प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण… Continue reading
Category: मिडिया
किन ‘बुमर्याङ’ भयो ‘बा’ समर्थकको बाँदरे जुलुस ?
मंगलबार काठमाडौँमा अजिबको दृश्य देखियो- बाँदर देखिए सडकमा। बाँदरको मुकुन्डो लगाएका, पछाडि कागजको पूच्छर पनि झुण्ड्याएका। भर्खरै कुर्सी छाडेका केपी ‘बा’को पक्षमा नारा लाउँदै। सत्ताबाट हट्न बाध्य बनाउने प्रचण्ड र माधव नेपाललाई धारे हात लाउँदै। चार हातखुट्टा टेकेर, पूच्छर देखाएर नाच्दै नाराबाजी गरेका उनीहरुको हाउभाउ क्यामेरामा कैद भयो र देशविदेश सबतिर फैलियो। खासमा ओली ‘बा’… Continue reading
‘नागरिक’मा अब पैसा तिरेर फ्रन्टपेज अन्तर्वार्ता छाप्न पाइने भएछ
‘पेड इन्टरभ्यु’ अर्थात् पैसा तिरेर आफूले मन लागेको कुरा राखेर अन्तर्वार्ता मिडियामा छाप्नु वा प्रसारण गर्नुलाई पत्रकारितामा नैतिकताबाट गम्भीर विचलन भएको मानिन्छ। तर यस्तो काम नेपालमा भइरहेकै हुन्छ, खुल्लमखुल्ला नभए पनि। तर राष्ट्रिय मिडियाको फ्रन्टपेजमै पैसा तिरेर अन्तर्वार्ताको ठाउँ पाउनु भनेको चाहिँ अलि अनौठो नै जस्तो लाग्थ्यो। अब त्यो पनि नहुने भो। यदि तपाईँसँग पैसा… Continue reading
अन्नपूर्ण पोस्टको क्युआर कोड स्क्यान गरी-गरी पढेको समाचार : हात्ती आयो फुस्सा :)
अन्नपूर्ण पोस्टले साउन १ गतेदेखि आफ्नो लेआउट परिवर्तन गरेको छ। बजारमा आउने अन्य ब्रोडसिट आकारका दैनिकहरुको परम्परागत शैली भन्दा फरक ट्याब्ल्वाइड/म्यागेजिन शैलीको डिजाइन छ। यी दुई दिनका मुख्य समाचार राजनीति बाहेकका छन्। साउन १ गते पुल बनाउँदाको भूल शीर्षकको समाचार छ भने २ गते सगरमाथासँग शेर्पाको साइनोबारे ठूलो फोटोसहितको मुख्य समाचार छ। नयाँ परिवेशमा पुरातन… Continue reading
किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?
त्यसो त नेपालमा अर्काको फोटो र समाचार, लेख ड्याम्मै कपि गरेर आफ्नोमा पेस्ट गर्नु सामान्य जस्तै हो। अर्थात् कपिराइटलाई धेरैले राइट टु कपि (कपि गर्न पाउने अधिकार) का रुपमा पनि बुझेका छन्। तर पछिल्लो समय जिम्मेवार नेपाली मिडियामा यसो गर्न हुन्न है भन्ने पनि चेतना बढ्दै गएको छ जुन निकै सकारात्मक हो। आज एउटा मिडियामा… Continue reading
‘कोरोना गार्ड’को नाममा नयाँ पत्रिकाले यस्तो ‘तथ्यविहीन हल्ला’ किन छाप्या होला?
‘कोरोना गार्ड : कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ।’ स्वास्थ्य मन्त्रालयले बुधबार आफ्नो फेसबुक र भाइबर ग्रुपमा राखेको सन्देशको अंश हो यो। तर त्यसको भोलिपल्ट… Continue reading
राष्ट्रपतिको भित्ते फोटोमा गरियो के? ‘ब्लर’ गरेकोदेखि ‘सेतो पट्टीले छोपेको’सम्मका समाचार
संविधानको धारा नखोली प्रधानमन्त्री नियुक्त गरेको कारण हिजो राष्ट्रपति विद्यादेवी भण्डारी चर्चामा रहेकी थिइन्। चर्चा आज झन् चर्को छ। आज चाहिँ राष्ट्रपतिको भित्ते फोटोका कारण तरङ्ग मच्चिएको हो। सोसल मिडियाका अरु प्रयोगकर्ताहरुको त कुरै छाडिदिउँ, पूर्वमन्त्री लालबाबु पण्डितदेखि लिएर नाम चलेका/नचलेका अनलाइन मिडियाहरुसम्म यही फोटोका पछाडि लागेका थिए। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको भित्तोमा देखिएको राष्ट्रपतिको… Continue reading
‘कान्तिपुर’ले अर्थ नबुझेर बिगारेको एउटा हेडलाइन
कान्तिपुरको मंगलबारको अङ्कमा तेस्रो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘देउवाको पाँचौँ इनिङ’। नेपाली भाषाको नभए पनि नेपाली मिडियाको एकदम प्रिय शब्द हो यो ‘इनिङ’। तर यसको प्रयोग गलत छ। किन? आउनुस् विस्तृतमा बुझौँ।
‘छोटो सम्पादकीय’को प्रशंसामा बाँधिएका पुल भत्काउनु पर्ने भो हजुर यसकारण
सोसल मिडियामा आज नयाँ पत्रिकाको ‘छोटो सम्पादकीय’को प्रशंसामा पुल बाँधिएको हेर्न पाइन्छ। पुल बाँध्न नाम चलेकाहरु नै अग्रसर भएको भेटिन्छ। तर यो पुल अब भत्काउनु पर्ने भो हजुर। क्यार्नी होला त? किन ? पुल अलि पक्की भएको भए राम्रै हुन्थ्यो होला तर जगै बलियो नभएको हुनाले भत्काउनु नै उचित हुन्छ। अब भूमिका नबाँधी खास कुरा… Continue reading
‘हिमालखबर’ले पनि ओलम्पिकमा जान लागेकी खेलाडीको नाम हचुवामा हान्दिने?
कागजमा छाप्न बन्द गरेर अनलाइन मात्र चलाइरहेको ‘हिमाल’ म्यागेजिनको डिजिटल संस्करण हिमालखबरको फेसबुक पेजबाट आएको एउटा समाचारले ध्यान तान्यो। ‘तस्वीरमा कमलाको ओलम्पिक तयारी’ शीर्षक रहेछ। फेरि को कमला ओलम्पिकमा जान लागेछ भन्ने लाग्यो। यो नामकी कोही खेलाडी ओलम्पिकमा जान लागेको त अहिलेसम्म थाहा छैन। हेडलाइनमात्र गलत भएको हो कि भनी त्यसमा क्लिक गरी हेरेँ।
सरकारी मिडियालाई तर्साइदिने बालुवाटारको एउटा ट्विट, जुन अहिले डिलिट भइसक्यो
आज एउटा रमाइलो घटना देखियो नेपाली पत्रकारितामा। यो माथिको ट्विट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्। यो ट्विट अहिले उनको टाइमलाइनमा गएर खोज्नुभयो भने देख्नुहुन्न। किनभने त्यो डिलिट भइसकेको छ। तर डिलिट भइसकेको ट्विटले पनि सरकारी मिडियालाई हल्लाइदिएछ।
२८ लाख आम्दानी गर्ने गाईको समाचार पढ्दा यस्ता प्रश्न उठ्यो है ‘गाइच’
आज बिहान यसो फेसबुक स्क्रोल गर्दै थिएँ, एक जना guy ले गाई सम्बन्धी समाचार सेयर गरेको रहेछ, टक्क आँखा त्यसैमा अडियो। शीर्षक आकर्षक थियो- ‘एउटै गाईबाट २८ लाख आम्दानी !’ जेपिटी नामका फेसबुक पेज र वेबसाइटले सेयर गरेको भए वास्ता गरिन्नथ्यो। कान्तिपुर मिडिया ग्रुपको इकान्तिपुरमा आएको न्युज रहेछ। के रहेछ भनेर हेर्न मन लागिहाल्यो। पत्रकारले… Continue reading
हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया
बेलायतको एउटा ट्याब्ल्वाइड अखबार डेली मेलले कोरोना भाइरसको नेपाल भेरियन्ट भनेर सनसनीपूर्ण समाचार लेख्यो। यसको खण्डन नेपाल सरकार र डब्लुएचओको नेपाल कार्यालयले समेत गर्यो। यो कुरा त तपाईँहरुले थाहा पाइ नै सक्नुभयो होला। हाम्रो फ्याक्टचेक पनि छ यो विषयमा यहाँ क्लिक गरी पढ्नुस्। बेलायती मिडियालाई मात्र के उडाउनु, नेपाली मिडिया पनि कम्ताको छ र। आज… Continue reading
गोरखापत्र दैनिक कति छापिने खुल्यो, हेर्नुस् नेपाली छापाको असली ‘हैसियत’
आफूलाई राष्ट्रिय दैनिक दावी गर्ने पत्रिकाहरु दिनमा कति छापिन्छ? यो एकदमै गोप्य विषय हो। प्रेस र प्रकाशकबीच यति गोप्य रुपमा कोड भाषामा यो अङ्कबारे ‘कम्युनिकेसन’ हुन्छ कि विश्वविद्यालयमा ‘कम्युनिकेसन’ पढेकाहरु ट्वाँ पर्न बाध्य हुन्छन्। विज्ञापनदाताहरुका लागि उनीहरुले यति छापिन्छ, उति छापिन्छ भनेर दावी त गर्ने गर्छन्, तर त्यो अङ्क निकै नै बढाइचढाइ गरिएको हुन्छ। खासमा… Continue reading
भाइरल डाक्टरका स्टायटस कपिपेस्ट गर्ने मिडिया र मिडियाकर्मीले ध्यान दिन नसकेका यी तथ्य
“आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ… यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं” मंगलबार साँझ ५ बजेर ६ मिनेटमा रवीन्द्र पाण्डेले लेखेको यो फेसबुक स्टायटस बुधबार राति अबेर मैले यो ब्लग लेख्दासम्म एक हजारभन्दा बढी पटक सेयर भइसकेको छ। पाण्डे सेलिब्रिटीहरुका पनि प्रिय हुन्। उनको स्टायटसलाई ‘डा. रवीन्द्र समीरका अधिकांश सुझाव, जानकारी र… Continue reading
एक श्रमजीवी पत्रकारको पीडा- काम गरेको तलब लिन के गर्नुपर्ने हो?
-राजकुमार गजुरेल- अन्ततः मैले पनि हिजो सामान्यतया लेखिरहन आवश्यकै नहुने व्यक्तिगत कुरा सामाजिक सञ्जालमा लेखेँ। पहिले यस्तै खालको कुरा कसैले लेख्दा के गर्या होला है यस्तो, किन सार्वजनिक रुपमा लेख्नुपरेको, कानुनी उपचार खोज्दा हुन्छ नि भन्ने लाग्थ्यो। हिजो उकुसमुकुस भएर सहनै नसकी मैले झण्डै दुई वर्ष काम गरेको संस्था नागरिक दैनिकको बारेमा लेख्न पुगेँ। आफूले… Continue reading
सरकारले क्रिकेट खेलाडीलाई ४ लाख दिन लागेको होइन, मिडियाहरु झुक्किएका मात्र हुन्
“त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ। के हिजो तपाईँले यस्तो समाचार पढ्नुभएको थियो? पढ्नुभएको भए विश्वास पनि गर्नुभएको थियो होला। तर सरकारले होइन, मिडियाले मात्रै दिएको रहेछ क्रिकेट खेलाडीलाई पुरस्कार। सरकारले फुटबल खेलाडीलाई दिएको, मिडियाले क्रिकेट भन्ठान्यो। मिडिया आफू मात्रै झुक्किएन, समाचार लेखेर त्यो… Continue reading
मिडिया र एयरलाइन्सलाई कति हतार भा’को, आफै राख्दिन मिल्छ र प्रदेश १ को नाम?
नेपालका सात प्रदेशहरु मध्ये बाँकी सबैको नाम राखिसकियो। तर अझै पनि नाम राख्न बाँकी प्रदेशहरु प्रदेश १ र प्रदेश २ हुन्। चुनाव भएको तीन वर्ष भइसक्दा पनि नाम नराखेकोले औडाहा भएर हो कि के हो, आज केही अनलाइन मिडिया र एयरलाइन्सले मिलेर प्रदेश १ को न्वारान गरिदिए। कति रमाइलो के! सरकारले राख्न नसकेको नाम यताबाट… Continue reading
तीन दिनमा खुस्कियो ‘रअ’सितको भाइरल ‘सहमति’को पोल, माफी माग्दै धमाधम हटाइए समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुखसित चार बूँदे सहमतिमा हस्ताक्षर गरेको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको पत्रको पोल तीन दिनमै खुलेको छ। यो पत्रसहितको पहिलो ‘समाचार’ बनाउने उज्यालोनेटवर्कले माफी माग्दै भूलसुधार भन्दै समाचार हटाइसकेको छ। साभार गर्ने अरुले पनि धमाधम हटाउन थालेका छन्।
दोलखा : लोकल न्युजमा अज्ञात रोग, ‘कान्तिपुर’मा रुघाज्वरो, खास भएको के?
दोलखाबाट सञ्चालित भिलेजखबरमा बिहीबार (वैशाख २, २०७८) एउटा आतंकित बनाउने खबर आयो। शीर्षक थियो- ‘अज्ञात रोगबाट दोलखाको एकै विद्यालयका एक सय बढी विद्यार्थी तथा शिक्षकहरु बिरामी’ यस्तो अज्ञात रोगको आतंक नेपाली मिडियाले निकै मच्चाउँछ। केही कुरा रिपोर्टरलाई वा छाप्ने सम्पादकलाई थाहा भएन कि ‘अज्ञात रोग’। त्यति लेखेपछि खोज्न पनि परेन। खोज्ने झण्झट कसले गरिरहोस् !… Continue reading