-राजेन्द्र- झन्डै सात बर्ष भो बेलायत आको र यी सात बर्षमा मैले भोगेका देखेका कुराहरु यहाँ हरु समक्ष बाँड्न मन लागेको छ। सुरुका दिनको दु:खको बारेमा कुरा गर्नुपर्दा जो विदेश जाने धेरै जनाले भोगेको हुनु पर्छ, त्यो सम्झिँदा अहिले सपना हो कि जस्तो लाग्छ। आएको भोलिपल्टै नेपाली दाजुले कोठा छोड्न भनेको (उहाँको ससुरा आउने भएर… Continue reading
Author: mysansar
रेकर्डका लागि : एमाले र माओवादी एकीकरणको ६ बुँदे संयुक्त घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा १) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल… Continue reading
के यो मलमास पतिको मुखसमेत हेर्न नमिल्ने कडा हो?
बुधबारदेखि मलमास सुरु भएको छ। यसलाई पुरुषोत्तम मास वा अधिकमास पनि भन्ने गरिन्छ। मलमासमा पूजापाठ, पवित्र कामहरु नगर्न भनिन्छ। त्यसैगरी सबैभन्दा बढी चर्चा चाहिँ लोग्ने र स्वास्नी सँगै बस्न हुन्न भन्ने छ। यो सम्बन्धमा फिनल्यान्ड निवासी जान्हबी हमालले लेखेको ब्लग June 22nd, 2015 मा प्रकाशित भएको थियो। अहिले मलमास सुरु भएको बेला सान्दर्भिक भएकोले त्यो ब्लग… Continue reading
मोदीको दुई दिने यात्रालाई फोटोमा हेर्दा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आए। तीर्थयात्रामा बढी जोड दिइएको यो दुई दिने यात्रामा उनी कहाँ कस्तो भेषमा देखिए, हेर्नुस् फोटोहरु।
चम्के चोक लुक्यो सबै सहरको गन्धा र मैलो हरे, थाहा भो न तिहार हो न त दसैँ मेला छ मोदी अरे : मौलाएको नाकाबन्दी साहित्य
-पुरुषोत्तम लम्साल- मौकामा कहर दियौ कुटेर सारा नाकामा सकस दियौ चुटेर सारा । आशाका किरण लुटयौ रुँदै छ देश सीमामा दनक दियौ लुटेर सारा । प्रहर्षिणी छन्दामा लेखिएको गणेश आचार्यको कविताको यो चार पङ्क्ति दुई वर्षअघिको नाकाबन्दीको सग्लो दस्तावेजको साहित्यिक प्रतिलिपि जस्तै हो। भूँइचालो र नाकाबन्दी दुबै प्रकोपले आहत मनहरूमा गढेर बसेर पीडाको तस्बिरको पर्दा… Continue reading
सरकारी वेबसाइटमा गुगल एड राखेर डलर ‘हाम्’ गर्ने को?
सरकारी वेबसाइटहरु नाफा कमाउने वेबसाइटहरु हैनन्। तिनको सञ्चालन खर्च जनताले तिरेको करबाट उठ्छ। त्यसैले उनीहरुलाई विज्ञापन आवश्यक हुँदैन। सरकारले त विज्ञापन दिन्छ- लोककल्याणकारी विज्ञापन। जनचेतना जगाउने विज्ञापन। तर एउटा सरकारी वेबसाइटमा भने विज्ञापन देखिएको छ- विज्ञापन पनि जनचेतनामूलक भए मान्न सकिन्थ्यो, गुगल एड पो हालिएको रहेछ। जसमा विभिन्न व्यवसायिक विज्ञापन देखिन्छ। हेर्नुस् परराष्ट्र मन्त्रालय अन्तर्गत… Continue reading
कथा : मुलाको अचार
– लेखनाथ काफ्ले/ताइवान – मेरी आमा अरूहरू जस्तै सामान्य मान्छे हुन्। गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगी बिताएकी। उनको संसार सानो छ। उनका आफन्त, उनका सन्तान हामीहरू र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरू नै उनको ब्रह्माण्ड हो। उनको सामाजिक संसार उनलाई कसैले सम्झेर बोलाएका स्वस्थानी कथाका सांगेहरु, ग्रहदशा कटाउने पूजाहरू, बिहे, व्रतबन्ध र यी… Continue reading
वीरेन्द्र बियर : दङ्ग छन् उत्पादक, नेपाली राजदूतावास कुटनीतिक पहल गर्दै, राजदूत यसो भन्छन्
-गुणराज शर्मा/स्विजरल्यान्ड- ‘वीरेन्द्र बियर’ का कारण सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो यो बनाउने Turbinenbraeu कम्पनीलाई नै हो। यो एउटा सामान्य स्थानीय कम्पनी हो। हाम्रोतिरका लोकल रक्सी बनाउने कम्पनीजस्तै। यसका उत्पादन पनि बाहिर हैन, जुरिच सहरभित्रै खपत हुन्छ। यो कम्पनीको अफिसमा केही दिनअघि जाँदा धेरैले सोचे जस्तो ठूलो कम्पनी थिएन यो। सानो कम्पनीमा… Continue reading
वीरेन्द्र बियर बनाउने कम्पनीमा पुगेका नेपालीलाई भनियो- अर्को वर्ष दीपेन्द्रको नाममा पनि बियर आउन सक्छ
वीरेन्द्र बियरका बारेमा माइसंसारले ब्लग राखिसकेपछि राप्रपाको विद्यार्थी संगठनले विरोध विज्ञप्ति निकालिसकेको छ। त्यसैगरी सामाजिक सञ्जालहरुमा पनि यो बारे बहस भइरहेको छ। किन वीरेन्द्र राजा कै नाममा बियर उत्पादन गर्यो त यो कम्पनीले? धेरैको चासो रहेको छ। माइसंसारका पाठक गुणराज शर्मा स्विजरल्यान्डमा बस्छन्। उनलाई अरु साथीहरुले पनि अनुरोध गरेका थिए के हो कुरा बुझ्न। त्यसपछि… Continue reading
संस्मरण : ममीलाई ढाँट्नुपर्ने मेरो बाध्यता
(आमाको मुख हेर्ने दिनको लागि यो पीडादायी संस्मरण माइसंसारका एक पाठकले पठाएका हुन्) स्टेज ३ को क्यान्सर छ। तुरुन्तै किमो दिनु पर्छ.. डाक्टरको कुरा सुनेपछि म त छाङ्गाबाट खसे झैँ भएँ। कसरी भन्ने क्यान्सर लागेको छ भनेर? ममीको पेट फुलेको थियो। डाक्टरले भिडियो एक्स रे हेरेपछि काठमाडौं जान सल्लाह दिएका थिए। त्यसको भोलिपल्ट जनैपुर्णेको दिन।… Continue reading
एक बोतल पानीको १४९ रुपैयाँ, १७ रुपैयाँ त कर मात्रै
[यो ब्लग माइसंसारका पाठकले फेसबुक मेसेजमार्फत् पठाएका हुन्। तपाईँसित पनि यस्तै विषयवस्तु छन् भने माइसंसारको इमेल [email protected] वा फेसबुक मेसेज वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ] -सागर- सामान्य एक लिटरवाला एक बोतल पानीको कति रुपैयाँ पर्छ? बढीमा कति रुपैयाँसम्म लिन पाइन्छ? यसको कुनै सीमा देखिन्न हामीकहाँ। भर्खरै काठमाडौँको एउटा रेस्टुरेन्टमा जाँदा एक बोतल पानीको १४९… Continue reading
श्रीमतीहरु बियर पिउने, श्रीमानहरु अरु केटीसँग रातभर फेसबुकमा च्याटिने : तीन वर्षपछि नेपाल फर्केकी एक महिलाले भोगेको अनुभवको बयान
-शोभना घिमिरे- तीन वर्षपछि नेपाल गएकी थिएँ, भौतिक सुधार त खासै हुन सकेको रहेनछ। तर खोक्रो आधुनिकताले नेपाललाई ढपक्कै छोपेको भेटेँ। गाउँका मानिस धेरै जसो सहरमुखी भएछन्। गाउँका घरबार बेचेर शहर पसी कोठामा बस्ने भएछन्। अलिक समय अघिसम्म मेरो श्रीमान्ंको अम्मल भन्ने केही छैन भन्ने दिदी बहिनीहरू हिजोआज श्रीमान्ंसँगै बसेर बियर पिउने भैसकेछन्। आफ्नी श्रीमतीलाई… Continue reading
अमेरिकाको टेक्सासमा ब्लु बनेट फूल फुल्दा
फुलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। जङ्गल, बाटो, फुलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस् वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरूलाई आनन्दित बनाइरहन्छ। फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट बिरुवा हुँदै फुलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध… Continue reading
कथा : पिंजडाको देवता
– राजु अधिकारी – बिहानको आठ जति बजेको थियो, उनीहरु हतार हतारमा यताउता गर्दै केहि कुरा गर्दै थिए। मैले उनीहरुको कुरा र हाउभाउ हरु बुझ्दैनथे। उनीहरु प्राय दिमागबाट निस्केका तरंगहरुबाट कुरा गर्थे। थोरै मात्रै कुराकानी उनीहरुको हाउभाउ र स्पर्श बाट हुन्थ्यो। तर मैले उनीहरुको हाउभाउ पनि बुझ्दैनथे। उनीहरुको भाषा मानव समुदाय भन्दा निकै भिन्दै थियो,… Continue reading
अब अलेङटलेङ र अलमल हैन, जनहित कार्यमा अग्रसर हुन सरकारलाई १० सुझाव
-वल तिमाल- चुनाव समाप्त भएको १०० दिन पुग्न लागिरहेछ। यी बहुमूल्य सय दिनभित्र सरकारको काम कार्यक्रम र दिशा के हुन्, त्यसको संकेत आम जनताले प्रष्ट रुपमा पाइसक्नु पर्ने हो। तर अहिलेसम्म अलेङटलेङ र अलमलमै बितिरहेछ। त्यो अन्योल स्थितिको एउटा ठूलै कारण चाहिँ तत्कालीन काङ्ग्रेस नेतृत्वको सरकारको पराजित मनस्थितिले जानेबेलामा धुमचक्री मच्चाएकोले गर्दा पनि हो। सफलतापूर्वक… Continue reading
बाल मनोवैज्ञानिक कथा : बिहेको त्रास
-भगवान घिमिरे- अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन पर्यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म… Continue reading
बैँकहरुले यसरी दुःख दिए मलाई
-मनोज श्रेष्ठ- बैंकिङ कारोबार गर्न भर्खरै थालेको थिएँ। पहिलो पटक सिद्धार्थ बैंकसँग कारोबार गरेँ। त्यसपछि ब्याज कम भएको कारण एभरेष्ट बैंक बानेश्वर शाखामा पुगेँ। आवास कर्जाको लागि मैले निवेदन दिएँ। डेढ बर्ष पहिले ३५ लाखको ऋण पास भयो। सर्भिस चार्ज बापत सुरुमै ३५ हजार बैंकले कटायो। अन्य १५ हजार पनि विभिन्न शीर्षकमा काटेर मलाई पहिलो… Continue reading
लघुकथा : भगवान र अमेरिकाको स्याटेलाइट
-दिनेश- गर्मीमा पार्क घुमिसकेपछि ‘ऊ’ र ‘उनी’ पार्कको बेन्चमा बस्छन्। ‘उनी’ ‘उ’सको हात समाउँछिन्। “माथिबाट भगवानले हेरिरहेका छन्,” ‘ऊ’ आत्तिदै भन्छ। “भगवानले होइन होला अमेरिकाको स्याटेलाइटले हेरिरहेको होला,” ‘उनी’ भन्छिन्। “त्यसो भए घरभित्र त स्याटलाइटले पनि देख्दैन नि।” ‘उनी’ मुसुक्क हाँस्छिन् र दुबै उठेर हिँड्छन्।
नर्भिक अस्पतालको क्यान्टिनको खानामा तार
-सरोज- केही दिनअघि म आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउने क्रममा राजधानी कै चर्चित नर्भिक अस्पताल पुगेको थिएँ। रिपोर्टहरु पाउन केही समय लाग्ने भएकोले केही खान क्यान्टिन गएँ। भेज फ्राइ राइस मगाएँ। खाँदै थिएँ, पहिलो गाँस मै सानो तारको टुक्रा फेला पारेँ। त्यस्लाई त्यति वास्ता नगरी फ्याँकेर खाँदै जाँदा फेरि पनि सानो-सानो तारका टुक्राहरु फेला परे।
कथा : न्याय हराएको सूचना
-राजु अधिकारी- आफ्नो दाइले विदेशबाट ल्याइदिएको स्मार्ट फोनमा फेसबुक चलाउन उसलाई निकै रमाइलो लाग्थ्यो। केहि हप्तामै उ फेसबुकको ‘सुपर युजर’ भैसकेको थियो। एक दिन एकजना उसको साथिले फेसबुकमा ‘शेयर’ गरेको पोस्ट देखेर उ मख्ख प-यो। कुनै निराश बुद्धिजिबीले देशको न्याय पालिकाको स्थितिलाई व्यङ्ग गर्ने उदेश्यले लेखेको उक्त पोस्टले उसको मन त्यतातिर तान्यो। उक्त पोस्टमा लेखिएको… Continue reading