हडतालमा भाग नलिनू भन्ने सूचना बजाउन एफएमलाई आदेश

२०६२ चैत १७ बिहीबार
काठमाडौंमा आतंककारी पसिसकेका छन्, उनीहरुले आतंक मच्चाउन सक्ने भएकाले सात दलको चैत २४ देखि २७ सम्मको कार्यक्रममा भाग नलिनू भन्ने व्यहोराको सूचना बजाउनू भनी गृह मन्त्रालयले आज आदेश दिएछ एफएम रेडियोहरुलाई। त्यस्तो आदेश बजाए वापत् पैसा पनि दिन्छौं भनी फकाएको पनि रहेछ सरकारले। तर वाह, लोकतन्त्रको पक्षमा रहेका एफएमहरुको संगठन ! उनीहरुले जवाफ फर्काएछन्- अरु बेला विज्ञापन नदिएर आर्थिक नाकाबन्दी लगाउन खोज्ने, अहिले यस्तो सूचना बजाउनलाई चाहिँ पैसा दिन्छु भन्ने ? त्यो पैसा त तातो फलामको झोल पिउन दिए जस्तो हो। सरकारको आदेश र स्वतन्त्र रेडियो बचाउ आन्दोलनको जवाफ दुवै रमाइलो लाग्यो मलाई। सरकारको आदेश त मैले भेट्टाउन सकिनँ, इमेलमा आइपुगेको स्वतन्त्र रेडियो बचाउ आन्दोलनको विज्ञप्ति भने भित्र राखेको छु।

स्वतन्त्र रेडियो बचाउ आन्दोलन
केन्द्रीय संघर्ष समिति २०६२
प्रेस विज्ञप्ति

२०६२।१२।१७

गृह मन्त्रालयले स्वतन्त्र रेडियोहरुमा आज पत्र पर्ठाई स्वतन्त्र रेडियोहरुले गर्नै नमिल्ने प्रचारवाजी गर्न आदेश दिएर उक्त प्रचार वाजि वापत शुल्क उपलब्ध गराउने आश्वासन समेत दिएकोछ ।

सरकारी, गैर सरकारी पक्ष, सबै खाले राजनीतिक आस्था, जाती, धर्म, संप्रदाय लिंग भाषा जस्ता बिषयहरुमा निस्पक्ष र तटस्थ रहि प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार समान र सम्मानपूर्ण ब्यवहार गर्ने स्वतन्त्र रेडियोहरुको नीति बिपरित सरकारको पक्षमा सूचना प्रसारण गर्न गृह मंत्रालयले दिएको आदेश प्रति स्वतन्त्र रेडियो वचाउ आन्दोलनको गम्भिर ध्यानाकर्षा भएकोछ ।

यसरी एक पक्षीय सूचना प्रसारण गर्न मिल्ने हो भने राजनीतिक दलहरुले पनि शुल्क तिरेर रेडियोवाट आफ्नो पक्षमा प्रचारवाजि गर्न मिल्दैन र – भन्ने तर्फसमेत सरकारको ध्यान गएको देखिएन ।

सरकारी बिज्ञापनमा एक द्वार प्रणाली लागू गरेर स्वतन्त्र रेडियोहरु माथि पर्ूण्ा आर्थिक नाकावन्दी लागू गरिरहेको सरकारले सरकारको पक्ष पोषण गर्ने सूचना प्रसारण गर भन्ने आदेस पठाएर शुल्क दिन्छु भन्नु तातो फलमको झोल पिउन दिए जत्तिकै हो ।

सैनिक हस्तक्षेप,असंवैधानीक आदेश र अध्यादेश समेतको हत्कण्डा प्रयोग गर्दा पनि वन्द गर्न नसकेको स्वतन्त्र रेडियोहरुलाई जवरजस्ती द्वन्द्वमा धकेलेर निष्पक्षता बिरोधी कार्य गर्राई वन्द गराउने अर्को षडयन्त्र गरेको प्रति घोर आपत्ति जनाउदै सम्पूर्ण स्वतन्त्र रेडियोहरुलाई सरकारको यस्ता षड्यन्त्रहरु प्रति सचेत रहेर अवज्ञा गर्दै डटेर सामना गर्न हार्दिक आह्वान गर्दछौ ।

रघु मैनाली
संयोजक

5 Comments

  1. Balla train track ma lagyo bhanya ta ajja afno kapat chal chali janatalai fakai fulai saata feri hadaapne bichar rahicha sarakrko. tara aba janata dherai sajak bhai sake ra fm ra tv le bhane pani loktantra bhanda aru aawaz nasunne bhai sake……….

  2. Sarkarko yo chala bhaneko rakshile kalejo dadhera dhalna lageko rogile ubhinako lagi sisno samatera sahara lie jasto matra ho…
    Sab mandale haru sattama pugeka chhan, tyo Kamal thapa hijo gundagardi gardai hidne manchhe ho..aaja bole gareko kaamle bholi parinam k hunchha tyaslai kehi thaha chhaina….aafu aglo thauma pugeko bela bhotekukur jasto bhukchha.
    lovma parera sarkarko gulami garera andolanlai dhoka dinu kadapi hunna…jhan yo samachar bahira lyaunu parchha jasle garda sarbasadharanle sarkarko kuniyat bujhdai janchhan.

    Bideep

  3. It’s a good job by FRSM. yo ta hadai bhayo ni yaar sarkar ko chala, euta innovative and developmental kaam garna sakdaina ani sabailai aafno chakadi garna lagaunchha, ramro kaam garos na, sabai le saath diyihalchhan ni.

    Damn government, damn policy and short term king’s vision mixed up together resulting in these series of oppression to independent medias.

  4. oh Sathi tapaiko wevside pani bandda garna ber choina yar. kamal thapa lai kun din pagal khana lanu parne ho

Comments are closed.