-रामप्रसाद देवकोटा- अन्ततः विदेश जाने निर्क्यौल गरियो। काठमाडौँ लागियो। कन्सल्टेन्सी खोजेँ। कालिमाटीमा ह्याण्डस फोर हेल्प सञ्चालक ८/१० वर्ष जापान बसेर आएकाले विश्वासिलो लाग्यो। जापान जान १४ लाख लाग्ने र युरोपको पोल्याण्ड जान ९ लाख लाग्ने र कमाई उक्तिकै हुने अनि भविष्य युरोप मा राम्रो हुने भन्ने निष्कर्ष निक्ल्यो। अब प्रक्रिया गर्न तिर लागियो। सुरुमा ४०… Continue reading
Category: पाहुनाको पालो
काठमाडौँ मोडल अस्पतालमा उपचार गराउँदा यस्तोसम्म भोगियो
-सुवर्ण लता तुलाधर- अस्पताल भनेको बिरामी निको पार्न जाने ठाउँ हो। त्यहाँको क्याबिनमा हिलो पानी निस्केपछि सकिएन? हिलो पानीको भिडियो खिचेको हेर्नु होला। मोबाइल लिन जाँन्दा सम्ममा पानी अलि सफा भइसकेको थियो। क्याबिनभित्र बाथरुममा जाली नै छैन। ठूलो ढलमा पूरा प्वाल। यसको पनि भिडियो खिचेका छौँ। हेर्नुहोला। पैसा भने दुई हातले सोहर्ने, अनि फोहोर कोठा… Continue reading
देश गरिब रे, नेता उत्पात धनी
-कृष्ण ज्ञवाली- देश गरिब रे, नेता उत्पात धनी । बोका, भैँसी, कुखुरा, सबैमा कर रे ! प्रतिपक्षमा बसेको काँग्रेसको सिर्जनात्मक विरोध छैन । गगन थापा धन्य एउटा रहेछन् र उनीहरूको साख जोगिएको छ । यी भन्दा माथिका काँग्रेसका नेताहरूलाई सिधै ’राम राम’ खुलेआम भन्दिए ! देउवाले ज्ञानेन्द्रले लगाइदिएको असक्षमको टिका पखाल्न सकेनन् ! सर्वहारा वर्गको… Continue reading
यज्ञनिधि र पुरस्कार
दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको छ। उनीबारे डा. लेखनाथ काफ्लेले लेखेको यो ब्लग June 19th, 2013 मा माइसंसारमा प्रकाशित भएको हो। श्रद्धाञ्जलि! ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरू वाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्याए । साहित्य… Continue reading
कान्तिपुरको कर्पोरेटीकरणः के सर्वोच्चका पूर्व रजिष्ट्रारले निष्ट कलेजका लागि मोडलिङ गरे?
‘कान्तिपुर कायाकल्पको अर्थ’ लेखेपछि एक चरण लाग्योः अलि बढी नै लेखिएछ कि? नेपाली मिडियाबारे त्यति धेरै संशय गर्ने बेला अझै भएको रहेनछ कि? तर घटनाक्रमहरुले फरक कुरा देखाए । उक्त टिप्पणीमा मैले जे लेखेको थिएँ, अवस्था सम्भवतः त्यसभन्दा पनि नाजुक भइसकेको छ । र त्यसका प्रमाणहरु बाहिर आइरहेका छन् । साउन १२ गते कान्तिपुरको कोसेलीमा… Continue reading
पत्याउनु हुन्छ : कालिकोटमा रुखको चिया पिउन पाइन्छ !
‘सरहरूलाई म आज अनौठो चिया खुवाउँछु’ भात्तडी निवासी प्रभाकर बरालले कर्णाली राजमार्गमा हामीलाई उत्सुक बनाए। ‘बजारमा बस्ने, कुन चिया भनेर के चिन्नु हुन्थ्यो र!’ उनले बजारियाले केही चिन्दैनन् भनेर झटारो पनि हानी हाले। हुन पनि चिया खाइसक्दासम्म हामीले केको हो भनेर चिन्न सकेनौँ। अनौठो स्वाद थियो। रातो र काठको मिठो बास्ना आएको थियो। पछि पो… Continue reading
यस्तो पनि इम्बोस्ड नम्बर प्लेट?
– रविन्द्र – अस्ति माइतिघरदेखि सिंहदरबार को ट्राफिक जाममा मैले देखेको नम्बर प्लेट हो यो। हाम्रो बुझाइमा इम्बोस्ड नम्बर प्लेटमा अक्षर अलिक उठेको हुन्छ। तर यो तस्बिरमा हेर्नुस् त – झण्डा को रंग – ० (सुन्ना)। सुन्ना अलिक जोडिएको हुँदैन। – दुईवटा AA बीचमा स्पेस।
‘कुकुर छैन, बुढा पनि बिते, घर हेरौँ कि बाँदर? बिलखबन्दमा छु’
कालिकोट जिल्ला फुकोट-३, गोब्रेबजार। हातमा हँसिया लिएर कर्णाली राजमार्गको निर्माणाधीन सडक छेउ यी आमा भेट भइन्। थाँक्रा तथा झिन्जाले भर्खर फूल फुल्न आँटेका बर्खे तरकारी छोपेकी थिइन्। सबै कुरा रेकर्ड गर्न सकिएन। यिनले नेपाली भाषा नै बोलेकी थिइन् तर हामीलाई बुझ्न हम्मे हम्मे परेको थियो। यिनीहरू नेपाली भाषाको उदगम स्थल नजिकका बासिन्दा थिए। आफ्नै भाषा… Continue reading
१५ हजारमा ५५ इञ्चको स्मार्ट टिभी : दराज अनलाइनसँगको मेरो अनुभव
मेरो कोठाको टिभीले काम गर्न छोडेको पनि धेरै नै भइसक्यो। हेर्ने त्यति फुर्सद पनि हुन्न। बेलुका एकछिन मात्र हेर्ने भएकाले धेरै भयो थन्किएको। फुटबलको महासंग्राम भनेर चिनिने वर्ल्ड कप नजिकिँदै छ। मलाई पनि नयाँ ठूलो टिभी किन्ने जोश चढेको छ। पशुपति यात्रा, सिद्राको व्यापार भने जस्तै, वर्ल्ड कप हेर्ने बहानामा धेरै दिनदेखि थन्किएको टिभी हटाएर… Continue reading
विदेशी पासपोर्टप्रति यो कत्रो मोह !
-राजेन्द्र- झन्डै सात बर्ष भो बेलायत आको र यी सात बर्षमा मैले भोगेका देखेका कुराहरु यहाँ हरु समक्ष बाँड्न मन लागेको छ। सुरुका दिनको दु:खको बारेमा कुरा गर्नुपर्दा जो विदेश जाने धेरै जनाले भोगेको हुनु पर्छ, त्यो सम्झिँदा अहिले सपना हो कि जस्तो लाग्छ। आएको भोलिपल्टै नेपाली दाजुले कोठा छोड्न भनेको (उहाँको ससुरा आउने भएर… Continue reading
चम्के चोक लुक्यो सबै सहरको गन्धा र मैलो हरे, थाहा भो न तिहार हो न त दसैँ मेला छ मोदी अरे : मौलाएको नाकाबन्दी साहित्य
-पुरुषोत्तम लम्साल- मौकामा कहर दियौ कुटेर सारा नाकामा सकस दियौ चुटेर सारा । आशाका किरण लुटयौ रुँदै छ देश सीमामा दनक दियौ लुटेर सारा । प्रहर्षिणी छन्दामा लेखिएको गणेश आचार्यको कविताको यो चार पङ्क्ति दुई वर्षअघिको नाकाबन्दीको सग्लो दस्तावेजको साहित्यिक प्रतिलिपि जस्तै हो। भूँइचालो र नाकाबन्दी दुबै प्रकोपले आहत मनहरूमा गढेर बसेर पीडाको तस्बिरको पर्दा… Continue reading
वीरेन्द्र बियर : दङ्ग छन् उत्पादक, नेपाली राजदूतावास कुटनीतिक पहल गर्दै, राजदूत यसो भन्छन्
-गुणराज शर्मा/स्विजरल्यान्ड- ‘वीरेन्द्र बियर’ का कारण सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो यो बनाउने Turbinenbraeu कम्पनीलाई नै हो। यो एउटा सामान्य स्थानीय कम्पनी हो। हाम्रोतिरका लोकल रक्सी बनाउने कम्पनीजस्तै। यसका उत्पादन पनि बाहिर हैन, जुरिच सहरभित्रै खपत हुन्छ। यो कम्पनीको अफिसमा केही दिनअघि जाँदा धेरैले सोचे जस्तो ठूलो कम्पनी थिएन यो। सानो कम्पनीमा… Continue reading
संस्मरण : ममीलाई ढाँट्नुपर्ने मेरो बाध्यता
(आमाको मुख हेर्ने दिनको लागि यो पीडादायी संस्मरण माइसंसारका एक पाठकले पठाएका हुन्) स्टेज ३ को क्यान्सर छ। तुरुन्तै किमो दिनु पर्छ.. डाक्टरको कुरा सुनेपछि म त छाङ्गाबाट खसे झैँ भएँ। कसरी भन्ने क्यान्सर लागेको छ भनेर? ममीको पेट फुलेको थियो। डाक्टरले भिडियो एक्स रे हेरेपछि काठमाडौं जान सल्लाह दिएका थिए। त्यसको भोलिपल्ट जनैपुर्णेको दिन।… Continue reading
एक बोतल पानीको १४९ रुपैयाँ, १७ रुपैयाँ त कर मात्रै
[यो ब्लग माइसंसारका पाठकले फेसबुक मेसेजमार्फत् पठाएका हुन्। तपाईँसित पनि यस्तै विषयवस्तु छन् भने माइसंसारको इमेल [email protected] वा फेसबुक मेसेज वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ] -सागर- सामान्य एक लिटरवाला एक बोतल पानीको कति रुपैयाँ पर्छ? बढीमा कति रुपैयाँसम्म लिन पाइन्छ? यसको कुनै सीमा देखिन्न हामीकहाँ। भर्खरै काठमाडौँको एउटा रेस्टुरेन्टमा जाँदा एक बोतल पानीको १४९… Continue reading
श्रीमतीहरु बियर पिउने, श्रीमानहरु अरु केटीसँग रातभर फेसबुकमा च्याटिने : तीन वर्षपछि नेपाल फर्केकी एक महिलाले भोगेको अनुभवको बयान
-शोभना घिमिरे- तीन वर्षपछि नेपाल गएकी थिएँ, भौतिक सुधार त खासै हुन सकेको रहेनछ। तर खोक्रो आधुनिकताले नेपाललाई ढपक्कै छोपेको भेटेँ। गाउँका मानिस धेरै जसो सहरमुखी भएछन्। गाउँका घरबार बेचेर शहर पसी कोठामा बस्ने भएछन्। अलिक समय अघिसम्म मेरो श्रीमान्ंको अम्मल भन्ने केही छैन भन्ने दिदी बहिनीहरू हिजोआज श्रीमान्ंसँगै बसेर बियर पिउने भैसकेछन्। आफ्नी श्रीमतीलाई… Continue reading
अमेरिकाको टेक्सासमा ब्लु बनेट फूल फुल्दा
फुलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। जङ्गल, बाटो, फुलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस् वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरूलाई आनन्दित बनाइरहन्छ। फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट बिरुवा हुँदै फुलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध… Continue reading
अब अलेङटलेङ र अलमल हैन, जनहित कार्यमा अग्रसर हुन सरकारलाई १० सुझाव
-वल तिमाल- चुनाव समाप्त भएको १०० दिन पुग्न लागिरहेछ। यी बहुमूल्य सय दिनभित्र सरकारको काम कार्यक्रम र दिशा के हुन्, त्यसको संकेत आम जनताले प्रष्ट रुपमा पाइसक्नु पर्ने हो। तर अहिलेसम्म अलेङटलेङ र अलमलमै बितिरहेछ। त्यो अन्योल स्थितिको एउटा ठूलै कारण चाहिँ तत्कालीन काङ्ग्रेस नेतृत्वको सरकारको पराजित मनस्थितिले जानेबेलामा धुमचक्री मच्चाएकोले गर्दा पनि हो। सफलतापूर्वक… Continue reading
बैँकहरुले यसरी दुःख दिए मलाई
-मनोज श्रेष्ठ- बैंकिङ कारोबार गर्न भर्खरै थालेको थिएँ। पहिलो पटक सिद्धार्थ बैंकसँग कारोबार गरेँ। त्यसपछि ब्याज कम भएको कारण एभरेष्ट बैंक बानेश्वर शाखामा पुगेँ। आवास कर्जाको लागि मैले निवेदन दिएँ। डेढ बर्ष पहिले ३५ लाखको ऋण पास भयो। सर्भिस चार्ज बापत सुरुमै ३५ हजार बैंकले कटायो। अन्य १५ हजार पनि विभिन्न शीर्षकमा काटेर मलाई पहिलो… Continue reading
अमेरिका जसरी पनि जाने भूत चढेको छ? यो पढ्न नछुटाउनुस्
– रत्न बिडारी – हाल: इरभिङ, डालस (टेक्सस) अमेरिका आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रुपमा सुतेको मान्छे भोलीपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन। यस्ता धेरै घटनाहरु छन्। केही महिना अघि अमेरिकी राज्य क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा अर्का एक नेपालीले मदिरा… Continue reading
हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !
गौतम राम घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको… Continue reading