नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। [email protected] मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।

हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।


यो साताका लागि फोटोहरु-

अटलान्टाबाट प्रशान राईले आफ्नो कोठाको फोटो खिचेर पठाएका छन्।


मेरिल्यान्डबाट स्वीकृत मानन्धर लेख्छन्- मन्त्रीको गाडीमा मात्र नेपालको झन्डा? मेरो गाडी मा पनि नेपालको झन्डा 😉


जापानबाट नम्रता पाण्डे लेख्छिन्- विदेशमा हुँदा त झनै नेपालको याद आउँछ नि। त्यही मायाले गर्दा त एउटा झन्डा भने पनि रिसर्च कोठामा राखेको छु।


उताह युनिभर्सिटीबाट सञ्जीवकुमार श्रेष्ठले पठाएको फोटो। यो फोटो युनिभर्सिटी अफ फिन्डले, ओहायोले आयोजना गरेको International Idol 2006 मा खिचिएको हो। उनी यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै थिए।

बाल्टिमोरबाट शिशिर, शिरिश र शिवानी विश्वकर्माले पठाएको फोटो-

18 Comments

  1. उमेश जी नमस्कार एकातिर कर्ण शाक्य को सकारात्मक ´´सोच´´सुनने अवसर दी ´´सकारात्मक´´
    हुनको लगी प्रेरणा दिनुहुन्छ भने अर्को तीर परमानंदा झा जस्ता घटिया आदमीको समाचार
    छापेर उसलाई प्रचलित बनाउनु हुन्छ / जहिले पनी नकारात्मक कुरा हरु सुन्दा सुन्दै नेपाल
    बहिरा बसने नेपाली हरुलाई नेपाल फर्कने चाहना मर्दै गएको छ रा साथै सबैको चाहना एउटई
    मात्र उनिहरु का आफंता हरु समेत नेपालको डांडा कटौने,बिदेश माँ सेटल हुने छ /हु न त राम्रा
    समाचार नभएर होला तै पनी कुनै सघ सस्था अथवा कुनै ब्येक्ति वा कुनै कंपनी ले गरेका
    राम्रा कामहरु को समाचार पढ़न पाईयों भने त हामी धेरै जसो सकारात्मक सोच राखना
    सकने बन्थेऊ जस्तो लाग्छ / नराम्रो कुरा एकपटक र राम्रो कुरा हजारौ पटक सुनने र पढने
    इच्छा भएका कारन यो कमेन्ट गरेकी हूँ ,र अर्को कुरा एउटा नकारात्मक समाचार आयो भने
    हामी नेपाली पछय र विपछय भै एक अर्कालाई अप सब्द्दा प्रयोग गरी गाली समेत गर्छौ यो त
    सारै नराम्रो कुरा भयेनर / thanks a lot
    from डेनमार्क

  2. denmark ma aayera consert program gari hamilai ramailo ko anubhuti diyeko ma heartly thanks to manoj dai, sugam pokhrel ji,raju dj and saran dj
    anju and trilochan
    from københavn
    denmark

  3. जे गर जसो गर
    जता सुकै लैजाऊ मलाई
    यो मन त मेरो नेपाली हो ……….

  4. जै नेपाल …..
    हाम्रो नेपाल …
    सधे उन्नती तिर बदोस ………..
    हाम्रो नेपाल ………..कविता शाकय

  5. म नेपाली ……मेरो नेपाल !!
    नम्रता दिदिलाई फोटोमा देख्न पाउदा खुशी लाग्यो .Keep it up !!

  6. i don’t think so,
    it wouldn’t be the en of, we have to bring somthing to our nation , then

  7. Please!!!
    if you can’t love your country or nationality don’t show that you do!!!!!
    I bag to you all to learn how to love your country and how to love yourself.

    Love to all!!!

  8. My legacy,my pride,my Nepal & I am Nepali….Mother & Motherland are greater than heavan. be Nepali & need to be happy with Nepali-pan.keshab thapaliya, Doha Qatar.

  9. Garva le 6ati dhakka fulyo.aakhir hami sansar ko junsukai kuna ma ani jati sukai sampanna vayeta pani aafno pyaro matrivumi ko nirantar maya lagdo rahe6.thanks alot umes ji for this stamva

Comments are closed.