money.

    You paid tax for your laptop when u bought.

    You are the great journalist…
    Keep…on

    Corrupt secretary, minister, enginner, accountant, governemnt section officer…

    they make road using only sand…
    little cement…
    they repair road without using bitumin…
    they share money with accountant, director, section officer, store keeper. please go to every office in nepal and capture in hidden camera how these work..
    If corruption pesist in this manner this revolution for republican will be useless.
    These are great snake

  29. धन्यवाद उमेश तथा कृष्ण ! प्रसारणको सुरुवात गर्नु नै आँफैमा ठुलो कुरा हो । यो योगदानको कदर गर्नै पर्दछ ।
    आभार सहित,
    शरद, हवाई

  30. MUSHARF or SADDAM, or GYANE

    Can anyone compare? MUSHARAF, SADDAM, GYANE?

    Musharaf is still in army chief and president, saddam is dead but Gyane ( grand designer) is on hidden power or power less.

    Can Gyane be MUSHARAF. another side Sadam is already dead so he can not come back.

    I know three are dictator but there are many dissimalarities..

  31. not sure..if i catched he live broadcast…anyways some good new effort! Keep up the good work!

  32. एक दम राम्रो काम गर्दै हुनुन्छ बधाई छ एस्तै गर्दै प्रत्च्य प्रसारअन गर्दै जानु

  33. उमेश जी, म पनी अहिले बिहान नारायणहीटी तीर एक फन्को मारेर आएको खै सजीलै छोड्ला जस्तो चै लागेन माईलाले | अरिङ्गालको गोलो जस्तो थुप्रिएका छन बन्दुकवालाहरु |

  34. Dear Nepalese People,

    Umesh and co. are doing great job.

    These coming 48 hours in nepal would be crucial….
    Please careful,,,
    Gyane can be MUSHARAF….
    Can make another grand design…
    Gyne did not leave palace before assembly There must be reason.

    He is a Cobra Snake…. Royal masacare…Anything …
    can happen in Nepal….

    People liberation army (Maoist) should be ready for protect any conspiracy..

    Gyane can do anything….
    He knows grand design..
    where is PARASE….BOKA…(BULL)

    So Maoist army should be ready for fight if anything happen opposite to republic…

    I think still Nepalese army( Royal) are loyal..to King..
    High level…Jernel, Kernel.. are loyal…

    RANA, THAPA, BASNET are the top possition….in Army..

    Be careful….
    Nepalese people and Maoist.
    Do not Trust to GIRIJA AND SHER Bahadur/ Wife Araju Rana(Deuba).
    Araju , Koirala family are protecting king…
    so,,
    careful…People liberation army to protect people and nation…

  35. thanks umesh ji tapai le hami jasta muluk bahir raheka rastrapremi haru ka lagi yo karekram lyera live prasaran garidinu bhayeko ma hami sampurna macaubasi nepali haru aavar byakta garna chanchau

  36. लाइभ ब्रोड्कास्ट राजाकै दरबार अगाडि राजा न चाहने हरुबोलेको पहिलो पटक होल धेरै राम्रो अनी रिस्की काम को लागि धन्यवाद !!you guys are the number one .

  37. सराहनीय कम गर्नु भयाको छ ल तेस्को लागी धेरै धन्यबाद रा भोली को कार्यक्रम पानी यसरी नई हेर्न पाय अझ सुनमा सुगंध हुने थियो
    कुनाल

  38. उमेश जि, कृष्ण जि अत्यन्तै सराहनिय कार्य गर्नुभएको छ। कृष्णजिको प्रस्तुतिमा अलिकती सुधार ल्याउनुपर्ने देखिन्छ। अरु सबै कुराहरु अत्यन्तै राम्रो छ।

  39. i think you should post a blog that you are posting a live update before you deliver live telecast so that we can standby to see the live update.

    great job
    keep it up

  40. उमेशजी अनी कृष्णजी, यो तपाईंहरु को महान कार्यलाई सलाम। भिडियोको गुणस्थर राम्रो छ। म १५ गतेको लाईभ टलेकस्तको प्रतिक्ष्य म छु।

    Kabir-South Korea

  41. Umesh Jee and Krishna Jee,
    Keep going on this historical broadcasting in your most popular Blog. It is really appreciable. We are waiting more interesting videos on coming days about the establishment of Garatantrtik Nepal.Thanks.

  42. tapaiharuko prayas ramro chha,

    tara yasta bakamfuse batuwa haru matra ganatantra badi hoki keho, auta bheda jata gayo tehi jane.

    malaita ke lagchha bhane krishna pahadi jasta india ko agent bahek aru bauddik nepliharu ta ajai pani raja ra rajsnstha ko pakchhyama chha bhanne pakka biswas bhayo abata….

    janamat sangraha ko himmat nagarnuko karan pani yahi ho

    krisna prasad bhattarai le bhanejasto, rajsanstha nepal ma ajhai 300 barsha samma hunu parchha, kina bhane teti bela samma ma nepal aatmanirbhar bhaiskchha.

    jaya nepal

  43. श्वेत सलाम उमेशजी र कृष्णजीलाई ,

    अहिले त मैले पनि काममै भिडियो मजाले हेर्न र सुन्न सक्छु । शान्त र समुन्नत गणतन्त्र नेपालको निंती तपाईंहरुको योगदान उच्व छ । चुनावताका ९७ वर्षे हो क्यारे एकजना बाजेलाई कृष्णजीले प्रश्न गर्नुहुंदा कृष्णजीको सोधाई चित्तबुझ्दो लागेको थिएन । अहिले निक्कै सुधार गर्नुभएको छ । कृष्णजीले परिदृश्यको वर्णन गर्दा कुनै टिभी च्यानलका प्रस्तोताहरुले बोल्ने पुरानो शैली अपनाउन नखोजी आफ्नै तरिकाले बोल्नेतिर जोड दिनुभयो भने अझ राम्रो हुनेछ ।

  44. hain na ho umeshe jee
    can u share how we can make live from web site, what are the required things to do ,, yaso share garnu paryo no ramro idea haru ,,, hami europe bat apani aru la ni … yasati…

  45. malai pani mysansar ko yo kaam dherai ramro lagyo…la hami jasta bides ma basne nepali haru lai pratashya prasaran garaidinu vayo ko ma hardik dhannebadh dina chahanchhu…

  46. ” उमेस जी र क्रिसन जी लाई ऋदय बाट धनय्बाद दिन चाहन्छु, कीन भने यस्तो mahan karya ko lagi प्रताकछ्य टीवी प्रोग्राम, सारै राम्रो आएको छ, सेम नेपाल टीवी जस्तो ” .

  47. UMESH jee and Krishan Jee !

    Great Job … !

    It would be more nice if you try to be more informal rather than formal. Just speak in a normal pace. If anything to be given from background give in a normal pace…..

    Overall nice job..! hope to see u on Jestha 15.

  48. ओहो ! कस्तरी कैद गर्नु भयो द्रिश्य लाई क्यामेरा मा ! हामीलाई त फोटो मार्फत त्यही पुर्याउन सफल हुनु भयो है । अत्यन्तै सजिब छ फोटो ।

  49. you guys did great job
    keep it up..
    नेपाली ब्लग दुनियाँमा मात्रा नभयर नेपाली अनलाइन मिडियामानै यो प्रतक्ष प्रसारन पहिलो हो भन्ने मलाई लाग्दछ। जसरी प्राबिधिक कठिनाई का बाबजुद पनि यो प्रत्यक्ष प्रसारन गर्न सफल(समग्र रुप मा भन्नु पर्दा)हुनु भयको मा बधाई तथा हामीजस्ता सातसमुन्द्र पारी छरियर रहेका नेपाली लाई प्रत्यक्ष रुपमा सुसुचित गराइदिनु भयको मा धन्यवाद।
    aasish
    swiss

  50. उमेश एन्ड कम्पनी को महान कार्यका लागी सलाम

    भिडियो हेर्दा हेर्दै आफु तेही पुगे जस्तो लाग्यो। क्यामरा को अगाडी तपाईं बोल्नु हुन्छ भनेर कृष्ण जी ले सोध्नु हुँदा म त्यहा हुन पायको भय कती धेरै कुरा बोल्थे होला भन्ने लागीरहे छ।

  51. Major question.
    Who is comanding army?
    Girija
    Katuwal
    Gyanendra

    I know.. Peoples army is controlled by Prachanda..

    I suspect if Gyanendra does not leave from palace after republic announce from parlaiment.

    This is the main qestion and need to give answer to people…

    What is the role of Royal or Nepali army?
    What will happen in Nepal after first meeting…

  52. very challenging job and excellent service to everyone in right time please keep going untill it has overthrown. thanks a lot from UK

  53. thanks a lot, umesh and krishna ji. mysansar.com is the such blog which deliver fresh and latest news from nepal, keep it active and popular among all nepali. MR DEV LAMICHHANE , COPENHEGEN.

  54. अहिले भिडियो प्रस्ट देखियको छ ।
    हामी जस्ता आफ्नो देश बाट टाढा बस्दै आयका नेपालीहरुले यसरी आफ्नो देश को समाचार घटनालाई पढ्दै अझ प्रत्यछ रुपले हेर्न पनि पाउदा ‘माइसन्सार’ टिम प्रती आभारी भयका छौ ।

  55. tapai haru lay ramro kaam garnu vae rako cha so comments ko pir ta lidae nalinu na.thanks for doing live telecast.
    i hope in coming future we will get more to see.

  56. Khoi Umesh and Krishna Ji,
    Malai ta ajhai nepal ma ganatantra aune kura ma biswas chaina, neta haruko boli second second ma ferin6, paisa ma pani bik6n…………………

  57. Umesh and krishna ji,
    Suchana ko lagi dhanyabad, Ganatantra ghosana ko din Ghosana sthal bata pani live prasaran garnu bhaya ma ajhai ramro hune thiyo,
    Me, USA

  58. This is really a good job. You have done extraordinary job that so many corporate media houses have not been able to do so. Umesh ji. Keep it up. I, Sharan, Kushum, and Tarun here in the US are missing you.
    Good luck.
    regards,
    Padma Aryal, New York

Comments are closed.