Category फोटो ब्लग

राजनीतिक तनावका बीच मच्छिन्द्रनाथको रथयात्रा

२०६२ चैत २५, शुक्रबार राजनीतिक तनावका कारण अनिश्चित बनेको मच्छिन्द्रनाथको रथयात्रा कर्फ्यु नलगाइएपछि हिजो अपराह्न ४ बजे सुरु भयो। दरबारनजिकैको तीनधाराबाट सुरु भएको रथयात्रा रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुर्‍याइएको छ। कर्फ्यु नलगाइएमा आज असनबाट बसन्तपुरसम्म रथ तानिनेछ। रथ भोटाहिटीमा पुगेपछि…

त्यो चैत २४ र यो चैत २४

२०६२ चैत २४, बिहीबार माथिको फोटो आज अपराह्नको हो। स्थानः नारायणहिटी राजदरबारबाट अगाडिको मार्ग। एउटा त्यो चैत २४ थियो (२०४६ को आन्दोलनताका) जतिबेला योभन्दा ठूलो जनसागर रत्नपार्कतिरबाट नारायणहिटीतिर अगाडि बढेका थिए र आज यो चैत २४ जतिबेला यी मानिसहरु…

…तर पुत्ला जलेन

आठविद्यार्थी संगठनहरुले आज क्याम्पसअगाडि निरंकुशताको पुत्ला जलाउने कार्यक्रम थियो। तर पद्मकन्या क्याम्पसमा पुत्ला प्रहरीले खोसिहाल्यो। जलाउन पाएनन्। त्यसपछि उनीहरुले क्याम्पसअगाडिको सडकमा थोत्रा कुर्सी र कागजहरुलाई पेट्रोल छर्केर आगो लगाई चर्का नाराबाजी गरे। यससम्बन्धी भिडियो ब्लग बनाउँदैछु। अहिलेलाई भित्र…

राष्ट्रिय झण्डाको माया

२०६२ चैत २१, सोमबार मण्डलेहरु ? हैन ! राष्ट्रिय झण्डा बोक्नेहरुले यसको दुरुपयोग गरेका कारण झण्डा बोक्नेहरुलाई मण्डले ठान्ने निकै नराम्रो सोच अहिले बढेको छ। यी युवा निरंकुशताका अन्धभक्तहरु हैनन्। आज अपराह्न युवराज दम्पती लामो विदेश भ्रमणबाट काठमाडौं…

शीर्षक नै राख्न आएन मलाई त

२०६२ चैत १६, बुधबार लोकतन्त्रका पक्षमा आज जनजातिहरुले गरेको विरोध प्रदर्शन। त्यसो त देशमा नै एउटा ग्रहण लागेको छ, कहिले हट्ने हो त्यो ग्रहण कुन्नि ! यो वर्ष तीन वटा ग्रहण लागे। अन्तिम ग्रहण भने आज थियो। आजको दिन इन्टरनेट…

फोटो फिचरः पेरिसमा प्रवासी नेपालीको विरोध

पेरिसमा आइतबार भएको विरोध प्रदर्शनका तस्वीरहरु मध्ये पहिले प्रस्तुत नएका र केही फरक देखिने फोटोहरु यहाँ प्रस्तुत गरेको हुँ। सबै फोटो पेरिसबाट अनुराधा पौडेलले खिचेर पठाउनुभएको हो। बाँकी फोटो भित्र छन्

कता हराए 'लिटिल बुध्द' ?

‘लिटिल बुध्द’ नभएपछि सून्य देखिएको उनको ध्यानस्थल। इन्सेटमा ध्यानमग्न बम्जन। अपडेट (फागुन २९): सोमबार बिहानसम्म बेपत्ता भएका रामबहादुर बम्जनको कुनै अत्तोपत्तो छैन। शुध्द गरेर पूजाआजा गरे फर्किन्छन् भनी आइतबारदेखि भूमिसिध्दि र नागपूजा थालिएको छ। तीन दिनसम्म यस्तो पूजा जारी रहने…