-अमृता लम्साल- सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ। त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो… Continue reading
Author: mysansar
नेताहरु विदेश आउँदा रक्सी र चिकन चिल्ली खाएर दोहोरो नागरिकता पाउनु पर्छ भन्ने, अहिले बल अदालतमा फ्याँक्ने !
-आर. क्षेत्री- नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। संविधानको व्यवस्था अनुसार कानुन बनाउन सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिसकेको छ र यसमा दफावार छलफल भइसकेको छ। विधेयक पारित भएपछि कानुन बनेर लागू हुन्छ। तर गैर आवासीय नेपाली नागरिकता भनेको चाहीँ अझै बुझ्न सकिनँ मैले। खासमा त्यसलाई आइ.डी.… Continue reading
सिस्नुपानीको देउसी भैलो : सरकारलाई खबरदारी कि चाकडी?
-रविन्द्र प्याकुरेल- सिस्नुपानी नेपाल नामको एउटा संस्थाले देउसी भैलोलाई एक्सटेन्डेड भर्सन अफ गाईजात्रा बनाएको धेरै भइसक्यो। बरु यसपालि गाईजात्रा प्रज्ञा भवनमा भएको थिएन, सिस्नुपानी देउसी चाहिँ भयो। अचम्म के छ भने यो गाईजात्रा पाराको व्यङ्ग्यात्मक देउसी हेर्न सबै विशिष्ट उपस्थित हुन्छन्। यसपालि प्रधानमन्त्री बिरामी भएर मात्रै उपस्थित हुन सकेनन्। नभए सबका सब भिआइपी अरु काम… Continue reading
गुगलको लुगा लगाउँदै बाबुरामले सरकारमाथि लगाएका आठ आरोप : प्रमको स्वभाव फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी
गुगलको लोगो भएको लुगा लगाएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ शक्ति नेपालको काठमाडौँमा भएको महाधिवेशन आयोजक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा’समसामयिक राजनीति र नेकपाको सरकारको समीक्षा’ उपशीर्षकमा वर्तमान नेकपा सरकारप्रति कडा प्रहार गरिएको छ। नेकपासँगै पार्टी एकीकरण हुन लागेको भए पनि चुनावको सिटको विषयमा कुरा नमिलेपछि एकता भाँडिएको थियो। पढ्नुस्… Continue reading
अमेरिकामा नेपालीलाई यौन दुर्व्यवहारको केस : आरोप लाग्दा सबले समाचार लेख्ने, सफाइ पाउँदा लेख्नु पर्दैन?
– सुमन रन्जित – तपाईँहरुमध्ये धेरैले एक वर्षअघि अमेरिकामा एक नेपालीलाई यौन दुर्व्यवहारको केस लागेको समाचार पढ्नुभएको होला। अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका शुद्धोदन रन्जित मेरा मामा हुन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। यो समाचार नेपालका अधिकांश मिडियाले लेखेका थिए।… Continue reading
राष्ट्रपतिको टीका : यतिविघ्न हुँदा पनि किन राष्ट्रपति कार्यालय चुप?
-पुण्यप्रसाद धमला- मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ वर्ष अघिको त्यो दिन स्मरण गराएको छ। २०६८ असोज १९ गते, विजया दशमीको टीकाको दिन। यही दिन हो जतिबेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टीका ग्रहण गरेको थिएँ। सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्,… Continue reading
कथा : सपनीमा दसैँ
– झलक पौडेल – ” आफ्नै गाउँ फर्की आए ” भन्ने एउटा पुरानो नेपाली फिल्मको धुनले म बियुझीए । मेरो पाँच बर्से छोरोले खासै नेपाली बोल्न नजाने नि , हामी दशैको लागि नेपाल जाँदै छौ भने पछि उसले मम्मीलाई भनेर आलरमको घण्टी चेन्ज गरेको रहेछ । मेरो छोरो यही जर्मनीमा नै जन्मेको । उ अझ… Continue reading
श्रीलंकामा शुक्रबारे सरप्राइज : दुई जनाले नै भन्छन् मै हुँ प्रधानमन्त्री
नेपालमा शुक्रबार शुक्रबार पारेर ठूल्ठूला घटना हुने गर्थ्यो। सीताको देश नेपालमा त्यस्तो नभएको धेरै भए पनि रावणको देश लंकामा भने आज त्यस्तै सबैलाई अचम्ममा पार्ने घटना भइदियो। अहिलेको अवस्थामा त्यहाँ दुई जनाले आफू प्रधानमन्त्री भएको दावी गरिरहेका छन्। एक जना हुन् रणिल विक्रमसिंघे, अर्का हुन् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे। दुवैले आफ्नो ट्विटरमा श्रीलंकाका प्रधानमन्त्री लेखेका… Continue reading
फिल्म नदेखाउने तर टिकट बेच्ने एफक्युब हल
-प्रसन्न- मंगलबार काठमाडौँको एफक्युब हलमा साँझ सवा ७ बजेको फिल्म हेर्नका लागि मैले अनलाइनबाट टिकट किनेँ। अनलाइनबाटै टिकटको भुक्तानसमेत गरेँ। तर हलले त आज सवा ७ बजेको शो छैन पो भन्यो। पैसा भुक्तान भइसकेको थियो, तर उनीहरुले पैसा फिर्ता दिन चाहेनन्। म जस्तै यसरी अरु पनि कति ठगिएका होलान्।
मेरो बलात्कार भएको छ
-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ ।” कुरा सुनेर पहिले त ऊ निकै झस्की । नपत्याएझैँ मेरो अनुहार हेरी। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा र निधार खुम्च्याउँदै निहुरिएर भनी, “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ, अझ उसमाथि तिमीजस्तो स्मार्टको?” “तिमीसँग कहिल्यै झूठ बोलेको छु र? त्यही बताउन त आज यहाँ बोलाएको हुँ। के ममाथि… Continue reading
कथा : बलिको बोकाको पुकारा
-राजु अधिकारी – आज उसको मर्ने दिन। उसलाई सबै थाहा छ, उसले सबै कुरा बुझ्छ तर ऊ बोल्न र आफ्ना भावनाहरू अन्य माध्यमबाट व्यक्त गर्न असमर्थ छ। पशु हुनुको सजाय त्यही हो। जतिसुकै पिडा भए पनि जतिसुकै छटपटी भए पनि उसको त्यो पिडा र छटपटी कसैले बुझ्न सक्दैन या बुझ्न चाहँदैन। पाँच दिन अगाडी मात्रै… Continue reading
लाटो देशमा भेडा : प्रोभिजनल कि ओरिजिनल सर्टिफिकेट
– डा. सन्देश दाहाल – माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ। यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो। बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ। एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो… Continue reading
कथा : माछो माछो- भ्यागुतो
-राजु अधिकारी- एक दिन हापुर खोलामा माछा मार्न जाँदा माझी माइलोले खोलाको रहमा बडेमानको माछो देख्यो। हापुर खोलो त्यति ठुलो थिएन त्यसैले त्यहाँ त्यति ठुला माछा पाइन्नथे। चरिंगा, सेताला र सैयाँ नै त्यहाँका मुख्य माछा थिए अनि कहिलेकाही बाम माछाले पनि दर्शन दिन्थे। त्यसैले उसले त्यो रहमा त्यति ठुलो माछो पहिले कहिले देखेको थिएन। त्यति… Continue reading
कर्पोरेट रवि : हङकङमा ७ सय डलर नतिरी देख्नै पाएनन् कसैले
नेताहरुले आफ्ना गुनासाहरु नसुनिदिँदा विरक्तिएका सर्वसाधारण एउटा सुटबुटमा ठाँट्टिएर टेलिभिजनमा प्रस्तुत हुने ठिटोलाई असाध्यै विश्वास गर्छन्। विश्वकै शक्तिशाली देश अमेरिकामा त्यहीँको नागरिक भएर लोभलाग्दो जीवन बिताउन सक्ने अवसरलाई चटक्क छोडेर सर्वसाधारणका ती गुनासाहरुलाई सशक्त ढंगले सम्बन्धित ठाउँहरुमा पुर्याउँदै जाली, फटाहा र भ्रष्टाचारीहरुको दोहोलो काढ्दै आइरहेका छन् जनताका छोरा रवि लामिछाने। उनै रवि हङकङसम्म आइपुग्दा जनताको… Continue reading
अमेरिकामा नेपाली समुदाय र स्थानको उच्चारण : Chicago ‘चिकागो’ हुँदैन तर Michigan लाई ‘मिचिगन’ भनेर हुर्मत
-बाबुराम न्यौपाने- कुनै पनि स्थानको आफ्नो पहिचान हुन्छ। कुनै पनि भाषाको आफ्नै महिमा हुन्छ। त्यसका निर्धारित उच्चारण मान्यताहरू स्थापित भएका हुन्छन् ।यसमाथिको लापरबाही अमान्य र हास्यास्पद ठहिरन्छ।त्यसलाई बिगारेर बोल्यो भने सम्बन्धित स्थानमा बस्नेहरूलाई चित्त बुझ्दैन। त्यो सुन्नेहरूलाई पनि त्यति पाच्य र सहज नलाग्न सक्छ। नेपाललाई ‘निप्पल’ भन्यो रे भनेर खबरहरू अनलाइन समाचारहरूमा आइरहेका अवस्थामा अमेरिकी… Continue reading
कथा : पत्नीव्रता
-राजु अधिकारी- ‘मामु पतिव्रता भनेको के हो?’ दुई कक्षामा पढ्ने छोरीले एक दिन स्कुलबाट आउँदा आउँदै सोधेको प्रश्न सुन्दा उसलाई अचम्म लाग्यो। यति सानै उमेरमा उसले त्यति गम्भीर प्रश्न सोधेकी थिई। ‘कसले सोध्यो?’ उसले छोरीलाई काखा हाल्दै सोधी। ‘जसले सोधे पनि भन्स्यो न, पतिव्रता भनेको के हो?’ छोरीले जिद्दी गरी। आजभोलि जताततै तिजको चहल पहल… Continue reading
९ लाख तिरेर पुगेको पोल्यान्ड : थोरै सत्य, धेरै भ्रम
-रामप्रसाद देवकोटा- अन्ततः विदेश जाने निर्क्यौल गरियो। काठमाडौँ लागियो। कन्सल्टेन्सी खोजेँ। कालिमाटीमा ह्याण्डस फोर हेल्प सञ्चालक ८/१० वर्ष जापान बसेर आएकाले विश्वासिलो लाग्यो। जापान जान १४ लाख लाग्ने र युरोपको पोल्याण्ड जान ९ लाख लाग्ने र कमाई उक्तिकै हुने अनि भविष्य युरोप मा राम्रो हुने भन्ने निष्कर्ष निक्ल्यो। अब प्रक्रिया गर्न तिर लागियो। सुरुमा ४०… Continue reading
काठमाडौँ मोडल अस्पतालमा उपचार गराउँदा यस्तोसम्म भोगियो
-सुवर्ण लता तुलाधर- अस्पताल भनेको बिरामी निको पार्न जाने ठाउँ हो। त्यहाँको क्याबिनमा हिलो पानी निस्केपछि सकिएन? हिलो पानीको भिडियो खिचेको हेर्नु होला। मोबाइल लिन जाँन्दा सम्ममा पानी अलि सफा भइसकेको थियो। क्याबिनभित्र बाथरुममा जाली नै छैन। ठूलो ढलमा पूरा प्वाल। यसको पनि भिडियो खिचेका छौँ। हेर्नुहोला। पैसा भने दुई हातले सोहर्ने, अनि फोहोर कोठा… Continue reading
कथा : ठूलो मान्छे
-राजु अधिकारी – सानो छँदा उसलाई ठुलो मान्छे बन्ने रहर थियो। त्यसमा खास गरी दुईवटा कुराले भूमिका खेलेको थियो। पहिलो कुरो त ठुलो मान्छेहरूले गर्ने कतिपय कृयाकलापहरुमा उसलाई रोकावट थियो जुन उसले गर्न चाहन्थ्यो। केही रमाइलो चिज गर्न खोज्यो ‘यो ठुलो मान्छेले गर्ने काम हो, तँ अझै सानै छस् ठुलो भए पछि गर्लास्’ भनेर आमा… Continue reading
जापानमा नेपालीहरुले देखाएको बहादुरी भाइरल
जापानको राजधानी टोक्योस्थित एउटा नेपाली रेस्टुरेन्टमा नेपालीहरुले देखाएको बहादुरी सामाजिक सञ्जालमा भाइरल भएको छ। टोक्योको सिन्जुकु भन्ने ठाउँमा रहेको टोक्यो रोधी क्लबमा कार्यक्रम हुँदै गर्दा कुर्सी हानाहान गरेर नेपालीहरुले बहादुरी देखाएका हुन्। टोक्योको सबैभन्दा ठूलो हबमध्येको एक सिन्जुकुलाई नेपाली टाउन पनि भनिन्छ। किनभने त्यहाँ नेपालीहरु धेरै नै छन्। आइतबार त्यहाँ एनआरएन फेस्टिभल भएको थियो। खानपान,… Continue reading