बजार तातियो पत्रकारको


कान्तिपुर समूह टुक्रिएर तीन चिरा भएपछि निकट भविष्यमा बजारमा आउने तयारी गरिरहेका धेरै लगानीका पत्रिकाहरु र तिनका सम्पादक।

“ओए, मोबाइल स्विच अफ नगर त्यहाँ, कान्तिपुरको फोन आउला ! एकचोटी भन्दा बढी गर्दैनन् नि उनीहरुले फेरि…”

“तपाईँ अहिले गोदाममा राखिएको सामान हो के, शोरुममा गएर बस्नुस्, अनि पो भाउ आउँछ त”

“म त पत्रकारहरुको हाट बजारमा झण्डै बिक्री भएको यार।”

माथिका यी तीन संवाद नाम चलेका पत्रकारहरुको मुखबाट निस्किएर तेस्रो व्यक्तिमार्फत् ब्लगका यी पानासम्म आइपुगेको हो। बाहिरबाट हेर्दा केही परिवर्तन भएको छैन। तर नेपालको सञ्चार जगतमा अहिले यति ठूलो भूकम्प गएको छ कि यस्तो कम्पन शायदै यसअघि महसूस गरिएको थियो। मासिक तलब समेत समयमा नपाउने तीतो सत्य कतिपय मिडिया हाउसमा कायम रहँदारहँदै पनि यो ‘हाट बजार’मा दक्ष पत्रकारहरुको भाउ केहीअघिसम्म कल्पनै गर्न नसकिने हिसाबले ह्वात्तै बढेको छ। अब राष्ट्रिय दैनिकका एक दक्ष पत्रकारको तलब न्यूनतम २० हजार रुपैयाँ मासिक भएको छ। जुन उच्च पदस्थ सरकारी कर्मचारीको हाराहारीमा छ। ब्रोडसिट दैनिकमा एकछत्र राज गरिरहेको ‘कान्तिपुर’ को ‘कान्ति’ क्षय हुने भय बढ्ने गरी ‘पु’ र ‘र’ का रुपमा लगानीकर्ता र कामदारहरु अलग्गिएर छुट्टाछुट्टै दैनिक निकाल्ने तयारी अन्तिम चरणमा पुगेपछि सञ्चार जगतमा यो अभूतपूर्व हलचल छाएको हो।

दैनिकी र रिपब्लिकाको धुम्बाराहीस्थित कार्यालय। फोटो सौजन्यः गुणराज लुइँटेल

कान्तिपुरको आफ्नो शेयर करिब ७५ करोड रुपैयाँमा सिरोहिया समूहलाई बेचेर ज्ञवाली समूह बाहिरिए सँगै कान्तिपुरकाठमाण्डु पोस्टका सम्पादक लगायत सम्पादकीय समूहका केही पत्रकार पनि बाहिरिएका थिए। ज्ञवालीको यो समूहले ‘न्हू नेपाल’ दैनिक निकाल्ने तयारी भइरहेको थियो।


दशैँ अगाडि बीचैमा यो कथामा एउटा अप्रत्याशित मोड आयो। फुटेर गएकाहरुबीच पनि फुट आयो। ज्ञवालीलाई एक्लै छाडेर कान्तिपुरबाट बाहिरिएका नारायण वाग्ले, प्रतिक प्रधान, अमित ढकाल, गुणराज लुइँटेल लगायतका पत्रकारहरुको समूह अलग्गियो। यो फुट किन आयो, अहिलेसम्म प्रष्ट हुन सकेको छैन। कर्ण शाक्यको पुस्तक विमोचन समारोहमा भेटिएका गुणराज लुइँटेलले अनौपचारिक कुराकानीमा भनेका थिए- जुन उद्दे‌श्य लिएर हामी कान्तिपुरबाट छुट्टिएका थियौँ, त्यो उद्देश्य पूरा नहुने देखिएपछि हामी अलग्गिएका हौँ। यो समूहले हाउजिङ व्यवसायमा जमेका हरिकुमार श्रेष्ठको प्रमुख लगानीमा धूम्बाराही मिडिया प्रा लि दर्ता गरी अर्कै पत्रिका निकाल्ने तयारी गर्‍यो। यो समूहले पत्रिकाको नाम जुरायो- नेपालीमा दैनिकी र अंग्रेजीमा रिपब्लिकादैनिकीको सम्पादक नारायण वाग्ले र रिपब्लिकाको सम्पादक अमित ढकाल हुनेछन्।

उता कान्तिपुरको शेयर बेचेर आएको रकम मिडियामा नै लगाउने उद्‍घोष गरिसकेको ज्ञवाली समूहले नेपाल रिपब्लिक मिडिया प्रालि दर्ता गरिसकेको थियो। सो समूहले हाल समय साप्ताहिकको टिमलाई लिएर नयाँ पत्रिका चलाउने भएको छ। न्हू नेपालको योजना गर्भ मै तुहिएपछि नयाँ दैनिक पत्रिकाको नामको खोजी भइरहेको थियो। अन्ततः केही दिनअघि मात्रै दैनिक पत्रिकाको न्वारन गरिएको छ। नाम छानियो, नागरिक। नाम जुरेको खुसियालीमा नेपाल रिपब्लिक मिडिया प्रालिका कार्यकारी अध्यक्ष विनोदराज ज्ञवाली समूहले याक एन्ड यति होटलमा मिठाइ बाँडेर खुशीयाली मनाइएको थियो ।

नागरिक नाम पनि राई थरका एक जना व्यक्तिबाट नेपाल रिपब्लिक मिडिया प्रालिको नाममा नामसारी गरिएको रहेछ। त्यसैगरि सोही समूहले हाल साप्ताहिक रुपमा प्रकाशन भइरहेको अङ्ग्रेजी न्यूजफ्रन्टलाई दैनिक निकाल्ने भएको छ । यी दुबै प्रकाशनको सम्पादकमा कान्तिपुर कै पूर्व सम्पादक युवराज घिमिरे रहनेछन्।

लाग्यो हाट बजार
ठूला लगानीका पत्रिकाहरु आउने भएपछि सञ्चार बजार तातिएको छ। योग्य तथा दक्ष पत्रकारहरुको तानातान सुरु भएको छ। केही समयसम्म कान्तिपुरबाट पत्रकारहरु अन्यत्र जानै मान्दैन थिए। तर अब धमाधम बढी तलब र राम्रो टिम भन्दै कान्तिपुरबाटै पत्रकारहरु बाहिरिने क्रम जारी छ। जन्मन बाँकी पत्रिकाका पत्रकारहरुले कोक्रो हल्लाउने क्रम सुरु भइसकेको छ। पत्रकारहरुको फेसबुकमा निरन्तर अपडेट हुने गर्छन् को पत्रकार कता लागे ? कुन चाहिँ पत्रकार कुन मिडियाको अफिसमा छिरे। एसएमएसमा सञ्चार हुन्छन् समाचारमा नआउने सञ्चारकर्मीका सारा सूचना।

त्यस्तै सूचनाका आधारमा कान्तिपुरका बलराम बानियाँ, गिरिश गिरी, सुदीप श्रेष्ठ, लेखनाथ पाण्डे दैनिकीतिर लागेका छन्। कान्तिपुरका सहायक फोटो सम्पादक चन्द्रशेखर कार्की, पत्रकारहरु सुवोध गौतम, माधव ढुंगेल, भोजराज भाट, उजिर मगर आदिले ज्ञवाली समूहको नियुक्ति पाइसकेका छन् । धूम मच्चाउने धमास दिने धुम्बाराही मिडियाको कार्यालय धुम्बाराहीमा छ भने ज्ञवाली समूहको अस्थायी कार्यालय याक एन्ड यतिमा रहेको छ र अब भोलिबाट चर्चिल बिल्डिङमा सर्दैछ।

बजार तातिएपछि सबै पत्रिकालाई असर परेको छ। पत्रकारहरु बढी भएको भनिने कान्तिपुरले समेत केही दिन अघि वान्टेड छापेको थियो। अरु पत्रिकाका पत्रकारहरु पनि विकल्पहरुलाई प्राथमिकता क्रम अनुसार नम्बर छुट्याउँदै मुख मिठ्याउँदै बसेका छन्। बजार हल्लामा पत्रकारहरुको बार्गेनिङको मोल अपत्यारिलो छ- २० हजारदेखि ५० हजारसम्मको भाउ सुनिएको छ। केही अघिसम्म यसको कल्पना मात्र पनि गरिन्नथ्यो।

फेरिएको पहिचान
पञ्चायत कालमा पत्रकारिता मिसनका लागि गरिन्थ्यो। तलबको कल्पना पनि गरिन्न्थ्यो। पत्रकार भन्ने बित्तिकै टालेको लुगा लगाएको र झोला भिरेका दार्‍ही पालेको अनुहार सबैको दिमागमा आउँथ्यो। पत्रकार भनेपछि छोरी दिन समेत मान्दैन थिए उतिबेलाका बाबुआमा। तर ४६ सालको परिवर्तनसँगै पत्रकारिताले व्यवसायिक रुप लिएपछि अहिले पत्रकारको पहिचान फेरिएको छ। प्रतिष्ठित व्यापारीका छोरीहरु पत्रकारहरुले विवाह गरेका छन्। टालेको लुगा हैन, सुगन्धित अत्तर छर्छन् पत्रकारहरु। थोत्रो झोला हैन ल्यापटप भिर्छन् पत्रकारहरु। ‘कान्तिपुर’ले सुरु सुरुमा पत्रकारहरुलाई कम्प्युटरमा टाइप गरेर समाचार लेख्‍न निर्देशन दिँदा अचम्म मान्नेहरु अब ल्यापटप नबोक्ने पत्रकारहरुलाई अचम्म मानेर हेर्न थालिसकेका छन्। समाचारपत्र हो कि कुन मिडिया हाउसमा पत्रकारहरुलाई अनिवार्य कम्प्युटर टाइप गर्न निर्देशन जारी गरिँदा पत्रकारहरुले आन्दोलन गरेको कुरा एकादेशको कथा भइसकेको छ। युवराज घिमिरेलाई कान्तिपुरले मासिक एक लाख तलब दिने गरी बीबीसीबाट झिकाएको खबर अचम्म मान्दै सुन्नेहरु पत्रकारको तलब आधा लाख भएको खबर सुन्दा अचम्म मान्न छाडेका छन्।

भविष्य के होला त ?
४६ सालको परिवर्तनपछि एक पटक छापा सञ्चार माध्यममा आएको लहर यतिखेर फरक स्तरमा आएको छ। सन् ९० को दशकमा कान्तिपुरको सफलतासँगै श्री सगरमाथा, लोकपत्र, हिमालय टाइम्स, स्पेसटाइम, टुडे, एभरेस्ट हेराल्ड आदि पत्रिका बजारमा आउँदा पनि पत्रकारहरुको भाउ त्यतिबेला ह्वात्तै बढेको थियो। तर बजारले धान्न सकेन र अन्ततः पत्रकारहरुको श्रम शोषण गर्दै घिटिघिटी गर्दै तन्काउनु तन्काएर नसकेपछि केही पत्रिका सदाका लागि बन्द भए। बजारमा अहिले देखिएका केही राष्ट्रिय दैनिकहरु भने अझै घिसारिँदैछन्। यो अर्थमा कि उनीहरु कर्मचारीलाई नियमित तलब दिन असमर्थ छन्।

अहिले त्योभन्दा फरक ढंगमा प्रतिस्पर्धा बढेको छ। बजारमा गोरखापत्र, राइजिङ नेपाल, कान्तिपुर, काठमाण्डू पोस्ट, अन्नपूर्ण पोस्ट, दि हिमालयन टाइम्स, हिमालय टाइम्स (कालो), नेपाल समाचारपत्र गरी आठ वटा राष्ट्रिय दैनिक छँदैछन्। थप चार वटा राष्ट्रिय दैनिक थपिएपछि यो संख्या १२ पुग्नेछ। टेलिभिजन नेपाल टेलिभिजन, एनटिभी २, कान्तिपुर, इमेज, एभिन्युज, सगरमाथा, एबीसी, च्यानल नेपाल गरी आठ वटा च्यानल छँदैछन् (भारतबाट प्रसारण हुने नेपाल वन पनि जोड्दा नौ) छन्। थप ११ वटाले अनुमति पाइसकेका छन्। एफएम त झन् देशभरी २७० वटाले अनुमति पाइसकेका छन्।

व्यवसायिक सञ्चार माध्यमको आयको मुख्य स्रोत विज्ञापन हो। तर विज्ञापनको बजारको अवस्था जस्ताको तस्तै छ। उद्योग धन्दा बढेको छैन। नयाँ कम्पनी स्थापना भएको समाचार नआएको धेरै भइसक्यो। विदेशी लगानी भित्रिएको छैन। एफएम र साप्ताहिक पत्रिकाहरुको त कुरै छाडिदिउँ, टेलिभिजन र ठूला लगानीका यी राष्ट्रिय दैनिकहरु कसरी टिक्लान् ?

नयाँ जोगीले बढी खरानी घसे जस्तै थपिएका नयाँ राष्ट्रिय दैनिकहरुले आकर्षक तलब र सुविधा दिँदा पत्रकारहरु लाभान्वित पक्कै हुन्छन्। तर के यसले पत्रकारिताको गुणस्तरमा केही परिवर्तन ल्याउन सक्ला। अझै पनि नेपाली पत्रिकाहरु कुनै क्लबमा नेताले गरेको भाषणको टिपोटलाई रिपोर्टका रुपमा छाप्छन्। नेताका भनाइ मात्रै समाचार बन्ने र बनाउने चलन छ। खोई देशै हल्लाउने खोजमूलक समाचारहरु छापिन सकेको ? यस्ता उदाहरण हुँदै नभएका हैनन् तर निकै नगण्य मात्रामा। टिपोटलाई रिपोर्टको रुप दिने पत्रकारहरुले व्यापारीलाई रिटर्न दिन नसकेपछि उसले सँधैका लागि पैसा त खन्याउँदैन होला। आखिर उसको मात्र पैसा फल्ने रुख हुने हैन।

तर यो कुरालाई पर राखेर सकारात्मक सोच्ने हो भने आशा गरौँ अब कान्तिपुर, काठमाडौँ पोस्ट, दैनिकी, रिपब्लिका, न्युजफ्रन्ट अनि नागरिकबीच चर्को प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धाले नेपाली पत्रकारिताको पुरातन धारलाई परिवर्तन गर्नेछ र गुणस्तर बढ्नेछ।

अनि त्यसका लागि आवश्यक हुन्छ दक्ष जनशक्तिको। बजारमा यसको कमी छ। त्यसैले तानातान चलिरहेको छ हाटबजारमा। कतै जमलको एउटा पसलमा हिजो देखिएको यस्तो दृश्य मिडिया अफिसहरुमा पनि देखिने त हैन ?

54 Comments

  1. “balancing act” is the words we need, too much competition is not good for all the stakeholders and the nation itself. that’s why all the governments have installed “competition watch-dogs” in their countries. dunno if we have one in nepal at the moment.

    ranjan, i agree with u that autopilot shoulda not generalised re nepalese journalists. but come to terms and think about it – when u r bombarded with a lot of craps of incompetent reportings, writings, biased personal views, personal attacks, charactor assassin attempts etc even in national papers in a daily basis, by none other than the majority journalists who you are desperately trying to defend here; it is expected that very normal, common citizens like autopilots may feel overwhelmed and see a generic view of it all. and i don’t see any wrong doing in that…the way you pouncing onto him over his above remark doesn’t justify your action here.

    if i was in cananda and was sending remmittance to my family in nepal…how could you not see that i am helping the nation. if i’m feeding my family, i am still helping the nation, if i’m building a house for my family, i’m still helping the nation…list goes on…

    well, if you cannot analyse this much, you have no right to say or defend your deeds. my suggestion, enlighten yourself. think why people r thinking the way they r thinking…come with some answers without being arrogant. don’t take it personally though. you have a potential, i can feel that.

  2. Aba chai sachakai press ma freedom huncha hola.Patrakar haru le kashi ko under ma nabashi free sanga kam garne paune bhaye. Natra dhamki diye ra arko ma jana sakchan……. Nepal ma journalism pade ra kam naya paye ka dheri sudent haru le kam paune bhaye ra desh ko kuna kuna ma bhaye ka ghatna haru le thau paune bhaye…. Jaye Nepal

  3. Naya daily patrika haru aaunu ta patrakar kolagi ramro kura hi kina ki uniharu le choice pauchana. Tara kati barsha sanmma tikcha bhane kura thulo ho?? Nepal ko market uhi ho?? jati media thapiya pani Advertise paune bazzar tehi ho?? jasle garda media ko nam ma chalkhel huna pani sak6. malik matra motaune kamdhar patrakar sukne aostha naaayos mero subhakaman 6. media bhaneko Voice of of the voiceless people ho bt yaha ta Voice of powerful people bhaidiyako 6. asa 6 naya aaune wala patrika le civic journalism garna sakun mero subhakamana 6.
    At last but not list Happy Tihar of all nepalies poeple where ever you are.

  4. ekdum ghat laagyo yo article le…
    welcome to new national daily…
    may advertising will also flourish for thier sustanable lifetime..

  5. Haina yesma achamma mannai pardaina ni’
    20 hajar le yo mahangai ma ke nai huncha ra.
    tapai haru pani kasto kura garnu huncha sab channel ma
    kaha thorai salary chara,, nepal 1 lai nai hernush na india bata chale pani teha kam garne le ta nepali 25-30 thousand ta yettikai kamairahe kai chan ni..
    aba avenews, sagaratha ra image ko pachi laepachi kaha paunu ramro dam.. sab mama dekhi fupu ka santan le jagir pachan … haina ta./?

  6. Good news, Patrakar Haru Patrika Office ma Jaun Ramro Salary Pauna yo Ramro Ho, Tar…………Embassy Chahi Nadhauna……….

  7. “चारदिनको पूर्णिमा, फेरि अँध्यारो रात” भनेजस्तै हो यो । नयाँ पत्रिकाहरू निस्कने हल्ला छ, तर देशको हालत हेर्ने हो भने यहाँ नयाँ पत्रिका निस्कनुको कुनै तुक छैन । नेपाली पत्रकारहरूलाई भड्काएर त्यसको गलत फाइदा लिन खोजिएको छ । पत्रकारहरू बेलैमा सतर्क हुनुपर्छ । हो, पत्रकारिता आफैंमा एउटा ‘क्यारिएर’ हो । पत्रकारहरूलाई पनि आफ्नो ‘क्यारिएर’ बनाउने धोको हुन्छ, यो उनीहरूको अधिकार पनि हो । तर राष्ट्रको चौथो अंग भएको नाताले पैसाको यस्तो खेलमा पत्रकारहरू लाग्नु विडम्बनापूर्ण छ । यस्तो खेलको अन्त्य हारमात्र हो – नैतिकताको हार, देश अनि जनताको हार ।

    मिडिया हाउस खुल्नुले पत्रकारलगायत अन्य रोजगारको सृजना पनि हुने पक्का छ । तर आयको मुख्य स्रोतका रूपमा रहेको विज्ञापन पाउन देशमा पर्याप्त उद्योगधन्दा छैन, यसका लागि भारतीय विज्ञापनमै भर परिरहेका छन् प्राय: नेपाली मिडियाहरू । विज्ञापन पाउनुलाई दान पाउनुसरह मान्ने नेपाली मिडियाले विज्ञापन पाएकै भरमा विज्ञापन दिनेहरूका विरुद्ध केही बोल्दैन, चाहे उनीहरूले तस्करी गरोस्, भ्रष्टाचार गरोस् वा देशै मिचोस् । यस्तो परिस्थितिमा नयाँ मिडियाहरूले कस्तो नयाँ नेपाल बनाउन मद्दत गर्ने हुन् ?

  8. हो यो नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तै हो । पोखरामा पनि यस्तै हविगत भएको छ । केही वर्षअघि पोखरामा एउटा एफएम खुल्यो । खुल्ने वित्तिकै उक्त एफएमले यति आकर्ष तलबको घोषणा गर्‍यो की, सबै दङ्ग परे । एउटा समाचार बाचकको तलब ८ हजार । अहिले उक्त एफएमको हालत हेरौं, समाचारदाताले समाचार लेख्ने कलम किन्न समेत बासँग पैसा माग्नुपर्ने अवस्था छ ।

    पत्रिकाको कुरा गर्दा २०५९ सालमा एउटा नयाँ दैनिक प्रकाशन भयो, उक्त दैनिकले यति धमाकेदार तरिकाले कर्मचारी नियुक्ति गर्‍यो की, भनरै साध्य छैन । स्थानी नियुक्ति वोनस भत्ता लगायत आकर्ष सुविधा । पोखराका सबै पत्रिका चार पेज निस्किरहेको अवस्थामा त्यो पत्रिका छ पेजमा निस्क्यो । अहिले उक्त पत्रिकाको हालत यस्तो छ की विज्ञापन पायो भने समाचारै हाल्दैन, तीन महिनासम्म काम गराएर तलब दिने बेलामा नयाँ स्वयमसेवकहरु राख्छ । अरु केही पत्रिकाहरु छन् यहाँ, जुन दशैं तिहार र नयाँ वर्षा मात्रै निस्किन्छन, विज्ञापनको बजार नबढेको बेला पत्रिका बढेर सूचनामा क्रान्ति हुने हो की होईन – यो आमसञ्चारका पण्डाहरुलाई मात्रै थाहा होला ।
    पोखरा

  9. खुशी लाग्यो समाचारपत्रको हाट बजारमा नयाँ नयाँ पत्रिकाहरु निस्कने खबरले । अब निस्कने नयाँ पत्रिकाको कार्यभार सम्हालेका हस्तीहरुको अनुहार हेर्ने हो भने धेरै आशगर्ने ठाउँ देखिन्छ । युवराज घिमिरे र नारायण वाग्लेजस्ता खारिएका र अनुभवी पत्रकारहरुको सम्पादकीयमा निस्कने पत्रिकाहरुले नेपाली सञ्चारमाध्यममा २०४६ साल यता आएको प्रगतिलाई अझ दोब्बर बनाउनेछन भन्ने आशा गर्न सकिन्छ । बजारमा कहिल्यै पनि एउटैको आधिपत्य र एकाधिकार धेरै टिक्न सक्दैन । जस्तो कि अस्तिसम्म पत्रिकालाई पत्रिका नभेर गोरखापत्र भनेर बुझ्ने मान्छेहरुले त्यसपछि पत्रिका भनेकै कान्तिपुर भनेर बुझेका थिए । कान्तिपुरले त्यो स्थान बनाएपनि आफ्नो जिम्मेवारी कत्तिको पूरा गर्यो त त्यो तपाई हामी सामू प्रष्टै छ । त्यहि एकछत्र राजका कारण कान्तिपुरले कतिपय बेला कुनै व्यक्ति आफू मरेको समाचार कान्तिपुर पढेर थाहा पाएर म ज्यूँदै छु हजूर भन्नुपर्ने अवस्था समेत आयो । सायद कान्तिपुरले आफू सर्वोच्च पदमा रहेकोले होला गल्ति स्वीकार्ने दृढता समेत देखाएन । हो यी र यस्तैखाले मनोवृत्तिले गर्दा कान्तिपुरलाई टक्कर दिने कोहि चाहिएको थियो विस्थापित होला नहोला आफ्नो ठाउँमा छ । रह्यो आर्थिक अथवा पैसाको कुरो घिमिरे र वाग्ले दुबै जना मात्र पैसाको पछि लाग्छन जस्तो लाग्दैन । रसेन्द्र भट्टराइको यथार्थ कुरा बाहिर ल्याउने कुरामा युवराज घिमिरेले कान्तिपुर छाडेको कुरा छिपेको छैन र वाग्लेलाई पनि मायाको मोह हुँदो हो त टन्न खाइपाई आएको कान्तिपुर छाडेर निस्कने थिएनन । यो कुरालाई पनि यहाँनेर बुझ्न जरुरी छ जस्तो लाग्छ । बाँकी रह्यो मोफसल अर्थात राजधानी बाहिरका पत्रकारको अवस्थाको कुरो उनीहरुका लागि नयाँ र ठूला दैनिक पत्रिकाहरु आउँदैछन भन्नेजस्तो सुखद र खुशीको समाचार अरु के नै पो होला र । राम्रो ठाउँमा जागिर खाएर राम्रोसंग काम गरौला भन्ने सोचाई सबै असल पत्रकारको हुन्छ । त्यसमाथि आर्थिक दुरावस्थाबाटै गुज्रिरहेका मोफसलका पत्रकारले पनि आश नगर्ने कुरै हुँदैन । दिनभर टाउँको टुप्पीबाट पसिना बगाउँदै पैतला खिंइदासम्म काम गर्ने र दाम पैसो पाउने बेला महिनाको बढीमा २ हजार २५ सय त्यो पनि उहि दशैं तिहारका बेला मात्रै । उनीहरुको यो अवस्थालाई पनि ख्यान गरिनुपर्छ जस्तो लाग्छ । जसले बिहान बेलुकाको खानाका साथै घरपरिवारको गाली पनि बोनसमा पाउँछ र ड्यूटी बजाउने बेला एउटा साहू प्रकाशकको बजाउँछ भने त्यो पत्रकारलाई घरपरिवाले कुकुरभन्दा पनि बढदा हेप्छन । त्यो पत्रकारको दिन के सधैं यस्तै गरी बित्ने त । पत्रकारलाई दलाल भन्ने बौद्धिक जमातले सायद मोफसलका यी दलालहरुको पनि दयनीय अवस्थाप्रति पनि नजर लगाउने हो कि ।

  10. दक्ष जनशक्तीको लागि उमेश्जी जस्ता युबा हरुले
    पत्रकारिता तथा संचार जस्ता छेत्रमा उच्छ शिक्षा
    जारी राख्नु पर्‍यो!

  11. “पत्रकार भनेपछि छोरी दिन समेत मान्दैन थिए उतिबेलाका बाबुआमा”
    सागरमा गागर भर्नुभो उमेशजी!

    पत्रकार हरुलाई जेल हाल्ने, त्रसाउने ती दिनहरु!
    भूमिगत गिरोहको बिरुद्ध लेख्यो भनेर ( २०४६ भन्दा पहिलेको कुर हो)साप्ताहिक बिमर्शका ठकुराठिलाई गोली ठोके!इत्यादि इत्यादि…
    कहा बाट यहाँ आइ पुग्यो पत्रकारिता:
    पञ्च हुन जनता, जनता नै हुन पञ्च भन्दै भट्ट्याउने रेडियो नेपाल देखी
    उमेश्जी जस्ता ब्लगर सम्म!

    राज्यको चौथो अँग पत्रकारिता एवम मिडिया फस्टाओस, शूभकामना!

  12. Do not be in confusion
    If someone think that NRNs have always been selfish and benefiting
    Themselves rather than the RNs (Resident Nepalese) it is a joke.

    People from different walks of life went to foreign countries to uplift their and families living standard since there was no sufficient jobs in our country in the past. And in the recent days because of the insurgency people left home and that was the Hobson’s choice.
    When someone is in the foreign country, he or she would definitely be handled as third class citizen and even in this kind of situation Nepalese abroad managed and managing sending money to support their families life in Nepal.
    In other word Nepalese are helping Nepalese. In the time of brain gain, if Nepali Politics do not recognise the meaningfulness of rewarding NRNs through allow them to have Dual-Citizenship, it would be a blonder and in some years they will find the way to invest their savings abroad rather to send back home.
    Because the Nepalese mass abroad is now over 35 years of age and most of them can capable to lead the life almost every corner of the globe it is the high time to think once again on this matter seriously. Our soul is always happy if we are given the chance to use our acquired resources in our own birth country rather than somewhere else.

  13. hatteri…patrica padne bani chha aafno..ajkal dinko 4 ota kinda 16 rupe janchha..aba 6 ota kinna thaliyo vane 26 ruppe janechha…bhau pani ta kathmandu post kai jasto 3rupe ma jharidiye hunthiyo ni!! bichara unemployed haru..katiota patrika kinera job apply garun…thikai chha..alchi lagda time kataune patrika badne kurale khusi tulyayo…patrakar ko wage 50 lakh dollors nai pugos na malai baal..patrika chai 3 rupe ma auna paryo competition ma hai.

  14. लौ राम्रै भो सक्ने ले गर्ने त होनी नसक्ने हरु भाग्नु परीहाल्छ |अहिले लगानी गर्न तम्सियकाहरु लाई ८ /१० दर्जन करोड डुबे पनि केही छाला कोत्लिन्न हामी जस्तो बिदेस चर्न हिंड्नु पनि पर्दैन |कमसे कम पत्रकार साथीहरुले तलबमा बार्गेनिङ पावरको बिकास त गर्ने भए |तर बजारमा नटिक्ने हो भने नयाँ पत्रकार साथीहरु लाई गाह्रो चाँही हुन्छ है |माथी भने झै ४६ को दसकका (प्रजातान्त्रिक दसक )पत्रीकाले झै गणतान्त्रिक दसकका पत्रीकाले पनि पत्रकारलाई घर न घाटको बनाउन सक्छन है |

  15. Ramro Competative market is good for Hard worker. Ma pani pubication house mai kam gareko hu 5 barsa . Ritto khalti Khokro ijjat matra hunchha tya . Asa chha aba yasto huindaina……….

    Sundar

  16. लौ लौ बिकास हुँदै रहेछ । शुभकामना। बिकास थाम्न नसकेर बिनास भयोभने चै बित्यास् पर्छ नि! पैसाले मात्रै स्तर बड्ने भये इमान्दारिता र नैतिकता को लोप धैरै अघी भैसक्ने थियो। साचैको बिकास होस् बतासे नहोस्।

  17. राम्रै हो कुनै काममा पनि दक्षता हुने हो भने तेस को दिन आउने रहेछ।

  18. दुई हाइकु

    बिक्री
    कसैले शरीरको
    कसैले दिमागको
    सालाहरु, सजिलै बिके

    यस्तोबेला बिक्रि नहुनेहरुको मनोदशा
    उमेर जाँदा पनि बिक्रिमा जान नसकेका
    बुढिकन्या चेलीहरुको जस्तो हुन्छ
    सालाहरु सजिलै बिके…..

  19. जब सम्म यिनिहरु राष्ट्रको चौथो अँग भनेर प्रमाणित गर्न सक्दैनन तब सम्म बजार तातिएर हुने वाला केही छैन। आज सम्मको काम हेर्दा त यिनिहरुलाई दलाल बाहेक अरु शब्दले पुकार्न सकिन्दैन। अलिकती पैसा पायो भने जस्को बिरुद्धमा नराम्रो सँग लेख्न लागेका हुन्छन उसकै गुणगान गाएर लेख्छन।

  20. Kaglai bel pakyo harsa na bismat!!
    it’s not real news ech journlist earn 20 thousand NRS. My some FM’s journalist freinds earn montly less then 5 housand. How come true this story?

    Anyway, if this is ture that’s good for Kathmandu’s limited hanky-panky journalist not for antoher side of nation.

    Rabin
    Rani,Birtnagar
    Now: Maitidevi,Kathmandu

  21. अत्एन्त खुशी को खबर, एश अर्थमा कि भबिस्यमा हामीले शोक्छ प्रतिश्पर्धामा आधारित पत्रकारिता हेर्न पाउ।

Comments are closed.