यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By सूर्य खड्का, on September 22nd, 2017 प्रसंग १. राष्ट्रपति विद्यादेवी भण्डारीे असोज ४ गते बुधबार गणेश माध्यामिक विद्यालयको अभिभावक दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी भइन्। अनौठो त के रह्यो भने अभिभावक दिवसमा अभिभावककै उपस्थिति थिएन। विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले राष्ट्रपतिको सुरक्षाका कारण अभिभावक तथा विद्यार्थीलाई नबोलाएको बताए। जसको बिहे उसैलाई देख्न नदिए भन्ने भनाईको यो भन्दा उम्दा उदाहरण के हुन सक्थ्यो […]
By सूर्य खड्का, on September 6th, 2017 आमा भएर बोकी हेर सन्तानका पीडाहरु…….
साच्चै तारादेवीको स्वरमा गुन्जिरहने यो कालजयी गीतको भाव र मर्म जस्तै स्तव्ध अवस्थामा छ यतिबेला नेपालको पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल। नेपाल आइडलका निर्देशक, तीन जना जज न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा तथा एपिवान टेलिभिजनलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटको सुनुवाई गर्दै […]
By सूर्य खड्का, on July 21st, 2017 -सूर्य खड्का-
आफ्नो ७१ औं जन्मोत्सव जनताबाट शुुभेच्छा तथा दीघार्युको शुुभकामनालिएर मनाएको केही सातामा नै पूर्व श्री ५ महाराजाधिराजको स्वास्थ्य बिग्रियो । बुधवार नर्भिक अस्पतालमा भर्ना भएपछि उनको सफलतापूर्वक चिकित्सकीय उपचार भएको छ । वंशानुुगत मुटु रोगले सताइएका पूर्व श्री ५ को स्वास्थ्य सप्रिनु वा बिग्रनु आफैमा एक खबर होइन, यो मानवचोलाको एक प्राकृतिक […]
By सूर्य खड्का, on May 27th, 2017 सामान्यतः पिताको नामको तक्मा पुत्रीद्वयले पाउनु वा माताले दिनु मात्रै चाहि पक्कै कुनै आश्चर्यको कुरा भएन। तर राजासहितको बहुदलीय प्रजातन्त्रको रक्षार्थ लड्दा लडदै वैरीहरुद्धारा अप्रत्याशति रुपमा रहस्यमयी रुपमा मारिएका उनै जननेता मदन भण्डारीको नामको तक्मा नवौं गणतन्त्र दिवसका अवसरमा प्राप्त गर्न लायक पात्र उषाकिरण र निशाकुशुम मात्रै योग्य हुनु चाहि शायद शाह राजा र राजपरिवारको […]
By सूर्य खड्का, on April 20th, 2017 नेपाली रजतपटका नामी नाम र खासगरी हास्य कलाकारिताका स्थापित जोडी दीपकराज गिरी र दीपाश्रीका लागि खुबै फापेका अंक नम्बर हो, ६। ६ एकान ६ होस् वा वडा नम्वर ६ उनीहरुका रंगीन रजतपट यात्राका लक्की अंक साबित भाथे। एक युवक कृष्ण सुवेदीको सुसाइड वियोग व्यथाबाहेक गरिदिँदा छक्कापन्जा पनि दीपक दीपाको गुडलक्की नम्बर नै हो अंक छ। […]
By सूर्य खड्का, on April 12th, 2017 चैत ८ गतेको प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतको फूल बेन्चले गरेको फैसला अनुसार नेपाल प्रहरीको प्रमुख डिआइजी नवराज सिलवाल हुने पक्कापक्की भाको आम अनुमान थियो। तर कार्यसम्पादन मूल्याङ्कनका नम्बरहरु जोडेर औसत अंक निकाल्दा अर्का डिआइजी प्रकाश अर्याल नै शीर्ष रहेको भन्दै सरकारले सोमबार राति नै बढुवा , नियुक्ति र पदस्थापन एकैपटक गर्यो मध्यरातसम्ममा । र, […]
By सूर्य खड्का, on April 6th, 2017 अभागी खप्पर जता गए नी ठक्कर भन्ने भनाई आजकाल ठयाक्कै मेल खान पुुगेको छ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका हकमा । नयाँ दल खोलेर नयाँ प्रजातान्त्रिक शक्तिको केन्द्र बन्ने सपना क्रमशः उडायो सपना सबै हुरीले भने जस्तै भयो, भैरहेकै छ । मुुमाराम खनालदेखि रामेश्वर खनालसम्म, सरोज खनालदेखि निर्मल भट्टराईहरु सम्मको डफ्फाले पार्टी छाडेर लाउनुुसम्मको […]
By सूर्य खड्का, on March 31st, 2017 अर्मपर्म वा पालोपैचो गर्ने पुरानो नेपाली थिति हो। अहिले यो थिति बहालवाला राष्टपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारबीच घनिभूत अभ्यास भैरहेको छ। जननेता मदन भण्डारीले २०४८ सालमै तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच फुकालेर मदन भण्डारीसँग भिड्न आउनुु भनेका थिए। बिचरा भद्र राजा वीरेन्द्रले त्यो आँट नगर्दैमा उनको वंश नै चुडिहाल्यो दैवले। जननेता […]
By सूर्य खड्का, on February 5th, 2017 अघिल्लो साता मात्रै आफ्नो तराई मधेश क्षेत्रको भ्रमणका क्रममा जनताले नै डा. सीके राउतको प्रतिकार गर्नेछन भन्ने बहुुअर्थी टिप्पणी गरेका प्रधानमन्त्री प्रचण्डले राजधानीमा पार्टीको भातृृ संस्था वाईसिएलको भेलामा दक्षिणपन्थीहरुको प्रतिकार गर्न निर्देशन दिएका थिए । त्यसको केहीदिनमा सिके राउत र केपीओलीपन्थको भण्डाफोर गर्ने विज्ञप्ती वाईसिएलले जारी गरेकै दिन प्रचण्ड गठबन्धन सरकारका गृहमन्त्री विमलेन्द्र निधिले डा. […]
By सूर्य खड्का, on December 30th, 2016 प्रिय पारस शाह, पूूर्व युवराज, निर्मल निवास, काठमाण्डौं । कुनै बेला लोकप्रिय गायक रामकृष्ण ढकालको चर्चित गीत ओराली लागेको हरिणको चाल भो…… भन्ने गीतको पर्याय झैं देखिने तिम्रो जीवन अहिले ठीक उल्टो राम्रो, राम्रो र राम्रो हुदै गएको खबरले तिम्रा स्वदेश र विदेशमा रहेका तमाम समर्थक, शुुभेच्छुकहरु निकै हर्षविभोर छन । आजको दिनाँकमा त […]
By सूर्य खड्का, on December 26th, 2016 २०६३ सालको दोस्रो जनआन्दोलन सफल हुँदै देश गणतन्त्रमा फड्को मार्नुमा धेरै कारक पात्र, परिस्थिति र परिवेश छन्। सामान्यतः तत्कालीन सक्रिय राजा ज्ञानेन्द्रका हातबाट सत्ता र शक्ति खोसिएका कारण उनलाई खलनायक मानिएला। तर ती अनेकन मध्येका एक मुख्य कारक उनै ज्ञानेन्द्र थिए। यसका आधार र कारण के भने २०६१ माघ १९ मा शक्ति हातमा लिएपछि ज्ञानेन्द्र […]
By सूर्य खड्का, on November 27th, 2016 गर्भमै हुँदा बुबाको हत्या,दाजुको ब्रेन ह्यामरेजका कारण मृत्यु,भाउजुको दुर्घटनामा परी मृत्यु, श्रीमतीको दुबै मिर्गौला खराब, उपचारका लागि राखिएकी श्रीमतीको कुरुवा बस्दाबस्दै सुतेकै ठाउँमा निधन। उमेर मात्र ३७ वर्ष।
जिन्दगीको पीचमा हाफ सेन्चुरी पनि पार गर्न नपाउदै वैगुनी यमराजले पत्रकारिता क्षेत्रको एउटा होनाहार प्रतिभालाई आफनो बनाईसकेको छ । सधै अरुको समाचार बनाउने कर्मका योद्धाहरुले आफ्नै […]
By सूर्य खड्का, on November 14th, 2016 स्कुुल जीवनमा यदि म प्रधानमन्त्री भएँ के गर्थे भनेर सरहरुले बोल्न र लेख्न लगाउनुु हुन्थ्यो। अहिले गणतन्त्र नेपालका कार्यकारी सरकार प्रमुख प्रचण्डको सय दिने सत्ताबाट जनताले भोगेको देखेको कठोर सत्यले यदि म अहिले प्रचण्डको स्थानमा भाको भे के गर्थे भन्ने लेख्न उत्सुक बनायो। साँच्चै म अहिले देशको प्रधानमन्त्री भएको भए
१. सुुरुमै सम्पत्ति विवरण […]
By सूर्य खड्का, on October 14th, 2016 [जतिबेला राजावादीहरुले आफ्नो परिचय लुकाएर हिँड्नु पर्थ्यो, त्यतिबेला पनि आफूलाई खुल्लमखुल्ला राजावादी भनेर परिचय दिएर माइसंसारमा ब्लग लेख्ने व्यक्ति हुन् सूर्य खड्का। गणतन्त्रको हावा चलेको त्यतिबेला आलोचनाको तारो बने पनि आफ्नो आस्थामा अडिग भई ब्लग लेखिरहे उनले। आज उनले पूर्व युवराज पारसलाई सम्बोधन गर्दै ब्लग लेख्दा सुरु मै नोट लेखेका थिए, ‘यो धेरै प्रतिगामी […]
By mysansar, on October 1st, 2016 -सूर्य खड्का-
फेवातालको आंगनमा लैलै माछा पुच्छ्र्रे छाया …..बोलको नेपाली गीतलाई अब सार्कको आंगनमा लैलै भारतीय छाया, भारतीय हांच्छिऊ बिना सार्कलाई कसैको को नी छैन हैे माया भनेर नयां सार्क स्तरीय प्यारोडी बनाए हुने भएको छ । अझैं शीर्ष सार्क गानाको टाईटल नै सार्क अर्थात जसो भारत उसै स्वाहा गरिदिए हुने भएको छ । […]
By सूर्य खड्का, on September 9th, 2016 नेपाली राजनीतिमा सिद्धान्तका, दर्शनका ठूला हैन, नेपाली जनजिव्रोका ठेट शव्दावली र उखान टुक्का प्रयोगसहित सुरिलो र चोटिलो टिप्पणीले चर्चित नेता हुन, केपी शर्मा ओली । मुख्य विपक्षी दल नेकपा एमालेका साविकका अध्यक्ष, निवर्तमान प्रधानमन्त्री, संसदमा विपक्षी दलका नेता, एक लोकप्रिय नेता ओलीले २०७३ भदौं २२ गते चन्द्रागिरीमा पर्यटकका रुपमा केवल कार चढे । साथमा […]
By सूर्य खड्का, on August 29th, 2016 देशले डा. चन्द्रमोहन यादव, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो? कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए की नेपालका पहिलो नागरिक राष्ट्राध्यक्ष राष्ट्रपति?
वा, थानी यादव र रामरति यादव दम्पत्तिका सुपुत्र हुन् त पहिलो नेपाली राष्ट्रपति ?
थाहा छैन, को थिए गणतन्त्र नेपालका पहिलो राष्ट्रपति – […]
By सूर्य खड्का, on August 17th, 2016 चाहिँदैन मलाई खुकुरी खुडा, बन्दुक तरवार कलमले नै भत्काईदिन्छु अन्यायी संसार
गोलघर सन्देशमा पंचायती निरंकुशताका बेला जेलमा बसेर मोदनाथ प्रश्रितले लेखेका यी शब्द सापटी लिएर भन्नुपर्दा पत्रकारका लागि कलमभन्दा ठूलो कुनै हतियार छैन, लाइसेन्स छैन। तर पनि राज्यमा सबै निकाय झै पत्रकारिता र पत्रकारलाई पनि निश्चित दायरामा राख्न सकारात्मक नियतले लाइसेन्स प्रक्रियाबाट व्यवस्थित गर्ने कुरामा […]
By सूर्य खड्का, on July 29th, 2016 सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि […]
By सूर्य खड्का, on July 16th, 2016 सम्माननीय प्रधानमन्त्री ज्यू,
यी शव्दहरु सम्पूर्ण रुपले समर्पित छन्, तपाईको महादानको प्रशंसा र आरती उतार्नमा। कुनै पनि मानेमा गलत अर्थ नलगाइयोस्। अन्यथा पर्न गएमा संयोग मात्रै हुनेछन्।
असार मसान्तको शुक्रवारमा तपाईको मन्त्रिपरिषदले गरेका महान् कामहरु मध्ये सबसे महादानको काम हो आदित्य बाबु अर्थात् तथाकथित गुगल ब्वाईलाई १ करोड रुपैयाँ दिने निर्णय। वाह, सलाम छ […]
|
माइसंसारलाई सहयोग गर्नुस्
|