यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on March 8th, 2021
सर्वोच्च अदालतले माधव नेपालको जन्मदिनमा दिएको सरप्राइज गिफ्टले माधव नेपालमात्र होइन, अरु पनि ट्वाँ परेका छन्। बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नामको विवादमा परेको मुद्दामा दुई पार्टीको एकीकरणलाई उल्टाइदिएर एकीकरणअघिको स्थितिमा फर्काइदिएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा सारा मिडिया लागे, देशभर चर्चा भयो। तर यो नामको मुद्दालाई खासै कसैले महत्त्व दिएका थिएनन्। फ्याट्ट […]
By Salokya, on March 7th, 2021
सर्वोच्च अदालतले अनपेक्षित फैसला गर्दै साबिकको एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गरेको छ। नामको विषयमा परेको मुद्दामा सर्वोच्चले एकीकरणै उल्ट्याइदिएपछि त्यसको तरङ फैलिने क्रम जारी छ। देशको अन्यौलग्रस्त राजनीति फेरि अन्यौलकै भूमरीमा फँस्ने भएको छ।
तर सर्वोच्चलाई यस्तो निर्णय गर्न ठाउँ दिने काम चाहिँ सत्ताको मातमा रहेका नेकपाका […]
By Salokya, on March 7th, 2021
सर्वोच्च अदालतले साबिकको नेकपा पार्टीलाई मान्यता नदिई एकीकरण अघिकै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फुटाइदियो। कम्प्युटरमा पनि कन्ट्रोल कि र Z थिच्दा अर्थात् ‘अनडु’ गर्दा पछिल्लो समयको एक एक स्टेप मात्र मेटिँदै जान्छ। यहाँ त दुई वर्षअघिको एकीकरणलाई नै सर्वोच्चले ‘अनडु’ हानिदियो। नयाँमा अभ्यस्त भएकोले यो नेता यो पक्षको भन्नेसम्म त समाचार हेरेर […]
By Salokya, on March 7th, 2021
सर्वोच्च अदालतले अनपेक्षित फैसला गर्दै एकीकरण बदरसँगै साबिककै एमाले र माओवादीलाई ब्युँताइदिएपछि त्यसको असर सरकार र संसदमा पनि पर्ने भएको छ। माथिको पार्लियामेन्ट चार्टमा हेर्नुस् (नखुले यहाँ क्लिक गरी हेर्नुहोला) अब संसदमा कसैको पनि बहुमत छैन। नेकपा एमाले १ सय २१ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ६३ सिटसहित दोस्रो ठूलो […]
By Salokya, on March 7th, 2021
नाममा के छ र भन्ने गरिन्छ। तर नाममा धेरै कुरा हुँदो रहेछ। आज सर्वोच्चको फैसलापछि त नामै सबैथोक रहेछ भन्ने पनि परेको होला नेताहरुलाई।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाममात्र खोसिएको छैन, तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणै खारेज भएको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक हुनुभन्दा अघिको […]
By Salokya, on March 7th, 2021
सर्वोच्च अदालतले दिएको आदेश अनुसार प्रतिनिधि सभाको बैठक आज २०७७ फागुन २३ गते आइतबार अपराह्न ४ बजे बस्दैछ। अहिलेसम्म राजनीति कता मोडिने हो भन्ने बारे यकिन कसैलाई थाहा भएको छैन। सत्तारुढ नेकपा औपचारिक रुपमा फुटिसकेको छैन। तर व्यवहारिक रुपमा दुई छुट्टाछुट्टै समूह अस्तित्वमा छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही निर्णय गर्न सकेको छैन। अविश्वास […]
By Salokya, on March 6th, 2021 प्रतिनिधि सभा बैठकको फाइल फोटो
प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले ब्युँताइदिएपछिको राजनीति अझै अन्यौलमै छ। को सांसद कुन पक्षमा भन्ने कुरा नै खुलिसकेको छैन। हिसाब प्रष्ट नखुलेका कारण यही सरकार जारी रहने हो कि नयाँ सरकार बन्ने हो भन्ने पनि अस्पष्ट नै छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भोलि आइतबार […]
By Salokya, on March 5th, 2021
वनमन्त्री प्रेमबहादुर आले अहिले सोसल मिडियामा खुबै उडाइएको छ। नउडाउन् पनि किन, उनले गरेको भाषणै त्यस्तै थियो।
गएको मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा भाषण दिने क्रममा उनले भने, ‘यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्ने लाग्छ भने, त्यो तपाईंको ठूलो भूल हो।’ होइन भन्नुपर्नेमा हो भनिदिएछन्। क्या हुस्सु !
त्यही भाषणमा उनले अर्को […]
By Salokya, on March 3rd, 2021
आजको कान्तिपुरको तेस्रो पेजमा ‘सयौं निर्वाचितको पद रिक्त हुने जोखिम’ शीर्षकको समाचार छापिएको छ। समाचारको टिजरमा लेखिएको छ, ‘दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटीमा गरेको बहुमतको दाबी सही ठहरिए ओलीपक्षीय संघीय सांसद, प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष र सदस्यसम्मको पद धरापमा पर्नेछ।’
समाचारको लिडलाइन यस्तो छ- ‘केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए […]
By Salokya, on March 2nd, 2021
आजको राष्ट्रिय दैनिक ‘कान्तिपुर’ को पेज ४ मा एउटा समाचार छापिएको छ जसको शीर्षक छ- सिनामंगलको जग्गा लिजमा दिनु अधिग्रहणको शर्तविपरीत।
फागुन १६ गतेदेखि ‘कान्तिपुर’ले यो विषयमा निरन्तर समाचार लेखिरहेको छ। १६ गतेको शीर्षक छ- अन्तर्राष्ट्रिय विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी’ उपशीर्षक छ- ‘सुरक्षा संवेदनशीलताको बेवास्ता गर्दै सरकारी जग्गा भाडामा दिन […]
By Salokya, on March 2nd, 2021
मन्त्रिपरिषद्को बैठकले २०७७ फागुन १७ गते सोमबार बसेको बैठकले प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गर्यो। सोही बमोजिम राष्ट्रपतिको कार्यालयले सूचना पनि जारी गर्यो।
तर यससम्बन्धी समाचार लेख्ने क्रममा नाम चलेका मिडियासमेत कसरी चिप्लिए? आउनुस् हेरौँ।
[…]
By Salokya, on February 24th, 2021
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदियो। त्योसँगै तपाईँले ‘पुस ५ गतेपछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको’ भन्ने समाचार पनि कतै पढ्नुभएको थियो?
पढ्नुभएको थियो भने त्यसलाई पत्याउनु भएको पनि होला। न्युज हेरेरै त होला नि थुप्रैले फेसबुक र ट्विटरमा यो सम्बन्धी स्टायटसहरु लेखेको देखेँ। मैले पनि […]
By Salokya, on February 23rd, 2021
नेपालमा राजनीति धेरै बुझ्नेहरु धेरै छन्। तर राजनीति खासै नबुझ्नेहरुको पनि संख्या ठूलो रहेछ। धेरैका लागि अझै पनि सांसद भनेको ६०१ जना सभासद् हुन्। अहिले देशमा ६०१ सभासदको उतिबेलाको व्यवस्थापिका संसदको साटो २७५ प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभासहितको संघीय संसदको व्यवस्था छ भन्ने नबुझ्नेहरु पनि छन्। यस्तै राजनीति कम बुझेकाहरुलाई आजको सर्वोच्च […]
By Salokya, on February 23rd, 2021
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्ने आदेश किन गर्यो? सर्वोच्चले आदेशको पूर्णपाठ तैयार हुन समय लाग्ने भन्दै यस्तो संक्षिप्त आदेश जारी गरेको छ-
यस इजलासमा विचाराधीन रहेको प्रस्तुत विवादमा निवेदन व्यहोरा, लिखित जबाफ निवेदकहरु तथा प्रत्यर्थीहरुका तर्फबाट उपस्थित भई बहस गर्नुहुने एवं अदालतको सहयोगीको रूपमा उपस्थित हुनु भएका विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु […]
By Salokya, on February 22nd, 2021
द्वन्द्वकालमा देशमा ‘शाही नेपाली सेना’ र माओवादीको ‘जनसेना’ गरी देशमा दुई थरि सेना हुन्थे। माओवादी शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएपछि देशमा एउटा मात्र सेना रह्यो जसको नाम ‘नेपाली सेना’ छ।
तर अचेल एउटा अर्को ‘सेना’ को पनि नाम निकै चलेको छ- ‘साइबर सेना’। कानुनी रुपमा नभए पनि व्यवहारिक रुपमा सत्तारुढ नेकपा फुटेपछि प्रधानमन्त्री […]
By Salokya, on February 20th, 2021
‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ। पुरस्कार स्थापना त्यसकै अभियान हो।’
ठ्याक्कै नौ वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।
‘नेपालमा यति ठूलो […]
By Salokya, on February 19th, 2021 नेपालीटाइम्सको ट्विटरमा जब यो फोटो देखेँ, गजब लाग्यो। अचेल हाम्रा नेताहरुलाई नारायणहिटी दरबार खुबै प्यारो लाग्न थालेको छ। अस्ति भर्खर नेकपाको केपी ओली पक्षले यहाँ आमसभा आयोजना गरेको थियो। हिजो फेरि काठमाडौँ महानगरपालिकाले कन्सर्ट आयोजना गरेको रहेछ। दरबारमार्गको व्यस्त सडकमा आवागमन रोकेर सडकमा रातो कार्पेट ओछ्याइराखेको रहेछ। अनि त्यो रातो कार्पेटमाथि सोफा। सोफामा हाम्रा […]
By Salokya, on February 19th, 2021 (आज फागुन ७। प्रजातन्त्र दिवस। राजा र नागरिक मिलेर राणा शासनलाई ढालेर प्रजातन्त्र ल्याएको दिन। प्रजातन्त्रका लागि के कस्ता कठिनाइ भोग्नुपरेको थियो भन्ने बारे एसपी आसाले त्रिभुवनको आत्मकथा शैलीमा उपन्यास लेखेका थिए- ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’। त्यसैको एक अंश)
२००७ साल माघ १८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन भएछ। धेरै मानिस समातिएछन्। ‘निरंकुश राणा […]
By Salokya, on February 19th, 2021 २००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्-
राजा भगाउन विमानस्थल निर्माण त्यतिबेला नेपालमा जहाज चलेको थिएन। राजालाई कसरी भारत […]
By Salokya, on February 18th, 2021
सबभन्दा पहिला आजका राष्ट्रिय दैनिक हेरौँ। यो आजको ‘अन्नपूर्ण पोस्ट’को मुख्य समाचार हो। ‘भाइ पर्नेबाट भागरथीको हत्या’ शीर्षकको समाचारमा सात कोलमको ब्यानर न्युज राखिएको छ। एकछेउमा ‘यसरी सफल भयो अनुसन्धान’ भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीको ‘हुटि फोटो’ सहितको समाचार छ भने सम्पादकीय भनेर ‘प्रहरीको अब्बल अनुसन्धान’ शीर्षकको एक झलक पनि राखिएको छ। […]
|
|