काठमाडौँको सरस्वती क्याम्पसमा आइए पढ्दै गरेका काभ्रेका भवनाथ सापकोटा यतिखेर हनुमानढोकाको खोरमा छन्। उनको दोष ? उनले नेकपा-माओवादीकी नेतृ पम्फा भुसालविरुद्ध आपत्तिजनक कुरा लेखिएको स्टायटस आफ्नो वालमा ‘सेयर’ गरेका थिए। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही चलाउँदैछ जसमा दोष प्रमाणित भए १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनसक्छ। विष्णु गुरुङ नामका… Continue reading
Author: Salokya
कहाँबाट ल्याउने ३५ अर्ब रुपिया ?
काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।… Continue reading
तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा
तपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो। उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान… Continue reading
नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने
सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्यो। मागहरु पूरा भए। बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन… Continue reading
अख्तियार लाग्यो अकूत सम्पति छानबिनतिर, कर्मचारीमा खैलाबैला
वर्षौँ पहिले अनुसन्धान सकाएर दायर मुद्दामा फैसला हुनुबाहेक भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको विषयमा प्रवेश नगरेको धेरै भयो। बीचमा अख्तियारका प्रमुख नै नियुक्त गर्न सकिएन। बल्ल बल्ल विवादास्पद भए पनि अख्तियार प्रमुख नियुक्त भयो र त्यसले अहिले उच्च पदमा रहेका कर्मचारीहरुको अकूत सम्पति छानबिन… Continue reading
यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु
पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा सात विधामा पहिलो, दोस्रो र तेस्रो घोषणा भएको छ। पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्। कस्ता छन् त हजारौँ रुपियाँको पुरस्कार जित्ने फोटो ? त्योभन्दा अगाडि तपाईँले लाख रुपियाँ जित्ने फोटो हेर्नुभयो? नहेर्नुभएको भए यहाँ क्लिक गरी हेर्नुस्। यसबाहेक निर्णायक चरणमा पुगेका… Continue reading
ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो
पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा शैलेन्द्र खरेलको यो फोटो वर्षको उत्कृष्ट फोटो बनेको छ। ‘आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर’ उपाधि सँगै उनले नगद एक लाख रुपियाँ पाउने छन्। बाढीपहिरोले अहिले सबैको ध्यान खिचिरहेका बेला सर्वोत्कृष्ट बनेको यो फोटो पनि बाढीपहिरोसँगै सम्बन्धित छ। आज पर्यटन बोर्ड हलमा आयोजित उपाधि घोषणा कार्यक्रममा विजेता खरेलले यो… Continue reading
अध्यागमन अत्याचारको वास्ता भएन, अब के ‘अकुपाइ’ गर्ने?
विदेशबाट फर्किएकी एक युवतीलाई अध्यागमनका हाकिम भनाउँदाहरुले पैसा र इज्जत दुवै लुटेको घटना सार्वजनिक भएपछि महिनौँसम्म ‘अकुपाइ बालुवाटार’ अभियान चल्यो। अहिले त्यो घटनामा संलग्नलाई कानुनी कारबाही अघि बढेको छ। अब बालुवाटार अकुपाइ हुन छाडिसक्यो। लुटिएको इज्जत फिर्ता हुने कुरा भएन, लुटिएको पैसा फिर्ता भए हुन्थ्यो। भएन। बरु सरकारले ‘क्षतिपूर्ति’ भन्दै रकम दिने बतायो। घटना प्रकृति… Continue reading
मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’
मनाङ यात्राको ब्लग व्यस्तताका कारण जारी राख्न सकेको थिइनँ। आजदेखि फेरि सुरु गर्ने जमर्को गर्दैछु। मनाङ जिल्लाको मनाङ गाविस रहेछ खास मनाङ चाहिँ। मनाङबाट याकखर्कतिर हिँड्ने क्रममा बाटोमा केही विदेशी पर्यटकहरु भेटिए। हामी नेपालीहरु ट्रेकिङमा नर्थफेस लगायतका विभिन्न ब्रान्डनामका सामान प्रयोग गरिरहेका हुन्थ्यौँ (भलै ती सामान नेपालमै बनेका किन नहुन्!) एक जना विदेशी भने हाम्रै… Continue reading
भत्कियो पोखराको पुरानो घर
पोखराको नागढुंगानजिकैको चोकमा रहेको पोखराका पुराना घरहरु मध्येको एउटा घर यो सालको वर्षाले भत्किएको छ। यो पालि पोखरामा भयङ्कर वर्षा भएको छ। र, त्यही वर्षाले यो पुरानो घरका केही भाग भत्कन पुगेको छ। पुरानो घर भएकोले ऐतिहासिक महत्वको भन्दै उपमहानगरपालिकाले यो घर भत्काउन दिएको थिएन। सडक फराकिलो पार्दासमेत यो घरलाई केही नगरी ढलसमेत घर भित्रबाट… Continue reading
१५ रुपियाँमा मोबाइल
तपाईँले सस्तोमा कतिसम्मको मोबाइल देख्नुभएको छ ? दुई हजार ? एक हजार ?? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ १५ रुपियाँमा पनि मोबाइल पाइने ठाउँ। बच्चाहरुले खेलाउने टुइँटुइँ आवाज मात्रै आउने चाइनिज मोबाइल पनि ५० रुपियाँ पर्छ। कस्तो रहेछ त यो ११०४ रुपियाँमा नै ७२ वटा आउने मोबाइल ? १५ रुपियाँ ३३ पैसा पर्ने मोबाइल कस्तो रहेछ… Continue reading
मलाई पनि डिभी पर्यो रे !
इमेल चेक गर्दैगर्दा अमेरिकी विदेश मन्त्रालयले पठाएको भन्ने शीर्षक भएको एउटा इमेलमा आँखा लाग्यो। खोलेर हेर्दा त अमेरिकाको स्थायी बसोबास कार्ड (ग्रीनकार्ड वा डिभी) परेको भन्ने पो लेख्या रैछ। अमेरिकाको झण्डा र त्यहाँको विदेश मन्त्रालयको लोगोसहितको इमेल हेर्दा अरु झुक्किन्थे होलान्। तर म झुक्किनँ। किनभने मैले डिभी भरेकै थिइनँ। भर्दै नभरेको डिभी पर्ने त कुरै… Continue reading
राजा वीरेन्द्रको चिट्ठी लिलामीमा
राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार… Continue reading
फिल्म हेर्नेलाई दोहोरो करको मार
के तपाईँले हलमा टिकट काटेपछि त्यसमा लेखिएको विवरण हेर्नुभएको छ ? त्यसमा करमाथि कर लगाइएको तपाईँले याद गर्नुभएको छ ? आउनुस्, हेरौँ, कसरी लगाइएको छ करमाथि कर एक पटक बुझौँ। सँगैको टिकट काठमाडौँको क्युएफएक्स सिनेमा हलको हो। तपाईँले हेर्ने प्रत्येक फिल्ममा नेपाली फिल्मको विकासका लागि फिल्म विकास बोर्ड शुल्कका रुपमा १५ प्रतिशत कर लगाइएको हुन्छ।… Continue reading
ज्योतिष भन्छ- चुनाव हुँदैन
सरकारले मंसिर ४ गते संविधान सभाको अर्को चुनाव हुने मिति घोषणा गरेको छ। घोषणा कै दिन माइसंसारमा गरिएको अनलाइन सर्वेक्षणमा नतिजा विभाजित रह्यो। चुनाव हुने र नहुने भन्नेहरु झण्डै आधा आधा रहे। ५१ प्रतिशतले हुन्छ भने पनि झण्डै ४९ प्रतिशत हु्न्न भन्नेहरु थिए। तोकिएको मितिमा चुनाव हुन्न भन्नेमा एक जना ज्योतिष पनि थपिएका छन्। डा.… Continue reading
राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?
राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव भट्ट, परराष्ट्रबाट शिष्टाचार महापाल र सुरक्षा निकायका तीन… Continue reading
आहा, सगरमाथा !
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।
माइसंसारको ब्लगले झण्डै देशनिकाला
कतारकी राजदूत मायाकुमारी शर्माले माइसंसारमा लेखिएको एक ब्लगका कारण दीपक भेटवाललाई झण्डै देशनिकाला गराएको खुलासा भएको छ। उनले त्यहाँको सरकारलाई भेटवाललाई देशनिकाला गर्न पत्राचार गरेकी थिइन्। गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशनपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र… Continue reading
होला त चुनाव मंसिर ४ मा ?
सरकारले फेरि एक पटक संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा गरेको छ। खिरारे सरकारले निकालेको साइत हो मंसिर ४ गते। यसअघि बाबुराम भट्टराईको सरकारले घोषणा गरेका मितिहरु खेर गएका थिए। लामो समयको प्रतीक्षापछि यो सरकारले मिति घोषणा गरेको हो। के तपाईँलाई यो मितिमा चुनाव होला जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा वा भोट गरी… Continue reading
पैसाको पहुँच
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को… Continue reading