-डिल्ली पौड्याल- हाम्रो देशमा किन सुस्त गतिमा विद्युत विकास भयो ? के यो शुरूवातिमै सुस्त थियो त ? सबैको खुलदुलीको विषय हो। तर त्यसो हैन इतिहास खोतल्दा छिमेकी देश चीनभन्दा पहिला हाम्रो देशमा जलविद्युत आयोजना सुरु भएको थियो। जलस्रोतमा आधारित विद्युत प्रणाली सन् १८५० भन्दा पछि विविध रुपमा उत्तर अमेरिका र युरोपमा विकसित भएर आएको… Continue reading
Category: पाहुनाको पालो
सिङ्गो शहर विश्व सम्पदा सूचीमा
हामीलाई नेपालका विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरु व्यवस्थापन गर्न हम्मेहम्मे परेको बेला यो शहर भने सिङ्गै सूचिकृत छ। त्यति मात्रै होइन, सन् १९८६ देखि उत्कृष्ट रुपमा ब्यवस्थापनसमेत गरिएको छ। पोर्चुगलको इभोरा शहर राजधानी लिस्बोनबाट बढीमा २ घन्टाको दूरीमा रहेको छ। बाटोभरी ओछ्याइएका ढुंगा, पुराना घरहरु, घरका एकै खाले रंग, सुरक्षित रात्री जीवन, पुरातात्विक महत्वका सम्पदाहरुको… Continue reading
अन्तर्घाती
-यम बूढा- ‘स्मार्ट गाउँमा’ बस्दा कस्तो होला भन्ने कौतुहलता, ‘ईसिटीमा’ रमाउने सुन्दर कल्पना, सरर रकेट चढेर चन्द्रमामा जाने र एउटा सस्तो घडेरी कब्जा गरेर म:म: पसल थाप्ने स्वर्णीम योजना, ‘चुच्चेरेलमा’ मायालूसँगै सुईकिने रोमान्टिक सपना, सगरमाथासम्म केवलकारमा पुग्ने अजीव रहरजस्ता थुप्रै रहरहरू, सपनाहरू, योजनाहरू, चाहनाहरूले रोमान्चित पारेपछी शरीरले दुईचार प्याक बढी नै माग गर्दोरहेछ । स्वभाविक… Continue reading
मेरो प्यानेलमा आउनोस्, यहाँलाई सम्मानित स्थान दिइनेछ
-ध्रुव थापा/अमेरिका- सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोन को रिङ्ग टोनले उसलाई झस्कायो , नेपाल बाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, “हल्लो को हो ?” “हल्लो मित्र मेरो इमेल पायौ ? अह हेरेको छुइन राति अबेर कामबाट आएर सुतेको अहिले अछ्यानमै छु।” के छ भन न हेर्ने पर्दैन… Continue reading
एनआरएनमा महिला नेतृत्व कि रावडीदेवीको उदय?
-रविन पौडेल- १९९७ जुलाई महिनामा भारतको सिआइबीले लालु यादबविरुद्ध ९ करोड ६० लाख रुपैयाँ भारु भ्रष्टाचार गरेको अभियोग अदालतमा दर्ता गरायो। भ्रष्टाचार प्रकरण अदालतमा पुगेपछि लालु यादब बिहारको मुख्यमन्त्री पद छोड्न बाध्य भए। यादब प्रहरीको न्यायिक हिरासतमै रहेको बेला राष्ट्रिय जनता दलले एउटा निर्णय गर्दै भन्यो— अब बिहारले महिला मुख्यमन्त्री पाउनेछ। २५ जुलाई १९९७ रावडीदेवी… Continue reading
भित्तो र म
-मनोज बाबु पनेरु- म भित्तो हेरिहरहेको छु। कोठाको भित्तोमा टाँसेर राखिएको टेबलमा बिराजमान ल्यापटको स्क्रिनमा। फेसबुकको भित्तो। यो डिजिटल भित्तोमा मधुर प्रकाश सहित टल्किएको प्रश्न, “तपाईको दिमागमा के छ ?” यो निकै सोचनीय र घोचनीय प्रश्न हो। साँच्चै मेरो दिमागमा के छ। म आफैलाई खोतल्न थाल्छु। केही छिन अगाडि म भबिष्यका योजनाहरुको बारेमा सोचिरहेको थिएँ।… Continue reading
मोबाइलमा पर्वतको चित्रे होमस्टे
पोखराबाट बागलुङ जाने बाटोमा ४५ किलोमिटर कालोपत्रे सडक यात्रा गरेपछि पर्वत जिल्लाको डिमुवा पुगिन्छ। डिमुवाबाट जिपको बाटो डेढ घण्टा वा पैदल साढे दुई घण्टा जतिमा चित्रे गाउँ पुगिन्छ। शरीरमा निस्किएको पसिना माथि पुग्दासम्म चिसो भैसक्छ। चिसो हावाले मनै आनन्द हुन्छ। समुद्र सतहबाट १६०० मिटरको उचाइमा अवस्थित यहाँका होमस्टेहरुले एक पटकमा ५० जनासम्म पाहुनालाई खान बस्न… Continue reading
बेसार- कस्तो अचम्मको मसला
वास्तवमा बेसार एउटा गजबको मसला रहेछ। बेसारमा एन्टी ब्याक्टेरियल पदार्थ हुने रहेछ। यो एउटा एउटा प्राकृतिक विष-निरोधक पनि रहेछ। यसको उपयोगितालाई बुझेर नै आजभोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। अमेरिकाको बिर्मिङघमस्थित युनिभर्सिटी अफ अलाबामाको डिपार्टमेन्ट अफ फार्मेकोलोजी एन्ड टक्सीकोलोजीका… Continue reading
हुनेवाली सासुलाई खुला पत्र
आमा, नमस्कार म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ। तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा… Continue reading
हामी कस्तो बहादुर ?
-डील्लीराम भण्डारी “यात्री”- पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने)… Continue reading
शेष घलेको भिजन ट्वान्टी ट्वान्टी : एनआरएनएका लागि अजम्बरीको बुटी कि कालकुट विष?
-रविन पौडेल- २८ अगस्ट २०१६ मा न्युजर्सी, अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन भइरहेको थियो । त्यहाँ युरोप, अमेरिका, एशिया, अफ्रिकासहित सबै महादेशका ४०० भन्दा बढी गैरआवासीय नेपालीहरु सहभागी थिए । एनआरएनए भित्र अहिले हंगामा मच्चाइरहेको अध्यक्ष शेष घलेको ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड’ भन्ने प्रस्ताव पहिलो पटक त्यहीँ सार्वजनिक भएको… Continue reading
फेसबुक, समाजसेवा र मेरो बिरालो
-रिजन श्रेष्ठ- मेरो एउटा बिरालो छ। मायाले पालेको। बाटोमा कसैले मिल्काइ राखेको रहेछ। मैले घर ल्याएर हुर्काएको। सानोमा टिपेर ल्याउदा मुसा जत्रो थियो। अहिले बडेमानको ढाडे भएको छ। नाम चाही कुम्भकर्ण। मेरो भाइले राखिदिएको। नाम अनुसारको काम, कुम्भकर्णलाइ देख्ने जो कोहीले बाजी ठोकेर भन्न सक्छ यो बिरालोको काम भने पनि कर्म धर्म जे भने पनि… Continue reading
अमेरिकामा नेपाली पत्रकारिता: केवल आत्मरति मात्र
अमेरिकाबाट नेपाली भाषामा संचालित अनलाइन न्युज पोर्टल हरुमा आजकाल अमेरिकी पुर्ब राष्ट्रपति बराक ओबामाको छोरीले आइसक्रिम पसलमा काम गरिरहेको फोटो सहितको समाचार सम्प्रेषण गरेको देख्न पाइन्छ। जसमा नेपालमा भएको भए पुर्ब राष्ट्रपतिको छोरीले यस्तो सानो काम गर्थिन? यँहा यीनले गरिरहेकी छिन शैलीमा बखान गरिएको ।यस्तो समाचार हजारौं ले सामाजिक सन्जालमा सेयर पनी गरेका छन्। अब… Continue reading
युएईमा भिजिट भिसा प्रकरण : सरकारी कर्मचारीको मन किन नपग्लेको?
– मेघराज सापकोटा – गत एक महिनादेखि युएईका नेपाली पत्रकारहरु भिजिट भिसा प्रकरणलाई सशक्त रुपमा उठाइरहेका छन्। नेपालका राष्ट्रिय मिडियाहरुमा मानव तस्करहरुको निद हराम हुने गरी समाचार र लेखहरु छापिए। उनीहरुकै प्रयासमा भिजिट भिसामा दलालहरुले युएई ल्याई अलपत्र पारिएका १५ जना नेपालीहरु नेपाल फर्काइए। चितवनका साजन भनिने प्रेम पाण्डेले ती नेपाली युवाहरुलाई ३ लाख भन्दा… Continue reading
रामायण, बाली वध र सीताको आत्महत्याको मर्म
– डा. मुक्ति अर्याल – रामायणलाई केवल धार्मिक ग्रन्थका रुपमा हेरियो भने त्यसको गुदी थाहा पाउन सकिन्न, अर्थको अनर्थ हुन जान्छ। रामका भक्तहरुले अघिपछि भजन गाउने अनि बालीको कुरा वा उत्तर खण्डमा सीतालाई वनवास पठाउँदाको कुरा आउँदा लज्जित हुनु पर्ने हुन्छ। नास्तिक वा धर्म मान्दिन भन्ने हरुले “आफ्नै श्रीमती माथि अविश्वास गरी वन पठाउने पनि… Continue reading
के हो एजेन्सी? स्रोतमा एजेन्सी लेख्न हुन्छ कि हुँदैन ?
-नेत्र तामाङ- नेपाली मिडियामा प्रकाशन/प्रसारण हुने अन्तर्राष्ट्रिय समाचारहरुको क्रेडिटलाइनमा ‘एजेन्सी’ शब्द अधिक मात्रमा प्रयोगमा आएको देखिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुमा एजेन्सीलाई स्रोतका रुपमा प्रशस्तमात्रमा प्रयोगमा ल्याएका छन् । यो शब्द मैले काम गर्ने समाचार पत्रिकामा पनि प्रयोग हुन्छ । पत्रिका सजाउने क्रममा एजेन्सी शब्द राख्ने कि नराख्ने अधिकार मसँग छ । तर, मेरा… Continue reading
गल्ती बैँकको सजाय मैले पाउने?
-चक्र गुरुङ- च्याउ सरी उम्रिएका बैंकहरुमा समस्याहरु पनि उस्तै देखिएका छन्। गल्ती बैंकले गर्ने, घाटा ग्राहकले ब्यहोर्नु पर्ने। कुरो गत २० जुनको हो। मेरो खाता नयाँ बानेश्वरको एभरेस्ट बैंकमा रहेको छ। म संखुवासभाको खाँदबारी गएको बेला चेकबुक बोक्न भुलेछु तर चिन्ता थिएन, मसँग एटिएम भिसा कार्ड थियो। खाँदबारीको एभरेस्ट बैंकसँग एटिएम मेशिन रहेनछ। पैसा निकाल्न… Continue reading
स्थानीय चुनावलाई विदेशबाट हेर्दा
शुरुमा नै प्रष्ट पार्न चाहन्छु कि म कुनै राजनैतिक पार्टी सँग सम्बन्धित छैन। एउटा सामान्य मान्छेको रुपमा बिचारशुन्य नहुने भए पनी मैले आजसम्म कुनै पार्टीको साधारण सदस्यतासम्म लिएको छैन। यसैले कुनै पार्टीले जित्नु वा हार्नुसँग मलाई चासो छैन अर्थात् चुनावी नतिजा मेरो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो। प्रथम चरणको चुनावी नतिजा… Continue reading
काठमाडौँमा बाटो काट्न सुरक्षित क्रसिङ कसरी बनाउने? युकेमा कार्यरत सडक इन्जिनियरको सुझाव
– देवेन्द्र दाहाल – राजधानी काठमाडौँमा अहिले पैदल यात्रुहरुको बाटो काट्ने समस्या एउटा चर्चाको विषय बनिरहेको छ। जथाभावी बाटो काट्दा ट्राफिकको जरिवाना तिर्नु पर्ने र सुरक्षित क्रसिङको समुचित व्यवस्था सरकारी निकायबाट नगरिएको अवस्थामा पैदल यात्रुहरु अप्ठ्यारो स्थितिमा असुरक्षित पैदल यात्रा गर्न बाध्य छन्। यो असहज स्थितिमा ट्राफिकको जरिवाना तिर्न र जरिवाना तिर्न नसक्नेहरुलाई तीन घण्टा… Continue reading
नआउनुस् अमेरिका, दलाललाई तिरेको ४० लाख उठ्दैन यहाँबाट
– निल खड्का – झन्डै ६ वर्षअघि सन् २०११ को अक्टोबरमा ‘माइसंसार’मै एउटा ब्लग लेखेको थिएँ–‘सोचेजस्तो छैन अमेरिका’ शीर्षकमा। त्यसको आसय थियो, अमेरिकामा बस्ने नेपालीहरूले जेसुकै भने पनि समग्रमा नेपालमा बसेर सोचेजस्तो चाहिँ छैन अमेरिका। त्यो पढेपछि धेरैले तीतो पोखे, ‘नेपालमा दुःख गरेको थिएन होला, अमेरिकामा दुःख गर्न नसकेपछि त्यस्तो लेख्यो।’ ६ वर्षको यस अवधिमा… Continue reading