‘कान्तिपुर मिडिया ग्रुप’ ले आफ्ना तीन प्रकाशन- ‘नेपाल’, ‘साप्ताहिक’ र ‘नारी’ बन्द गरेको समाचार अनलाइनहरुमा आएको धेरै भइसक्दा पनि उसले आधिकारिक रुपमा यो विषयमा केही पनि बताएको थिएन। कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिका कारण पत्रिका प्रकाशन स्थगित भए पनि अनलाइनमा अपडेट भइरहेको थियो। तर ११ असार २०७७ देखि त्यो पनि रोकिएको थियो। यी पत्रिकाका अनलाइन… Continue reading
Category: मिडिया
पत्रकारितामा कोरोना कहर : अर्को ट्याब्ल्वाइड ‘शुक्रबार’ साप्ताहिक पनि ‘बन्द’
“शुक्रवार साप्ताहिकबाट आजबाट बिदा लिएको छु।” आइतबार दिउँसो अच्युत कोइरालाले फेसबुक स्टायटस लेखे। उनले विदा लिएको लेखे पनि खासमा नेपाल रिपब्लिक मिडियाको व्यवस्थापनले यो पत्रिका बन्द गर्ने निर्णय गरेको रहेछ। यो कुरा त्यही निर्णय सुनाउन आयोजित बैठकमा सहभागी एक पत्रकारले सुनाएपछि थाहा भएको हो। नेपाल रिपब्लिक मिडिया कान्तिपुरबाट अलग्गिएपछि विनोदराज ज्ञवालीले सुरु गरेको नयाँ मिडिया… Continue reading
शीर्षक बेग्लै, गुदी उही : एकै दिन एउटै लेख दुइटा पत्रिकामा
आज २३ साउन २०७७ मा एक जना लेखकको एउटै लेख दुइटा पत्रिकामा छापिएको रमाइलो उदाहरण हेर्न पाइएको छ। डा. गोविन्दबहादुर थापाको लेख आज गोरखापत्र र अन्नपूर्ण पोस्टमा छुट्टाछुट्टै शीर्षकमा छापिएको छ। गोरखापत्रको विचार पृष्ठमा ‘उपेक्षाको शिकार कृषि’ शीर्षक रहेको छ भने अन्नपूर्ण पोस्टको विशेष पृष्ठमा ‘संकट र समृद्धिको सहयोगी कृषि’ शीर्षक रहेको छ। शीर्षक बेग्लै… Continue reading
टिभीमा पत्रकारिता गर्न गएको, जिएम साब त ‘जसरी हुन्छ ठोक्नुस्’ आदेश पो दिन्छन्
-सुमन शर्मा- “कर्मचारीको पिसिआर टेस्ट गरेको खबर बाहिर गयो भने राम्रो सन्देश जाँदैन। टेलिभिजन नै सिल हुनसक्छ। के गर्ने भनेर व्यवस्थापनले तयारी गर्दैछ, तपाईँ अहिले घर जानू। यदि टेस्ट गर्ने भयो भने अफिसले तपाईंलाई बोलाउँछ। जिएम सा’बले भन्नु भा’को। हैन, पिसिआर टेस्ट गर्ने नै हो भने तपाईं टेकु जानुस र आफै गर्नुस। डाक्टर चिन्नु भएको… Continue reading
फोटो ‘चोर्दा’ भएको लफडा : ‘रातोपाटी’ले क्षमा माग्दै दियो क्षतिपूर्ति
फोटोग्राफरलाई थाहा नै नभई फोटो कुनै मिडियाले छापिदिने, एउटा मिडियाको फोटो लोगो र फोटो क्रेडिट हटाएर अर्को मिडियाले हाल्ने गरेको धेरै उदाहरण तपाईँ-हामीले देख्दै आएका हौँ। तर आज त्यस्तो गर्नेहरु सचेत हुनुपर्ने गरी एउटा नयाँ नजिर बसेको छ। यसको लागि पहल गरेकी हुन्- फोटो पत्रकार वर्षा शाहले। वर्षा हाल देशसञ्चार डट कममा आवद्ध छिन्। प्रेस… Continue reading
कोरोनाको मारमा अर्को पत्रिका : ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द
तीन वर्षअघि २०७४ भदौ १४ गते ‘अन्नपूर्ण सम्पूर्ण’को प्रकाशन सुरु भएको घोषणा गरिँदाको फोटो साभार : अन्नपूर्ण कोरोनाको कहरमा अर्को पत्रिका पनि परेको छ। तीन वर्षअघि सुरु भएको अन्नपूर्ण मिडिया नेटवर्कको प्रकाशन ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द भएको छ। यो ट्याब्ल्वाइड पत्रिका थियो। सम्पूर्णको प्रकाशन बन्द भएसँगै ठूला मिडिया हाउसबाट प्रकाशन हुने तीन वटा ट्याब्ल्वाइड साप्ताहिकहरु मध्ये… Continue reading
‘निर्मला हत्याका दुई वर्ष’ शीर्षकको समाचारमा कान्तिपुरले गरेका दुई गल्ती
हल्ला र अफवाहको भरमा बनाइएका समाचारका कारण निर्मला प्रकरण कसरी गिजोलियो भन्ने विषयमा त धेरै कुरा प्रष्ट भइसकेको नै छ। तर अझै पनि यो प्रकरणमा हुँदै नभएको कुरा लेख्ने क्रम हटेको छैन। हिजोमात्रै नागरिक दैनिकले लेखेको समाचारबारे ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज चाहिँ कान्तिपुरको पालो रहेछ। ‘निर्मलाको हत्याको दुई… Continue reading
निर्मला हत्याका दुई वर्ष : अझै उघ्रिएन मिडियाको आँखामा लागेको पर्दा
निर्मला पन्तको हत्या भएको आज ठ्याक्कै दुई वर्ष पूरा भयो। नेपाल प्रहरीले इतिहासमै सबैभन्दा बढी समय, स्रोत र जनशक्ति लगाएको केस मध्येमा एक हुनुपर्छ यो। तर अहिलेसम्म पनि यो केस समाधान हुन सकेको छैन। पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिजमा यो विषयको गहिराइमा पुगेर indepth रिपोर्टिङ गरेको हुनाले यसबारे धेरै पाटो मैले केलाएको छु। हल्ला र अफवाहहरुलाई… Continue reading
चैतको तलब साउनमा समेत नपाउने टिएचटीका पत्रकारहरुको व्यथा
“this too shall pass” and we should hope for the best. But “hope” is not a plan or strategy. Reality urges us to initiate action as swiftly as possible if we are to survive. And bounce back. यो कथाको सुरुवात हुन्छ सरकारले लकडाउन घोषणा गरेको केही दिनपछि दि हिमालयन टाइम्स (टिएचटी) अङ्ग्रेजी राष्ट्रिय दैनिकका एमडी… Continue reading
अनलाइन मिडियाहरुको ‘अनुसन्धान’ : मोटरसाइकलमा ढाड देखाउने र चढाउनेको पहिचान सार्वजनिक
केही दिनदेखि सोसल मिडियामा एउटा फोटो भाइरल भएको थियो। फोटोमा त्यस्तो आपत्तिजनक केही थिएन- जिन्स प्यान्ट लगाएर मोटरसाइकल पछाडि बसेकी युवतीको ढाड अलिकता देखिएको थियो। यत्तिको भरमा गल्लीमा केटी जिस्काए जस्तै गरी फेसबुकमा फोटो राखेर जिस्काइरहेका थिए मानिसहरुले। यही विषयमा शनिबार एउटा छोटो ब्लग लेखेको थिएँ- ढाड हैन डाढ लागेर भाइरल भएको कुण्ठा यो विषयमा… Continue reading
एफएमका आरजे ‘ब्रो-सिस’हरु, थाहा नभएको कुरा त नबोल्नु नि !
होम बराल– सोमबार बिहान काठमाडौँको सिटिजन एफएम सुनिरहेको थिएँ। यो एफएमको दावी पनि गजबको छ- नेपालको पहिलो भिडियो एफएम रे! एफएम भनेकै अडियो माध्यम हो। तर यो त भिडियो एफएम रे। खैर मैले चाहिँ अडियो नै सुनेको हो। बिहानको ९ बजेको समाचारपछिको कार्यक्रम बजिरहेको थियो। कार्यक्रम प्रस्तोता (आरजे भन्छन् क्यार) एक जना ‘ब्रो’ र एक… Continue reading
आर्थिक संकटमा परेको ‘कान्तिपुर’लाई राहत संकलन : दुई रुपैयाँ माग्दा पाँच रुपैयाँ दिने धेरै
बानेश्वरबाट थापाथलीसम्म हिँडेर कान्तिपुरलाई राहत संकलन गरिएको थियो। फोटो साभार : केटिएमदैनिक आइतबार नेपाल पत्रकार महासंघले अन्नपूर्ण पोस्टमा धर्ना दिने कार्यक्रम थियो। कानुनले दिएको हक र तलब माग्दा निकाल्ने नियतले अन्नपूर्णले ‘विशेष खोज ब्युरो’ भन्दै दुर्गम जिल्लामा पत्रकार सरुवा गरेपछि महासंघले त्यसलाई फिर्ता लिन तीन दिनको अल्टिमेटम दिँदै कडा विज्ञप्ति जारी गरेको थियो असार ३१… Continue reading
तीन वटा मूलधारे अनलाइन मिडियालाई हुस्सु बनाउने एउटा समाचार
नेपालका मूलधारे अनलाइनहरु खासै हेर्नुहुन्न भने तपाईँले शनिबार राति एउटा गजबको तमाशा हेर्न छुटाउनु भो। भारेभुरे अनलाइनहरुको कुरा छाड्नुस्, नेपालका तीन वटा नाम चलेका मूलधारे अनलाइन मिडिया ‘हुस्सु’ भए। इकान्तिपुर, अन्नपूर्ण पोस्ट र हिमालखबरमा शनिबार राति नेपाली कांग्रेसको पदाधिकारी बैठकको एउटा समाचार प्रकाशन भयो, जुन खासमा वर्षले हेर्ने हो भने पोहोर २०७६ सालको चैत महिनामा… Continue reading
एक म्यासेजको भरमा जागिर चट !
– प्रमोद न्यौपाने (@Prmdneupane) – ‘ ……(फलानो नाम) ’, व्यवस्थापनको निर्णयअनुसार तपाईँको रोजगारी सम्झौता नवीकरण नहुने जानकारी गराइन्छ। यो सूचना दिनुपर्दा दुःखी छौं। एक ‘म्यासेजको भरमा जागिर चट ! न्यु ज २ ४ टेलिभिजनमा जेठ नलाग्दै यस्तै म्यासेजको भरमा पूर्व प्रतिवद्धता विपरित धमाधम कर्मचारी निकाल्न थालिएको थियो, सम्झौता सकिएको भन्दै। त्यसो त लकडाउन सुरु भएको… Continue reading
नागरिकले किन सुटुक्क हटायो अनलाइनबाट यो समाचार?
नागरिक दैनिकको अनलाइनमा फेरि एउटा ‘अनइथिकल’ काम भएको छ। जुलाई १४, २०२० मंगलबार साँझ प्रकाशित एउटा समाचारमा अहिले क्लिक गर्दा ‘तपाईँले खोज्नुभएको पृष्ठ भेटिएन। पृष्ठ सरेको वा हटाइएको हुनसक्छ’ लेखेको देख्न पाइन्छ। यो के समाचार हो त ?
अन्नपूर्ण पोस्टले ‘विशेष खोज ब्युरो’ भन्दै दुर्गम जिल्लामा पत्रकार सरुवा गर्नुको भित्री कारण
अहिले सामाजिक सञ्जालमा विशेष गरी पत्रकारहरुमाझ एउटा पत्र निकै चर्चामा छ। हिजोदेखि फैलिन थालेको यो पत्र खासमा सरुवा पत्र हो। सम्पादक अखण्ड भण्डारीको हस्ताक्षर रहेको यो पत्रमा ६ जनालाई ६ वटा जिल्लामा सरुवा गरिएको उल्लेख छ। सरुवा गरिएका जिल्लाहरुको नाम पनि अचम्मको छ- दार्चुला, हुम्ला, मनाङ, रोल्पा… ! जोक पनि गरेका थिए अरु पत्रकारहरुले- कसो… Continue reading
खबरभित्रको खबर : लिनु पर्ने लिए, दिनु पर्ने चाहिँ बाँकी
मिडियामा अचेल रमाइलो भइराछ। हिजो (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो। जसको फोटोसहित सात दिने ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो, उनी सोही पत्रिकाका साहु रामेश्वर थापाका आफ्नै भान्जा हुन्। अझ अर्को रमाइलो त के भने जसका लागि यो अन्यथा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने… Continue reading
खबरभित्रको खबर : ‘कान्तिपुर’का म्यानेजरलाई ‘अन्नपूर्ण’को ‘अजसू’
कोरोना कहरका बीच पत्रिकाहरु कतिको पढिरहनुभएको छ तपाईँहरुले कुन्नि। खबरका लागि हो बिहानै पत्रिका पढ्ने। तर खबरभित्रको खबर भने त्यसमा हुन्न। आज (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टमा एउटा गजबको खबरभित्रको खबर छ। अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अजसू’ छापिएको छ। अर्थात् ‘अत्यन्त जरुरी सूचना’। रमाइलो त के भने जसको फोटोसहित सात दिने… Continue reading
केटिभीमा ‘आम्मामा, तीन अर्बमा कति खायो होला’ काण्डपछि गभर्नरका ‘OTR’ गफ सार्वजनिक
कान्तिपुर टिभीको तीन अर्ब काण्ड थाहा छ? थाहा छैन भने यो पुरानो ब्लगमा क्लिक गरी हेर्नुहोला। यस्तै खालको अर्को काण्ड हिजो केटिभीमा भएको छ। यो पनि रमाइलै छ। भयो के भने मौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी,… Continue reading
‘कान्तिपुर’को अनौठो हिसाब : ५६+३ = ६०, ४४+० = ४३, ६+० = ६०
आज (२८ असार, २०७७, आइतबार) को ‘कान्तिपुर’ पढ्नुभो ? पेज नम्बर ५ को दायाँ छेउमा एउटा समाचार छ- ‘उपत्यकामा संक्रमण रैथाने कि आगन्तुक’ शीर्षकमा। यो समाचारमा राजधानीमा उपचाररत संक्रमितको तथ्याङ्क भएको एउटा टेबल छ। त्यसमा गरिएको हिसाब बडा गजबको छ हेर्नुस्। तपाईँले आजसम्म सिकेका सबै हिसाबलाई फेल ख्वाउने हिसाब हो यो। ‘कान्तिपुर’ले गरेको हिसाब भएकोले… Continue reading