यथार्थ अमेरिकाको

-गौतम दाहाल-

विश्वव्यापी प्रभाव जमाउन सफल भएतापनि अमेरिका आफैंभित्र चाँहि जर्जर अर्थतन्त्रको भुमरीमा पिल्सिएको छ। बाहिरबाट जति आकर्ष मानिएतापनि मध्यमवर्गीय अमेरिकीहरुको जीवनशैली मध्यमवर्गीय नेपालीहरुको भन्दा पनि कष्टकर छ। सेवा,सुविधा,सहुलियत र अवसरको समान वितरणका कारण मात्र अमेरिकी जीवनशैली समुन्नत देखिन्छ। हाम्रो मुलुकभित्र यस्तै सेवा,सुविधा र सबैलाई अवसरको समान पहुँच हुने हो भने धन कमाउने लालसामा आफ्नोपन गुमाएर तेश्रो दर्जाको नागरिक बन्न शायदै कोही तयार हुँदो हो।

आर्थिक समृद्धिको दृष्टिकोणबाट संसारकै धनी अमेरिका विश्वमै सबैभन्दा बढी घरवारविहीनहरुको देश पनि हो। विश्वकै शक्तिशाली र वैभव सम्पन्न देश हुनुमा अमेरिकाले जसरी गर्व गर्छ अर्कोतिर विश्व समुदायमा यसको बढ्दो नकारात्मक छविले त्यत्तिकै लज्जित पनि बनाएको छ अमेरिकालाई। खासगरी आफ्ना आठ हजारभन्दा बढी नागरिक गुमाइसकेको अलोकप्रिय इराक युद्धका कारण आफ्नै नागरिकहरुको नजरमा पनि अमेरिकी सरकारको छवि सकारात्मक बन्न सकेको छैन।

अफ्रिका र मध्यपूर्वमा जारी युद्ध, राजनीतिक अस्थिरता तथा तनावमा अमेरिकाको प्रत्यक्ष चासो,रुस र जर्जियाबीचको हालैको युद्धमा अनावश्यक संलग्नता जस्ता विषयहरु अमेरिकाको आन्तरिक राजनीतिका मुद्दा बनेका छन्। अहिले आगामी चार वर्षको लागि नयाँ नेतृत्व छान्न लागिपरेका अमेरिकीहरुको प्रमुख चासो इराक युद्ध,आर्थिक एजेण्डा,विदेश नीति र आप्रवास नै हो। अमेरिकी भूमि अहिले आप्रवासीहरुको भूमि बन्न पुगेको छ। संसारकै व्यापारिक राजधानी न्यूयोर्कको मध्यभागमा उभिएर पाँच मिनेट मात्र हेरिरहने हो भने त्यहाँ देखिने आप्रवासीहरुको चहलपहलभित्र अमेरिकीहरु कहाँ होलान् भनेर खोज्नुपर्छ। आप्रवासको यो बढ्दो घनत्वलाई व्यवस्थित र कानुनी दायराभित्र ल्याउन जति ढीलाई गरिन्छ त्यति नै अमेरिकी अर्थतन्त्र प्रभावित हुने अनुमान पनि यहाँ विभिन्न कोणबाट र्सार्वजनिक हुने गरेको छ। त्यसैले जोन म्याकेन वा बाराक ओबामा जो निर्वाचित भएपनि प्राथमिकताको एजेण्डा युद्ध र आप्रवास नै हुनेछ।

शिक्षा,स्वास्थ्य,औषधोपचार र अवसर अमेरिकाको विशेषता हो। यिनै विशेषताहरुका कारण संसारको आकर्षाको केन्द्र बन्न पुगेको छ अमेरिका। रुखमा डलर फल्छ भन्ने भ्रममा रहेका नेपालीहरुका लागि मात्र होइन अन्य मुलुकका वासिन्दाहरुलाई पनि अमेरिकाले सधैं तानिरहेको छ। तर यहाँको एकोहोरो,निरस र कठीन जीवनशैली कतिपयका लागि चरम निरासाको कारण पनि बन्ने गरेको छ। गाम्बियाबाट पाँच वर्षअघि अमेरिका आएका अश्वेत फाय भन्छन्, हामी आप्रवासीहरुका लागि अमेरिका एकोहोरो श्रम र पसिना बेच्ने भूमि मात्र हो। वास्तवमा अमेरिका आप्रवासीहरुका लागि निकै कठीन र चुनौतिपूर्ण छ। फायले अनुभव गरे जस्तै अमेरिकी जीवन निकै कष्टप्रद छ अधिकाँश आप्रवासीहरुका लागि। आफ्ना आफन्तबाट टाढिएर एक्लो निरस जिन्दगी बिताउनु पर्ने धेरै आप्रवासीको बाध्यता हो। भावना साट्ने कोही हुन्न, दुःख बिसाउने चौतारी हुन्न,सबै आफ्नै स्वार्थमा भौंतारिरहेका हुन्छन्। सबैलाई आफ्नै हतारो हुन्छ।

समयलाई नै सबै सम्झने अमेरिकीहरु यही कारण आज विश्वभर आफ्नो पहुँच विस्तार गर्न सफल भएका हुन् जसको सिको हामीले पनि गर्नुपर्दछ। त्यसो त अमेरिकाको नीति नै यहाँ जे जति आम्दानी गर्ने हो त्यसको अधिकाँश हिस्सा अमेरिकाभित्रै खर्च गर्नेगरी बनाइएको छ। तपाईं इमान्दार बन्नुस् र कानुनी दायरामा बस्नुस् सबैखाले सुविधा तपाईले आफ्नो क्षमता अनुसार उधारोमा उपयोग गर्न पाउनु हुन्छ। जब ती उधारो बिलहरु तिर्ने समय आउँछ त्यतिखेर तपाईको आँखाले तिरीमिरी झ्याईं देख्न सक्छ। समयमा तिर्न सक्नु भएन चक्रवर्ती ब्याज तिर्नु त छँदैछ तपाईको क्रेडिट बिग्रने खतरा त्यत्तिकै बढी हुन्छ। जब तपाईको क्रेडिट एकपटक बिग्रन्छ तब त्यसलाई सुधार गरेर पुनः पहिलेको अवस्थामा फर्कन निकै कठिन हुनेछ। त्यसैले समयमा उधारो बिलहरु तिर्ने चिन्ताले तपाईलाई सधैं सताईरहनेछ।

अमेरिकीहरु आफ्नो देशप्रति निकै गर्व र श्रद्धा गर्छन्। खोक्रो आडम्वर होइन वास्तविक देशभक्तिमा उनीहरुको अगाध प्रेम छ। आफूहरु अमेरिकी नागरिक हुनुमा गर्व गर्ने यिनीहरु देशको बारेमा अरुबाट कुनै किसिमको टीप्पणी सुन्न मन पराउँदैनन्। हरेक घर र सवारीमा देशको झण्डा फहराउन गर्व गर्ने अमेरिकीहरु आफ्नो अधिकाँश आम्दानी खर्चमै सक्छन्। एक अध्ययन अनुसार, विश्वमै सबैभन्दा कम बचत गर्नेमा पर्छन् अमेरिकीहरु। युरोपियनहरु औसत आम्दानीको १५ देखि २० प्रतिशत, एसियनहरु २१ देखि ३२ प्रतिशत र अमेरिकनहरु मुश्किलले १० प्रतिशतमात्र बचत गर्छन्। कुकुर र बिरालो पाल्न सौखिन अमेरिकीहरुले यसका लागि गर्ने वार्षिक खर्च नै हाम्रो देशको कूल बजेटभन्दा बढी हुन्छ।

तर अहिले अमेरिकाको स्थिति निकै भिन्न छ। हालै मात्र देशकै तीन ठूला वित्त तथा बीमा कम्पनी खराब कर्जाका कारण टाट पल्टेपछि सरकारले हस्तक्षेप गरी केन्द्र सरकार मातहत नियन्त्रणमा लिएको छ। पछिल्लो सरकारी तथ्यांक अनुसार, अमेरिकाको कूल बेरोजगारी दर सन् २००३ को जुन महिनापछि एक्कासी बढेर अहिले ६.१ प्रतिशत पुगेको छ। श्रम मन्त्रालयको यो प्रतिवेदन अनुसार यसअघि सन् २००३ मा यो दर ६.३ प्रतिशत थियो। पछिल्लो आठ महिनादेखि निरन्तर वृद्धि हुन थालेको बेरोजगारी दर अमेरिकी राष्ट्रपति निर्वाचनको बाँकी दुइ महिनाको अवधिमा अझ वृद्धि भई सात प्रतिशतसम्म पुग्ने अनुमान छ। गरीबीको रेखामुनिको दर पछिल्लो वर्षै १२.५ प्रतिशतमा स्थिर रहेता पनि सन् २००७ मा बाल गरीबीमा भने वृद्धि भएको थियो।

बढ्दो बेरोजगारीकै कारण अमेरिकीहरुको छुट्टी मनाउने,सप्ताहान्तमा बाहिर घुमफिर तथा खानपीन गर्ने र अरु खर्च गर्ने दर पनि ह्वात्तै घटेको छ। बढ्दो वेरोजगारीलाई अरु बढ्न नदिन केन्द्र तथा राज्य सरकारले तत्काल एक लाख रोजगारीको सिर्जना गर्नुपर्ने खाँचो औंल्याइएको छ , जुन अहिले बुश प्रशासनलाई फलामको च्युरा चपाउनु सरह कठीन छ। मोर्गेज -घर व्यापार सम्बन्धी कारोवार),क्रेडिट र वित्तिय तथा आर्थिक समस्याका कारण अर्थतन्त्र तहसनहस बनेको छ। जनवरी यता मात्र ६ लाख पाँच हजार रोजगारी गुमेको छ। पछिल्लो अगष्टमा मात्र ८४००० रोजगारी कटौती भएको छ। राष्ट्रपति पदका दुवै प्रत्यासीले तत्काल राहत प्याकेज ल्याउने बताएका छन्। म्याकेनले आफूले जितेमा रोजगारी सिर्जना,साना उद्यम व्यवसायलाई सहयोग गर्ने अवसर बढाउने र अमेरिकी वस्तुको खुला बजारमा प्रभाव विस्तार गर्ने बताएका छन्। म्याकेनका आर्थिक सल्लाहकारले यस अघि बुश प्रशासनले चरम आर्थिक मन्दीका कारण ल्याएको आर्थिक राहत प्याकेज पर्याप्त नभएकोले निर्वाचनको संघारमा त्यस्तै आर्थिक राहतको प्याकेज ल्याउन सल्लाह दिएको बताएका छन्। बुश प्रशासनले हालै मात्र १६० बिलियन डलरको राहत प्याकेज वितरण गरेको थियो।

ओबामाले चाँहि बुश प्रशासन र प्रत्यासी म्याकेनप्रति कडा चुनौती दिंदै आर्थिक नीतिमै धेरै समय बिताउने बुश र म्याकेनकै समयमा सबैभन्दा बढी वेरोजगारी बढेको तथ्यांकले पुष्टी गरेको भनेका छन्। ओबामाले ५० बिलियन डलरको राहत प्याकेज अनुमोदन गर्न कंग्रेस समक्ष आग्रह गरेका छन्। ‘ यदि समयमा नै राहत दिन सकिएन भने हामी यो भन्दा पनि नाजुक स्थितिको सामना गर्न तयार हुनुपर्नेछ ‘ ओबामाका आर्थिक नीति निर्देशक जसोन फरमानले भनेका छन्।

पछिल्लो आठ महिनाका बीचमा तलब दिन नसक्ने भन्दै हजारौंको रोजगारी कटौती गरिएको छ। श्रमको उच्च सम्मान गरिने देशमा यसरी रोजगारी कटौती गरिएका केही प्रमुख कम्पनीहरुमा अटो प्लान्ट तथा हाउसिडमा आंशिक समय काम गर्ने कामदारहरुको संख्या उल्लेख्य छ। बेरोजगारी बढेका प्रमुख राज्यहरुमा राजधानी डि.सी.सहित क्यालिफोर्निया,मिशिगन,ओहायोर्,नर्थ क्यारोलिना,साउथ क्यारोलिना रहेका छन्। मिशिगनमा त राष्ट्रकै सबैभन्दा बढी ८.५ प्रतिशत बेरोजगारी बढेको छ।

अमेरिकी तथ्यांक विभागले हालै र्सार्वजनिक गरेको एक रिपोर्टका अनुसार, पचास राज्य मध्ये राजधानी राज्यसँगै जोडिएको मेरिल्याण्ड राज्य सबैभन्दा धनी राज्य हो। जुन राज्यका मध्यमवर्गीय परिवारको वाषिर्क औसत आम्दानी सन् २००७ मा सन् २००६ को ६६,९९२ को तुलनामा १.६ प्रतिशत बढेर ६८,०८० डलर पुगेको थियो। देशभर गत जुलाईमा ५.७ प्रतिशत बेरोजगारी रहेकोमा सोही अवधिमा मेरिल्याण्डमा मात्र वेरोजगारी ४.४ प्रतिशत रहेको थियो भने सन् २००७ मा गरीवीको दर ८.३ प्रतिशत थियो। यसअघि सन् २००६ मा यो दर ७.८ प्रतिशत थियो। बाल्टिमोरस्थित आर्थिक परामर्श र्फम सागा पोलिसी ग्रुपका प्रमुख कार्यकारी अनिर्वण वसु सन् २००७ लाई मेरिल्याण्डको आर्थिक इतिहासमा दशककै राम्रो वर्षभन्छन्। अमेरिकी आर्थिक वृद्धिका लागि सन् २००७ नै अन्तिम राम्रो वर्षभएको उनको ठम्याइ छ।

अमेरिकाका दश धनी राज्यहरुमा पहिलो मेरिल्याण्डपछि न्यूजर्सी, कनेक्टिकट,अलास्का,हवाई,न्यू ह्याम्पसायर,मासाच्युसेट्स,क्यालिफोर्निया,भर्जिनिया र मिनेसोटा रहेका छन्।

दाहाल अमेरिकाको मेरिल्याण्डस्थित बाल्टिमोरमा रहेका पत्रकार हुन्। उनी अमेरिकी राजनीति र समाज विषयमा चासो राख्छन्।

80 Comments

  1. अमेरिकी अर्थतन्त्रबाट हामीले धेरै कुराहरु सिक्नु पर्ने र सिक्न सकिने छन्। हुनीहरुको समाजको ढाँचा र अर्थतन्त्रको मोडेलमा एउटा सामंजस्यता छ। यदि हामीले उनीहरुको अर्थतन्त्रको रुपलाई मात्र प्रतिलिपी गरी राख्यौं भने त्यो नचल्न सक्छ किनकि सामाजिक संरचनामा पनि सोही अनुरुपको परिवर्तन पहिले ल्याईनु पर्‍यो।

  2. good job and i like this article.it is very essential to know about it .though we are poor we should know and understand about the condition of another country.it can help us to make new nepal after knowing the reality of powerful and richest country.stil every people of nepal are making their dream to go america.

  3. अनी आर्को कुरा पत्रकार महोदय ले आफ्नो लेख को सिर्सक चै ” मेरो अमेरिका को यथार्थ” रखे अझै सान्दर्भिक होला कि कस्सो हजुर ??

  4. पत्रकार मित्र
    अमेरिका को खबर सि एन एन , ए बि सि आदी बाट थाहा पाइ हलिन्छ नि किन एथ्रो दुक्ख गर्नु भाको हजुर ले । एस्तो दरिद्र आम्रिको मा किन दुखी भएर बसिराको हो हजुर । बुउस बाजे ले हथ्कडी त लार राख्या त छैनन नि फर्की जानुस् हजुर
    आफ्नै मुलुकाँ एस्तो दरिद्री ठाउँ आँ नबस्नूस मित्र \

  5. Yes 100% with Dahal’s article.It is individual perspective that some body likes usa, some body does not like it.But the reality is, many Nepalis may not like it,yet they have to stay here because life is made of many more complications.I do not like to be here,but i am here.Some body enjoy to be here and somebody just be here though they do not like to be.This is life,where you can not get many things in one plate.

  6. malai yauta kura chitta bujhena….yo lekh bata ra forum point haru bata ke lagyo vane..sabai nepali le america ma basera low level ko matra kam garchha vanne…….ma microsoft ma kam garchhu….microsoft ma kam garne ma jastai 861 jana chhan..all of them are software engineer……mera kati sathi haru NASA ma chhan…… ko ho kati google ta kati amazon ma….aru kati kati……tai vayara…guys please don’t messed up with article which doesn’t have any proof or don’t believe misleading datas….ani yauta kura…

  7. Very good prespective of United states. well written despite the comaprison between Nepal and US is not relevanet. but the writer seems to have touched the essentials of this Great Country USA

  8. You guys are so stupid! You live in America and condemn America. If you have balls why dont you pack your guntos and return to Nepal?

  9. GautamJi: Tapai ko lekh ali chitta bujhena. Bishesh garera Nepali ra American middle class ko comparison. Aba Hapta ko 5 din 8am-5pm kassera kam garnu lai nia tapai kastakar thannu huncha bhane ta mero bhannu kehi chaina.. Anyatha Nepal ra America ko bhautik tulana garnu ali aparipakwa bishleshan ho ki jasto lagyo..

  10. अमेरिका सम्बन्धी यथार्त बिश्लेसण गरी जानकारी दिनु भएको मा गौतम दाहाल जि लाई धन्यवाद ।
    °
    ( ” भाबना साट्ने कोही हुन्न , दु:ख बिसाउने चौतारी हुन्न –” के गर्ने गौतम जि पराइ भुमी आ इसके पछी ! अब भाबना साट्न , दु:ख बिसाउन , कहिले काही नेपाल बिर्साउने गरी बाक युद्द गर्न माइसन्सार को चौतारीमा आउने 🙂 )

  11. Bakwas.You are working with indian and talking about Bush and like bush. What you are doing ? Clining abd so. Then why this things.Why you are steaing in USA why not going to Nepal ? Do you have ans.. BAKWAS

    Ram Gopal

  12. it is clear picture of united states of america. but as a nepli people what we have to think is, we have to learn some thing from this lesson and we should stick with our aim for what we are here in usa. i mean learn something.

    Krishna
    USA.

  13. पत्रकारज्युले नेपाल र U.S.A को सामाजिक, आर्थिक, नियम, कानुन, ब्यबस्थापन, काम कर्तब्य, जिम्मेवारी, मानविय अनुशासन आदी बारे तुलना गरि लेखे राम्रो होला । जसले गर्दा हाम्रो देशका युबाहरुमा जोश र जागर थपियोस । एक्काइसौ शताब्दिको द्रुतगतिमा संसार बढी रहेको अवस्थामा हाम्रो देश नेपाल १८ औ शताब्दी मै अल्मली रहेको छ ।

  14. All those who has anti-American view, let me remind you that wherever you are, American economy indeed matter to you. Because of globalization, if American or other western countries stop buying whatever you produce from gasoline to software to cheap Chinese goods, you are not going any where. Country like ours, our economy (just look at recent budget) is totally depending on foreign aids or loans. And please, please, please just don’t blame American for not supporting in Durfur while opposing in Georgia.

    Thanks and Think positive

  15. हैन कसैले केही जानकारी दिदैमा अरुलाई के मतलब . जारी राखनुस अमेरिकन लेख बारे keep it up goutam ji

  16. Hi Writer,

    Though I am working in Jpn currently, I have worked with more than 100 colleagues from US.

    I found most of the American peoples are quite optimistics , and they really like to encourage the people rather than discouraging them[In nepali we say Khutta tana tanan].

    However in this article I moticed the writer is only mentioning the negative points of US , I mean he seems to be quite pessimistic.

    Now it is the time to analyze yourself , that though you are in US why cant you think the positive aspect of the thing , It is because you are NEPALI & you still have Nepalese Mentality inside you.
    Please be global & restart your system(Your body system, Way of thinking)& research Abt the same society , I am sure you will see many positive points of that society rather than Negative.

    Warm regards
    Gorkhali

  17. This article seems biased and negative. I am surprised that the author could not see people like Arnold Schwarzeneggar, who immigrated from Austria and was able to become a governer of California. Only in the US can one get opportunity like it. I know an American social worker who lived in Nepal for more than 35 years and served Nepal before he could get Nepalese citizenship.

    There is a financial crisis going on in the US at this time, but the fact that author forgets to mention is that the US economy is so huge that it can easily digest these crises. Past economic crises show the same.

    The reality of America is that it is a land of ideas. This is a place where new ideas are born. Whether it is a car, or aeroplane or computer technology, they are all born in the US. As long as this is a land of ideas, other countries, like Japan and China can never overtake the US.

  18. la sabai thik chha. garera khane lai usa ma thau chha we all know that. homeless ko kura garda inactive people and drug addict haru matra chhan yesma. USA ko vikari(begger) and addict who are in similar situation do cocaine and crack jun india ko celebrities and politician haru le linchhan. tara nepal ko begger and addict haru lai ta ek pauch daru pani naseeb hudaina tesaile farak yehi nai dekhinchha. Compare garnu bekar ho. tara aafno des sudhros vanne chahi aasha garaun. petrol ko laagi line nepal bandh ka bandh nahos,lutpat ghatos at least usa bata farkine nepali ko kabil banos nepal.khulera ghumna ra kharcha garna paos. yesle desko economy pani badhchha.

  19. Guys check these two documentaries on You Tube about American Government and Federal Reserve Bank’s conspiracies. The first one is “Loose Change” the documentary about 9/11 conspiracy (I guess most of you guys have already watched it) but the second one is “Zeitgeist”. The first part of Zeitgeist is on religion and astrology but the second and third part is about 9/11 myth and Federal Reserve Bank respectively and is very interesting. It also tells how the Federal Reserve Bank forces the Government to borrow money. Watch it guys.

  20. गौतम ब्रो ले भन्न खोजेको केहो बुज्न गाह्रोपर्‍यो अमेरिका चाँही खत्तम भयो अब नेपाली नाआये हुन्छ भनेको हो ? अनी एकथाउमा नेपाली ले अमेरिका म रुख्मा dollar फल्छ भन्ने नेपाली भनेर कहाँ को नेपाली लाई भन्न खोजेको हो haa मिले त भनेको छैननी आफुले जे कल्पना गरेर गयो यहाँ बस्ने सबैले त्यही कल्पना गर्छ जस्तो लाग्यो झारे मुला अमेरिका त्एस्तो खत्तम भएछ ब्रो ए नेपाल आए भाईहाल्छनी तर अमेरिका ठीक छ भन्नेहोल होइन? आफ्नोदेश्त साह्रै राम्रो छ ब्रो त्यो अमेरिका मात्र हो त्एह जम्मा ८४००० मात्र बेरोज्गार भएको रहेछ यहाँ पथैदिये हुन्छ ब्रो तिम्रो देशमा नेता हरुले सबैलाई रोज्गार दिएकोछ ,आफ्नो देश को बारेमा लेख कत्तिन ठुलो भये जस्तो लाग्यो होल अमेरिका को बारेमा लेखेर !आफु अाइहले अरुचही नाआउ है खत्तम छ अमेरिका होइनत ? हे साथी हरु अमेरिका खत्तम हुँदै छ है कोइपनी नजानु ल ?

  21. ramro artical
    yo artical padera barseni 5 arab nepali rupaiya american ambassy lai chadaune ,ani USA pugera akash ko tara jharne sapana dekhne haru ko buddi firthyo ki.
    sala america ko sab company haru tant paltiyos.

  22. वास्तवमा भन्न्ने हो भने अमेरिका पाओरफुल हैन एउटा काथर देस हो / जस्ले आफ्नो सुरक्षाको लागि जस्तोसुकै घात गर्न पनि तयार छ. प्रजातन्त्रको को खोल ओडेर खुलेआम आतंक बाद्को तान्डव नाच गर्दैछ .आतंक बाद्को जन्म तेहिबाट भयको हो जब सम्म अमेरिका रहन्छ तव सम्म आतंकबाद रहन्छ. दुनियाँ सग रुधैछ मलाई बचाउ…बचाउ….भनेर यस्को सोर मात्र फरक हो (आतंक बाद आतंक बाद)

  23. अमेरिका मात्र होइन सबैतिर तेस्तै छ। यहाँ(अस्ट्रेलियामा) आउने विद्यार्थीको कहानी त आजभोली निकै कहालीलाग्दो भईसकेको छ। महिनौ सम्म काम नपाउने, पाइहाले पनि हप्तामा २० घण्टा काम गरेर चर्को कलेज फि र कोठाभाडा तिर्न सम्भब छैन। घर परिवारबाट छुट्टीएर बस्नुपर्दाको पिडा त यहाँका पिडाहरु हेरेर केही पनि होइन। नेपालमा भएका साथीहरुलाई गाह्रो छ नआउ भन्यो भने प्राय सबैबाट एउटै वाक्य सुन्नु पर्छ: “आफुले चाँही मस्ती गरेर अरुले गरीखाएको देख्न नचाहने?” एउटा उखान पढेको थिए: “की पढेर जानिन्छ, कि परेर जानिन्छ” तर हाम्रो नेपालीहरुलाई चाँही पढाएर सिकाउन गाह्रो रहेछ। आँफैलाई नपरेसम्म अरुले भनेको त ज्यान जाला नपत्याउने भन्या……………….

  24. राम राम राम आफ्नो आङको भयीसी देखदैन अरुको आङको जुम्रा ।। पैले आफ्नो देशको अबस्ता हेर्नुस् लेखकजि ,,,

  25. गौतम र दाहालदाइ ,

    लेख पढेपछि तपाईँहरूले देश छोडेर अमेरिका नामको परदेशाँ गोता खानु भ’को छ कि जस्तो लायो । आउनुस् यतै नेपालाँ, यता आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भ’को मन्त्रीमणडलबाट मातृका यादव दाइले राजीनामा दिएर सुकुम्बासीका नाममा लडाईँ लड्ने भ’का छन् । गरीबको लडाईँ यतै बसेर लडम्ला । अलिकति खेत पाइन्छ जस्तो छ। खेतीपाती गरम्ला , गाइभैँसी पालम्ला खाम्ला , पिम्ला , जान केटाकेटी हुर्काम्ला । अम्रिकाको ब्याँका ढलेर हाम्लाइ केही हुने पनि हैन क्यारे । ती अमिला अंगूरको कथा लेख्ने जाँगर नचलाई यतै आम्नुस् , यतै राम्रो छ ।

    हाम्रा देशाँ क्रेडिट क्रन्च, रिसेसन , सेयर कोल्याप्स जस्ता कुराहरू नि हुन्नन् । अनि हाम्रो राष्ष्ट्र ब्याँकाले ७०० अरब डलरको बेल आउट प्लान अर्न पनि पर्देन । आर्थिक विकासको २० वर्षे बुम पछि रिल्याप्स र रिसेसनको स्थिति चक्र झैँ घुमिरहन्छ भन्छन् हाम्लाई तेस्को के टण्टो ? । धन्दा मान्न पर्दैन । हिँडनु, लड्नु, फेरि उठ्नु , अनि धरमराउनु अनि फेरि ठमठम् हिँड्नु नियमितता जस्तो हो । यो भैहाल्छ , सुर्ता अर्न हुन्न ।

    यस्तो कुरामा बिनाबित्थि तपाइँले टेन्सन बेसाको देखेर दु:ख लागो । अमेरिकाँ संसारका सबैभन्दा धेरै घरबारबिहीन छन् भन्ने जान्दा जान्दै यति हरिकंगाल मुलुकाँ तपाईँ किन राजगरिसिएको हि हाम्लाई त बुझ्नै धौ धौ पो भो त ! जे भए नि यस्तो कष्ट खा’र , दु:ख पा’र , सुर्बाल ला’र तहाँ बस्न भन्दा अलिकता डलरको पोको लिएर यतै आम्नु हुन अनुरोध छ । आम्नुस् है त

  26. डेढ पाउ मासु छाला बेचेर आर्थिक उन्नति गर्न सकिन्छ भन्नेहरूका लागि गतिलो झापड हो यो लेख । अमेरिका, बैंककको उदाहरण दिनेहरूले एकदिन बुझ्नेछन्, उनीहरू कुन बाटो जान खोजिरहेका छन् भनेर । राम्रो कामको सिख नलिने, तर गलत कामलाई मात्र अँगाल्ने नेपालीहरूले यसबाट पाठ सिक्नु जरूरी छ ।

  27. Tapain America bata Nepal pharkinihos. American Embassy ko dhokama interview dina janeharulai America najana advocacy garnuhos. Ma aba Nepal mai baschhu bhannuhos. Saknuhunchha tapain ? Pahila tapainko sthiti kasto thiyo ? ahile kasto bhayo .compare garnu bhayeko chha ? Kina aphno khusi matra hernuhunchha tapain Mr.Gautamji ? Arulai pani khusi dina siknuhos hai ? Kati aaphu matra bhannu hunchha ? Saknu hunchha bhane arulai pani sahayog garnu hos, saknuhunna bhane chup chap basnuhos. Ke ho America bhaneko sabaile bujheko chha.Tapainko bhag kasaile pani khosdaina. Aphno dukha garera khane ho, Bujhnubho ?

  28. गौतम जि तपाईंको लेखको मन्साय के हो? डि भि पर्‍यो भने तपाईं अमेरिका आउनु हुन्छ कि हुँदैन? अमेरिका आउन नपाएसम्म सबैले अमेरिकक नराम्रा्ओ भन्छ जब आउछ तब सब बिर्सण्छ। अमेरिका आउन नपाउनेले मात्र बिरोध गर्छन् तेसमधे तपाईं पनि पर्नु भएछ । अब फेरी डि भि चाडै भरनुस् यो पाली तपाईंलाई पर्छ ल।
    संसारमा सुपर पावर हुनै पर्छ त्यो अमेरिका हो एदी कोही पनि पावरफुल भएन भने जे पनि हुन्छ। विश्वाश गर्नुस् भारत भन्दा अमेरिका धेरै राम्रो छ.
    पशुपतिनाथले हामी सबैको रक्षा गरुन

  29. American economy damadool huda hamro jasto country lai jhan asar percha.America dhani bhayako maa hamilai ghata chaina.

  30. huna ta ho, tara k garney, yestai ho.. By the way, yea NEPALI ma chai kashari lekhney ?? taha cha vaney, yeso share garu na.

  31. अमेरिकाको यो लेख प्रस्तुत गर्नु भएकोमा धन्यवाद ।।। यो एकदम उदाहरनिय लेख छ र अमेरिकाको वास्तविकतालाई बुझेर सबै नेपालीहरुले आर्थिक उपार्जनको लागि केही गर्न सिकौ ।

Comments are closed.