लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन… Continue reading
Author: Salokya
बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !
संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने… Continue reading
रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम
जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश… Continue reading
अब जागिर माग्न पनि हाइवे जाम
गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि… Continue reading
क्रिकेटले दिएको खुशी
राजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश… Continue reading
लोकमान सिंह कार्की अख्तियार प्रमुख
अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले… Continue reading
हाइवेका हामी ‘अपराधी’ यात्रु
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading
कल्चरल फ्युजन र कन्फ्युजन
१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्यो, त्यही… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !
यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्यौँ। सगरमाथामा राख्न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading
निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने
सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको)… Continue reading
नायिका निशा कसरी ठगिइन्? जुनिताको खुलासा- सगरमाथा आरोहणमा यसरी हुँदो रहेछ ठगी
नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको चर्चा ज्यादा थियो। हिजो अचानक… Continue reading
आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो… Continue reading
नयाँ वर्ष, नयाँ अनुभव !
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाइयो। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघायो।
१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा
एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैन। यो सामान्य हो। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरु माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै… Continue reading
भारतको युरेनियम चोरेर अमेरिकालाई बेच्ने नेपाली !
लन्डनस्थित इक्वेडरको दूतावासको कोठामा झण्डै नजरबन्दको अवस्थामा रहे पनि जुलियन असान्जको विकिलिक्सले हिजो नयाँ अमेरिकी दस्तावेज सार्वजनिक गरेको छ। किसिङ्गरको पालाको अर्थात् सन् १९७० को दशकतिरको दस्तावेज भएकोले यसलाई किसिङ्गर केबल्स भनिएको छ। १७ लाख डकुमेन्ट समावेश भएको यी केबलहरुलाई अमेरिकाको कुटनीति बुझ्ने सार्वजनिक पुस्तकालयको रुपमा पनि व्याख्या गरिएको छ। त्यतिबेला नेपालमा पञ्चायत काल थियो,… Continue reading
फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !
फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला सोमबार अकस्मात् फैलियो – विक्रम संवतको नयाँ वर्ष अर्थात् २०७० वैशाख १ गतेदेखि नेपालमा फेसबुक बन्द हुने। कारण ? नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले रे। सामाजिक सञ्जालका साइटहरुमा हल्ला फैलन धेरै बेर लाग्दैन। अलिकति दिमाग पनि नलगाई मान्छेहरुले भटाभट सेयर र मेन्टमा गाली गर्न थाले यो… Continue reading
डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?
बेलायती रक ब्यान्ड डिप पर्पलको कन्सर्ट गत चैत २ गते शुक्रबारका दिन हुने भनी कम्ता प्रचार गरिएको थिएन। पत्रपत्रिकामा यसैका कुरा छापिन्थे, सहरमा होर्डिङ बोर्ड, पोस्टर यसैका छाएका थिए। तर कन्सर्ट हुने दुई दिन अघि अचानक कन्सर्ट स्थगित भो भनियो। ५ सयदेखि १० हजार रुपियाँसम्मको टिकट काटेर पर्खिबसेकाहरु हिस्सै परे। किन हुन नसकेको त कन्सर्ट… Continue reading
के भेटियो सय वर्ष पुरानो ढुकुटी खोल्दा ?
हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ?
आइ लभ नेपाल !
हिजो नेपाल र अफगानिस्तानबीच भएको एसिसी ट्वान्टी-२० कपको फाइनल हेर्न ठूलो संख्यामा दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगेका थिए। पहिलो पटक फाइनलमा पुगेको नेपालले कप जित्न सकेन। तर नेपाली टोलीलाई दर्शकले दरिलो साथ दिए। हजारौँ दर्शक उपस्थित थिए तर खेल भावनाका साथ हारलाई पचाए। केही वर्षअघि यही मैदानमा पराजयको संघारमा पुगेपछि दर्शकले उपद्रो गरेका कारण… Continue reading