-विराट अनुपम- ‘नक्कली स्वास्नीका बीसवटा पोइ, मर्ने बेलामा कोही न कोही।’ जब कमजोर महिलाको कुरा निस्कन्छ, यस्ता उखान भनेर महिलालाई होच्याउने काम गरिन्छ । यसको प्रतिवाद गर्न खोजे भन्छन्, ‘यी पुराना उखान नभई बनेका होइनन् । हामीले बनाएको हो र ?’ तर, पुरुषको कुरा आउँदा भने फरक पर्छ । ‘मर्दका १० वटी’ उखानको एउटै प्रसङ्गमा… Continue reading
Category: पाहुनाको पालो
डिभी बन्द हुँदा नेपाली खुसी किन, दुःखी किन?
सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन्। विधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ। सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो विधेयक यो पटक के हुन्छ त्यो त समयले बताउला तर डीभी बन्द हुन लाग्यो… Continue reading
एनआरएन केन्द्रको निर्णयले अप्ठ्यारो
-ध्रुव पौडेल- एनआरएनए ( गैर आवासीय नेपाली समन्वय परिषद) प्रवासमा रहेका नेपालीहरूको छाता संगठनको रूपमा परिचित छ। विशुद्ध सामाजिक संस्थाको रूपमा स्थापित यस संस्थामा नाम जस्तै काम भइरहेको छ या छैन त्यसको लेखाजोखा नेपाली समुदायले राखेकै होला। संस्थाको विधान नै संस्था संचालनको लागि सर्वेसर्वा हुन्छ तर कहिलेकाहीँ त्यही विधानभित्रका हरफहरूले अन्याय गरिरहेको तितो वास्तविकता पोखिने… Continue reading
दाइजोको बार्गेनिङ : यो कुरीति कहिलेसम्म?
–लक्ष्मी थापा क्षेत्री- म तराईमा हुर्केकी पहाडिनी। त्यसैले पनि मधेसी समुदायसँग मेरो निकै घनिष्ठता छ। मधेसी समुदायकी मेरी साथी कमली आमाबाबुकी एक्ली छोरी र तीन भाइकी एक्ली दिदी थिई। स्कुलमा पहाडियाले हेपे भनेर उस्को परिवारले एक कक्षा पनि पास नहुँदै स्कुल छुटाइदियो। केही वर्षपछि उसको बिहे भयो। कृषिमा आधारित परिवारले बिहेमा नजिकैको खेत बेचेर केटापक्षले… Continue reading
विनम्र विरोध गर्ने संस्कार सुरु गरौँ
-प्रद्युम्न रेग्मी- पछिल्लो समयमा देशमा प्रहरी प्रमुखको नियुक्तिको लागि राजनैतिक खिचातानी भएको देख्दा जनतामा फेरि एकपटक राजनीतिक दलहरूसँग रुष्टता बढेको छ। देशमा विकास ठप्पको स्थिति र समाजमा भएका हज्जारौं गल्तीहरू हामी सँधै अरूको थाप्लोमा लादेर आफु चोखो बन्न खोज्छौं। सडकमा फोहोर फाल्छौ अनि टोल र शहर दुर्गन्धित भयो भनेर जुलुश र प्रदर्शन गर्छौं। कुनै पनि… Continue reading
पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?
-प्रकाशमान शिल्पकार- प्रत्येक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निष्ठा र विश्वासका साथ मनाउँदै आएका विभिन्न चाडपर्वहरु जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अ्मावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो। शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुध्द समयमा मात्र पर्वहरु… Continue reading
अहो ! पूरै बजारमा मात्र एक जनाको बास, कहाँ गए सबै?
– सुभक महतो – एक साताअघि हामी रिपोर्टिङका लागि राजधानी काठमाडौंसँग उत्तरी छिमेकी चीनसँग नजिक रहेको नाका तातोपानी पुगेका थियौं। तातोपानीबाट रिपोर्टिङ गर्दै अघि बढ्दै गर्दा हामी तातोपानीको लिपिङ बजार पुग्दा अँध्यारो भइसकेको थियो। त्यही भएर हामी बासको खोजीमा थियौं। अलिक अगाडि सिन्धुपाल्चोकको लिपिङ बजारमा एउटा पसलमा बत्ती बलेको देखियो र हामी त्यहाँ पुग्यौं। भित्र… Continue reading
एक लाइनको क्याप्सनमा तीन वटा गल्ती
२०७३ पुस १७ गते नागरिक दैनिकले छापेको तस्बीर क्याप्सनमा रहेका तीनवटा त्रुटिः १. नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य। वैद्य नेकपा माओवादीका अध्यक्ष नभई क्रान्तिकारी माओवादीका अध्यक्ष हुन्। २. क्रान्तिकारी माओवादीका महासचिव नेत्रबहादुर चन्द। नेत्रबहादुर चन्द नाम गरेका महासचिव क्रान्तिकारी माओवादीमा छैनन्। ३. तस्बीरमा देखिने नेत्रविक्रम चन्द (नेत्रबहादुर चन्द होइनन्) नेकपा माओवादीका महासचिव हुन्। उनी क्रान्तिकारी… Continue reading
के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ?
– नवराज कुँवर – के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ? प्रश्न पढ्नेवित्तिकै तपाईको मनले यो पंक्तिकारलाई एउटा जवाफको झट्टारो पक्कै हान्यो । तिमी सँग मात्र छ त ? तपाईको मनले यो जवाफ दियो/दिएन तपाईको कुरा भयो । तर यो प्रश्नले प्रेम वा पहिलो प्रेम अथवा दिएको (तपाईले दिएको भए) पाएको (कसैबाट पाएको भए) ‘धोका’… Continue reading
चीनभन्दा अघि विद्युत उत्पादन गरेका हामी किन अहिले भुटानभन्दा पछाडि? आठ कारणको विश्लेषण
-डिल्ली पौड्याल- हाम्रो देशमा किन सुस्त गतिमा विद्युत विकास भयो ? के यो शुरूवातिमै सुस्त थियो त ? सबैको खुलदुलीको विषय हो। तर त्यसो हैन इतिहास खोतल्दा छिमेकी देश चीनभन्दा पहिला हाम्रो देशमा जलविद्युत आयोजना सुरु भएको थियो। जलस्रोतमा आधारित विद्युत प्रणाली सन् १८५० भन्दा पछि विविध रुपमा उत्तर अमेरिका र युरोपमा विकसित भएर आएको… Continue reading
१० प्रश्नको जवाफ खोज्नुस्, लोडसेडिङ कृत्रिम थियो कि आवश्यक आफै थाहा पाउनुस्
-डिल्ली पौड्याल- धेरै गन्थन नजोडी भन्नु पर्दा हाम्रो देशको लोडसेडिङ कृत्रिम हो वा आवस्यक? इञ्जिनियर कुलमान घिसिङ प्राधिकरण आएपछि लोडसेडिङ बन्द भएसँगै कृत्रिम हो भन्ने निश्कर्षमा पुग्न बल मिल्छ। कारण केलाउँदै जाने हो भने यसको कृत्रिमतासित नजिक पुग्न कालिगण्डकी ए को उत्पादन सन २००२ पश्चातको अवस्थालाई नियाल्न सकिन्छ। कालिगण्डकी १४४ मेगावाटको उत्पादनसँगै विद्युत उत्पादन वर्षायाममा… Continue reading
५० लाख सुजाताको लागि ठूलो रकम हैन, तर लोभको औषधि हुँदैन
-सुनील गौतम- अहिले नेपाली राजनीतिमा अर्को एउटा “हट केक” समाचार बनेको छ सुजाता कोइरालाको क्यान्सर! मैले नेपाली छापाहरुमा पढे अनुसार सुजाता दिदीले आफ्नो क्यान्सरको उपचार गर्नका लागि आफ्नो जग्गा बेच्ने योजना गरेकी थिइन् रे। तर शेरबहादुर देउबा र बिमलेन्द्र निधिले उनलाई जग्गा बेचेर इलाज गर्नु हुँदैन, हामी प्रचण्ड जीलाई भनेर सरकारबाट इलाज खर्चको व्यवस्था गर्छौ… Continue reading
उपल्लो हुम्लाको सुन्दरता १४ फोटोमा
– राजु आचार्य – नेपाल सरकारले सदरमुकाममा अझै बाटो पुर्याउन सकेको छैन। महिलाहरुको अवस्थाको बारेमा झन् बयान गरी साध्य छैन। हुम्ला धेरै कुरामा पछि परेको छ। मानव सूचकांकमा पनि पछि नै छ। तर विकासमा भर्खरै बामे सर्दै गरेको उपल्लो हुम्लाको सुन्दरता बयान गरी साध्य छैन। जैविक विविधतामा धनी मानिन्छ। उपल्लो हुम्लाको लिमि उपत्यकासम्मको यात्राले सम्भावना… Continue reading
ललितपुरमा भेटिएको मुसाजस्तो अचम्मको जीव : कति सत्य, कति भ्रम?
– राजु आचार्य – गएको अगस्त १९ मा ‘सुन्दर ललितपुर’ को फेसबुकमा राखिएको तस्वीरले हल्लीखल्ली मच्यायो। उक्त तस्विरसहित एक अनलाइन मीडियाले सोही दिन डार्विन, हलिवुड चलचित्रको हवाला दिँदै अचम्मको जीव भेटिएको भनेर छापी दियो। खासमा के थियो त यो?
सम्पदा संरक्षणको अद्भूत नमूना : ठाउँ नै सारेर पनि यसरी जोगाइयो
– सुबिक कार्की (इजिप्टबाट फर्केर) – गत वर्ष वैशाखको महाभूकम्पले नेपालका थुप्रै सम्पदा भत्किएका छन्। त्यसको पुननिर्माण अझै हुन सकेको छैन। सम्पदा संरक्षणको चिन्ता जागिरहेको बेला यहाँ म एउटा सम्पदा संरक्षणको अदभूत नमूना प्रस्तुत गर्दैछु। एघार देश भएर सुडानबाट इजिप्ट हुँदै भूमध्यसागरमा विसर्जन हुने संसारकै सबैभन्दा लामो नाइल नदीको इजिप्ट खण्डमा सन् १९५४ मा उच्च… Continue reading
भाटभटेनी सुपरमार्केटमा सपिङ गर्नुहुन्छ? यो कुरामा ध्यान दिनुस् है
-विक्रम- भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु- ध्यान दिनुस् नत्र ठगिनु होला। शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ। स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै साामानको कोड… Continue reading
इन्भेस्टमेन्ट बैँकले मलाई दिनसम्म दुःख दियो : एक ग्राहकको दुखेसो
म रुजन न्यौपाने, बिरामी बुवाको ATM प्रयोग गरेर यस नेपाल इन्भेष्टमेन्ट बैंकको मेशिनबाट पैसा निकाल्ने क्रममा अपुग रकम आएको भनी गुनासो गर्दा हालसम्म पनि कतैबाट पनि चित्तबुझ्दो जवाफ तथा नगद परिपूर्ति गरी नपाएको बेहोरा जानकारी गराउँदछु। सबैभन्दा पहिले मैले यस बैंकमा कार्यरत कर्मचारीलाई जानकारि गराएँ। तर सुरुको अवस्थाबाटै यस समस्यालाई अटेर गरेर पन्छाउन खोजे। जब… Continue reading
विज्ञापन हेरेर पोर्चुगल जान खोज्दै हुनुहुन्छ कि? सावधान, होस गर्नुस् है
पत्रिकामा यो विज्ञापन देखेपछि तपाईँहरुलाई सावधान गराउन मन लाग्यो। यो विज्ञापनमा उल्ल्लेख जबस्क्वाडका साहु रोनीलाई पोर्चुगल सरकारले कामदार ठगी गरेको, मानव तस्करी गरेको, छ्क्याएको, झुटो आश्वाशन दिएर मजदूर ठगेको आरोपमा हिरासतमा राखी अनुसन्धान सुरु गरेको धेरै नै भइसक्यो। यो संस्थाले नेपालबाट धेरैलाई यसैगरी भ्रम छरेर ठगिसकेको छ। पोर्चुगल आइसकेपछि यातना समेत दिएको छ।
कहाँ कस्तो घर : १३ फोटोमा हेर्नुस् कैलालीदेखि मुस्ताङसम्मका घर
– राजु आचार्य – मानिसलाई सँधै चाहिने तर परिभाषित गर्न गार्हो सब्द हो ‘घर’। चर्चित मानवशास्त्री तथा संग्रहालयका क्युरेटर यन टेटरशल भन्छन् ‘तपाई जन्मेको वा तपाईँ बस्दै गरेको ठाउं घर हो’। जंगली युगबाट समाजमा एकत्रित भएर घर टोलमा बस्नु अघि मानिसहरु कता बस्थे होलान्? घरहरु कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के… Continue reading
पुरानो बसपार्कमा भवन बनाउने निर्णय रोकौँ, सार्वजनिक जग्गा हड्पन दिन हुन्न
-सानुराजा शाक्य- सरकारी निजी साझेदारीको नाममा एकतर्फी रुपमा व्यापारी र महानगरपालिका र सरकारी कर्मचारी पदाधिकारीलाई मात्र व्यक्तिगत फाइदा हुने निर्णयको विरुद्धमा अदालतले पुरानो बसपार्कमा भवन बनाउने कार्य पनि रोक्नु पर्दछ। नयाँ बसपार्कमा भवन बनाउन रोक्न दिने अदालतको अन्तरिम आदेश सकारात्मक छ। अब कुनै पनि सार्वजनिक खुल्ला जग्गामा भवन बनाउनै नहुने आदेश चाहियो। नभए भोलि रत्नपार्क,… Continue reading