सहमतिपछि पनि रोकिएन आन्दोलन

इन्द्रजात्राका लागि सरकारले बजेट व्यवस्था नगरेको विरोधमा आन्दोलनमा उत्रिएका नेवार समुदाय र सरकारबीच गएराति अबेर दशबुँदे सहमति भएर हिजोबाटै आन्दोलन फिर्ता भएको घोषणा भए पनि आन्दोलन अझै रोकिएको छैन। आज बिहानबाटै हिजोको सहमति अपूर्ण रहेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ। न्युरोड, बसन्तपुर, असन क्षेत्र आज फेरि केही समय तनावग्रस्त बन्यो। २३ वडा कार्यालयमा त तोडफोड समेत भयो। असुरक्षाका कारण राष्ट्रपतिले आज कुमारीको हातबाट टीका लगाउने कार्यक्रम फेरि दोस्रो पटक स्थगित भएको छ। हिजोको वार्तामा आफूलाई सहभागी नगराइएको र साइत हेरेर गर्नुपर्ने लिङ्ग विसर्जन हिजो मध्यरातमा सुटुक्क गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन्। सरोकारवालाहरुसँग सहमति भइसकेपछि पनि किन यसरी आन्दोलनलाई भड्काउन खोजिएको हो ? कसको स्वार्थमा यसो भइरहेको हो, अब बुझ्न जरुरी छ।

अर्थ मन्त्रालयमा हिजो भएको छलफलमा अर्थमन्त्री डा बाबुराम भट्टराई, सभासद्, गुठीयार, गुठी संस्थान, स्थानीय प्रशासन र प्रहरी प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासमेतको ठूलो सङ्ख्यामा उपस्थिति थियो।

दशबुँदे माग प्रस्तुत गर्नेमा पुलुकिसी नाचका नाइके मोहनकृष्ण डङ्गोल, लाखेनाचका नाइके लक्ष्मणराज रञ्जित, आकाश भैरव नाचका नाइके सागर पुतुवार, कुमारी घरका प्रतिनिधि गौतम शाक्य हुनुहुन्थ्यो।

उक्त छलफलपछि उक्त दशबुँदे मागलाई सरकारले सकारात्मक रूपमा लिई पुरा गर्ने सहमति भएको थियो।

गुठी संस्थानको औचित्यमा सरोकारवालाहरूबाट विवाद उत्पन्न भएकाले नेवार जातिको तत्तत् संस्कृति सञ्चालनसम्बन्धी छुट्टै स्वतन्त्र संयन्त्र निर्माण गर्न १५ दिनभित्र सरोकारवालाहरूको समेत प्रतिनिधि रहने गरी एउटा उच्चस्तरीय अध्ययन समिति गठन गर्ने सहमति भएको थियो।

नेवार जातिको धर्म परम्परा र संस्कृति सञ्चालनमा विद्यमान समस्यालाई तत्काल सम्बोधन र समाधान गर्न एक महिनाभित्र अधिकारसम्पन्न आयोग गठन गरी प्राप्त प्रतिवेदनलाई नेवार जातिका प्रतिनिधि सङ्गठनबीच छलफल र समन्वय गरी कार्यान्वयन गर्ने सहमति पनि भएको थियो।

यसैगरी हाललाई कुमारी जात्रा, इन्द्र जात्रालगायत हाल अवरुद्ध भएका सबै पूजा र जात्रा नियमितरूपमा सञ्चालन गर्ने सहमति भएको थियो। सोका लागि हाल सञ्चालित सबै प्रकारका विरोध कार्यक्रम स्थगन गरी आपसमा भ्रातृत्व कायम गरी जात्रा पूजालाई निर्बाध सञ्चालन गर्ने सहमति भएको थियो।

जात्रा पर्वका विषयमा उत्पन्न हुन गएको बाधा अड्चनका लागि सरकारका तर्फबाट दुःख व्यक्त गर्दै अब लिङ्गो ढाल्नेलगायतका बाँकी जात्रा र पर्वका कार्य सञ्चालन गर्न आआफ्नो क्षेत्रबाट सबैले पूर्ण सहयोग गर्ने सहमति हुनुका साथै सरकारका तर्फबाट प्रहरी र प्रशासनले आवश्यक सहयोग गर्ने सहमति भएको थियो।

त्यसै अनुरुप हिजो राति नै लिङ्गो ढालेर इन्द्रजात्राको विधिवत् समापन गरिएको थियो। पहिलेका वर्षहरुमा भए लिङ्गो ढालेकै दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका लगाउने गर्थे। यस पटक टीका लगाउन आजको दिन दोस्रो पटक तय गरिएको थियो। यसअघि शुक्रबार पनि यो दिन तय गरिएको थियो। तर आज पनि विरोधका कारण टीका लगाउन नसकिएपछि राष्ट्रपति गृहजिल्ला धनुषा उडिसकेका छन्। उनको त्यहाँ नागरिक अभिनन्दन हुँदैछ।

हिजोको उक्त सहमतिमा अर्थमन्त्री डा बाबुराम भट्टराई, कामु सचिव कृष्णहरि बाँस्कोटा, सभासद्हरू डा मङ्गलसिद्धि मानन्धर (एमाले), हितमान शाक्य (माओवादी), ध्यानगोविन्द रञ्जित (काँग्रेस), कृष्णा अमात्य र बुद्ध सायमी (नेपाः राष्ट्रिय पार्टी) ले हस्ताक्षर गरेका थिए।

त्यस्तै सहमतिमा हस्ताक्षर गर्ने अन्यमा पुलुकिसी नाचका नाइके मोहनकृण डङ्गोल, लाखे नाचका नाइके लक्ष्मणराम रञ्जित, आकाश भैरव नाचका नाइके सागर पुतुवार, कुमारी घर प्रतिनिधि गौतम शाक्य, नेवाः जागरण मञ्चका सुजीव बज्राचार्य, नेपाः राष्ट्रिय पार्टीका डा.केशवमान शाक्य, नेवा दे दबुका पवित्र बज्राचार्य, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका पवनमान श्रेष्ठ, केन्द्रीय मानन्धर सङ्घका मङ्गलकृष्ण मानन्धर, श्रीश्रीश्री कुमारी सेवा समिति भक्तजन परिवारका रमेशमान मुनिकार, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालका मुक्ति प्रधान, श्वेत भैरवका प्रकाश ताम्राकार र लोकतान्त्रिक नेवाः मिसा सङ्घर्ष समितिका डा.चुन्दा बज्राचार्य, काठमाडौँका प्रजिअ ध्रुव शर्मा, वरिष्ठ प्रहरी उपरिक्षक भीष्म प्रसाइँ, प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, गुठी शाखा कार्यालय काठमाडौँका प्रमुख अच्युत पोखरेल, ज्यापु महागुठीका केन्द्रीय अध्यक्ष विपेन्द्र महर्जन र सशस्त्र प्रहरी उपरीक्षक नारायणबाबु थापा पनि थिए।

अब आज विरोध गर्नेहरु कहाँबाट निस्किएछन् फेरि ! आजको विरोधले लगातार चौथो दिन काठमाडौँ प्रभावित बन्न पुगेको छ। तेस्रो दिनको आन्दोलन क्रममा प्रहरी र आन्दोलनकारी बीच भएको भिडन्तका क्रममा करिव १२ जना घाइते भएका थिए। आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही स्थानमा अश्रुग्यास प्रयोग गरेको थियो।

हिजोको आन्दोलनका क्रममा आन्दोलनकारीको घेरामा परेका एक मोटरसाइकल चालक। फोटो सौजन्यः रासस


101 Comments

  1. यो रागो बलिको मात्र कुरा होइन,नेपाली सन्स्कृति माथिको प्रहार को प्रतिक्रिया हो, यो त नेपाल लाई हिन्दू राष्ट्र बाट हतौने बेलामनै हुनुपर्ने हो ।

  2. मुलाहरु कमेन्टस् हेर्योकी टाउको दुख्छ.
    के सधैं बाहुन् नेवार बाहुन नेवार भनेर झगडा गरी राख्याहोला.
    सुरेश तिवारी र मिलन जि सँग म पनि शहमत छु.

  3. Stop it …
    u support some party … what have u got???
    Suported maoist ?? what have u got ?
    Supported congress what did u get?

    Not just education but run for quality education…
    u will sell yourself in fortune in your future no matter where.U are worried about your gov making wrong decision ..U can have power to force gov to change their decision without harming other people’s right only if u have quality education./
    Stop riots ,stop strikes..They are not your decision but the decision by your leaders who will eventually be the leader of the country and u get nothing but have to repeat the same thing again.

    Don’t be a sheep and follow others.
    Get your good education and get out of the country ..earn the experience and money so that when u come back to nepal in future u can make changes… not by listening to those biased leaders..
    Coz u who participate in such strikes are the one working in mid east or even malayisa as CHEAP LABOR.
    And we the educated one are your manager.Construction or in the factory u guys work hard to make money that is worth a lot in Nepal but is not enough for the life that one needs around the world.
    Don’t throw yourself into that ditch…
    Become sth .. not the chepa labour../street vandalizer.//
    Have u ever seen an educated man in such strikes ???
    Yes these days because country is goirn through the BRAIN DRAIN.
    Everyone has to go against the law to put the gov on the table.
    ANd Gov is also BRAIN DRAIN to ignore people …

    AND yeah PM’s visit to foreign country could bring some new ideas and refresh his mind at least because you all are braindrain…
    REmember all of you ..every single of u …brian drain…
    Just get out of the country and see real life…then u will feel that u have wasted so much of time just because u are not satisfied with gov decision…
    Live and let others live..
    Mind your own business.
    I should mind mine too .
    I think updating myself with only Nepal’s news for about 1 year has brought me nth but rage … so thats why i comment in such way and this is not good for me …coz Nepal’s news can do nothing butget me worried about my family back home.

    BRAIN DRAINED PEOPLE>> JUST WAKE UPPPPPPP

  4. The third comment from top.. Milan..

    I think we newar do accept your request .just see and watch…Its all politicians who are doing this… Timile bhanya jasati ho ….
    Yo ahile pani jari bhako andolan …opposition party e support graeko hunu parcha..

  5. I read comments and news from long time. Shame on us, we are arguing each other. We all are nepalese, not newars, not brahmin, not chhetri and so on. but, do not say bad things to all groups.

    Government and Newars have agreed on 10 points agreements and we need to go ahead to fulfil. Instead, there is still agitation. This means there is another factor who are playing and trying to take advantage of this event.

    Definately, Nepali congress, Rajabadi and may be other international factors, who always want to create problem in our country. So, please try to find this rather than doing strikes, otherwise we will have to suffer by racism. Now, if we read comments on my sansar, we can realize that many have created their racial problems. This symtom is not good for Nepal.

    Suman Manandhar
    (Japan)

  6. this is all Congress’s hand, peoples have been paid for doing all these shits,there in protest not only newar community but other peoples are involved through

    i used to vote for congress in the past, now if it was possible for me and to able to do, i could remove congress party,

    peoples should come to the street to protest and demanding congress party be terminated

    as long as congress in the politics we cant expect peace in our nation.

  7. काठमाडौंलाई नेवारीको गुठी भनी छोड्ने, सुकुम्बासी बस्ने टहरमा
    सार्वजनिक या चौपाय,गौचरन भनी छाद्ने ,मधेस मा मधेसी मात्रा
    बस्ने अनी अरु जाती कहाँ बस्ने ? यस्तै अर्का लाई उक्साउने कुरा
    मात्रा नगरौ है येदि सच्चा नेपाली भये।

  8. नेपालमा जनयुद्द हुदाँ दिल्लीको सरकारी क्वाटरमा ४ बर्ष बिताउने धोतीका ज्वाँई प्रचण्ड र बाबुरामबाट अरु के नै आश गर्न सकिन्छ र?

  9. mao badi haru ta khana napayera jungle paseka haru hun, arka ko rees garne kaam garna alchi haru aru le kamayeko malai pani chahincha bhaneko cha hoina bhane maridinchu bhaneko cha aachamma bhok ko kura garcha kaam paayenare kina napaune kaam kulli bhaye hunna tyaha baata pani paisa kamainchani tesai baata saano teeno kaam gare hunna chi gheen lagcha

  10. साथीहरु,
    तपाईंहरु लाई थाहा छ देश् लाई तुक्र्यौनु छ भने सबैभन्दा पहिला त्यहाँको सन्स्कृतिलाई भातभुङ बनाउनु पर्छ,अनी जातिय युद्द सुरुहुन्छ र देश तुक्रिन्छ,यो मन्त्र वा निर्देशन प्रचन्डले ईन्डिया बाट उपहार लियर आयको हो र त्यो लागु गर्दैछ,अब सबै नेपाली एक भयर यस्को प्रतिकर मा उत्रिनु पर्छ। र अर्को कुरा यस्तै भईरहने हो भने राजसंस्था अबको २ बर्ष भित्रनै फेरी पुर्स्थापना हुन्छ, हेर्दै जानुहोस्।ल ल राज संस्था लाई अग्रिम स्वागत छ/

  11. It seems that Maoists led government slowly poisoning the society through disrespecting the feeling of cultural minorities and their indigenous culture.Newars in Kathmandu have their own identity through language and culture. Intervention on culture and identity is of course an unexcusable offence to the cultural minorities. One thing, the government has to convince the people that some rituals are to be modified rationally and economically. In this moment, it is necessary to focus the national problems. Instead of understanding and resolving the persisting national problems such as Koshi flood, loadsedding, inflation, shortage and adulteration of daily commodities, ministers have prioritized to remove the American terrorist tags.
    Pallavi Shrestha

  12. एउटा कुरा भनु यो कुरा चै समाधान हुँदैन ! जब नेवाहरु तातिन्छ सेलौन गारु हुन्छ! तेसैले जती चादो हुन्छ यो कुरा लाई मिलौन पर्छ नत्र राम्रो हुँदैन! नत्र अरु ले येस्को फाईदा आरु ले लिन्छ!

  13. yeh nepali daju bhai haru ho kamse kam comment ta ramro lekha. nepal ma basera nepal banauna ta sakiyena ab bahira basera pni kin nepal ma basne haru lai gali diyeko? ali ali pade lekheka jati bidesha daudane ani nepal ma baseka haru le k garun ta tod fod dharna julus tyo bahek k nai janeka chhan ra……………… khattam banaune bhaye nepal lai garchhu bhanne lai pni garna nadine bhaye. gawand haru lai ramro garidinchhu bhanera pni bujhachhan hola taaaaaaaaaaaaaaaaaaaaaaaaaa.

  14. newar lai congress sanga jodchha mu** haru. nabindra raj josi ko gadi pani newar le nai fodeko ho. yesari pelna thalyo bhane prachande ko bau aaye pani tei gati hunchha.

  15. बेकारी र बेरोजगार को रोग लागेको देश मा सानो तीनो कुरा लाई पनी आन्दोलन संग जोडेर पर्ब मनाउने नराम्रो चलन बसेको छ

  16. As usual no one want to know the fact and posting the comment so arrogantly and blindly. hami sabai yak arka lai dosh dicnchau gali gardai chhau ani desh bikash ko thula kura !!!! BEFORE POSTING THE COMMENT PLEASE TRY TO KNOW THE FACT, AND FOR THE EDITOR AS … IF YOU GONNA POST THE HALF TRUTH IT WILL LEAD TO WRONG WAY. IF YOU DONT KNOW THE FACT DO NOT POST THE NEWS … PLEASE POST THE COMPLETE NEWS.

    EVERYBODY, NEWS MAKER TO POLICY MAKER, THEY ALL DOESNOT THINK FROM BRAIN …. THEY DO IT FOR SHAKE OF DOING …
    WHICH IS LEADING THE COUNTRY ON BLACK HOLE.

  17. हा हा हा
    भर्खर एउटा समाचार पढ्न पुगें !
    “नेपालका निजी सवारीसाधन नभएका सभासदहरुलाई बानेश्वरको सम्मेलन केन्द्रसम्म आवतजावतको लागि भारत सरकारले ५५ लाख पर्ने एउटा बस सहयोग गर्‍यो..” रे !!

    धत्तेरिका, कतिसम्मको भिखारिपन र जे दिएपनी हाथ थाप्ने प्रब्रित्ती हो यो नेपाल सर्खार् को !! का. विद्यावारीधीको “भ्यागुताको छलाङ” मार्ने अर्थनीति भनेको यही हो कि क्या हो ??

  18. Kasai ko kaam chaina, ani ke garos…

    aba yo andolan ma major ho-halla ra tod fod garne ko mukh herda ta newar haru matrai thiye jasto ta lagena…

    keto haru lai ramailo! ani mauka ko faida uthauna aru ko hunu ra, lauuuda? thikk sochnu bhayo!

  19. यो नेवारहरुले मात्रै आफ्नो रितिरिवाज्को लागि सरकारी पैसा पाउने? हामीले पनि पाउनु पर्छ।

  20. Maoist did the politics of blame for a long time. It was easy to criticize and destroy.

    Now maoists have all the power. They are the freaking government. They should stop whining and blaming.

  21. our new government should allocate some budget to build prisons all around the country. everyone who involves in destroying public property and creates hadtals and bandhas should be hanged until death.

  22. माओवादी फासिस्टता मर्ुदाबाद । नेपाली धर्म जिन्दावाद । नेपाली संस्कृति जिन्दावाद । नेपाली भाषा जिन्दावाद । नेपाली भेष जिन्दावाद ।

    माओवादी नेपाल र नेपालीलाई विभिन्न वर्ग, क्षेत्र र लिंगको आधारमा विभाजन गरेर नेपाललाई सिक्कीम बनाउने बाटोमा छ । कम्यूनिष्टे चोरहरु आफूहरु मनलागी एक अर्का सँग सुत्छन् । सांसद भनेका हरुले नै मनलागि सुतेर बच्चा पाउँछन् । उनीहरुको निती भनेको नै सबै सबैजना सँग सुुत्न पाउनर्ुपर्छ भन्ने हो । त्यसैले कन्या, कुमारी र धर्म भन्ने कुरा माओवादीले मान्दैन । धर्म, संस्कृति र परम्परा भनेको समाजमा हुन्छ । जंगलमा हुँदैन । जंगलीहरु मर्न मार्न र ध्वंश मात्र जान्दछन्् । विनलादेन पथका यि जंगलीलाई कसले सुधार्ने हो । नेपाल अफगानिस्तान हुने भो क्या हो –

  23. Sarkarko nirnaya cent percent right chha. Bali chadaunalai sarkari budget maagnu nyaesangat chhaina. Aafno kharchale je garne garnu, 10 ota boka kate pani 100 ota kate pani kehi gunaso chhaina.Aakhir devilai khusi parne nihuma masu( sarkari budget) khana palkeka bwasaharu ho.Jati Bokako bali chadaye pani devilai khusi parna sakeya hoina baru yesta kalo man bhayeka bwasaharu sanga dvi risayeka holan.Baru Dr. Bhattraile nai aashirbad paunubhayo hola ra pauna parchha.Mr. Bhattrai is great.

  24. This is unbelievable,i have no idea what is goin on in Nepal.
    Protesting everyday,vandalizing everythings,beating motorcyclist.
    Why people have plenty of time to protest everyday?
    Because peoples are jobless,no job and no education ….If they all have job,they have no time to come in the road and protest..
    protesting is old fashion in nepal since many many years…if they don’t protest in the road than goverment not gonna listen any thing…if you protest in good manner way…they will not give you any damn to theirs demands…this is real truth.
    politicians are stupid and corrupted…it will be not effective your demand until you don’t set fire in the roads,shop,bike,car and kill some people…
    Because our politicians only understand this language…they will be active and alert after you cross the law and rule ….
    lack of enough education,lack of jobs, failure and uneffective goverment policy is the cause of protest…
    Because all this politicians taught the people to protest in the road before..They are the masters and they have a degree in this protesting field.
    Because people follows their policy and orders…they listens theirs stupid speeches…
    people have no courage to take their own decision…we runs with them,we listen them,we follow their orders…and all benifit will take politicians,they use us as a weapon..because we do for them we die for them ,they make us foolish all the time …and we don’t have any tiny knowledge about it.
    How they are playing with our future and using us.we should not follow them we should decide our future our self …we have to learn to ignore them whoever they are.
    Don’t believe in parties whoever party you support ,believe in your future,believe in truth,fight for your rights…
    Because of our support they are enjoying and riding pajero,drinking whisky,red lebel,black lebel,sending theirs kids to foreign countries for higher education.
    How This all money comes from ? from our money,bribe,corruption…
    Be smart,think smart…don’t be foolish yourself.

  25. सबैका राम्रा नराम्रा पक्ष हुन्छन, कहिले कहिँ गल्ती हुन्छ । तर, बेलैमा तथ्य बोध हुनु पर्‍यो । आजको गणतान्त्रिक युगमा कुनै दोश एउटा ब्यक्तिले मात्र नभएर सम्पूर्ण संबिधान सभाले पनि लिनु पर्ने हो । सरकारका धेरै मुद्दाहरु र निर्णयहरु सबै पार्टीबाट पारीत भएको हुनु पर्छ भन्ने खुर्पेटोको ठहर हो । तर, यती हुँदा हुँदै पनि गल्ती नै हुँदैन भन्ने चाहिँ पक्कै होइन । आउँदा दिनहरुमा अझ कती धेरै गलत निर्णयहरु होलान । थोरै-धेरै त झक्झक्याउनु नै पर्छ है ।

    हाम्रो कला, हाम्रो सँस्क्रिती, हाम्रो माटो, हाम्रो राष्ट्रियता, हाम्रो चाड, हाम्रो पर्ब अहिलेको सरकार भन्दा धेरै उच्चा छ । यो माओवादी भन्दा उच्चा छ, कङ्रेशभन्दा उच्चा छ, फोरमभन्दा उच्चा छ, एमालेभन्दा उच्चा छ ।

    र, कुनै जाती बिशेष भन्दा उच्चा छ ।

    हामी नेपाली हौँ, कुनै जाती बिशेष होइनौँ भन्ने म भित्र बोध हुनु पर्‍यो ।

    बाबुरामले म बाहुन र हिशिलाले म नेवार भन्न थाल्यो भने साझा नेपालीपन मरेर जान्छ ।

    नेपालमा यस्ता थुप्रै बाबुराम र हिशिला यामीका जोडीहरु छन, परिवार बनेका छन, थुप्रै थुप्रै अन्तर्जातिय सँगमहरु छन । त्यसैले राष्ट्रियता ठुलो कुरो हो, जातियता होइन । हाम्रो कला, हाम्रो सँस्क्रिती, हाम्रो माटो, हाम्रो राष्ट्रियता, हाम्रो चाड, हाम्रो पर्बलाई नेपाली जाती भएर बुझ्नु पर्छ ।

    नेपालको सबैभन्दा माथिल्लो जाती भनेको नेपाली हो । र, सबै पर्ब नेपालीका हुन । लोह्सार पनि मेरो हो, छठ पनि मेरो, के दसैं, के तिहार, के तिज, के होली, के रामनवमी , के कृष्ण जन्मास्टमी, के शिवरात्री सब मेरा हुन, के कुमारी, के बुद्द, के विश्वाकर्मा सब मेरा हुन । सम्पूर्ण नेपाल मेरो हो, सम्पूर्ण सँस्क्रिती मेरो हो, सम्पूर्ण पर्ब मेरो हो, सम्पूर्ण जगत मेरो हो ।

    हिमराज खुर्पेटो नेपाल र नेपालीका सम्पूर्णतालाई मेरो (हामी सबैले भनौँ – मेरो, हामी नेपालीको ) भनेर माया गर्छ । अस्तु !!!

  26. सहमती भे सके पछी पनि आन्दोलन गर्नेको पछाढि ठुलै रहस्य छ २/४ जना हुल्या को पछी किन लगेको हो?

  27. Sahmati bhayeko bhaye kin sutukka lingo dhalne han? tyokam rati nagerera bihan panita garna sakinthyota.
    Bibhinna comment ma dekhe ak arko lai lagi gareko tar aafno dimag pattakai nalagayeka haru rko arthama lingo dhalne jastai.Sahamati garauna arkai khela bhayekota hain?

  28. “मुर्खको अगाडि दैब पनि डराउछ” भन्छन हामीले के भन्नु र खै कुरो मिलिसकेपछी पनि अरुलाई दु:ख दिईरहने ति पुच्छर नभएका बाँदरहरुलाई!!!!!!!!!!!!!!

  29. देश म। शान्ति छाओस, सबै को उन्नती प्रगती भएको खबर सुन्न पयियोस नकी बन्द र हद्तल को।

  30. बाँदर नचाएको ठाउँमा लाग्ने गरेको भीड देख्नु भएको छ । यदि छ भने सोच्नुस । कति बेरोजगार छन । कतिको काम छैन । अनि कुनै पनि आन्दोलन थामिएन भने को अघि आउने । जनतालाइ धेरैप्रकारको टेन्सन भो नि । जेमा पनि टेन्सन छ । अनि आक्रोश कहाँ पोख्ने त ।
    माओवादी आएको बाटो अरु दलभन्दा फरक छ । उसले सरकार चलाएको थिएन । अर्थ मंत्रालय पाएको थिएन । बल्ल बुझेका होलान नेताले । अनि मलाइ लाग्छ यो तनाव कुनै दल विशेषले गर्दा भएको होइन । कारण , भएको भए उनीहरुले भन्दा थामिनुपर्ने हो ।
    मुलुक यस्तै छ साथी हो , राम्रा कुरा भए दलहरुले जस लिन होड थाल्छन् । नभए दुला पस्छन् । सांस्कृतिक खर्च कटौती गरिनु नाजायज काम हो । यो गरिनु हुदैन ।

  31. Dear Amit

    I wish this happens within 10-15 years from now, and we will take the capital to somewher else and leave Kathmandu for you with full of Gaijatras. Sounds like a good deal! Why do not you take a lead role convincing your community to move the capital from your place to somewhere where we do not allow special privilage to a group unless the group is on the brink of extinction.

  32. ए राता मकै ।।।।।यो त हाम्रो रिती रिवाज हो नि त ।।कसरी भुल्नी नेपाली हरुको काम नै के छ र गर्नलाई ।।
    र एउटा कुरो लाउड बुढो न मरुनजेल एस्तयी हो हजुर ….

  33. I agree with Mahesh.

    There is no justification for Jatras to get special treatment. If these Jatras still get special privilage of public fund (unequal share), rest of the country must denounce such culture which is based upon and thrived on corrupted money. Any culture or festival that has obvious relationship with corruption can not be called secred, and we should discourage such practice. This money is an example of’Rajwasa Chuhabat’ which is prevalent in our society by 40%.

  34. कुरा त्यस्तो होइन! जब हिजो कुरा मिली सके को थियो भये किन रात को २ बजे त्यो पोल भात्कौनु पर्ने! होइन हो !!! किन सबै कुरा म पोल्तिस !

  35. लौ तेसो भय नेवारहरुको गुठीको जग्गाबाट सरकारले कमायाको पैसा पनि फिर्ता पौउनु पर्‍यो; नेवारको सन्स्क्रिती धेरै पुरनो छ; हाम्रा यो बाहुन दाजुभाईलाई भुझन आली गाह्रो हुन्छ। मेरो एउटा प्रश्न काठमाडौंको नेवारहरु लाई गाली गर्ने होचाउनेहरु आफ्नै ठाउमा गयर बसे हुन्छ नि किन हाम्रो काठमाडौंमा बस्नु हुन्छ र यसलाई बिगानु हुन्छ? जानुस आफ्नो थाउमा

  36. चालचलनमा रहेका सवै धर्म जातजातिको रितिरिवाज संस्कृति र परम्पराका संबन्धमा सम्विधानसभामा रहेका सवै दलहरूको औपचारिक धारणा के हो ? नत्र ढिलो चाँडो यस्ता धेरै विवाद निस्कनेछन् । के सवै नेपालीलाई धर्मनिरपेक्ष नेपाल स्वीकार्य छैन र? यो विवाद साम्य हुने रामवाण के हो ? सरोकारवालाहरुसँग सहमति भइसकेपछि पनि किन यसरी आन्दोलनलाई भड्काउन खोजिएको हो ? कसको स्वार्थमा यसो भइरहेको हो ? बुझ्नु जरुरी देखिन्छ।

  37. सहमति पछी पनि न रोकिने यो कस्तो आन्दोलन हो । जब सम्म दुई चार जना मर्दैन तब सम्म यो आन्दोलन रोकिदैन जस्तो छ
    अनी फेरी अर्को आन्दोलन ति मरेका ब्यक्ती लाई शाहीद घोषणा गर्ने र क्षतिपुर्ति दिलौन को लागि हुनेछ , हैन हाम्रो देश सधैं
    आन्दोलन को भुमरी मा नै रहन्छ कि क्या हो , यस्तो आन्दोलनकारी लाई मुर्ख को दर्जा दिदा फरक नपर्ला , कुन चाँही नेता ले
    प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पुरा गरिरहेको होला त्यो बुझदैन , वाह् रे हाम्रो देश अब आन्दोलन को देश हुन लाग्यो

  38. बाबुराम भट्टराईको जात्राको बजेट कटौति गर्ने पारा विल्कुलै गैरजिम्वेवारि छ। सदनमा दिईएको कथित मितव्यिताको तर्क त झनै गाईजात्रे छ। धर्म, संस्कृति र परम्पराका सम्वन्धमा माओवादी लगाएत नेपालका वामपन्थिहरुको तदर्थवादी रवैया रहेको छ। यो काण्ड खालि केहि हजार बजेटको कुरा मात्र हैन। सरोकारवालाहरुले यसैको निहुँमा हिन्दु सनातन धर्म विरोधि नेपालको उग्रवाम समुहलाई सवक सिकाउने आन्दोलन शुरु गरेमा पनि अस्वबाविक हुँदैन। मुल कुरो के भने चालचलनमा रहेका धार्मिक संस्कृति र परम्पराका संबन्धमा माओवादीको औपचारिक धारणा के हो? नत्र ढिलो चाँढो यस्ता धेरै विवाद हरु निस्कने छन्, जस्तो कि दशै विदा, गाई हत्या आदि। यी सवै विवादको चुरो कुरो के हो भने “वहुसंख्यक” नेपालीलाई धर्मनिरपेक्ष नेपाल स्वीकार्य छैन। त्यसैले यो विवाद सजिलै साम्य हुनेवाला छैन।

  39. साच्चिकै नयाँ नेपाल बनाउने हो भने बाटो घाटो पुल भन्दा पनि ५ आइ बिकास क्षे त्र मा २।२ लाख क्षे मता भएको जेल घर हरु
    बनाउन जरुरी छ अन्नेथा नयाँ नेपाल को कल्पना नै नगरे हुन्छ

  40. यो सब प्रतिपक्षको कामभन्दा पनि भयो नि ! प्रतिपक्षमा नेपाली कांग्रेस र पूर्वाराजा छन् । एमाले र फोरम पनि छ । अब कसको काम हो आफै अनुमान लगाउँ । सहमति भइसक्दा पनि यस्तो कार्य ठीक हुनु खेदजनक छ ।

    राष्ट्रपति कुमारीको टीका नलगाएर नागरिक अभिनन्दनमा गएकोमा चाहिँ खुशी लाग्यो । उनले जनभावना बुझेकै हो त ? राजसी ठाँटका साथ यस्ता धार्मिक/सांस्कृतिक कार्यक्रममा जानुभन्दा अनौपचारिक रूपमा टीका लगाउन गए, राष्ट्रपति वा जोकोही उच्चपदाधिकारीहरूप्रति जनताको सम्मान बढ्ने पक्का छ ।

  41. यो सबै खेल काठमांडू बात हारेका कांग्रेस हरु ले त्यहा का नेबार समुदाय लाई उचालेर यो अबस्था सिर्जना भएको हो किन की उ ता ऐले सत्ता बाहिर छ यस्तै निहू माँ गतिरोध सिर्जना गर्ने अनी सरकार ढल्छ अनी सरकार माँ जाने उसको यो रणनीति हो . सबै नेपाली ले कांग्रेस का जाल बुझुनु पर्छ यो सत्ता माँ आयो भने ता देश जसरी आजसम्म बर्बाद भयो तेसरी नै हुनेछ .

  42. ति श्रीजनसील बिचार हरु कुनै श्रीजना मा एकजुट जुटएको भए
    ति श्रम जिबी हात हरु कुनै श्रम म जुटे को भए,
    आज हाम्रो मातृभूमी सनै को धुनमा,
    परेवा को बथआन मा,हिम्श्रिन्कलआ को मुस्कान मा
    पक्का पनि दिभ्य लाली को दियो ले
    यामिनि को कालो पर्दा कुनै जिस्मिशे मा
    दिभ्य जोती बनी खुल्थ्यो होल …………….

  43. Tara Bahunka Jalama Newar mula haru fase
    jastai lago malai..
    Hunata kathmadunai Bahunharule khaisake
    Newar harulai k ko bakirakhtheni..eniharule
    ……..

  44. यो सप करेस को चल हो ………………….

    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़

  45. After the agreement also the Demonstration Why?
    At day time government agreed and at night time they
    forcefully ended the Jatra.That`s people are angry of
    it`s ridiculous style of act by government.If government
    don`t want to look after this Jatras, let Guthi sasthan
    be run by Public, and let the tourist income be handed
    to the concerned party who makes the contribution.
    Cut the expenses where there is a real misuse.A parliament expense is most highest, 600 or more in a
    poor country like nepal.And that also is nearly 40
    thousand and more per month with Bhatta.Which is 8,10
    times more than usual person.And where is their
    contibution, not even present in CA..riding cars..
    living in good bunglow

  46. हाम्रो देश को दुर्भाग्य, जात्रा को लागी बजेट छुत्त्याइएन भनेर पनी आन्दोलन हुन्छ. छत्तीस बर्न भएको देश माँ प्रत्येक जाती को आफ्नो धार्मिक परम्परा छ र तिन को तेत्तिकै महत्व छ , के अब राज्य ले ती सबै को लागी बजेट छुत्त्याउने?

  47. स हमती पछी पनि आन्दोलन नरोकिएर यसरी अ सान्ती मच्च्याउनेहारु लाई उचाल्ने प्रतिगामी हरु र यो सरकार सफल नभएको हेर्न चाहने हरु नै हो ।

  48. Yi kaam nabhayaka berojgaar harulay nepal lai aghi bedna delan jasto chaina.Aba laat ko bhoot lai baat(barta)matra lay pugla jasto chaina.

    Sabai lay sune huncha aba naya nepal banaune hoo bhane kehi samaya ko lagi – yesta barta sarta hoina pelera afno udhaysya maa aghi badhnu percha.

    Barta matra gerne hoo bhane, kati sanga barta gerney.chau umreka jasta kati chan kati yesta andolan kari haru.

    Yi fataha lai thokni bahek aru upaya chaina.

  49. bastav hijo rati linga bibidhi sath hoina mordern crane bata tanera gareko tahecha karib rati du baje kasai ko upsathiti bina tyaskai kura ma ris ho puja garedhalnu parne yasari crane lyare tanera truck malgnu pheri arko danga gara bhane jasto matra ho kasalai man parcha ra nepal band ago ma ghee rakhne kam sarkar batanai bhayeko ko cha yatro danga bhayeko bela sabai kura bistari sakeya bhaihalyo ni i think this all politcs to make people come in riot and get marshall law by maobadi Beware

  50. महाराजगन्जमा अक्सिजन लिएर बसेका बुढो ‘हल्दार’ छन नि हो तिनैका आदेशमा निस्किएका क्या उमेश जि …… ।

  51. अब सहमती भएपछी पनि बिरोधगर्ने काम त अरु कोस्ले गर्छ र हो? बामेको पुलिस के गरीराहो? खुरुक्क लगेर थुन्नुनी मुलाहरुलाई। यो अरु केही होइन, एही कुराको निहु बनएर फेरी २-४ जना सिध्याउने र देशमा सधैं आशान्ती मच्याएर शन्ती पाउने दुस्ट आत्माहरुको काम हो …

Comments are closed.