मध्यरात हुनै लाग्दा भूकम्पले काठमाडौँ बेस्कन हल्लाइदियो। भूकम्पका कारण धेरै ठाउँमा मानिसहरु घरबाहिर निस्केर सुरक्षित ठाउँमा बसेका थिए। ठूलो भूकम्प आएको केही समयपछि हल्का केही भूकम्पका धक्का महसूस भए। अहिलेसम्म भूकम्पबाट क्षति भए/नभएको बारे केही थाहा हुन सकेको छैन। शक्तिशाली कम्पन ११ बजेर ३४ मिनेटतिर भएको थियो। भूकम्पले घरहरु मात्र हैन सोसल मिडियासमेत हल्लाएको थियो।… Continue reading
Author: Salokya
वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा
अपडेट १: वेबसाइट अहिले सुचारु गरिएको छ। अपडेटः भगुवा पठाउने संस्थाको वेबसाइट बन्द- कोस्टा रिकामा बेपत्ता हुने गरी चार जना नेपाली पठाउने संस्थाले आज अपराह्नदेखि आफ्नो वेबसाइट बन्द गरेको छ। वेबसाइटमा अहिले ‘बन्दै गरेको छ, पछि आउनु होला’ लेखिएको छ। आज बिहान यो ब्लग लेख्नुन्जेल साइट सुचारु थियो। हत्त न पत्त वेबसाइट बन्द गरेबाट पनि… Continue reading
कोस्टा रिका हल्लाइदिने चार नेपाली
स्थानीय एक विश्वविद्यालयको निमन्त्रणामा गएका चार नेपालीले पूरै कोस्टा रिका हल्लाइदिएका छन्। उनीहरु एकाएक बेपत्ता भएपछि उनीहरुलाई बोलाउने युनिभर्सिटी अफ कोस्टा रिकाका रेक्टर मिडियालाई जवाफ दिँदै हैरान भइरहेका छन् भने प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ। झण्डै ४६ लाख मात्रै जनसंख्या भएको देशमा यसरी आप्रवासी हराएपछि निकै गम्भीर रुपमा लिइने रहेछ। त्यसैले कोस्टा रिकाको सर्वोच्च… Continue reading
इन्जिनियरपछि श्री ३ (एमाओवादी-कङ्ग्रेस-एमाले) कर्मचारी पनि अख्तियारको विरोधमा, आन्दोलनको धम्की
देशमा वक्तव्य युद्ध चल्या छ अहिले। अख्तियार अकस्मात् जागेर कारबाही तीव्र बनाएर धमाधम कर्मचारी समात्न थालेपछि इन्जिनियरहरुले विज्ञापनै छापेर गरेको विरोधका बारेमा हिजो ब्लग पढिहाल्नुभयो। इन्जिनियरपछि श्री ३ दल (एमाओवादी-कङ्ग्रेस-एमाले) का कर्मचारी पनि विरोधमा उत्रिएका छन्। अरु कुरामा भए यी दलको कुरा कहिल्यै मिल्दैन। तर स्वार्थ एक भएपछि तीनै दलका कर्मचारी संगठन मिलेका छन्। एमालेको… Continue reading
अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी
अख्तियार जागेर विद्युत प्राधिकरण, अध्यागमन र वैदेशिक रोजगार विभागमा भ्रष्टाचारको छानबिन गर्न भकाभक मान्छे पक्रन थालेपछि अध्यागमन कर्मचारीहरु र इन्जिनियरहरु रिसाएर छुट्टी! अध्यागमनका कर्मचारीहरुले ‘अख्तियारको आदेश छैन’ भन्दै विदेश जान लागेका १७० जनालाई रोकेको खबर आज अन्नपूर्णमा छापिएको छ। बिचरा अख्तियारको रिस सोझासाझा विदेश जान लागेकाहरुमाथि पोखिएछ। त्यसैगरी ट्रान्सफर्मर भ्रष्टाचार कान्डमा इन्जिनियरहरुलाई पक्रेको विरोधमा इन्जिनियरहरुले… Continue reading
पञ्चबलिमात्र हैन, उद्घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ
साफ च्याम्पियनसिपमा भाग्यले नठगोस् र दशा टरोस् भनेर एन्फाले मध्यरात दशरथ रङ्गशालाको उत्तरी भागमा पञ्चबलि दिएको खबरले धेरै जना छक्क परेको देखियो। पञ्चबलि अर्थात् भेडा, बोका, हाँस, कुखुरा र अन्डाको भोग। दशा टार्नलाई गरिएको यो कामबाहेक हरेक जस्तो महत्त्वपूर्ण प्रतियोगिताको उद्घाटन खेल अगाडि दुईतिरैको गोलपोस्ट र खेल सुरु हुनुअगाडि बल जहाँ राखिन्छ, त्यहाँ कुखरा काटिन्छ… Continue reading
अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख
कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा… Continue reading
बिएलको बर्थ थेमा सिडिओको छापा ! भोज गर्दा होस गर्नुस् है – तिर्नुपर्ला जरिवानाको डोज, जेलको कुरा अलग्गै
शुक्रबार व्यापारी बिएल शर्मा (उही अनमोल क्याटरिङका मालिक, नेपालका बिलिनियर विनोद चौधरीका ससुरा क्या त) को बर्थ डे पार्टी राजधानीमा मनाउँदै गर्दा सिडिओको नेतृत्वमा छापा मारियो। पाँच सय जना हाइक्लासका मान्छेहरु रहेछन् भोजमा। अन्नपूर्णमा यससम्बन्धी समाचार हेर्नुस्। सिडिओले ‘सामाजिक सुधार ऐन उल्लंघन भएको छ-छैन निरीक्षण गर्न आएको, गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्छौँ’ भनेका रहेछन्। पाँच… Continue reading
लौ न के सुन्नुपर्यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन्
विदेशका विभिन्न देशमा नक्कली शरणार्थी बन्नेहरुलाई खुसीको खबर- तपाईँहरुको नेतृत्व अब उच्च पदस्थ कर्मचारीले गर्दैछन्। बेलायतका लागि नेपालका पूर्व राजदूत मुरारीराज शर्मा अहिले बेलायतमा राजनीतिक शरणार्थीको हैसियतमा छन्। त्यही उल्लेख भएको बेलायती पासपोर्टसमेत उनले लिइसकेको दि हिमालयन टाइम्सले खुलासा गरेको छ। एक्सक्लुसिभ न्युजमा टिएचटि लेख्छ– नेपाल फर्केपछि आफ्नो ज्यानमा खतरा हुन्छ भन्ने दावी गरेर उनले… Continue reading
महिलाहरुको हात-हातमा लट्ठी…तर यो आन्दोलन हैन है!
फोटोमा हेर्नुस् त, के महिला के पुरुष सबको हातमा एउटा एउटा लट्ठी छ। झट्ट हेर्दा यो कुनै आन्दोलनको दृश्य जस्तो लाग्न सक्छ। तर होइन, यो आन्दोलन सान्दोलन केही होइन। त्यसो भए के हो त?
अख्तियार जागेपछि अफिसै खाली होला जस्तो पो भो त गाँठे ! हाकिमदेखि पिउनसम्म हिरासतमा
पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने सरकारी कर्मचारीलाई कानुनको दायरामा ल्याउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही दिन यता सक्रिय हुँदै भकाभक कर्मचारी पक्रन थालेको छ। एकै दिन एउटै अफिसबाट यति धेरै मान्छे पक्रने काम भइरहेको छ कि काम गर्ने मान्छे नै नभएर अफिसै खाली होला कि जस्तो पो हुन थालिसक्यो। विदेश जानेहरुलाई सबैभन्दा दुःख दिने… Continue reading
स्कूलमै छात्रा असुरक्षित, भाइस प्रिन्सिपल प्रहरी हिरासतमा
ज्ञान बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अनुचित काम गर्न थाल्यो भने अभिभावकको हालत के होला ? यो कलियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ सामाखुशीको फ्लुरोसेन्ट एकेडेमीमा। १० कक्षा पढ्ने एक छात्रा आफ्नै स्कूलकी भाइस प्रिन्सिपलबाट यौन दुर्व्यवहार पीडित भइन्। आफ्नै एक नजिकको साथीलाई चिट्ठी लेखेर सबै… Continue reading
विदेशी पनि भक्तपुरमा लट्ठी नचाउँदै
लट्ठी बोकेर यी विदेशी पर्यटकहरु के गरिरहेका भन्ने ठान्नुभएको ? रमाइलो गरिरहेका नि। काठमाडौँ उपत्यकाका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै किसिमले गाइजात्रा मनाइन्छ। भक्तपुरको गाइजात्राको विशेषता घिन्ताङ घिसी नाच हो। खासमा यो नाच लय र ताल मिलाएर लट्ठी नाच्ने गरिन्छ। तर आजभोलि मन भएकाहरु सबै सहभागी हुने भएकोले उफ्रेर, नाचेर लट्ठीमात्र ट्वाक्क जुधाए… Continue reading
विदेशी ग्रिनकार्ड लिने धोकेबाज सरकारी कर्मचारी सावधान, अब कडा कारबाही हुँदैछ
गएको जनवरीमा बेलायती प्रहरीले नेपाली सेनाका उच्च अधिकारी कर्णेल कुमार लामालाई गिरफ्तार गरेपछि त्यहाँको वकीलले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको थियो- अभियुक्तसँग बेलायती नागरिकता छ। पछि त्यसलाई सच्याएर नागरिकता त हैन, आइएलआर अर्थात् त्यहाँको ग्रिनकार्ड जस्तै पाएको बताइयो। देशको रक्षा गर्ने जिम्मा बोकेको सेनाको उच्च पदाधिकारी विदेशी ग्रिनकार्डधारी हुन पाइन्छ कि पाइँदैन, यो विषयमा बहसै… Continue reading
‘फेसबुक’ले कसरी बाँड्ला ५ अर्बलाई इन्टरनेट?
विश्वमा सात अर्ब जनसंख्या छ। तीमध्ये एक अर्बले मात्रै फेसबुक चलाउँछन्। साढे ४ अर्बसँग त इन्टरनेट पहुँच नै छैन। अमेरिका मै पनि १९ प्रतिशत जनसंख्यासित इन्टरनेट पहुँच छैन। यसैलाई ध्यानमा राख्दै फेसबुक संस्थापक मार्क जुकरबर्ग अहिले एउटा नयाँ अभियानको नेतृत्व गर्दैछन्- सबैलाई इन्टरनेटको पहुँच। स्वच्छ पानी, आधारभूत स्वास्थ्य जस्ता महत्त्वपूर्ण कुरा त सबैको पहुँचमा नभएको… Continue reading
के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?
आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्।… Continue reading
सर्वोच्चले एनसेललाई सोध्यो – २० रुपियाँ सापटी दिएर साढे दुई रुपियाँ ब्याज किन लिएको, कारण देखाऊ !
नेपालकै लागि भन्दै एक करोड ग्राहक बनाएको प्रचार गर्ने मोबाइल कम्पनी एनसेल प्याजको भाउ बढिरहेको बेला ब्याज कान्डमा फँसेको छ। ब्याज कान्ड सर्वोच्च अदालत पुगेपछि अदालतले उसलाई कारण देखाऊ आदेश जारी गरेको छ। एनसेलले आफ्ना प्रयोगकर्ता ग्राहकलाई २० रुपियाँ सापटी दिन्छ। तर रिचार्ज गर्ने बित्तिकै तुरुन्त ब्याज वा सेवा शुल्कभन्दै दुई रूपैयाँ ४८ पैसा असुल… Continue reading
एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टको बेहाल- ठूला जहाज नल्याइदिन गुहार
रनवे भत्क्याभत्क्यै गरेर प्लेनलाई आकाशमै केही समय रोकिराख्न बाध्य हुने घटना विगत १५ दिनमा मात्रै पाँच पटक भयो। यस्तो क्रम बढेपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले सबै एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेको छ- प्लिज, अहिलेलाई ठूला (वाइड बडी) जहाज नल्याइदिनुस्! एयरलाइन्स सञ्चालन समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले सबै एयरलाइन्स कम्पनीहरुलाई यसबारे औपचारिक सूचना पठाइसकेको बताएको दि हिमालयन… Continue reading
यी युनिभर्सिटीमा पढेको होइन भने नेपालमा इन्जिनियरिङ काम गर्न पाइँदैन रे
के तपाईँ विदेशमा इन्जिनियरिङ पढ्दै हुनुहुन्छ र पढाइ सकेर नेपालमा आउने सोचमा आउनु हुन्छ ? नेपालमा इन्जिनियरिङ काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स लिनुपर्छ। तपाईँले विदेशमा पढेको युनिभर्सिटीलाई काउन्सिलमा दर्ता भएको हुनुपर्छ। काउन्सिलमा दर्ता नभएको युनिभर्सिटीमा पढेको भए तपाईँले लाइसेन्स पाउनु हुन्न। आज नागरिकमा छापिएको यो समाचारले विदेशमा पढिरहेका नेपालीहरुमा हल्लीखल्ली मच्चिएको छ। समाचारमा काउन्सिल… Continue reading
स्कूल पढाउने मास्टरको तलब कति?
सामुदायिक स्कूलहरुको एसएलसीको नतिजा कति निराशाजनक भयो, तपाईँहरुले हेरिहाल्नुभयो। के स्कूल पढाउनेहरुलाई राम्रो तलब दिइँदैन? सामुदायिक स्कूलमा पढाउने मास्टर मास्टर्नीहरुको तलब कति छ? हेर्नुस् यो साउन महिनादेखि लागू भएको तलबमानको व्यवस्था अनि भन्नुस्- तलबमान अनुसार माध्यमिक स्तरमा पढाउनेले बढीमा ३१ हजार ७३० रुपियाँ तलब पाउँछ। यो सेनामा महासेनानीभन्दा बढी र प्रहरीमा वरिष्ठ उपरीक्षकभन्दा बढी हो।… Continue reading