यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
|
By Salokya, on August 11th, 2020
आज २७ साउन २०७७ को ‘नागरिक’ दैनिकको पहिलो पेजमा ‘बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?’ शीर्षकमा समाचार रहेको छ। समाचारमा ‘आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन्’ भन्दै ‘भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु नभएको’ दावी गरिएको छ। हामीले यो विषयमा तथ्यजाँच गरेका […]
By Salokya, on August 9th, 2020
नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा ‘संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो’ क्याप्सनसहित एउटा फोटो राखिएको छ। समाचारमा प्रयोग गरिएको यो फोटो साँच्चै अरुण तेस्रोकै हो कि होइन भन्ने विषयमा हामीले फ्याक्टचेक गरेका छौँ।
[…]
By Salokya, on August 7th, 2020
२०७७ साउन २३ गते शुक्रबार एउटा समाचार सोसल मिडियामा भाइरल भएको छ। थुप्रै अनलाइन मिडियाहरुले काठमाडौँ उपत्यका दुई हप्ता ‘सटडाउन’ गरिने उल्लेख गरेका छन्। लकडाउन खुला भएसँगै काठमाडौँमा दिनदिनै बढिरहेको संक्रमणले जोखिम बढाएपछि फेरि लकडाउन हुने/नहुने अनुमान चलिरहँदा ‘सटडाउन’को समाचार भाइरल भएको हो। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।
[…]
By Salokya, on July 31st, 2020 हिजो साँझदेखि एउटा समाचार निकै भाइरल भएको थियो सोसल मिडियामा- सर्वोच्च अदालतले लकडाउनको अवधिको भाडा नलिनु भन्ने आदेश दियो रे। अनलाइन मिडियाहरुलाई पत्याएरै त होला, धेरैले यो समाचार आफ्नो ग्रुपमा, वालमा सेयर गरे। तर सर्वोच्चको आदेशै हेरेपछि पो थाहा भयो, यो खबर त ‘फेक’ पो रहेछ। तर पनि हिजो भाइरल भएर व्यापक भइसकेको यो […]
By Salokya, on July 31st, 2020
‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ भएको समाचार हिजो साउन १५ देखि सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘थाहाखबर’ अनलाइनले लेखेको समाचार फेसबुकका थुप्रै ग्रुपहरुमा सेयर भएका छन् भने अरु वेबसाइटहरुमा पनि थाहाखबरकै हुबहु समाचार कपिपेस्ट गरिएको छ। के यो समाचार सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।
[…]
By Salokya, on July 30th, 2020
नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो। उनले जस्तै अहिले धेरै नेपालीले फेसबुकमा यही स्टायटस कपिपेस्ट गरी राखेका छन्। त्यसमा दावी गरिएको छ-एउटै प्याड दिनभर प्रयोग गर्दा अल्ट्रा न्यापकिनहरुमा प्रयोग हुने रसायन लिक्विडबाट जेलमा परिणत हुन्छ, […]
By Salokya, on July 29th, 2020
सामाजिक सञ्जालमा अहिले राष्ट्रिय सभाको राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा पूर्व युवराज्ञी हिमानी शाहलाई प्रस्ताव गरिएको विषय भाइरल हुँदैछ। ९० हजारभन्दा बढी फलोअर भएकी बेलायत बस्ने इशा गुरुङले जुलाई २९ मा ब्रेकिङ भन्दै यो विषयमा फेसबुकमा स्टायटस लेखेकी छिन् जुन बुधबार साँझ यो तथ्यजाँच तयार पार्दासम्म १८१ पटक सेयर भएको छ। फेसबुकका विभिन्न ग्रुपहरुमा समेत […]
By Salokya, on July 29th, 2020
लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए। तर मंगलबार पुष्टि भएका संक्रमितको संख्या भने मिडियाले फरक-फरक दिएका छन्।
कान्तिपुरले साउन १४ गते बुधबारको अङ्कको पहिलो पेजको ‘कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?’ शीर्षकको समाचारको उपशीर्षकमा ‘राजधानीमा एकै […]
By Salokya, on July 28th, 2020 सोसल मिडियामा अहिले ‘कान्तिपुर’ दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा राखिएको पोस्ट र उनैले बनाएको टिकटकबाट यो विषय भाइरल भएको हो। ती पोस्टमा जापानमा रहेकी फेसबुकमा झण्डै डेढ लाख फलोअर भएकी ज्वाला संग्रौलाको विषयमा आपत्तिजनक शीर्षकसहितको समाचार देखिन्छ। के […]
By Salokya, on July 26th, 2020 हल्ला र अफवाहको भरमा बनाइएका समाचारका कारण निर्मला प्रकरण कसरी गिजोलियो भन्ने विषयमा त धेरै कुरा प्रष्ट भइसकेको नै छ। तर अझै पनि यो प्रकरणमा हुँदै नभएको कुरा लेख्ने क्रम हटेको छैन। हिजोमात्रै नागरिक दैनिकले लेखेको समाचारबारे ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज चाहिँ कान्तिपुरको पालो रहेछ। ‘निर्मलाको हत्याको […]
By Salokya, on July 19th, 2020 कोरोना संक्रमित भएको/नभएको पुष्टि गर्ने काम देशभरमा भएका २७ वटा ल्याबले पीसीआर परीक्षणबाट गर्ने गर्छन्। तर आज त्यसमा एउटा नयाँ ल्याब पनि थपियो जस्तो छ- हिमालखबरको न्युजरुम ल्याब!
हिमालखबरले आज २०७७ साउन ४ गते ‘काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, ‘राजधानी उपत्यकाको काठमाडौंमा सात र ललितपुरमा […]
By Salokya, on July 12th, 2020 केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजको बिहार झारखण्ड च्यानलले सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा चर्को आलोचना भयो। […]
By Salokya, on July 9th, 2020
सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई नेपाली सेनामा भर्ना गरिएको दावी गरिएको छ। कल्यान सिंह महता नामको फेसबुकबाट सेयर भएको यो पोस्टलाई बिहीबार मध्याह्नसम्म ३४ जनाले सेयर गरेका छन्।
[…]
By Salokya, on July 4th, 2020
अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा ‘कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज’ शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही अनलाइनहरुले पनि डिस्चार्ज गर्नेहरुको संख्या अन्नपूर्ण पोस्टले जस्तै लेखेका छन्।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक विवरणले भने त्यसो भन्दैन।
[…]
By Salokya, on June 30th, 2020 कृषि मन्त्री घनश्याम भुसालले हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने भएकोले त्यस्तो म्युजिक संकलन गरिरहेको बताएको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।
सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताएको कुरालाई ‘कान्तिपुर’ ले ‘सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल‘ शीर्षकमा समाचार छापेको थियो।
लगत्तै कृषि मन्त्रीका पिएले कान्तिपुरको नाम […]
By Salokya, on June 28th, 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले ‘मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन जान्नु हुन्न’ मात्र भनेनन्, उच्च पदस्थहरु साइकलमा नहिँड्ने बताए। यसै क्रममा उनले भने, ‘राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्वीडेनका राजा साइकलमा हिँड्छन्। बडो चर्चा छ। मैले पनि […]
By Salokya, on June 28th, 2020 नेकपाको स्थायी समितिको बैठकमा आइडी कार्ड जस्तो नेताहरुको घाँटीमा ‘भाइरस भगाउने कार्ड’ झुण्डिएको देखियो। त्यहाँमात्र होइन, संसदमा समेत नेकपाका नेताहरु त्यही कार्ड घाँटीमा झुण्ड्याएर बैठकमा सहभागी भएको देखियो। कान्तिपुरको समाचार अनुसार सांसद कल्याणी खड्काको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका र नेकपा पार्टीले नै […]
By Salokya, on June 27th, 2020 कृषि मन्त्रालयको फेक प्रतिवेदनलाई आधार बनाएर मिडियाहरुले समाचार लेखेको बारे तीन दिनअघि ब्लग लेखेको थिएँ- कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’? आज असार १३ गते ‘कान्तिपुर’ले असार १० गते छापिएको ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘गम्भीर तथ्यगत त्रुटि’ भएको स्वीकार्दै क्षमायाचना गरेको छ। विदेशतिर गल्ती हुँदा सच्याउने चलन […]
By Salokya, on June 19th, 2020 राष्ट्रिय सभाको २०७७ असार ४ गते बिहीबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ घण्टा लामो प्रवचन दिए। त्यस क्रममा उनले विभिन्न विषयमा आफ्नो विचार राखेका थिए। त्यसमध्ये कोरोनाभाइरस बारे राखेका तथ्यहरुको हामी जाँच गर्दैछौँ।
प्रधानमन्त्रीको भनाई : जुनसुकै कारणले निधन भएको भए पनि यदि कोरोना संक्रमित पाइयो भने त्यस्तो अवस्थामा कोरोनाबाटै निधन […]
By Salokya, on June 18th, 2020 असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल’ शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै चर्चाको विषय भएको यो समाचारमा सेनाको अनियमितताको हिसाब निकाल्दा ‘कान्तिपुर’को हिसाब पनि गडबड भएर पाठकलाई भ्रमित पारिएको छ। त्यसो त समाचारको मुख्य चासो ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता’ हो र ‘चीनको […]
|
|