– प्रकाश अविनाश – करिब तीन चार महिनादेखि उनको व्यवहार अनौठो देखिन थालेको थियो । खास गरी मोबाइल फोनको सन्दर्भमा । यसअघि उनको मोबाइल कहाँ रहेको हुन्थ्यो उनैलाई थाहा हुने थिएन, धेरै जसो मेरो मोबाइलबाट कल गरेर पत्ता लगाउनु पर्थ्यो । जहाँ जति बेला जसले पनि खोलेर हेर्न, गेम खेल्न, कल गर्न सक्थ्यो , किनकि… Continue reading
Author: mysansar
बाह्रखरी कथा विवाद : दोषी लेखक कि निर्णायक?
-मनीष उप्रेती- साहित्यमा ‘हजार’ नगदका पुरस्कारहरुको पनि खुबै चर्चा हुन्छ भने यो त एक लाख नगदको पुरस्कार। बाह्रखरी बुक्सले गत वर्षदेखि सुरु गरेको एक लाख नगदवाला ‘राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता’ यसपालि ठूलै विवादमा फँसेको छ। खासमा वैशाख १२ मा नै प्रतियोगिताको नतिजा घोषणा हुनु पर्ने थियो, तर लकडाउन भएका कारण दुई महिना पछि सारेर… Continue reading
किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?
अहिले फेरि विभिन्न ‘नाम चलेका’ नेपाली अनलाइनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘सगुनमा लगानी गरौं’ जनाउने किसिमका सामग्रीहरू देखा पर्न थालेका छन्। सगुनको यस्तो गुनगान गएको दुई दशकमा विभिन्न चरणमा नेपाली सञ्चार माध्यममा पटक-पटक भएको देखिँदै आइरहेको कुरा हो। तर बारम्बार अनेक चमत्कारिक दाबी गर्दै आएको यो कम्पनी के यस्तो स्तुति गाइरहने लायककै छ त? किन… Continue reading
के हामी ढुंगेयुग मै छौँ? ब्राह्मण परिवारकी बुहारी बन्दाको मेरो अनुभव
-सृष्टि शाह- रुकुम घटनाले आज हामी नेपाली मात्र नभई यो संसारमा भएका सबै मानव जातिको मुटु कामेको छ। यस्तो निन्दनीय घटना गराउने सबैलाई राज्यले कडाभन्दा कडा सजाय गरोस्। ताकि अब यही सम्झिएर फेरि जातपात र छुवाछुतको कुरा गर्न पनि मुटु कामोस्। यो संसारमा तुच्छभन्दा तुच्छ विचार भएका यी ठूलो जात भनिने मानिसहरुलाई नङ्ग्याउन एकदम जरुरी… Continue reading
रुकुम घटनाले सम्झाएको जातीय विभेद, युरोपको नेपाली समुदायमा पनि छ विभेद
-सन्तोष न्यौपाने/बेल्जियम- “तल्लो जात भएको भन्दै अरू सबैलाई बोलाए तर म र मेरो साथीलाई घरमा लगाएको पूजा कार्यक्रममा निम्तो गरेनन्। तर पछि आमाबुवाको आज्ञा भन्दै आफू चोखो बन्न खोजें उनीहरू।” बेल्जियममा बस्दै आएकी एकजना दिदीले मलाई सुनाउनुभएको कुरा हो यो। कारण- उनीहरु दमाई, कामी जातका थिए। बेल्जियममा लामो समयदेखि बस्दै आएकी मनसुवा परियारको आफ्नै दुखद… Continue reading
यी प्रमाणले देखाउँछ लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै हो
-नेपालडायरी- नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गर्यो । जब त्यही भूमि हुँदै मानसरोवर जाने सडक भारतले उद्घाटन गर्यो, नेपालले पनि प्रत्युत्तरमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्यो । फलस्वरूप नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । सुगौली सन्धि (४ मार्च १८१६ )पछि नेपालले विधिवत् रूपमा काली नदी (महाकाली)पारिको जमिनमा आफ्नो… Continue reading
संस्मरण साहित्य : सिकार
– गोविन्द बेल्वासे – गरीबहरू खानको लागि सिकार गर्छन्, सम्भ्रान्तहरू रहरले सिकार गर्छन्। विक्रम सम्बत २०३० सालमा तौलिहवाबाट हाम्रो गाउँमा सिडियो सहितको टोली सिकार खेल्न आएको थियो। पूर्व पश्चिम राजमार्ग बन्न सुरू मात्र भएको त्यो अवस्थामा तौलिहवा अहिलेको बुटवलको तुलनामा बढी नै चहलपहल हुन्थ्यो। त्यस समयमा भारतसँग पीच बाटोले नेपाल जोडिएका चार बजार मध्येको एक… Continue reading
कोरोनालाई एक डाक्टरको पत्र
आदरणीय कोरोना, संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तँपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फबाट नमस्कार छ। कोरोना, तपाइँको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइँ सारा संसारको चासो हुनुभएको महिनौँ भइसकेको छ। तपाइँ हाम्रो देशमा आएको नै दुई महिना पूरा भएछ। मलाई त सुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको… Continue reading
कोरोना काल : हुनेखानेको चलेकै छ हुँदाखानेको बेहाल
-एलिजा हुमागाइँ, जर्मनी- नेपाल, दक्षिण एसियाको एक भूपरिवेष्टित राष्ट्र। नेपालको ग्रामीण परिवेशको एक उदाहरण दिएर नेपाललाई चिनाउने हो भने हरेक चाडवाडमा मुखियाको मुख ताक्नुपर्ने गरिब किसान जस्तो। मुखियाको मुख ताक्न त उसले परिश्रम गरेको छ, राष्ट्र सङ्घ वा विश्व स्वास्थ्य सङ्गठनको मुख ताक्न नेपालले के गरेको छ? गाउँ नै गाउँले भरिएको, गरिबीको निम्न रेखा भन्दा… Continue reading
प्रधानमन्त्री ओलीको शक्तिको श्रोत र विरोधका आयाम
-मनोज बाबु पनेरु- दुई तिहाइको प्रधानमन्त्री हुँदै सबै भन्दा लामो समयसम्म टिकेका (नफेरिएका) निर्वाचित प्रधानमन्त्रीको रेकर्ड तिर आँखा लगाउँदै गरेका श्री खड्ग प्रसाद ओलीको शक्तिको श्रोत के हो ? सत्ता शक्तिको श्रोत विगतमा बल, वंश हुँदै लोकतन्त्रको स्थापना पछि अङ्कमा (संसद् सङ्ख्या) पुगेको निर्क्योल उत्तरको एक कुनो मात्र हो, बाकी पहेलीहरु छन् । चुनावको प्रक्रियाबाट… Continue reading
उद्देश्य उल्टियो, मन्त्र पुरानै
– गोविन्द बेल्वासे – प्रधानमन्त्री खड्ग प्र. ओलीको राजनैतिक उचाइ चारु मजुमदारसंग जोडिएर सुरु हुन्छ । झापा आन्दोलन कोअर्डिनेशन कमिटीको भावनाबाट जतिजति पलायन हुँदै गए त्यत्तित्यत्ति ओली पनि सत्ताका सिँढी चढ्दै गए । उनको सुरुको राजनैतिक भावनाका गुरु भने भारतको नक्सलीहरु नै हुन । ओलीले उतिबेला तारो बनाएका वर्ग दुस्मनको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएर… Continue reading
कोरोना : आत्मबल बढाऔँ, रोगले भन्दापनि डर र त्रासले नखाओस् !
डा. मुक्ति अर्याल/टेक्सास,अमेरिका कोरोना रोग लाग्न नदिन जुन होसियारी अपनाइएको छ -घर भित्रै बस्ने, हात धुने आदि। त्यसमा मेरो आपत्ति छैन। मेरो चिन्ता यदि होसियारी गर्दा गर्दै पनि रोग लागे के गर्ने भन्नेमा हो। कोरोनाको कारणले गर्दा हाम्रो वरिपरिको वातावारण त्रासमय बनेको छ। डर, पीर र चिन्ता थपेको छ, जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ।… Continue reading
आहा, त्यो नयाँ वर्ष !
– सन्तोष न्यौपाने, बेल्जियम – फूलहरू त धेरै थिए तर गुलाफको फूल मन पर्यो साथीहरु त धेरै थिए तर तिमीलाई नै मन पर्यो यिनै सुभेच्छाका साथ तिमीलाई नयाँ वर्षको शुभकामना। कक्षा ९ मा पढ्दै गर्दा यही सायरी लेखेर साथीलाई पोस्टकार्ड मार्फत् नयाँ वर्षको शुभकामना पठाएको थिएँ। तर मैले पठाएको कार्ड जसले पाउनु पर्थ्यो उसले नपाएर… Continue reading
कोरोनाको वक्ररेखा र कठिनतम अबको दुई हप्ता
-रविन्द्र सुवाल- केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका अबको दुई हप्ता कठिनतम समयमा गुज्रिनेछ’ भनेर सम्वोधन गरेका थिए। यसैगरी मंगलबार प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो सम्वोधनको क्रममा ‘नेपालको अबको दुई हप्ता चुनौतीपूर्ण हुन सक्ने’ प्रक्षेपण गरे। नेपालको प्रधानमन्त्रीको दुई हप्ते प्रक्षेपणलाई विभिन्नले विभिन्न ढंगले अर्थ्याए। कसैले लकडाउन अझै दुई हप्ता बढ्ने अनुमान लगाए। कसैले अबको… Continue reading
क्वारेन्टिनको रहर आयो बरी लै, तर मापदण्ड?
-रविन्द्र सुवाल- अहिले देशमा कोरोनाको महामारी फैलिरहेको छ। यसमा विभिन्न क्षेत्र र तहले आफूले सक्ने काम गरिरहेको छ। तर यो महामारी अन्य विपद् भन्दा फरक छ। यस विपद्मा कसैको हेल्चक्रयाईँ वा हिरोइज्म (Heroism) बन्ने लालसाले समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। यहाँ प्रसंग क्वारेन्टिन (हाम्रोमा क्वारेन्टाइन लेख्ने चलन छ। खास उच्चारण चैँ क्वारेन्टिन… Continue reading
कोरोना मारमा जेष्ठ नागरिक, बेल्जियमको अनुभवबाट नेपालले सिक्नुपर्ने विषय
-सन्तोष न्यौपाने,बेल्जियम- “गुड आफ्टरनुन इचेन। तिमी केही पिउँछौं ?” ढोका ढकढक पार्दै प्रश्न तेर्स्याएँ। “पैसा तिर्नु पर्ने हो?”उनी बोलिन्। “हैन पर्दैन। सित्तैमा हो है,” मेरो प्रतिउत्तर थियो। “अँ पिउँछु। जुस देऊ प्लिज।” उनले जवाफ फर्काइन्। “तिमीले दिएको एक गिलास जुसको लागि धन्यवाद.” इचेनले मुस्कुराउँदै भनिन्। “तपाईंले धन्यवाद मलाई होइन, डाइरेक्टरलाई दिनुहोस्। यो उहाँको तर्फबाट तपाईंहरूलाई… Continue reading
कसरी बच्ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय
-डा. जेबी आले मगर/अस्ट्रेलिया- कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। आफूसँग… Continue reading
कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?
-डा. सन्देश दाहाल- कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाई “सामान्य रुघाखोकी” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकी चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रो… Continue reading
‘राजधानी’मा गलत समाचार कसरी छापियो? समाचार लेख्ने पत्रकार यसो भन्छन्
-प्रशान्त वली- यदि नेपालमा दुई हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट देखियो भने न त कोरोना परीक्षण गर्ने प्रविधि तयारी अवस्थामा छ न त चिकित्सकहरुनै पर्याप्त मात्रामा छन्। न स्वास्थ्य उपकरणदेखि व्यक्तिगत सुरक्षात्मक उपकरण (पि.पी.ई) अस्पतालहरुमा आवश्यकता अनुसार छन्। त्यसैले पनि अहिलेसम्म कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ।… Continue reading
के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?
—दधि अधिकारी— ** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ । ** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा… Continue reading