साग फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल ज-जसले दूरदर्शनको स्पोर्टस् च्यालनमा लाइभ हेरेका थिए वा सोसल मिडियामा लाइभ अपडेट हेरेका थिए, उनीहरुलाई सस्पेन्स थ्रिलर जस्तो पक्कै महसूस भयो होला। नेपालले जितिसकेको गेम हार्यो भनेर थकथक मानेकाहरु खेलको अन्त्यसम्ममा जित्यो भनेर उफ्रिन भ्याइसकेका थिए। त्यसमाथि नेपाली फुटबललाई नवयुगमा फर्काउने मानिएको नवयुग श्रेष्ठको ह्याट्रिक। यो रोमाञ्चक खेलका… Continue reading
Category: खेल संसार
यु १९ विश्वकपका नेपाली कप्तानलाई मैदान बाहिरबाट आउट गर्ने भारतीय प्रयास असफल
यु १९ विश्वकपमा नेपाली टोलीको नेतृत्व गरिरहेका राजु रिजाललाई मैदान बाहिरबाट आउट गर्ने भारतीय प्रयासलाई आइसिसीले लोप्पा ख्वाइदिएको छ। १९ वर्षमुनिको हुनुपर्नेमा राजु २५ वर्षको भएको भन्दै भारतीयहरुले सोसल मिडियाबाट प्रचार गरेका थिए। भारतीय मिडियाले त्यसैलाई पछ्याएपछि यो ठूलै स्क्यान्डल हुन पुगेको थियो। तर यसबारे छानबिन गरेको आइसिसीले नेपाल सरकार र अधिकारीहरुले जारी गरेका कागजात… Continue reading
भावुक भइसक्नुभो? अब यथार्थमा आउनुस् – नेपालले २३ वर्षपछि उपाधि जितेको होइन रैछ
सँधै हार, सँधै गोलको खडेरी भइरहेको बेला बल्ल बल्ल नेपाली खेलाडीले विपक्षीको पोस्टमा डङ्का डङ गोल ठोकेर कप जितेर फर्केको देखेपछि को नेपाली भावुक हुँदैन? मिडिया पनि भावुकै भयो। २३ वर्षपछि उपाधि जित्यो भन्दै दैनिक पत्रिकाले वर्ल्डकपै जिते जसरी ब्यानर न्युज बनाए, रेडियो टिभी र अनलाइनमात्र किन माइसंसारकै ब्लगमा समेत हल्लाखल्ला गरियो। अझै पनि भावुकै… Continue reading
फुटबल हिरोहरुलाई गरियो यसरी स्वागत
२३ वर्षपछि कुनै अन्तर्राष्ट्रिय उपाधि जित्नु नै ठूलो हो नेपालीका लागि। अनि किन स्वागत नगर्नु फ्यानहरुले। बंगलादेशबाट बंगबन्धु कप जितेर आएको नेपाली फुटबल टोलीको सम्मानमा आज विमानस्थलबाटै विजय र्याली निकालियो। खेलाडी र प्रशिक्षकसहित टोलीका सबैलाई एन्फाले ५/५ लाख दिने भनिसकेको छ। सरकारलाई पनि २/२ लाख दिन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिश गर्दैछ। ५० हजार डलर अर्थात्… Continue reading
जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई विदेशी भूमिमा उपाधि जितायो
गणेश थापा नभए नेपाली फुटबल खत्तम हुन्छ भन्नेहरु थिए। तर नेपाली टोलीले उपाधि जित्न न गणेश थापा चाहिने रहेछ न सागर थापा। न जुमानु राई चाहिने रहेछ न अनिल गुरुङ। युवा टोली सक्षम रहेछ क्षमता रहेछ जसका कारण २३ वर्षपछि नेपाली फुटबल फ्यानहरुले खुसी हुने मौका पाए। दुई दशकभन्दा लामो उपाधिको खडेरीपछि नेपाली टिमले आज… Continue reading
के नेपाली फुटबलमा नवयुग सुरु भएको हो? यस्तो थियो नवयुगको ह्याट्रिक गोल
नेपाली फुटबल फ्यानहरुले खुसी मनाउन नपाएको धेरै भइसक्यो। त्यसमाथि म्याच फिक्सिङको आरोपमा कप्तानसहितका खेलाडीहरु फँसेका छन्। एन्फा अध्यक्ष गणेश थापा फिफाद्वारा निलम्बित छन्। निराशै निराशाको यस्तो बेला के अब फुटबलको नवयुग सुरु हुन लागेको हो? बंगलादेशमा भइरहेको बंगबन्धु कपको सेमिफाइनलमा नेपाली खेलाडीि नवयुग श्रेष्ठले ह्याट्रिक गरे। विशाल राईको एक गोल पनि जोड्दा नेपालले ४-१ को… Continue reading
म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय
म्याच फिक्सिङ कान्डका कारण निलम्बित हुनुअघिसम्म नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित खेलाडीहरु विकास सिंह क्षेत्री, सन्दीप राई र रितेश थापा अनि अफिसियल अन्जन केसी दशैँअघि पक्राउ परेर थुनामा थिए। राज्यविरुद्धको अपराध ऐनअन्तर्गत जन्मकैदको दावी गर्दै विशेष अदालतमा मु्ददा दर्ता भएपछि अदालतले उनीहरुलाई धरौटीमा छाडिदियो। अहिले उनीहरु थुनाबाहिरै छन् र बाहिरै रहेर मुद्दाको सामना… Continue reading
फुटबल डुबाउँदै एन्फा, तैपनि गणेश थापा महान्
म्याच फिक्सिङको ‘सक’बाट नेपाली फुटबल फ्यानहरु बौरिएका पनि थिएनन्, फेरि अर्को कान्ड आइलागेको छ। म्याच फिक्सिङमा सिनियर खेलाडी र अफिसियलहरु यत्तिकै तानिएका थिएनन्, एएफसी र स्पोर्टसराडारले एक वर्ष लामो अनुसन्धान गरेपछि नेपाल प्रहरीसित सहकार्य गरेर उनीहरु पक्राउ परेका हुन्। यसमा फुटबलका टाउकेहरु पनि संलग्न भएको विश्वास गरिएको छ। तर देशद्रोहको असम्बन्धित मुद्दा लगाएर प्रमाणित नभई… Continue reading
जिन्दगी भर फुटबलको ‘फु’ पनि गर्न नपाउने हुनसक्छ म्याच फिक्सिङमा फँसेका नेपाली खेलाडीहरुले
दशैँ अगाडि म्याच फिक्सिङको फन्दामा परेर हाल प्रहरी हिरासतमा रहेका पाँच खेलाडीहरुलाई नेपालमा कानुनको स्पष्ट व्यवस्था नभएका कारण ठूलो सजायबाट बचिहाले पनि जिन्दगी भर फुटबलको फु पनि गर्न नपाउने स्थिति निम्तिन सक्छ। नेपालमा मात्र हैन विश्वका कुनै पनि देशमा। यसको सुरुवात एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले सोमबार अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएर गरिसकेको छ। एएफसीले… Continue reading
म्याच फिक्सिङ : यसरी थालिएको रहेछ अनुसन्धान
नेपालको घरेलु लिगमा म्याच फिक्सिङ भएको कुरा त धेरै अगाडिदेखि आएको थियो। तर खेलाडीलाई नै पक्राउ गरेको घटना चाहिँ नयाँ थियो जुन बुधबार भयो। धेरै खेलप्रेमी अचम्ममा परे। नेपाल प्रहरी अचानक कसरी खेलको विषयमा अनुसन्धान गर्न थाल्यो भन्ने पनि लाग्यो होला। खासमा यो नेपाल प्रहरीले मात्र थालेको अनुसन्धान हैन रहेछ। एसियाली फुटबल महासंघ (एएफसी) र… Continue reading
यसरी भएको थियो म्याच फिक्सिङ : विल्सन राज पेरुमलको पुस्तक अंश
प्रहरीले Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj रहेको र Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको भनेको छ। प्रहरीले सन् २००८ को मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले… Continue reading
ल पढ्नुस् छातीमा हात राखेर सयौँ थुङ्गा गाउँदै चन्द्रसूर्य झण्डामुनि खेल्ने खेलाडीको कर्तुत, कति डलरमा बिके विवरण
सन् २००८ देखि २०१४ सम्मका ६ वटा खेलमा घुस खाएर खेल हारेको अनुसन्धानबाट भेटिएको नेपाल प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आज सार्वजनिक गरेको विवरणमा कुन खेलमा कति डलर लिएर हारेको भन्नेसमेत उल्लेख छ। रमाइलो त सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग खेलमा भएको रहेछ। खेल ४–० ले हार्ने सर्त रहेछ। त्यसवापत् खेलाडी… Continue reading
…तर अनुहारमा रङ्ग पोत्दैमा खेल जितिँदैन, क्यार्नु !
फेरि एक पटक नेपाली फुटबल टोलीले समर्थकहरुलाई निराश बनायो। सात सय र १५ सयको अहिलेसम्मकै महँगो टिकट काटेर अनुहारमा रङ्ग पोतेर खेल हेर्न गएका दर्शकहरुलाई टोलीले कुनै खुशी दिन सकेन। समर्थकहरुले आफ्नोतर्फबाट सकेको गरेका हुन्। तर के गर्नु, अनुहारमा रङ्ग पोत्दैमा र चिच्याएर नेपाललाई समर्थन गर्दैमा खेल जितिँदैन रहेछ। खेल जित्नलाई गोल चाहिन्छ जुन नेपाली… Continue reading
लात्तिभकुन्डोले लत्तो छाडिहाल्यो, मुङ्ग्राले बैठ्याउने खेलमा दरो मौका देख्छु है म त
अन्तत: जे हुनु थियो त्यो भयो नै। केटाहरु हारे आफ्ना चिर प्रतिद्वन्दीसँग- चिर प्रतिद्वन्दी पनि के भन्नु छ र? नेपालि मिडियाले बनाएको मात्रै हो, खेल १५ मा जित २, बराबरी २ अनि हार ११ थियो अस्तिसम्म। अब त त्यो आंकडाले पल्टी खायो हार १२। शुन्यका साथ मैदानबाट फर्केको कति पल्ट? योसमेत ७ पल्ट। अब मित्रराष्ट्रको… Continue reading
राष्ट्रिय खेल कुन बनाउँदा ठीक होला त ?
उहिले उहिले हाजिर जवाफमा नेपालको राष्ट्रिय खेल के हो भनेर सोध्दा डण्डिबियो भन्दा ‘ठीक’ भन्दै नम्बर पाए जस्तो लाग्छ। तर अहिले आएर पो थाहा भयो, होइन रहेछ। नेपालको राष्ट्रिय खेल त बल्ल पो खोजिँदै रहेछ। खेलकुद मन्त्रालयले सुझाव मागिराछ अहिले। तर जसको सुझाव मानिन्छ उसले व्याकुल माइलाले जस्तो राष्ट्रिय गान बनाइदिए वापत् आजीवन भत्ता पाउँदैनन्… Continue reading
गणेश थापा जवाफ देऊ
पशुपतिनाथको देशमा नामले गणेश भएकै भरमा छुट दिने भए अर्कै कुरा, नत्र यस्ता गम्भीर प्रश्न उठेका छन्, जवाफ दिनु पर्दैन ? त्यसो त दुई महिनाअगाडि पनि यसकारण क्यानलाई कारबाही हुन्छ, एन्फाका गणेश थापालाई हुँदैन शीर्षकमा केही कूतर्कहरुका साथ ब्लग लेखेको थिएँ। त्यसमा मिडिया दाहिने भएको कुरा पनि लेखेको थिएँ। किन नहोस्, विदेशी मिडियाले एन्फा अध्यक्षलाई… Continue reading
यस्तो थियो जर्मन पत्रिकामा जितको जोश (साथमा अर्जेन्टिनी पत्रिकामा के थियो, त्यो पनि)
चार वर्षका लागि विश्वकपको रमझम सकियो। जर्मनीले कप जित्यो। कस्तो थियो त जर्मन पत्रिकामा विश्वकप जित्दाको जोश? अनि फाइनलसम्म पुगेर पराजित भएको अर्जेन्टिनी पत्रिकाका मुखपृष्ठ कस्ता थिए ? भाषा नबुझे पनि पत्रिकाका मुखपृष्ठहरु हेर्ने भए भित्र क्लिक गर्नुस्।
जर्मनीले उचालेको विश्वकपमुनि के छ, देख्नुभाछ ?
अर्जेन्टिनालाई हराउँदै जर्मनीले आज बिहान यसपालिको विश्वकप उचाल्यो। विपक्षी समर्थकलाई छेउ नपर्न धम्की दिनसमेत पछि नपर्ने नेपालमा रहेका अर्जेन्टिनी फ्यानहरुलाई निराश पार्दै अतिरिक्त समय सकिनै लाग्दा युवा खेलाडी गोत्जेले गरेको एकमात्र गोल खेलमा निर्णायक रह्यो। अब चार वर्षसम्म जर्मनी विश्व फुटबलको सम्राटका रुपमा चिनिनेछ। जर्मनीले विश्वकप जितेको यो चौथो पटक हो। चार वर्षपछि सन् २०१८… Continue reading
‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेजका थप फोटो र त्यहाँको ‘गोललाइन टेक्नोलोजी’
अर्जेन्टिनाका मेस्सीले आइतबार मध्यरातमा हुने फाइनल जितेर तीन पटक विश्वकप जित्ने देशको रेकर्ड राख्लान्/नराख्लान् तर हाम्रै ‘मुगुकी मेस्सी’ सुनकलीले भने माइसंसारमा नयाँ रेकर्ड राखेकी छिन्। उनको नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ? शीर्षकको ब्लग माइसंसारमा अहिलेसम्मकै सबैभन्दा बढी पढिएको ब्लग भएको छ। शुक्रबार राति यसले एक लाख… Continue reading
कसले जित्ला कप – अर्जेन्टिना कि जर्मनी? केही (कू)तर्क
विश्वकप फाइनल आइतबार मध्यरातपछि हुँदैछ। फ्यानहरु अन्धभक्त हुन्छन्, हारे पनि जिते पनि, जस्तो खेले पनि उनीहरु एउटै टिमको पक्षमा हुन्छन् र अर्को टिमको विपक्षमा। खेललाई खेलकै रुपमा हेर्दै विश्लेषण गर्ने दर्शक पनि हुन्छन्। अनि हुन्छन् केही हचुवा, केही तर्कपूर्ण, केही अनौठा भविष्यवाणी पनि। एक महिनासम्म चल्ने यो विश्वकप मेलाको रमाइलो यही नै त हो। नेपालमा… Continue reading