बेलबारी बर्बरताबारे छानबिन गर्न गएका टोलीहरुले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने क्रम जारी छ। यसअघि प्रहरी र दलित आयोगको प्रतिवेदन आइसकेको छ। आज भने महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै… Continue reading
Author: Salokya
यस्तो छ कांक्रे विहार
बुद्ध मूर्ति राख्न दिने कि नदिने भन्ने विवाद भएर अहिले चर्चामा रहेको सुर्खेतको कांक्रे विहार खास कस्तो छ त ? आउनुस् हेरौँ केही भिडियो र फोटोहरु-
‘बोक बम’देखि ‘बोल बम’सम्म
माओवादी अध्यक्ष प्रचण्डले आइतबार धेरै पटक बम उच्चारण गरे। तर यो बम युद्धकालको बम नभएर अर्कै खालको बम थियो- ‘बोल बम’। त्यही देखेर कार्टुनिस्ट रविन सायमि दाइले एउटा गज्जबको कार्टुन बनाए, जसमा एक छेउमा ‘उहिले’ भन्दै कम्ब्याट ड्रेसमा प्रचण्ड बोक बम भन्दै बम बोकिरहेका देखिन्छन् भने ‘अहिले’ लेखिएको ठाउँमा पुक्क पेट बढेको, जनै लगाएका प्रचण्ड… Continue reading
बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!
धार्मिक द्वन्द्वमा देशलाई फँसाउने खतरनाक षड्यन्त्रको आभास हुने गरी घटनाक्रम अघि बढेको छ। सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति राख्न बौद्ध धर्मावलम्बीहरुले आन्दोलन अघि बढाइरहेका बेला त्यसको प्रतिकारमा बुद्ध मूर्ति नराख्न पनि आन्दोलनको घोषणा भएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरु सदियौँदेखि मिलेर बसिरहेका छन्, कयौँ मन्दिर र विहारहरुमा हिन्दु र बौद्ध दुवैको आस्थाका प्रतीकहरु रहेका छन्। कुनै… Continue reading
बेलबारी बर्बरताः छानबिन आयोगले के देख्यो?
बेलबारी घटनाबारे छानबिन गर्न घटनास्थल पुगेको राष्ट्रिय दलित आयोगको छानबिन टोलीले प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बलात्कारको प्रयास हुँदा पीडित महिला जोडले चिच्याउँदा कराउँदा पनि कसैले वास्ता नगरेको, पछि केही व्यक्तिहरु आए पनि उनीहरुले त्यो मान्छेलाई तत्काल पक्राउ गर्न स्वयं तथा प्रहरीलाई खवर गरी पहल गर्नु पर्नेमा सो नगरेको उल्लेख छ। त्यसैगरी पीडित… Continue reading
बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ
बेलबारी बर्बरताको मुख्य कारण थियो महिलामाथि बलात्कार प्रयास। त्यसो गरेको शंका ती महिलाले अर्कै पुरुषलाई गरिन्। शंका गलत ठहरियो। किनभने उनले दावी गरे अनुसार ती पुरुषको हातमा रगत आउने गरी टोकेको चिह्न केही थिएन। भोलिपल्ट गलत आरोप लगाउने भन्दै समाज बसेको ठाउँमा महिलालाई दुर्व्यवहार गरियो। बलात्कार प्रयास चाहिँ कसले गरेको थियो त ? प्रश्न अनुत्तरित… Continue reading
बुद्ध मूर्ति विवादले काठमाडौँ जाम
मंगलबार बिहान अफिस टाइममा राजधानीका मुख्य मुख्य सडकमा ठूलै जाम भयो। कतिलाई जामको कारणसमेत थाहा थिएन। खासमा आज बौद्ध धर्मावलम्वीहरुले भद्रकाली, माईतिघर, हनुमानथान र पद्यमोदय मोडमा भेला भई बिहान नौदेखि ११ बजेसम्म सिंहदरबार घेर्ने कार्यक्रम राखेका थिए। पिक आवर भएकोले दुई घण्टामै राजधानी अस्तव्यस्त बन्न पुग्यो। ट्राफिकले जाम घटाउन रिङरोडबाट रत्नपार्क आउने गाडीलाई रिङरोडमै रोकिदियो।… Continue reading
२४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की
‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लग छापिएपछि एक उपबुज्रुकले २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्कीसहितको इमेल पठाएका छन्। यी तिनै व्यक्ति हुन् जसले असाइलमका लागि सरकारविरोधी देखिने दुई वटा आर्टिकल पुरानो मितिमा छाप्ने ‘अनएथिकल’ कामका लागि पैसाको लोभ देखाएका थिए। त्यो ब्लगमा कसैको नाम र ठेगाना खुलाइएको थिएन किनभने व्यक्तिभन्दा पनि प्रवृत्ति उजागर गर्ने… Continue reading
‘रञ्जना’ हल त यस्तो पो भएछ गाँठे!
न्युरोड। हुनत ‘ओल्ड’ भइसक्यो। तैपनि नामैलेमात्र भए नि ‘न्यु’रोड। काठमाडौँको मुख्य ठाउँमध्ये एक। यहीँ छ पिपलबोट। फेसबुक र ट्विटर नहुँदा उहिलेका मानिस आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न आउने ठाउँ। अर्थात् त्यतिबेलाको ‘सोसल नेटवर्किङ’ गर्ने ठाउँ। त्यही पिपलबोटलाई पिठ्ँयुतिर पारेर अनुहार न्युरोडको सडकतिर पारेर उभिँदा एउटा गल्ली देखिन्छ फसिकेवको- जसलाई रञ्जना गल्ली पनि भनिन्छ।… Continue reading
यो सरकारी अफिस हो कि पार्टी अफिस ?
फोटोका पात्रहरु चिन्नुभो ? कतिले चिन्नुभो होला, कतिले चिन्नुभएन। अनि ऊ त्यो भित्तामा झुण्ड्याइएका दुई फोटो कसको त तपाईँले चिन्नुभयो नै होला। अब यसो अनुमान लगाउनुस् यो सरकारी अफिस होला कि पार्टी अफिस ? अहँ अहँ, तलतिर कमेन्ट लेख्न हतार गरी नहाल्नुस्। पहिला भित्र क्लिक गरेर बुझ्नुस् कुरा के हो।
बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै भेटिएन
बेलबारी बर्बरताबारे स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरुमा भइरहेको फलोअप यस्तो छ- -गोकुल पराजुली/ब्लास्ट टाइम्स (धरान)– ‘मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा लागेको दाग कसरी जान्छ ?’ मोरङको बेलबारी–३ करमडाँडाका रामचन्द्र भेटवालले भने। एक महिलासहित दुईजना ‘दलित’ अगुवामाथि भएको दुर्व्यवहारपछि सम्पूर्ण क्षेत्रबाट विरोध भइरहे पनि घटनामा संलग्न स्थानीय गाउँलेहरुमा… Continue reading
विदेशमा बसेर देशको बदनाम गर्नेहरु
केही दिनअघि फेसबुकमा अपरिचित एक जनाको सन्देश आयो। त्यसमा उनले आफू …. (युरोपको कुनै एउटा सहर) मा रहेको र ब्लगमा दुई वटा आर्टिकल छाप्नु परेको उल्लेख थियो। अझ अचम्म ती ‘लेख’ छापेवापत् पैसा पनि दिउँला भनिएको थियो। विशेष कारणवश त्यो छाप्नुपरेको भन्दै ठूलो सहयोगको आशा गरेको लेखिएको थियो। विस्तृत जानकारी जवाफ आएपछि दिउँला लेखिएको रहेछ।… Continue reading
माइसंसारमा मुख्य सचिवको कमेन्ट
सन् २००५ मा ब्लगिङ थालेयता आफूले लेखेको ब्लगको विषयमा चासो देखाएर उच्च सरकारी अधिकारीले फोन गरेको मात्र नभई सम्बन्धित ब्लगमा कमेन्ट समेत गरेको पहिलो संयोग बेलबारी बर्बरता कान्डमा परेको छ। मुख्य सचिव लीलामणि पौड्यालले आज बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ? शीर्षकको ब्लगमा कमेन्ट गर्दै मूलधारे मिडियामा यो खबर आउनुअगाडि नै माइसंसारमा ब्लग… Continue reading
चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता
सोमबार मोरङको बेलबारी जस्तो सुगम ठाउँमा भएको घटना देशका सबैजसो प्रमुख मिडियाले चार दिनपछि बिहीबार बल्ल देखेको छ। कथित साना जातिका दलितहरुमाथि भएको यो अत्याचारलाई अझै पनि नेपाली समाजका प्रभावशाली भनिने ‘एलिट’हरुले देख्या नदेख्यै गरिरहेका छन्। कनकमणि दीक्षित, रवीन्द्र मिश्र जस्ता ‘अगुवा’ सञ्चारकर्मीहरुलाई पनि यो घटनाले नछोएकैले त होला यो ब्लग लेखिँदासम्म एउटा स्टायटस र… Continue reading
बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि देशव्यापी आन्दोलनमा
मोरङको बेलबारी जस्तो सुगम ठाउँमा सोमबार भएको घटनालाई देशका सबैजसो प्रमुख मिडियाले तीन दिनपछि आज बिहीबार बल्ल सुसूचित गर्न भ्याएका छन्। सबैजसो राष्ट्रिय पत्रिकाले यसबारे समाचार बनाएका छन्। तर जनताका लागि राजनीति गर्ने भन्ने दल र त्यसका नेताहरुले अहिलेसम्म एक शब्द खर्च गर्न आवश्यक ठानेका छैनन्। यसैबीच दलित अधिकारका लागि कार्यरत एक दर्जन संघसंस्थाले आजदेखि… Continue reading
बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?
मोरङको बेलबारीमा भएको बर्बर घटनामा संलग्न भएको भन्दै छ जना अहिले प्रहरी हिरासतमा छन्- जीवन भेट्वाल, अमित भेट्वाल, चन्द्रकला भेट्वाल, सेबिका भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाल। उनीहरुलाई सार्वजनिक अपराध ऐन र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित अहिले प्रहरी संरक्षणमा छिन्। जागरण मिडिया सेन्टरले उनीसँग कुरा गरेको छ।… Continue reading
बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ?
मोरङको बेलबारीमा भएको बर्बर घटनाबारे दोस्रो दिन महत्त्वपूर्ण रह्यो। बिहानै कान्तिपुर राष्ट्रिय दैनिकले यसलाई फोटोहरुसहित प्रमुख समाचार बनायो भने राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति प्रकाशित गर्यो। नाम सार्वजनिक नगर्न अनुरोध गर्दै माइसंसारलाई पठाइएको भिडियो मुख्य सचिवको आग्रहमा मैले इमेलमा पठाइदिएको थिएँ। उनले सुरक्षा निकायलाई फरवार्ड गरिदिएका छन्। भिडियो हेरेरै दोषीलाई कारबाही गर्न यसले सघाउला। दोस्रो दिन… Continue reading
बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा
मोरङको बेलबारीका स्थानीय बासिन्दाले बर्बर यातना दिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्रेको छ। सात जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरिसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आफूलाई बलात्कार गर्न खोजेको उजुरी प्रहरीमा गर्दा झुटो आरोप लगाएको भन्दै उल्टै पीडित २३ वर्षकी युवतीलाई उनीहरुले कुट्दै लुगाच्याती तथानाम गाली गरेका थिए। अनि मोसो र… Continue reading
‘रत्नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड
सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका… Continue reading
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
ज्ञान बाँड्ने ठाउँ विद्यालयमा बेलबारी ३ का स्थानीय बासिन्दाले सोमबार एक अबला नारीमाथि गरेको अमानवीय, बर्बर व्यवहारलाई देशका कुनै पनि ठूला मिडियाले कभर गरेनन्। राति ७ बजेर २४ मिनेट जाँदा मुख्य सचिव लिलामणि पौडेलले मोबाइलमा फोन गरेपछि मूलधारे मिडियाले बाल दिए पनि यो घटनामा राज्यको आँखासम्म त पुगेको रहेछ है भन्ने भयो। मुख्य सचिवलाई प्रहरी… Continue reading