विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो… Continue reading
Author: Salokya
किराको लोभमा माटोसमेत बेचिन्छ
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको चौथो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। एक जना व्यापारी थिए १७/१८ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै गरेका। सुरक्षाको कारण उनले आफ्नो नाम खुलाउन चाहेनन्। हामीले त्यसको सम्मान गर्ने बताएपछि बल्ल उनी खुले। उनी त आफै… Continue reading
दिमागमा घाँस उम्रिएको !
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो। पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक… Continue reading
एउटै गाउँमा करोडको व्यापार
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको दोस्रो ब्लग यहाँ राख्दैछु। अघिल्लो ब्लगमा पनि भनिसकेको हुँ यार्सागुम्बाबारे पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठको अध्ययनका सिलसिलामा मनाङ आइपुगेको हुँ। यात्राको दोस्रो दिन स्थानीय व्यापारी र संकलकहरुसित जानकारी लिँदैमा बित्यो। तपाईँलाई सुन्दा अचम्म लाग्ला, यहाँको विकट गाउँमा यार्सागुम्बाको व्यापारबाट प्रशस्त आम्दानी हुन्छ।… Continue reading
माछा नपाइने मनाङतिर मुन्टिँदा
मनाङ जिल्लाका थुप्रै विशेषता पढेसुनेको थिएँ। जस्तै मनाङ माछाबिनाको जिल्ला हो। यहाँका कुनै पनि नदी वा जलाशयमा माछा लगायत कुनै जीवजन्तु पाइँदैन। मनाङ कम पानी पर्ने नेपालको एउटा ठाउँ हो। बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो। केही अघिसम्म जेल र थुनुवा नभएको जिल्लाका रुपमा पनि मनाङ परिचित थियो। तर नार यार्सागुम्बा कान्डपछि… Continue reading
पानीको अभावको फोटोले जित्यो पुरस्कार
इसिमोडले आयोजना गरेको हिमालय क्षेत्रमा पानीको अवस्थाबारे भएको फोटो प्रतियोगितामा एउटा नेपाली फोटोले पुरस्कार जित्न सफल भएको छ। उत्तमबाबु श्रेष्ठले डोल्पा जाँदा खिचेको स्रोतमै पानीको अभाव शीर्षकको फोटोले सेकेन्ड रनर अप अवार्ड जितेको हो। पोहोर माझफाल गाविसमा खिचिएको यो फोटोलाई दुई व्यवसायिक फोटोग्राफर जगदीश तिवारी र रवि सायमि अनि एक जल विशेषज्ञ अदिती मुखर्जीको जुरीले… Continue reading
जटामासी खोज्दै रसुवा डुल्दा
[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-] समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै… Continue reading
सुन्नुभएको छ यो विनायकको नाम ?
भगवान गणेशको अर्को नाम विनायक हो। काठमाडौँका चार कुनामा रहेका चार विनायक प्रख्यात छन्- सूर्य विनायक, जल विनायक, चन्द्र विनायक र अशोक विनायक। त्यसबाहेक अरु विभिन्न विनायकका नाम पनि प्रचलित छन् जस्तै सिद्धि विनायक। गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ। तर तपाईँले सुन्नुभएको छ दही विनायक ? हजुर, रहेछ यस्तो विनायक… Continue reading
लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी
आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र… Continue reading
यो त सब भन्ने कुरा न हो…
रामकृष्ण ढकालको स्वरमा बज्ने एउटा गीत छ- यो त सब भन्ने कुरा न हो। कालीप्रसाद रिजालको शब्दमा यो गीतमा माया गर्नेहरुले गर्ने चिप्ला कुरामा व्यङ्ग्य गरिएको भए पनि अरु विषयमा पनि यो लागू हुन्छ। माथिको उदाहरणै लिउँ न। गएको मंसिर अन्तिम सातामा प्रधानमन्त्री नेतृत्वको केन्द्रीय अनुगमन समितिको बैठकले दुई महिनाभित्र गरिसक्ने भनिएको यो काम आज… Continue reading
धरहरा साक्षी छ
जेठ १४ गते राति भद्रकालीनजिकैको आकाशे पुलबाट देखिएको दृश्य। धरहरा त तपाईँहरुले ठम्याइहाल्नुभयो, बायाँ साइडको ठूलो घर सिभिल मल हो। त्योभन्दा अलि दायाँको भवन नेपाल टेलिकमको हो। बीचमा धरहरा भइहाल्यो। दायाँ छेउको चाहिँ काठमाडौँ मल हो। कालो देखिएको टुँडिखेल हो।
आज संविधान सभाको सराद्धे
आज जेठ १४ गते हो। एक वर्षअघि आजै मध्यरात संविधानै नबनाई संविधान सभाको हत्या भएकोले आज सराद्धे हो। एक वर्ष बितिसक्यो, तर देश जहाँको तहीँ छ। एकोहोरो मेरो गोरुको बाह्रै टका नगरी इमान्दार भएर लागेको भए यतिबेलासम्म नयाँ निर्वाचन भएर नयाँ संविधान सभा बनी जनादेशप्राप्त नयाँ सरकार पनि बनिसक्थ्यो होला। बाबुरामको सरकारले चुनाव गराउनै हुन्न… Continue reading
दलको दलदल
एकदमै आशावादी हुनेहरुले साह्रै निराशावादी सोचको मान्छे भनेर गाली गर्लान्। तर खिलराज रेग्मीको सरकारले आउँदो मंसिरमा पनि चुनाव गराउने ल्याकत राख्छन् जस्तो मलाई पटक्कै लाग्दैन। भलै अहिले चुनावी प्रक्रिया स्वरुप दल दर्ताको काम सकिन लागेको छ। अहिलेसम्म कूल कति दलले निर्वाचन आयोगमा नाम दर्ता गराए थाहा छ ? ६१ वटा। अब दल दर्ता गर्न मात्र… Continue reading
‘डन’ लाई पक्रने आँट कसको ?
केही दिनअघि स्रोत नखुलेको सम्पति राखेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएका पाँच जना ‘डन’ मध्येका एक डन गणेश लामा पक्राउ परेको बारे टेलिभिजनमा समेत यसरी समाचार आयो- टेलिभिजनमात्र हैन, विभिन्न एफएम र अनलाइनहरुले पनि वास्तविकता केही नबुझी हावा तालमा यो समाचार दिए। पछि पो भयो, समाचार त झुटो रहेछ।
जलमग्न काठमाडौँ !
बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।
दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ?
अपडेटः चार दिनसम्म हाइवे जाम गरेपछि शुक्रबारबाट जाम खोलिएको छ। ‘तिमीहरु पत्रकारहरु भएर केही गर्न सक्दैनौँ ?’ एक्कासी फोनमा आक्रोशित आवाज सुनियो। कुरा के हो ठम्याउनै सकिनँ सुरुमा त। आफन्तको आवाज रहेछ। ‘मसित बन्दूक भएको भए त हाइवे जाम गर्ने सबलाई गोली हानेर बरु जेल जान्थेँ होला’, आम्मै नि। कहिले हिंसाको कुरा नगर्ने यी दिदीलाई… Continue reading
रेखा थापाले हतियार उठाउने रे !
ए राता मकै ! के सुन्नु पर्या हो। रेखा थापाले हतियार उठाउने रे ! भर्खरै एमाओवादी प्रवेश गरेकी देखा थापा नामले समेत जिस्क्याइने हिरोइन रेखाले अन्तर्वार्ता दिँदै आवश्यक परे हतियार उठाउन तयार छु भनेकी रहिछिन्। यो अन्तर्वार्ता द्वन्द्वकालमा ललितपुरको भट्टेडाँडामा पुलिस मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भन्दै भङ्गेरा टाउके अक्षरमा हेडलाइन छाप्ने ‘जनादेश’ साप्ताहिकमा छापिएको हो।… Continue reading
५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम
नेपालको नम्बर वन बैँक भनिने नबिल बैँकको एसएमएस बैँकिङबाट किनेको ५ सय रुपियाँको एनटिसीको रिचार्ज पिन नचल्ने भएपछि ठगिएको महसूस गरेको थिएँ। त्यसको तीन दिनपछि मंगलबार राति बल्ल नयाँ पिन हात पर्यो। त्यो पनि नबिल बैँकबाट हैन, बुटवलबाट! यसबीच नबिलले ग्राहकलाई गैर जिम्मेवारपूर्ण व्यवहार गरेवापत् माफी पनि माग्यो, फोन गर्छु भनेर फोन नगर्ने र कम्प्लेन… Continue reading
नक्कली लाइसेन्स लिनुभा’छ? ६ वर्ष जेल होला है !
सवारी चालक अनुमति पत्र (लाइसेन्स) पैसा खुवाएर निकाल्नुभएको छ भने होसियार, तपाइँले अब कडा सजाय भोग्नुपर्ने हुनसक्छ। हाम्रै वरपर पनि सोझो तरिकाले लाइसेन्स निकालेका खासै देखिँदैनन्। कसैले पैसा खुवाएर सक्कली नै लाइसेन्स निकालेका छन्, कसैले काठमाडौँबाहिरबाट निकालेका छन्, कोही भने सक्कली भन्ठानेर नक्कलीको फन्दामा पनि परेका छन्। तर अब नक्कली लाइसेन्स निकाल्नेहरुको भने बाजा बज्नेवाला… Continue reading
यसरी ठग्यो नबिल बैँकले मेरो ५ सय रुपियाँ
अपडेट (मे २२) : नबिल बैँक ग्राहकप्रति गैर जिम्मेवार हुँदा मैले आफ्नो ५ सय रुपियाँ ठगिएको महसूस गरेको थिएँ। तर हिजो मैले त्यो रकम फिर्ता पाएँ। म ठगिन बाट जोगिएँ। कसरी फिर्ता पाएँ त्यो बारे विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुस्। ______________________________ अपडेट (मे २१) : यो विषयमा सामाजिक सञ्जाल र ब्लगमा भएका बहसको कारण… Continue reading