विरोध प्रदर्शनको शैलि नै खराब

Singhadurbar
खित्तिक्क केही भयो कि चक्काजाम गर्नुपर्ने, जसलाई पनि सिंहदरबार नै घेर्नुपर्ने, सिंहदरबार घेर्दा अरुलाई बाधा नपुग्ने गरी गर्ने हैन, बाधा पुग्ने गरी नै गर्नुपर्ने….अनि सहनु पर्ने लामो ट्राफिक जाम। अहिले काठमाडौंमा तपाईँ ट्राफिक जाममा फँस्नु भएन सम्झनुस्, तपाईँ भाग्यमानी हुनुभयो। दिनहुँ एउटा न एउटा विरोध प्रदर्शन भइरहेकै हुन्छ। माथिको फोटो गलैंचा मजदूरहरुको हो। महिला, कमैया र अपांगपछि अब सिंहदरबार घेर्न आएका छन् गलैचा मजदूर। निषेधित क्षेत्र भएका कारण प्रहरीले हस्तक्षेप गर्नै पर्‍यो। अनि फोटो हेर्दा त जनआन्दोलनको बेलाको जस्तो दृश्य देखिने रहेछ। तर त्यस्तो देखिए पनि त्यो लोकतन्त्र ल्याउने आन्दोलन थियो भने यो त उल्टो लोकतन्त्रलाई खतरामा पार्ने आन्दोलन हो। भन्नलाई यसो भने पनि फेरि सिस्टम खत्तम छ नि नेपालमा- उचित मागलाई पनि अनुचित ढंगले दबाब नदिएसम्म सुनुवाई नहुने। त्यसो भएपछि अनुचित मागलाई पनि अनुचित ढंगले दबाब दिएर पूरा गराउने प्रवृत्ति किन नबढोस्।

अहिलेको स्थिति यति अस्तव्यस्त छ कि के भनौँ। काठमाडौंका मुख्यमुख्य चोक र गल्लीमा डुं‍गुरका डुंगुर फोहोर अलपत्र छन्। महानगरपालिकाका कर्मचारीहरुको हडतालका कारण त्यसो भएको रे। तर हडताल सकिएको त्यत्रो दिन भइसक्दा पनि फोहोर जस्ताको तस्तै छ। उठेको फोहोर पनि सिसडोलमा फाल्न स्थानीय बासिन्दाले रोकेपछि फाल्ने ठाउँ नभएर खुल्लामञ्चमा राखिएको छ।
Singhadurbar

च्यानल नेपालले दिने क्षतिपूर्ति रकम लिन जाँदै थिएँ टेम्पोमा। लामो जाममा फँस्यौँ हामी। के रहेछ भन्दा त सिंहदरबारमा गलैँचा मजदूरहरुको घेराउ रे। के माग थियो कुन्नि ? मलाई त माग साग पनि सुन्ने उत्सुकता जाग्न छाड्यो अब। बल्ल-बल्ल जाम पार गरेर बबरमहल पुग्दा त त्यहाँ पनि एअरपोर्टमा चलाउने थोत्रा ट्याक्सीहरुको हडताल रहेछ। थोत्रा ट्याक्सीहरुले नागरिक उड्डयन प्राधिकरण घेरेका रहेछन्।

प्राधिकरणले ३ वर्ष अगाडि नै एउटा निर्णय गरेको थियो- विमानस्थलमा चलाइने ट्याक्सीमा एकरुपता ल्याउने। प्रत्येक गाडीमा एसी हुनुपर्ने र १२० हो कि कति सीसी हुनुपर्ने। तर त्यहाँ थोत्रा ट्याक्सी चलाउनेहरुले कहाँ मान्ने यो कुरा ! प्राधिकरण घेरिरहेका गाडीहरु यसो हेरेँ- थोत्रा न थोत्रा गाडीहरु पनि थिए त्यहाँ।

हिजो पनि शिक्षा मन्त्रालय घेर्ने क्रममा लामो जाम भएको थियो। स्कूलबाट घर फर्किरहेकाहरु बोकेको बससमेत लामो जाममा अडकिएको देखिएको थियो। हिजो शिक्षा मन्त्रालय घेर्नेहरुले प्रहरीसित ढुंगा हानाहानसमेत गरेका थिए।

शिक्षा मन्त्रालय घेर्ने बेलाका केही फोटोहरु (सागर श्रेष्ठबाट)

Singhadurbar

Singhadurbar

Singhadurbar

Singhadurbar

Singhadurbar

19 Comments

  1. thanks for publishing this message in this website so if u all want to be clear on this topic i mean about in, what is our demand and what we want, why we did strake.if u want to know about nursing demand contact me in kalika1920052yahoo.com

    i hope urs comment n question

    sata

  2. त्यो रंङ दे बसन्तीमा एउटाले डाइलग हानेको थियो – इस देशका कुछ नहि होनेवाला अनि अर्को प्रतिउत्तर दिदै – देश खुद नही बनता बनाना पडता है भने को सुने पछि जन आन्दोलन २ को मज्जाले समर्थन गरे र धेखो थियो लोकतन्त्रको बहाली पछि केहि गरैला भनेर।

    तर के नै पाईएको छ र जस्तो लागि रहेको छ। अन्योल उस्तै छ… छिन छिनमा जाम, राजनीतिक निकास पनि त्यति छैन, एक आपसमा शंका खै के हो के हो यो देश त। म जस्तो वर्गको मान्छेको साचै यहाँ केही हुनेवाला छैन। पिलिसिएर सधै बस्नु पर्ने, उन्नति गर्न कहिले नपाउने, अब त आफ्नै आशामाथि बिश्वास लाग्न छोड्यो। शायद मेरो सोच नै खतम भैसकेको छ।

  3. desma dherai samasya haru abasya chhan jaslai sabai milera samadhan garnu parchha tara yesari hoina. yesto garnu bhanekota “belana kubela baji nenla” bhane jastai bhayena ra hajur.

  4. what the history taught us… for democracy or for freedom or for anything that’s the way we nepali know.. all from bihari politics.. from leaders who were at the BHU.. ( banaras hindu….)..
    jasto dekho testai siko.. je ko laghi pani julus ani dharna.. aaja swasni poila gai singha durbar ma dharna.. eauta ko chora na padera fail bho singha durbar ma dharna,,,, ani aaja mausami bibharan milena gham ko satta pani paro dharna yestai ho. etihas le sika ko nai yehi cha. kaile hai hai kaile thukka .. yeatai ho nepal ko prajantantra…

  5. lets not forget we are heading back to same unstability which was before the janandolan. if we don’t make nepal now we can never. sabai lai chetana bhaya

  6. के भएको यो मैले पनि बुझ्न भने सकेको छैन । आज पनि यस्तै भयो भन्या । चावहिलवाट बस चढेर आएको तिनकुनेमा आएर एक्कासि ल बस साइड लगा प्यासेन्जर झार भन्न थाले । के रहेछ थाहा भएन । सुनेअनुसार नयां बसपार्कमा ट्राफिकले ट्र्क चालकसंग घुस माग्यो रे त्यसैको विरोधमा सबै सवारी साधन रोकेको रे ।
    लोकतन्त्र आएपछिका बन्द हड्ताल हेर्दा केही प्रतिशत अन्यया विरुद्ध लड्नुपर्ने रहेछ भन्ने राजनीतिक चेतना बढेको हो कि भन्ने मेरो अनुमान हो । तर यसरी कसैले केही गर्‍यो कि हिन्दी फिल्मी शैलिमा जनजीवन नै ठप्प पार्ने काम भनेको पक्कै पनि राम्रो काम हैन । यसले विस्तारै लिकमा हिडिरहेको लोकतन्त्र पुन लिकवाट बाहिर जान सक्छ नै । तर के गर्ने यार यो कुरो कस्ले सुन्ने खै ।

  7. हैन, मैले बुझ्न नसकेको कुरा के छ भने अहिलेको सरकार त अन्तरिम सरकारको पनि अन्तरिम मात्रै हो, हैन र? मानु कि यो सरकारले उनिहरुको माग पुरा गरिदियो रे, अनि १~२ बर्ष पछी पूर्ण सरकार आउँदा फेरी अहिलेको सरकारले गरेका निर्णयहरु उल्टाइदिए के गर्ने? त्यस माथि पनि शान्ति र सुरक्षा कायम नभएसम्म जुनै माग पुरा भएपनि लागु हुनसक्छ र? अझै महत्वपुर्ण कुरा त भन्ने हो भने अहिलेको सरकार लाई अन्तरिम सरकारको गठन गर्न बाटो बनाउने कार्य बाहेक अरु कुनै mandate नै छैन नि, हैन र? तर सरकारले सबै थरिका बिरोधहरुलाई निषेध पनि गर्न सक्दैनन् र त्यसो गर्न हुन्न पनि । त्यसैले सरकारले:

    १) बिरोध कार्यक्रम अहिले को लागि नगर्न आव्हान गर्नु पर्‍यो
    २) बिरोध कार्यक्रम गर्न पाईने स्थान र समय तोक्नु पर्‍यो र सो अनुसार जिल्ला कार्यालय र प्रहरिमा दर्ता गर्न लगाउनु पर्‍यो
    ३) दर्ता नगरी अथवा तोकिएको स्थान बहिर कुनै पनि कार्यक्रम गरेमा प्रदर्शनकारी हरुलाई पक्राउ मात्र होईन जरिवाना पनि असुल गर्नु पर्‍यो (१०~२० रुपैया होईन १०~२० हजार जरिवाना)
    ४) बिरोध कार्यक्रममा कुनै तोडफोड अथवा अन्य कुनै अराजक कार्य गर्नेहरुलाई कानुन अनुसार तोडफोड र अराजक कार्यको अभियोग अनुसार कडा कारबाही गर्नु पर्‍यो

    सो बाहेक कस्ले यि बिरोध कार्यक्रमहरुलाई प्रोत्सहित गर्दैछन भन्ने बिषयमा पनि ध्यान दिनु जरुरी छ जस्तो लाग्छ । केही दिन अघी उमेशजीले कलंक थापाको बारेमा रिपोर्ट गर्नु भएको थियो क्यारे – के यि बिरोध कार्यक्रमहरु पनि त्यसै “training” सँग सम्बन्धित त छैनन्? मण्डलेहरुको काम नै यही त हो नि, कुनै progressive काम नगर्ने, खाली तल्लो स्तरको सामाजिक बाधा उत्पन्न गर्ने, मालिकको अन्य plan implement गर्न सहयोग पुर्‍याउन नानाथरी diversion create गरी समाजमा हो-हल्ला मच्चाउने अदि इत्यादि । यो बारेमा मैले चाँहीने भन्दा बढीनै सोचेको पो हुँ कि ?

  8. Nepali haru le prajatantra ra swatantrata ko mane nabhujeko ho. jaile pani sarkar le eso garos uso garos..aafnu chain k garne ni? aba demand pani kasto kasto antarim smbhidan nirman ko kram ma mahila ko sahavagita, apanga ko sahavagita re haina eso ho bhane ta dalit ko sahavagita, jana jati ko sahavagita, tes ma pani gurung ko beglai , rai ko beglai, magar ko beglai, limbi ko beglai, newar ko beglai, bahun ko beglai, chetri ko beglai, tharu ko beglai, madehsi ko beglai tes pachi falna jilla ko pani representation diskano tol ko pani sahavagita chaiyo bhandai kati jana rakhne? euta kaam garna lai jati rakhe pani pugdaina..esari aaafno samaj lai tukryaera k faida?? ahile nai hami nepali bhanne bhawana koi ma chaina koi royalist re, koi mandale re, koi prajatatrik khol odeka mandale re, koi k re koi k re. Jas jasle aafno duno sojhyuana kaam garchan jasto laghchha uslai chain prajatanra badi, janaandolan ko kadar garne bhanidyo aru sab lai chor kya ramailo. Kaidi haru lai aam mafi chaiyo re? yo duniya ma nabhako mag kaan bata aayo..lau ma pani paila jyan marchu, danka dalchu, chorchu, balatkar garchu ani aam mafi chaiyo bhanera hadtal nara julus garchu…cheu na tuppa ko kura…alikari discipline lyauna khojne jati sab aatatai, daman garne ityadi…sab lai lauro le thokna napugya ho aru kei haina…kaam nagarne neta lai pani aani nachaine kura ma hadtal aandolan garne lai pani…..lau mero ghar ko kuukurni lai kun chain tol ko kukkur le pet bokayao..teslai khoji gari turunta kada se kada karvahi huna paryo…3 din ko myaad dinchhu haina bhane kukkurni palne ko euta sangathan banaera ma pani chakka jaam garchu ani singhadurbar gharchu…kasle rokdo raichha herun na..

  9. This is the extreme example of misuse of democracy. This is because every nepali people has good impression of our political leaders, they are doing what they are learning from their leaders.
    I simply assume, in future there will bemore worst things are going to be happen. Those peoples who are influenced by maiost will use guns and bombs to make a strike if they have unsatisfaction, instead of chakka jam and tire burning.

  10. MOBOCRAZY—hul jahile pani right hune parbiti jaba samma khatam hudaina, jaba sama logic ra step wise protests ko system basdaina, yo chale nai rakcha.
    Sabailai, kehi na kehi chaheyeko cha, ye sab immune depleted body lai attack garne tendency ho.
    Tesaile ho, protest garda soch b4 gara, bad example, afai lai nai noksan garcha bhanne kasle bhujne, bhujaune.

  11. हिजो लोकतान्त्रीक आन्दोलनमा लोकतन्त्र लेउनको लागि दकुर्नेहरु घाइते हुनेहरु कोहि थाकेर थकाई मार्दै छन। कोहि सुकेको बालिनालिमा मल र पानि हाल्दै छन, त घाईतेहरु अझै दुखेको घाउमा मलम् र दुखेको ठाउमा तेल ततायर माड्दै छन। तर हिजो ग्यानेन्द्र राजाको हडि चुस्नेहरु बलिया भाकाछन अनि अहिले बाटो बाटो मा हडताल भन्दै ग्यानेन्द्र राजाको पैसाले किनेका टालाहरु लठिमा उनेर आन्दोलन भन्दै लोकतन्त्र मास्ने सडयन्त्रमा हिडेका छन। यो समय भनेको त केबल गणतन्त्रको लागि मात्रै सडकमा उफ्रने बेलाहो। ठोकन हे पुलिश हो तिनलाई, सडकमा अनाबस्यक हल्लागर्नेहरु लाई। लोकतन्त्र यस्ता नेपाल आमाका कपुत हरुलाई आको होइन, सपुत हरु लाई हो।

  12. त्योत उमेश जि,
    सरकारको नै कम्जोरिहो नि त। जस्लाई बढि तलब चाहियको छ तेसलाई निकाल्दिनु र गाउको जागिर नपायर रोयको लाई दिनु। बढि सुबिधा चाहियको लाई निकालिदिनु र तलबमा मात्रै भयपनि काम गर्छु भन्ने लाई दिनु। घुस लिनेलाई भन्दा दिने लाई सजाया दिनु। भ्रस्ट ब्यापारिलाई भन्दा महङोमा समान किन्ने लाई कार्बाहि गर्नु गर्यो भने सबै ठिक भैहाल्छ नि।

  13. यो कस्तो बिड्म्ब्ना हो, कैदी हरु लाई पनि आम माफी चाँहीयो रे ? गर्ने बेलामा “कु” गर्ने, अनि अहिले आएर माफि ? कानून तोड्ने जोकोही पनि होस् उस् लाइ कारबाही हुनै पर्छ ।
    तेस्ता कैदी लाई झन कडा कारबाही गर्नु पर्छ

    http://www.bbc.co.uk/nepali/news/story/2006/07/060725_butwal_prison.shtmlबन्दीहरूद्वारा नवलपरासी कारागारमा आगजनी

    आममाफीको माग गर्दै आन्दोलन गरिरहेका नवलपरासी कारागारका बन्दीहरूले मंगलबार कारागार ध्वस्त बनाइदिएका छन्।
    सोमबार रातीदेखि नै कारागार भवनमा तोडफोड गर्दै आएका बन्दीहरूले मंगलबार दिउंसो कारागार भवनमा आगो लगाइदिएका थिए।

    कारागार जलाइदिएपछि बन्दीहरूलाई राख्‍ने ठाउंको समस्या परेको छ।

    कारागारमा थुनिएका सबै ४० जनालाई छाड्न दबाव दिंदै पटक, पटक जेल तोडफोड गर्दै आएका बन्दीहरूले मंगलबारसम्म आफूहरूलाई रिहा नगरिए आत्मदाह गर्ने धम्की समेत दिएका थिए।

    जेल प्रशासनले रिहा गर्न नमिल्ने बताएपछि सोमबार रातीदेखि तोडफोडमा उत्रिएका बन्दीहरूले मंगलबार दिउंसो जेलमा आगो लगाइदिएका स्थानीय पत्रकार केशव पराजुलीले बताए।

    उनले भने, “सांझ चार बजे आगजनी शुरू गरे। आगजनीबाट पुरै कारागार ध्वस्त भएको छ।”

    आगो नियन्त्रण गर्न गएको दमकलमाथि बन्दीहरूले तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

    बन्दीहरूले आफूहरू सबैजना एकै स्थानमा बस्न सहमत भएको बताएपनि प्रशासनले मंगलवार यो समाचार तयार पारून्जेलसम्म कुनै व्यवस्था गर्न सकेको थिएन।

  14. If there is protest in every issue there wouldn’t be any free day to do any positive work. Why we as a mass so disorganised and there is no sence of discipline, work ethicc and sincerity on our plan and action including the politician and the government. Is it a Nepalese character either to accept dictatorship or mess with everthing when we have freedom. Probably doing our own business ( doenot mean stealing, cheating, fighting, or planning conspiracy) for may help move the country forward. We can’t halt everything to make ourself look bad even not doing the minimum daily activity to run our own life smoothly is a highly disturbed society.

  15. Sashi लाइ एक प्रश्न
    —————-

    धेरै दिनदेखि मनमा खट्केकोले सोध्न लागेको है, माइण्ड नगरौं ।

    यो जनआन्दोलन-३ को कुरो के हो? त्यसपछि जनआन्दोलन-४,५,६,… पनि छ कि? तिम्रो/तपाइको कमेण्टहरुमा नारायणहिटि सरकार, सिंहदरवार सरकार र रुकुम सरकारको खुबै बिरोध देखिन्छ । भएको सरकारको बिरोध गरेर अर्को नयाँ सरकारको सपना देख्ने लघुबुद्धिका घातक नेपाली रोगले नराम्ररी नै च्यापेको पो हो कि? राम्रा राम्रा जनहितका काम गर्ने हो भने, च्याँखेदाउ नथापि जनहितका काममा सबैले सहयोग गर्ने हो भने, यी माथिका मध्ये जुनसुकै सरकार भए नि उस्तैउस्तै हुन्छ जस्तो लाग्छ मलाइ। इतिहासलाइ फर्केर हेर्ने हो भने जनआन्दोलन-१ मा प्राप्त अधिकारहरुको जथाभावि प्रयोग गर्दा सम्पूर्ण अधिकारहरु गुमेर नारायणहिटि सरकार बहालि भयो । बल्लतल्ल जनआन्दोलन-२ बाट त्यसलाइ लखेटियो । अब फेरी नानाभाँति ताण्डवनृत्य देखाएर जनआन्दोलन-३ भन्दै घडिको सुइ उल्टो घुमाउने कसरत शुरु हुन लागे जस्तो छ । होइन? होस गरेस – यसो हुन गए “निर्मलनिवास सरकार” आउन बेर छैन । जसरि बिगतमा नारायणहिटि सरकार फर्केर आउनुमा जनआन्दोलन-२ का संचालकहरु दोषि थिए त्यसरी नै जनआन्दोलन-३ का वकालतकर्ताहरु निर्मलनिवास सरकार ल्याउन जिम्मेवार ठहरिने इतिहास दोहोरिने पो हो कि? खसखस लागेको छ । तसर्थ तिम्रा कुराहरु मलाइ घोर उग्रप्रगतिशील कुरा गरेर घोर उग्रप्रतिगामी तत्त्वलाइ सहयोग गर्ने क्रियाकलाप हो कि भन्ने भान परेको छ । तिम्रो प्रतिक्रिया के छ?

  16. प्रजातान्त्रिक मुलुकमा सबै बर्गको हक हितको संरक्षण हुनु पर्दछ भन्ने कुरामा दुई मत हुन सक्दैन तर Transitional period मा षडयन्त्रकारीहरुले प्रजातन्त्रलाई असफल बनाउन विभिन्न षडयन्त्रको खेल पनि खेल्ने गर्दछ। यसो भनेर मैले यहां कसैको जायज मागहरुको बिरोध गर्नु खोजेको हैन बरु सरकारी घुम्ने मेचका अन्धो मान्छे हरुलाई चनाखो बन्न पर्ने सुझाब मात्र दिनु खोजेको हुं।आफ्नो हक हितको जायज मागहरु राख्नु पर्दछ्, माग पुरा नभय विरोध प्रदर्शन पनि गर्नु पर्दछ तर अरुलाई हानि पुर्‍याउने किसिमको भने हुनु हुंदैन।

    जरो काट्नु पर्‍यो।
    ===================
    जनभाव अनुसार काम गर्छु भन्ने काठ्माण्डु सरकारका नेताहरु आज किन सूर्य बहादुर थापाको जन भावना बिपरितको भाषणमा मच्चि मच्चि ताली ठोक्छन – यिनिहरु झारपात हुन यिनिहरुको जरो समेत उखेल्नु पर्‍यो तब मात्र कहां के समस्या छ भनेर खुट्ट्याउन सजिलो हुन्छ।

    के नारायण हिटि सरकार चुप लागेर बसेको छ – छैन भन्ने यस्को पनि जरो काट्नु पर्‍यो?

    रुकुम सरकारले गाउं ठाउंमा जन कारवाहि गर्न सक्ने तर देश भरिका काठमाण्डूमा जम्मा भयका शोषकहरु एकजनालाई पनि कारवाहि गर्नु नसक्नुको कारण के? सक्छौ भने कारवाहि गर्नु सक्दैनौ भने तिमिहरुको पनि जरो काट्नु पर्‍यो।
    जनआन्दोलन भाग ३
    ==============

    नारायणहिटि सरकार कति बिषय लम्पट छ भन्ने कुरा सबैलाई थाहा भयकै कुरा हो।

    काठमाण्डू सरकारका नेताहरुले पनि कति कुम्ल्यायो भनेर भनिरहनु पर्दैन।

    बुर्जुवा शिक्षाको विरोध गरेर गरिब जनताको स्कूल बन्द गरायर हिंडने नेताहरु आफ्नो छोरा छोरीलाई भने सोहि बुर्जुवा शिक्षाको लागि विदेशमा राखेर पढाउंछन।

    त्यसैले सबैले “थाहा” पाउनु पर्‍यो जनआन्दोलनको भाग ३को शंखनाद गर्नु पर्‍यो र यि सब फटाहा हरुलाई त्रिशुलीमा बगाउनु पर्‍यो। जय देश जय जनता।

  17. नेपाली जनताहरुको त्यत्रो बलिदानले ल्याएको लोकतन्त्रमा बिभिन्न बर्ग,जात,समुह,संघ-संगठनहरुले आफ्नो हक र अधिकारको कुराहरु माग गर्नु पाउनु पर्छ।किन कि यो त लोकतन्त्रको राज्य हो नि हैन र भन्या?उहिल्यै त हाम्रो बाजेको पालाको प्रजातन्त्रमा कुन्नि के “देब” भन्ने नेताले संसद ‘सिङ्घदरबार’भनेको खसिको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने ठाउं हो भन्या थियो।अहिले ति नेता सबाइ भन्दा अग्रीम पङ्तिमा रहेर लोक्तान्त्रीक गणतन्त्रको पक्क्षमा वाकलत गरिरहनु भएको छ।देसमा लोकतान्त्रीक राज्य स्थापना भैसकेर पनि आफ्नो हक,हितको कुराहरु नखोजनु भनेको त उहि बुझ्नेलाइ श्रीखन्ड नबुझ्नेलाइ खुर्पाको बिंड यति भन्दा पनि नबुझे सुङ्गुरको लिंड होइनर हा हा हा—!!!!!!!

  18. हाम्रो सन्स्कर नै बिग्रेको हो नि । हामी नेपाली को सोछ नै राम्रो भहेन के । जे होस् मेरो राम्रो हुनु पर्छ भन्ने मात्र छ । फेरी गिरिजा अस्व्थ छन भने किन कुर्शी मा बसेको, खोही गणेशमान जस्तो त्यग गरेको कुर्शी को, भातहा गिरिजा । मावोबादी सँग सल्लाह नै गरेर पत्र पथाहुने हो तौन, ईन्डिया र राजा को दलाल्, कति कुसिको लोह हो । नेपाल म जे पनि न राम्रो काम भहेको छ, गिरिजा को पलामा मात्र । मालही त लागछ, गिरिजा चाँही सुजाता वा सेखर कोइराला वा कोइलरा परिवर को कोहि लाही कुर्शी मा राख्ने प्लान मा छ । साथी हो गिरिजा लही पनि पद मुक्त गरौ ।
    गिरिजा भनेको नेपाल को Cancer हो अन्तग्व यसले केही नराम्रो घटना दोहोरहुछ ।
    सावधन नेपालि साथी को ।
    Kiran, USA

  19. मान्छे बुढो भएपछि बुढो सरिरमा बिभिन्न नयाँ रोगले आक्रमण् गर्ने थाल्छ। नयाँ रोगले आक्रमणा गर्नु मात्र होइन् पुराना रोगपनि देखा पर्न थाल्छन्। बुढो सरिर यसै ता कमजोर हुन्छ त्यसमाथि नयाँ र पुरानरोगले झन सताउन थाले पछि बिस्तारामनै थन्किनु पर्छ। मात्र बाकिरह्न्छ लगेर सेलाउनु।
    यहि भएको हो सरकारलाइ। अब यो बुढो र पुरानो सरकारलाइ सेलाउन बाकिछ। नयाँ सरकार बन्न जति डिलो हुन्छ त्यति नै यस्ता धेरै ब्याक्टेरिया हरु देखा पर्छन्। अब यो सरकारले केहि लछापटार गर्न सक्तैन।
    तुरुन्तै सान्ति सम्झौता सहित नयाँ अन्तरिम सरकारको गठन सुरु नगरे सम्म उपाए छैन।

Comments are closed.