यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on December 22nd, 2019 प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको […]
By Salokya, on October 29th, 2019
अहिले नेपालमा तिहार मनाइँदैछ। उज्यालो चाड तिहार। लक्ष्मीपूजा एक दिन मात्र हैन, पूरै तिहारमा काठमाडौँमा झिलिमिली हुन्छ। झिलिमिली काठमाडौँ कस्तो देखिएको छ? यो भिडियोमा हेर्नुस्। सबैभन्दा रमाइलो गरी झिलिमिली मैतिदेवी मन्दिर वरपरको पूरै सडकमा देखिन्छ। त्यसैगरी कालिकास्थान, बागबजारमा पनि त्यस्तै रमाइलो गरी सडक पूरै झिलिमिली बत्तीले सजिएको छ। भित्री काठमाडौँका बस्तीहरु पनि उस्तै झिलिमिलीले […]
By Salokya, on October 27th, 2019
एक जमानामा तिहारमा बत्ती नबाल्नु भनी सूचना जारी गर्ने विद्युत प्राधिकरण यतिबेला ढुक्कसँग बत्ती बाल्न भनिरहेको छ। कुलमान घिसिङको नेतृत्व प्राधिकरणमा आएदेखि यो चमत्कार भएको हो। बिजुली प्रशस्त भएको सन्देश दिनका लागि पोहोरदेखि प्राधिकरणको कार्यालय बत्तीले सजाउन थालिएको थियो। यो वर्ष अझ परिष्कृत ढंगमा झिलिमिली पारिएको छ। त्यो झिलिमिली हेर्नलाई गाडी र मोटरसाइकल एकछिन […]
By Salokya, on October 7th, 2019 फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।
[…]
By Salokya, on October 4th, 2019 फूलको आँखामा फूलै संसार..जस्तो चर्चित गीत लेख्ने कवि हुन् दुर्गालाल श्रेष्ठ। उनले यो भिडियोमा अहिलेको नेपालबारे आफ्नो विचार राखेका छन्। उनी भन्छन्- पैसामात्रै सबै थोक होइन। अचेल त डलर सिरानीमा राखेर मरिरहेका हुन्छन् वृद्ध आमाबाबु। घरका कोही न कोही विदेश नगएको घरै छैन होला। छोराछोरी विदेशमा छन् भनेर फूर्ति लाउँछन्। अचेल त नेपालमा नेपाल छ […]
By Salokya, on September 29th, 2019 निर्मलाकी आमाले किन दिइन् दिलिप वि रु द्ध कि टा नी जाहेरी? एउटा भिडियो जसले उनको सोच बदलियो शीर्षकमा लेखिएको ब्लगमा केही बाइटहरु थपेर तयार पारिएको भिडियो रिपोर्ट हेर्नुस्। माइसंसारको नयाँ युट्युब च्यानल सब्सक्राइब गर्नुभएमा नयाँ भिडियो हेर्न सक्नुहुनेछ।
By Salokya, on September 26th, 2019 महेन्द्रनगरको माहौल कस्तो छ अहिले? के निर्मला प्रकरणका दोषी प क्रा उ पर्ने वातावरण बन्दैछ? यो विषयमा ब्लग यहाँ छ लामो सामाग्री पढ्न गाह्रो लाग्नेका लागि यो भिडियो बनाएको छु। हेर्नुस् भिडियो
By Salokya, on September 16th, 2019 सानोमा हामी ख्याः देखि निकै डराउँथ्यौँ। भूत भनेको पराई लाग्थ्यो, ख्याः चाहिँ तर्साउने भए पनि ‘आफ्नै’। अँध्यारोमा ख्याक हुन्छ भनी डराउँथ्यौँ। ख्याक दुई थरिका हुन्छन् रे भनेर सुनाउँथे हामीलाई सानोमा- सेतो ख्याक र कालो ख्याक। सेतोले चाहिँ भाग्य खुलाउँछ, पैसा कमाउने बनाउँछ भनिन्थ्यो।
इन्द्रजात्रामा देखाइने विभिन्न नाचहरुमध्ये एउटा हो ख्याः प्याखँ अर्थात् ख्याक नाच। […]
By Salokya, on September 12th, 2019
नौ तल्ले धरहरा चार वर्षअघि वैशाख १२ मा पूरै भत्कियो। अहिले त्यहाँ ४२ रोपनी जग्गामा २२ तल्ले नयाँ धरहरा बनाउन लागिएको छ। बन्न लागेको ठाउँमा काठमाडौँको परम्परागत उपाकु मार्ग पर्ने भन्दै विवाद भएको थियो। इन्द्रजात्राको सुरुको दिन मंगलबार काठमाडौँका विभिन्न ठाउँमा धूप र दीप जलाउँदै उपाकु यात्रा गर्ने गरिन्छ। यो वर्ष आफन्त गुमाएकाहरु यसमा […]
By Salokya, on October 22nd, 2017 काठमाडौँको मध्यभागमा रहेको एउटा सुन्दर पोखरी अहिले चौरमा परिणत भएको छ। भूकम्पका कारण रानीपोखरीको बीच भागमा अवस्थित मन्दिरमा क्षति पुगेको थियो। भूकम्पको करिब नौ महिनापछि राष्ट्रपतिले त्यहाँ पुननिर्माणको शिलान्यास गरिन्। तर २०७४ सालको तिहारमा पनि यो पोखरी र मन्दिर बन्न सकेन। हिजो भाइटीकाको दिन रानीपोखरी परिसर सर्वसाधारणका लागि खुला गरिएको थियो। कस्तो देखिन्छ त […]
By Salokya, on October 1st, 2017 विजया दशमीको दिन शनिबार काठमाडौँको नयाँ बानेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म दिउँसो जाँदा सडक खाली खाली जस्तै थियो। तर फर्कँदा भने कोटेश्वर चोक नजिक आधा घण्टा जाममा परियो। यो ६ लेनको फराकिलो सडक अहिले साँघुरो भइसक्यो। दशैँमा तुलनात्मक रुपमा कम सवारी साधन गुड्ने हुन्। टीकाकै दिनसमेत जाम भनेपछि सोच्नुस् न के हालत होला। जाम पनि खासै […]
By Salokya, on June 17th, 2015 वैशाख १२ को गोरखा भूकम्प र त्यसपछि वैशाख २९ को परकम्पले धराप भएका घरहरुलाई सेना र प्रहरीले भत्काउँदैछ। कतिपय घरहरुलाई घरधनी आफैले पनि भत्काउँदैछन्। घर भत्किएकाको त भत्किगयो तर आफैले भत्काउनु पनि पर्नेहरुलाई त दोहोरो खर्च हुने भयो। घर भत्काउन पनि खर्च, भत्किसकेपछि बनाउन पनि फेरि खर्च।
साना घरहरुलाई त यसरी भत्काइँदैछ तर […]
By Salokya, on May 9th, 2015 वैशाख १२ को विनाशकारी भूकम्पले काठमाडौँको एउटा धरोहर धरहरालाई पनि चुँडेर लग्यो। धरहरामा रहेका र भूइँमा रहेका कयौँको ज्यान गयो। अहिले धरहराको भग्नावशेष नजिक जान नपाउने गरी चारैतिरबाट घेरिएको छ। भूकम्पका कारण भत्किएका पर्खालहरुमा जस्ताले छेकिएको छ। थिचिएर काम नलाग्ने भएका बाइकहरु अझै त्यहीँ छन्। भग्नावशेष नजिकै आज यसरी इस्कोनले प्रार्थना गरिरहेको थियो
[…]
By mysansar, on April 1st, 2015 प्रचण्डले सन्यास लिएछन् र तपोवन पुगेछन्। उनको नाम भएछ स्वामी प्रचण्डम् वैराग्यम्। साँच्चिकैका प्रचण्ड हैनन्, मनोज गजुरेलको एउटा रुप। के के भनेर तपोवनमा हाँसोको फोहरा छुटाए, हेर्नुस् भिडियो।
By mysansar, on March 25th, 2015 नेपालको पर्यटनको भव्य प्रचार हुने एउटा भिडियो अहिले सोसल साइटहरुमा भाइरल भइरहेको छ। यो सरकारले हजारौँ खर्च गरेर बनाएको विज्ञापन होइन। यो त एउटा सामान्य मानिसले बनाएको भिडियो हो। तर यो गजब छ। यसका दृश्य गजब छन्। आकाशबाट खिचिएका काठमाडौँ र अन्नपूर्णका दृश्यहरुले तपाईँलाई नेपाल जाउँ जाउँ बनाउँछ।
काठमाडौँको सहरी दृश्य र अन्नपूर्ण क्षेत्रका पहाडी […]
By Salokya, on January 31st, 2015 मर्दको दर्द नहीँ होता ? अब होगा भन्दै भारतको ‘रिपब्लिक डे’ लाई ‘रेप पब्लिक डे’ भन्दै उडाउँदै वसुन्धरा कौलको एउटा स्टायन्ड अप कमेडी अहिले निकै भाइरल भइरहेको छ। नेपालमा पनि महिलाले पुरुषलाई व्यङ्ग्य वाण प्रहार गरेको यो भिडियो बिस्तारै लोकप्रिय हुँदैछ। चार दिनमा यो भिडियो हेर्न छ लाख कटिसकेका छन्। पुरुष प्रवृत्तिलाई प्रहार गर्दै […]
By Salokya, on August 27th, 2014 यस पटकको गाइजात्रामा मनोज गजुरेलको नयाँ अवतार मनोजेन्द्र मोदीबारे ब्लग ‘मनोजेन्द्र मोदीको चर्तिकला’ तपाईँले पढिहाल्नुभयो होला। त्यसमा उनको चर्तिकलाका छोटा अडियो क्लिप्स राखिएको थियो।
गजुरेलले आफ्नो युट्युब च्यानल ‘छोटोमिठो’मा आज यो प्रहसनको भिडियो रिलिज गरेका छन्।
हेर्ने हैन त भिडियो ? भित्र आउनुस्।
[…]
By mysansar, on April 8th, 2014 क्रिकेट कप्तान पारस खड्कासितको अन्तर्वार्तापछि ऋषि धमला सोसल मिडियामा खुबै हिट भए। रातारात उनको बारेमा जोक लेख्ने फेसबुक पेजले हजारौँ लाइक कमायो। त्यति मात्र हैन, युट्युबमा उनकै अन्तर्वार्ताको नक्कल गर्दै आफ्ना भिडियोसमेत राख्ने क्रम सुरु भयो। युट्युबमा अहिलेसम्म कम्तिमा तीन वटा नक्कली धमलाका नक्कली पारस खड्कासितको व्यङ्ग्य अन्तर्वार्ताको भिडियो भेटिएको छ। आउनुस् हेरौँ केही […]
|
माइसंसारलाई सहयोग गर्नुस्
|