विद्यालयको छानो र ओलीको छातो

-उत्तमबाबु श्रेष्ठ-
kp-school
प्रधानसेनापतिले संसदमा गई सपथ खाएको ऐतिहासिक दृष्यदेखि उपप्रधानमन्त्रीलाई उहाँको अंगरक्षकद्वारा बेमौसममा छाता ओढाइएको उट्फट्याङ् तस्विरसम्म, अनि माओवादी छापामारहरुका अस्थायी बेसक्याम्पमा छापामारका कोमल हातहरुले बन्दुक समाएका भावुक तस्वीरहरुसम्मले केही समय यता सबैको ध्यान खिचे। कान्तिपुरको आवरण पृष्ठमा केही दिन अघि छापिएको शिव पुरीले खिचेको अराजनीतिक फोटोले चाहिँ मेरो मन छुनसम्म छोयो। फोटोमा रौटहटको नमुना गाविस गैडाटारस्थित, छानोविहीन जनता माध्यामिक विद्यालयका विद्यार्थीहरु साउनको यो चर्को घाममा किताब टाउकोमा राखेर पढ्दै गरेको कारुणिक दृष्य कैद छ। चर्को घाम छल्न उनीहरु यसरी टाउकोमा किताब राख्थे भने पानी पर्दा अ‍ोत लाग्न भागाभाग हुनुपर्छ रे।

फोटोले मलाई बाल्यकालको स्कुले जीवनको सम्झना गरायो। आजभन्दा करिब २४ वर्षअघि मैलै एक कक्षा पढ्दाताका हाम्रो कक्षामा विद्यार्थी बस्ने बेञ्चहरु थिएनन्। हामीहरु माटोको भुँइमा गुन्द्री, चकटी वा बोरा ओछ्याएर पढ्दथ्यौँ। त्यो समय र यो समयको बीचमा एक चौथाई शताब्दी बितेको छ। यसबीच राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा विभिन्न क्षेत्रहरुमा व्यापक र कल्पनै गर्न नसकिने परिवर्तनहरु भए, तर विडम्वना हाम्रो देश भने उस्तै छ। २४ वर्षभन्दा अगाडि पढ्ने विद्यार्थीले भोगेको स्थिति अहिले पढ्ने विद्यार्थीले पनि भोग्दैछ। कस्तो विडम्बना ! यतिखेर राजधानीको तारे होटलहरुमा देशको भाग्यको फैसला गर्न छलफल हुँदैछ, मुलुकको अर्को कुनामा भविष्यका कर्णधारहरुको हरिबिजोग छ।

मैले कक्षा एक पढ्दाको समय देशमा पंचायती व्यवस्था थियो। विद्यालयहरुमा हामीहरु बेन्चको अभावमा भुँइमा गुन्द्रीमाथि बसेर पढ्थ्यौ, तर जनताका आँसु पुछ्ने भन्दै आफूलाई विष्णुको अवतार सम्झने एकथरी मनुवाहरु सुनको कुर्सी (गद्दी)मा बसेर र हीराको टोपी लगाउँदथे, जनताको दुःखको कुरा गर्दै आफूहरु विलासी जीवन बिताउँथे। उनीहरुका छोराछोरीहरु विदेशमा बसेर पढ्दथे, तर जनताका छोराछोरी अर्थात् हामीहरु गुन्द्रीमा बसेर पढ्दथ्यौँ। उनीहरु राष्ट्रलाई एशियाली मापदण्डमा पुर्‍याउने गुड्डी हाँक्दै विदेशी बैंकमा पैसा जम्मा गर्दथे तर जनता झन्- झन् गरिब र देशको समस्या जस्ताको तस्तै।

देशमा २०४६ सालको जनआन्दोलनपश्चात् पंचायती व्यवस्था ढल्यो, बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो। त्यतिखेर भनियो – प्रजातन्त्र जनताले जनतालाई शासन गर्ने प्रणाली हो, हामीहरु जनताका सच्चा प्रतिनिधिहरु हौं। तर भयो अर्कै। जनताका प्रतिनिधि भनाउँदाहरु भुरे राजाहरु भएर पो निस्किए। उनीहरुले आफूलाई विष्णुको अवतार नभनेपनि, राजन नभनेपनि उनीहरुको लवाइ, खवाइ, बोलाइ, हँसाइ, चालचलन कुनै खाँटी राणा वा दरबारिया भन्दा कम भएन, बरु बढी नै भयो। विदेशीले गरिखाऊ भनेर सहयोगको खोलो बगाइदिए। उनीहरुले त्यो खोलोलाई बाँध हालेर आफ्नो घरतिर हुले। तैँले बढी कमाउने कि मैलै भन्ने किसिमको प्रतिस्पर्धा शुरु भयो। शुद्ध नेपाली बोल्न नजान्नेहरु आइस्यो, गइस्योको लवजमा बोल्न थाले, पायल चप्पल पड्काउँदै हिँड्नेहरु पाँच इन्च अग्लो हिल जुत्ता लगाउने भए। उनीहरुको गौँथलीको गुँडको सामु राणाहरुको दरबारहरु झुपडी सावित भए। शहिदहरुको परिवारलाई अन्य राष्ट्रले दिएका छात्रवृत्तिमा उनीहरुका आसेपासेहरु विदेश पढ्न गए, जनताका छोराछोरीको लागि उही पूरानै छानोविहीन स्कूल। नयाँ कुलिन वर्ग जन्मियो, जनता झन् झन् गरिब, देशको समस्या उस्ताको उस्तै।

जनताले ठुलो बलिदानबाट ल्याएको व्यवस्था फेरि दरबारमा पुग्यो वा पुर्‍याइयो। आफ्नो पुख्यौली विरासत थामेका देखिने र सुनिने राजा देशाटन गएर देशवासीको समस्या सुनेको अभिनय गरे तर अभिनयदेखि जनता वाक्क भइसकेका थिए। जनताको गहिरो घाउ अँ बुझे वाक्यको मल्हमले पुर्न नसक्ने भइसकेको थियो। जनताले देखेका थिए, राजा जनताको रगत पसिनाले तिरेको करको रकमबाट आफ्नो लागि बजेट बढाउँदै थिए। जनआन्दोलन भाग २ शुरु भयो। एक्काइसौँ शताब्दीका सिर्जनशील भनिने राजा १९ दिनमा जनतासामु घुँडा टेके, लोकतन्त्र ल्याइयो।

अब हामीले पहिले जस्तो गल्ति गर्दैनौं भनेर उही बासी अनुहारहरुले फूर्ति लगाए। तर दिन कस्तो हुन्छ भन्ने कुराको संकेत बिहानीले गर्दछ भन्ने हो भने लोकतान्त्रिक भनिएको सरकार पनि फेरि नयाँ भुरे राजाहरु जन्माउन उद्यत भए जस्तो लाग्दछ।

भुरे राजा बन्ने कार्यको शुरुवात उपप्रधानमन्त्री खड्गप्रसाद ओली महोदयले गरिसक्नुभएको छ। आन्दोलनताका आन्दोलनमा किन सहभागी नहुनुभएको भनेर प्रश्न गर्दा, आन्दोलनमा कर्मचारी जस्तै दिनदिनै हाजिर बजाउने जाने हो र म – भनेर उल्टै प्रतिप्रश्न गर्ने ओली महोदय, शहिदहरुको रगत र असंख्य जनताहरुको बलिदानबाट प्राप्त लोकतन्त्रको फल खाने भाग्यमानी नयाँ भुरे राजा बन्न लालायित हुनुहुन्छ। सरकार बनेको सय दिन पनि पुगेको छैन, उहाँको जीउडाल र लवाइखवाइमा आएको परिवर्तन जनताले प्रष्टै देखिसके। उहाँको ठाँटबाँट, बान्की र रवाफ पक्का खान्दानी राजनहरुको भन्दा कम छैन। जनताका छोराछोरी तराईको यस मध्य साउनको चर्को घाममा गर्मीमा छानाविहीन विद्यालयमा किताब टाउकोमाथि राखेर पढ्छन्। उहाँलाई बेमौसममा अरुले छातो ओढाउनु पर्छ। जम्माजम्मी एकलाख लाग्दो रहेछ, त्यस स्कूलको छानो छाउनलाई तर लोकतान्त्रिक सरकारलाई मतलब छैन। बरु लोकतान्त्रिक सरकार सजायको भागेदार निरंकुश राजालाई बजेटको नजराना चढाँउछ अनि अझै फूर्ति गर्छ, हेर, हामीले राजालाई दिएको पैसा घटायौ कि घटाएनौँ – इतिहास बुझेका जतनाको सामु यो भन्दा सफेद झुठ अरु के हुनसक्छ – उही संस्कार, उही परिपाटी, उही सपना बोकेका लोभीपापीहरुको झुण्डबाट आमूल परिवर्तनको आश कसरी गर्न सकिन्छ र – तैपनि जनताले त सुध्रिन्छु भन्नेलाई एक मौका मात्रै दिएका हुन्।

दशैँ महोत्सव भन्दा पहिले यतिखेर राजधानीमा राजनैतिक मेला लागेको छ, ठूलाठूला सपनाका किनबेच हुँदैछ। लोकतान्त्रिक सरकार, सिर्जनात्मक प्रतिपक्ष, माओवादी, यस मेलामा ठूलाठूला सपनाका व्यापारहरु गर्न लागेका छन्। तर राजधानीबाट एक सय किलोमिटर पनि टाढा नभएको धादिङका धनबहादुर प्रजाको एक छाक मासुभात ढुक्कसँग खाने सपना अहिलेपनि ज्युँकात्युँ छ। द्वन्द्वको उत्पत्ति कसरी हुन्छ भनेर हेर्न, जान्न, बुझ्न, कुनै विदेशी विशेषज्ञ झिकाउनै पर्दैन। धानमा कार्तिके भिजाउने बेलामा पानीकुलोमा हुने झगडा हेरे पुग्छ। जहाँ सीमीत स्रोतको असमानुपातिक वितरण हुन्छ, विभेद, असमानता र शोषण, दमन हुन्छ, स्वाभाविक छ त्यहाँ द्वन्द्व हुन्छ।

हाल विश्वमा तीन दर्जन भन्दा बढी देशहरुमा गृहयुद्ध चलिरहेको छ। अभाव र भ्रष्टाचारको पर्याय बनेका अफ्रिका, दक्षिण पूर्वी एसिया र ल्याटिन अमेरिकी मुलुकहरु द्वन्द्वको मुहान बनेका छन्। देश फरक छ तर सबैको कारण उस्तै छ। स्रोतको असमानुपातिक वितरण, भेदभाव, असमानता, भ्रष्टाचार, शोषण आदि। र, त्योसँगै जोडिएको शासक र शासित बीचको भयङ्कर आर्थिक र सामाजिक खाडल।

त्यसकारण, जबसम्म राजधानीको आफूलाई कुलिन भन्ने वर्ग एकै रातमा करोडौं सकाएर छोरीको बिहे गरिरहन्छ अनि धादिङ फिस्लिङको चेपाङ परिवारलाई जिन्दगी भर एक सयको रुपैयाँको नोट कस्तो हुन्छ भन्नेसम्म थाहा हुँदैन, द्वन्द्वको दीर्घकालीन समाधान हुनै सक्दैन। २००७ साल र २०२९ मा हतियार उठाउनेहरु २०४६ सालपछि सत्तामा गए। २०५२ सालमा हतियार उठाउनेहरु यतिखेर सत्तामा जाने तरखरमा छन्। जबसम्म परिवर्तनपछिको सत्ताले नयाँ एकपछि अर्का भुरे राजाहरु जन्माइरहन्छन् र जनताहरु उनै भुरे राजाहरुबाट शासित भइरहन्छन्, देश द्वन्द्वको भुमरीमा परिरहन्छ। २ वटा भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरेका माओवादीहरुले १० वर्षमा ३० हजारको हाराहारीमा हतियारहरु बटुलिसके।

यसले नै पुष्टि गर्दछ कि हतियार बटुल्नु गाह्रो होइन, जब दिमागले हतियारको माग गर्दछ र त्यो बाहेक अन्य कुनै विकल्प देख्दैन। त्यसकारण अहिले माओवादीको हतियार सबै नै व्यवस्थापन गरेर लगेर थन्काए वा नष्ट गरेपनि, भोलि अर्को वादीले हतियार जम्मा गर्न सुरु गर्दछ। सवाल हतियारको व्यवस्थापन भन्दा पनि हतियार बोक्ने हातहरुको व्यवस्थापनको हो, हतियार चलाउन तयार हुने मन र मस्तिष्कहरुको व्यवस्थापन हो। त्यसकारण चर्का प्राविधिक कुराहरु गर्न छाडेर द्वन्द्वको प्रमुख कारणको निरुपरण तिर लागौं। होइन, लोकतान्त्रिक सरकारले पनि फेरि भुरे राजा जन्माइरहने हो भने देश फेरि दीर्घकालीन रक्तपाततिर लम्कन्छ। त्यतिखेर पछुताउनको लागि पनि निकै ढिलो भइसकेको हुनेछ।

[पाहुना ब्लगर उत्तम अमेरिकामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ]

18 Comments

  1. Thanx For Writting umesh babu. Kati Ramro Man Chhune News Lekhnu Bhayo so i am happy. Ab Yasta Danab Rubi Neta Haruko Shalyakriya Chadai garnu Parchha. Iniharu Satej Ma Yauta Kura Garchhan ANi Aafaile Tesko Bhanda for Garchhan. Ini Haru Bhaneko Deshako Kalankit Hun…Ini haru boliko thegan hudain. Girija Babu Aaj Pradhan Mantri Huda Uhakai Pau Chhun Janchhan. Feri Bholi Ser Bahadur AAya Bhane Chala Yastai Hunchha. Ini haruko chhora chhori bidesha ma padhne ini haru janatalai marer masti mahal ma basne. Ab iniharu Netaharuko Birudda ma Arko Aandolan Garne Bela BHayako Chha.
    Dhanya Bad…
    Kapilwasti
    9841535781,boudha

  2. Badi gafa garnu vanda Ramhari ji ko kura thik ho
    Baru Uttam ji le money collection garera school ko administration lai dinu huncha vane hami help garna sakchau

  3. huna sakchha chhana nabhayeko school hola tara timiharu taukoma kitab rakh ma picture linchhu bhane jasto lago. nabhaye sapaiko tauko ma kaha kitab hunchha ra ?
    yo auta dukha ko kura nai ho tara ma camaraman ko kusalta yaslai mandina

  4. I think whatever is written by the blogger is absolutely right, the main intention of all our politicians from the past till the present has been money and power, whatever options they had to take and they needed to take to obtain this they did try all options. They divided the nations with their ideas of communism or capitalism but we really didnt understand them. There has been always one reason behind the success of the unfaithfuls to reach their goals and that is simply because they are able to divide Nepalese, if we had been united from the very begining like we are at the moment I doubt if there would have been any rising of the corrupted so called leaders, I dont agree to call them as leaders, they are misguiders and we were misguided. I hope we will not let the opportunity to rebuild the nation and bring about the union of all Nepalese. We hope the days will come when we can proudly say we are independent.

  5. बाँदरको हातमा नरिवल भनेझै भयको छ यो लोकतन्त्र अहिलेको नेताहरुलाई । यिनिहरुको फुर्ती ठुलो तर कुरा भन्दा काम गराइ फरक । भनाइ र काम गरैम कुनाइ तालमेल छैन । सथि उत्तमजि ले राखनु भएको बिचार एकदम सहि छ । अब त लाग्न थालिसक्यो यिनिहरु कमाउनकै लागि मत्र जनताको प्रतिनिधि भए जस्तो छ । यि दुइ चार वटा समस्या को समाधन गर्न नै यिनिहरुलाइ बर्शौ लाग्छ जस्तो छ यिनिहरु लाइ । अब फेरि एक पटक यि नेताहरुलाइ तह लगाउन आन्दोलन गर्नु पर्ला जस्तो छ ।

  6. khai k leekhu..janat la rajtantra ko samul aanta ko lage baledal gara tara YE MOREETERY RA KAJU KANCHA haru 4 barsa ratna park ko gai jatra la na aagayara aba sadan ma jatra gardai chan khai kaila janta ko hat ma sasan aauna ho kaila yo gayana ra paras lai desh neekala garna ho,JANTA KO AAWAZ CHA RAJTANTRA KO AANTA HO TARA KEENA YE HUTE HARA HARU JETHO CHORE PANE RAJA HUNA PAUNA ,,YA 5 JANA LAI MATRA SHREE 5 KO PADABE..AADI ETEDEE YO JANTA KO CHAHANA HOINA JANTA KO AAWAZ HO RAJTANTRA KO AANTA…LAU KAJU KANCHO SAKDAINAS BHANA CODDE KURCHEE CHATA WADERA MAKHA NA PAR CHOTE ……………..

  7. साथी हो के हामी विदेशमा हुनेले त्यो स्कुलको छानो छाऊन मात्र १० डलर सहयोग गरौ न कसो होला? यो धेरै फगत टिप्पणीले केहि हुदैन।यो प्रयास कस्तो होला?म तयार छु १० डलर दिन। फुर्ति लाको हैन। सहयोगको नया प्रस्ताव हो मेरो।

  8. Very true of the Nepalese life and political situation where polician and powerful people are free to display their ugly face, brutality and practice corruption. Hope the alertness and self education process will stop those corrupts to rise in polical ladder and genuine leader will emerge one day fulfill people’s aspiration. If we had a go all these so called neta should have been “Bhakured” long time ago.

  9. JUNAI JOGI AIPANI KANAI CHIREKO NAMJAI BHIREKO ….. JUNAI PARTY OR MANCHE AIPANI SURUMA AFNO DUNO SOJAUNE TIRA LAGCHAN.. MA TA DEKCHU KI SABAI AFNO SWARTHI BHAWANA LIARA AIKO CHA…..TASBIRMA DEKHEKO JUN BIDHAYALAKO DIRSYA CHA TESLE PAKKA PANI SABAIKO MAN CHUNCHA HOLA BICHARA YE BHABISWA KO KARNADAR HARU…..
    KAHILE KUN DIN NETAHARU KO DHYAN TETATIRA JALA….

    YAHA NETA HARU CHAI KURSI TANATAN NATRA COMMISSION KO BATO MATRA KURI RAKHEKA CHAN….

  10. If we continue voting like these people again, lets not dream development of our nation. Chapalle mora haru, birse inle gundruk pani khana napaye ko.

  11. उत्तमजी धन्यवाद ।
    सटिक टिप्पणीयुक्त लेखको लागी ।
    देशको विगत देखि वर्तमान सम्मको अवस्था र सम्पूर्ण द्वन्दको जड तपाइले भनेझैं श्रोतको असमान वितरणको उपज हो । र यसको धरातल भनेको सामन्ति सामाजिक तथा राज्य संरचना(Structure) हो । यस प्रकारको सामन्ति संरचना अहिलेका पार्टिहरुमा पनि व्याप्त छ । नेपाली काङ्ग्रेसमा कोइराला खानदानको प्रभुत्व होस वा एमालेका काजु कान्छा प्रवृति वा राजपा का सुवथा सवै प्रकारन्तले सामन्ति वर्ग धरातलको प्रतिनिधित्व पात्र हुन । अतः यिनीहरुको मुख्य उदेश्य आफ्नो वर्ग धरातलको संरक्षण र पक्षपोषण नै हो ।
    अहिले उठिरहेको हतियार व्यवस्थापन वा माओवादि द्वन्दको समाधानको कुरामा होस वा वेमौसमको वाजाझैं संविधान सभा गर्ने भन्ने पार्टि र सरकार संविधान सभाको अघि (जसले नेपालको राजतन्त्रको भविष्य को फैसलानै गर्ने छ र यदि कुनै षडयन्त्र विना हुने हो भने प्रचण्ड वहुमतले लोकतान्त्रीक गणतन्त्रतात्मक संविधान वनाउने छ ) राजउत्तराधिकारि सम्बन्धि विधेयकमा अलमलिने होस वा राज्य पुर्न संरचनाको विषयमा आलटाल गर्ने प्रवृति वा सेनाको अगाढि नतमस्तक हुने कुरामा होस सवैमा विधमान राजनैतिक दल का अधिकांश वुढा नेतृत्व तथा वर्तमान सरकारका अधिकाशं सदस्यहरुको सामन्ती वर्ग धरातलका कारण नै भइरहेको छ । अतः देशमा पुन एक जनक्रान्तिको खाँचो छ जसले राजनैतिक पार्टि देखि सेना तथा समग्र राज्य प्रणाली लाई नै सामन्तवादको दलदलवाट वाहिर ल्याउन सकोस ।

  12. Hi, Mr Kaju Kanchho Oli Khadka prasad
    Aafno chhata pani aafule samauna nasakne Ke Uppradhan matri Bani rako comunist ko Bejjat garera. You are very silly leaders. I don’t liked at all Our Army brother to help you to carry Umbrella. I hate it you are very bad person.
    Megh Singh

  13. Uttamjee,
    Tapaika babako natra hajur baa ko daat jharisakeko hola tara Oliko daat ta sabai chha jasto chha. Yesari loktantra kasari chalchha. Haina ta?

  14. This is a 100% true. Our politicians have two targets-
    1. To earn money as much as they can in any way they find.
    2. To show themselves a so-called “Khaandanee” in front of others even they have the mind of a donkey.

Comments are closed.