-डा. सुमन राज ताम्राकार- म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ, अर्थात् हुँदैछ । हाम्रो त्यस्तो… Continue reading
Author: mysansar
देश गरिब रे, नेता उत्पात धनी
-कृष्ण ज्ञवाली- देश गरिब रे, नेता उत्पात धनी । बोका, भैँसी, कुखुरा, सबैमा कर रे ! प्रतिपक्षमा बसेको काँग्रेसको सिर्जनात्मक विरोध छैन । गगन थापा धन्य एउटा रहेछन् र उनीहरूको साख जोगिएको छ । यी भन्दा माथिका काँग्रेसका नेताहरूलाई सिधै ’राम राम’ खुलेआम भन्दिए ! देउवाले ज्ञानेन्द्रले लगाइदिएको असक्षमको टिका पखाल्न सकेनन् ! सर्वहारा वर्गको… Continue reading
कथा : कैलाशमा गणतन्त्र
-राजु अधिकारी- भगवान् शिवको पार्वतीसँग बिहे नहुँदै उनका परिवार भने पनि साथीहरू भने पनि नन्दी, भ्रिंगी, भूतप्रेत र गणहरू नै थिए। त्यति बेला उनीहरूलाई महादेवले स्वतन्त्र छोडिदिएका थिए। उनीहरूले आफूले गर्न चाहेको कुरा गर्थे, खान चाहेको कुरा खान्थे, डुल्न चाहेको ठाउँमा डुल्थे। महादेवलाई ध्यानमा बस्दैमा फुर्सदै हुँदैनथ्यो, उनीहरूको वास्ता गर्ने समय कहाँ हुनु? केही काम… Continue reading
कथा : उत्तराधिकारी
-राजु अधिकारी – आफूले एकीकरण गर्न सुरु गरेको देशको हालत देखेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई निकै चिन्ता लागेछ।कत्रा कत्रा सपना बोकेर देश निर्माणमा खटेका थिए उनी र उनका सहयोगीहरू तर आज देश केटाकेटीले घरकुली खेलेको पाराले चलेको देख्दा उनलाई रुन मन लागेछ। तर रोएर समस्या त समाधान हुँदैन, केही त गर्नु प-यो भनेर उनले कालु… Continue reading
यज्ञनिधि र पुरस्कार
दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको छ। उनीबारे डा. लेखनाथ काफ्लेले लेखेको यो ब्लग June 19th, 2013 मा माइसंसारमा प्रकाशित भएको हो। श्रद्धाञ्जलि! ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरू वाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्याए । साहित्य… Continue reading
कान्तिपुरको कर्पोरेटीकरणः के सर्वोच्चका पूर्व रजिष्ट्रारले निष्ट कलेजका लागि मोडलिङ गरे?
‘कान्तिपुर कायाकल्पको अर्थ’ लेखेपछि एक चरण लाग्योः अलि बढी नै लेखिएछ कि? नेपाली मिडियाबारे त्यति धेरै संशय गर्ने बेला अझै भएको रहेनछ कि? तर घटनाक्रमहरुले फरक कुरा देखाए । उक्त टिप्पणीमा मैले जे लेखेको थिएँ, अवस्था सम्भवतः त्यसभन्दा पनि नाजुक भइसकेको छ । र त्यसका प्रमाणहरु बाहिर आइरहेका छन् । साउन १२ गते कान्तिपुरको कोसेलीमा… Continue reading
आज भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन
बिहीबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइयो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading
कथा : श्री ३ गिद्ध
– जगदीश घिमिरे – एकदम मध्यान्ह्र पनि कैलेकाहीं गोधुलीजस्तै धमिलो देखिन्छ । चालीस डिग्री सेन्टीग्रेडभन्दा तातो त्यो जेठ हुनु पर्दछ र हुनु पर्दछ आँखाको विस्तारभरि छरिएको बलौटे भूमिको सतहबाट समय समयमा लुको झोक्काले धूलाको ज्वार चुल्याउँदै बगाउँदै गरेको । यौटा मरेको भैंसालाई बल्लतल्ल लढियामा लादेर घरतिर फर्किरहेको लढीवान, यस्तोमा, एकदम मध्यान्हमा पनि, सारा आकाश गोधूलीजस्तै… Continue reading
अपराध गर्यो, यसलाई फाँसी दिऊँ मात्रै भनेर महिला सुरक्षित हुने छैनन्
-सुधन महत- हाम्रो मुलुकमा हिजो-आज नलेखिएको कुनै कथा छ भने त्यो एकान्तको छ। समाजको परिवर्तनसंगै हामीले बिशेषत: हाम्रा छोरी, चेलीहरुले भोगेको र देखेको ईतिहासका अनेक जीजिविषाको फिल्टर्ड अस्तित्व कतै छ भने त्यो एकान्तमा छ। एकान्त र मौनता परिस्थिअनुरुप असल र खराब, भय र रौष, आशा र निराशामा बद्लिरहन्छन्। जस्तो चैत्यको मौनता र मशानको एकान्त, एकान्तको… Continue reading
कथा : मलमासको अन्त्यमा
– केडी रेम्नीसीङ – ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै… Continue reading
तीन हप्तापछि हटाइयो अस्पतालको छतमा दुर्घटना भएको हेलिकप्टर
आजभोलि अस्पताल र केही अग्ला घरहरुको छतमा पनि हेलिप्याड बनाउने गरिएको छ। तर यस्ता हेलिप्याडमा दुर्घटना भएको भने पहिलो पटक गएको असार १५ गते सुनियो। त्यो दिन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको थियो सिम्रिक एयरको एउटा हेलिकप्टर। तीन हप्तापछि आइतबार त्यसलाई अस्पतालको छतबाट तल झारिएको छ।
विज्ञान कथा : सिको
-कुमार सिंखडा- “ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला… Continue reading
यस्तो पनि इम्बोस्ड नम्बर प्लेट?
– रविन्द्र – अस्ति माइतिघरदेखि सिंहदरबार को ट्राफिक जाममा मैले देखेको नम्बर प्लेट हो यो। हाम्रो बुझाइमा इम्बोस्ड नम्बर प्लेटमा अक्षर अलिक उठेको हुन्छ। तर यो तस्बिरमा हेर्नुस् त – झण्डा को रंग – ० (सुन्ना)। सुन्ना अलिक जोडिएको हुँदैन। – दुईवटा AA बीचमा स्पेस।
आदिकवि भानुभक्त आचार्यको वधु शिक्षा – हाँस्नू छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन्
आज आदिकवि भानुभक्त आचार्यको जन्मदिवस। भानुभक्तले रामायणमात्र हैन, वधु शिक्षा पनि रचेका थिए। वधु शिक्षा त्यतिबेलाको समाजका लागि ठीक हो भनेर विद्वानहरुले जोरी खोज्न आए पनि अहिले पढ्दा थाहा पाइन्छ- त्यतिबेला नारीहरुलाई कस्तो व्यवहार गरिन्थ्यो। तारापति नामका एक जना साथी कहाँ बास बस्ने क्रममा भएको झगडा देखेर उनले यो ३३ श्लोकको वधु शिक्षा रचेका थिए।… Continue reading
यसरी खिचेँ मैले ‘कल्चर एन्ड टुरिजम’ मा पहिलो पुरस्कार जित्ने फोटो
पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७५ का अधिकांश पुरस्कृत फोटोहरु फोटो पत्रकारहरुले जिते। तर कल्चर एन्ड टुरिजममा पहिलो पुरस्कार जित्ने पत्रकार थिएनन्। पुरस्कृत फोटो पनि अनौठो खालको थियो। अहिलेसम्म जीवित देवी कुमारीका राम्रा फोटोहरु मात्रै देखिरहेकाहरुलाई मुख बिगारेको यो फोटो नौलो थियो। फोटो खिच्ने किरण श्रेष्ठले यो फोटो खिच्दाको अनुभव यसरी बयान गरेका… Continue reading
ताङतिङ गाउँका मनमोहक दृश्य
-राजु आचार्य – गुरुङ गाउँहरु पाहुना सत्कारमा उत्कृष्ट हुन्छन्। ताङतिङ नहुने कुरै भएन। यो कास्की जिल्लाको मादी गाउँपालिकामा पर्दछ। मोटर नचले पनि पोखराबाट ६-८ घन्टामा हिंडेर नै पुगिन्छ। तर गाडीहरु नियमित चलिरहन्छन्। बिहान ८ बजे र बेलुकी ४ बजे नियमित बसहरु नै चल्छन्। १७० रुपैया प्रति व्यक्ति तिरे गाउँ पुगिन्छ। करिब ५००० तिरेर रिजर्भ गरे… Continue reading
कथा : त्यो बहुमूल्य पोस्टकार्ड
– मनोज बाबु पनेरु – बाको पुरानो डायरीबाट विनयको डायरीमा थपक्क सरेको थिए, त्यो कविता । आफैले सिर्जना गरेका केही मौलिक हरफहरू जोड जाँड गरेर विनयले एउटा कविता तयार गरेको थियो । यो विनयको पहिलो प्रयास थिएन । पटक पटकको प्रयासले खारिएको विनय अनुभवी थियो । कविता सारेसँगै गायब हुन्थ्यो, त्यो कविता लेखिएको बाको डायरीको… Continue reading
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस र हिमानीको बयान
१७ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न… Continue reading
दुबईमा नेपालीले देखाइदिए इमान्दारी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चान्स पायो कि देखाइदिन्छ भनेर बिहीबार भाषण गरे। दुई चार वटा डल्ला फ्याँकेर चम्किएका सन्दीपको उदाहरण दिँदै उनले यसको भनेका थिए। नभन्दै उता दुबईमा समेत नेपालीले चान्स पाउँदा देखाइदिएका छन्। कुरो के भने नि, केही दिनअघि दुबईको स्टारबक्स क्याफेमा पुलिसको टिमै त्यहाँ काम गरिरहेका नेपाली मिरन कार्कीलाई खोज्दै आए। लौ… Continue reading
१५ हजारमा ५५ इञ्चको स्मार्ट टिभी : दराज अनलाइनसँगको मेरो अनुभव
मेरो कोठाको टिभीले काम गर्न छोडेको पनि धेरै नै भइसक्यो। हेर्ने त्यति फुर्सद पनि हुन्न। बेलुका एकछिन मात्र हेर्ने भएकाले धेरै भयो थन्किएको। फुटबलको महासंग्राम भनेर चिनिने वर्ल्ड कप नजिकिँदै छ। मलाई पनि नयाँ ठूलो टिभी किन्ने जोश चढेको छ। पशुपति यात्रा, सिद्राको व्यापार भने जस्तै, वर्ल्ड कप हेर्ने बहानामा धेरै दिनदेखि थन्किएको टिभी हटाएर… Continue reading